सदभावनाले दिपुकुमार साहलाई केन्द्रीय सदस्यमा गरे मनोनित

सदभावनाले दिपुकुमार साहलाई केन्द्रीय सदस्यमा गरे मनोनित
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २४ गते । सदभावना पार्टीले जिल्लाको सदरमुकाम जलेश्वरका दिपकुमार साहलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोद्वारा हस्ताक्षरित पत्रमा सदभावना पार्टीको विधानको धारा ३३.११ अनुसार राष्ट्रिय कार्यसमितिको केन्द्रीय सदस्य पदमा मनोनित गरिएको उल्लेख गरिएको छ ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य पदबाट राजिनामा गरी दुई हप्ता अगाडी मात्रै सदभावना पार्टीमा प्रवेश गर्नुभएका साहलाई सदभावनाले केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको हो ।
साहले मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिक पार्टीले कुनै भुमिका नगरेको कारण आफु रुष्ट भई सदभावनामा प्रवेश गरेको जानकारी दिनुभएको छ ।