
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Monday, August 11, 2014
श्रीकृष्णको सम्झनामा स्तब्ध राजधानीबासी
श्रीकृष्णको सम्झनामा स्तब्ध राजधानीबासी
२६ साउन, काठमाडौं । उपचारका क्रममा भारतमा निधन भएका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याइएको छ ।
आज अपराहृन उनको पार्थिव शरीरलाई काठमाडौं ल्याइएको हो । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्याइएको छ ।
उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । समर्थकहरुलाई प्रहरीले मुल गेटमा रोकेको थियो ।
उनीहरु शवयात्रामा सहभागी भएका छन् । उनको पार्थिव शरीरलाई गाडीमा राखिएको छ । शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएको छ ।
श्रीकृष्ण पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ । जहाँ अहिले सायौं समर्थक पुगिसकेका छन् । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल समेत जानेछन् ।
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।
- See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.3AxgtPnB.dpuf

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment