सडक बनाउन धर्ना, मन्त्रीले २४ गते शिलान्यास गर्ने दावी
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २० गते । ‘सडक बन्छ की लाश उठछ’ भन्ने संकल्पका साथ जनकपुर भिठामोड सडक (विद्यापति राजमार्ग) बनाउन महोत्तरी जिल्लाको ६ जनाले भदौ २८ गतेदेखि आमरन अनसन बस्ने घोषणा गरेका छन् ।
महोत्तरी जिल्लाको लाइफलाइन मानिएको सो सडकखण्ड दशकौंदेखि जिर्ण बन्दै गएपनि सरकारले बनाउन ढिलासुस्ती गरेको भन्दै जिल्लाको ६ जनाले सडक निर्माणको माँग गर्दै २८ गतेदेखि आमरन अनसन गर्ने घोषणा गरेका हुन् ।
सडक निर्माणको माँग राख्दै वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् नयाँ शक्ति पार्टीका नेता रामकुमार शर्माको नेतृत्वमा माओवादी केन्द्रका नेता फुलकुमारी महतो, सत्येन्द्र यादव, तमलोपाका नेता रमणकुमार ठाकुर, रामपुनित मिश्र र स्वास्थ्यकर्मी बिमलेशकुमार झाले आमरन अनसन बस्ने घोषणा गर्नुभएको हो ।
आमरन अनसनपूर्व एकहप्ते विभिन्न आन्दोलनको कार्यक्रम अन्तर्गत जनकपुर भिठामोड सडक (विद्यापति राजमार्ग) निर्माणकालागि गठित सर्वदलिय संघर्ष समितिले सडक निर्माणको लागि सोमबारदेखि महोत्तरी र धनुषाको ७ ठाउँमा धर्ना कार्यक्रम समेत शुरु गरेका छन् ।
महोत्तरी जिल्लाको सिमानाका भिठामोड, सदरमुकाम जलेश्वरको सिनेमाहल चौक, परिकौली चौक, सहोडवा चौक, पिपरा चौक, धनुषा जिल्लाको बिन्धी र लादोबेलामा गरी ७ ठाउँमा धर्ना शुरु गरिएको संघर्ष समितिका संयोजक तथा वृहत्तर जनकपुरका अध्यक्ष रामकुमार शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो कार्यक्रम अब रुक्नेबाला छैन्, जबसम्म सरकारले यो सडकको शिलान्यास गदैनन् तबसम्म आन्दोलन जारी रहन्छ ।’
‘सडक निर्माण हुन्छ कि हामीहरुको लाश उठछ’ हामीहरुले संकल्प गरिसकेको वताउनुहुदै संयोजक शर्माले सडक शिलान्यास गर्नुपर्ने, ४ लेनबाट सडकलाई ६ लेनको बनाउनुपर्ने, सम्झौता अनुसारको काम हुनुपर्ने तथा सडक निर्माण हुँदा अनुगमनको लागि उच्चस्तरीय अनुगमन समिति बनाउनुपर्ने माँग आफुहरुले अगाडी सारेको जानकारी समेत दिनुभयो ।
उहाँले सोमबारदेखि पाँच दिनसम्म ७ ठाउँमा धर्ना र प्रर्दशन गर्ने, भदौ २५ र २६ गते दुई दिन जनकपुर भिठामोड सडकपूर्णत अवरुद्ध गर्ने, २७ गते बिहान ८ बजेदेखि ९ बजेसम्म जनकपुरदेखि भिठामोडसम्म मानव साँगलो बनाउने तथा २८ गतेदेखि आमरन अनसन गर्ने कार्यक्रम आफुहरुले अगाडी सारिसकेको बताउनुहुुदै उहाँले यो सरकारले माँग पुरा गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैबीच हुलाकी राजमार्ग परियोजनाका डायरेक्टर बलराम मिश्रले भदौ २४ गते नै सो सडकखण्डको शिलान्यास हुने दावी गर्नुभएको छ ।
उहाँले यही २४ गते भौतिक आवास तथा यातायात मन्त्री रमेश लेखकले सो सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी गराउनुहुदै सडकको निर्माण कार्य भने दशैं पछि गर्ने बताउनुभयो ।
जनकपुरदेखि भिठामोडसम्मको १८.७५ किमीको सडक निर्माणको लागि दुई कम्पनीले ठेक्का लिइसकेको जानकारी समेत उहाँले दिनुभयो ।
सो सडकखण्डको ९ किलोमिटर सडक अर्थात जनकपुरदेखि पिपराको पुलसम्म प्रतिभा वाईपी जेभी कन्ट्रक्शन र पिपराको पुलदेखि भिठामोडसम्म आशिष पप्पु जेभी रोशन कन्ट्रक्शनले ठेक्का लिइसकेको जानकारी दिनुहुदै डायरेक्टर मिश्रले भन्नुभयो, ‘यो सडकको ठेक्का भ्याटसहित ९६ करोड ४४ लाखमा लागिसकेको छ र सडकको काम दशै पछि शुरु गरिने छ ।’

भदौ २४ गते यातायात मन्त्रीले शिलान्यास गर्ने कार्यक्रम