jibish ko peski farchut bhayen

पेस्की फछर्र्योट नहुँदा विकास ठप्प

२०६७ - माघ - १५

राजधानी संवाददाता
महोत्तरी, १५ माघ
जिल्ला विकास समिति महोत्तरीले पंचायती देखि गणतन्त्र व्यवस्था सम्मका विभिन्न जनप्रतिनिधि राजनितिकर्मी र कर्मचारीबाट पेश्की रकम फछर्योट गर्न नसक्दा तीन दर्जन भन्दा बढी विकास योजना प्रभावित भएको छ ।
जिविसका लेखाशाखा अनुसार कर्मचारीतर्फ९५ लाख ५५ हजार ५ सय ४६ रुपैया, पदाधिकारीतर्फ३६ लाख ६७ हजार ५ सय ८४, सँघ संस्था, उपभोक्ता समितितर्फ४ करोड ७ लाख ५६ हजार ७ सय ६७ रुपैया मन्त्री पर्ूव मन्त्री र सभासदतर्फ२ करोड २२ लाख, गाविसतर्फ४ करोड ८ लाख, निर्माण समिति तर्फ१ करोड ३ लाख, कार्यालय तर्फ३९ लाख रुपैया र अन्य तर्फव्यक्ति गरी २७ करोड १६ लाखको रुपैया पेश्की फर्र्छोट नभएपछि जिल्ला विकास निर्माण योजनाहरु प्रभावित भएको हो ।
जिविसका अनुसार पेश्की फर्र्छोट नगर्नेमा पर्यटन र नागरिक उडयन मन्त्री सरदसिंह भण्डारी, युवा तथा खेलकुद मन्त्री गणेश नेपाली सहित १२ जना सभासद १ सय ८७ पर्ूवपन्च, ७६ गाविस १ सय ५५ जना व्यक्ति, १ सय ८१ कर्मचारी, १७ वटा सरकारी कार्यालय, ९ जना ठेकेदार रहेका छन् ।
घटदो आम्दानी, विकास निर्माण, कर्मचारी को तलब तथा सभा सामारोहमा भएका खर्चको भार झेल्न जिविसले बेरुजुको खोजी शुरु गरेको हो । पेश्की लानेलाई असूलीमा कर्डाई नगरेका कारण पनि फरफारकमा समस्या भएको जिविस स्रोतले बताएको छ ।
बजेटको परिधि भित्र नरही निश्चित आधारविना आर्थिक सहयता दिएको, घरको फोन तथा विधुतको महसुल पनि कार्यालयबाट तिरेको अतिथि सरकारमा अध्यधिक खर्च गरेको कारण पेश्की बढेको हो । जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी राजनदेव पाण्डले पेश्की फर्र्छोटका लागि जिविसले आवश्यक प्रक्रिया बढाइएको बताए । तर उनले राजनितिकर्मीका नाममा रहेको पेश्कीबारे केही बोल्न चाहेनन् ।