‘आमा सुरक्षा’ मा अनियमितता
- दोहोरो शुल्क लिँदै शिक्षण अस्पताल
- निजीमा नि:शुल्क सेवाबारे सेवाग्राही अनभिज्ञ
- अनुगमनमा जानेलाई गेटबाटै फर्काइन्छ
- ‘रकम निकासामा ढिलो हुँदा माथिबाटै दबाब’
-
, वीरगन्ज
श्रावण १९, २०७३- गत
असार १ गते वीरगन्ज १६ की २० वर्षीया गुड्डी देवीले शल्यक्रियामार्फत
नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बच्चा पाइन्। उनका बुबा राधाकृष्ण
साहका अनुसार छोरीलाई सातापछि डिस्चार्ज गर्दा करिब ३२ हजार रुपैयाँ
अस्पतालमा बुझाउनुपर्यो।
चैत ६ गते वीरगन्जको भेडियारीस्थित शिक्षण अस्पतालमा भर्ना भएकी रामवन ९ बाराकी सुमित्रा देवीले शल्यक्रिया गरी बच्चा पाइन्। ८ दिनमा घाउ निको भएपछि अस्पतालले डिस्चार्ज गर्यो। औषधि, शल्यक्रिया र बेड खर्चको झन्डै ४० हजार रुपैयाँ बुझाएको अभिभावक धर्मेन्द्र सहनीले बताए।
यसैगरी चैत ४ मा प्रसूति सेवाका लागि मेडिकल कलेज आएकी रौतहट भवानीपुर ५ की अन्नु सहनीले पनि शल्यक्रियाद्वारा बच्चा पाइन्। अस्पतालमा १० दिन भर्ना भएकी सहनी डिस्चार्ज भएपछि ३२ हजार रुपैयाँ बुझाउनुपरेको उनका जेठाजु सोनालाल सहनीले बताए। ‘रगत आफैंले उपलब्ध गराए पनि औषधि खर्च महँगो पर्यो,’ सहनीले भने।
शल्यक्रियामार्फत प्रसूति हुँदामात्र होइन सामान्य प्रसूतिमा पनि अस्पतालले चर्को शुल्क लिँदै आएको छ। यही असार ३ गते कलैया २२ निवासी हेमादेवीले शिक्षण अस्पतालमा सामान्य प्रसूतिमार्फत बच्चा पाउँदा पनि १२ हजार ५ सय रुपैयाँ बुझाएकी छन्। ‘उच्च रक्तचापका कारण शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भन्दै चिकित्सकले शल्यक्रिया कक्षमा लिएर गए,’ हेमाका श्रीमान् नवलकिशोर साहले भने, ‘तर, अन्तिम अवस्थामा सामान्य अवस्थामै प्रसूति भयो।’
स्लाइन पानी र औषधि खर्च गरी दुई दिनमै १२ हजार रुपैयाँभन्दा बढी रकम तिरेको उनले बताए। मेडिकल कलेजमा विगत ४ वर्षदेखि आमा सुरक्षा कार्यक्रम लागू भएको छ। जनस्वास्थ्य कार्यालय पर्साका अनुसार कार्यक्रम लागू भएको स्वास्थ्य संस्थाले नि:शुल्क सुत्केरी सेवा उपलब्ध गराउनुपर्ने हुन्छ। सुत्केरी सेवाबापत लागेको खर्च सरकारले उपलब्ध गराउँदै आएको छ।
अस्पतालले प्रसूतिबापत बिरामीसँग पैसा लिएर पनि नि:शुल्क सेवा दिएको भन्दै प्रसूति सेवा उपलब्ध गराइएको महिलाको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएर भुक्तानी लिँदै आएको पाइएको छ। गुड्डी, हेमा, सुमित्रा र अन्नुको प्रसूति सेवाबापत अस्पतालले शुल्क लिए पनि जनस्वास्थ्यमा नि:शुल्क सेवा उपलब्ध गराएको फारम पेस गरेको छ।
जनस्वास्थ्य सूचना अधिकृत अमलेश्वर मिश्राका अनुसार कार्यक्रम सम्झौता भएको स्वास्थ्य संस्थाले प्रसूति सामान्य होस् वा जटिल अस्पतालले नि:शुल्क सेवा उपलब्ध गराउनुपर्ने हुन्छ। ‘सम्झौता गरेपछि औषधि, सेवा र शल्यक्रिया बापत शुल्क लिन पाइँदैन,’ मिश्राले भने, ‘अस्पतालले उपलब्ध गराएको विवरणको आधारमा भुक्तानी गरिएको हो।’
जनस्वास्थ्य स्रोतका अनुसार मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रममा व्यापक अनियमितता गरिरहेको थाहा हुँदाहुँदै पनि केही गर्ने अवस्था छैन। ‘अनुगमनमा जाने कर्मचारीलाई गेटबाटै फर्काइदिन्छन्,’ स्रोतले भन्यो, ‘लेखामा भुक्तानीका लागि पेस गरिएको बिलभरपाई फस्र्योटमा केही दिन मात्र ढिलाइ भएमा कार्यालयमै आएर धम्काउँछन्।’
आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा सरकारले सामान्य प्रसूतिको एक हजार ५ सय, जटिलयुक्त प्रसूतिको ३ हजार र शल्यक्रियाद्वारा गरिएको प्रसूतिको ७ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। बिरामीसँग प्रसूति बापत चर्को शुल्क असुलेको शिक्षण अस्पतालले जनस्वास्थ्यमा नि:शुल्क सेवा दिएको फारम बुझाएर आर्थिक वर्ष २०७२/०७३ मा ७२ लाख २७ हजार ५ सय रुपैयाँ झुक्तानी लिएको छ। ६ सय ३१ महिलाको शल्यक्रिया, १ सय ४८ महिलाको जटिल प्रसूति र १ हजार १ सय ३७ महिलाको सामान्य प्रसूति सेवा गरी कुल एक हजार ८ सय १६ महिलालाई नि:शुल्क सेवा दिएको विवरण पेस गरेको छ।
विवरणमा उपलब्ध गराइएको मोबाइल नम्बरमा सम्पर्क गर्दा अधिकांशले प्रसूति सेवाबापत अस्पताल व्यवस्थापनले चर्को शुल्क असुलेको बताए। कार्यक्रमअन्तर्गत प्रसूतिपछि महिलाले घर जान यातायात सेवाबापत ५ सय रुपैयाँ भने दिने गरेको छ। ‘त्यसकै भरपाई गराएर सबै सेवा नि:शुल्क उपलब्ध गराएको बिलभरपाई पेस गरेको देखिएको छ,’ जनस्वास्थ्यका एक कर्मचारीले भने, ‘रकम निकासामा केही दिनमात्र ढिलाइ हुँदा माथिल्लो निकायबाटै दबाब आउने गरेको छ।’
जनस्वास्थ्य अधिकृतसमेत रहेका मिश्राले सबै प्रसूतिको अनुगमन गर्न सम्भव नरहेको बताए। कार्यक्रम अधिकृत मीरा यादवले मेडिकल कलेजले पेस गरेको विवरणमा आशंका लागेका केही बिलको भुक्तानी रोकिएको बताइन्। सरकारी अस्पतालमा मात्र नि:शुल्क सेवा पाउने बुझेका सेवाग्राहीले
निजी शिक्षण अस्पतालमा पनि नि:शुल्क सेवा पाइन्छ भन्ने थाहा नै पाएका छैनन्। Source