सार्वजनिक सुनुवाईको नाममा आमसभा सञ्चालन
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १४ गते । सामुदायिक परिवार कल्याण संघ महोत्तरीले जिल्लाको विभिन्न गाउँमा गरिरहेको सार्वजनिक सुनुवाई कार्यक्रमको उपलब्धि नै नदेखिएको कार्यक्रममा भाग लिएका स्थानीयहरुले आरोप लगाएका छन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत विभिन्न विद्यालय र गाउँमा गरिएको सार्वजनिक सुनुवाई झारा टार्ने उद्देश्यले प्रेरित भएको जलेश्वर नगरपालिका वडानं. १६ स्थित चिल्ड्रेन्स पाराडाईज बोडिँग स्कुलका सञ्चालक शम्भु ठाकुरले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिका वडानं. १५ सुगासहित विभिन्न ठाउँहरुमा संस्थाले गरेको सार्वजनिक सुनुवाई अन्तरक्रियात्मक नभई भाषणबाजीमा मात्रै सिमित गरिएको ठाकुरको कथन थियो ।
उहाँले भन्नुभयो,‘सार्वजनिक सुनुवाईको जुन मोडालिटी हुन्छ त्यो अनुसार सरोकारबालाबीच सवालजवाफ हुनुपर्नेमा भाषणबाजीमै मात्रै सार्वजनिक सुनुवाई गरिएको छ ।’ परियोजना अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम राखिएकोले उनीहरुले झारा टार्ने उद्देश्य अनुरुप कार्यक्रम गर्ने गरेको र यो उपलब्धिमूलक नभएको ठाकुरको जिकिर थियो ।
त्यसैगरी सुगामा रहेको बाल संरक्षण समितिका सचिव रञ्जन तिवारीले पनि संस्थाले सार्वजनिक सुनुवाईको नाममा आमसभा गर्ने गरेको आरोप लगाउनुभयो । हामीले पनि सरोकारबालाहरुसंग बालसंरक्षण सम्बन्धित प्रश्नको तयारी गरेका थियौं तर कार्यक्रम शुरु भएपछि आमसभाझै सरोकारबालाहरुले आ–आफ्नो मन्तव्य प्रकट गरेर कार्यक्रमको समापन भएपछि आफुहरु जिल्ल परेको तिवारीको कथन थियो । कार्यक्रममा म्यूजीकल पोग्रामको व्यवस्था समेत रहेकोबाट हामी वुझन सक्छौं त्यो सार्वजनिक कार्यक्रम थियो कि थिएन भन्ने कुरा सचिव तिवारीले जानकारी दिनुभयो ।
संस्थाले विभिन्न गाउँहरुमा गरिरहेको सार्वजनिक सुनुवाईमा सहभागी पत्रकार रञ्जन भण्डारीले पनि बाल संरक्षणको सवालहरुमा रहेर सार्वजनिक सुनुवाई गरिरहेपनि सार्वजनिक सुनुवाईको उद्देश्य अनुरुप कार्यक्रम नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यानर सार्वजनिक सुनुवाईको राख्ने तर कार्यक्रम भने भाषणबाजीमै मात्रै देखिएको छ ।’
त्यसैगरी जिल्ला बाल संरक्षण समितिका अध्यक्ष यज्ञप्रसाद पोखरेलले पनि सार्वजनिक सुनुवाईमा केही त्रुटीहरु गरिरहेको वताउनुहुदै विस्तारै विस्तारै सुधार हुनेमा आशावादी रहेको बताउनुभयो ।
संस्थाले सदरमुकाम जलेश्वरसहित बेलगाछी, खयरमारा, हात्तिलेट, भरतपुर, सुगा, अनकार, परिकौली, गौशाला र बर्दिबासमा बालसंरक्षणको सवालहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक संजय पासवानले जानकारी दिनुभयो । उहाँले पनि सार्वजनिक सुनुवाई कार्यक्रम तोकिएको मोडालिटीमा नभएको स्विकार्नुहुदै परियोजनाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने भनेकोले कार्यक्रम गरिएको बताउनुभयो ।
हरेक कार्यक्रममा तिस हजारको दरले बजेट रहेको र कुनै कुनै कार्यक्रममा सो भन्दा पनि कम खर्च भएकोे वताउनुहुदै कार्यक्रम संयोजक पासमानले सरकारी कर्मचारीहरु नआइदिँदा सार्वजनिक सुनुवाई कार्यक्रममा केही व्यवधान भएपनि समग्रमा राम्रो भएको जिकिर गर्नुभयो ।
सार्वजनिक कार्यक्रममा हरेक ठाउँमा पुग्नुभएका सेभ द चिल्ड्रेनका परियोजना संयोजक मकर बहादुर सार्कीले हरेक ठाउँमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमबाट आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । कुनै ठाउँमा एकैजनाले बढी प्रश्न र प्रतिप्रश्न गर्ने र कतिपय ठाउँमा थोरैले प्रश्न गरेपनि सार्वजनिक सुनुवाई कार्यक्रम सन्तोषजनक भएको जानकारी दिनुभयो ।
सामुदायिक परिवार कल्याण संघ महोत्तरीले जिल्लाको सातवटा गाविस र तीन नगरपालिकामा गरी ५० वटा विद्यालयमा परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत ति कार्यक्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जनाइएको छ ।