संविधानको विषय पहिला टुङ्गो लगाउ Nagendra Kumar Karna

महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३० गते । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधानको विषयको टुङ्गो नलगाई राज्य पूर्नसंरचना आयोगको काम अगाडी नबढाउन सरकारलाई चेतावनी दिनुभएको छ । 
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टी प्रवेश कार्यक्रममा आउनुभएका अध्यक्ष यादवले पत्रकारहरुसंगको कुराकानीमा ओली नेतृत्वको सरकारले अगाडी बढाएको सिमांकनको कार्यलाई तत्काल बन्द गर्नुपर्ने सरकारसंग आग्रह गर्नुभयो ।
उहाँले हाम्रो माँगलाई सम्बोधन गर्ने गरी संविधान संशोधन नगरीए आफुहरु संविधान खारेजीको माँग अगाडी बढाउने चेतावनी दिनुहुदै उहाँले भन्नुभयो , ‘अहिले हामी हेर र पर्खको स्थितीमा छौं, के हुन्छ अहिले भन्न सकिन्न् ।’
माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीसहित नेपाली काँग्रेससंग भएको तिन वुँदे सहमती अन्तर्गत हामीले प्रधानमन्त्रीको निर्वाचनमा भोट खसालेर एक बुँदे पालना गरिसकेको वताउनुहुदै उहाँले हामी सरकारले दुई वुँदा सहमती पालना गर्छ कि गदैनन् भन्ने हेर र पर्खको स्थितीमा हामी रहेको स्पष्ट गर्नुभयो ।
मधेश आन्दोलनमा गोली चलाएर मारेकाहरुको पक्षमा गएर भोट खसाली उनीहरुको कामलाई वैधानिक ठहराएको भन्ने पत्रकाहरुको प्रश्नमा उहाँले त्यस्तो नभई गल्ती सच्याउने भनेपछि आफुहरुले भोट खसालेको दावी गर्नुभयो । 
सरकारले चुनाव गराउने भनिरहेको समयमा मधेशीदलहरुले किन चुनावको विपक्षमा रहेको प्रश्नमा अध्यक्ष यादवले भन्नुभयो, ‘चुनावकै लागि गरिने चुनावको कुनै औचित्य हुँदैन्, माँग पुरा नगरी चुनाव गर्दा अझ देश संकटमा फस्ने छ ।’
देश अहिले संक्रमणकालिन अवस्थाको अत्यन्तै जटिल मोडमा रहेको बताउनुहुदै अध्यक्ष यादवले देशमा निर्यात पूर्णतः ठप्प रहेको तथा आयात ९२ प्रतिशतभन्दा बढी रहेको अवस्थामा देशलाई निकाश दिनुपर्नेमा अझै नेताहरु संविधान संशोधन नगरी देशलाई जर्जर बनाउन लागेको आरोप समेत लगाउनुभयो ।
पार्टी कार्यक्रम पूर्व अध्यक्ष यादव जिल्ला कारागारमा पुगेर कैदीवन्दीहरुसंग कुराकानी गर्नुभएको थियो । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्याको आरोपमा पक्राउ परेका प्रदिप साह माझी र सञ्जयकुमार साह उनका परिवारजनहरुसंग भेटदै अध्यक्ष यादवले बढीमा अब एक महिना जेलमा बस्नुपर्ने आश्वासन दिनुहुदै सरकारसंग राजनीतिक वन्दीहरुलाई छाडने पहल भइरहेको जानकारी गराउनुभएको थियो ।