parerak parsang 2

भारतको पुनाको एक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको थियो । मुख्य द्वारमा एक स्वयंसेवक बसेको थियो । उसलाई निमन्त्रणापत्र हेरेर आउने अतिथिलाई यथास्थानमा बसाउने जिम्मेवारी दिइएको थियो । त्यस कार्यक्रमका प्रमुख अतिथि थिए, मुख्य न्यायाधीश महादेव गोविन्द रानडे । जब रानडे विद्यालयको द्वारमा पुगे, स्वयंसेवकले शालीनतापूर्वक उनलाई रोक्यो र निमन्त्रणापत्र माग्यो ।

'बाबु, मसँग त निमन्त्रणापत्र छैन,' रानडेले भने ।

'त्यसो भए माफ गर्नुस्, तपाईं भित्र जान सक्नुहुन्न,' स्वयंसेवकले नम्रतापूर्वक उनलाई रोक्यो ।

ढोकामा प्रमुख अतिथिलाई देखेर स्वागत समितिका केही सदस्य त्यहाँ आए र उनलाई मञ्चतिर लैजाने प्रयास गरे । तर, स्वयंसेवकले उनीहरूलाई रोक्दै भने, 'श्रीमान्, मेरो कार्यमा यदि स्वागत समितिका सदस्यले नै भाँजो हाल्न थाल्नुभयो भने मैले आफ्नो कर्तव्य कसरी निभाउन सकुँला ? चाहे जति नै ठूलो अतिथि किन नहून्, तिनको साथमा निमन्त्रणापत्र हुनु अनिवार्य छ । भेदभावको नीति मेरा लागि अस्वीकार्य छ ।'

ती स्वयंसेवक पछि गोपालकृष्ण गोखलेको नामले प्रसिद्ध भए, जसको नाम भारतमा अत्यन्त श्रद्धाका साथ लिइन्छ ।