Saturday, December 2, 2017

मतदान महादान हो, माटोको लागि योगदान गरेको व्यक्तिलाई मतदान गर्नुस् ः रंजितराज मधेशी मधेशानन्द

मतदान महादान हो, माटोको लागि योगदान गरेको व्यक्तिलाई मतदान गर्नुस् ः रंजितराज मधेशी मधेशानन्द
प्रतिनिधिसभा र  प्रदेशसभाको निर्वाचन अन्तिम चरणमा रहेको छ । सबै उम्मेदबारहरु अहिले प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । प्रचारप्रसारकै क्रममा भेटिनुभएका रंजित पाण्डेय उर्फ रंजितराज मधेशी मधेशानन्दसंग केही कुराकानी गरियो । उहाँ महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र ३ को ख बाट प्रदेश सभामा नेपाली जनता दलबाट उम्मेदवारी दिनुभएको छ । जलेश्वर नगरपालिका वडानं. ४ सुगामा जितेन्द्र पाण्डेय र प्रेम पाण्डेयको छोराको रुपमा २०४८ असोज १ गते जन्मनु भएका रंजित मधेश आन्दोलनमा पटक पटक लाग्नुपरेको कारण एसएलसी भन्दा माथि अध्ययन गर्न सक्नुभएन । तर आन्दोलनको कारणले धेरै अनुभव बटल्नुभएका उहाँसंग गरिएको कुराकानीको सम्पादित अंश ।
∆ कुन कारणले तपाई राजनीतिमा लाग्नुभयो ?उत्तर ः सो समयमा म विद्यार्थी लाइफमा थिएँ । कक्षा ९मा अध्ययनरत थिँए । सो समयमा फोरमले २०६३ सालमा पर्सा विद्यालयमा एक कार्यक्रमको आयोजना गरेको थियो । सो समयमा फोरमको महामन्त्री रामकुमार शर्माले आएर पहाडी र मधेशीको कुराहरु भन्नुभएको थियो । मेरो बुबा नेपाल पुलिसमा कार्यरत रहनुभएको कारणले म सानैदेखि पहाडी र मधेशीको फिलिँगबारे जानकार थिएँ । उहाँले पहाडी मधेशीको फिलिँग रहेको र नेपालमा मधेशीको कुनै सम्मान नरहेको कुरा जानकारी पाएर सो प्रति अगाडी बढे । र मधेशीको मुद्दा उठाएर लागि परे ।
∆ धेरै मधेशवादी पार्टीहरु मिलेर एउटा बनेको छ तर अहिले तपाई अर्के पार्टीबाट चुनावी मैदानमा हुनुहुन्छ किन त ?
उत्तर ः म राजपासंग आवद्ध थिए । राजपालाई सपोर्ट गर्थे । तर पार्टीले आफुहरुको योगदानको कदर नगरेको कारणले तथा मजदुरहरुको हकहितमा लागेको नेपाली जनता दलसंग आवद्ध भएर महोत्तरी निर्वाचन क्षेत्रनं. ३ अन्तर्गत प्रदेशसभा (ख)बाट प्रत्यक्ष तर्फ चुनाव लडदै छु । मेरो छाप चक्का छाप हो ।
∆ राजपा नेपाल किन छाडनु भयो त ?
उत्तर ः तपाईले भन्नु भए झै यो राजपा पार्टी हुँदै होइन । वर्तमानमा जुन निर्वाचन आयोगले पार्टीमा थे्रसहोल्ड लागु गरेको छ । त्यो थ्रेस होल्ड सिस्टममा अनिल झाजी पर्नु हुन्थ्यो, राजेन्द्र महतोजी पर्नुहुन्थ्यो, शरतसिंह भण्डारीजी पर्नुहुन्थ्यो, उपेन्द्र यादवजी, महन्थ ठाकुरजी पनि पर्नुहुन्थ्यो । उहाँहरुले आफुमा यो महसुस गर्नुभयो कि आउने थ्रेसहोल्ड सिस्टममा हामी पनि पर्छौ । कोही बच्न सक्थ्यो कोही जान्थ्यो । सोही थ्रेसहोल्डबाट बच्नको लागि मात्रै राजपाको एकिकरण भएको हो । यो राजपाको लामो आयु छैन् । म राजपाको भविष्य लामो देख्दिन् । यो चुनाव पछि कहाँ जान्छ् भन्न सकिँदन् । चुनावी तालमेल मिलाउन मात्रै एकिकरण गरिएको हो । यसमा मेरो सम्मान नदेखेको र शहिदहरुको पनि सम्मान नदिएको देखिएकोले मैले पार्टी छाडेको हुँ ।
∆ मधेशीको माँग र मधेश मुद्दाको कारणले मिलेको भनिन्छ नि ?
उत्तर ः होइन, उहाँहरु मधेश मुद्दाको लागि नभई थ्रेस होल्डको लागि मात्रै मिल्नुभएको छ । कसैलाई त्यस्तो लाग्छ भने म केही भन्दिन् तर मलाई त्यस्तो लाग्दैन् । त्यस्तो भएको भए मधेश र मधेशीको मुद्दामा साथ दिनेहरुको योगदानको कदर हुन्थ्यो । मधेशी शहिदका परिवारको कदर हुन्थ्यो त्यस्तो भएको म देख्दिन् ।
∆ नेपाली जनता दलले मधेशको मुद्दा उठाएको छ त ?
उत्तर ः यो पार्टीका अध्यक्ष हरिचरण साहजी शुद्द मधेशवादी हुनुहुन्छ । मधेश आन्दोलन ३ हुँदा मलाई याद छ उहाँ आफनो गृहजिल्ला सर्लाहीको मलगंवा आउनुभएको थियो । उहाँले त्यहाँको रुद्राक्ष एफएमबाट अन्तर्वाता दिनुभएको थियो । मैले पुरै सुनेको थिँए । उहाँले सो आन्दोलनको समयमा संविधानसभा भवन छोडेर भएपनि आफनो गृह जिल्लामा बस्नुभयो । मधेश आन्दोलनको पक्षमा बोल्नुभयो । एक हरिचरण साह मधेशी हो भने उनलाई किन अपमान गर्ने बरु उहाँसंग काँधमा काँध मिलाएर जाँदा मधेश मुद्दा पनि बलियो बन्छ भने किन साथ नदिने ? उहाँलाई साथ दिएर जय जनता जय मधेश किन नभन्ने हामी ? महन्थ ठाकुर मधेश आन्दोलनमा आउनुभन्दा अगाडी नै हरिचरण साहजीले दुई प्रदेश एक सीताराम र एक विराट प्रदेशको वकालत गर्नुभएको थियो । महन्थ ठाकुरलाई हामीले सम्मान दिने तर हरिचरण साहलाई सम्मान नदिने यो त भएन नि ? यो पार्टी विशुद्ध मधेशवादको वकालत गर्दछ ।
∆ तपाईको एजेण्डा के ?
उत्तर ः मेरो एजेण्डा भन्नुपर्दा केही महिना अगाडी मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा हामीले मधेश आन्दोलनमा शहादत दिनुभएका शहिदहरुको सम्झना र सम्मानमा राजपालाई भोट दियौं । तर असोज ३ गते शहादत दिनुभएका शहिदहरुको सम्झनामा र सम्मानमा कालो दिन मनाउने घोषणा भए पनि सो मनाउने, ब्लेक आउट गर्ने कुरा थियो तर सो समयमा राजपाले त्यस्तो केही गरेन । ब्लेक आउट गरेन । कालो दिन मनाएन । सो समयमा राजपाका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्मालाई पार्टी कार्यालयमा गएर भन्दा कुनै सन्तोषजनक जवाफ नपाउँदा हंगामा गरेको थिँए । तपाई मिडियाकर्मी त्यहाँ गएर सोध्नुस रंजितराज मधेशीले कालो दिवस नमनाउनुको कारणबारे सोधेर हंगामा ग¥या थियो कि थिएन । सो समयमा राजपाको धेरै मित्रहरु मसंगै थियो । सो समयमा राजपाको शहिदप्रतिको यस्तो अवस्था हेर्दा मलाई दुई तिन राति निद्रा लागेन । त्यसपछि मैले सोचे उनीहरु मधेश मुद्दाको लागि होइन रहेछ । मैले मधेशको विगतको इतिहास सम्झे । आन्दोलनकारी मरिरहेको समयमा उपेन्द्र यादवजी मधेश आन्दोलनको विरुद्ध २२ बुँदे सम्झौता गर्नुभयो । हामी आन्दोलनकारीहरु मधेश मुद्दामा आफनो स्टे«न्थ देखेनौं । त्यसपछि २०६४ पुस १३ गते काँग्रेस छोडेर महन्थ ठाकुरजी आउनुभयो । महेन्द्र राय यादव एमाले छोडेर आउनुभयो । सर्वेन्द्रनाथ शुक्लाजी राप्रपा छोडेर आउनुभयो । हृदयेश त्रिपाठी सदभावना छोडेर आउनुभयो । हाम्रा आन्दोलनकारी साथीहरुलाई के भन्नुभयो भने हामी सबै मधेशका छोरा हौ । हामी अब राज्यस्तरका नेता हौ । हामी अब मधेशको मुद्दाको समाधान गराउन लागि पर्छौ । मघेशको मुद्दालाई लिएर अगाडी बढछौ । हामी आन्दोलनकारीहरु सबैजना उहाँ सबैलाई सम्मान गर्यौ । हामी के बुझयौ भने उहाँहरु सबैलाई समेटेर जाँदा हामी अझ बलियो हुन्छौं । उहाँहरु पनि मधेशकै सपुत हुनुहुन्छ ।
∆ हैन तपाईको एजेण्डा के छ त्यो भन्नुस् न ?
उत्तर ः सर्बप्रथम मेरो चुनावी मुद्दा हो जनमत संग्रह । राजनीतिकदलहरु जनादेशलाई विभिन्न तरहले व्याख्या गर्छन । राप्रपाले हिन्दु राज्य, एमाले, माओवादी काँग्रेसले देशलाई ७ टुक्रामा बाँड्यो । उपेन्द्र यादवजी, महन्थ ठाकुरजीहरु मधेश एक स्वायत्त प्रदेश हुँदै दुई प्रदेशमा र अहिले झन ८ जिल्लामा सिमित हुनपुग्यो । सिके राउत उता आफै हैरान हुनुहुन्छ मलाई सिंगो मधेश स्वराज चाहियो । सबै नेताले जे भन्छ त्यही यो देशमा चाहियो कि जनता के चाहन्छ भन्ने सोच्नुपर्यो नि ? सम्पूर्ण मधेशी जनता सडकमा आएको थियो नि ? किन ? जनताले किन आन्दोलन गरेको हो त ? जनता के भन्छ त्यो हुनुपर्यो नि ? त्यस विषयमा जनमतसंग्रह गराउने । त्यसपछि अर्को एजेण्डा जुन मधेशको सबै बर्गको चाहना थियो खेत खेतमा पानी, हात हातमा काम, यो देश कसैको पैतृक सम्पत्ति होइन, सम्पूर्ण नेपालीको साझा भएकोले हरेक अंगमा आधा आधाको हिस्सेदारी लिने । यो नारा अहिले मधेशवादीहरुको कृयाक्लापले कहावतमा मात्रै सिमित भएको देखिएको छ । अहिले मधेशीलाई आधा के एक हिस्सा पनि मिलेको छैन् । पहिला हाम्रो बाजे, बुबाको भारतमा बिहे हुन्थ्यो भने हामी वंशजको नागरिकता पाउँथ्यौ तर अहिले हामी छोराको बिहे भारतमा गर्छौ भने नाति नातिनालाई वंशजको नागरिकता नपाउने ? कस्तो सिस्टम हो, कहाँको सिस्टम हो । हाम्रो पार्टीका अध्यक्षले यो प्रदेशलाई सीताराम प्रदेश र बिराट प्रदेश नामाकरण गर्नुभएको छ । अरु चुनावी मुद्दामा यो क्षेत्रका जनताको विकास हो । सबैको साथ, सबैको बिकास नै मेरो नारा हो । यो क्षेत्रबाट जातिबाद, नातावाद खत्तम गरेर जनतावाद, मानवतावाद र विकासवादको स्थापना गर्नेछु । यो नै मेरो चुनावी एजेण्डा हो ।
∆ तपाईको क्षेत्रमा परिस्थिती कस्तो छ ?
उत्तर ः हेर्नुस (हाँस्दै) परिस्थिती हेर्दा अरु क्षेत्रमा कम उम्मेदवारबीच प्रतिष्पर्धा हुन्छ र रोचक पनि हुन्छ तर यो क्षेत्रनं. ३ को (ख) मा कतिको आत्मालाई पार्टीले सन्तुष्ट गर्न सक्या छैन् कि के गरेको हो ? राजपाबाट मात्रै होइन विभिन्न पार्टीबाट बागी भएर स्वतन्त्र भएर यहाँ ३२ जना उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ । जसमध्ये २०÷२२ उम्मेदवार कसरत गदैछन् । जसमध्ये ५÷६ जनाबीच प्रतिष्पर्धा हुन्छ भन्ने लागेको छ ।
∆ को को हुनुहुन्छ प्रतिष्पर्धामा ?
उत्तर ः जसमा पार्टीगत रुपमा भन्नुपर्दा राजपा, काँग्रेस र जनता दल तथा स्वतन्त्रमा खसी, फुटबल खेलाडी र बेना छापबीच प्रतिष्पर्धा हुने देख्छु । म त्रिकोणीय प्रतिष्पर्धा देख्छु । प्रतिनिधिसभामा महन्थ ठाकुरको चर्चा रहेपनि प्रदेश सभामा भने काँग्रेस, जनता दल तथा स्वतन्त्र उम्मेदवारको खसी छापबीच प्रतिष्पर्धा हुने म देख्छु ।
∆ अन्त्यमा के भन्नुहुन्छ ?
उत्तर ः अन्त्यमा यो क्षेत्रका जनतालाई म के भन्न चाहन्छु भने यो क्षेत्रमा ३२ जना उम्मेदवारहरु उम्मेदवारी दिनुभएको छ । पैसाबाला पनि छन् तर ओरिजनल हकदार को छन् । यो माटोमा कसको लगानी छ, कसको योगदान छ । मधेश मुद्दामा कसले योगदान गरेको छ । त्यस्तो व्यक्ति वा उम्मेदवारलाई छान्नुस किनकी मतदान भनेको धेरै ठुलो दान हो । कन्यादान बराबरको दान हो । त्यसैले मतको दुरुपयोग नगरी विवेक प्रयोग गर्न म अनुरोध गर्दछु ।



Sunday, November 5, 2017

एकाध बाहेक सबै महिला डमी उम्मेदवार


एकाध बाहेक सबै महिला डमी उम्मेदवार

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरी जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको उम्मेदवारी दर्तामा एकदर्जन महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न पार्टीहरुले महिला उम्मेदवारलाई नपत्याएको कारणले सशक्त महिला उम्मेदवारहरुलाई ठाउँ नदिएको कतिपय महिला अधिकारकर्मीहरुको बुझाई रहेको छ ।
महिला अधिकारको क्षेत्रमा काम गदै आउनुभएकी सविता झाले प्रतिनिधिसभामा एकजना तथा प्रदेशसभामा ७ जना गरी ८ जनालाई मात्रै विभिन्न राजनीतिकदलहरुले पत्याएको बताउनुहुदै एकदर्जन महिला उम्मेदवारमा कतिपय महिला ‘डमी’को रुपमा उठाइएको बताउनुभयो ।
प्रतिनिधिसभामा क्षेत्रनं. २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएकी किरण यादव २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा समेत यही क्षेत्रबाट विजयी हुनुभएको थियो । नेतृ यादव पूर्व राष्ट्रपति डा.रामवरण यादवकी भतिजी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी समधिनी हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेतृ यादवले ७ हजार ३ सय ५७ मत ल्याएर शरतसिंह भण्डारी नेतृत्वको रामसपा पार्टीका जयनुल राईनलाई हराई विजयी हुनुभएको थियो । यसपाली उहाँको प्रतिद्धन्द्धीको रुपमा तत्कालिन रामसपाका अध्यक्ष तथा वर्तमानमा राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी स्वयम् प्रतिष्पर्धामा हुनुुहुन्छ ।
त्यसैगरी प्रदेशसभामा ११ जना महिलाले उम्मेदवारी दिनुभएकोमा विभिन्न राजनीतिकदलबाट ७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा ४ जना महिला मात्रै सशक्त रुपमा निरन्तररुपमा राजनीतिक व्यक्तित्वको रुपमा चिनिनुभएको छ भने अरु महिला उम्मेदवार चर्चित नभई डमीको रुपमा प्रयोग गरिएको देखिएको छ ।
प्रदेशसभामा राजपाले तिन महिलालाई सशक्त रुपमा उम्मेदवार बनाएको छ भने वामगठबन्धनको तर्फबाट एमालेले एकजना महिला उम्मेदवारलाई उम्मेदवारी दर्ता गराएको छ ।
जिल्लाको प्रदेशसभामा क्षेत्रनं. १ को (क) मा बाम गठबन्धनको तर्फबाट एमालेकी शारदा देवी थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ तर सोहीक्षेत्रबाट बाम गठबन्धनबाटै एमाओवादीका राजु खड्काले समेत उम्मेदवारी दर्ता गराउनुभएको देखिएको छ । त्यसैगरी राजपाले सोही क्षेत्रबाट रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ भने प्रमिला कुमारी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुपाले २०७० को संविधानसभा निर्वाचनमा क्षेत्रनं. २ बाट तत्कालिन तमलोपाबाट उम्मेदवार रहि तेस्रो स्थान ल्याएकी थिइन । उहाँले ४ हजार ४८ मतप्राप्त गरेकी थिइन । रुपा तत्कालिनसमयमा तमलोपाको जिल्ला अध्यक्षको सशक्त उम्मेदवार देखिनुभएका अरुणकुमार यादवकी पत्नी हुन् । अरुणको दुर्घटनामा मृत्यु भएपछि तमलोपाले रुपालाई राजनीतिमा ल्याउन उम्मेदवार बनाएको थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. २ को (ख) बाट राजपाले पूर्व सञ्चारराज्यमन्त्री सुरिताकुमारी साहलाई उम्मेदवार बनाएको छ । क्षेत्रनं. २ को प्रदेशसभामा दुई जना महिला उम्मेदवार मात्रै छन् । जसमा एकजना रिता देवी (क) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँ खासै चर्चित हुनुहुन्न् । तर सुरिता साहले भने दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी क्षेत्रनं. ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झाबाट १ सय ३५ झिनो मतान्तरले पराजित हुनुभएको थियो । उहाँले सदभावना पार्टीबाट उम्मेदवार भई २ हजार ९ सय २७ मत पाउनुभएको थियो ।
त्यसैगरी क्षेत्रनं. ३ प्रदेशसभामा तिनजना महिलाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभाको क्षेत्रनं. ३ को (ख) तर्फ राजपाले उपाध्यक्ष रानी शर्मा तिवारीलाई उम्मेदवार बनाएको छ भने दुई जना स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुहुने महिलाहरु डमी उम्मेदवारको रुपमा देखिएको छ ।
महिलाको क्षेत्रमा वकालत र काम गर्ने संघसंस्थाहरुले लैङ्गिक समावेशिताको लागि मात्रै भएपनि महिलालाई उम्मेदवार बनाएको बताउदै आएका छन् । सुशासन तथा महिलाको क्षेत्रमा काम गर्ने सशक्त महिलाहरुलाई बढी भन्दा बढी विश्वास गर्नुपर्नेमा दलहरुले गाडीको प्रयोगको लागि मात्रै डमी उम्मेदवारको रुपमा महिलाको प्रयोग गरेको देखिएको आरोप लगाउँदै आएका छन् ।
महिलाको क्षेत्रमा आफु बढी उदारता देखाउने एकिकृत माओवादी केन्द्रले भने एउटा पनि महिला उम्मेदवार उठाउन सकेको छैन् भने बामगठबन्धनले पनि प्रतिनिधिसभामा नभई प्रदेशसभामा एमालेको तर्फबाट एउटा महिला उम्मेदवारलाई मौंका भने दिएको देखिएको छ ।

डेंगुको नियन्त्रण जारी, विरामी बढदै

डेंगुको नियन्त्रण जारी, विरामी बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । महोत्तरीमा असोजको पहिलो सातादेखि देखिएको डेंगु नियन्त्रणको प्रयास जारी राखिएपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । पाँचजनाबाट फैलिएको यो रोग कात्तिक १६ गते बिहीबारसम्ममा ४ सय ६४ जनामा देखिएको डेंगु रोग नियन्त्रणको कार्यमा खटिनुभएका जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरवर्ती बर्दिबास, गौशालासहितका नगरपालिकामा देखिएको डेंगु रोगका विरामीहरुको संख्या हवात्तै बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा असोज १८ गतेबाट सर्च एण्ड डिस्ट्रोय कार्यक्रम शुरु गरेको थियो ।
बर्दिबास निर्वतमान स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलको गृहनगर हो । यहीबाट उहाँले दुईदुईपल्ट संविधानसभाको निर्वाचनमा विजयी भइसक्नुभएको छ भने तेस्रो चरणको लागि पनि बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभामा बिहीबार उहाँले मनोनयन दर्ता गराउनुभएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दिबास नगरपालिका र सर्च एण्ड डिस्ट्रोय टिमको निरन्तरको प्रयासका कारणले डेंगु रोग नियन्त्रणमा आउन लागेको बताउनुहुदै फोकल पर्सन ठाकुरले भन्नुभयो,‘विरामीको संख्या बढेको लागेपनि डेंगु नियन्त्रणको प्रयास स्वरुप यी विरामीहरु अगाडी आएको छ ।’ अहिले अस्पतालहरुमा यो रोगीको संख्यामा कमी देखिएको उहाँको कथन थियो ।
उहाँले दुईदिनदेखि हामीले डेंगु रोग नियन्त्रण जनचेतना अभिवृद्धि तथा उपचार व्यवस्थापनका लागि डेंगु हेल्प डेस्क स्थापना गरेको बताउनुहुदै केही विरामी बढन सक्ने देखिएपनि यो थप विरामी नभई पहिला नै लागेको हुनसक्ने बताउनुभयो । डेंगुको विरामी बढन नदिनेको लागि सम्पूर्ण प्रयासहरु जारी राखिएको जानकारी दिनुहुदै नियन्त्रणमा आइरहेको स्पष्ट गर्नुभयो ।
जनस्वास्थ्य निरिक्षक ठाकुरले डेंगुको लामखुट्टेको आयु २१ दिनदेखि एक महिनासम्म हुने र यो सबभन्दा बढी थुपारिएको टायर, जमेको पानीहरुमा हुनेभएकोले हामीले उनीहरुको बासस्थानलाई खोजी खोजी डिस्ट्रोय गरेको बताउनुहुदै बर्दिबासमा विभिन्न सर्च एण्ड डिस्ट्रोय टिम निरन्तर डेंगुको लार्भा र प्युपा नष्ट गर्ने अभियानमा लागेको बताउनुभयो ।
डेंगु रोगको विरामीहरुको अवस्था देखेर रेफर गर्नेदेखि लिएर प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपरिरहेको जानकारी दिनुहुदै उहाँले अहिलेसम्म १० जना विरामीलाई रेफर गरिएको र अरुको उपचार स्थानीयस्तरमै भएको वताउनुभयो ।
डेंगुको विरामी बढेसंगै बर्दिबास अस्पतालमा किटको अभाव समेत देखिएको छ । सरुवा रोग नियन्त्रण महाशाखाले आवश्यक मात्रामा किट उपलब्ध नगराएको कारणले पनि किट अभाव भएको र यसको कारणले कतिपय विरामीलाई महँगो शुल्क तिरेर जाँच गराउनुपरिरहेको छ ।
सरकारी अस्पतालमा यो सुविधा निःशुल्क रहेपनि अन्य अस्पतालहरुमा भने हजारदेखि डेढ हजारसम्म जाँच शुल्क लाग्ने गरेको देखिएको छ ।
जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिडेन्टेन्ट डा. राजिवकुमार झाले डेंगुको भाइरस सरेका विरामीलाई तिव्र ज्वरो आउने ,जोर्नी दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने, जिउभरि दाना निस्कने लगायतका लक्षणहरु देखिने गरेको बताउनुहुदै यस्तो लक्षण देखिए तत्कालै अस्पतालमा पुग्नुपर्ने बताउनुभयो ।
एकजना स्वस्थ्य मानिसलाई डेंगु भाइरस भएको लामखुटटेले टोके त्यो मानिसमा डेंगु हुने र त्यही मानिसलाई अर्को स्वस्थ्य लामखुटटेले टोके त्यो लामखुटटेमा समेत डेंगु सर्ने गरेको डा.झाले बताउनुभयो । प्राय सफा र जमेको पानीमा यस्ता डेंगुको लामखुटटे हुर्कने हुनाले त्यसतो ठाउहरुमा डिस्ट्रोय टोली परिचालन गरिएको छ ।
त्यसैगरी डेंगु भाइरस भएको लामखुटटे विभिन्न सवारी साधनको टायर जम्मा गरि राखेको स्थानमा राम्ररी हुर्कने गरेको छ ।
डिस्ट्रोय टिमले लामोसमय देखि थुपारिएर राखिएको ग्यारेजमा रहेको टायरहरुमा औषधी छर्केर लार्भा र प्युपा नष्ट गर्ने अभियान पनि जारी राखेका छन् भने अस्पतालले पनि त्यस्ता टायरहरु तत्काल हटाउन आग्रह गरेको छ ।
डेंगु अरुक्षेत्रमा पनि फैलिनसक्ने भएकोले पनि यसमा जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न अस्पतालको सहयोगमा निरन्तरको प्रयास जारी राखेको जनाएको छ ।
बर्दिबासको वडानं. १, २, ३, ४ र १४ वडामा बढी डेंगु रोगीहरु देखिएको छ भने कतिपय स्वास्थ्यकर्मीहरु समेत यसको चपेटमा आएको स्वास्थ्य निरिक्षक ठाकुरले बताउनुभयो ।

प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता

प्रतिनिधिसभामा ७४ र प्रदेशसभामा १ सय ४९ को उम्मेदवारी दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १७ गते । मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि बिहीबार महोत्तरी जिल्लामा भएको उम्मेदवारी दर्तामा प्रतिनिधिसभा तर्फ ७४ जना तथा प्रदेशसभामा १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्लामा रहेको ४ निर्वाचन क्षेत्रमा ४ जना प्रतिनिधिसभामा छनौट हुने भएपनि त्यसको लागि दुई महिलासहित ७४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको महोत्तरीका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्रनं. १ मा प्रतिनिधिसभा तर्फ ११ पुरुष र १ महिला गरी १२ जना, क्षेत्रनं. २ मा १९ पुरुष र १ महिला गरी २० जना, क्षेत्रनं. ३ मा २२ पुरुष तथा क्षेत्रनं. ४ मा २० जना पुरुषले उम्मेदवारी दर्ता गराउनुभएको हो । जसमा क्षेत्र नम्बर १ मा ७ जना विभिन्न राजनीतिकदलबाट र ५ जना स्वतन्त्र, क्षेत्रनं. २ मा ९ जना विभिन्न राजनीतिकदलबाट तथा ११ जना स्वतन्त्र, क्षेत्रनं ३ मा ८ जना विभिन्न राजनैतिकदलबाट र १४ जनाले स्वतन्त्र तथा क्षेत्रनं. ४ मा १० जना विभिन्न पार्टीबाट तथा १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यसैगरी प्रदेशसभाको लागि १ सय ४९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसमा १० जना महिला रहनुभएको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो । प्रदेशसभाको (क) र (ख) मा गरी ४–४ जना गरी ८ जनामा क्रमशः ५४ र ९५ जना गरी १ सय ४९ जनाले उम्मेदवारी दिनुभएको छ ।
प्रदेशसभाको (क) मा ४ जना महिला र (ख) ६ जना महिलाको उम्मेदवारी परेको छ ।
प्रदेश सभाको क्षेत्रनं. १ को (क) मा ७ जना राजनीतिकदलबाट तथा ४ जना स्वतन्त्र र (ख) मा ५ जना राजनीतिकदलबाट तथा १० जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्रनं. २ को (क) मा ५ जनाले राजनीतिकदलबाट र ३ जनाले स्वतन्त्र तथा (ख) मा ८ जनाले राजनीतिकदलबाट १३ जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।
त्यस्तै प्रदेशसभाको क्षेत्रनं. ३ को (क) ६ जनाले राजनीतिकदलबाट तथा ११ जनाले स्वतन्त्र र (ख)बाट ११ जनाले विभिन्न राजनीतिकदलबाट र २४ जनाले स्वतन्त्र रुपमा तथा क्षेत्रनं. ४ को (क) मा १० जनाले विभिन्न राजनीतिकदलबाट तथा ८ जनाले स्वतन्त्र तथा (ख) बाट ९ जनाले राजनीतिकदलबाट तथा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा ३ लाख १७ हजार ६ सय ९२ मतदाताले मतदान गर्ने जनाइएको छ । मतदाताहरुलाई सहजताको लागि ११ मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो ।
अधिकारी रायले स्थानीय तहको निर्वाचनमा २ सय ५८ मतदानस्थल र ४ सय १५ मतदान केन्द्र रहेकोमा प्रतिनिधिसभा र प्रदेशसभामा ११ मतदानकेन्द्र थप गरी ४ सय २६ पु¥याइएको बताउनुभयो । मतदानस्थलको संख्या भने हेरफेर नगरिएको अधिकारी रायले स्पष्ट गर्नुभयो ।
थप गरिएको मतदान केन्द्रहरुमा मटिहानी नगरपालिकामा धिरापुर प्रावि, रामगोपालपुर नगरपालिकामा दोलाढी निमावि, लोहारपट्टी नगरपालिकामा प्रावि फुलबरिया, सितापुरभंगहा नगरपालिकामा सिंग्याही मावि, भगवतीपुर निमावि, विपीस्मारक ज्ञानकुञ्ज अजगेवा रहेका छन् ।
त्यसैगरी एकडारा गाउँपालिकाको नेराप्रावि बेला, बर्दिबास नगरपालिकाको बरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँ बजार र गौशाला नगरपालिकाको पूर्व स्वास्थ्य चौकीमा समेत मतदान केन्द्र थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता


मनोनयन दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १६ गते । आगामी मङसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि बिहीबार महोत्तरीमा उम्मेदवारी मनोनयन गरिएको छ । समाचार लेख्दासम्म मनोनयन जारी रहेको देखिएको छ ।
महोत्तरी जिल्लामा राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुर क्षेत्रनं. ३ बाट प्रतिनिधिसभामा, राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी क्षेत्रनं. २ बाट, स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले क्षेत्रनं. १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेपाली काँग्रेसबाट राष्ट्रपति विद्यादेवी भण्डारीकी समधिनी किरण यादवले क्षेत्रनं. २ बाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको छ ।
राजपाका संयोजक ठाकुरले प्रतिनिधि मार्फत तथा राजपाका नेता भण्डारी, पोखरेल तथा यादवले आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराउनुभएको छ ।त्यसैगरी मनोनयन दर्ताको क्रममा पार्टीले टिकट नदिएको कारणले राजपाका महामन्त्री देवेन्द्र यादव क्षेत्रनं. ४ बाट, राजपाका नेता चन्देश्वर झा क्षेत्रनं. ३ बाट तथा एमाओवादीका युवा नेता सत्येन्द्र यादव क्षेत्रनं. ३ को (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । राजपाका नेता झा यसअघि महोत्तरीको क्षेत्रनं. ४ बाट स्वतन्त्र उम्मेदवारको रुपमा विजयी हुनुभएको थियो भने एकमहिना अगाडी मात्रै राजपामा प्रवेश गर्नुभएको थियो ।
महोत्तरी जिल्लामा रहेको ४ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसबाट क्रमशः सीताराम भण्डारी, किरण यादव, बजरंग नेपाली र महेन्द्र यादव, वामगठबन्धनबाट गीरिराजमणी पोखरेल, कासिम बैठा, विजय चौधरी र रजी हैदरले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यसैगरी राजपा फोरम गठबन्धनबाट प्रतिनिधिसभामा लक्ष्मी महतो, शरतसिंह भण्डारी, महन्थ ठाकुर र डा.सुरेन्द्र यादवले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सभातर्फ चारवटै क्षेत्रमा (क) र (ख) गरी क्रमशः दुई दुईवटा क्षेत्र रहेका छन् । जसमा नेपाली काँग्रेसबाट क्रमशः प्रहलाद क्षेत्री, रामश्रेष्ठ महतो, सुशिल यादव, राजकरण साह, शम्भु नारायण पाठक, पवनकुमार साह, गोकुल यादव र दिप्ताँशुकुमार सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ भने वामगठबन्धनबाट प्रदेशको (क) मा दुई जना राजु खडका र  शारदा थापा तथा (ख) मा भरत साह, राजकिशोर यादव, अजय यादव, रामआधार कापर, विजयलाल कर्ण, रामबाबु चौधरी र सरोज यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी राजपा फोरमबाट क्षेत्रनं. २ को (क) मा जैनुल राईन र (ख)मा सुरिता साह, क्षेत्रनं. ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा, क्षेत्रनं. ४ को (क) मा कौशल किशोर यादव र (ख) मा सरोजसिंह कुशवाहाले मनोनयन दर्ता गराउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले अहिलेसम्म मनोनयन जारीरहेकोले कतिजनाले मनोनयन ग¥यो भने भन्न नसकिने बताउनुहुदै क्षेत्रनं. ३ मा प्रतिनिधिसभा तर्फ समाचारलेख्ने बेलासम्म १० जनाले तथा प्रदेशसभा तर्फ (क)मा ९ तथा (ख) मा २७ जनाले मनोनयन दर्ता गराउनुभएको जानकारी दिनुभयो ।


(फोटो ः मनोनयनपत्र दर्ता गराउन लाममा स्वास्थ्थमन्त्री पोखरेल तथा उम्मेदवारी गर्न आउनुहुदै भण्डारी) नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता



Wednesday, October 11, 2017

प्रतिनिधिसभा र प्रदेश सभाको लागि काँग्रेसले गरे सिफारिस

प्रतिनिधिसभा र प्रदेश सभाको लागि काँग्रेसले गरे सिफारिस


जलेश्वर, असोज २५ गते । नेपाली काँग्रेस महोत्तरीले जिल्लाको चारक्षेत्र मध्ये तिनक्षेत्रको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारिससहितको नामावली केन्द्रमा पठाएको छ ।
काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चारक्षेत्र मध्ये एक, दुई र तिनको क्षेत्रिय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी दिनुहुदै क्षेत्रनं. चारको नामावली आउन बाँकी रहेको बताउनुभयो ।
जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ पाँच जनाको नामावली सिफारिस गरिएको छ । जसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ्ग, वर्तमान साँसद सीताराम भण्डारी, पूर्व साँसद बसन्तकुमार गुरुङ्ग, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहनुभएको छ । त्यसैगरी समानुपातिक तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ ।
क्षेत्रनं. १ को प्रदेशसभाको ‘क’ क्षेत्रको लागि प्रत्यक्ष तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ । सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव रहनुभएको छ । त्यस्तै प्रदेश सभा ‘क’ को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ ।
असोज २० गते बसेको क्षेत्रिय समितिको बैठकले जिल्लाको क्षेत्रनं. १ को प्रदेशसभा ‘ख’को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै सिफारिस गरेको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस गरेको जनाएको छ ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. २ मा प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नामावली सिफारिस गरि पठाएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाएको छ ।
त्यसैगरी क्षेत्रनं. २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित ७ जनाको तथा समानुपातिक तर्फ १२ जनाको नामावली सिफारिस गरेर केन्द्रमा पठाइएको काँग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले जानकारी दिनुभयो । त्यस्तै ‘ख’ मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्रनं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ललनकुमार राय, बजरंग नेपाली र गरीबदास ठाकुरको नाम सिफारिस गरि पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभाको लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नेपाली काँग्रेसले जनाएको छ ।


सम्पूर्ण नामावलीहरु यहाँ रहेको छ ।
नेपाली काँग्रेसको २० गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. १ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष
१) कल्याण कुमार गुरुङ्ग केन्द्रीय सदस्य
२) सीताराम भण्डारी
३) बसन्तकुमार गुरुङ्ग
४) चिरन्जीवी हमाल
५) मुकेशराज काफ्ले

समानुपातिक
१) जितेन्द्र महतो
२) राजकुमार महतो
३) संगीता हमाल
४) प्रतिमा कोइराला
५) बैकुण्ठप्रसाद कोइराला
६) बाणिक राज काँफ्ले
७) महिकरणप्रसाद सिंह
८) भोगेन्द्रराज उपाध्याय

प्रदेश सभा प्रत्यक्ष (क)
१) महेशकुमार झा सभापति क्षेत्रिय १
२) विष्णुदेव यादव
३) विनोद बराल
४) अशोक कोइराला
५) प्रहलाद कुमार क्षेत्री
६) मदनमोहन यादव
७) सुरेश यादव
८) कृष्णा यादव

समानुपातिक
१) रामलोचन ठाकुर
२) रामचरितर पंजियार
३) सुभान साफी
४) शम्भुप्रसाद भट्टराई
५) विन्देश्वर साह
६) रुपनारायण सिंह थारु
७) बौएलाल यादव
८) कल्पराज कोईराला
९) रामप्रवोध महतो
१०) हिरालाल महतो
११) जगन्नाथ महतो
१२) विनोद ढुङ्गेल
१३) दिपेन्द्र शिवभक्ति
१४) रामधनी महतो
१५) हितबहादुर खत्री
१६) नवलकिशोर यादव
१७) रामचन्द्र महतो
१८) राजदेव महतो

प्रदेश सभा (ख)
प्रत्यक्ष
१) रामश्रेष्ठ महतो ः क्षेत्रिय सभापति क्षेत्रनं. ६
२)
प्रदेश सभा (ख)
समानुपातिक
१) सुर्यनारायण दनुवार
२) प्रेमा झा
३) बसन्ती अर्याल
४) ओमनारायण महासेठ
५) विनोदकुमार महतो
६) ज्योतिलाल स्याङ्गतान
७) कृष्णबहादुर थापा
८) राधेश्याम भगत
९) उपेन्द्र ठाकुर
१०) राजाराम महतो
११) रेखाकुमारी यादव
१२) महाशंकर थिङ्ग
१३) अमृताकुमारी ज्ञवाली
१४) अर्जुन लाल शाशंकर
१५) टुन टुन साह (बासुदेव साह)
१६) मन्दिप भारती


नेपाली काँग्रेसको २१ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. २ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली

प्रतिनिधिसभा प्रत्यक्ष
१) किरण यादव
२) नागेश्वर यादव
३) श्याम मण्डल

समानुपातिक
१) महेन्द्रकुमार मिश्र
२) धरवेन्द्र कुमार पाण्डेय
३) कमला ढुँगेल
४) रामचन्द्र सिंह
५) अजितकुमार सिंह
६) विनिता तिवारी
७) सरोजकुमार शर्मा

प्रदेश सभा (क)
प्रत्यक्ष
१) महेन्द्र यादव मधुकर
२) अनिलकुमार साह
३) नरेश यादव
४) सुशिलकुमार यादव
५) सिताराम यादव
६) श्रवणकुमार मण्डल
७) विन्देश्वर यादव

समानुपातिक
१) जगरनाथ यादव
२) जमिल अख्तर शेष
३) चन्देश्वर मण्डल
४) विष्णुनारायण पंजियार
५) ममताकुमारी महतो
६) भोला पासमान
७) रामप्रसाद नायक
८) रामएकवाल यादव
९) महेन्द्रप्रसाद सिंह
१०) सुकदेव साह कानु
११) सुधिर यादव
१२) डा.धिरेन्द्रकुमार साह

प्रदेश (ख)
प्रत्यक्ष
१) राजकरण प्रसाद साह
२) लक्षमणप्रसाद ठाकुर
३) अजयकुमार झा
४) रामकृपाल यादव
५) छेदी चौधरी
६) नागेन्द्रप्रसाद शर्मा
७) दिलिपकुमार चौधरी
८) रविन्द्र यादव
९) अरविन्दकुमार शर्मा

समानुपातिक
१) उमेश पासवान
२) वृजनन्दन पण्डित
३) मन्जुकुमारी यादव
४) रामअचल शर्मा
५) रेखा ठाकुर
६) कृष्णदेव यादव
७) रामविराजी साह
८) सुधिरप्रसाद शर्मा
९) रामएकवाल पासमान
१०) अशोक पंजियार






नेपाली काँग्रेसको २२ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. ३ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली
प्रत्यक्ष (क)
१) राघवेन्द्र झा
२) श्यामकिशोर चौधरी
३) रामतेज मिश्र
४) विजयकुमार यादव
५) त्रिपुरारी मिश्र
६) रामकिशोर यादव
७) शम्भुनारायण पाठक
८) रमेशकुमार मिश्र
९) अनिता शर्मा
१०) सीताशरण सिंह
११) उपेन्द्र चौधरी

समानुपातिक
१) वैद्यनाथ मण्डल
२) राजकुमार पाण्डे
३) रामपदारथ साह
४) अरुणप्रसाद मिश्र
५) मंजूर आलम
६) रामचन्द्र चौधरी
७) रमेशकुमार पाण्डे
८) अमरेन्द्र झा
९) प्रियंकाकुमारी शर्मा
१०) उपेन्द्र चौधरी

सचिव रुद्रकिशोर कुमार

प्रत्यक्ष (ख)
१) पवन साह
२) ईश्वरनारायण पाण्डे
३) मनोजकुमार झा
४) अशोककुमार साह
५) नागेन्द्र दुवे
६) रधुनाथ मिश्र
७) विरजु महतो
८) सुरेश प्रसाद यादव
९) देववतीदेवी सुडी
समानुपातिक ख
१) सफी अहमद अंसारी
२) विजयकुमार राय
३) नागेन्द्र दुवे
४) मुरलीप्रसाद सिंह
५) ललिता देवी साह
६) कविता तिवारी
७) पूनमदेवी ठाकुर

प्रतिनिधिसभा अन्तर्गत
प्रत्यक्ष तर्फ
१) ललनकुमार राय
२) बजरंग नेपाली
३) गरीबदास ठाकुर

समानुपातिक तर्फ
१) रामचन्द्र तिवारी
२) नरेन्द्र मोहन मिश्र
३) कामेश्वर पाण्डे
४) गंगाधर चौधरी



Tuesday, September 12, 2017

नेपाली काँग्रेसले महोत्तरीमा खाता खोले, दलित महिला सदस्य निर्विरोध

नेपाली काँग्रेसले महोत्तरीमा खाता खोले, दलित महिला सदस्य निर्विरोध
महोत्तरी
भदौ २७ गते । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।
मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिनुहुदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताउनुभयो ।
महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिनुभयो ।
नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिनुभयो ।
सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।


Monday, September 11, 2017

पार्टी निर्णय विपरित उम्मेदवारी दिएकाहरुको सदस्यता खारेजीको सिफारिस

पार्टी निर्णय विपरित उम्मेदवारी दिएकाहरुको सदस्यता खारेजीको सिफारिस
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २५ गते । नेपाली काँग्रेस महोत्तरीले आधिकारीक उम्मेदवार विरुद्ध बागी भई तथा अन्य पार्टीमा गई उम्मेदवारी दर्ता गराएकाहरुको साधारण सदस्यता समेत नरहने गरी कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेस महोत्तरीको कार्यसमितिको बसेको बैठकले एकदर्जन त्यस्ता नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि सिफारिस गरेको हो ।
नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले पार्टीको निर्णय विपरित जाने जो सुकैलाई पनि कारवाहीको दायरा भित्र ल्याउने अभिप्रायले कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको जानकारी गराउनुभयो ।
यसरी कारवाहीमा पर्नेहरुमा औरही नगरपालिका वडानं. ३ का महाधिवेशन प्रतिनिधि महेन्द्रकुमार राय, मनरा नगरपालिका वडानं. ५ का महाधिवेशन प्रतिनिधि महेन्द्र यादव, लोहारपट्टी नगरपालिकाका रामसुराग यादव, गौशाला नगरपालिका वडानं. १२ का महेन्द्र महतो, पिपरा गाउँपालिका वडानं. १ बस्ने राहुल पाण्डे, अशोक पाण्डे तथा सोही गाउँपालिका वडान. २ बस्ने ब्रम्हदेव यादव तथा विरेन्द्र मिश्र रहेका छन् । 
त्यसैगरी मनरा गाउँपालिका वडानं. १० बस्ने महेश्वर मिश्र, जलेश्वर नगरपालिका वडानं. ६ बस्ने सुलेमान अंसारी, गौशाला नगरपालिका वडानं. ४ बस्ने सुरतन यादव तथा मनरा वडानं. १ का वडासभापति नागेन्द्र साह रहनुभएको छ ।
पार्टीले गरेको निर्णय विपरित उम्मेदवारी दिनु तथा अन्य पार्टीमा गएकोले कारवाहीको लागि सिफारिस गरिएको सभापति रायले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यसमितिको बैठकले आर्थिक रुपले कमजोर परेका उम्मेदवारहरुलाई आर्थिक मद्दतका लागि केन्द्रीय कार्यालयसंग माँग गर्ने निर्णय गर्नुका साथसाथै जिल्ला सभापतिको संयोजकत्वमा सम्पूर्ण जिल्ला सदस्यहरु, सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु तथा क्षेत्रिय सभापतिको संयोजकत्वमा सम्पूर्ण क्षेत्रका सदस्यहरु रहनेगरी प्रचारप्रसार समिति समेत बनाइएको सभापति रायले जानकारी दिनुभयो ।
उहाँले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा काँग्रेसका सम्पूर्ण भातृसंगठनका पदाधिकारी र शुभेच्छुकहरुलाई रुख चिन्हमा मतदान गर्न समेत निर्देशन र आग्रह गर्नुभयो ।

स्वास्थ्य शिविरमा महिलाहरुको भिड

स्वास्थ्य शिविरमा महिलाहरुको भिड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २६ गते ।
बाढीबाट महोत्तरी जिल्लाका अत्यन्त प्रभावित लोहारप«ट्टीमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सिविर सञ्चालन भएको छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषको सहयोगमा एड्रा नेपाल र जिल्ला स्वास्थ्य कार्यालयले सिविर सञ्चालन गरेको हो । बाढीबाट प्रभावित महिलाहरुसंग प्रजजन स्वास्थ्यसंग सम्बन्धित समस्याहरु देखिएपछि सिविर सञ्चालन गरेको हो । खास गरी प्रजनन स्वास्थ्यसंग सम्बन्धित समस्या लुकाइने भएकोले गर्भवती महिला तथा सुत्केरी आमाहरुको स्वास्थ्यका लागि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको र्यापिड रेस्पोन्स टिम (आर.आर.टि.) का फोकल पर्सन सन्तोष ठाकुरले सिविर सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । 

त्यसैगरी जिल्ला दैवी प्रकोप उुद्धार समिति महोत्तरीका फोकल पर्सन तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेम कार्किले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु बाहेक राहत बाडने कार्य चुनावी अवधीभर संचालन भैरहने जनाउनु भएको छ । बाढीको विपदबाट प्रभावित प्रजनन उमेरका किशोरी, गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य जाचका साथै निशुल्क औषधी वितरण गरिएको थियो । मेडीकल अधिकृत सहितको १२ जनाको टिमले १२८ गर्भवती तथा सुत्केरी महिलाहरुले पहिलो दिनमै आधुनिक उपकरणबाट अल्टा«साउण्डको निशुल्क जाच गर्नुका साथै  स्वास्थ्य जाचको सेवा दिएको थियो । 
विपद प्रतिकार्यमा सहयोग गरिरहेका स्थानीय स्वयमसेवक, गैरसरकारी संस्था र महिला स्वयमसेविकाहरका अनुसार प्रजनन स्वास्थ्यसंग सम्बन्धित धेरै समस्याहरु हाल आएर देखिन शुरु भएको जानकारी दिनुभएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डां नागेन्द्र प्रसाद यादवले जिल्ला दैवी प्रकोप उद्घार समितिको समन्वयमा युएनएफपिएसंग सहकार्य गरी गर्भवती तथा सुत्केरी महिलाका लागि सिविर संचालन भएको जानकारी गराउनुभयो । लोहारपट्टीमा संचालीत सिविरमा निशुल्क औषधीका साथै स्वस्थ डेलीभरी किट पनि गर्भवती महिलाहरुका लागि उपलब्ध गराइएको कुरा संयुक्त राष्ट्र संघ जनसंख्या कोषका प्रतिनिधि केदार राना मगरले बताउनुभयो । त्यसैगरी २ दिनसम्म चल्ने यस किसिमको सिविर बाढीबाट प्रभावित जिल्लाका बलवा, बदिया बन्चौरी, बथनाहा, लोहारपट्टी र भंगाहामा संचालन हुने जानकारी समेत जिल्ला स्वास्थ्य कार्यालय महोतरी जानकारी गराएको छ । 

मधेशीको मुद्दा सम्बोधनमा एमाले बाधक ः लेखक

मधेशीको मुद्दा सम्बोधनमा एमाले बाधक ः लेखक


महोत्तरी 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले एमाले मधेशी विरोधी रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल प्रेस युनियनको आयोजनामा आयोजित पत्रकार भेटधाट तथा मिडिया सेन्टरको उदघाटन गर्नुहुदै पूर्व यातायात मन्त्री समेत रहनुभएका लेखकले सो बताउनुभएको हो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशी सहित जनजाति, मुस्लिम लगायतकाले चाहेको संविधान संशोधनको विपक्षमा उभिने एमालेकै कारणले संविधान संशोधन हुन नसकेको चर्चा गर्नुहुदै एमालेलाई मधेश र मधेशीले चिन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । शंकाको दृष्टिकोणले मात्रै हेर्ने र निर्वाचनको समयमा भोट लिन उपयोग गर्ने रणनीतिमा मात्रै एमाले रहेकोले एमालेलाई पाखा लगाउन उहाँले सबैलाई आब्हान समेत गर्नुभयो ।
एमालेप्रति कटाक्ष गर्नुहुदै लेखकले पहाडमा गएर एउटा र तराईमा गएर एउटा कुरा भन्ने गरी सामाजिक द्वन्द्व फैलाउन लागेकोले यस्तो चरित्र भएको राजनीतिकदलहरुबाट सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशीको साझा एजेण्डा बोक्न ठुलो जनाधार भएको पार्टीको आवश्यकता भएको र त्यसमा नेपाली काँग्रेस सक्षम रहेको बताउनुहुदै मधेशबादी पार्टीहरुबाट यो सम्भव पनि नभएको दावी समेत गर्नुभयो । उहाँले हिजो माओवादीलाई राज्यको मूलाधारमा ल्याउन तथा निर्वाचनबाट टाढा रहेका पार्टीहरुलाई समेत निर्वाचनमा ल्याउन काँग्रेसले अहम भुमिका खेलेको बताउनुहुदै मधेशी जनताले मधेशको मुद्दा सम्बोधनको लागि काँग्रेसलाई बहुमत दिन आग्रह समेत गर्नुभयो ।
संविधान संशोधन र संविधान कार्यान्वयन दुईटा एजेण्डा अहिलेको समयमा काँग्रेससंग रहेको बताउनुहुदै लेखकले दुईवटै एजेण्डालाई पुरा गर्न काँग्रेस प्रतिवद्ध भएको धारणा समेत राख्नुभयो ।
बाढीको डुवानमा रहेको तराईक्षेत्रमा रहेको नदिहरुमा बाँध निर्माणको लागि हालै काँग्रेसका सभापति तथा प्रधानमन्त्रीले भारतसरकारसंग सहमति गरेको चर्चा गर्नुहुदै लेखकले यो क्षेत्रकै चिरप्रतिक्षित हुलाकी राजमार्ग बनाउन आफैले शिलान्यास गरेको चर्चा समेत गर्नुभयो । उहाँले काँग्रेस तराईको विकासमा सधै अग्रणी स्थानमा रहेर काम गरेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय, मिडिया सेन्टरका अनुगमनकत्र्ता गोपाल झासहित जिल्ला कार्यसमितिका सदस्यहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । 

जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

महोत्तरी जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित भएको जलेश्वर नगरपालिकामा स्थानीय तहमा प्रमुख पदमा जित हासिल गर्नु प्रमुख दल र राजपा नेपालको लागि प्रतिष्ठाको विषय बनेको छ । प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र र आन्दोलनरत्त राष्ट्रिय जनता पार्टी नेपाल असोज २ गते हुन गईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रमुख पदमा जित्नका लागि प्रतिष्ठाको लडाई बनेकोले जस्तोसुकै परिस्थितिमा जित हासिल गर्ने दाउमा लागिपरेको हो । 
जलेश्वर नगरपालिकाको नेतृत्व आफ्नो हातमा पार्नका लागि प्रमुख दल लगायत राजपाका नेता तथा कार्यकर्ताहरु आ आफ्नो पार्टीलाई जिताउनका लागि मत समेत मागिरहेका छन् । काँग्रेसले जलेश्वर नगरसभापति समेत रहेका अशोक कुमार साहलाई मेयरको उम्मेदवार बनाएको छ । एमालेले महोत्तरीको क्षेत्र नं.३ बाट निर्वाचित सांसद रामदयाल मण्डलका भाई माधव मण्डललाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै माओवादी केन्द्रले वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै विगत २ वर्षदेखि आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयरको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसबाट अशोक कुमार साह

जलेश्वर नगरपालिकामा वि.सं. २०२४ सालमा जन्मेको अशोक कुमार साह व्यापारिक पृष्ठभुमि भएको परिवारबाट आवद्ध रहेको छ । शिक्षा योग्यतामा एस.एल.सी.सम्म मात्र अध्ययन गरेको साह सुरुदेखि नै समाजसेवाजस्तो कार्यमा लागेकोले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँछन् ।
वि.सं. २०४२ साल देखि नै राजनितीमा सकृय भई जलेश्वरको विकासको लागि लागिपरेको बताउँदै उनले २०३६ सालमा विपि कोइरालाले जलेश्वर रंगशालामा गरेको भाषणले प्रभावित भई सोहीसमयदेखि राजनीती तथा समाज सुधार कार्यमा लागेको जनाएको छ । उनी वि.सं. २०४६ भन्दा पहिले एक  पटक र पछि दुई पटक स्थानिय निकायको चुनावमा विजयी भई वडा अध्यक्षको जिम्मेवारी निभाईसकेको समेत जानकारी गराए । 

जलेश्वर नगरपालिकाको वर्तमानमा सडक, नाला, स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था दिनप्रतिदिन खस्कदै गएको अवस्था छ । आफू मेयर पदमा जिती यहाँको अवस्था सुधार्न र नगरलाई समृद्धी तर्फ उन्मुख गराउन पार्टीले आफुलाई चुनेकोले असोज २ गते हुने चुनावमा भारी मतले जिती नगरको समस्याहरु समाधान गरि जलेश्वरलाई पर्यटकीय र रमणीयस्थलको रुपमा स्थापित गर्ने मेयरका उम्मेदवार अशोक साह बताउँछन । गत श्रावण २८ गते आएको भीषण बाढीले महोत्तरीमा क्षति पुन ः नहोस भनेर वाढीको दिर्घ समाधानको लागि समेत योजनावद्ध भई कार्यक्रम ल्याउने समेत बताए । 
जलेश्वरलाई चिनाउने जलेश्वरनाथ महादेव मन्दिरलाई पूर्णरुपले धार्मिक पर्यटकिय बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्दै जलेश्वर नगरको विकास गर्न कहिले पछि नहटनने बताउदै भार्गवसर पोखरीलाई पिकनिक स्पोट बनाएर पर्यटकहरुको केन्द्र विन्दु बनाउने बताए ।

माओवादी केन्द्रबाट कौशलेन्द्र शर्मा 

वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मा माओवादी केन्दबाट मेयरको उम्मेदवारी दिएका हुन् । उच्च शिक्षा जनकपुर राराव क्याम्पसमा हासिल गर्ने क्रममै राजनितिमा सकृय भएको सुरुमै माओवादी केन्द्र र पछि नयाँशक्ति पार्टी र हाल फेरि माओवादी केन्द्रवाटै मेयरको प्रत्यासी भएका छन । 
उनी जलेश्वरको विकासको लागि आफु पाँच वटा एजेन्डा लिई अगाडी वढेको बताउदै जलेश्वरनाथ महादेव मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउछन । उनी भार्गवससर पोखरीलाई समेत पिकनिक र घुम्ने स्पोटको रुपमा विकसित गर्न आफु प्रतिवद्ध रहेको बताउछन । 
जलेश्वरका सडक,स्वास्थ्य,शिक्षा लगायत क्षेत्रमा ठोस निति तथा कार्यक्रम ल्याई यहाको विकास गर्ने बताउदै जलेश्वरका जनताले अनुभव गर्न नसकेका विकास कस्तो हुन्छ भन्ने अनुभव गराउने र पाँच वर्ष भित्र पाँच एजेन्डाका साथ अगाडी वढने मेरो प्रतिबद्धता रहेको बताउँछन् ।  उनले अबको पाँच वर्षभित्र जलेश्वरलाई शिक्षा,स्वास्थ्य,रोजगारी,सडक र कृषीको अवस्थामा पूर्णरुपमा परिवर्तन ल्याउने समेत प्रतिबद्धता जनाएको छ ।

नेकपा एमालेबाट माधव मण्डल

एमालेबाट क्षेत्र नं. ३ का साँसद रामदयाल मण्डलका भाई माधव मण्डल नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । माधव मण्डल साविक जलेश्वर नगरपालिका ८ का नगर सभापति हुन् । उनी २०५२ सालदेखि नै राजनीतिक पेशामा सक्रिय रुपमा लागिपरेको छ । उहाँ वि.संं. २०५४ सालमा जलेश्वर नगरपालिकाको वडा अध्यक्षमा समेत चुनिएको थियो । उनी नेकपा एमाले पार्टीको नगर अध्यक्षमा तीन पटक निर्वाचित भइसकेको छ । वर्तमानमा मण्डल नेकपा एमालेका जलेश्वर नगर अध्यक्ष हुन । नगर प्रमुखमा आफु चुनिए जलेश्वर नगरपालिकाको प्रत्येक घरमा शौचालय र खानेपानीको व्यवस्था गर्ने, वृद्धालाई सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिदिने लगायत जलेश्वर नगरपालिकामा बाटोघाटोको अवस्था सबैभन्दा बढी जर्जर रहेकोले सो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय जनता पार्टी नेपालबाट रामशंकर मिश्र (शाहीजी)

विगत २ वर्षदेखि चलिरहेको मधेश आन्दोलनमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयर पदमा  उम्मेदवारी दिएका हुन् । किशान परिवारमा हुर्केका मिश्र पेशाले सिभिल ईन्जिनियर हुन् । जनकपुर मै उच्च शिक्षाको लागि छदा राजनितिले छोएको र सिभिल ईन्जिनियरिंगको क्रममा भारतको ओडिसामा हुदा समेत राजनितिमा सकृयता जनाईसकेको उनी २०४६ साल तिर पुर्ण रुपमा राजनितिक छवि बनाईसकेका थिए । नेपाली काँग्रेसको तर्फबाट आन्दोलनमा सकृयता जनाएका उनी महन्थ ठाकुरले केहि वेर संगै राखेर मधेशको वारेमा गरेको व्याख्याले छोएको र तत्काल तत्कालिन तराई मधेश लोकातान्त्रिक पार्टीमा प्रवेश गरेको बताए । 
विगतमा नाकाबन्दी, सडक आन्दोलन लगायतमा सकृय भएकै कारण समेत मिश्र चर्चामा रहेका छन । उनीमाथी सशस्त्र प्रहरी असई थमन विकको हत्याको आरोप समेत लागेको र मुद्दा समेत आफुले खेपेको बताउँछन । जलेश्वरकै विकासको लागि अझै पुर्वाधार तयार नभईसकेको अवस्थामा स्मार्ट सिटी भन्दा पनि त्यही पुर्वाधार निर्माण मुख्य चुनौती भएको र आफुले सो चुनौती पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । जलेश्वरकै विकासको लागि योजनाबद्ध रुपमा काम गर्ने र विकासको ठोस आधार खडा गरि विकासलाई नै निरन्तरता दिने उनको सोच रहेको छ ।
आफु सिभिल ईन्जिनियर भएको र जलेश्वरकै स्थायी वासिन्दा भएकोले यहाँको प्रत्येक ठाउँहरुको अवस्था तथा त्यसलाई कसरी पूरा गर्ने सम्बन्धमा राम्ररी बुझेकोले अबको पाँच वर्षभित्र जलेश्वर नगरको विकासलाई शुन्यदेखि नै शतप्रतिशतसम्म देखाउने समेत प्रतिबद्धता जनाए ।

काँग्रेसका उम्मेदवारहरुद्वारा घरदैलो अभियानलाई तिव्रता

काँग्रेसका उम्मेदवारहरुद्वारा घरदैलो अभियानलाई तिव्रता
महोत्तरी
असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस महोत्तरीका विभिन्न तहका उम्मेदवारहरु घरदैलौ अभियानलाई तिव्रता दिएका छन् ।
जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार अशोककुमार साह र उपप्रमुख अनितादेवी शर्मा, मटिहानी नगरपालिकाका प्रमुखका उम्मेदवार जयकुमार चौधरी र जुमैदा खातुनसहित सबै तहका उम्मेदवारहरु अहिले घरदैलो अभियानमा लागेको नेपाली काँग्रेसका जिल्ला सचिव शम्भु पाठकले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकामा नेकाबाट प्रमुखका उम्मेदवार साह अहिले जलेश्वर नगरपालिकाको वडानं. ५ पर्सापतैलीमा व्यस्त रहनुभएको नेविसंघका निवेश मण्डलले जानकारी गराउनुभएको छ । घरदैलो अभियानमा उहाँसंगै नेकाका केन्द्रीय सदस्य तथा पूर्व साँसद रामचन्द्र तिवारीसहित कामेश्वर पाण्डेय, बजरंग नेपालीसहित दर्जनौ नेताहरु रहनुभएको छ ।

सो अवसरमा नेताहरुले मतदाताहरुलाई नेकाले हरेकक्षण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउनुहुदै संविधान संशोधनमा पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी गराउनुभएको थियो ।
उहाँहरुले यसक्षेत्रको विकासमा नेका सधैं अग्रणी रहेको बताउनुहुदै नेकालाई बहुमतबाट जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।
त्यसैगरी बर्दिबासमा पनि काँग्रेसका उम्मेदवार प्रहलाद क्षेत्री तथा उपप्रमुखका तारादेवी महतो घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ ।

Tuesday, August 15, 2017

प्रेरक प्रसंग : भोजमा लुगालाई निम्तो?

नयाँ पत्रिका, काठमाडौं   |   ०७ घन्टा अगाडि
एकपटक एक महिलाले प्रसिद्ध नाटककार जर्ज बर्नार्ड सालाई रात्रिभोजमा आमन्त्रण गरिन् । सा निकै व्यस्त थिए । तैपनि उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन् ।

भोजको दिन सा अत्यन्तै व्यस्त थिए । त्यसैले मुस्किलले आफ्नो काम सिध्याएर हतारहतार सा ती महिलाकहाँ पुगे । उनी आएको देखेर ती महिला निकै खुसी भइन् । उनले साको स्वागत पनि गरिन् । तर, एकैछिनमा उनी खिन्न भइन् । किनकि, साले निकै सामान्य कपडा लगाएका थिए । उनले कामको चटारोले गर्दा लुगा फेर्न पनि भ्याएका थिएनन् । उनको सामान्य पहिरन देखेपछि ती महिलालाई गाडीमा घर गएर राम्रो कपडा बदलेर आउन अनुरोध गरिन् । साले पनि उनको कुरा खुरुक्क माने र घर गए । एकैछिनमा उनी निकै महँगो कपडा लगाएर भोज स्थलमा फर्किए । ती महिला पनि निकै खुसी भइन् ।
एकैछिनमा भोज सुरु भयो । मानिसहरू स्वादिष्ट व्यञ्जनको स्वाद लिन थाले । सा भने भोजका परिकारहरू जम्मा गरेर आफ्ना महँगा पोसाकमा दल्न थाले । साथै, उनी भन्दै थिए, ‘ल आज मनग्गे खाओ मेरा लुगा हो । आजको यो निम्तो मलाई होइन, तिमीहरूलाई आएको हो । त्यसैले संकोच नमानी पेटभरि खाओ ।’ लुगालाई सम्बोधन गर्दै उनी आफ्ना लुगामा खाना, तरकारी, अचार, मासु, आइसक्रिम, दही सबै दल्न थाले । उनको यस्तो हर्कत देख्दा पार्टीमा आएका मानिसहरू अचम्ममा परे । सबैले एक स्वरमा उनलाई प्रश्न गरे, ‘हैन, आखिर तपाईं यो सब किन गरिरहनुभएको छ ?’ उनले गम्भीर हुँदै उत्तर दिए, ‘आज यहाँ मलाई होइन, मेरा लुगालाई निमन्त्रणा गरिएको हो । त्यसैले म आफ्ना यी महँगा कपडालाई भोज खुवाइरहेको छु । साको कुरा सुनेपछि भोज स्थलमा उपस्थित मानिसले केही बोल्न सकेनन् । उनलाई भोजमा बोलाउने ती महिलाको अनुहार त झन् हेर्नलायक देखिएको थियो । उनले जीवनमा आफूले निकै ठूलो गल्ती गरेको महसुस गरिन् । साथै, व्यक्तिको मूल्यांकन कपडाले होइन, उसको क्षमताले गर्नुपर्दो रहेछ भन्ने पनि बुझिन् ।

Friday, July 14, 2017

नयाँ नेतृत्वको प्रतीक्षा

नयाँ नेतृत्वको प्रतीक्षा

पूर्व-पश्चिम राजमार्गलाई भारतीय सडक सञ्जालसँग जोड्ने जनकपुर–भिठ्ठामोडÞ खण्ड रणनीतिक महत्वको मार्ग हो। आन्तरिक दृष्टिकोणले पनि यस सडक खण्डको उपयोगिता कम छैन। महोत्तरी जिल्लाको सदरमुकामलाई यस क्षेत्रको सबभन्दा प्रमुख सहरसँग जोड्ने मूल बाटो भएकाले सामान्य अवस्थामा एम्बुलेन्सलगायत सैकडौं सवारी साधन दिनहुँ ओहोरदोहोर गर्ने जलेश्वर–जनकपुर सडकको हालत खास्ता भएको वषर्ौं भइसकेको छ। सन् १९९० को मध्यतिर बाढीले सडक क्षतिग्रस्त हुँदा त्यतिबेला स्तरोन्नतिको आश देखाएर अत्यावश्यक मर्मत स्थगित गरिएको थियो। त्यसपछि भारतीय सहयोगमा सडकको चौडाइ दुई लेन गर्ने कुरा भयो। सडक मर्मतको कामलाई फेरि पनि थाती राखियो। अहिले नेपाल सरकारको स्रोत र अग्रसरतामा चार लेनको सडक बनाउने काम अत्यन्त सुस्त गतिमा भइरहेछ। सवारी आवतजावतलाई भने एकछिनको वर्षाले पनि अवरूद्ध गरिदिन सक्छ। दर्के पानी परेपछि सार्वजनिक यातायात बन्द हुनु त सामान्य भइसकेको छ।
स्थानीय समस्याका लागि स्थानीय चुनाव हुनुपर्छ। केन्द्र सरकारका निकायहरू सेवा पुर्‍याउन नभएर शासन गर्न खडा गरिएकाले तिनलाई जनगुनासो सम्बोधन गर्ने फुर्सद हुँदैन।
सतह यातायात सञ्चालनको आधारभूत मान्यता त के हो भने बाह्रै मास खुला राखिनुपर्ने रणनीतिक महत्वका सडकहरूको मर्मत वा पुनर्निर्माण गर्दा उपयुक्त पथान्तरण (डाइभर्सन) बनाइनुपर्छ। तिनको पनि नियमित रेखदेख तथा सम्भार गर्नुपर्ने हुन्छ। प्राकृतिक प्रकोपले गर्दा एक/दुई दिन बाटो बन्द हुनु बेग्लै कुरा, नभए आवागमनको निश्चितता रणनीतिक महत्वको सडक हुनुको प्राथमिक सर्त हो। पर्याप्त चौडाइको बाहनपथ उपलब्ध हुँदाहुँदै पनि रणनीतिक महत्वको राजमार्गमा यातायात सुचारू राख्न नसक्नुलाई लापरबाहीको पराकाष्ठा मान्दा हुन्छ। तर यो नेपाल हो। यहाँ कर्तव्यच्यूत (डेरलिक्सन अफ ड्युटी) सामान्य मानिन्छ। जिम्मेवारी निर्वाह गर्नु वा नगर्नु नित्तान्त व्यक्तिगत छनोटको कुरो हो। जवाफदेहिताको अर्थ प्रक्रियाबारे तर्कसंगत लाग्ने व्याख्या दिन सक्नुमा सीमित गरिएको छ। परिणामको उतरदायित्व कसैले बहन गर्नुपर्दैन। सामान्यजनलाई थाहा छ, जति कराए पनि केही हुनेवाला छैन। त्यसैले ती विकल्पको व्यवस्था स्वयं गर्ने गर्छन्। नेपालभित्र ओहोरदोहोर गर्नका लागि पनि सीमा क्षेत्रतिर भारतीय सडक सञ्जालको भर पर्नुपर्ने प्रवृत्ति बढ्दो छ। जनकपुरबाट जटही जाने सडकको अवस्था पनि उस्तै भएकाले मोटरसाइकल चालकहरूलाई वर्षायाममा जलेश्वरसम्म पुग्न मटिहानी भएर जाने ग्रामीण बाटो प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्छ।
एक पटकमा एउटा गाडीमात्र चलाउन मिल्ने ग्रामीण सडकहरू भारी बाहनको भार थेग्न सक्ने किसिमका हुँदैनन्। गाडीहरूको चाप बढेपछि त्यस्ता सडकको सतह छिट्टै बिग्रन सक्छ। तर, यात्रुहरूको बाध्यता बुझेका स्थानीय बासिन्दाले सामान्यतः कुनै किसिमको आपत्ति प्रकट गर्दैनन्। समस्या बरू फेरि पनि केन्›ीय जिम्मेवारीको मटिहानी–जलेश्वर सडक खण्डमा छ। सशस्त्र प्रहरी बलको छाउनीछेउमै हिलाम्मे सडकबाट बटुवालाई हिँड्न पनि गाह्रो छ। सामान्यजनको संकट केही व्यक्तिका लागि अवसर बन्न सक्छ भन्ने कुरा भुइँचालोपीडितलाई राहत पुर्‍याउनुभन्दा १६ बुँदे षडयन्त्रमार्फत यथास्थितिलाई दिगो बनाउन लागिपरेका नेपाली गिरोहतन्त्रका सञ्चालकले देखाइसकेका छन्। कमोवेश त्यस्तै मनोवृत्ति स्थानिय स्तरमा पनि व्याप्त छ। बिग्रेको बाटो मर्मत गर्न श्रमदान गर्नुको साटो केही युवा सडकमा पानी जम्नासाथ सेवा व्यवसाय सञ्चालनका लागि उपस्थित हुन्छन्। हिलोबाट घचेटेर मोटरसाइकल पार गराउने सेवा शुल्क असारको तेस्रो साता औसतमा ५० रुपियाँ थियो। बाहन र चालक भारतीय भएमा त्यो दर बढी पनि हुन सक्थ्यो। राज्यलाई त्यस्ता कुरा हेर्ने फुर्सद छैन। राज्य सञ्चालकहरू गोर्खाल्यान्ड आन्दोलन, भारत–भुटान–चीन त्रिपक्षीय सीमा विवाद वा कतारको नाकाबन्दीबारे चिन्तित छन्। स्थानीय समस्याका लागि स्थानीय चुनाव हुनुपर्छ। केन्› सरकारका निकायहरू सेवा पुर्‍याउन नभएर शासन गर्न खडा गरिएकाले तिनलाई जनगुनासो सम्बोधन गर्ने फुर्सद हुँदैन।
काठमाडौंबाट विद्युत् कटौती लगभग समाप्त भइसकेकाले होला, जलेश्वर छेउछाउ औसतमा दैनिक घोषित चार घन्टा तर अघोषितसमेत जोड्दा कम्तीमा पाँच घन्टाको 'लोड सेडिङ' असजिलो लाग्ने रहेछ। पानी परेपछि गर्मी त उतिसाह्रो हुँदैन तर पंखा नचलेका बखत लामखुट्टेले बस्न/खान दिँदैन। बाटोमा जल जमावले गर्दा बाढी नै आएजस्तो देखिए पनि खेतमा भने 'कादो' गर्नेगरी पानी जम्न पाएको छैन। एक त उसै ढिलो मनसुन, त्यसमाथि पानी पर्ने क्रम सुस्त भएकाले धानको रोपाइँ अझै हुन सकेको छैन। पुराना कुलो पुरिसकिए। नयाँ नहर र नाला बनेका छैनन्। पोखरीहरूमा अब माछा पालन हुने भएकाले ती सिँचाइका स्रोत रहेनन्। कसले भन्छ आकाशे खेती राणाकालमा मात्रै हुन्थ्यो? दक्षिणी मधेसका धेरैजसो गाउँमा सिँचाइको व्यवस्था अहिले पनि सन् १९५० को दशकभन्दा खासै फरक छैन। जग्गाको भाउ भने बेपत्ता बढेको छ। र, खेतबारीको प्रतिकठ्ठा बिक्री दर एवं तिनको आर्थिक उत्पादकत्व वा परिवारिक उपयोगिताबीच कुनै सम्बन्ध छैन। विप्रेषण प्रवाहले लाभान्वित समूहका लागि जग्गामा लगानी गर्नु समाजिक प्रतिष्ठा हासिल गर्ने माध्यम बन्न पुगेको छ।
कुल राष्ट्रिय आयमा विप्रेषणको योगदान एक तिहाइमात्र देख्नेहरू अंकका सिद्धहस्त खेलाडी हुन्। चामलदेखि चाउचाउसम्मको व्यापार विप्रेषणले बढाएको छ। मोटरसाइकल त्यही आम्दानीले गुड्छन्। बैंकहरू त्यस्तै आम्दानीको बचत खेलाएर मोटाएका छन्। यातायातलगायत सबै सेवा व्यवसायको उल्लेख्य हिस्सा विप्रेषण सम्बद्ध क्षेत्रबाटै आउँछ। वैदेशिक रोजगारीमा थोरैमात्र मन्दी आउने हो भने नाफा क्षेत्रका विद्यालय एवं अस्पतालले आआफ्नो धन्धा बन्द गरेर रक्सी पसल वा त्यस्तै अरू कुनै व्यापार गर्नुको विकल्प रहने छैन। निर्वाहका लागि गरिने खेतीसमेत संकटग्रस्त बन्दै गएपछि जलेश्वर क्षेत्रका गाउँ लगभग पूरै विप्रेषण आधारित बन्दै गएका छन् भन्ने किसिमको सामान्यीकरण गर्ने हो भने त्यो कुरा थोरैमात्र अतिशयोक्ति हुनेछ। विडम्बना, वैदेशिक रोजगारीमा जानेहरूका लागि सेवा तथा सूचना एवं तिनका परिवारका लागि सहयोग केन्› सञ्चालन गर्ने अवधारणा अहिलेसम्म पनि बहसमै सीमित छ।
गोर्खा भर्ती सम्बन्धित देशका सरकारले गर्ने भएकाले आश्रित परिवारको हित संरक्षण तथा प्रबर्धन गर्ने व्यापक एवं सुसम्पन्न सञ्जाल छन्। त्यसबाहेकको वैदेशिक रोजगारीमा जाने कामदार एवं तिनका परिवार सामान्य नागरिकभन्दा स्रोत देशको सरकारबाट केही बढी हेरचाहको हकदार हुनुपर्थ्यो। धरातलीय यथार्थ भने उल्टो छ। युवा विदेशिएकाले तिनको राजनीतिक आवाज कमजोर छ र राज्यका संयन्त्रहरूले तिनका चासो र चिन्तालाई सम्बोधन गर्ने कुनै आवश्यकता नैं देख्दैनन्। अचम्भ त के भने केही विप्रेषणआधारित परिवारमा समेत गजबको यथास्थितिमोह देखा पर्न थालेको छ। जलेश्वर क्षेत्रका सांसद नेकपा (एमाले) दलका छन्। केन्›मा नेपाली कांग्रेस एवं माओवादी केन्› सरकार चलाइरहेका छन्। राजनीतिक व्यवसायका अनुभवी कारोवारी विजयकुमार गच्छदारको लघु उद्यमबाहेक अरू कुनै पनि मधेसकेन्द्रित दल दोस्रो संविधानसभापछि गठन भएका सरकारमा सहभागी भएका छैनन्। मधेसको बिगँ्रदो हालतका लागि भने तिनै तिरस्कृतलाई जिम्मेवार ठहर्‍याउने विचार वैदेशिक रोजगारीबाट प्रत्यक्षरूपमा लाभान्वित हुनेहरूमा बढ्दै गइरहेको कुरा ठम्याउन भने धेरै अन्तर्क्रिया गरिरहनुपर्दैन। मधेसमा समेत सोचको एमालेकरण प्रक्रियाले गति लिन थालेको स्पष्ट देखिन्छ।
दास मनोदशा
केही मधेसीमा देखिएको वैचारिक विचलनको कारण खोतल्न पनि त्यति गाह्रो छैन। तेस्रो मधेस वि›ोहको असफलताले क्षोभ सँगसँगै हताशा पनि उत्पन्न गराएको छ। त्यति गर्दा त केही भएन भने अब केही हुनेवाला छैन भन्ने निराशापूर्ण निर्क्योल व्यापक हुँदै गएको छ। एमाले सम्बद्ध गैससकर्मीहरूको सञ्जाल त्यस्तो भावनालाई बल पुर्‍याउने प्रचारमा संलग्न छन्। जलेश्वरमा यथास्थितिको प्रवक्ता एवं प्रचारक ठानिएकाले गर्दा काठमाडौंबाट प्रकाशित हुने 'राष्ट्रिय' भनिने छापाहरूको बिक्री पहिलो मधेस आन्दोलनदेखि नै न्यून हुन पुगेको थियो। तिनको आक्रामक बजार प्रबर्धनले गर्दा खु›ा पसलमा समेत फेरि काठमाडौंबाट प्रकाशित हुने प्रायः पत्रपत्रिका उपलब्ध हुन थालेका छन्। भाषा एवं शैलीगत भिन्नताबाहेक सबै अखबारले लगभग एउटै दृष्टिकोणबाट व्याख्या गरिएका समाचार पस्कन थालेपछि विपरीत विचार तर्कहीन लाग्नु अस्वाभिक पनि होइन। आन्दोलनताका जागरण पत्रकारिता गर्ने मधेसमैत्री एफएम रेडियोहरू पनि आजभोलि अस्तित्व रक्षाका लागि गैससउत्प्रेरित विकासे बाजा बजाउन सुरू गरेका छन्। मधेसकेन्द्रित दलहरूको कुरा राख्ने सञ्चारमाध्यम मधेसमै समेत सीमितमात्र छन्। निरन्तर सत्येतर (पोस्ट ट्रुथ) समाचार एवं विचार प्रवाह भइरहने सञ्चार संतृप्तिको युगमा वैकल्पिक तथ्य निर्माणको काम राज्य वा बजारको सत्तासँग जोडिएका वैचारिक उद्यमीहरूले गर्ने गर्छन्। सामान्यजनका लागि भोगिएको कुरा गौण एवं भनिएको कुरा प्रधान बन्न पुग्छ।
तेस्रो मधेस वि›ोह गलत भएकाले असफल भएको हो भन्ने संकथन पनि जबर्जस्तरूपमा निर्माण गरिँदैछ। अंग्रेजीमा भनाइ छ– सफलताका सहस्र दावेदार हुन्छन्, असफलता भने लावारिस ठहरिन्छ। असफलतापछिको हीनताले गर्दा कतिपय चल्तापुर्जा आन्दोलनकर्मीमा अपराधबोध महसुस हुन थालेको हुनुपर्छ। ती तथाकथित मूलधारका दलहरूको कार्यकर्ता बनेर प्रायश्चित गर्न लालायित देखिन्छन्। स्वघृणा खासमा एउटा मनोरोग हो, तर अधीनस्थतालाई आत्मसात गरिसकेपछि स्वाभाविक पहिचानमा सजिलै आत्मसम्मान जगाउन सकिँदैन। अहिलेसम्म तीव्र गोर्खालीकरण गरिएका जनजातिमा प्रायः देखिने गरेको 'म खसआर्य भएर किन जन्मिन' भने जस्तो विलापयुक्त फरियाद (लमेन्ट) भर्खर वर्ग, वर्ण वा दुवैथरि बन्धनबाट मुक्त भएका मधेसीमा पनि देखिन थालेको छ। समाजिक एवं सांस्कृतिक स्ीवकार्यता स्थापित गर्ने सबभन्दा छोटो बाटो सत्तासँग जोडिनु हो। प्रतिरोधले निम्त्याउने परित्यक्तीकरण थेग्ने हिम्मत थोरैमात्र अधीनस्थहरूमा हुन्छ। मधेसको आधार क्षेत्रमा समेत त्यस्तो जमात साँघुरिँदै गइरहेको छ।
आफ्नो क्षमताको बाह्य अभिपोषण (एक्सटर्नल वैलडैसन) को सबभन्दा बढी आवश्यकता आत्मविश्वासको अपेक्षाकृत अभाव महसुस गर्ने नवसशक्त समुदायहरूमा हुन्छ र सत्ताको अनुमोदन जत्तिको उत्थापक (अप्लिफ्िटंग) तुष्टि अरू कुनै पनि पुष्टिले गर्न सक्दैन। त्यो कुरा भाषागत प्राथमिकतामा पनि देख्न सकिन्छ। वर्षे बिदामा युरोप, अमेरिका वा अस्ट्रेलियाबाट मधेस आएकाहरू सकभर मैथिली बोल्न खोज्छन्। अरब वा मलेसियाबाट आएकाहरू परिवारमा समेत नेपाली बोलिरहेका हुन्छन्। समाजिक उच्चताको सिँढी (अप्वर्ड मोबिलिटी) पहाडतिर अंग्रेजी भाषा भइसक्दासम्म मधेस नेपाली अंगीकार गर्ने कसरतमै ब्यस्त छ।
वैकल्पिक नेतृत्व
जनकपुर उपमहानगरपालिकाका सडकहरूको हालत ग्रामीण भेगभन्दा खत्तम छ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका लागि रातारात मर्मत गरिएको विमानस्थलबाट जानकी मन्दिर पुग्ने खण्डबाहेक अरू कुनै पनि सहरी बाटो हिँड्नयोग्य छैन। अपवाद भने जनकपुर क्याम्पस नजिकैको सानो बस्तीलाई लिनुपर्ने हुन्छ।
हाल जलेश्वर नगरपालिकामा गाभिन पुगेको सुगा गाउकँा बंगालीलाल कर्णले क्याम्पस नजिकैको खेतमा सबभन्दा पहिलो घर बनाएका थिए। बस्तीको औपचारिक नाउँ उनैकी अर्धागिंनीको सम्मानमा शारदानगर राखिएको छ। जनजिब्रोमा भने अहिले पनि पियरिया माईस्थानको अवस्थितिले गर्दा यस क्षेत्रको नाम पियरियामाई टोल नै भएर झुण्डिएको छ। सुरूमा पहाडी एवं मधेसीहरूको मिश्रित बसोबासको यो टोल अन्य बस्ती जस्तै अव्यवस्थित नै देखिन्थ्यो। समयक्रममा स्थानीयहरूकै अग्रसरतामा सहायक सडकहरू पक्की बनाइएका छन्। निकास नजिक भएकाले बाटोमा पानी जम्दैन। पहिले पहिले केही घरधनी पहाडी थिए भने अधिकांश भाडावाल मधेसी। स्थिति अहिले उल्टिएको छ। सम्पन्न मधेसीहरू आफ्नो घर भाडामा लगाएर काठमाडौंतिर भाडामा बस्छन्। तिनका जनकपुरका भाडावाल स्थानीय सरकारी कार्यालयका हाकिम छन्। बस्ती भने अझै मिश्रित नै छ। त्यसैले सम्पर्क भाषा नेपालीको भूमिका यथावत् छ।
भाषागत दक्षतासँगसँगै मध्यमवर्गीय मधेसीहरूको आत्मविश्वास हेर्न लायकको छ। ती निर्वैयक्तिक सञ्जालका नियमित प्रयोगकर्ता छन्। वैकल्पिक कथ्य निर्माण गर्न सक्छन् र स्थापित मधेसी नेतृत्वलाई प्रश्न गर्न थालेका छन्। लाग्छ– मधेसमा संघर्षको आश बाँकी छ। र, त्यो गैरआवासीय मधेसी युवाहरूबाट उदाउन सक्छ। अस्ट्रेलियाबाट बिदा मनाउन जनकपुर आएको एउटा व्यवस्थापन विज्ञको टिप्पणी उत्साहप्रद् थियो। गुलाम भारत तयार भएपछि गान्धी दक्षिण अफ्रिकाबाट आए। अहिलेका मधेसी नेताहरू आधारभूमिमात्र तयार गर्न सक्छन्। मुक्तिको नेतृत्व यहाँ नमुछिएको पंक्तिबाट आउन सक्छ। र, ढिलो/छिटो त्यो पक्का आउँछ। निरन्तर परिवर्तन प्रकृतिको एकमात्र नियम हो।

Thursday, June 15, 2017

संविधानको महामृत्युञ्जय

संविधानको महामृत्युञ्जय

- चन्द्रकिशोर, काठमाडौं
अहिले संविधान जोगाउन महामृत्युञ्जय जप गर्ने बेला हो र त्यसका निम्ति कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी शक्तिमाझ समझदारी गर्नु नै हो ।
असार १, २०७४- भूगोललाई आधार मान्दा काठमाडौंबाट सिक्किम र दार्जिलिङ निकै टाढा छन् । त्यस क्षेत्रमा उही नारा ‘गोरखाल्यान्ड’का निम्ति एक शताव्दी लामो संघर्ष फेरि चर्किएको छ । काठमाडौंका एउटा वृत्त तिनीहरूको यस संघर्षप्रति यति भावनात्मक सामीप्यता देखाउँछन् कि त्यो अर्को राजनीतिक भूगोल हो भन्नेसम्म पनि हेक्का राख्दैनन् ।
भारतको केन्द्र सरकार र प्रन्तीय बंगाल सरकार अनुदार रहेसम्म र दार्जिलिङ क्षेत्रका नेताहरूमा एकता नभएसम्म तिनका राजनीतिक पहिचान र स्वायत्तताको संघर्ष कहिले सम्भव र सार्थक हुन्छ भन्न गार्‍हो छ । नेपालमा त्यस क्षेत्रका स्वार्थ र सरोकारलाई लिएर बढी नै चिन्ता प्रकट गर्ने गरिएको छ । कतिसम्म भने कतिपयले ती क्षेत्रलाई अन्धभावुक भएर ‘मिनी नेपाल’समेत भन्ने गर्छन् र त्यस क्षेत्रका नेपाली भाषीहरूलाई ‘नेपाली’ भनेर अपनत्व देखाउँछन् । जबकि ती नेपालीभाषी भारतीय नागरिक आफूलाई ‘हामी भारतीय हौं’ भन्दै नारा सुरुदेखि नै लगाउँदै आइरहेका छन् ।
नेपालका तर्फबाट अति सामिप्यता देखाउँदै भारतीय र नेपालका नेपालीलाई सँगै राख्नाले भारतीय नेपाली भाषीहरूले चिनारीमात्र नगुमाएर धेरै यातना र भेदभावसमेत सहनुपरेको छ । अहिले पनि आसाम, हैदरावाद, कालिम्पोङ, भाग्सु, पुनाका भारतीय नेपालीभाषीहरू चिनारी र अस्तित्वका लागि आफ्नै तरिकाले संघर्ष गर्दैछन् । भारतीय नेपाली भाषीहरूको कठिनाइलाई बुझेर नै होला नेपालको पूर्वी सीमाञ्चल क्षेत्रमा कार्यरत पत्रकार पर्वत पोर्तेलले आफ्नो सामाजिक सञ्जालमार्फत त्यस कुराको सादर अनुरोध गरेका छन् ।
दार्जिलिङ क्षेत्रको यतिखेरको भाषा आन्दोलनप्रति नेपालीतर्फबाट अतिरिक्त चासोले उनीहरूलाई पर्ने अप्ठ्यारोपनको समेत उनले उल्लेख गरेका छन् । नेपालमा दार्जिलिङको घटनाक्रमलाई लिएर दुईथरी धार देखिएको छ । एकथरीले त्यो भारतको आन्तरिक मामिला हो, त्यसमा नेपालको तर्फबाट बढी रुची देखाइँदा तिनीहरूको ‘क्राइसिस अफ आइडेन्टिटी’ हुनुका साथै केन्द्र र प्रान्तीय सरकारले तिनका जायज सरोकारप्रति समेत लाञ्छित गर्न पुग्छन् भन्ने अभिमत राख्छन् । अर्को थरीले त्यहाँ आन्तरिक लोकतन्त्रको उपेक्षा गरिएकाले जोकोहीले जहाँ कहींबाट आवाज उठाउन सक्छन् भनी बताउँछन् । यस्ता तर्क राख्नेहरूले ती भारतीय नागरिकमा राजनीतिक–भौगोलिक भेदभाव रहे पनि आपसी सम्बन्ध जोडिराख्ने काम उही ‘नेपालीत्व’ले गरिराखेको हुनाले त्यसलाई स्वाभाविक चासो ठहर्‍याउँछन् ।
पाद टिप्पणी
माथिको इति वृत्तान्तलाई अहिलेको नेपाली राजनीतिक विमर्शको पाद टिप्पणीको रूपमा ग्रहण गर्न सकिन्छ । नेपालमा मधेसको एजेन्डाप्रतिको विमर्शलाई हेर्ने नजरिया दुई प्रकारको छ । एउटा पक्ष, जो दार्जिलिङको क्रन्दनलाई सहज श्रवण गर्छन्, तर आफ्नै देशको दक्षिणी भूगोलको गुनासोलाई इन्कार गर्छन् । अर्थात तराई–मधेसका थारु–मधेसीको सवाल र सरोकारप्रति आँखा चिम्लिन्छन् । फेरि यही धारकाले मधेसीहरूको संघर्षमा सीमाञ्चलका भारतीय नागरिकबाट सहानुभूति र सहयोग प्रकट हुँदा त्यसलाई अन्यथाको रूपमा परिभाषित गर्छन् । अर्कोथरी मधेसको सवाललाई नेपालभित्रकै समावेशीकरणको एजेन्डाका रूपमा स्वीकार गर्छन् र तिनीहरूले समावेशीकरण सदैव लोकतन्त्रसँग जोडेर आउँछन् भनी अर्थ्याउँछन् ।
 हो, पनि लोकतान्त्रिक पद्धतिको अनुपस्थितिमा समावेशीकरणको चर्चा खोक्रो र अझ भनौं अकल्पनीय हुन्छ । सामान्य अर्थमा राज्यका स्रोतसाधनमा समान पहुँच, राज्यको नीति निर्माणमा समान र न्यायिक प्रतिनिधित्व तथा सशक्तीकरण आदिसँग जोडेर समावेशीकरणलाई बुझिन्छ । असमावेशी राज्यमा नीति निर्माण र स्रोतसाधनमा सीमित समूहको बर्चस्व हुन्छ ।
त्यसभन्दा बाहेकका वर्ग र समुदाय राज्यका अङ्गहरूबाट हराइरहेका हुनाले उनीहरूको समस्याको सम्बोधन भइरहेको हुँदैन । मधेसले राज्यमा सीमित समुदायले हालीमुहाली गरिरहेको पारम्परिक विभेदको अवस्थालाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समावेशीकरणको एजेन्डा बोक्दै आएको हो । नयाँ संविधानले समेत राज्यसत्तासँग नजिकको सम्बन्ध रहेको तथा परम्परादेखि नै राज्यसत्तामा हावी रहेको वर्ग अझै पनि विकासको मूलधारसँग जोडिरहने र आउने लामो समयसम्म विकासको समग्र प्रतिफल त्यही वर्ग हितमा मात्र प्रयोग भइरहने आँकलन मधेसी संघर्षशील पक्षको छ । अहिले देखापरेको अभूतपूर्व राजनीतिक संकट यिनै मनोविज्ञानको उपज हो ।
संशोधनको राजनीति
एकथरीको मत छ– कुनै चिज गलपासो बन्न थाल्यो भने काट्न पछि पर्नु हुँदैन । तर फुत्काउन सकिन्छ र जोगाउन सकिन्छ भने टुक्र्याउन हतारिने किन ? गाँठो फुकाल्ने प्रयत्न हो, सुनियोजित क्रमिक संशोधन । अर्कोथरीको मत छ– मधेसलाई ‘इन्गेज’ गर्न हुन्न, बरु दिल्लीसँग ‘दिल’ लगाउन सकिन्छ, तर मधेसीहरूको ‘मन की बात’ कदापि सुन्नु हुँदैन । यिनीहरूको तर्कमा मधेसीका मनका कुरा असलमा मोदीका कुरा हुन् । यो दुई सोचको वैचारिक घर्षणमै संशोधनको राजनीति अँध्यारो गोलचक्करमा फँसिरहेको छ ।
यता मधेस आन्दोलन भित्रका रैथाने पहाडिया विरोधीहरूले आगोमा घ्यु थप्ने काम गर्दैरहे, उता अनुदार पहाडी मानसिकताले पनि अतिवादलाई मलजल गर्दै रह्यो । यहींबाट जटिलता थपिँदै गएको छ । संविधान निर्माण मस्यौदाको समयदेखि नै मधेसको हाँकले संकटग्रस्त तुल्याएको राष्ट्रिय राजनीतिलाई त्यतिखेर पनि थाती राखेर बढ्दै रहे, तीन–तीनजना त्यसउप्रान्त प्रधानमन्त्री बने, तर मधेसले चाहेको संशोधन हुनसकेन । खासगरी संविधानका रचनाकार तीन दलका नेताहरूले सरकार निर्माण र शक्ति बाँडफाँडमाथि मात्र दृष्टि केन्द्रित गरे र संविधानको जीवन्ततानिम्ति प्राय: अनुदार रहे । यो अवस्था पदलोलुप राजनीतिको चरमोत्कर्ष हो ।
दलदलमा फँसेपछि बाह्य डोरीको सहारा नभेट्टाएसम्म जति हातखुट्टा चलायो, उति नै डुव्दै जाने सामान्य ज्ञान नेपालमा डाडु–पन्यु बोकेका नेताहरूमा छै्रन भन्न सकिन्न । हुन त कूटनीतिमा जे भनिन्छ, त्यो गरिँदैन र जे गरिन्छ, त्यो भनिँदैन पनि भन्ने गरिन्छ । संविधान घोषणाको बेला संसद्भित्रै ठूला दलका ठूलाहरूले संशोधनप्रति प्रतिबद्धता राखेकै हुन्, खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री भएपछि तिनले त संशोधनका निम्ति एउटा उच्चस्तरीय समिति नै बनाए, प्रचण्डले संसद्मा प्रस्ताव दर्ता नै गरे ।
अहिले फेरि शेरबहादुर देउवाले वाचा गरेका छन् । तर २०७२ असोज ३ पछिको लामो समय बितिसक्दा पनि संशोधन हुनसकेन । आ–आफ्नो दलीय अनुकूलताका आधारमा राजनीतिक प्रतिक्रियात्मक चरित्र बोकिदिँदा संशोधनको राजनीतिले निकास पाउन गार्‍हो हुँदै गएको हो । मूलपक्ष के हो भने मधेसलाई तह लगाएर नत भारत वा चीनको आशिर्वादले मात्र राजनीति उँभो लाग्न सक्छ । यो दुइटै छिमेकी वा पश्चिमा मुलुकहरूलाई ठाउँमा राख्न राष्ट्रिय सहमतिको कूटनीति बाहेक अरु कुनै रणनीतिले काम गर्न नसक्ने कुरा स्वयम्सिद्ध छ । चुनाव सार्दै जानु, संशोधन छल्दै जानु समाधान होइन । संशोधनको राजनीतिलाई तत्कालका लागि पन्छाउन त सकिन्छ । तर कालान्तरमा परिस्थिति काबुभन्दा बाहिर जान सक्छ ।
अपरिभाषित र गन्जागोल
संविधान संशोधनमार्फत मधेसले काठमाडौंसँगको सम्बन्धलाई परिभाषित गर्न खोजेको हो । यो परिभाषित नहुँदा गन्जागोल बढ्दै गएको हो । निर्वाचनको राजनीति निकै पछि सुरु भएको हो । कुनै मधेस केन्द्रित दल चुनावमा होमिएका छन्, कुनै आन्दोलनमा ।
तर मधेसको असन्तुष्टि त संविधान निर्माण प्रक्रिया र त्यसका अन्तरवस्तुसँग सम्बन्धित छ, जो त्यतिखेरदेखि नै मुखरित हुँदै आएको हो । मधेसको असन्तुष्टिलाई त्यस क्षेत्रका नेता र तिनका कार्यकर्ताको अनुहार हेरेर मूल्यांकन गर्ने गल्ती काठमाडौंले गर्नुहुन्न । सुरुमा राष्ट्रिय जनता पार्टी (राजपा) आन्दोलनमा होमिँदैन होला, उपेन्द्र यादवको सहयोगविना आन्दोलनले गति नै लिँदैन होला भन्ने आँकलन काठमाडौंमा गरिँदै थियो । तर तुलनात्मक रूपमा पछिल्ला एक महिनामा मधेसमा चुनावी राजनीति गहिरिँदै गएको थियो, त्यो पछिल्लो दुई–चार दिनमै राजनीतिक तनावमा रूपान्तरित भएको छ ।
नेपालमा लोकतान्त्रिक प्रणालीमाथि विश्वास गर्ने र समावेशीकरणलाई लोकतन्त्रको अपरिहार्य अन्तरवस्तुका रूपमा स्वीकार गर्ने सबैले मानेकै विषय हो, मधेसको एजेन्डा जायज हो । भोलि राजपा आन्तरिक वा बाह्य कारणले चुनावी प्रक्रियामा संशोधनविना नै आबद्ध हुनपुग्यो भने पनि त्यो एजेन्डालाई बोकेर ढिलो–चाँडो अर्को शक्ति उदाउँछ नै । यतिखेर सन्तुष्टिको विषय यो हो कि कमसेकम राजपाका नेताहरू चिनिएका हुन् र तिनको प्रतिबद्धता मध्यमार्गप्रति छ । जसरी मधेसका असन्तुष्टिमा छिरेर द्वन्द्वका अखडा बनाउने व्यूह रचिँदैछ, त्यसमा मधेसको हातमात्र पोल्ने छैन, काठमाडौंको अनुहार पनि डढ्नेछ । किनभने असन्तुष्टिलाई औजार बनाएर जुर्मुराउने भूराजनीतिक मतियारका राजनीतिक प्रतिरोधको माध्यम शान्तिपूर्ण र मध्यमार्ग नहुन सक्छ ।
राजपाको काँध 
वर्तमान संविधानको अवसान दुइटा कारणले हुनसक्छ । पहिलो, संविधानले आफैभित्रको अन्तरविरोधलाई गोडमेल गर्न सकेन, आन्तरिक शक्ति पृथकीकरण र शक्ति अभ्यासलाई सन्तुलनमा ल्याउन सकेन, निश्चित समयभित्र तहगत निर्वाचन गर्न सकेन भने यो स्वत: असाध्य रोगी हुन्छ ।
दोस्रो, संविधानलाई स्वीकार गर्ने आयतन फराकिलो पार्न सकिएन भने बलजफ्तीले असन्तुष्टिको हिलाम्य बाटोमा लामो यात्राको गाडी गुडाउन सकिँदैन । राजपाले जेजति अडान लिएको छ, त्यो गलत हो भनेर भन्न सकिँदैन, तर यो भनिरहँदा राजपाले सोच्नुपर्ने केही पाटो अवश्य छ । राजपाले के यो संविधानको विकल्प सोचेको हो ? के राजपा आफ्नो काँधमा टेकेर कुनै दक्षिणपन्थी दाउ उभिने सम्भावनाप्रति सतर्क छ ? के उसले मध्यमार्गको राजनीतिक ‘स्पेस’ साँघुरो पार्न खोजेकै हो ? उसको काँध चढेर कुन शक्ति हौसिने हो, त्यसको ठेगान उसलाई छ कि छैन ? आन्दोलन उसको काबुमा रहन्छ कि रहँदैन ?
राजपाका महन्थ ठाकुर लगायत कतिपय नेताको नेपाली लोकतान्त्रिक गणतन्त्रनिम्ति लामो संघर्ष गरेको इतिहास छ । यस्तोमा यता र उताको उर्दी सुन्नुभन्दा पनि उनले आफ्नो विवेक प्रयोग गरेर अगाडि बढे त्यो बढी जनहितकारी हुनसक्छ । अहिलेको मूल सवाल भनेको संविधान जोगाउनका निम्ति महामृत्युञ्जय जप गर्नु हो र त्यसका निम्ति संविधानका मुख्य रचनाकार नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी शक्तिहरू माझको उच्च राजनीतिक समझदारी र भावी मार्गचित्रको अभिरेखांकन गर्नु नै हो । यसमा को संसद्को गणितमा पक्षमा छन् कि प्रतिपक्षमा छन् भन्ने छुट्याउनु हुँदैन । किनभने संसद्मा सहमतिको ‘फ्युज’ गएका कारण राज्यका अन्य अङ्ग/निकायहरूमा समेत बत्तीको उज्यालो मधुरो हुँदै र अँध्यारो बाक्लिँदैछ ।
प्रकाशित: असार १, २०७४


http://bit.ly/2sujGmn