ज्वाला सिंह समुहले महोत्तरीको सोनमाबाट सदभावनाका एक जना कार्यकर्तालाई अपहरण गरे
Print Feed() Commentsसन्तोष सिंह
जनकपुर , फागुन १५ गते । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहले आइतबार महोत्तरीको सोनमाबाट सदभावनाका एक जना कार्यकर्तालाई अपहरण गरेको छ । सोनमा-३ बस्ने ३५ वषिर्य फकिर अंसारी खेत हेर्न गएको समयमा अपहरणमा परेको महोत्तरीका प्रहरी प्रमुख संजयराज शर्माले बताए । मोर्चा बिरुद्ध सुराकी गरेको आरोपमा अंसारीलाई अपहरण गरिएको एरिया इन्जार्च जिवन त्यागीले जिम्मेवारी लिएका छन् ।
अपहरण कार्यमा संलगन रहेको आशंकामा सोनमा ७ बस्ने इजलास नदाफलाई अनुसन्धानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अपहरीत अंसारीको खोजिका लागि प्रहरी टोली खताईएको प्रहरी प्रमुख शर्माले बताए ।
यता मानवअधिकार जवाफदेहिता तथा निगरानी समिति महोत्तरीका सहसंयोजक महेशकुमार दासले विज्ञप्ति जारी गर्दै अपहरितको अवस्था पत्ता लगाई दिन सम्बन्धित सबै पक्षसंग आग्रह गरिएको छ ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment