प्रहरीले दिए यातना, भारतमा उपचार
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २४ गते । महोत्तरी जिल्लाको बथनाहा निवासी गंगा महतोलाई प्रहरीले मरनासन्न हुने गरी यातना दिएका छन् । यातनाको कारण उनको अवस्था गम्भीर बनेको र उपचारको लागि भारतको सितामढी पुरयाइएको पिडित परिवारले जनाएका छन् ।
एकहप्ता अगाडी मात्रै वैदेशिक रोजगारबाट घर फर्केका जिल्लाको बथनाहा गाविस वडानं. ४ बस्ने ४५ वर्षिय महतोलाई केही काम छ भनी लिएर गएका बथनाहा गाविसको मरुवाही चौकीका प्रहरीले मरसान्न हुने गरी यातना दिएको पिडितका भतिजा बेनी महतोले जानकारी दिनुभयो ।
पिडितको चाक, पिठ्यु, तिध्रा, पैताला लगायतका ठाउँहरु कुटपिटले कालो भइसकेको बताउनुहुदै महतोले भन्नुभयो,‘ कुनै पनि कागजात नदिई जिल्लामा लिएर जान्छु भनेको प्रहरीले जिल्लामा नलगी मरुवाही चौंकीमै मरनासन्न हुने गरी कुटपिट गरेका थिए ।’ कुटपिट पश्चात प्रहरीले पिडितको भाई त्रिवेणी महतोलाई फोन गरी लैजान भनेको र आफुहरुले घर लाँदा उनी बोल्न सक्ने अवस्थामा पनि नहुँदा तत्कालै उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगेको महतोले वताउनुभयो ।
जिल्ला अस्पताल जलेश्वरले यहाँ उपचार सम्भव नभएको जनाएपछि थप उपचारको लागि भारतको सितामढी लगिएको छ । जिल्ला अस्पतालमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षकले समेत सोधपुछ गर्दा पनि पिडितले केही भन्न नसकेको पिडितका भतिजा बेनीले जानकारी दिनुभयो ।
स्थानीय विरेन्द्र सिंह र उनका छोरा ललित सिंहको लेनदेन सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले पिडित महतोलाई प्रहरीले चरम यातना दिएको हल्ला गलत भएको बताउनुहुदै नियन्त्रणमा लिने क्रममा केही कुटपिट गरेको स्विकार्नुभयो ।
मरुवाही चौकीका गणेश सिंहको नेतृत्वमा पक्राउ गर्न गएका टोलीलाई देखेर महतो भागेको र सो क्रममा हातापात भएको बताउनुहुदै प्रहरी उपरिक्षक भट्टराईले यातना दिएको सत्य नभएको बताउनुभयो । उहाँले कुटपिट गरेको प्रहरीहरुलाई जिल्लामा झिकाइसकिएको र अनुसन्धान शुरु गरिएको बताउनुहुदै दोषी पाइए उनीहरुलाई कारवाही गरिने वताउनुभयो ।
यता महोत्तरीका मानवअधिकारवादी संघसंस्थाहरुले प्रहरीले दिएको यातनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । थर्ड एलायन्सले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
(फोटो क्याप्सन ः कुटपिटले चाक कालो भएको, जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडित)