संसदमा नेपाली भाषामै मोदीको सम्बोधन: विजुली किन्न चाहन्छौं, नि:शुल्क होइन

संसदमा नेपाली भाषामै मोदीको सम्बोधन: विजुली किन्न चाहन्छौं, नि:शुल्क होइन

२०७१ साउन १८ गते १६:२० मा प्रकाशित
modi-in-ca
१८ साउन, काठमाडौं । भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पानी र बिजुली भारतले सित्तैमा लिन नखाजेको स्पष्ट पारेका छन् । नेपालको संविधानसभा व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने ‘जसरी हामी बिजुली सित्तैमा होइन किन्न चाहान्छौं, तपायहरुको पानी लिएर जान चाहदैनौं’ ।
उनले नेपालमा जन्मेका बुद्धले जसरी बिचारको पकाशमा मनको अँध्यारो हटाएका थिए त्यसैगरि बुद्धको जन्मभूमी नेपालले हिन्दूस्तानको अँध्यारो हटाउन सक्ने बताए । ‘नेपाल पानीको शक्तिको यस्तो धनी छ, जसले बिजुलीको माध्यमबाट आज पनि हिन्दूस्तानको अँध्यारो हटाउन सक्छ’ उनले भने ।
एउटा परम्परागत उखान जोड्दै मोदीले पानी र जवानी पहाडमा कहिल्यै नटिक्ने बताए । तर अब त्यो उखान परिवर्तन गर्ने बेला आएको समेत उनले बताए । ‘पहाडमा पानी बस्न सक्दैन तल बगेर जान्छ, जवानी पनि धेरै समय बस्न सक्दैन, किनकी जवान भएपछि मान्छेहरु रोजिरोटीका लागि तल र्झछन’ मोदीले भने ‘तर हिन्दूस्तान नेपालको पानी र जवानीलाई यहिँको हितमा प्रयोग गर्न सघाउन चाहान्छ’ ।
मोदीले भारतलाई मात्रै बिजुली बचेेर पनि नेपाल सम्बृद्ध मुलुक बन्न सक्ने बताए । ‘हामी तपाइहरुसँग जोडिन चाहान्छौं, अहिले तपाइहरुको अँध्यारो हउटाउन हामी सघाउछौं अब १० वर्षपछि हिन्दूस्तानको अँध्यारो तपाइहरुले हटाइदिनुहुनेछ’ । उनले अहिले नेपाललाई भारतले दिदै आएको बिजुलीमा दोब्बर गर्न ट्रान्सफरमर लाइन थप्न पहल गर्ने आश्वासन दिए ।
संसदलाई नेपालीमै यसरी सम्बोधन गरे मोदीले