सडक बनाउन चारजनाले गरे शुरु गरे आमरन अनसन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २८ गते । जनकपुर भिठामोड सडकखण्ड निर्माणको लागि गठित महोत्तरी धनुषा संयुक्त संघर्ष समितिले विभिन्न माँगहरु राख्दै जिल्लाको पिपरामा मंगलबारदेखि आमरन अनसन शुरु गरेको छ ।
आमरन अनसनमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् संयुक्त संघर्ष समितिका संयोजक रामकुमार शर्मासहित चारजना बस्नु भएको हो । आमरन अनसनमा बस्नुभएकाहरुमा नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव, तमलोपाका युवा नेता रमणकुमार ठाकुर र स्वतन्त्र मधेश गठबन्धनका रञ्जितराज मधेशी रहनुभएको छ । जनकपुर भिठामोड सडकखण्डको मध्यमा पर्ने पिपरा बजारमा आमरन अनसन शुरु गरिएको हो । भिठामोड जनकपुर सडकखण्ड (विद्यापति राजमार्ग) ६ लेनको बनाउनुपर्ने, सडक निर्माणशुरु भएपछि संयुक्त अनुगमन समिति बनाउनुपर्ने, सडकको काम तत्कालै शुरु गर्नुपर्ने, पेटी कन्ट्याक्टरले नभई प्रमुख निर्माण व्यवसायीद्वारा नै सडक बनाउनुपर्ने माँग आफुहरुको भएको वताउनुहुदै संघर्ष समितिका संयोजक शर्माले माँग पुरा नभए आन्दोलन नरोकिने बताउनुभयो ।
नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका नेता शर्माले भन्नुभयो, ‘अब सडक बन्छ कि लाश उठछ ।’
भाद्र १२ गते जिल्ला प्रशासन कार्यालय महोत्तरी र धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाई संयुक्त संघर्ष समितिले आन्दोलनको घोषणा गरेपछि यातायात मन्त्री रमेश लेखकले भदौ २४ गते आएर ४ लेन सडकको शिलान्यास गर्नुभएको थियो । तर संघर्ष समितिले सडक ६ लेनको हुनुपर्ने माँग अघि सादै आएको छ ।
संघर्ष समितिले शनिबार र आईतबार दुई दिन सो सडक बन्द गर्नुका साथै सोमबार जनकपुर भिठामोडसम्मको १९ किमी सडकमा मानव साँगलो समेत बनाएका थिए ।
जनकपुरदेखि भिठामोडसम्मको १८.७५ किमीको सडक निर्माणको लागि दुई कम्पनीले ठेक्का लिइसकेको र यातायात मन्त्री लेखकले शिलान्यास गरिसकेको सो सडक दशैंपछि शुरुवात गरिने जनाइएको छ ।
सो सडकखण्डको ९ किलोमिटर सडक अर्थात जनकपुरदेखि पिपराको पुलसम्म प्रतिभा वाईपी जेभी कन्ट्रक्शन र पिपराको पुलदेखि भिठामोडसम्म आशिष पप्पु जेभी रोशन कन्ट्रक्शनले ठेक्का लिइसकेको छ भने यो सडकको ठेक्का भ्याटसहित ९६ करोड ४४ लाखमा लिइएको छ ।