साक्षी किनारा
पत्रकारको जय होस्!
शुक्रबार, २८ साउन २०७३, ०८ : ४३ | सीके लाल
सन् १९९० दशकको सुरूताका साप्ताहिक पत्रिका एवं अन्ततिर एफएम रेडियोहरूले मिडिया बजार तताएका थिए। आजभोलि अन्तर्जाल पाटीहरू (इन्टर्नेट पोर्टल्स) को बिगबिगी छ। तत्काल पस्किनुपर्ने पत्रकारिताको दबाबले गर्दा अन्तर्जाल पाटीहरूले प्रस्तुत गर्ने विवरणहरूमा प्रामाणिकता, निष्पक्षता, संयत, संयम एवं सन्तुलन जस्ता मर्यादित समाचार संप्रेषणका आधारभूत मान्यतालाई मनलागी बेवास्ता गरिएको हुन्छ। विचार, समाचार एवं प्रचारबीचको लक्ष्मणरेखा हराएर गएको छ। त्यसैले अन्तर्जाल पाटीहरूलाई सामान्यतः पाठकले गम्भीरपूर्वक लिँदैनन्।
लगानी र खर्चको हिसावले भने प्रवेश एवं बहिर्गमन लागत अपेक्षाकृत न्यून भएकाले अन्तर्जाल पाटीहरूको संख्यात्मक वृद्धिदर भने रोकिने छाँटकाँट देखिँदैन। अन्तर्जाल पत्रकारिता आजभोलि वरिष्ठदेखि कनिष्ठसम्मका धेरै बेरोजगार सम्पादकहरूको आश्रयस्थल बन्न पुगेको छ। अनुभव एवं जोशको समिश्रणले गर्दा त्यस्ता पाटीसँग मानवीय स्रोत उत्कृष्ट रहने गरेको भए तापनि आय–व्ययको स्थिति भने भरपर्दो हुन नसकेको कुरा सम्बन्धित पेशाकर्मी एवं कारोबारीहरू निसंकोच स्वीकार गर्छन्।
स्थानीय विज्ञापनमा आधारित आय प्रारूप (रेवन्यु माडल) अन्तर्जालका लागि उपयुक्त देखिँदैन। सशुल्क प्रवेश (पे वाल) अवधारणालाई पाठकहरूले विकसित देशतिर पनि पचाउन सकिरहेका छैनन्। समूह निधियन (क्राउड फन्डिङ) विधिलाई बेइमान परिचालकहरूले बदनाम गरिदिएका छन्। गैससहरूले एफएम धानेका छन्। छाँटकाँट हेर्दा अधिकांश अन्तर्जाल पाटी देरसवेर दलालहरूको कब्जामा पुग्ने पक्का छ। सुन्दा आनन्द लागे पनि परोपकारी पत्रकारिता मूलतः चन्दादातामा आधारित उपक्रम हो। र, दान दिनेहरूले परोक्षरूपमै भए पनि भेटी स्वीकार गर्नेलाई प्रभावित गरिरहेकै हुन्छन्।
प्रायशः सबैजसो पत्रकार ओलीको प्रचारतन्त्रका लागि विनाबर्दीका सिपाही भए। इतिहासमा सत्तासँग पत्रकारिता एकाकार भएका परिघटना सधैँ अध्ययनयोग्य हुन्छन्।
भविष्य प्रक्षेपण जे/जस्तो होस्, वर्तमानमा भने अन्तर्जाल पाटीहरूले पत्रकारितालाई सनसनीपूर्ण बनाएका छन्। तत्क्षण पत्रकारिताको अभ्यासका केही तुलनात्मक फाइदा पनि छन्। मानवीय आवेगलाई बिनापरख प्रस्तुत गर्ने सुविधा पाइन्छ। अपरिपक्व विवरणको काँचो स्वाद मेहनतले निर्मित प्रस्तुतिभन्दा यथार्थपरक लाग्ने गर्छ। त्यसैले होला, कतिपय प्रतिष्ठित मूलधारका मिडिया पनि अन्तर्जाल पाटीको शैली पछ्याउन थालेका छन्। कालान्तरमा भलै त्यस्तो बाटो फेदतिरको अन्धो दौड ठहरियोस्, हाललाई भने सनसनीपूर्ण समाचार शैलीले व्यापक स्वीकार्यता पाउँदै गएको छ।
सन् १९९० पछि विभिन्न कार्यकारी प्रमुखले मिडिया व्यवस्थापनका आआफ्नै शैली प्रयोग गर्ने गरेका छन्। कृष्णप्रसाद भट्टराईले आफ्नो समयका सबभन्दा क्षमतावान पत्रकारहरूको साथ पाएका थिए। तिनको राय सल्लाहले खासै काम नदिएपछि भट्टराई दिक्क भएर पत्रकारहरूलाई तथानाम भन्ने तहको आत्मघाति प्रवृत्ति अंगाल्न पुग्ने गर्थे। जिपी कोइरालाको प्रभाव उनको सानो प्रशंसक समूहभित्र सीमित रहने गर्थ्यो। महँगा जनसम्पर्क परामर्शदाताहरूको सेवा लिने गरेका भए तापनि शेरबहादुर देउवाको सार्वजनिक छवि कहिल्यै उजिलिन सकेन। पुष्पकमल दाहालले मिडियालाई चमत्कृत गर्न खोजे तर सशस्त्र द्वन्द्वताकाको त्यो रणनीति संसदीय राजनीतिमा भुत्ते ठहरियो।
कार्यसूचीमा सामेल गराउने बाबुराम भट्टराईको बौद्धिक कौशल पनि मिडिया व्यवस्थापनमा खासै प्रभावकारी देखिएन। सुनिएअनुसार माधवकुमार नेपाल कुनै बेला अत्यधिक सफल ठहरिएको सूर्यबहादुर थापाको लेनदेन कार्यनीति अख्तियार गर्ने गर्थे। त्यस्तो काइदाको असर स्वभावतः अस्थायी हुन्छ र लाभ नपाउनेहरूको शत्रुता बेफ्वाँकमा थपिन्छ। सञ्चारकर्मीबीच मारामार प्रतिस्पर्धा सुरू भइसकेपछि अनुग्रहको कारोवार सार्वजनिक छवि निर्माणका लागि उतिसारो उपयोगी विधि रहँदैन। समसामयिक राजनीतिक परिदृश्यमा मिडियाको उदगर्त सनक (स्कुप अब्सेसन) सावधानीपूर्वक व्यवस्थापन गरेर आफ्नो हित प्रवर्धन गर्ने मामिलामा आफ्ना सबै पूर्ववर्तीहरूको तुलनामा निवर्तमान प्रधान मन्त्री एवं नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली सम्भवतः सबभन्दा सफल ठहरिएका छन्।
प्रधान मन्त्री पदमा रहँदा उनको खाजा खर्च (औसतमा महिनाको सात लाखभन्दा बढी) एवं महँगो पत्रपत्रिका पढÞ्ने रहर सार्वजनिक जानकारीमा आइसकेको भए तापनि आफ्नो औपचारिक मिडिया सल्लाहकारहरूको टोलीबाहेक उनले अन्य कुनै व्यावसायिक परामर्शदाताको सेवा लिएको कुरा खुलासा भएको छैन। शंकाको लाभ अध्यक्ष ओलीलाई दिने हो भने उनको स्वनिर्मित मिडिया व्यवस्थापन कला एवं कौशलको जति प्रशंसा गरे पनि पुग्दैन। अपेक्षाकृत असहज परिस्थितिमा भारी र भद्दा माले–मण्डले–मसाले गठजोडको सरकारलाई उनले देशको वर्तमानको तारणहार मात्र नभएर भविष्य›ष्टासमेत भएको मिथ्या धारणा स्थापित गर्न सफल भए। उखानटुक्का, अतिशयोक्ति एवं अन्योक्तिहरूलाई बुद्धिमत्ताको सूचकका रूपमा स्थापित गरे। र, दिवास्वप्नहरूलाई दूरदृष्टि तथा यथार्थपरक महत्वाकांक्षाको आधिकारिकता प्रदान गरे। यो सब कल्पित यथार्थ उनी मूलधार भनिने व्यावसायिक मिडियाको सक्रिय सहयोगबेगर गर्न सक्दैनथे। शायद त्यसैले होला, आफ्नो अन्तिम मन्त्रिमण्डलको बैठकपछि बाहिर निस्कँदै गर्दा उनले तीन पटकसम्म दोहोर्याए अरे– पत्रकारको जय होस्!
आलोचकहरूलाई जति नै अप्रिय लागे पनि राजनीतिक व्यवस्थापनका लागि अध्यक्ष ओलीले अख्तियार गरेका मिडिया परिचालनसम्बन्धी छलयोजनाहरू प्राज्ञिकरूपमा गहिरो अध्ययन एवं अनुसन्धान गरिन योग्य छन्। देशलाई मानसिकरूपमा विभाजित गरे, तारिफ भने उनको देशभक्तिको भयो। अर्थतन्त्रलाई ध्वस्त बनाएर गए। चर्चा चीनको तेल, तिब्बतको रेल, हावाबाट बिजुली, महासागरमा पानीजहाज र अन्तरिक्षमा पठाइने उपग्रह वरिपरि घुमिरह्यो। नौ महिनासम्म भूकम्पपीडित पालभित्र रोइरहे, उनको हजारौं घर बनाउने बाँसुरीको धून बजिरह्यो। सञ्चार छलसाधन (मिडिया मनिप्यालेसन) विधिमा विश्वसनीयता भन्दा पनि ग्राह्यताको महत्व बढी हुने गर्छ। र, ग्राह्यता लक्षित समूहको उत्सुकतामा भर पर्ने गर्छ। अध्यक्ष ओलीका कदम योजनाबद्ध कार्यनीतिभन्दा पनि स्वस्फूर्त धूर्तता (नेटिभ कनिङ) अभिप्रेरित देखिएकाले झनै तारिफलायक लाग्छन्।
उपयोगी सिल्ली
बोल्सेभिकहरूको आक्रामकताबाट रोमाञ्चित पश्मिमा बुद्धिजीवीहरूका लागि लेनिनले उपयोगी सिल्ली (युस्फुल इडिअट) शब्दावली प्रयोगमा ल्याएका थिए। त्यस अवधारणाको असर भने कहिल्यै नघट्ने किसिमको छ। स्तालिनले पश्चिमा सिल्लीहरूको परिचालन लेनिनभन्दा पनि प्रभावकारीतवरले गरे। माओको आभामण्डलभित्र अद्यापि केही 'रोलेक्स रिभल्युसनरिज' दुनियाँभर नै बाँकी छन्। दार्शनिक मिसेल फुको जस्ता विद्वान्समेत कुनै बेला आयातोल्लाह खुमैनी एवं उनको इस्लामिक ऊग्रसत्ताको बचाउमा उत्रिएका थिए।
उपयोगी सिल्ली परिचालन अवधारणामा स्वप्न›ष्टाले विहंगम उद्देश्यको प्रमुखता देखाइदिए पुग्छ। त्यसपछि जिज्ञासु विदेशी एवं उत्सुक स्वदेशी समर्थक स्वचालितरूपमा काम गर्न थाल्छन्। लेनिन र स्तालिनले साम्यवादको सपना बेचेका थिए। हिटलरको चर्को अह्वान जातीय उच्चता पुनर्स्थापनाको थियो। माओले सर्वहाराको नाउँ बेचेर आफ्नो नियन्त्रणको साम्राज्य खडा गरे। भारतमा मोदीले तीव्र विकासको साइनबोर्ड झुण्ड्याएर हिन्दुत्व उन्मादको पसल चलाउँदैछन्। अध्यक्ष ओलीले पनि नयाँ केही गरेनन्। सर्वश्री तुलसी गिरी, कीर्तिनीधि बिष्ट एवं मरीचमानसिंह श्रेष्ठ जस्ता आफ्ना आदर्श पुरूषहरूको सिको गर्दै बृहत्तर नेपाली समाजमा सदैव सुषुप्त रहँदै आएको भारत विरोध एवं मधेसी द्वेषलाई पुनर्जागृत गरिदिए। त्यसपछि बुद्धिजीवीहरू उनका पछाडि प्रचारतन्त्रका सामान्य सिद्धान्तअनुसार स्वस्फूर्तरूपमा परिचालित भए।
राजनीतिक प्रचारतन्त्रमा समसोच (ग्रुपथिंक) निर्माणलाई सफलताको मापकका रूपमा हेर्ने गरिन्छ। त्यसपछि सामान्यजनमात्र नभएर सचेत समुदायसमेत स्वतन्त्र परख गर्ने क्षमता परित्याग गर्न पुग्छन्। रणनीतिक अज्ञानता (स्ट्रेटेजिक इग्नोरेन्स) फैलिन थाल्छ र आस्था विपरितका सूचना मिथ्या लाग्न थाल्छन्। पुष्टि पूर्वाग्रह (कन्फर्मेसन वायस) मानवीय प्रवृत्ति हो, समझ सामञ्जस्य (विलिफ कन्जोनेन्स) गर्नुपर्ने परिवेशले त्यस्तो चाहनालाई झनै सुदृढ तुल्याउँछ।
प्रधान मन्त्री पदको प्रतिस्पर्धाअगावै अध्यक्ष ओलीले आफ्नो पक्षमा समसोच उत्पादन गर्न भ्याइसकेका थिए। त्यसैले उनको आफ्नै अल्पदृष्टिले गर्दा भत्किँदै गएको राष्ट्रिय एकता जोगाउन चुनावमा हार्ने निश्चित हुँदाहुँदै पनि नैतिक साखका लागि सुशील कोइरालाले दिएको उम्मेदवारीलाई ओलीनिर्मित समसोचले अर्घेल्याइका रूपमा अर्थ्यायो। अरू त अरू भई नै हाले, सभापति कोइरालालाई सबभन्दा चर्को स्वरमा गाली गर्ने उनको आफ्नै नेपाली कांग्रेस दलका नेता/कार्यकर्ता हुने अवस्था समझ सामञ्जस्यको व्यापकताले गर्दा उत्पन्न भएको थियो। दमनको अपयश शक्ति बस्नेत, तिरस्कृत कार्यसूचीको दोष चित्रबहादुर केसी, घटिया आरोप/प्रत्यारोपको जिम्मेवारी सिपी मैनाली, प्रतिगमनको पाप कमल थापा, दम्भको निन्दा भीम रावल, भ्रष्टाचारको कलंक विजय गच्छदार एवं अक्षमताको आक्षेप सत्ता साझेदार दलका नेता पुष्पकमल दाहालले बोक्ने भएपछि त्यस्ता सबै अपकर्मका मुख्य हर्ताकर्ता ओली 'राजनेता' जस्ता देखिने नै भए। भनिन्छ, धेरै संयोग एकसाथ देखापर्यो भने योजनाबद्ध तयारीको शंका स्वाभाविक हुन्छ। त्यस्ता सबै यथार्थबाट बेखबर विचार पत्रकारिता गर्नेहरू भने ओलीको पक्षपोषणमा दत्तचित्त भएर लागिरहे, अझै लागिरहेका छन्।
बुद्धिजीवी जमातबाट ओलीले पाएको स्तरको र त्यति धेरै व्यापक वफादारी महान् राष्ट्रवादी कहलिएका राजा महेन्›ले समेत पाउन सकेका थिएन। कम्तीमा कोठाभित्र र वनभोजमा राजा महेन्›को दमन नीतिका विरूद्ध केही बौद्धिकहरू बरोबर मुख खोल्ने गर्थे। ओलीको 'ओलीगार्की' चलेका बेला अपवादबाहेक बुद्धिजीवीहरूको कलम र बोली सत्ताको गुणगानमा मात्र चल्न सुरू भएको थियो। र, यस किसिमको आमराय निर्माणमा शायद डर वा लोभको कुनै भूमिका थिएन। फगत समझ सामञ्जस्यको दबाबले गर्दा विचार निर्माताहरूले स्थायी प्रतिपक्षको आफ्नो जिम्मेवारी परित्याग गरेका थिए। सत्तालाई ऐना देखाउनुको साटो ओलीको आरती गर्नु तिनको प्राथमिक कर्म बन्न पुगेको थियो।
सामान्य अवस्थामा विचार निर्माणको पत्रकारिता गर्नेले आलोचना एवं विकल्प विमर्शमार्फत आमरायलाई समृद्ध तुल्याउने गर्छन्। संकटको घडीमा चेतावनी दिनु पनि विचार पत्रकारिताको जिम्मेवारीभित्रै पर्छ। तर सत्ताको अन्धो समर्थन खुला समाजमा युद्धकालका बेलासमेत ग्राह्य मानिँदैंन। प्रचार व्यवस्थापनको ओलीको यो कीर्तिमान अनुकरणयोग्य नभए पनि निसंदेह गहन अध्ययनयोग्य छ। अभिव्यक्ति स्वतन्त्रताको परिचालन र दक्ष प्रयोगद्वारा सम्भाव्य अधिशासकहरूले प्रियतावादलाई स्वीकार्य बनाइदिन सक्छन्। भ्रमलाई यथार्थ देखाइदिन सक्छन्। उपयोगी सिल्लीहरू पढेलेखेकाहरूको जमातमा झन् बढÞी हुन्छन् भन्ने कुरा अमेरिकामा डोनाल्ड ट्रम्पका प्रचारकर्ताले पनि देखाई नै रहेका छन्। अध्यक्ष ओली स्वयं भने राजनीतिक इतिहास हुने क्रममा छन्। संसदीय दलको नेताका साथै उनको पार्टी प्रमुखता पनि सुस्तरी शंकाको घेराभित्र पर्न थालेको देखिँदैछ। उनले प्रयोग गरेको 'ओलिओलोजी' रणनीतिको आकर्षण भने देश/विदेशका उपयोगी सिल्लीहरू माझ घट्नुको साटो बढÞ्दै जान सक्छ।
उन्मादी पंक्ति
झण्डैझण्डै लेनिनकैं कालखण्डतिरका अमेरिकी राष्ट्रपति रूजबेल्टले राजनीतिक आन्दोलनको मतान्ध समूहका लागि उन्मादी पंक्ति (लुनाटिक फ्रिन्ज) अभिव्यक्ति प्रचलनमा ल्याएका थिए। परम्पराहरू सबै त्याज्य नै हुन्छन् भन्ने छैन। परिवार भन्ने संस्थालाई कायम राख्ने हो भने विवाहको आवश्यकता एवं अगम्यागमन (इन्सेस्ट) निषेधको महत्व रहिरहन्छ। समाजमा अत्याधिक असमानता व्याप्त रहेसम्म एकातिर धार्मिक अन्धविश्वास र अर्कोतिर राजनीतिक अतिवादको आकर्षण कम गर्न सकिने छैन। त्यस्तै अग्रगामी भनिने सबै कदम मानवीय नै हुन्छन् भन्ने पनि छैन। सती प्रथाको उन्मूलन उचित, आवश्यक र अनिवार्य थियो। परिस्थितिको बाध्यताले गर्दा यौनदासताका लागि विदेशिने अवस्थालाई मानव सूचकांकको कुनै पनि उपलब्धिले जायज ठहराउन सकिँदैन। निरन्तर सन्तुलनको खोज सबै बौद्धिक कर्मको मूलभूत अभीष्ट हुने भएकाले नै आलोचनात्मक मनोभावलाई असल पत्रकारिताको आधारभूत अवयव मानिएको हुनुपर्छ। कसैले कतै दबाउन खोजेको कुरामात्र समाचार हो, बाँकी सबै विज्ञापन हुन भन्ने उक्तिले प्रचारसामग्रीको महत्वलाई होच्याउदैन। शायद भन्न खोजिएको कुरा केमात्र हो भने सत्ताको तावेदारी नभएर निरन्तर खबरदारी पत्रकारिताको स्वेच्छिक जिम्मेवारी हो।
रूढीवादको उन्मादले भने निरन्तर खबरदारीको जिम्मेवारीबोधलाई ओझेलमा पार्ने रहेछ। त्यसैले पनि होला, प्रायशः सबैजसो एकाधिपति एवं तानाशाहहरूले परम्पराको नाममा सत्ता हत्याउँछन् र प्रगतिको सपना बाँडÞेर शासन गर्ने गर्छन्। ओलीका दुवै कार्यनीतिलाई मूलधारका मिडिया सँगसँगै समाजिक भनिने निर्वैयक्तिक सञ्जालका अभियन्ताहरूले विनाप्रश्न अंगीकार गरे। जोखिममा परेको परम्परालाई जोगाउनु थियो। हिमालमुनि सुरूङ खन्ने सपना बढाउनु थियो। फलतः संवाददाताहरूको अन्तर्निहित संशयात्मकता स्थगनमा गयो। र, प्रायशः सबैजसो पत्रकार ओलीको प्रचारतन्त्रका लागि विनाबर्दीका सिपाही भए। इतिहासमा सत्तासँग पत्रकारिता एकाकार भएका परिघटना सधैँ अध्ययनयोग्य हुन्छन्।
विविधता नेपालको अवस्था हो, त्यसलाई सही ढÞंगले व्यवस्थापन गर्नका लागि संघीयता एवं समानुपातिक समावेशिता जस्ता राजनीति विज्ञानका अत्याधुनिक अवधारणा स्वीकार गरिएका हुन्। नेपालको हावा, पानी र माटो सुहाँउदो राजनीतिक व्यवस्था त पञ्चायत हो भन्ने कुरा राजाद्वारा नै दावी गरिएको थियो। तीन दशकसम्म त्यही यथार्थ कायम पनि रहेकै हो। कोइराला–ओली संविधान स्नातक तहको विद्यार्थीले व्यावहारिक ज्ञान परीक्षाका लागि लेख्ने प्रबन्ध जस्तोमात्र रहेछ भन्ने कुरा दिनानुदिन उदांगिदैछ। संसदीय व्यवस्थामा सरकार बदल्नसमेत बाधा अड्काउ फुकाउने धाराको सहारा लिनुपर्ने आवश्यकताले मूल कानुनको अपरिपक्वता देखाउँछ। तर ओलीले स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको नारा लगाए। र, उनका पछाडि पत्रकारिताका नामुद हस्तीहरू कर्तव्यनिष्ठापूर्वक लामबद्ध भए। बाँकी त जे भयो, सबैका सामु छ।
बेलायती पत्रकारहरूका बारेमा एउटा विदग्धोक्ति (एपग्रैम) प्रख्यात छ– 'आश नगर, रिश्वत दिन वा विकृत तुल्याउन्। धन्यभाग बेलायती पत्रकार। तर घूस नलिई उसले जे गर्न सक्छ त्यो हेरी प्रलोभनको दरकार नै छैन।' परम्परा जो जोगाउनु छ! ओली पतनोन्मुख भए पनि अझैं सत्तामै छन्। प्रमुख प्रतिपक्ष राजकीय संस्थापनकै अंग हो। सत्ताले पत्रकारको जय/जयकार गर्न थालेपछि समाज भने सतर्क भइहाल्नुपर्छ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Sunday, August 14, 2016
संविधानको विषय पहिला टुङ्गो लगाउ Nagendra Kumar Karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३० गते । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधानको विषयको टुङ्गो नलगाई राज्य पूर्नसंरचना आयोगको काम अगाडी नबढाउन सरकारलाई चेतावनी दिनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टी प्रवेश कार्यक्रममा आउनुभएका अध्यक्ष यादवले पत्रकारहरुसंगको कुराकानीमा ओली नेतृत्वको सरकारले अगाडी बढाएको सिमांकनको कार्यलाई तत्काल बन्द गर्नुपर्ने सरकारसंग आग्रह गर्नुभयो ।
उहाँले हाम्रो माँगलाई सम्बोधन गर्ने गरी संविधान संशोधन नगरीए आफुहरु संविधान खारेजीको माँग अगाडी बढाउने चेतावनी दिनुहुदै उहाँले भन्नुभयो , ‘अहिले हामी हेर र पर्खको स्थितीमा छौं, के हुन्छ अहिले भन्न सकिन्न् ।’
माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीसहित नेपाली काँग्रेससंग भएको तिन वुँदे सहमती अन्तर्गत हामीले प्रधानमन्त्रीको निर्वाचनमा भोट खसालेर एक बुँदे पालना गरिसकेको वताउनुहुदै उहाँले हामी सरकारले दुई वुँदा सहमती पालना गर्छ कि गदैनन् भन्ने हेर र पर्खको स्थितीमा हामी रहेको स्पष्ट गर्नुभयो ।
मधेश आन्दोलनमा गोली चलाएर मारेकाहरुको पक्षमा गएर भोट खसाली उनीहरुको कामलाई वैधानिक ठहराएको भन्ने पत्रकाहरुको प्रश्नमा उहाँले त्यस्तो नभई गल्ती सच्याउने भनेपछि आफुहरुले भोट खसालेको दावी गर्नुभयो ।
सरकारले चुनाव गराउने भनिरहेको समयमा मधेशीदलहरुले किन चुनावको विपक्षमा रहेको प्रश्नमा अध्यक्ष यादवले भन्नुभयो, ‘चुनावकै लागि गरिने चुनावको कुनै औचित्य हुँदैन्, माँग पुरा नगरी चुनाव गर्दा अझ देश संकटमा फस्ने छ ।’
देश अहिले संक्रमणकालिन अवस्थाको अत्यन्तै जटिल मोडमा रहेको बताउनुहुदै अध्यक्ष यादवले देशमा निर्यात पूर्णतः ठप्प रहेको तथा आयात ९२ प्रतिशतभन्दा बढी रहेको अवस्थामा देशलाई निकाश दिनुपर्नेमा अझै नेताहरु संविधान संशोधन नगरी देशलाई जर्जर बनाउन लागेको आरोप समेत लगाउनुभयो ।
पार्टी कार्यक्रम पूर्व अध्यक्ष यादव जिल्ला कारागारमा पुगेर कैदीवन्दीहरुसंग कुराकानी गर्नुभएको थियो । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्याको आरोपमा पक्राउ परेका प्रदिप साह माझी र सञ्जयकुमार साह उनका परिवारजनहरुसंग भेटदै अध्यक्ष यादवले बढीमा अब एक महिना जेलमा बस्नुपर्ने आश्वासन दिनुहुदै सरकारसंग राजनीतिक वन्दीहरुलाई छाडने पहल भइरहेको जानकारी गराउनुभएको थियो ।
Friday, August 12, 2016
हाम्रो उद्धार कसले गर्छ ? Nagendra Kumar Karna
नागेन्द्रकुमार कर्ण
भनिन्छ समय परिवर्तनशील छ । आज जे छ भोली हुदैन्, भए पनि त्यही आवृत्ति, त्यही गति, त्यही ताल र त्यही तस्वीरमा हुँदैन् । उनीहरुमा केही न केही परिवर्तन भएकै हुन्छ र परिवर्तन हुन्छ पनि । यो कुरा व्यक्तिगत जीवनमा होस्, सामाजिक जीवनमा होस्, आर्थिक जीवनमा होस् वा अन्यान्य
![]() |
| मेरो घरबाट मूल सडकमा निस्कने बाटो |
![]() |
| चोकबाट गाउँमा जाने मूल सडकको बाटो |
![]() |
| चोकबाट गाउँमा जाने मूल सडकको बाटो |
सुगा गाविस अर्थात अहिलेको जलेश्वर नगरपालिका १५ को अवस्था देख्दा नगरपालिका हो जस्तो लाग्दै लाग्दैन् । जलेश्वर मटिहानी सडकखण्डमा पर्ने ‘शुक्देव नदी’ (सुगाको अदालत चोकमा हुने जलजमाव, जो अलिकति पानी पर्दा पनि दुईफिट सम्म पानी जम्छ, त्यो सधैं हुन्छ) विकराल रुपमा उभिएका छन् । सानो तिनो दुर्घटना सधैं हुने यस नदिमा कुनै ठुलो दुर्घटनाको सम्भावना त्यत्तिकै छ । यसको उद्धार कहिले हुन्छ ? जलेश्वर मटिहानी खण्डको सडक सडक विभाग वा भारत सरकारले परिक्रमा सडक बनाएको खण्डमा उद्धार हुन्छ भन्ने लागेको छ यसमा नगरपालिकाले केही नगर्ला भन्ने आमवुझाई छ तर प्रभु महतोको पसलदेखि दक्षिणको बाटोमा अहिले तिनफिट पानी जमेको छ । त्यो पनि महिनादिन देखि । यसमा कसले चासो दिने । के नगरपालिकाको यसमा कुनै चासो हुँदैन् । नगरपालिकाले यसमा केही गर्न सक्दैन् । तर दुःख लाग्छ न त नगरपालिकाको कुनै चासो छ न त अरु कसैको । पानीको निकास नभएको कारणले पानी जमेको स्थिती देखिएको छ । त्यो बाटो भएर जाँदा सबैले ओ पत्रकार जी यही हो हाम्रो नगरपालिका भनेर प्रश्न सोध्छन् । म निरुत्तर हुन्छ । त्यसको जवाफ दिने आँट आउँदैन् । एकवर्ष पहिला अर्थात असोजमा सुगा नगरपालिकामा गाभिएपछि म खुशी भएको थिएँ । अब केही त विकास हुन्छ । दुई चारजनाको चंगुलमा रहेको सुगा गाविस अब मुक्त हुनेछन् । सबैको पहुँच, सबैको अधिकारको सम्मान हुने छ । विकास पनि तीव्र गतिमा हुनेछ । तर नगरपालिकाको काम गराईको गति हेर्दा आशा नमरे पनि आशाको सिसामा भने दाग लागिसकेको अवस्था छ ।
![]() |
| मटिहानी जलेश्वर सडकखण्डमा रहेको बाटो, जसलाई मैले शुकदेव नदी भन्छु |
हरेक भाषणवाजीमा नगरप्रमुख माघवेन्द्र चौधरीले टोल सुधार समिति गठन गरिसकिएको र त्यही समिति मार्फत काम गराउने नगरपालिकाको नीति रहेको वताउनुहुन्छ । खोई त ? १५ वडाको टोल सुधार समिति । समितिलाई यसबारे जानकारी छैन कि ? के उनीहरुको कार्यक्षेत्र भित्र यी कुरा पदैनन् । मात्रै पैसा ल्याएर काम गर्नुपर्ने रोडम्याप टोल सुधार समितिलाई छ । यदि होइन, साँच्चै समितिले यसबारे पनि काम गरेको छ भने त्यसबारे सबैलाई जानकारी हुनुपर्यो होइन भने समितिको कामै छैन् । १५ वडाको टोल सुधार समितिलाई मैले १० पूर्णाङ्गमा नम्बर दिनुपर्दा १ भन्दा बढी दिन सक्दिन् । मात्रै कसरी माल हत्याउने परिपाटीका मानिसहरुको हालीमूहाली त्यसमा छ । यदि, त्यस्तो मानिसको हालीमुहाली नभएको भए हाम्रो वडामा पनि केही विकास भएको हुन्थ्यो । तर १५ जना टोल सुधार समितिबाट १ जना संयोजक छान्नै महिनौं लगाउने यस समितिबाट हामीले के आश राख्ने ? यो भन्दा त राम्रो बरु नगरपालिकाले सिधै विकास निर्माणको कामलाई अगाडी बढाए हुन्छ । यसले ति राजनीतिक मान्छेलाई लाज त हुन्छ । गल्ती हामीजस्ता युवाको पनि छ । हामीले पनि कुनै समिति निर्माणमा उनीहरुलाई नै खुलेआम समर्थन गरेको तथा आफुहरुले पनि विकास निर्माणमा भुमिका खेल्नुपर्नेमा त्यसबाट भाग्ने चेष्टा गरेका छौं ।
शुक्देव ऋषीको तपोभूमि मानिने सुगा गाविस (हाल जलेश्वर नपा १५,१६) जिल्लाको प्रतिष्ठित गाउँमा पर्छन् । एक से एक दिग्गजहरु यस गाविसमा जन्मिएका हुन् । यस गाविसका मानिसहरु ठुलठुलो जिम्मेवारी बोकेका छन् । दुनियाँले उनीहरुको नाम लिन्छन् तर दुःख लाग्दो कुरा उनीहरुको लगानी भने गाउँमा शुन्य छ । गाउँको माया, प्रेम मुटु भित्र मात्रै छ । हिन्दी फिल्मको गीत झै, ‘...चार पैसे कमाने मै आया शहर, गाउँ मेरा मुझे याद आता रहा...’ । म नाम लिन चाहन्न् । तर आग्रह गर्न चाहन्छु उहाँहरुसंग । तपाईहरुले जसरी गाउँको नाम विश्वस्तरमा पु¥याउनुभएको छ । गाउँको जुन गरिमा तपाईहरुले बनाउनुभएको छ यसलाई व्यवहारमा देखाउनुस् । वर्षमा एकपल्ट भएपनि तपाइ जहाँ भएपनि त्यही गाउँलेहरुसंग मिलेर गाउँमा के गर्न सकिन्छ भन्ने कुरामा वहस गर्नुस । विकास निर्माणमा तपाईहरु सघाउनुस । म विश्वासका साथ दावी गर्दछु कि यदि सुगा गाउँकै व्यक्तिहरु (जो प्रतिष्ठित ठाउँमा र प्रतिष्ठित काममा लाग्नुभएको छ) उहाँहरु वर्षमा एकपल्ट मात्रै विकासको काममा वहस थाल्नुभयो भने हामीलाई गाउँको विकासको लागि कुनै पनि निकायको मुख ताक्नुपर्ने विवशता रहँदैन् हामी शिक्षित गाउँ, प्रतिष्ठित गाउँको रुपमा मात्रै होइन विकासशील गाउँको रुपमा पनि पहिचान बनाउन सक्छौं । तपाईहरुको एकदिन मात्रै हामीलाई चाहिएको छ । प्लिज ‘जननी जन्मभुमिश्च स्वार्गादपी गरियसी’ भावनाको ताकत तपाईहरुले देखाइदिनुस् । तपाईहरुमा यो भावनाको विस्तार हुनेछ भन्नेमा म आशावादी छु । आमेन ! यस्तो अवस्था आइदियो भने हामीलाई न त नगरपालिकालाई गाली गर्नुपर्छ न त हामी कुनै क्षेत्रमा पछाडी हेनुपर्छ । हामी सधै सधैको लागि हिलो र पानीको टापुबाट मुक्त हुन्छौं । पहिलादेखि नै मैले भन्दै आएको छु कि यहाँ तिनथरीको मानिसको बसोबास छ । सत्प्रतिशतमा ९० प्रतिशत आफ्नै कामसंग मतलव राख्छन् अर्थात कमाउँछन्, खान्छन् । सामाजिक कार्यमा त्यत्ति खुलेर लाग्दैन् । कुनै सामाजिक कार्यसंग त्यत्ति लगाव हुँदैनन् । चन्दा माँग्न आयो दियो, भयो । खासै सामाजिक कार्यमा योगदान दिदैनन् । त्यस्तै, ८ प्रतिशत हरेक कार्यमा चासो राख्छन् । अगाडी बढने कोशिश पनि गर्छन तर वेईज्जती हुने डरले, मारपिटको डरले, लोकलाजको डरले र ईज्जत, मान, मर्यादामा आँच नआओस् भनेर अगाडी बढन हिच्किचाउँछन् । उनीहरुले सामाजिक कार्यमा योगदान दिने चाहना राखेपनि विविध कारणले गर्न सक्दैनन् । उनीहरु सर्प पनि मरोस् र लाठी पनि नभाँचियोस् भन्ने चाहनाले काम गर्न खोज्छन् जुन अहिलेको कलियुगमा सम्भव मात्रै होइन् असम्भव नै छ । त्यही भएर उनीहरु सामाजिक कार्यमा अग्रसरता लिदैनन् । तर, २ प्रतिशत भने हरेक कार्यमा अगाडी बढछन् । त्यहीबाट खान्छन् । रोजीरोटी त्यसैबाट चल्छ । उनीहरु केही काम गर्छन् अरु गोजी भर्छन् । उनीहरुलाई जति गालि, वेईज्जती गरेपनि काम आखिर यिनीहरुले नै गर्छन् र सरकारी कर्मचारीहरु, अफिसरहरु यिनीहरुलाई नै पत्याउँछन् । पहिलाको सुगा गाविस र अहिलेको जलेश्वर नगरपालिकाको वडानं. १५ र १६ यी २ प्रतिशतले चलाउँछन् । नगरपालिकामा गएपछि पनि यी २ प्रतिशतको हालीमुहाली विद्यमान छ । त्यसकै कारणले होला विकास निर्माणको गति सुस्त छ । नगरपालिका र स्वयं गाउँका वुद्धिजीवीहरु तथा अवकाशप्राप्त ज्येष्ठ नागरिकहरुलाई अगाडी आउने आवश्यकता छ । उनीहरुको अनुभवले अवश्यै नै विकास निर्माणमा टेवा पु¥याउने छ । अन्त्यमा, पुनः जलेश्वर नगरपालिकाका प्रमुख माघवेन्द्र चौधरीलाई जलेश्वर नगरपालिकाको वडानं. १५ को पूर्वारी टोलको अवस्था अवलोकन गर्न आग्रह गदै करमात्रै लिने र सेवा नदिने सोचबाट अगाडी बढन आग्रह गर्दै उहाँकै कार्यकालमा हामीहरुले पनि विकासको महसुस गर्न सकून र हामीहरु पनि हिलो र पानीको टापुबाट मुक्त हुन पाऊँ भन्ने आग्रह छ । अस्तु ।
Thursday, August 11, 2016
ट्राफिक कार्यालयले चालकलाई दिए प्रशिक्षण
महोत्तरी समाचारदाता
जलेश्वर, साउन २७ गते । ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आज सदरमुकाम जलेश्वरको विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय जलेश्वरका प्रमुख तथा सहायक प्रहरी निरिक्षक रामकुमार यादवले जलेश्वर, मटिहानी, भिठामोड, बखरी, सरपल्लोसहितका विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम पालना गर्ने र गराउने सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।
सो रुटमा सवारी चलाउने ५० भन्दा बढी सवारी चालकहरुको उपस्थिती रहेको सो प्रशिक्षण कार्यक्रममा चालकहरुलाई दुर्घटना न्यूनीकरण गर्ने उपायहरुका साथसाथै सवारी चलाउँदा कागजपत्र बोक्ने, सवारी ओभर स्पिडमा नचलाउने, मादकपदार्थ सेवन गरी सवारी साधन नचलाउने, अन्टेष्ट गाडीहरु नचलाउने जस्ता विषयहरुमा प्रशिक्षण दिइएको ट्राफिक कार्यालय जलेश्वरका प्रमुख यादवले जानकारी दिनुभयो ।
सो अवसरमा चालकहरुले पनि विभिन्न जिज्ञासाहरु चाख मानेर सोधेको तथा ट्राफिक इन्चार्ज यादवले पनि ति प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
जलेश्वर, साउन २७ गते । ट्राफिक प्रहरी कार्यालय महोत्तरीले आज सदरमुकाम जलेश्वरको विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय जलेश्वरका प्रमुख तथा सहायक प्रहरी निरिक्षक रामकुमार यादवले जलेश्वर, मटिहानी, भिठामोड, बखरी, सरपल्लोसहितका विभिन्न रुटमा चल्ने टेम्पु तथा अटोरिक्साका चालकहरुलाई ट्राफिक नियम पालना गर्ने र गराउने सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।
सो रुटमा सवारी चलाउने ५० भन्दा बढी सवारी चालकहरुको उपस्थिती रहेको सो प्रशिक्षण कार्यक्रममा चालकहरुलाई दुर्घटना न्यूनीकरण गर्ने उपायहरुका साथसाथै सवारी चलाउँदा कागजपत्र बोक्ने, सवारी ओभर स्पिडमा नचलाउने, मादकपदार्थ सेवन गरी सवारी साधन नचलाउने, अन्टेष्ट गाडीहरु नचलाउने जस्ता विषयहरुमा प्रशिक्षण दिइएको ट्राफिक कार्यालय जलेश्वरका प्रमुख यादवले जानकारी दिनुभयो ।
सो अवसरमा चालकहरुले पनि विभिन्न जिज्ञासाहरु चाख मानेर सोधेको तथा ट्राफिक इन्चार्ज यादवले पनि ति प्रश्नहरुको जवाफ दिनुभएको थियो ।
Tuesday, August 9, 2016
मधेसी मोर्चाले सरकारलाई गरेको समर्थन वारे महोत्तरीका सर्वसाधारणहरुको भनाई ।
मधेसी मोर्चाले सरकारलाई गरेको समर्थन वारे महोत्तरीका सर्वसाधारणहरुको भनाई ।
१) नागेन्द्रकुमार कर्ण ।
जलेश्वर नगरपालिका १५ सुगाभवानिपटि
स्थानिय
सयुंक्त मधेसी मोर्चाले वर्तमान सरकारलाई समर्थन गर्नु आजको आवश्यकता हो । ‘नहुने मामा भन्दा कानो मामा राम्रो ’ भने झै केपी ओली सरकारले ६ महिने लामो आन्दोलनको सम्बोधन नगर्नु र देशमा थप संकट (फाटो) आउनु भन्दा सुरक्षित अवतरण ठानेर समर्थन गरिएको छ । तर समर्थनले मात्रै मधेश आन्दोलनको माग पुरा हुँदैन । किनकी विगतमा पनि कांग्रेस र माओवादीकै सरकार भएकाले पनि अहिले पनि छल हुने सम्भावना त्यतिकै छ । समर्थन गर्नु र सरकारमा जानु वेग्लै कुरा भएकाले मोर्चाले अहिलेको अवस्थामा सरकारमा नजानु नै वेश हुन्छ । प्रचण्ड नेतृत्वको सरकारले सितिमित मधेसको माग पुरा गर्छ भन्ने लाग्दैन किनकि ३ वुँदे सहमती मै संसदमा प्रस्ताव लगिने उल्लेख भएकोले अहिले पनि मधेसको माग पुरा हुने समय लाग्छ तर नैतिकता काँग्रेस र माओवादीमा छ भने गम्भीर संसदमा मधेसका मुदा सम्बोधनका लागि वहस गरेर मधेस आन्दोलनको सुरक्षित अवतरण गराउनु जरुरी छ होईन भने देशको भविष्य संकटग्रस्त हुन्छ ।
२) लक्ष्मी साह
जलेश्वरनगरपालिका ५
स्थानिय ।
मोर्चाको वर्तमान समर्थनलाई न घरको र न घाटको रुपममा लिएको छुँ । ओली सरकारले मधेसका मुद्धालाई दवाउने प्रयास गरेको थियो । जसको ज्वलन्त उदाहरण मधेसमा भएको ६ महिने आन्दोलन , नाकावन्दी डेढ महिने काठमाण्डौंमा रिले अनसन लगायतको आन्दोलनको कार्यक्रम उपेक्षा गरिनु हो । ओलि सरकारमा पनि प्रचण्डको समर्थन थियो तर उनले पनि मधेसको मुद्दा सम्बोधनका लागि केह गरेरन । अहिले आएको त्यहि प्रचण्डले काँग्रेस संग पिठाजोरी गरेर सरकार निर्माण गरेको छ र मोर्चाले त्यसमा समर्थन जनाएको छ । यसले आम मधेसीको मुद्धालाई कतै ओझेलमा पार्न खोजिएकै जस्तो लागेको छ ।
प्रचण्ड सरकारले मधेस मोर्चाको गठबन्धन सित गरेको ३ वुँदे सहमतिले मधेसको माग पुरा होला जस्तो छैन ।
देशमा जहिले पनि काँग्रेस , माओवादी र एमालले नै राज्य सता भोग्दै आएको छ र फेरि पनि मधेसी मोर्चाका समर्थनले लिएर उनीहरुले नै सता भोग गर्ने देखिएको छ । मधेसी मोर्चाको समर्थन र काँगे्रस र माओवादी वीच भएको तीन वुँदे प्रस्तावमा मधेको माँगलाई संसदमा लग्ने व्यहोरा मात्र उल्लेख छ माग पुरा हुन्छ हुँदैन भने किटान गरिएको छैन । यदि वर्तमान सरकारले मधसीको ६ महिने लामो हडताल , नाकाबन्दी रिले अनसन र ६० जना भन्दा बढीको सहादतको सहि मूल्यांकन गर्न चाहन्छन भने मधेसमा उठेका मागहरु अक्षरस फास्टट्रयाकको माध्यमबाटै गर्नु पर्दछ । प्रचण्ड सरकारले मधेसको माग सम्बोधन गरेर देशमा शान्ति अमन चयन ल्याउनु पर्छ ।
३) हरिप्रसाद मण्डल
मटिहानी , स्थानिय वुद्धजिवि।
मधेसी मोर्चा प्रचण्ड नेतृत्वको सरकारमा समर्थन जनाउनु अहिलेको परिपेक्षमा ठिकै निर्णय छ । केहि कुरा सम्झौताको आधारमा पुरा भएको थिएन । पछिल्लो समयमा भएको ७ वुँदे सम्झौताको आधारमा महत्वपुर्ण माग पुरा गर्ने तयारी गरिएको छ । माग पुरा भए मधेस र मधेसीको हकमा उपलब्द्धी हुने छ ।
दुई तिहाई वहुमतबाट मधेसको अन्य माग पुरा गर्न संसदमा रहेको सबै पार्टी एकै ठाउँमा नभए आझेलमा पर्ने सम्भावना छ । संसदबाट अनुमोदित गरेर पुरा गरिने माग पुरा हुने सम्भावना कम देखिएको छ तर सिधै मन्त्रि परिषदबाट पुरा गरिने मागहरु पुरा हुने आशा जागेको छ । मृतकहरुलाई सहिद घोषणा गर्ने , घाईतेलाई क्षतिपुर्ति दिन मुदा र्फिता गर्ने लगायतका माग तत्काल पुरा हुने सम्भावना छ र नवगठित सरकारले गर्नु पर्ने पहिलो काम पनि हो ।
मधेस आन्दोलन लामो समयदेखि चलि आएको थियो राज्यमा सहभागिताका लागि मधेसवादीदललाई नितिगत तहमा पुग्नु पर्ने आवश्यक थियो । सदन र सडक दुवैबाट मधेसवादी दलले आफना माग पुरा गराउनु पर्ने भएकोले अहिलेको परिपेक्षमा मोर्चाले नया सरकारालाई गरेको समर्थन ठिकै लागेको छ ।
४) शुरेस पाण्डे
राजनीतिकर्मी ,
जलेश्वर ५
मोर्चालाई अहिले सरकारमा जानु हुँदैन थियो । मोर्चा सरकार वाहिरै वसेर आफनो मागहरु पुरा गराउन दवाव दिनु पर्ने थियो । यस सन्दर्भमा मधेसी मोर्चालाई गम्भीर हुनु पर्छ । अहिले सम्म मधेसीको माग पुरा भएको अवस्था छैन । हाम्रो आन्दोलनबाट उब्जेको मागहरु पुरा गराउन मधेसी मोर्चा गम्भिर हुनु पर्छ त्यसो नगरिए जनमानसमा नकारात्मक सन्देश जानेछ ।
नवगठित सरकारले मधेसको मुद्धामा सहिद घोषणा घाईतेको उपचार क्षतिपुर्ति लगायतका मुद्धा प्राथमिकत माग भएकोले यो पहिले पुरा गर्नु पर्छ ।
सर्वागिन क्षेत्रमा संदिय व्यवस्था अनुरुप कोटा प्रादेशिक संरचना लगायतका काम तिव्र गतिमा हुनु पर्छ । मधेसको संघिय संरक्षणा जनगणनाको हिसावमा गर्न नवगठित सरकारले ध्यान दिनु पर्छ ।
५) कमलेश सिंह
गाविस पर्सापतैलि
स्थानिय
मधेस आन्दोलनको जुन एजेन्ण्डा थियो त्यो एजेन्ण्डालाई विर्शेर मधेसी गठबन्धन अगाडी वढेर सरकारलाई समर्थन जनाएको मलाई लागेको छ । जुन एजेन्ण्डा लिएर यत्रा आन्दोलन गरियो त्यो सरकारमा मधेसी मोर्चा जाने वित्तिक आझेल पर्ने सम्भावना वढेको छ ।
सरकारमा गएपछि सरकारको विरोध गर्न सजिलो हुँदैन सरकारमा वसेर सरकारको विरोध गर्न ग्राहो हुन्छ जसले गर्दा हाम्रो एजेन्डा ओझेलमा पर्ने सम्भावना बढी हुन्छ ।
आन्दोलनको वखत भएको क्षतिको पुर्ति गर्न आउने दिनेमा सरकारले गरेको कामले मूल्यांकन गर्ने छ ।
सरकारले मधेसको माग पुरा गर्न फास्ट ट्रयाकबाटपुरा गर्नु पर्ने हुन्छ , सहादत भएकोलाई सहिद घोषणा गर्नु पर्ने हुन्छ । घाईतेको यकिन तथ्यांक संकलन गरेर क्षतिपुर्ति र घाईतेको उपचार गर्नु पर्ने हुन्छ । झुठा मुद्धाहरु फिर्ता गर्नु पर्छ ।
मधेसबाट बढी कर संकलन हुने र मधेसमै कम वजेट आउने परिपाटी रहेकोले नवगठित सरकारले सम्मानरुपमा मधेस पहाड र हिमालको लागि वजेट विनियोजन गरेर देशमा आम जनतालाई विकासको अनुभूति गराएर शान्ति अमन चयन ल्याउन आफनो गतिविधि अगाडी बढाउनु पर्छ ।
६) संजु गुप्ता
जलेश्वर ५
स्थानिय ।
मोर्चाको सरकार प्रतिको समर्थन सकरात्मकहो । मोर्चाले उठाएको माग पुरा गर्नु पर्ने हुन्छ । सरकार बाहिर रहेर मात्रै माग पुरा नहुने भएकोले सरकारमा गएर मधेसी मोर्चाले आफनो माग दरो रुपमा प्रस्तुत गरेर माग पुरा गराउन दवाव दिनु पर्ने हुन्छ ।
नवगठित सरकारले मधेस आन्दोलनको क्रममा उठेका मागहरुलाई गम्भीरताका साथ लिएर माग पुरागर्न तदारुक्ता देखाउनु पर्ने हुन्छ ।
आन्दोलनको क्रममा मृत्यु भएकोहरुलाई फास्ट ट्रयाकबाट सहिद घोषणा गर्नु पर्ने , घाईतेलाई क्षति पुर्ति राज्य पुर्नसंरचना लगायतका माग पुरा गरेर देशमा शान्ति अमन चयन ल्याउनु पर्ने हुन्छ ।
७) मनोज साह
जलेश्वर ५ स्थानिय ।
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन ठिकै छ । समय सापेक्ष भएर मोर्चाले लिएको निर्णय ठिक भए पनि आफना माग पसरा गराउन मधेसी मोर्चा सचेत हुनु आवश्यक देखिएको छ । तर जुन हिसावले र्मोचा सरकारलाई समर्थन जनाएको छ त्यसको उद्देश्य मधेसको माग पुरा भए मात्र पुर्ति हुने देखिएको छ ।
नयाँ सरकारले लामो समयदेखि आन्दोलनरत मधेस र मधेसीको माग पुरा गर्न गम्भीर हुनु पर्ने देखिएको छ । आन्दोलनकोक्रममा सहिद भएकाहरुलाई सहिद घोषणा नगरेर केपी ओलीको सरकारले सहिदहरुको सहादतको उपेक्षा गरेको थियो त्यो काम यस सरकारले पनि नदोहराएको वेश हुने थियो ।
नागरिकता , समानुपाति समावेसी सहभागिता , जनसंख्याको आधारमा राज्य पुर्न संरचना लगायतका मागहरु ज्यादै नै गम्भीर मुद्दा भएकोले यी मुद्दाहरु प्याकेजमै पुरा गरेर नया सरकारले आफनो अभिभारा पुरा गर्नु पर्ने हुन्छ ।
प्रस्तुति ः महेशकुमार दास , महोत्तरी ।
‘नेपालीहरू सरोकारै नहुने चिजमा चासो दिन्छन्’
‘नेपालीहरू सरोकारै नहुने चिजमा चासो दिन्छन्’
घुमन्ते पत्रकारका १४ अनुभव
मोहन मैनाली मूलतः वातावरण पत्रकार हुन् । पत्रकारिता कर्ममा उनी वातावरण, वन्यजन्तुका साथै मान्छेहरूको कथा पनि उधिन्छन् । त्यसका लागि विभिन्न जिल्ला पुगिरहेका हुन्छन् । अहिलेसम्म ६८ जिल्ला घुमेका उनले घुमन्ते पत्रकारकै चिनारी बनाएका छन् ।
उत्तरी गोरखाको जनजीवन केलाइएको ‘उपल्लो थलो’ (०५९) र दसवर्षे द्वन्द्वको दुष्परिणाम स्थानीयस्तरमै गएर नियालिएको ‘मान्ठा डराएको जुग’ (०६१) उनका प्रकाशित कृति हुन् । द्वन्द्वकालमा धादिङको जोगीमारामा बेपत्ता भएकाहरूबारे बनाइएको ‘जोगीमाराका ज्युँदाहरू’ वृत्तचित्र (०५९) पनि उनको सम्झन लायक काम हो ।
हाल साउथ एसिया चेकका सम्पादक रहेका मैनालीले जिल्ला दौडाहा र पत्रकारिता कर्मको सिलसिलामा सँगालेका १२ अनुभव उनकै शब्दमा:
१) मैले जति पनि घुमेँ, पत्रकारिताकै सिलसिलामा घुमेको छु । जहाँ जाँदा पनि सूचना संकलनकै लागि पुगियो । यसरी घुम्दा आफ्नो काम पनि पार लाग्ने र घुमफिरको तलतल मेटिने भएकोले एक पन्थ दुई काम हुन्छ ।
रिपोर्टिङको काममा ०४८ सालदेखि घुम्न थालेको हुँ । मनमौजी घुम्न मन पनि लाग्दैन । स्वच्छन्द घुम्नका लागि पैसा खर्च नगर्ने मेरो मान्यता छ । कमाइ चाहिँ सीमित हुने र घुम्ने रहर गर्नु मेरो निम्ति विलासी काम हो । उद्देश्यमूलक घुमघाम नै आनन्दको लाग्छ ।
२) अहिलेसम्म ६८ वटा जिल्ला घुमेको छु । घुमेजति सबै ठाउँ उत्तिकै प्रभाव पार्ने जस्तो लाग्छ । दार्चुला जाँदा छ्यालेकभन्दा माथितिर एकदमै गजबको ठाउँ थियो । जे पनि जता पनि प्रकृतिले कुँदे जस्तो । त्यहाँ मान्छेहरू जसरी काम गरेका हुन्छन्, तिनीहरू पनि प्रकृतिकै सेटिङमा बसे जस्तो ! मानसरोवर अध्यात्मिक र प्राकृतिक छटा हरेक दृष्टिले राम्रो ठाउँ हो ।
धेरै साथीहरू घुम्न जाने भन्नुहुन्छ, तर दौडिएर गएर हतारमै फर्कनुहुन्छ । त्यसरी घुम्दा जति कुरा हेर्नुपर्ने हो, त्यति हेरिँदैन । घुम्दा सामुन्नेमा जे देखिन्छ, त्यो मात्र हेर्ने कि अलिक भित्रसम्म पुग्ने ? भित्रसम्म गएर अर्थ खोज्ने गरियो भने घुमाइ पनि सार्थक हुन्छ । मान्छेहरूसँग कुरा गर्दै, बास बस्दै यात्रा गर्दा त्यसको मजा छुट्टै हुन्छ । मन परेको ठाउँ छ भने त्यहाँ धित मर्नेगरी बस्नुपर्छ भन्ने लाग्छ । गाउँघरमा धित मर्ने गरी बस्न त्यत्रो धेरै खर्च पनि लाग्ने हैन ।
३) १७ वर्षअघि वातावरण पत्रकारिता समूहबाट रिपोर्टिङको क्रममा रसुवाको लाङटाङ पुगेको थिएँ । यो पालि १७ वर्षपछि फेरि पुगेँ लाङटाङ । आफू पहिले गएको ठाउँमा भूकम्पले कस्तो असर गरेको रै’छ भनेर बुझ्न गइयो । भुइँचालोले सबैभन्दा बढी असर पारेको ठाउँ त्यही हो जस्तो लाग्छ । प्रकृति कहिलेकाहीँ बहुलाएर दुःख दिन्छ, नत्र त्यसको सौन्दर्य सधैं लोभ्याउने खालको हुन्छ ।
हामीले लाङटाङको यात्रामा नौ दिन लगाएका थियौं । त्यति दिन बस्दा पनि हामीलाई अझै पुगेन कि, चार-पाँच दिन अझै बस्न पाएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो । त्यति टाढा लाङटाङ त पुगिसकियो, त्योभन्दा एक हजार मिटर माथि चढ्दा अर्कै संसार देखिन्छ भने किन नचढ्ने भन्ने लाग्छ । दुई वर्षअघि ताप्लेजुङको घुन्सा पुग्दा पनि रमाइलो लागेको थियो ।
४) एक्लै पनि २-३ दिनको यात्रामा गएको छु । तर, मलाई मिल्ने टिमसँग हिँड्दा नै मजा लाग्छ । टिम चाहिँ आफूले भनेअनुसार मान्ने खालको हुनुपर्यो । टिमका अरु मान्छेका कारणले जानकारी छुट्ने अवस्था आउनु भएन । त्यही भएर नयाँ जुनसुकै टिमसँग यात्रा गर्न सक्दिनँ म ।
टिममा जाँदा मल्टिमिडियामा काम गर्न सकिन्छ । एकैचोटि भिडियो, रेडियो र छापा माध्यमको लागि काम गर्न सकियो । तीनवटै विधालाई राम्रोसँग उपयोग गर्न सकिने भयो भने त्यही नै सबभन्दा ठूलो कुरा लाग्छ ।
५) बढी दोहोर्याएर गोरखा जिल्ला गएको छु । लामो यात्रामा २४/२५ दिनसम्म लगाएर घुमेको छु त्यहाँ । बाजुरा र कर्णालीतिर पनि तीनचोटि गएको छु । धादिङको जोगीमारा पनि तीनचोटि गएँ । आफ्नै क्षेत्र भएकोले तमोरको तलमाथि, वारिपारि र त्यसको अन्तिम गाउँ घुन्सा पनि धेरै चोटि गएको छु । संयोग मिल्ने र सजिलो पर्ने भएकोले यात्रा दोहोरिने रै’छ ।
कुनै ठाउँमा भने अनेक पटक कोसिस गर्दा पनि जान पाइँदैन । सोलुखुम्बु र मुस्ताङ चाहेर पनि अझैसम्म जान सकेको छैन । सोलु जानलाई म सात/आठ चोटि एयरपोर्ट पुगेको छु । कहिले खराब मौसम र कहिले सिट नपाएर फर्किनुपर्यो । एउटा झोला र नोटबुक टिपेर अब हिँड्छु भनेर लामो यात्रामा जान सकिँदैन । पैसा र सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्छ ।
६) द्वन्द्वको बेलादेखि बाहेक जहाँ पुग्दा पनि सबैतिरका मान्छे खुसी नै देखेँ । जीवनमा दुःख छ, तै पनि सन्तोष मानेर बाँचेका छन् । आजका दिनमा जुनसुकै ठाउँमा हुनैपर्ने आधारभूत आवश्यकताका सेवा-सुविधा नपाउँदा पनि मान्छे त हाँसेरै बसिराखेको छ । अभावको खाडललाई हाँसोले नै पूर्ति गरिराखेका छन् । मान्छेको बाँच्ने चाहना र दुःखलाई सुखमा परिणत गर्ने त्यो ठूलो शक्ति हो जस्तो लाग्छ नेपालमा ।
बसौं, कहाँ हिँडेको, ल खाऔं भन्ने किसिमको आत्मीयता सबै ठाउँमा पाएको छु । हामी पत्रकार भनेर परिचय खुलाउँदा उनीहरूले हाम्रो यस्तो भनाइ छ, हाम्रो कुरा ठाउँमा पुर्याइदिनुस् भन्छन् । त्यस्तो सुनेर आफूले गरिरहेको काम राम्रै रै’छ, पत्रकारिता पेसाको महत्व रै’छ गर्वले मन ढक्क फुल्छ ।
७) जसले असामान्य जिन्दगी बाँचेका छन्, तिनका कुरा बताउनुपर्छ भन्ने लाग्छ मलाई । गोरखाको उत्तरी भेगतिर जाँदा एक पात्र भेटिए, बलबहादुर कार्की । त्यस भेगमा जहिले पनि सरकारी सेवा नपुग्ने अवस्था छ । पञ्चायत कालमा जिल्ला पञ्चायतको सदस्य रहेका उनी सत्तासँग नजिक हुँदा सेवा-सुविधा पाइन्छ कि भन्ने सोचले बहुदल आएपछि कांग्रेस भए । एमाले सरकारको पालामा एमाले भए ।
हुन त सरकारले आम जनतालाई समान रूपमा सेवा-सुविधा पुर्याउनुपर्ने हो, तर सामान्यतया टाठाबाठा कार्यकर्ताले पाउने भएकोले कार्यकर्ता भएपछि मात्रै पाइन्छ भन्ने आम धारणा छ । त्यो ठाउँको अवस्था देख्दा बलबहादुरले अपनाएको जिन्दगी ठीकै हो कि जस्तो लाग्यो । तर, समस्या चाहिँ के भने, कार्यकर्ता भएपछि पनि सेवा-सुविधा पाउन सकेका थिएनन् । राज्यले जनतालाई कुन अवस्थामा पुर्याएको छ भन्ने त्यो एउटा उदाहरण हो ।
८) गोरखामै भेंडीगोठमा बस्ने उडसिंह गुरुङ भेटिएका थिए । जसले १० वर्षको उमेरदेखि भेंडीगोठमै जिन्दगी बिताए । मैले भेट्दा उनी ६९ वर्षका थिए । ५९ वर्षदेखि त्यही एउटै काम गरेको देख्दा मलाई सामान्य मान्छेको जिन्दगीभन्दा अलिक फरक लाग्यो ।
भेंडा गोठालाहरू वर्षा लाग्दै गएपछि भेंडाको बगाल लिएर लेकतिर चढ्ने गर्छन् । एक ठाउँमा १०-१५ दिन बसेर घाँस सकिएपछि फेरि अर्को ठाउँमा जान्छन् । उनीहरूले भेंडालाई गरेको माया र अरु सबै कुरा हेर्दा अनौठो लाग्यो ।
९) द्वन्द्वकालमा देश घुम्दा भेटेको जुल्फे सार्की पात्रलाई पनि विशेष सम्झिन्छु । जसको भनाइबाटै मैले ‘मान्ठा डराएको जुग’ भनेर किताबको नाम राखेँ । विदेशीहरू विभिन्न अध्ययन गरेर मोटो थेसिस र किताब लेख्छन्, नेपालीहरू भने त्यसलाई तुक्कामा बनाउँछन् ।
जुल्फे सार्कीले झट्ट भनेका थिए – ‘लडाइँ भनेको मान्ठादेखि मान्ठा डराउने जुग हो ।’ सारा युद्धो बेलाको परिस्थिति जे हो, उनले केही शब्दमा व्यक्त गरिदिए । मान्छे हिंस्रक भएर निस्केको र अर्को मान्छे मान्छेदेखि डराउनुपर्ने अवस्थाको चित्रण थियो त्यो ।
१०) ताप्लेजुङमा पोहोर साल जाँदा एक ठाउँमा होटल चलाएर बसेका मान्छे भेटिए । हामी १२/१३ जनाको टोलीले त्यहीँ खाना खायौं, बास पनि बस्यौं । जग्गा खार्ने क्रममा होटल नजिकैको ट्वाइलेट भत्किएको रै’छ । हामीमध्ये कसैले ‘फलानो ठाउँमा गएर ट्वाइलेट बनाउने मद्दत माग न, होटल पनि चलाउँछु भन्यो मद्दत गर्छ’ भनेर सुझाव दिए ।
उसलाई भने त्यो गर्न ठीक लागेन । यस्तो ठाउँलाई होटल भनेर के मान्यता देलान्, होटल भनेर सुविधा लिए भने अवगाल पो पर्छ कि भन्ने कुरा गरे उनले । जब कि हाम्रो लागि सुत्ने र खाने राम्रो बन्दोबस्त भएको राम्रै होटल थियो त्यो । त्यो जति निश्छल र निष्कलंक मान्छे अरु को होला ? मैले गलत गरेँ भनेर उसको मन पाक्दैन, त्यस्तै मान्छे खुसी हुन्छ जस्तो पनि लाग्छ ।
११) जिल्लाहरू घुम्ने क्रममा मैले देखेको साझा समस्या हो – गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषिमा राज्यको उपेक्षा ।
धादिङको कालीखोलाबाट तीन कान्लामाथि पुग्दा एउटा गाउँमा २ र १ एक्काइस, २ र २ बत्तीस भनेको सुनेँ । तीन-चार कक्षामा पुगे पनि अंक नै आउँदैन विद्यार्थीलाई । शिक्षाको हालत यस्तो छ । उसको जिन्दगीमा अंक त परेन भने अरु के कुरा पर्ला ?
ताप्लेजुङ जाँदा सुत्केरी हुनका लागि समस्या भएर एक महिलालाई हेलिकोप्टरबाट काठमाडौं ल्याएको देखेँ । हिसाब गरौं न, त्यहाँदेखि यहाँसम्म ल्याउँदा कति खर्च लाग्यो होला । दोस्रो बच्चा जन्माउने सोच्न पनि सक्दैनन् त्यसपछि । अर्को बच्चा पाउन त हेलिकोप्टर खर्च बेहोर्न तयार हुनुपर्छ भनेर डराएको पाएँ ।
कृषिमा पनि सरकारबाट जे-जति मद्दत पुग्नुपर्ने हो, छैन । कुन ठाउँमा कस्तो खालको खेती हुन सक्छ, त्यसलाई सरकारी निकायले बढावा दिएको छैन । किसानले आफैं अभ्यास गरेर खेती गर्ने बेग्लै कुरा भयो । जे गर्छौ गर भन्ने भए कृषिको लागि सरकारले विकास किन गर्नुपर्यो ?
१२) धेरै ठाउँमा म देख्छु, गाउँतिर उक्लिँदा भरि ट्रक जाने र फर्किँदा रित्तो र्फकने । इलाम, तेह्रथुम र जिरीतिर अरु केही नसक्दा पनि उत्तिसको रुख हुर्काएर बेच्दा रैछन् । रुख हुने ठाउँमा रुख लगाऔं, अलैंची हुने ठाउँमा अलैंची रोपौं, तरकारी हुने ठाउँमा तरकारी लगाऔं । फर्किँदा ट्रक आधा त भरियोस् । बेच्ने कुरा केही पनि छैन भने कसरी फाइदा हुन्छ ?
कर्णाली र अरु ठाउँमा अहिले चाउचाउ सबैतिर पुगेको छ । सामान किन्नमा बाहिर पैसा गइरहे पनि पैसा कमाउन आफूसँग कुनै चिज छैन । यसले त गरिब अर्थतन्त्र अझ गरिब हुँदै जाला । सामान निर्यात गर्न नसकेपछि हामीले वैदेशिक रोजगारीमा मान्छे नै निर्यात गर्ने हो ।
१३) संसारभरि नै सरकार भनेको अलि लोतो-लोतो संस्था मानिँदो रहेछ । जनताका लागि केही गरौं भन्ने व्यग्रता नदेखिने । हाम्रोमा पनि सरकारको सीमा छ । अर्कातिर, स्थानीय अग्रसरतामा पनि कमी देखिन्छ । काम गर्ने कुनै जाँगर नभए जस्तो । यहाँ केही पनि हुँदैन भनेर मर्नुभन्दा अगाडि खुट्टा तानेको मनस्थिति देखिन्छ । बर्सेनि केही पनि नभएपछि मान्छेमा हुनुपर्ने आधारभूत गुणहरू मर्दैमर्दै जाँदो रहेछ । यस्तो भएपछि सरकारले जतिसुकै काम गर्दा पनि राम्रो हुन्छ जस्तो लाग्दैन ।
आज धेरै गाउँहरूमा बाटोघाटो पुगेको छ । मान्छे सक्रिय भएको ठाउँमा बाटो पुग्दा गजब भएको छ । तर, बाटो पुग्दैमा हुनेवाला केही छैन । सडक किन चाहिएको, कसो गर्दा त्यो सडकले सुविधा दिन्छ भन्ने सोचविचार गरेको देखिँदैन । गाउँघरमा बाटो जसरी खनिराखिएको छ, त्यसले पानीको मुहान सुक्ने, बाढी-पहिरो लगायतको वातावरणीय समस्या निम्त्याउला । निकुञ्जहरूभित्र समेत रुखहरू ढाल्दै कुनै नापजाँचबिना जथाभावी बाटो खनिएको छ । आफ्नो गाउँ आफैं बनाऔं भन्ने अवधारणा भए पनि व्यवहारमा चाहिँ आफ्नो गाउँ आफैं भत्काऔं भएको देखिन्छ ।
१४) पत्रकारिता कर्ममा मैले देखेको कुरा हो, नेपाली पाठकलाई सबभन्दा मन पर्ने चिज आफूसँग सरोकार नभएका कुरा हुन् । मैले गत वर्षको फागुनमा एउटा लेख लेखेको थिएँ, ‘एक करोड वर्षअघिको नेपाल’ भनेर । त्यतिबेलाको नेपालले अहिले कसैलाई त्यत्रो असर पार्दैन । तर, त्यो धेरै पढिएको पाएँ । जसले आफ्नो जिन्दगीलाई केही पनि मद्दत गर्दैन, त्यसमा बढी सरोकार हुँदो रै’छ । खसखस मात्र मेट्ने र पढिसक्दा अरु केही पनि बाँकी नरहने !
मेरो छिमेकमा के घटना भएको छ, त्यो कुरा जानेन भने मलाई असर पर्छ । तर, त्यो जान्न हामी अलिक कम कोसिस गर्छौं । जुन कुरा नजान्दा पनि हुन्छ, त्यसमा चासो दिन्छौं । सधैंभरि गम्भीर कुरा मात्र कति गर्ने भनेर मान्छेको खसखस मेट्ने कुरा पनि वर्षमा एउटा-दुइटा लेख्ने गर्छु । बाँकी त मान्छेका लागि चाहिने र आवश्यकता पूरा गर्ने कुरा नै बढी लेख्छु । तर, त्यस्ता उपयोगी सामग्रीमा मान्छेहरूले कम ध्यान दिन्छन् ।
(तस्बिरहरू- मोहन मैनालीको ब्लगबाट)
प्रस्तुति: जोतारे धाइबा
प्रस्तुति: जोतारे धाइबा
पेड़ का रहस्य
पेड़ का रहस्य
http://www.achhikhabar.com/2016/08/09/inspirational-stories-for-adults-in-hindi-%
राज़ की बात….
शहर के बाहरी हिस्से में मल्टी नेशनल कम्पनी में काम करने वाले एक सेल्स मैनेजर अपनी पत्नी और दो बच्चों के साथ रहते थे। वह रोज सुबह काम पर निकल जाते और देर शाम को घर लौटते।
एक बार कुछ चोरों ने मैनेजर के घर में चोरी करने का मन बनाया। चोरी करने के दो-चार दिन पहले से ही वे उनके घर के आस-पास चक्कर लगाने लगे और उनकी गतिविधियों पर नज़र रखने लगे।
एक दिन चोरों ने एक अजीब सी चीज देखी। मैनेजर साहब जब शाम को लौटे तो वह घर में घुसने से पहले बागीचे में लगे आम के पेड़ के पास जाकर खड़े हो गए। उसके बाद उन्होंने अपने बैग में से एक-एक करके कुछ निकाला और पेड़ में कहीं डाल दिया। चूँकि उनकी पीठ चोरों की तरफ थी इसलिए वे ठीक से देख नहीं पाए कि आखिर मैनेजर ने क्या निकाला और कहाँ डाला।
खैर! इतना देख लेना ही चोरों के लिए काफी था। उनकी आँखें चमक गयीं; उन्होंने सोचा कि ज़रूर मैनेजर ने वहां कोई कीमती चीज या पैसे छुपाये होंगे।
मैनेजर के अन्दर जाते ही चोर थोड़ा और अँधेरा होने का इंतज़ार करने लगे और जब उन्हें तसल्ली हो गयी कि मैनेजर साहब खा-पीकर सो गए हैं तो वे धीरे से बाउंड्री कूद कर उनके घर में दाखिल हुए।
बिना समय गँवाए वे आम के पेड़ के पास गए और मैनेजर साहब की छिपाई चीज ढूँढने लगे। चोर हैरान थे, बहुत खोजने पर भी उन्हें वहां कुछ नज़र नहीं आ रहा था..वे समझ नहीं पा रहे थे कि आखिर मैनेजर ने किस चतुराई से चीजें छिपाई हैं कि इतने शातिर चोरों के खोजने पर भी वे नहीं मिल रही हैं!
अंत में हार मान कर चोर वहां से चले गए। अगले दिन वे फिर छिपकर मैनेजर के ऑफिस से लौटने का इंतज़ार करने लगे।
रोज की तरह मैनेजर साहब देरी से घर लौटे। आज भी वे घर में घुसने से पहले उसी आम के पेड़ के पास गए और अपने बैग से कुछ चीजें निकाल कर उसमे डाल दी।
एक बार फिर चोर सबके सो जाने पर पेड़ के पास गए और जी-जान से खोजबीन करने लगे। पर आज भी उनके हाथ कुछ नहीं लगा।
अब चोरों को कीमती सामान से अधिक ये जानने की जिज्ञासा होने लगी कि आखिर वो मैनेजर किस तरह से चीजों को छिपता है कि लाख ढूँढने पर भी वो नहीं मिलतीं।
अपनी इसी जिज्ञासा को शांत करने के लिए वे सन्डे की सुबह शरीफों की तरह तैयार हो कर मैनेजर साहब से मिलने पहुंचे।
उनका लीडर बोला, “ सर, देखिये बुरा मत मानियेगा…दरअसल हम लोग चोर हैं! हम लोग कई दिन से आपके मकान में चोरी करने का प्लान बना रहे थे..लेकिन जब एक दिन हमने देखा कि आप ऑफिस से लौट कर आम के पेड़ में कुछ छुपा रहे हैं तो हमे लगा कि बस काम हो गया…हम आराम से आपकी छुपायी चीज लेकर गायब हो जायेंगे और चोरी का माल आपस में बाँट लेंग…पर पिछली दो रात हम सोये नहीं और सारी कोशिशें करके देख लीं कि वो चीजें हमें मिल जाएं पर अब हम हार मान चुके हैं…कृपया आप ही हमें इस पेड़ का रहस्य बता दें!”
उनकी बात सुनकर मैनेजर साहब जोर से हँसे और बोले, “अरे भाई! मैं वहां कुछ नहीं छिपाता!”
“फिर आप रोज शाम को बैग से निकाल कर वहां क्या डालते हैं?”, लीडर ने आश्चर्य से पूछा।
“देखो!”, मैनेजर साहब गंभीर होते हुए बोले, “ मैं एक प्राइवेट जॉब में हूँ…वो भी सेल्स कि…मेरे काम में इतना प्रेशर होता है, इतनी स्ट्रेस होती है कि तुम लोग उसका अंदाजा भी नहीं लगा सकते! रोज किसी नाराज़ कस्टमर के ताने सहने पड़ते हैं…रोज सेल्स टारगेट को लेकर बॉस क्लास लगाता है…रोज ऑफिस पॉलिटिक्स के कारण दिमाग खराब होता है…मैं नहीं चाहता कि इन सब निगेटिव बातों का असर मेरे प्यारे बच्चों और परिवार पर पड़े! इसलिए जब मैं शाम को इन तमाम चीजों को लेकर लौटता हूँ तो घर में घुसने से पहले मैं इन्हें एक-एक करके इस आम के पेड़ पर टांग देता हूँ…और कमाल की बात ये है कि जब मैं अगली सुबह इन चीजों को पेड़ से उठाने आता हूँ तो आधी तो पहले ही गायब हो चुकी होती हैं, यानी मैं उन्हें भूल चुका होता हौं…और जो बचती हैं मैं उन्हें अपने साथ लेता जाता हूँ…”
चोर अब पेड़ का रहस्य समझ चुके थे; वे चोरी में तो कामयाब नहीं हुए लेकिन आज एक बड़ी सीख लेकर घर लौट रहे थे!
दोस्तों, ना जाने क्यों इंसान अपनी life को खुद ही tough बनाता चला जा रहा है। पहले के लोग जहाँ सुख-सुविधाओं के कम होने पर भी खुश रहते थे…tension free रहते थे, आज सब कुछ होने पर भी हम एक stressful life जी रहे हैं। इस condition को रातों-रात बदला तो नहीं जा सकता पर एक काम जो हम तुरंत कर सकते हैं वो है अपनी स्ट्रेस का असर अपने परिवार पे ना पड़ने देना।
आपने कई बार सुना भी होगा…office को office में रहने दो घर मत लाओ! शायद पेड़ का ये रहस्य आपको इस बात को अमल करने में मदद करे! तो चलिए, अपने आप से एक वादा करिए कि आज से आप भी बाहर की tension को घर में enter नहीं करने देंगे और ना ही उसका असर अपने behaviour पर आने देंगे…आज से आप भी अपनी negativity को घर के बाहर कहीं टांग आयेंगे!
Tuesday, August 2, 2016
सेवाग्राहीको सहजताको लागि अदालतले निवेदनको ढाँचा निशुल्क दिदैँ
Nagendra Kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १८ गते । जिल्ला अदालत महोत्तरीले सेवाग्राहीहरुको काममा सहज बनाउन विभिन्न निवेदनहरुको फर्मेट बनाएर निशुल्क सेवा दिने कार्य शुरु गरिएको जानकारी दिएको छ ।
जिल्ला अदालत महोत्तरीका न्यायधीश किरणकुमार पोखरेलले ४० प्रकारको निवेदनको फर्मेट बनाएर सेवाग्राहीहरुलाई सहुलियतको रुपमा निशुल्क वितरण भइरहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले ४० प्रकारको निवेदनको ढाँचा बनाएर निशुल्क वितरण गरिरहेका छौं, सेवाग्राहीले जुन विषयको निवेदन दिनुपर्ने हो त्यही ढाँचा प्रयोग गरेर निवेदन दिन सक्छ ।’
उहाँले निवेदन लेख्न नसक्नेले सहयोगी मार्फत निवेदन दिन सकिने वताउनुहुदैं सहयोगीको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो । उहाँले पहिला पहिला निवेदनकै लागि कानुनी व्यवसायी, लेखनदासहरुलाई चर्को मूल्य तिर्नुपर्ने कारणले गर्दा कतिपय अदालतसमक्ष पुग्न नसकेको र अदालतको कामकारवाही महँगो हुने गरेको आम बुझाई बनेकोले त्यसलाई चिर्न यस्तो व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्तरीका सञ्चारकर्मीहरुसंग नियमित बैठकको क्रममा न्यायधीश पोखरेलले भन्नुभयो, ‘हामीले जिल्लाको टाढादेखि नजिकका गाउँहरुमा गएर अदालतको कामकारवाही र अदालतबारे जनताको बुझाईबारे अन्तरक्रिया गरी सोही अनुसार अदालतको कामकारवाहीमा परिमार्जन गरिरहेका छौं ।’ आगामी दिनहरुमा अदालतप्रति जनताको बुझाई सकारात्मक हुने विश्वास व्यक्त गर्नुहुदै न्यायधीश पोखरेलले हामी समयमै न्याय दिन कटिवद्ध छौं यसमा कुनै पनि सम्झौता हुन्न तर जनताको समय र श्रमलाई पनि हामीले ख्याल राखेर काम अगाडी बढाएका छौं ।
उहाँले जिल्लाको खयरमारा, मटिहानी र सुगामा स्थानीयहरुसंग अदालतको काम, कारवाही सम्बन्धी अन्तरक्रिया गरिसकिएको जानकारी दिनुहुदै न्यायधीश पोखरेलले हरेक दुई महिनामा हामीले सेवाग्राहीहरुसंग समेत अदालतको विभिन्न फाँटमा हुने कामसम्बन्धी अन्तरक्रिया गर्ने गरेको जानकारी दिनुभयो ।
उहाँले हामीले कुनै पनि मुद्दाको छिनोफानो १८ महिनामा गर्ने लक्ष्य राखेपनि कतिपय मुद्दाहरु समयभन्दा धेरै अगाडी नै फछर्यौट गर्ने गरेको वताउनुहुदै अदालत अहिले जनतामूखी बनिरहेको स्पष्ट गर्नुभयो ।
आर्थिक वर्ष २०७२÷०७३ मा महोत्तरी जिल्ला अदालतमा २ हजार ८ सय ८४ मुद्दामा १ हजार १ सय ६४ अर्थात ४०.३९ प्रतिशत फछर्यौट गरिएको छ । अदालतमा १८ महिने मुद्दाको संख्या १ सय ४० रहेको छ भने दुई वर्षे मुद्दा ५० रहेको छ । न्यायधीशहरुले दुई वर्षे मुद्दालाई अगामी दिनमा १० वटामा झार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जिल्ला अदालत महोत्तरीले अहिलेसम्म ७ करोड ८६ लाख ७१ ह्जार ६ सय ६० रुपैया फैसला कार्यान्वयनको जरिवाना असुल गर्न बाँकी रहेको जनाएको छ । जसमा यो वर्ष मात्रै २४ लाख ६७ हजार ६ सय ८ रुपैया उठाउन बाँकी रहेको छ ।
सो नियमित अन्तरक्रिया कार्यक्रममा महोत्तरीका सञ्चारकर्मीसहित न्यायधीशहरु दिपकराज पन्त, अनिलकुमार शर्मा, केशवराज घिमिरे, माघवप्रसाद मैनाली, श्रेस्तेदार भोजकुमार बस्नेत, शाखा अधिकृत जानकीरमण यादव, महेन्द्र झाको उपस्थिती रहेको थियो ।
Monday, August 1, 2016
शिवालयहरुमा दर्शनार्थीको भिड
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १७ गते । महालिङ्गको रुपमा चिनिएको जलेश्वरनाथ महादेवसहित जिल्लाको विभिन्न शिवालयहरुमा साउन महिनाको दोस्रो सोमबार दर्शन गर्नेहरुको भिड बढेको देखिएको छ ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रसिद्ध जलेश्वरनाथ महालिङ्गसहित जिल्लाको टुटेश्वरनाथ, मंगलनाथ, सिद्धनाथसहित विभिन्न शिवालयहरुमा सोमबार दर्शनार्थीहरुको घुँईचो बढेको हो ।

वर्षभरी जलमा विराजमान रहनुहुने जलेश्वरनाथको दर्शन गर्नाले सुख, सन्तती र मोक्षको प्राप्ती हुने जनविश्वासको कारणले दर्शनार्थीहरुको घुँईचो बढेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी उपेन्द्र पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘विश्वप्रसिद्ध ज्योतिलिङ्गको रुपमा रहेको जलेश्वरनाथ महादेवको दर्शनार्थीहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ, त्यसमा पनि पनि साउन महिनामा भने दर्शनार्थीहरुको संख्या उल्लेख्य हुने गर्छ ।’
प्रत्येक साउन महिनामा धनुषाको दुधमती नदी तथा धनुषा, सिरहाको सिमानामा रहेको कमलानदिबाट समेत जल ल्याएर जलेश्वरनाथ महादेवलाई चढाउने परम्परा अनुसार नै कावाँरियाहरु तथा दर्शनार्थीहरु जल लिएर जलेश्वरनाथको दर्शन गरेका छन् ।
वर्षभरी जलमा विराजमान रहनुहुने जलेश्वरनाथको शिवलिङ्गको दर्शनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्वंयसेवकहरुले पानी बाहिर निकालेर दर्शनको लागि सहजता बनाइरहेका छन् ।
Subscribe to:
Posts (Atom)













