हामीले यो मौका चुकायौं

हामीले यो मौका चुकायौं

२०७२ माघ १२ गते १३:२८ मा प्रकाशित
अधिवक्ता दिपेन्द्र झा
पहिलो कुरा त यो संविधान संशोधनको प्रकृयामा मधेसी दलहरुले सहभागिता जनाएनन् । जसले गर्दा आन्दोलनकारीले यो संशोधनको स्वामित्व लिनसक्ने अवस्था रहेन र हामीले यो पनि मौका चुकायौं ।
Dipendra Jhaदोश्रो विषय भनेको मिनेन्द्र रिजालले दर्ता गर्नुभएको संशोधन प्रस्तावले अन्तरिम संविधानको भावना र मधेसी दलहरुको अपेक्षालाई समेट्ने अवस्था छैन् । संशोधनको लागि गरिएको प्रस्तावमा जनसंख्यालाई मुख्य आधार र भूगोललाई सहायक आधार मान्ने भन्ने कुरा राखिएको छ । भूगोललाई सहायक आधार मान्नको अर्थ के हो ? यसको व्याख्या भोली कसरी हुने ? जनसंख्या र भूगोलको अनुपात के हुने ? यो खुल्ला बिषय रहयो, जसलाई भोली ऐन बनाउँदा फेरि यही किचलो देखिने ठाँउ छोडियो । यसकारण यस संशोधनलाई ठोस उपलब्धीको रुपमा लिन सकिदैन ।
त्यस्तै यो संसोधनको मुख्य धारा ८४ को उपधारा १(क) जसमा सरकारी प्रस्तावनै राखिएको छ, केवल धारा २८६ को उपधारा (५) मा मिनेद्र रिजालजीको संसोधन पास गरिएको छ । जुन यस प्रकारको छः नेपालको संविधानको धारा २८६ को उपधारा (५) को सट्टा देहायको उपधारा (५) राखिएको छः “(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १(क) को अधीनमा रही जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधित्वको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । प्रदेश भित्रका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र रहनेछन् ।”
जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधित्वको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार मान्नु तथा प्रदेशको प्यारामिटर स्वीकार गर्नु विगतको भन्दा एक कदम अगाडी बढनु हो । तर मुख्य बिषय भनेको प्रदेश न ५ र ७ को हो । यी प्रदेशहरुमा जिल्लाको एक जिल्ला न्युनतम गर्ने हो भने तराईका जिल्लाहरुमा बढि जनसंख्या छ र पहाडका जिल्लाहरुमा कम जनसंख्या । खासगरी प्रदेश न ७ मा त झन कैलाली कंचनपुरको जनसंख्याले माथिका सुदुर पहाडी जिल्लाहरुको कम्तीमा एकसिटको मापदण्ड पुरा गर्न भाग पुर्याउनु पर्ने हुन्छ । प्रदेशको आधार पनि राखिएको छ, पछि फेरि जिल्ला पनि थपेको छ । यदि प्रदेशकै आधार लिने हो भने जिल्ला किन राख्नु पथ्र्याे ? यसकारण यो सैद्धान्तिक हिसाबले पनि नमिलेको देखिन्छ ।
अहिलेको संशोधनले मधेशले कम्तीमा पनि ८० सिट पाउने जुन समाचारहरु आएका छन् तिनीहरुलाई सोध्ने प्रश्न के हो भने कुन मधेशले ८० सिट पाउने, मधेश भन्नाले कुन कुन जिल्ला पर्ने र कँहासम्मको भुभाग बुझाउने त ? कि प्रदेश नं. २ को आठ जिल्ला मात्र हो ? कुन आधारमा ८० सिट निकालेको ? प्रदेश नं. २ वाहेक मधेशका १२ जिल्ला चार भागमा पर्छ, प्रदेश न १, ५ र ७ मा जहाँ निर्वाचन क्षेत्रको निर्धारण प्रदेशको आधारमा हुने छ र यी प्रदेशहरु पहाडका जिल्लाहरुसंग जोडिएका छन्, यसकारण प्रदेशको सिमांकन परिमार्जन नगरिकन मधेशले अहिले हिसाब गरिएको ८० सिटको लाभ उठाउन सक्दैन । यसकारण मनोगत हिसाव नगरौं । प्रदेशको सिमांकनसँग यो बिषय झन जोडियो अथवा मधेशमा दुइ प्रदेश नहुँदासम्म यो ८० सिटको लाभ पाउन पनि सकदैन ।
डा. फर्मुला मन्सूरको प्रस्ताव
त्यस्तै डा. फर्मुला मन्सूरले धारा ४२(१) को संशोधनको लागि गर्नुभएको प्रस्तावमा समानुपातिक शब्द मात्रै थपिएको छ । क्लस्टर घटाइएको छैन । अन्तरिम संविधानको क्लस्टरमा थारु, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक थपेर संशोधन प्रस्ताव गरेको भए राम्रो हुन्थ्यो । यसले अन्तरिम संविधानको भावनालाई समेट्न सक्थ्यो । साथै आन्दोलनरत मधेसी दलहरुले उठाउँदै आएको समानुपातिक समावेशीको मागलाई पुर्णरुपेन सम्बोधन गर्न सक्थ्यो ।
खैर, समावेशीको अगाडि समानुपातिक थप्नु आफैमा उपलब्धि हो । किसान, श्रमिक र आर्थिक रुपले विपन्न खसआर्यजस्ता शब्दावली जुन सबै समुदायमा हुन्छन्, त्यो राख्नुले कुनै खास अर्थ दिँदैन । यसले सकारात्मक विभेदको सिद्धान्तलाई पूर्ण रुपमा सम्बोधन गर्न सक्दैन ।
उक्त प्रस्तावमा आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका सीमान्तकृत समुदायको हकमा मात्रै हुनुपर्ने थियो । त्यस्तै अन्य समुदायको हकमा शैक्षिक, सामाजिक, आर्थिक रुपले पछाडि परेको हुनुपर्ने र खसआर्यको हकमा आर्थिक रुपले विपन्न खसआर्य भएपुग्ने फरक मापदण्ड अलि नसुहाउने भयो । गरीब त सवै समुदाय हुन्छ नि होइन र ? नेपाल जस्तो देशमा गरीबीको मापदण्ड के हुने त ? सदीयौँदेखि मूलधारमा अत्यधिक उपस्थित रहेको समुदायलाई आरक्षणमा राख्नु कतिको जायज हो ? यसकारण यो अमूर्त शब्दावलीलाई हटाएर सच्याइएको भए राम्रो हुन्थ्यो । यो संशोधनले पनि अदालतलाई व्याख्याको अवसर छोडेको छ ।
यस कारण विमलेन्द्र निधिजीको संशोधन प्रस्तावलाई स्वीकार गरेको भए सबैको भावनालाई समेटथ्यो र अन्तरिम संविधानको भावना अनुरुप हुन्थ्यो । साथै आन्दोलनरत मधेसीको दलले पनि स्वीकार गर्न बाध्य हुन्थ्यो ।
निर्वाचन क्षेत्र निर्धारणको सवालमा मधेसी लगायत सिमान्तकृत समुदायको प्रतिनिधित्व बढाउन, राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट न्युनतम १ सीट राखि बाँकी जनसंख्याको आधारमा गर्नु पर्छ ।
प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको प्रतिशत बढाउनु पर्ने, अहिले प्रस्तावित धारा ४२ मा समानुपातिक समावेशीको क्लास्टर घटाउनु पर्ने र तराई मधेसमा दुई प्रदेश हुने गरी नफेरिकन निर्वाचन प्रणाली संशोधनको लाभ उठाउन सक्दैन ।
- See more at: http://www.onlinekhabar.com/2016/01/379866/#sthash.8k63vIui.dpuf

शितलहर प्रभावितलाई सेनाले बाँडे दाउरा र चिया


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १२ गते । केही दिनदेखिको लगातार हुस्सु र कुहिरोको कारण जनजीवन प्रभावित बन्दै गएपछि मंगलबार बिहानै नेपाली सेनाले जिल्लाको सदरमुकाम जलेश्वरमा दाउरा तथा चिया वितरण गरेका छन् ।
सदरमुकामका शितलहर प्रभावितहरुलाई परिकौलीस्थित फस्ट राईफल गणका नेपाली सेनाले सदरमुकाम जलेश्वरको दुर्गाचोक, भारीटोल सहित परिकौली चोकमा दाउरा तथा चिया वितरण गरेको हो ।
विहानै विहानै कामका लागि निस्केका मजदुरहरुले दाउराबाट बालिएको आगो तापेर तथा चिया खाएर राहतको महसुस भएको जनाएका छन् ।





विगत ३ दिनदेखि जारी शितलहरका कारण सदरमुकाम र जिल्लाका ग्रामिण भेगका जनताहरु प्रभावित बन्दै गएपछि केही राहत भएपनि दाउरा तथा चिया वितरण गरिएको फस्ट राईफल गणका गणपति पवन खत्रीले जानकारी दिनुभयो ।
तिन दिनदेखि पश्चिमी हावाको कारणले हुस्सु र कुहिरो लाग्ने गरेको छ भने तापक्रम पनि घटदै गइरहेका छन् । मंगलबार बिहान तापक्रम ६ डिग्री रहेको थियो ।
शितलहरीको कारणले चिसो बढेपछि यसबाट सबभन्दा बढी प्रभावित बालबालिका तथा वृद्धवृद्धा देखिएको छ ।
यता, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले स्थानीयहरुलाई चिसोबाट बचाउन वन कार्यालय र नगरपालिकालाई दाउरा वितरणको निर्देशन दिइसकिएको वताउनुभयो । तर उहाँको निर्देशनको पालना अहिलेसम्म भएको देखिएको छैन् ।

अव विदेशिनु पर्दैन, स्वदेशमै ई रिक्साको सहारा

रंजन भण्डारी
जलेश्वर,माघ ११ गते ।


जलेश्वर ५ का मुन्ना पासमान २०१४ मा कतारवाट ३० महिना कमाएर फर्केका युवा हुन । कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गरेका उनले स्वदेशमै ३० हजारको हाराहारीमा मासिक कमाउछन । जसमध्ये करिब २० हजारको मासिक ऋण तिरेर १० हजारले घरपरिवार चलाउछन ।

स्वदेश फर्किएको  करिव एकवर्ष त्यसै विताएका उनलाई फेरिपनि विदेश जान घरपरिवारवाट दवाव आईरहेको वेला साथीहरुको सल्लाहमा दुई लाख पचासी हजारमा उनले ई रिक्सा किने र अहिले दैनिक हजार रुपयाको हाराहारीमा कमाउछन । गत वर्ष नै विहे गरेका उनको एउटा छोरा छ । आमा वुवाको दोस्रो सन्तान उनी जम्मा ६ भाईबहिनी छन । वुवा समेत वैदेशिक रोजगारमा रहेकोले वुवा फर्केपछि वुवालाई समेत यहि काम गर्न आग्रह गर्ने उनी बताउछन । उनी जस्तै महोत्तरीका विभिन्न शहर तथा गाउमा कृषी,फर्म,पसल,उद्योग आदी खोलेर वसेका विदेशवाट फर्केका युवाहरु भने विदेश भन्दा स्वदेशकै कमाई राम्रो रहेको बताउछन ।


उनी जस्तै जलेश्वरमा ई रिक्सा चलाउने युवा्हरु दर्जन भन्दा माथी छन । सो मध्ये धेरै वैदेशिक रोजगारवाट फर्केकाहरु हुन । ई रिक्सामा कमाई राम्रो भएपनि खरिद गर्दा महंगो मुल्य तिर्नु पर्ने,साहुको चर्को व्याज र खराव सडकले भने वचत भने जति हुन नसकेको रिक्सा चालकहरु वताउछन । साथै खराव सडकका कारण व्याट्री चाडै सकिने समस्याहरु रहेका छन ।

नेपालमै सवैभन्दा वढी विदेसिने युवाहरुको दोस्रो जिल्लाको रुपमा परिचित महोत्तरीलाई भने रोजगार सम्पन्न जिल्लाको रुपमा विकाश गरिनु पर्ने र यसका लागि सरकारले समेत विभिन्न शिपमुलक तालिमका साथै सहुलियत व्याजदरमा ऋणको व्यवस्था तथा रोगजार प्रयोजनका लागि खरिद गरिने ईरिक्सा,रिक्सा जस्ता साना साधनको मुल्य समेत कम गर्नुपर्ने  देखिन्छ ।

माँग पुरा नभए देश कठिन मोडमा जाने ः अनिल झा

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ११ गते । नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले मधेशको माँग पुरा नभए देश कठिन मोडमा जाने वताउनुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीका संस्थापक अध्यक्ष एवं मधेश आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको १५ औं पुण्यतिथीको अवसरमा आयोजित मधेश आन्दोलन र गजेन्द्रपथ विषयक विचारगोष्ठीमा उहाँले सो कुरा वताउनुभएको हो ।

उहाँले कठिन मोडमा जाने भनेको देश टुक्रिने होईन की देश असफल बन्ने खतरा रहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँच महिनाभन्दा लामो बन्दको कारणले देशमा १२ खर्बभन्दा बढीको घाटा भइसकेको र अझै आन्दोलन लम्बिने हो भने देश असफल बन्ने खतरा रहेको छ ।’


राष्ट्रिय अध्यक्ष झाले म आफै उद्योग मन्त्री भईसकेको कारणले पनि मेरो अनुभव रहेको बताउनुहुदै भन्नुभयो, ‘ देश जति धेरै घाटामा जान्छ देश फेल्ड हुने खतरा त्यत्तिकै नै हुन्छ ।’ उहाँले देशलाई असफल हुनबाट बचाउन मधेशको माँग पुरा गरेर सरकारले जिम्मेवारी देखाउनुपर्ने जिकिर गर्नुभयो ।

सरकार, सरकारमा सामेल दल र प्रतिपक्षी समेतले मधेश आन्दोलनमा जनताको उपस्थिती कम भईरहेको भन्नु अल्पज्ञान रहेको आरोप लगाउनुहुदै अध्यक्ष झाले स्थानीयको सहभागिता आन्दोलनमा नभए पाँच महिना भन्दा बढी दिनको आन्दोलन कसरी सफल भईरहेको छ ? प्रश्न गर्नुभयो ।

मधेशमा आन्दोलनरत मधेशवादीदलहरुको विरोधका वावजुद संविधान संशोधन विधेयक पारित आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनुहुदै उहाँले भन्नुभयो, ‘यो विधेयकले मधेश आन्दोलन र मधेशका शहिदहरुको मांगलाई सम्बोधन गर्न सक्दैन्, हामी अझै आन्दोलन गर्नुको विकल्प छैन ।’

उहाँले मधेशमा आन्दोलनको एकमात्र विकल्प नाकावन्दी रहेको बताउनुहुदै आफ्ना कार्यकर्ताहरुलाई माँग पुरा नभएसम्म नाकावन्दीलाई जारी राख्न निर्देशन समेत दिनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष संजय सिंहको अध्यक्षतामा भएको विचारगोष्ठीमा सदभावनाका महासचिव सुनिल रोहित, कौशलेन्द्र मिश्र, केन्द्रीय सदस्य रमन पाण्डे, सुरेश सिंह, सत्यनारायण साह, युवामञ्चका केन्द्रीय अध्यक्ष रोशनसिंह राणा, अनुशासन समितिका दीपककुमार झा, पूर्वमन्त्री तथा तमलोपाका केन्द्रीय सदस्य गणेश नेपाली, संघीय समाजवादी फोरमका विजय राय, सदभावना पार्टी नेपालका जिल्ला सचिव धर्मेन्द्र राय, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, नागरिक समाजका केदारनाथ पाठक, अधिवक्ता महेन्द्र सिंह लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

विचारगोष्ठी पूर्व सदभावना पार्टी महोत्तरीले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको पार्टीका केन्द्रीय महासचिव सुनिल रोहितले जानकारी दिनुभयो ।

रक्तदान गर्नेहरुमा रतनकुमार झा, दिपककुमार झा, सुनिल रोहित, सुवोधकुमार झा, उदयकिशोर झा, सर्वेश झा, विजयकुमार झा, ईश्वरनारायण चौधरी, चन्द्रकुमार यादव, विनयकुमार सिंह, नरेश सिंह, जिवछ मिश्र, रामदिनेश यादव, तेजनारायण मंडल, लालबाबु साह, रामकृपाल साह, जयनारायण महतो र रमण पाण्डेय रहनुभएको जनाइएको छ ।

पाँच महिनापछि बस सेवा सुचारु

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । मधेश आन्दोलनको कारण महोत्तरीमा पाँच महिनाभन्दा बढी समयदेखि बन्द रहेको बससेवा वुधबारदेखि सुचारु भएको छ ।

साउन महिनाको अन्तिम हप्तादेखि बन्द रहेको बस सेवा वुधबारबाट सुचारु भएपछि स्थानीयबासीहरु हर्षित भएका छन् ।

बस सेवा सुचारु नहुँदा जिल्लाबासीहरुलाई महँगो भाडादर तिरेर गन्तव्यमा जानुपर्ने वाध्यता रहँदै आएको थियो । बससेवा अभावमा स्थानीयहरु लामो दुरीमा मोटरसाईकल तथा सानो दुरीमा ईरिक्सा तथा साईकल प्रयोग गर्ने गरेका थिए ।

विस्तारै विस्तारै बाजार तथा आर्थिक क्षेत्र खुल्न थालेपछि बस व्यवसायीहरुले बस खोल्ने निर्णय गर्दै बस सुचारु गरेका हुन् ।

वुधबारदेखि जनकपुरदेखि भिठामोड, जलेश्वरदेखि मटिहानी तथा जलेश्वरदेखि बर्दिबाससम्मको यातायात सुचारु भएको छ भने राजधानी जाने बसहरु पनि वुधबारबाटै सञ्चालनमा आउने जनाईएको छ ।

यता, बस संचालन भएको सम्बन्धमा संयुक्त मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष अभिराम शर्मासंग जिज्ञासा राख्दा उहाँले बन्दको अवज्ञा गरिएको बारे आफुहरुलाई थाहा नभएको बताउनुभयो । उहाँले आफुहरुलाई यसबारे आधिकारिक थाहा नभएको तर धनुषाको मोर्चाको सहयोगमा बस व्यवसायीहरुले वुधबारदेखि बस सुचारु गरेको हुन सक्ने वताउनुभयो । यसबारे थप बुझिरहेको उहाँको कथन थियो ।

पाँच महिनाभन्दा लामो बन्दीको कारणले अन्य क्षेत्रहरु कहिल्येकाँही खुलेपनि बससेवा भने पूर्णतः बन्द रहँदै आएको थियो । नाका, बजारहरु खुल्न थालेपछि बस सेवा पनि खोलिएको हो ।

साउन २९ गतेदेखि नै यसक्षेत्रमा बस सेवा पूर्णतः ठप्प रहँदै आएको थियो । बस सेवा सुचारु भएपछि सरकारी कार्यालयहरु पनि बिहीबारदेखि खुल्ने अनुमान गरिन थालिएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा पाँच महिनादेखि सम्पूर्ण सरकारी कार्यालयहरु ठप्प रहेका छन् ।

बालकको हत्या गरिएको शोकमा महाविरी झण्डा स्थगित

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ५ गते । बालकको अपहरण पश्चात हत्या गरिएको शोकमा महोत्तरी जिल्लाका भटौलिया गाउँकाहरुले माघ ५ गते मंगलबारबाट शुरु हुने भनिएको महाविरी झण्डा अनिश्चितकालको लागि स्थगित गरेको छ ।

गाउँका एक बालकलाई महाविरी झण्डाकै विवादको कारणले अपहरण पश्चात हत्या गरेको कारणले झण्डा अनिश्चितकालको लागि स्थगित गरेको प्रयास महोत्तरीका संयोजक तथा स्थानीय प्रविणकुमार कर्णले जानकारी दिनुभयो ।

जिल्लाको भटौलिया २ निवासी रविन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई गत आईतवार अपहरण गरि हत्या गरी शवलाई गाँडेको अवस्थामा प्रहरीले पुस २८ गते मंगलबार बिहान वरामद गरेको थियो । चिरञ्जीवीका वुवा रविन्द्र महाविरी झण्डा आयोजना समितिका अध्यक्ष रहनुभएको थियो ।

समितिका पदाधिकारीहरुसंग गाउँकै केही युवाहरुको आर्केष्ट्रा ल्याउने विषयमा विवाद भएको र सोही विवादको कारण उनको ८ वर्षिय छोराको हत्या भएको शोकमा गाउँलेहरुले महाविरी झण्डा अनिश्चितकालको लागि स्थगित गरेका हुन् । यद्यपी प्रहरीले भने पैसाको कारण उनको हत्या भएको जानकारी दिएका थिए ।

स्थानीय प्रविणले झण्डा निर्माणको काम ९० प्रतिशत सकिएको जानकारी दिनुहुदै झण्डाकै विवादलाई लिएर बालकको हत्या भएकोले गाउँलेहरुले तत्कालका लागि कार्यक्रम स्थगित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ नै दुःखमा डुबेको छ, अनि कसरी शुभ काम गर्ने त ? त्यही भएर झण्डा तत्कालको लागि स्थगित गरिएको हो ।’

जेनिसको हत्या अभियोगमा प्रहरीले भटौलिया गाउँकै वडा नं. ३ वस्ने वर्ष १९ को अनिस कुमार साह, सोहि गाविस वडा नं. २ वस्ने वर्ष २१ को सुधिर कुमार साह र वडा नं. १ बस्ने बर्ष १८ को सावीर अंसारीलाई पक्राउ गरिसकेको छ । उनीहरुले आफुहरुले हत्या गरेको स्विकार गरिसकेको कारणले उनीहरुमाथि मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

केही दिन यता महोत्तरीमा बालकको अपहरण पश्चात हत्या गर्ने क्रम शुरु भएको छ । तिन दिन अगाडी मात्रै जलेश्वर नगरपालिका वडानं. १२ मलिवाडाका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरिएको थियो । निश्चलको हत्या गरिएको शव भने आईतबार राति प्रहरीले गाँडेको अवस्थामा वरामद गरेको छ भने घटनामा संलग्न चारजनालाई पक्राउ गरिसकेको छ । 

प्रयास

एक बार एक गांव में बड़ी  भयंकर  आग लग गई . सभी गांव के लोग उसको भुजाने में लग गए . सभी पानी ला रहे थे . वहा पर एक चिड़िया भी थी वह अपनी चोंच में पानी भर भर कर ला के उस आग में डाल रही थी वहा पर एक कौवा भी बैठा हुआ था उसने चिड़िया का परिहास उड़ाते हुए कहा अरे मुर्ख चिड़िया तू कितनी भी कोशिश करले तेरे पानी डालने से ये आग नहीं भुजेगी तू पागलो जैसा काम कर रही हैं इसलिए तू व्यर्थ में परिश्रम मत कर यहाँ इसका कोई भी महत्व नहीं हैं
उस काग की बात सुनकर उस प्यारी सी चिडया ने कहा यह मुझे पहले से ही पता हैं लेकिन भविष्य में जब भी इस आग का जिक्र होगा तब मेरी गिनिती आग भुझाने वालो में होगी और धूर्त तेरी गिनती आग का तमाशा देखने वालो में होगी. चिड़िया की बात सुनकर कौवा दुखी हुआ और उसे चिडया की भावना का पता चला  गया की चिड़िया ने कम से कम प्रयास तो किया मैंने तो ये प्रयास भी नहीं किया

मुखमा पट्टी बाँधेर युवाहरुले दिए श्रद्धाञ्जली

  • महोत्तरी समाचारदाता

जलेश्वर, माघ ६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. १२ मलिवाराका ११ वर्षिय बालक क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरी हत्या गरिएको विरोधमा जलेश्वरका युवाहरुले मुखमा पट्टी बाँधेर मैनबत्ती बाल्दै श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।
सदरमुकाम जलेश्वरको दुर्गाचोकमा सयौंको संख्यामा स्वस्पूर्mत रुपमा सहभागी भएका युवाहरु तथा वुद्धिजीवीहरुले महोत्तरीमा श्रृखलावद्ध रुपमा बालबालिकाहरुलाई अपहरण गरी हत्या गर्ने क्रम चलेको विरोध गदैं यस्तो गरेको हो ।
मानवअधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले ‘या त चुप लाग, या त बोल’ सन्देश दिन मुखमा पट्टी बाँधेर दुर्गाचोकमा महोत्तरीका दुई बालकको अपहरणपश्चात हत्या गरेको विरोध र शोकमा श्रद्धाञ्जली दिइएको वताउनुभयो ।
भण्डारीले भन्नुभयो, ‘दुईटा बालकको अपहरण पश्चात हत्या भएपनि कुनै पनि सरोकारबालाहरुले नबोलेपछि बाध्य भएर युवाहरुलाई अगाडी आउनु परेको  छ ।’ अब युवाहरुले यस्तो खालका कार्यक्रमहरुलाई निरन्तरता दिदैं दोषीलाई कडा भन्दा कडा कारवाही गर्न तथा यस्ता खाले घटना रोक्न दवाव श्रृजना गर्ने उहाँको कथन थियो ।


पुस ३० गते बिहीबार साँझ भिठामोडस्थित बुवाको पसलबाट घर जान हिडेका जलेश्वरनगरपालिका वडानं. १२ मलिवाराका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरेर सोही राति हत्या गरिएको थियो ।
निश्चलको हत्याको आरोपमा प्रहरीले जलेश्वर नगरपालिका वडानं. १ बस्ने वर्ष २७ को पप्पु यादव, वडानं. ६ बस्ने वर्ष २० का गोबिन्दकुमार मिश्र, वडानं. १२ मलिवाडा बस्ने वर्ष २७ को सरोज पाण्डे तथा सोही वडा बस्ने वर्ष ३१ को संजीव मिश्रलाई पक्राउ गरेको थियो । उनीहरुकै वयानको आधारमा निश्चलको शव आईतबार राति ११ बजे जलेश्वर नगरपालिका वडानं. १३ धवौली नजिकै रातो खोलाको किनारमा रहेको खरघारीमा गाडीएको अवस्थामा वरामद गरेको थियो ।
यो घटनाको एकहप्ता अगाडी मात्रै जिल्लाको भटौलिया गाविस वडानं. ८ बस्ने रवीन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई पनि अपहरण पश्चात हत्या गरिएको थियो ।
महोत्तरीमा बालकको अपहरण र हत्या गर्ने क्रमबढेपछि त्रास बढदै गएको छ । अभिभावकहरुले बालकहरुलाई जथाभावी नजान, नचिनेको व्यक्तिसंग नजान तथा घरमै रहन सल्लाह दिने गरेको जलेश्वरका युवा विजय रायले बताउनुभयो । उहाँले यस्तोमा युवाहरुले घटनालाई रोक्न सम्बन्धित निकायलाई दवाव श्रृजना गर्नुपर्ने कारणले युवाहरु अगाडी आएको बताउनुभयो ।
उहाँले चुप्प लागेर बस्नु भन्दा युवाहरुलाई अगाडी आउनुपर्ने आवश्यकतामा जोड दिनुहुदै निरन्तर दवाव कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई औंल्याउनुभयो ।
उहाँले मधेश आन्दोलनको बाँछिटाले यस्तो कार्यलाई अगाडी बढाएको देखिएकोले मोर्चाका नेताहरुले पनि यी घटनाहरुलाई रोक्नको लागि दवाव दिनुपर्ने वताउनुहुदै दोषीलाई कारवाही गरी कडा कारवाही गर्नुपर्ने वताउनुभयो ।
यसैबीच प्यावसन र एनप्यावसनले विद्यार्थी हत्याको विरोधमा वुधबार एकदिनको लागि सम्पूर्ण निजी विद्यालय बन्द गरेको छ ।

मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

मेरो देश “सिंगापुर” नबने पनि “सिरिया”चाहिँ नबनोस् !

देशसँगै मधेश जलिरहँदा म कसरी निदाउन सक्छु र ?
जताततै कालो बादलले घेरिरहेको वेला, अँध्यारोले संसारै आफ्नो ढाकेको वेला पनि आशाको सानो दियो बलेकै छ । त्यसैले आफ्नो मनको भाव कोर्दैछु ।
हुन त मैले यति धेरै संसार त हेरेको पनि छैन । आफ्नो जीवन भोगाइको ३७ वसन्त पार गरिरहँदा केही सहज त केही असहज, केही तिता केही मिठा, केही खुसी केही दुःखका अनुभूति आफूसँग रहेको यथार्थ मेरोसामु छ ।
सायद यो ३७ वर्षको कालखण्डमा ममा शारीरिक र मानसिक परिवर्तन त भयो नै, देशमा आएको बहुआयमिक परिवर्तनसँग मेरो पनि उत्तिकै साक्षात्कार भयो, अन्य समकालीनहरुको जस्तै ।
आफूमा चेतनाको विकाससँगै नयाँ नयाँ विचार उत्पन्न र सोचको निर्माण हुँदै गयो । त्यसैले ११ कक्षा अध्ययन गर्दा नै आफूमा सामाजिक परिवर्तनसँगै राजनीतिक क्षेत्रमा लगाव बढ्दै गयो । फलस्वरुप सामाजिक अभियन्ता हुने कामसँगै स्ववियु निर्वाचनमा एक राजनीतिक विद्याथी संगठनको तर्फबाट उम्मेद्वार बनि निर्वाचित पनि भएँ । सायद मेरो अनुभूतिमा यो मेरो जीवनको पहिलो खुसीको क्षण हो । त्यही खुसीका कारण त्यस रात निद्रा नै लागेन । विद्याथीहरुको मतका कारण स्ववियुको नेता जो भएको थिएँ । विजयी घोषणा लगत्तै अबिर मालाका साथ घरमा पुग्दा बुबा ज्यादै खुसी हुनुभयो र मप्रति गौरवान्वित हुनुभयो । त्यस दिनपछि ममा राजनीतिप्रति निकै लगाव बढ्दै गयो ।
माई (आमा)हरुको काख उजाडिरहँदा र दिदीबहिनीहरुको सिउँदो मेटिरहदाँ राज्यको आँखा किन नरसाएको होला ? के हामी यति संवेदनहीन भइसक्यौं कि हामीलाई आफ्नै शरीरको भाग काटिँदा दुख्नै पो छाडेको हो ?
दुई वर्षको विद्यार्थी राजनीति कालमा पदीय दायित्व पूरा गरें र मतदाताप्रति जवाफदेही भएर काम पनि गरे ।
हो, यसरी नै म २०५४ सालदेखि इमान्दारिता, नैतिकता र आशावादलाई आफ्नो जीवनको सिद्धान्त बनाई कर्मक्षेत्रमा लागेको छु । यसरी लागेको पनि १८ बसन्त पार भइसकेको रहेछ । यस कालखण्डमा तीन वटा राजनीतिक परिवर्तनलाई अनुभूत गरेको छु । विभिन्न कालखण्डमा भएका छन् विद्रोह, जनयुद्ध, जनआन्दोलन, जाति जनजाति समुदाय केन्द्रित आन्दोलन एवम् लोकसंघर्ष । यिनको परिणामस्वरुप देशमा क्रमशः स्थापना र परिवर्तन हुँदै गयो, राजतन्त्रबाट प्रजातन्त्र, प्रजातन्त्रबाट लोकतन्त्र अनि लोकतन्त्रबाट संघीय गणतन्त्रात्मक राज्यव्यवस्था ।
साँच्चीकै गज्जबको कालखण्डमा मेरो जन्म भएछ । म कृतज्ञ छु आमाबुबाप्रति । उहाँहरुकै कारण नेपालको ऐतिहासिक कालखण्डको साक्षी बन्न पाएको छु ।
सायद यो जीवन अनुभूति मेरो मात्र नभई मेरा समकालीन हरेक नेपाली युवाको हुनुपर्दछ । यी सबै कुरा सम्झीराख्दा मेरो मनमा अनेकन प्रश्न उठेका छन्, के ती यति ठूलठूला ऐतिहासिक राजनीतिक परिवर्तन यति सानो कालखण्डमा हुनु समयको माग थियो ? के ती परिवर्तनप्रति हामी आम नागरिक तयार थियौं ? के ती परिवर्तनले आम नेपालीको जनजीविकामा केही फेरबदल गरे ? नेतृत्वकर्ताहरुको नेतृत्वशैलीसँगै सोच, व्यवहार र दृष्टिकोण पनि समय र राजनीतिक परिवेश सँगसँगै परिवर्तन हुँदै गए त ?
यस्तै प्रश्नको लर्को मनमा केही दिनयता थपिँदैछ । यी प्रश्न आफैमा कति जायज वा नाजायज छन्, यसको छिनोफानो गर्ने जिम्मेवारी यहाँहरुको । मात्र मलाई यति थाहा छ, यी प्रश्न मेरो मनमस्तिकमा आएका विचारको लहरले उभ्याएका मात्रै हुन् ।
२०७२ साल नेपालको इतिहासमा यादगार एउटा वर्ष भयो । चाहे त्यो महाविनाशकारी भूकम्पका कारण हजारौं नेपालीले आफन्त गुमाएको र लाखौं परिवार घरवारविहिन भएको कारणले होस्, चाहे १७ हजार नेपालीको ज्यान जानेगरी भएको दशवर्षे जनयुद्धको आधारशिलामा आएको नेपाली जनप्रतिनिधीद्वारा हस्ताक्षरित नेपालको संविधान २०७२ जारी भएको कारणले होस् वा प्रथम महिला राष्ट्रपति भएको कारणले होस्, चाहे पाँच महिनाभन्दा लामो समयसम्म भएको मधेश आन्दोलन र करिब पचासभन्दा बेसी मधेसी समुदायका नेपाली र सुरक्षाकर्मीले सहादत प्राप्त गर्नु परेकोे कारणले होस् । चाहे महिनौंदेखि भएको नाकाबन्दीका कारण तराई–मधेस, पहाड अनि हिमालको सकसपूर्ण जीवनका कारणले होस् । यस वर्षले हामीलाई इतिहासमा धेरै सम्झना हुने लायकका परिघटना दिएको छ, जुन पनि दिने क्रम जारी नै छ । 
मेरो चाहना कति मात्र हो भने मेरो देश “सिंगापुर” नबने पनि, “सिरिया” चाहिँ नबनोस् । ममा यति विराट ‘परिवर्तन’को साक्षी बन्ने हिम्मत र हैसियत छैन, सरकार ! अब “गेम ओभर” गर्न ढिला नगरौं, सबै सरोकारवाला पक्ष संवेदनशील बनौं र समाधानका लागि हातेमालो गरी जुटौं ।
हामी आम नागरिकका लागि धेरै कुरा हामीबाट प्रकृति वा नेतृत्वकर्ताले लिएको वर्षको रुपमा यादगार रहने छ, यो वर्ष २०७२ । यही वर्ष आम नागरिकको अमनचयन लुटिएको, सुरक्षाको अनुभूति शून्य भएको, मानवअधिकार खोसिएको र अभावै अभावबाट ग्रस्त जनजीवन भोग्नुपरेको छ । यी सबले अरुलाई कति छोयो या छोएन, तर मजस्ता आम नागरिकलाई यसले भक्कानो फुट्ने गरी रुवाए । संवेदना हराएको, मानवता गुमाएको अनि मन बौलाएको तथा देशमा अस्तव्यस्त व्यवस्था भइरहेको वेला मजस्ता आम नागरिक कसरी पो निदाउन सक्छ र ?
यस्ता प्रश्न फेरि पनि मेरो मनमा उब्जिएका छन्ः कसका कारण यी सब भइरहेको छ, देशमा, देशको मधेसमा ? जिम्मेवारी कसले पो लिने हो ? यस्तै हिँडाईले हाम्रो गन्तव्य कहाँ पो हुने हो ? म आफू यसको लागि कत्तिको भागीदार छु ? यी सबका कारण दामासाहीले मेरो भागमा आउने परिणाम कति पर्ने हो ? तराई मधेसमा भइरहेको मानवीय र भौतिक क्षतिको जवाफदेही कसले पो लि दिने हो ? अधिकार प्राप्तिको मधेस–थरुहट तथा अन्य समुदायको आन्दोलनका माग कसले पो पूरा गरिदिने हो ? घोषित वा अघोषित नाकाबन्दीका कारण मानव संकटको जिम्मेवारी कसले पो लिइदिने ?
यी सबै परिवेशमा गरिखाने मानिसहरुले कसरी गरी खान पाउने होला ? समान अधिकार र सम्मान पाउन आन्दोलनमा होमिएका समुदायहरुले हामी नेपाली भनी गर्व गर्न पाउने दिन पो कहिले आउने ? माई (आमा)हरुको काख उजाडिरहँदा र दिदीबहिनीहरुको सिउँदो मेटिरहदाँ राज्यको आँखा किन नरसाएको होला ? के हामी यति संवेदनहीन भइसक्यौं कि हामीलाई आफ्नै शरीरको भाग काटिँदा दुख्नै पो छाडेको हो ? हामी बसेकै घरमा अर्का एक कोठामा आगो लागिरहँदा आफू अर्का कोठामा सुरक्षित रहेको भन्दै रमाइरहन हामीलाई कुन स्वार्थले साथ दिइरहेको होला ? यस्तो विषम परिस्थितिमा हामीले मानवतालाई बिर्सिदिने हो भने हामीसँग आफ्नो भन्ने केही बाँकी नरहला कि ?
यी र यस्तै अनेकन प्रश्न उब्जिएका छन् म र मजस्तै आम नागरिकको मनमा । जवाफ पो कसले दिने ? जवाफ दिन जवाफदेही पो कसले लिने ?
यो कस्तो द्वन्द्व र द्विविधामा हामी फस्दै गएका छौ ? सामाजिक संजालमा वाकयुद्वको शंखनाद भएको निकै भयो । वाकयुद्धमा वर्षाइएका कुरा व्यवहारमा हुने त होइन ? त्यसले हामीलाई कतै दीर्घकालीन द्वन्द्वमा त फँसाउदै छैन ? यस्ता प्रश्न उठ्नासाथ मनमा कहाली लागेर आउँछ ।
अरुले के भने, के लेखे, हेक्का हामीलाई भोलि होला नहोला, तर जिम्मेवार ओहोदामा भएका नेतृत्व र मानवताको पाठ वर्षौदेखि पढाउँदै आएका व्यक्तित्वहरुको भनाइले भने प्रभाव पार्दछन् नै । उनीहरुका भनाइ र लेखाइ गैरजिम्मेवारीपूर्ण ढंगले सामाजिक संजालमा आउँदा, नरम÷निर्दोष ओठले सार्वजनिक कार्यक्रममा तिक्ततापूर्ण वचन बोलिदिँदा आम नेपालीको मनमा चिरा पर्दै गएको छ । असमझदारी बढ्दै गएको छ, शंकाउपशंका थपिँदै गएका छन् । तिनले मलाई निकै दुखाएका छन्, घाउ लगाएका छन् । सायद यहाँहरुलाई पनि दुखाएकै हुनुपर्दछ । Sunil-Sah
समस्या समाधानका लागि हामीले एकले अर्काप्रतिको हेर्ने नजरियामा परिवर्तन ल्याउन जरुरी छ, सोचमा परिवर्तन ल्याउन आवश्यक छ, हामीले एकअर्काप्रति गरिने व्यवहारमा पनि सकारात्मक परिवर्तन हुनु जरुरी छ । थाहा छैन, मलाई यी सब कुरा लेख्न मलाई अनुमति छ वा छैन, मात्र केही दिनयताको आफ्ना अनुभूति यी शव्दमार्फत साट्ने प्रयास गरेको छु ।
मेरो चाहना कति मात्र हो भने मेरो देश “सिंगापुर” नबने पनि, “सिरिया” चाहिँ नबनोस् । ममा यति विराट ‘परिवर्तन’को साक्षी बन्ने हिम्मत र हैसियत छैन, सरकार ! अब “गेम ओभर” गर्न ढिला नगरौं, सबै सरोकारवाला पक्ष संवेदनशील बनौं र समाधानका लागि हातेमालो गरी जुटौं । नत्र आआफ्नो अडान र हठ नत्याग्ने हो भने हामी आम नागरिकको हित त हुँदै हुँदैन, यहाँहरुको सत्ताको जग पनि नभासिएला भन्न सकिन्न । एकआपसमा बाचचितलाई निरन्तरता दिनोस्, मुख फुलाएर बस्नुभयो भने बात मार्नेहरु टाढा गएपछि आवाज दिएर बोलाउनु भए पनि आवाज त्यहाँसम्म नपुग्न सक्छ ।
रिसानी माफ होस्, मेरो देशसँगै मधेस जलिरहँदा म एक आम नागरिक कसरी पो निदाउन सक्छु र ?
लहान, सिरहा

बालकको हत्या भएको विरोधमा युवाहरुद्वारा मैनबत्ती बालियो


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १ गते । महोत्तरी जिल्लाको भटौलिया गाविस घर भएका एक बालकको अपहरणपछि हत्या भएको विरोधमा जलेश्वरका युवाहरुले सदरमुकाम जलेश्वरमा मैनवत्ती बालेर घटनाको विरोध गरेका छन् ।
जलेश्वरका युवाहरुले अनाहकमा कुनै बालबालिकाको ज्यान नजाओस् तथा यस प्रति सरोकारबालालाई जिम्मेबार बनाउन मैनबत्ती बालेको जनाएका छन् ।

नागरिक समाजका अगुवा युवा राकेशप्रसाद चौधरीले स्कुले विद्यार्थीलाई अपहरण पश्चात हत्या गरिएको घटना अमानवीय भएको बताउनुहुदै यस्तो घटना पुनः नदोहोरियोस् भन्ने हेतुले सबैलाई जिम्मेबार हुन मैनबत्ती बालिएको बताउनुभयो । उहाँले मृत्तआत्माको चिरशान्तीको कामनासहित देशको भविष्य आजका बालबालिकालाई जोगाउनु सबैको कर्तव्य भएको सन्देश दिन यस्तो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
युवाहरु बिहीबार साँझ सदरमुकाम जलेश्वरको दुर्गाचोकमा मैनबत्ती वाली एक मिनेट मौन धारण गर्दै यस्तो जघन्य कार्य रोक्न सबैलाई पहल गर्न आग्रह गरेका थिए । सो कार्यक्रममा सहभागी हुनुभएकी सदभावना पार्टीको सह महामन्त्री एवं पुर्वसंचार राज्यमन्त्री सुरिता साह बालकको हत्याप्रति दुःख व्यक्त गर्नुहुदै जघन्य अपराधमा संलग्न हुनेहरुलाई कारवाहीको माँग गर्नुभयो ।
जिल्लाको भटौलिया २ निवासी रविन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई गत आईतवार अपहरण गरि हत्या गरी शवलाई गाँडेको अवस्थामा प्रहरीले मंगलबार बिहान वरामद गरेको थियो ।
जेनिसको हत्या अभियोगमा भटौलिया वडा नं. ३ वस्ने वर्ष १९ को अनिस कुमार साह, सोहि गाविस वडा नं. २ वस्ने वर्ष २१ को सुधिर कुमार साह र वडा नं. १ बस्ने बर्ष १८ को सावीर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिई अदालतवाट ५ दिनको म्याद थपगरि अनुसन्धानमा राखेको छ ।
त्यसैगरी महोत्तरी जिल्लाको ईटहर्वाकट्टीबाट पुस १८ गतेबाट अपहरणमा परेकी दुई बालिकालाई वुधबार धनुषा जिल्लाको महेन्द्रनगर बजारबाट सकुशल उद्धार गरिएको छ । जिल्लाको इटहर्वाकट्टी–५ बस्ने राकेश ठाकुरकी १० वर्षकी छोरी  शिवानी र सात वर्षकी आरती ठाकुर पुस १८ गते खेतमा गएका बेला अपहरणमा परेकी थिईन ।

हत्याको अभियोगमा तिनजना पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २९ गते । महोत्तरी जिल्लाको भटौलिया वडानं. २ बस्ने एक बालकलाई अपहरण गरी हत्याको अभियोगमा पक्राउ परेका मध्ये तिनजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गदै सार्वजनिक गरेको छ ।
भटौलिया वडानं. २ बस्ने रबिन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई २६ गते साँझ अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका वडानं. ३ बस्ने वर्ष १९ को अनिशकुमार साह, वडानं. २ बस्ने वर्ष २१ को सुधिरकुमार साह तथा वडानं. १ बस्ने वर्ष १८ का सावीर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले यही २६ गते आईतबार साँझ अपहरणमा परेका जेनिसको बारेमा २७ गते मात्रै थाहा भएपछि प्रहरी निरिक्षकको कमाण्डमा खोजतलाश गर्दा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ गरेकाहरुको सुचनाको आधारमा बालकको शव एकडाराबेला वडानं. ७ स्थित रुपनारायण साहको गहुँ खेतबाट गाडेको अवस्थामा वरामद गरेको जानकारी दिनुहुदै उनीहरुलाई शरिर बन्धक तथा कर्तव्य ज्यानमा मुद्दा चलाउने पहल भइरहेको बताउनुभयो ।
बालकलाई अपहरण गरी फिरौती लिने प्रयास स्वरुप त्यसो गरिएको जानकारी दिनुहुदै प्रहरी उपरिक्षक भट्टराईले तिनैजनाले अपराध स्विकार गरिसकेको बताउनुभयो । अपहरण गरेकै राति बालकको मुख, नाक थुनेर हत्या गरेको उनीहरुले स्विकार गरेको जनाइएको छ ।
पत्रकार सम्मेलन पश्चात जिल्ला प्रहरी कार्यालय भित्रै भेटिनुभएका मृतकका बुबा रबिन्द्र महासेठले गाउँमा हुने झण्डा मेलामा आर्केष्ट्रा ल्याउने विषयलाई लिएर भएको विवादमा छोराको हत्या गरिएको बताउनुभयो । झण्डा निर्माण समितिका संयोजक समेत रहनुभएका रबिन्द्र महासेठलाई आरोपित केटाहरुले आर्केष्ट्रा ल्याउने दवाव दिएको तर समितिले नमानेपछि बालकको हत्या गरिएको बताउनुभयो ।
महासेठको एकमात्र छोराको हत्या भएपछि गाउँ नै शोकमा डुबेका छन् । राहत शिक्षकको रुपमा काम गर्दै आउनुभएका महासेठका छोरा जेनिस गाउँमै रहेको अमर ज्ञान बोडिँग स्कुलको एलकेजीमा अध्ययनरत थिँए ।

८ वर्षे वालकको अपहरण पछि हत्या

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २८ गते । महोत्तरीको भटौलिया गाविस घर भएका एक वालकको अपहरण पछि हत्या भएको रहस्य खुलेको छ ।  आईतवार साँझ केही अज्ञात व्यक्तिहरुले भटौलिया २ निवासी रवीन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जिवी महासेठलाई अपहरण गरेका थिए ।
अपहरणको सुचनाको आधारमा प्रहरीले खोजतलाश गर्ने क्रममा जेनिसको शव मंगलबार बिहान एकडारा बेला गाविस वडा नंं ७ स्थित गहुँ खेतमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले बालकको घाँटी थिची हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानको लागि ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी वढाएको जानकारी दिनुहुदै नाम भने सार्वजनिक पछि गरिने वताउनुभयो ।
मृतक बालक भटौलिया ८ स्थित अमर ज्ञान ई.बो.स्कुलको एलकेजी मा अध्ययनरत थिए ।
उनलाई आईतबार साँझ घरबाट बाहिर बोलाई सोही दिन अपहरण गरिएको थियो । आईतबार राति हरेक ठाउँमा खोजतलाश गरेपनि उनलाई नभेटेपछि परिवारजनले सोमबार प्रहरीमा उजुरी गरेको थियो ।
बालकको हत्या कुन कारणले भएको हो अनुसन्धानपछि खुल्ने प्रहरी उपरिक्षक भट्टराईले बताउनुभयो ।

लामो समयदेखि फरार दुई पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २७ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीले विभिन्न घटनामा लामो समयदेखि फरार रहेका दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्लाको खुट्टापिपराढी वडानं. ९ बस्ने कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रामनारायण यादव तथा ठगी मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका गौशाला वडानं. ६ बस्ने चन्देश्वर साह सुढीलाई पक्राउ गरेको जनाएको छ ।
आफ्नै गाउँको वडानं. २ बस्ने जयनारायण यादवलाई घरमा सुतिरहेको वखत विं.सं. २०६५ माघ १८ गते गोली प्रहार गरी हत्या गरेर रामनारायण फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी पुनरावेदन अदालत जनकपुरले २०६३ असार १० गतेमा सुढीलाई किर्ते कागज खडा गरी संस्थान ठगी गरेको भन्दै ३ महिना कैद र ३ हजार नगदको जरिवाना गरेदेखि नै उनी फरार रहदै आएको थियो ।
दुवैलाई गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि थुनामा राखेको जनाइएको छ ।

अपहरित बालकको हत्या, चार पक्राउ, विद्यालय तीन दिन बन्द

अपहरित बालकको हत्या, चार पक्राउ, विद्यालय तीन दिन बन्द

जलेश्वर, ५ माघ । विगत चार दिनदेखि हराएका जलेश्वर नगरपालिका वडानं. १२ मलिवाराका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भन्ने निश्चलकुमार पाण्डेयको हत्या गरेको अभियोगमा चारजनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको छ । पुस ३० गते बिहीबार साँझबाट नै अपहरणमा भनिएका निश्चलको शव आईतबार राति ११ बजे जलेश्वरनगरपालिका वडानं. १३ धवौली नजिकै रातो खोलाको किनारमा रहेको खरघारीमा गाडीएको अवस्थामा फेला परेको हो ।

अपहरण गरेको आशंकाको आधारमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुकै भनाईको आधारमा प्रहरीले गाडीएको अवस्थामा शव वरामद गरेको हो । निश्चलको हत्याको आरोपमा प्रहरीले जलेश्वरनगरपालिका वडानं. १ बस्ने वर्ष २७ को पप्पु यादव, वडानं. ६ बस्ने वर्ष २० का गोबिन्दकुमार मिश्र, वडानं. १२ मलिवाडा बस्ने वर्ष २७ को सरोज पाण्डे तथा सोही वडा बस्ने वर्ष ३१ को संजीव मिश्रलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जनक भट्टराईले पक्राउ परेका चारैजनाले अपराध स्विकार गरिसकेको जानकारी दिँदै घटनामा संलग्न मुख्य व्यक्ति अहिले पनि फरार रहेको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले बिहीबार साँझ नै प्रहरीलाई अपहरण गरिएको सूचनाको आधारमा गरिएको अनुसन्धानमा पक्राउ गरेकोहरुबाटै शव वरामद गरिएको जानकारी दिए ।

निश्चल जलेश्वर स्थित अल्हेव्स स्कुलको कक्षा ४ मा अध्ययनरत थिए । उनी सो दिन विद्यालय सकेर घर गएका थिए र घरबाट खाजा खाएर निस्केका उनी पुनः घर फर्किन सकेनन् । यसैबीच उनी पढने विद्यालय अल्हेब्सले विद्यार्थीको हत्या भएको विरोधमा तिन दिनको लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विद्यालयका फाउण्डर लवराजा सिंहले विद्यार्थीको हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्नुहुदै शोकमा सोमबार, मंगलबार र वुधबार गरी तिनदिनको लागि विद्यालय बन्द गरिएको जानकारी दिए ।
त्यसैगरी प्यावसन महोत्तरीले पनि विद्यार्थीहरुको अपहरण पश्चात हत्या भएको विरोधमा वुधबार महोत्तरीका प्यावसन सम्बद्ध विद्यालयहरु बन्द गरिने घोषणा गरेको छ ।
- See more at: http://www.madheshvani.com/details/10725/madhesh-update#sthash.k6AGYwUe.dpuf

बालकको हत्या गरिएको शोकमा महाविरी झण्डा स्थगित

बालकको हत्या गरिएको शोकमा महाविरी झण्डा स्थगित

जलेश्वर, ५ माघ । बालकको अपहरण पश्चात हत्या गरिएको शोकमा महोत्तरी जिल्लाका भटौलिया गाउँकाहरुले माघ ५ गते मंगलबारबाट शुरु हुने भनिएको महाविरी झण्डा अनिश्चितकालका लागि स्थगित गरेको छ । गाउँका एक बालकलाई महाविरी झण्डाकै विवादको कारणले अपहरण पश्चात हत्या गरेको कारणले झण्डा अनिश्चितकालको लागि स्थगित गरेको प्रयास महोत्तरीका संयोजक तथा स्थानीय प्रविणकुमार कर्णले जानकारी दिए ।

जिल्लाको भटौलिया २ निवासी रविन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठलाई गत आईतवार अपहरण गरि हत्या गरी शवलाई गाँडेको अवस्थामा प्रहरीले पुस २८ गते मंगलबार बिहान वरामद गरेको थियो । चिरञ्जीवीका वुवा रविन्द्र महाविरी झण्डा आयोजना समितिका अध्यक्ष रहेका थिए ।

समितिका पदाधिकारीहरुसंग गाउँकै केही युवाहरुको आर्केष्ट्रा ल्याउने विषयमा विवाद भएको र सोही विवादको कारण उनको ८ वर्षिय छोराको हत्या भएको शोकमा गाउँलेहरुले महाविरी झण्डा अनिश्चितकालको लागि स्थगित गरेका हुन् । यद्यपी प्रहरीले भने पैसाको कारण उनको हत्या भएको जानकारी दिएका थिए ।

स्थानीय प्रविणले झण्डा निर्माणको काम ९० प्रतिशत सकिएको जानकारी दिनुहुदै झण्डाकै विवादलाई लिएर बालकको हत्या भएकोले गाउँलेहरुले तत्कालका लागि कार्यक्रम स्थगित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँ नै दुःखमा डुबेको छ, अनि कसरी शुभ काम गर्ने त ? त्यही भएर झण्डा तत्कालको लागि स्थगित गरिएको हो ।’

जेनिसको हत्या अभियोगमा प्रहरीले भटौलिया गाउँकै वडा नं. ३ वस्ने वर्ष १९ को अनिस कुमार साह, सोहि गाविस वडा नं. २ वस्ने वर्ष २१ को सुधिर कुमार साह र वडा नं. १ बस्ने बर्ष १८ को सावीर अंसारीलाई पक्राउ गरिसकेको छ । उनीहरुले आफुहरुले हत्या गरेको स्विकार गरिसकेको कारणले उनीहरुमाथि मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिए ।

केही दिन यता महोत्तरीमा बालकको अपहरण पश्चात हत्या गर्ने क्रम शुरु भएको छ । तिन दिन अगाडी मात्रै जलेश्वर नगरपालिका वडानं. १२ मलिवाडाका नविनकुमार पाण्डेयका ११ वर्षिय छोरा क्यूट भनिने निश्चलकुमार पाण्डेलाई अपहरण गरिएको थियो । निश्चलको हत्या गरिएको शव भने आईतबार राति प्रहरीले गाँडेको अवस्थामा वरामद गरेको छ भने घटनामा संलग्न चारजनालाई पक्राउ गरिसकेको छ ।
- See more at: http://www.madheshvani.com/details/10730/madhesh-update#sthash.DZp4wdit.dpuf

माघ ५ को सहीदलाई सलाम

माघ ५ को सहीदलाई सलाम

अधिवक्ता दिपेन्द्र झा 


नेपालको इतिहासमा माघ ५ सदा सर्वदा गरिमा र सम्मानले सम्झिने दिन हो। स्कुले युवा रमेश महतोले आजैको दिन माओवादीले यात्रा गरिरहेको बसलाई लहान चौकमा रोकेका थिए। उनको त्यो कार्य नेपालको एकात्मक संरचना, जसले सबैभन्दा बढी मधेसीलाई पिरोलेको थियो, त्यसलाई  भत्काउने प्रयासको प्रतीक थियो। यद्यपि माओवादीले रमेश महतोलाई गोली हानी हत्या गरे तर मधेसीलाई अधिकार दिलाउनका लागि रमेश महतोले दिएको शहादत, उनले देखाएको त्यो अदम्य साहस र हिम्मतले  अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढायो। उनको योगदान स्वर्णिम अक्षरले लेखिनेछ।
महतोको शहादतले उर्जा दिएको त्यही पहिलो मधेस आन्दोलनले अन्ततः नेपालमा संघीयताको प्रत्याभूति गरेको थियो। यस कारण संघीयताको प्रत्याभूतिमा रमेश महतो र अन्य दर्जनौं शहीदको योगदान अविस्मरणीय रहनेछ। आन्दोलनका लागि उठेको त्यो  पहिलो पाइला अझै पनि निरन्तर छ, अहिले लाखौँ मधेसीले त्यो पाइला पछ्याएका छन्।
‍महतोको शहादत पछिका आठ बर्षमा मधेसले  तीन पटक आन्दोलन गर्‍यो र झण्डै एक सय जनाले शहादत प्राप्त गरे। तेस्रो पटकको यो मधेस आन्दोलनले देशकै अनुहार फेरेको छ, किनभने यसले नेपालको राष्ट्रियतालाई पुनः परिभाषित गरेको छ । राज्यको संरचनामा टोपी, घोती, सारीलगायतका  सबै समुदायले लगाउने पोशाक भेटिन थालेका छन्।
संघीयता, समानुपातिक प्रतिनिधित्व  र समावेशी निर्वाचन प्रणालीमा सबै मधेस आन्दोलनका देन हुन्। जसले गर्दा देशको शासन र प्रशासन फेरिने क्रममा छ। अहिले यसको पूर्ण आभाष नभए पनि १० वर्षपछि यसको संरचनामा व्यापक परिवर्तन आउने छ। सम्पूर्ण संरचनाहरु समावेशी भएपछि  हेर्नुहोला, सिंहदरबार, सरकारी कार्यालय अहिलेको भन्दा बलियो र दिगो हुनेछन्, तिनले जनतालाई दिने सेवा झन प्रभावकारी हुनेछ।
नेपालमा लोकतन्त्रको जस काँग्रेसलाई, गणतन्त्रको जस एमाओवादीलाई र संघीयता, समानुपातिक सहितको राज्य पुर्नसंरचनाको जस मधेस आन्दोलनलाई जान्छ। त्यसकारण सम्पूर्ण देश नै मधेसका ती एकसय शहिदप्रति अनुग्रहित हुनुपर्दछ। हो, पुरातनवादी ‘माइन्डसेट’ र संकुचित राष्ट्रवादी परिभाषाको प्रभाव अझै कायम रहेकोले यी सब कराहरुलाई स्थापित गर्नका लागि अझ केही समय लाग्ला। तर असम्भव छैन, किनभने अब पुरानै कायम रहन सम्भव छैन। एकल जातीय र समुदायगत वकालत गर्नेहरु गल्न थालेका छन्। ६ वटा प्रदेशमा एकल जातीय वर्चस्व राख्न खोज्नेको बोली मधुरो हुन थालेको छ।
पाँच महिनादेखि मधेस लगातार सत्याग्रहको मुडमा छ। मधेसका आन्दोलनकारीका आँखा गगाँजलले छर्केर डालोमा राखेको कागजको सहमति भन्दा पनि भावनामाथि भएको प्रहार मूल बिषय बनेको छ। मधेसीको भावनामाथि जुन प्रहार भएको छ, बर्षौ लाग्न सक्छ, यो भावानात्मक दूरीको पीडा हटाउन।
संविधान निर्माण प्रक्रियामा १६ बुँदे सहमति र फास्ट ट्रयाक प्रक्रिया गलत थियो यद्धपि काठमाडौंका बुद्धिजिवीहरुले यो कुरा अलि ढिलो बुझे जस्तो लाग्छ। वातावरणको प्रभाव पनि होला, चारैतिर डाँडाकाँडा रहेकोले उपत्यकामा खुल्ला हावा लिन समय लिन्छ। नत मधेसको जनतामा कुनै भ्रम छ, नत पहाडका जनतामा छ। सानो सुविधाभोगी जमातमा जो काठमाडौंको पानी खाएपछि शक्तिशाली र ज्ञानी भएको आफुलाई ठान्छ, त्यसले मधेस आन्दोलनबारे भ्रम पालेको छ। उसको विचारमा यो जनताको आन्दोलन होइन, यो त केवल त्यहाँका जमिन्दारहरुको आन्दोलन हो ।
एमाओवादी मधेसको मुद्दामा केहि उदार देखएको थियो। मधेसी दलसँग मिलेर आन्दोलन पनि गरेको हो। तर अहिले उसले  अहिले एमालेसामु, जुन समर्पण गरेको छ त्यसको एउटै कारण के छ। एमालेको सहयोगबिना द्वन्द्वकालको मुद्दा मिलाउन सकिदैन भन्ने छ, किनभने मानवअधिकारको एकल विर्ताको लालपुर्जा ओलीजीको खल्तीमा छ।
बलमिच्यााइँ गरेर प्रक्रियाको नाउँमा संविधानसभा नियामावली विपरीत संविधानमा आफ्नो अभिमत राख्न पाउने जनताको अधिकारको समेत उल्लंघन हुने गरी फास्ट ट्रयाक विधिबाट संविधान ल्याउने कुरा अलोकतान्त्रिक थियो भने कुरा विस्तारै स्थापित हुँदै गएको छ । संविधानको बुँदामा जनतालाई छलफलको लागि पर्याप्त समय दिनु आवश्यक थियो।
मधेशी मोर्चालाई संविधान निर्माणको प्रकृयाबाट बाहिर राखिनु हुँदैन थियो। संविधानसभा नियमावली संशोधन गर्नु भुल थियो। अभिलेख तथा निक्र्यौल समिति तथा राजनीतिक, संवैधानिक संवाद तथा सहमति समितिले सहमति गरी पठाएका संविधानका विषयलाई जस्ताको त्यस्तै मस्यौदामा राखिनु पर्दै थियो। खेलको नियम बिचमा परिर्वतन हुनु हुँदैन थियो।
यही विषय हामीले तात्कालीन समयमा उठाएका थियौं। तर यी विषय हामीले उठाँउदा देशप्रतिको हाम्रो वफादारितामा शंका गरियो।  जनताले समान हक अधिकार प्राप्त गरेनन भने सत्ताविरुद्धको विद्रोहको अधिकार जनताको नैसर्गिक अधिकार हो । यो अधिकार विभिन्न मुलुकका जनताले प्रयोग गरिसकेका छन् । संविधानमा छलछामको भाषा प्रयोग गरेर  शक्तिको भरमा केहि समयसम्म थोपर्न सकिन्छ, सँधैको लागि संविधानलाई सर्वस्वीकार्य बनाउन सकिदैन।
अहिले सरकार र मधेसी मोर्चाबिच हुने सहमतिको पूर्वाधार मधेस आन्दोलनले निर्माण गरेको हो। मधेसी मोर्चा यति ‘उदार’ भएर आएको बेलामा जसरी शब्द शब्दमा किचलो झिकेर केही नेताले वार्ता लम्बयाउन खोजिरहेका छन्, त्यो कसैको लागि पनि हितकर छैन । फेरि एउटा कुरा के बुझ्न आवश्यक छ भने मधेशी मोर्चाले मधेशका जनताका माझ लिएर जान नसक्ने सहमतिमा भाषागत जालको भरमा हस्ताक्षर गराउने बँठ्याईँ कसैले गर्न खोजेको हो भने त्यो देशको लागि समेत हितकर हुँदैन। पाँच महिना देखि आन्दोलन गरेका जनतालाई जितको आभाष हुन आवश्यक छ।
त्यसै पनि अहिले गरिने ५ वा ६ बुँदे सहमतिले मधेसको भावनाको चोटलाई भुलाउन सक्दैन। आगोले पोलेपछि पानीमा हामफाल्दा एकछिन चिसो त हुन्छ, तर पोलेको घाउ चाहिँ निको हुँदैन । त्यस्तै अहिलेको सहमतिले पोलेको मान्छेलाई एकछिन राहत त देला, र पाँच महिने आन्दोलनले परेको आहतमा राहत होला, तर घाउ चाहिँ निको हुनेछैन। दीर्घकालमा घाउ निको हुन्छ कि हुन्न भन्ने मधेसीप्रति गरिने बोली र व्यवहारले देखाउने छ। राज्यको संरचनाहरुमा संविधानको आत्मा र मधेसीसँग गरिएको सहमतिबमोजिम परिवर्तन हुन्छ कि हुदैन भन्ने कुराले सुनिश्चित गर्छ ।
अहिले काठमाडौंको बजारबाट मधेसमा जाने र प्रतिवेदनमा मधेसमा आहत परेको भन्ने कुरा ल्याउनु आफैमा सकारात्मक कुरा हो। ‘अब पछतावन काव होत, जब चिडिया चुक गई खेत।’
१६ बुँदेको आधारमा मधेसीलाई बाइपास गरेर फास्ट ट्रयाकबाट संविधान ल्याइएको प्रक्रिया त्रूटिपूर्ण थियो भन्ने अनुभूति  अहिले भएर के हुन्छ ? यी प्रतिवेदनकर्ता अथवा विचार निर्माताहरुले त्यति बेलै यो कुराको आंकलन गरेको भए शायद देशले यति धेरै मानवीय क्षति, आर्थिक क्षति, मनोबैज्ञानिक क्षति, र सामाजिक क्षति खेप्नु पर्दैनथ्यो। खैर केही छैन, अहिले पनि ढिलो भएको छैन । भनाइ छ, ‘जब जागो तब सबेरा है।’
अब समानुपातिक समावेशी नीतिलाई  जालझेल होइन सफा नियतका साथ लागू गर्नुपर्छ र छिटोछिटो लागू गर्नुपर्छ। प्रदेशहरुलाई अधिकतम स्वायत्तता, मधेसीसँगको हरेक भेदभावको अन्त्य, र विकास एवं अवसरमा साझेदारी गर्न अब ढिलाई गर्नु हुन्न। नभए समतल भूमिमा अतिवादको डढेलो यति छिटो फैलिन्छ, कुनै बारूण यन्त्रसँग निभाउने ताकत हुन्न।
मधेसी जनताले संघीयताको लागि ठूलो त्याग गरेका छन्। देश जुन बेला गलत ट्रयाकमा जान खोज्छ, त्यति बेला मधेसले देशलाई सही बाटोमा फर्काउन आफ्नो ज्यानको आहुती दिनेगरेको छ । चाहे त्यो लोकतन्त्रको लागि होस्, चाहे संघीयता, समावेशीको लागि। स्व. कृष्णप्रसाद भट्टराईले कुनै बेला भारतमा मधेसी कायर हुन्छन् भनि बोलेको हामीले सुनेको अभिव्यक्ति शतप्रतिशत गलत प्रमाणित भएको छ। किनभने मधेस यो देशमा शहिद जन्माउने उर्बर थलो भएको छ। 
आज माघ ५ गते मधेस आन्दोलनको क्रममा मारिएका शहिदहरु राष्ट्रिय शहिद हुन भन्ने काठमाडौं र पहाडका कुना कुनाले मनन गर्न सक्नु पर्छ । ती शहिदहरु प्रतिको सम्मानले नेपाललाई नयाँ राष्ट्रियताको गोरेटोमा डोर्‍याउनेछ । ८ बर्ष निरन्तर रहेको मधेस आन्दोलनको उपलब्धि पनि त्यही नै हुनेछ।
झा सर्वोच्च अदालतमा अभ्यासरत छन्

प्रकाशित मिति: मंगलबार, माघ ५, २०७२ ११:५१:०७

राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत डढेलो नियन्त्रण समिति र चुरे वन उपभोक्ता समुह गठन

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २६ गते । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिकाको वडा नं. ९ किसाननगरमा शनिबार एक अन्तरक्रिया कार्यक्रमबीच खुल्ला चरिचरण तथा डढेलो नियन्त्रण समिति र चुरे वन उपभोक्ता समुह गरी दुई समिति गठन गरिएको छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय सामाजिक परिचालन कार्यक्रम महोत्तरीको साझेदार संस्था रतौली युवा क्लव (आरवाईसी) ले आयोजना गरेको सामुदायिक वन उपभोक्ता महासंघ महोत्तरी तथा सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुसंगको अन्तरक्रिया गोष्ठी कार्यक्रम संगै उक्त दुईवटा समुह गठन गरिएको आरवाईसीका कार्यक्रम संयोजक अजय साहले जानकारी दिनुभयो ।
गठन गरिएका उक्त दुई समुह मध्ये खुल्ला चरिचरण तथा डढेलो नियन्त्रण समितिको अध्यक्षमा निरञ्जन बुढाथोकी, उपाध्यक्षमा बेद बहादुर लुम्रे, सचिवमा दुर्गा थापा सुस्लीङ्ग र कोषाध्यक्षमा पुजा बि.क. रहनुभएको छ भने सदस्यहरुमा उज्जवल काफ्ले, लोक बहादुर कार्की, उषा खत्री, सुमन कुमाई, भोगेन्द्र थापा, राधिका श्रेष्ठ र रमेश बराल रहनुभएको छ ।
त्यसैगरी चुरे वन उपभोक्ता समुहको अध्यक्षमा श्याम बहादुर खत्री, उपाध्यक्षमा बिहारी महतो, सचिवमा नेत्र बहादुर कार्की, कोषाध्यक्षमा सीतामाया बुढाथोकी, र सदस्यहरुमा गणेश बहादुर कार्की, इन्द्र बहादुर खड्का, केशवप्रसाद काफ्ले, सन्तमाया लुम्रे, ब्रह्मदेव महतो, रामवृक्ष महतो र जानुका बि.क. रहनुभएको जनाईएको छ ।
अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले चुरेसंग सम्बन्धित समस्या अन्तर्गत नदीबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता सामग्रीको अत्यधिक उत्खननले गर्दा नदी गहिरो बनेको, खोलाको स्तर नमिल्नाले बढी भुस्खलन, माटो बग्ने, जमिनको कटान, उब्जाउपनमा कमी जस्ता समस्याहरू आइपर्ने गरेको, चुरे क्षेत्रमा रुख तथा जङ्गली जनावरहरूका तस्करीका कारण चुरे क्षेत्रको विनाश निम्तिएको, बढेको जनसङ्खया र त्यसका आवश्यकताले गर्दा पनि चुरे क्षेत्रमा थप जोखिम निम्त्तिएको, विश्वमा बढिरहेको ‘ग्लोवल वार्मिङ्ग’ र ‘ओजोन होल’ ले गर्दा पनि चुरे क्षेत्रको विनाशमा वृद्धि भएको कुरामा जोड दिनुभएका थियो ।

जलेश्वर कारागारका ६ कैदीबन्दीलाई झुम्का सारियो

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २६ गते । महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एकमात्र जलेश्वर कारागारका ६ जना कैदीलाई अन्य कारागार सरुवा गरिएको छ ।
जिल्ला कारागार महोत्तरीका जेलर शोभेन्द्र ठाकुरले कारागारको माथिल्लो तल्लाको भवन चर्किएको कारणले कारागारमा रहेका ६ जना कैदीलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको जानकारी दिनुभयो । सरुवा भएका कैदीहरुमा तिनजना पूर्पक्षको र तिनजना सजाय पाएका रहेको जनाइएको छ ।
यसरी सरुवा गरिएका कैदीहरुमा धनुषाका जवरजस्ती करणीमा १० वर्ष कैद सजाय पाएका घिरज लामा, धनुषाकै कर्तव्य ज्यानमा २० वर्ष सजाय पाएका उमेश यादव तथा धनुषाकै कर्तव्य ज्यानमा २० वर्षका सजाय पाएका राजनमुक्ति भनिने रंजित झा रहेको जेलर ठाकुरले जानकारी दिनुभयो ।
त्यसैगरी लागुऔषध मुद्दामा पूर्पक्षमा कारागारमा रहेका जिल्लाको बथनाहाका दिपककुमार सिंह, कर्तव्य ज्यानमुद्दामा पूर्पक्षमा रहेका धनुषाका सुनिलकुमार अधिकारी र हातहतियार तथा कर्तव्य ज्यानमुद्दामा पूर्पक्षमा रहेका धनुषाका राकेशकुमार पाण्डेलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको हो ।
कारागारको तेस्रो तल्लाको छाना भत्किने अवस्थामा रहेको कारणले सुरक्षासमितिको निर्णय तथा कारागार व्यवस्थापन विभागको निर्देशनमा उनीहरुलाई अर्को कारागारमा सरुवा गरिएको जेलर ठाकुरले जानकारी दिनुभयो । माथिल्लो तल्लामा दुईसय भन्दा बढी कैदी बन्दीहरु रहेको र उनीहरुलाई पनि अन्य कारागारमा सार्ने प्रयास भइरहेको उहाँको कथन थियो ।
१ सय ३५ क्षमताको जिल्ला कारागार जलेश्वरमा अहिले ३४ महिला, ६ आश्रित बालबालिकासहित ३ सय ९१ कैदीबन्दीहरु रहेका छन् ।
यता, जिल्लाका मानवअधिकारवादीहरुले केही हप्ता अगाडी मात्रै जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजनमुक्ति भनिने रंजित झालाई कारागारभित्र कुटपिट भएपश्चात असुरक्षा बढेको कारणले सरुवा गरेको हुन सक्ने जनाएका छन् ।

तमलोपाको जनजागरण अभियान शुरु

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २३ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) महोत्तरीले बिहीबारदेखि महोत्तरीमा ‘जागो, जगाओ’ नारासहित जनजागरण अभियान शुरु गरेको छ ।
तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्माले जिल्लाको जलेश्वर नगरपालिकाको वडानं. १२ मलिवाडाबाट यो कार्यक्रमको विधिवत् शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
जनजागरण अभियानमा मधेश आन्दोलनको एजेण्डा, अन्तरिम संविधानमा मधेश सम्बन्धि गरिएको व्यवस्था तथा लागु गरिएको नेपालको संविधान २०७२ मा मधेशलाई विभेद गरिएको बुँदाहरुबारे सर्वसाधारण जनतालाई जानकारी दिने उद्देश्य राखिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
हालै नेपाल सरकारले ‘जनताको संविधान जनताको माझमा’ नारासहित संविधानको विषयवस्तुबारे जानकारी गराउने उद्देश्यका साथ गरिएको कार्यक्रमको समानान्तर तमलोपाले जिल्लामा यस्तो कार्यक्रम गरिरहेको हो ।
तिन चरणमा गरिने यो कार्यक्रममा पहिलो चरणमा जिल्लाको क्षेत्रनं. ३ को १२ वटा गाविससहित सो गाउँको वरिपरी पनि यो कार्यक्रम गरिने लक्ष्य तमलोपाको रहेको छ । १० दिनसम्मको पहिलोचरण अन्तर्गतको कार्यक्रममा कार्यकर्ताहरुसहित पदयात्रा गरि विभिन्न गाउँमा गएर कार्यक्रम गर्ने छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरिरहेको नाकावन्दी, सरकारी कार्यालय बन्द तथा आमहडताल कार्यक्रमलाई जारी राख्दै तमलोपाले आन्दोलनलाई थप उचाईमा लैजान यो कार्यक्रम ल्याएको सो पार्टीका युवा नेता सुशिल राउतले जानकारी दिनुभयो ।
यो अभियानमा मोर्चासहित समावेशी गठबन्धन, वुद्धिजीवी, नागरिकसमाज सबैलाई सहभागी हुन समेत तमलोपाले आग्रह गरेको छ ।
जनजागरण अभियानपूर्व तमलोपाले आयोजना गरेको पत्रकारसम्मेलनमा यो पत्रकारहरुले संगठन विस्तार गर्ने अभियान शुरु गरेको भन्ने प्रश्नमा अध्यक्ष अभिरामले यस्तो नभई मोर्चाले गरिरहेको आन्दोलनको विषयवस्तु र आफुहरुले गरिरहेको कामबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्य रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले आन्दोलनको समय हो, संगठन विस्तार गर्ने होइन, हाम्रो उद्देश्य जनतालाई सूसुचित गराउने रहेको छ ।’
जनजागरण अभियानमा तमलोपाका सयौं कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।
विस्तारै विस्तारै बजार, नाका, विद्यालयहरु खुल्न थालेपछि तथा मोर्चाले गरेको आन्दोलनमा सर्वसाधारणको उपस्थिती न्यून हुन थालेपछि तमलोपाले यस्तो अभियान थालेको हो ।

पिकनिक गर्न गएका बालकको बसबाट लडेर मृत्यु

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २१ गते । महोत्तरी जिल्लाको बर्दिबास ४ मा मंगलबार बिहान पिकनिक गर्न गएका एक बालकको बसबाट लडेर मृत्यु भएको छ ।
जनकपुर स्थित मिथिला मन्टेश्वरी स्कुलका विद्यार्थीहरु पिकनिक मनाउन सिन्धुलीको करकरे गाविसको माईस्थानतर्फ गइरहेको बेला बसको ढोकाबाट लडेर सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत सहमत राईनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
ना४ख ३५७९ नम्बरको बसमा सवार ५० जना विद्यार्थीहरु नयाँ वर्ष मनाउन जाने क्रममा विपी राजमार्गको बर्दिबास ४ मा बस मोड्ने क्रममा राईन बसको ढोकाबाट एक्कासी लडेका थिए । उनलाई तत्कालै बर्दिबासको जनसेवा अस्पताल पु¥याईएको थियो ।
राईन धनुषा जिल्लाको पटेरवा ७ का वासिन्दा रहेका छन् । उनी विद्यालयकै होस्टलमा बसेर पढदै आएका थिए । उनको वुवा अहिले वैदेशिक रोजगारमा गएका छन् ।
बस र चालकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ ।

महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरियो

कांग्रेसका युवाको निश्कर्षः काठमाडौं र मधेस दुबैको गल्ती देखियो

२०७२ माघ १ गते १२:१० मा प्रकाशित
 64  1
 0
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका केही युवा नेताहरुले हालै मात्र आन्दोलन भइरहेको मधेसको भ्रमण गरे । उनीहरु मधेसको कोर एरियामा पुगे, जसको उनीहरुले प्रतिवेदन बनाइरहेका छन् । कांग्रेसका युवा नेताहरुले भ्रमणका क्रममा काठमाडौं र मधेसका केही गल्तीहरु खुट्याएका छन् । यसै सन्दर्भमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले कांग्रेस नेता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी:
Bishow Prakash Sharma
तपाईं भर्खरै मधेस यात्रा गरेर आउनुभएको छ । काठमाडौं र मधेसको दुरी कति रहेछ ?
अहिले संवादमा रहेका मधेस केन्द्रीत दलका नेताहरुबाटै मधेसको सम्पूर्ण प्रतिनिधित्व हुन्छ भनेर बुझ्ने हो भने मधेस र काठमाडौंको दुरी छैन भन्दा पनि हुन्छ । किनभने दुवै पक्ष एकै ठाउँ बसेर छलफल गरिरहेका छन् । काठमाडौं र मधेसको भौगोलिक दुरी पनि केही किलोमिटर मात्रै हो । तर, भावनात्मकरुपमा चाहिँ दूरी बढ्दै गइरहेको छ ।
मधेस र काठमाडौंलाईर् हेर्ने दृष्टिकोणमा दुई अतिवाद हावी भएको हो त ?

निश्चय नै ।
कसरी ?
फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो
काठमाडौंले पनि ४/५ वटा गल्ती गरेको छ । कांंग्रेस सबैभन्दा ठूलो दल के कारणले भयो भने यसले मधेसमा सबैभन्दा बढी सीट जितेको थियो । राजेन्द्र महतो वा महन्थ ठाकुरको कुरा नसुन्ने हो भने पनि कांग्रेसले आफ्नै सभासदको कुरा सुन्नुपथ्र्यो । उनीहरुको भनाइ ठूलो थिएन । हामी युवाहरुले पनि भनेका थियौं कि कम्तिमा केही दिन पर्खिएर सम्बोधन गरौं । तर, फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो । काठमाडौंमा मैनवत्ति बल्यो, मधेसमा टायर बल्यो । त्यसैले पहिलो त्रुटी हामीले के गर्‍यौं भने केही दिन पनि पर्खिएनौं ।
दोस्रो, दुई बुँदे संशोधन विधेयक जुन आएको छ, त्यो राज्यको निकायमा समानुपातिक सहभागिता र जनसंख्याका आधारमा प्रतिनिधित्वलाई संविधानमा सुरुमै समाहित गरिदिएको भए आन्दोलन यो रुपमा उठ्ने थिएन ।
हामीले विश्वको उत्कृष्ट संविधान भन्यौं । हो, कयौं विषयमा जापान, भारत र बेलायतको भन्दा राम्रो छ । तर, उत्कृष्ट भन्दै गर्दा दुई वटा ट्याबलेट रेडी राख्यौं, जन्मनासाथ खुवाउनुपर्छ भनेर । त्यो भनेको यो दुईबुँदे संशोधन हो ।
तेस्रो, हामीले सीमांकनको सवालमा मधेस केन्द्रीत दलहरु खुसी होलान् भनेर (प्रदेश नम्बर २) आठ वटा जिल्ला राख्यौं । कांग्रेस र एमालेका सांसद त यसमा खुसी थिएनन् । तर, मधेसी दलहरु पनि खुसी भएनन् र अन्तत त्यो गलत सावित भयो । चुरे र कोशी नगाँसेर सीमांकन गर्नु हाम्रो त्रुटी हो ।
यद्यपि म यो पनि मान्छु कि राई, तामाङ, थारु, मगरले राज्य नपाउँदा सप्तरीदेखि पर्सासम्म मधेसीले राज्य पाए । तर, त्यही कुरो बुझाउन पनि हामी मधेसमा गएनौं । संविधानमा भएका राम्रा कुराहरु पनि मधेसका जनतालाई बुझाउन नसक्दा भ्रम उत्पन्न भयो ।
चौथो त्रुटी, काठमाडौंमा ब्याङ्केट ओढेर ब्लाक टी खाँदै हामीले मधेसको सन्दर्भमा बोल्यौं । कसैले भन्यो, धोती कसैले भन्यो विहारी । कसैले यो, कसैले त्यो भन्यो । मैथिलीमा भनाइ छ ‘बचन विचार के बोली, बचनका हाथ न पाउ, वो ही बचन गरे औषधि, वो ही बचन घाउ’ । हामीले यहाँ सिरकभित्र पसेर बोल्दै गर्दा उता चोट कति पर्‍यो भनेर विचार नै गरेनौं । त्यसले मधेसमा घिऊ थप्यो ।
पाचौं त्रुटी के भयो भन्दा आन्दोलनलाई नियन्त्रणमा लिने नाममा गोली चलाउँदा सुतेर घुँडामुनि हान्न सकिन्नथ्यो ? तर, शीरमा, छातिमा लागेको छ । जलेश्वरमा पुग्दै गर्दा कस्तो पीडा सुन्नुपर्‍यो भने ट्युशन पढ्न जाँदै गरेको रोहन चौधरी गोली लागेर मरे । दुई दिनपछि उनका हजुरबालाई गोली लाग्यो ।
दुईजनाको शव जलाइँदैछ । चारतारे झण्डा लिएर कांग्रेसका साथीहरु जान सक्ने अवस्था छैन । कांग्रेसको अफिस जलिरहेको छ । यताबाट भनिन्छ कि, आत्मरक्षाका लागि गोली चलाउन बाध्य भए सुरक्षाकर्मी । ट्युसन पढ्दै गरेको विद्यार्थीबाट सुरक्षाकर्मीलाई कसरी असुरक्षा भो ?
यसरी हामीले एकपछि अर्को गल्ती गर्‍यौं, जसले आन्दोलनमा मुद्धाहरुले भावनात्मक रुप लिए । मुद्दा, मुद्दाकै रुपमा रहँदा हल गर्नु उचित हो । मुद्धाले भावनात्मकको रुप लियो भने दिर्घायु हुन्छ । लामो समय जान सक्छ ।
काठमाडौंले त अझै पनि यो आन्दोलन मधेसीको होइन, अरु कसैले गरिदिएको हो भन्ने हिसाबले बुझेको पाइन्छ । के यो सोह्रैआना गलत बुझाइ हो ?
हो । मधेसका नागरिक ती हुन्, जसले राजेन्द्र महतोलाई एउटा सिट जितेर संविधानसभामा जान योग्य देखेनन् । हामीले वार्ता गर्दा पनि तिनै सांसदहरुसँग गर्नुपर्थ्यो, जो कांग्रेस, एमाले, एमाओवादी वा जुनसुकै दलका हुन् । पहिला हामीले तीनलाई सुनेनौं, राजेन्द्र महतोहरुलाई सुन्न खोज्यौं र सीमांकन गलत गर्‍यौं ।
त्यसपछि जब राजेन्द्र महतोहरुले आन्दोलन उठाउँदै गए र अब साँच्चै राजेन्द्र महतोहरुलाई सुन्नुपर्ने बेला आयो । त्यसपछि हामीले भन्यौं, यीनीहरुसँग कुरा गरेर कहाँ हुन्छ, दिल्लीसँग कुरा गर्नुपर्छ भन्यौं । त्यसैले हाम्रो नजर कहाँ गलत छ भने राजेन्द्र महतोजीहरु नै प्रथम र अन्तिम हुन् भन्ने बुझाइ पनि गलत छ । र, यो सन्दर्भमा भारतलाई मधेस केन्द्रीत दलहरुले कुनै न कुनै रुपमा संलग्न गराए र दशगजामा धर्ना दिए । त्यो उनीहरुको तर्फबाट भएको गलत क्रियाकलाप हो ।
हिजो कांग्रेस, एमालेसहितका दलका मधेसी सांसदलाई भाउ नदिनु गलत थियो भन्नु भो । अहिले फेरि राजेन्द्र महतोहरुलाई मात्र भाउ दिइएको छ, के यो पनि गलत हो ?
उनीहरुको मात्र कुरा सुनेर गर्नुपर्ने एकखालको परिस्थितिगत बाध्यता आइलागेको हो । तर, अहिले पनि हामी के गरिरहेका छौं भने यसको बहुआयामिक पक्षलाई बिर्सिरहेका छौं ।
मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब
मधेस भन्दै गर्दा कांग्रेस अलग्गै छ, जनताले दिएको मतका कारण । मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब । उनीहरुको मुद्दा स्थापित भएका छन् । सही मुद्दा गलत मान्छेको हातमा पर्‍यो भन्नुस् वा हारेकै मान्छेले सही मुद्दा उठायो भन्नुस् । खुला सीमा छ, र भारतसँग रोटीबेटीको सम्वन्ध छ भन्छौं । त्यसैले यो बहुआयामिक मधेसलाई हामीले कहिले एउटा चश्मा लगाएर हेर्ने, कहिले त्यो खोलेर अर्को लगाएर हेर्ने गरिरहेका छौं । एकै ठाउँमा राखेर समग्रमा विश्लेषण गर्न हामी चुकेका छौं ।
मधेस पनि त दोष मुक्त छैन होला नि ?
मधेसको पनि उत्ति नै दोष छ । उनीहरुले संविधानसभालाई सुरुमा नै बहिस्कार गरेर जानु पहिलो गल्ती थियो । काठमाडौंलाई बुझ्ने उनीहरुको नजर गल्ती थियो । यो काठमाडौं, त्यो काठमाडौं होइन, जहाँ श्री ३ को हुकुम चल्थ्यो । राजा महाराजाको शासन थियो । यो काठमाडौं त त्यो काठमाडौं हो, जहाँ मधेसी व्यक्तित्व (डा. रामवरण यादव) राष्ट्रपति भएर बस्नुभएको थियो । मधेस आन्दोलनको राप र तापले पनि उहाँ राष्ट्रपति बन्नुभएको हो ।
दोस्रो गल्ती, उहाँहरु माग्ने भन्ने मनोविज्ञानमा जानु भो । संविधानसभा कसैले माग्ने र कसैले दिने थलो थिएन । सँगै बसेर रचना गर्ने थलो हो । कांग्रेसले भनेको मात्र हुन्छ भन्ने थिएन, त्यसैले प्रस्तावनामा बहुलवाद लेखिएन । माओवादीले भनेको मात्र हुनेवाला थिएन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा भएन । त्यसैले मधेस केन्दि्रत दलहरुले लेनादेना गरेर मिलाउनुपर्थ्यो ।
तेस्रो, उहाँहरुले नाकाबन्दीलाई सहयोग गर्दै दशगजामा धर्ना दिनुभो । यो नाकाबन्दीले मुलुकलाई भूकम्पले भन्दा बढी प्रताडीत बनाएको छ मुलुक । चौंथो, कतिपय सन्दर्भमा काठमाडौंलाई दबाव दिन दिल्लीतिर जानु भो । दिल्लीले दबाव दिएपछि काठमाडौंले मान्छ भन्ने मनोविज्ञानले काम गर्‍यो ।
पाँचौं, कांग्रेस र एमालेका मधेसीहरु आन्दोलनमा समर्थन गर्न चाहन्थे । तर, उनीहरुको झण्डा जलाइयो । कार्यालयमा तोडफोड गर्नु भो । छैठौं गल्ती, आन्दोलन शान्तिपूर्ण भन्ने अनि एउटा एम्बुलेन्समा जाँदै गरेको घाइतेलाई निकालेर तालिवानले जस्तो मार्ने काम गर्नुभो ।
त्यसैले मुद्दा ठीक हो । तर, उहाँहरुले अधैर्यता राखेर आन्दोलन सुरु गर्नु भो र अहिले पनि व्यवस्थापकीय कुरामा कमजोरी भइरहेको छ ।
काठमाडौैंमा लगातार निष्कर्षविहीन वार्ताहरु भइरहेका छन् । मधेसमा कुनै न कुनैरुपमा आन्दोलन पनि चलिरहेको छ । कतै-कतै सीके राउतहरुले पनि विभिन्न खेलकुद गरिरहेका छन् । मधेस समस्या समाधान उन्मुख छ कि ढीलो हुँदैछ ?
चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर
समाधानमा ढिलाइ हुुँदैछ । तर, त्यति ढीलो पनि भइसकेको छैन कि समाधान नै नभेटियोस् । मैले के उदाहरण दिने गरेको छु भने गोरखाल्याण्ड मुद्दा नभएर सेन्टिमेन्ट बन्यो । ५० वर्षअघि अर्कैले हाँक्यो, ती गए । घिसिङ आए र उनले २०/२५ वर्ष खाए । अहिले बिमल गुरुङले खाँदैछन् र फेरि पछि अर्कोले खानेछन् ।
मधेस विगतमा कांग्रेस र एमालेको हातमा थियो । तर, त्यो मुद्दालाई नबोक्दा विस्तारै राजेन्द्र महतो र महन्थ ठाकुरको हातमा गयो । चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर ।
मधेसी मोर्चाका नेताहरुसित विन-विन सहमति भएन भने मधेस विखण्डन हुन सक्छ भन्न खोज्नुभएको हो ?
यो अनौंठो होइन जस्तो लाग्छ । किनभने यो राजनीतिको नेचर पनि हो । सेन्टिमेन्टले एउटा सिर्जनात्मक बाटोमा पुगेन भने ध्वंसात्मक बाटोमा जान्छ । जुन बेला हामी सप्तरीको राजविराज पुगेका थियौं, त्यसको दुई दिनअघि गोइत समूहको गोली लागेर प्रहरीका असईको हत्या भएको थियो । त्यसको संकेत के त ? हतियार बोक्ने युवाको अभाव छैन । हतियार किन्न पैसाको पनि अभाव हुँदैन । एक मान्छेको हत्या गरेर लाखौ भेला गर्छन् । त्यसैले हामीले हेर्दा यो मुद्दालाई मुद्दाकै रुपमा समाधान गर्नु देश र दलहरुको हितमा छ ।
ढीलो गर्दै गयो भने अहिलेका आन्दोलनकारी नेताको हातबाट यो फुस्किन्छ र अतिवादीको हातमा जान्छ । त्यसपछि कहाँ पुगिन्छ भन्न सकिन्न । किनभने संसारको उदाहरण हेर्‍यो भने एउटा अतिवादबाट अर्को अतिवादमा गएको छ, यदि बीचमा लोकतन्त्रले जितेन भने । इरानमै पनि एउटा अतिवाद गयो, तर, अर्को पनि अतिवाद नै आयो ।
भनेपछि, राष्ट्रहित विपरीत नहुने गरी अहिलेका आन्दोलनकारी दलहरुसँग सम्झौता गर्नुको विकल्प रहेन होइन ?
हो, तर निकै ढीलो भइरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये कतिपय गुमेको खास फर्काउन चाहन्छन् । मुद्दामा जितेर मात्र हुँदैन, कांग्रेसलाई जराबाट नै सफाया गर्नुपर्छ भन्ने उद्देश्य छ उनीहरुको । संघीयताको घोषणा गर्ने प्रधानमन्त्री गिरिजाप्रसादको सालिक किन ढालियो ? ३५ वर्षअघि निधन भएका पुष्पलाल श्रेष्ठको सालिकले के बिगारेको थियो ? वीपी कोइरालाको सालिकको के दोष थियो ?
मधेस आन्दोलनको समर्थनमा नै कांग्रेसले जुलुस निकाल्न खोज्दा झण्डा जलाइयो । यसले के देखिन्छ भने मधेसमा जनाधार भएका दलहरुलाई नामेट पार्ने योजनामा पनि मधेस आन्दोलन लम्बिन सक्ने अवस्था छ ।
तपाईले भन्नुभो, मधेस केन्द्रित दलहरुलाई फकाउने नाममा ८ वटा जिल्लाको प्रदेश बनाउनु गल्ती भो । तर, काठमाडौंमा सिंगो मधेसको प्रदेश बनायो भने देश टुक्रिन्छ, भन्छन् नि ?
प्रान्त बनाउने क्रममा कुनै जिल्ला यता पर्दा वा उता पर्दा देश टुक्रिन्छ भन्ने म मान्दिँन । मात्र सोच्ने के हो भने त्यो प्रदेश चल्छ कि चल्दैन । धेरै जातिले प्रदेश नपाउँदा मधेसीले प्रदेश नम्बर २ मा आठ वटा जिल्ला पाएका हुन् । तर, त्यो रुपमा दिँदा उसलाई हाइड्रोरहित, चुरेरहित बनाइदिनु गल्ती हो ।
वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ?
राष्ट्रवाद र राष्ट्रियताप्रति मधेसीको प्रतिवद्धतामा आशंका गरेर अलगावमै जान्छन् भन्ने पहाडे मनोविज्ञान गलत छ । राजा महेन्द्र चढेको मोटरमा बम हान्ने कांग्रेसका कार्यकर्ता थिए । तर, सबै मधेसी थिए । किन (बम हानेका थिए) त भन्दा लोकतन्त्रका लागि । वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ? त्यो राष्ट्रभक्ति हो ।
शरणार्थी शिविरमा भुटानीले लगाएको टोपीचाहिँ नेपालीकै जस्तो सोचिदिने, तर धनुषामा, जलेश्वरमा लगाएको धोती चाहिँ दरभंगाको जस्तो सोचिदिने भन्ने गुनासो उहाँहरुको छ । मधेसी हुँ, तर तिमीभन्दा कम स्वदेशी होइन भन्ने मनोविज्ञान छ मधेसमा ।
तर, नेताहरुले काठमाडौंबाट लगाएको बचनले पनि धेरै चोट पुगेको छ भन्छन् नि ?
निश्चय नै । मैले अघि भनेँ नि बचनले नै औषधिको काम गर्छ भने बचनले नै घाउ दिन्छ । मधेस घुम्दै गर्दा साथीहरुले त्यहाँ भन्नु भो । जब टेलिभिजनमा समाचार हेरिरहेका हुन्छौं, राजेन्द्र महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरिन्छ, हामीलाई दुख्छ । जब जिम्मेवार कुरा गर्नुहुन्छ, चोकमा निस्किएर हामी भन्छौं, हेर हाम्रा नेताहरुले मुद्दालाई समर्थन गरेका छन् । जब कांग्रेसकै अमूक नेताहरुको कुरा आउँछ, टीभी नै बन्द गर्छौं ।
मधेसको विरुद्धमा बोलेपछि हाम्रो घर अगाडि टायर बल्छ । बाहिर निस्कन सकिँदैन । त्यसैले अहिलेको आन्दोलन भडि्कनुमा हाम्रा कतिपय नेताहरुको अभिव्यक्तिले काम गरेको छ ।
केही नेताको अंगीकृत नागरिकता छ, र पारिबाट आएका हुन् भन्ने नाममा सिंगो मधेसलाई गाली गरिनु पनि त ठीक भएन नि हैन र ?
अंगीकृत नागरिकता मधेसभित्रको सानो अंश मात्र हो । बाहिरबाट आएकै हिसाबले भन्ने हो भने खस-आर्य पनि त बाहिरबाटै आएका हुन् । कोही दुई-अढाई सय वर्ष पहिले आए, कोही ३/४ सय वर्ष अगाडि । समग्रमा केही अघि र पछि न हो । त्यसैले पारिबाट आएको भन्दैमा भारतीय हुन्, बिहारी हुन्, अझ धोती हुन् भनेर बस्त्रमा आलोचना गर्नु सर्वथा गलत हो ।
धोती लगाएकाले टोपी लगाएकालाई सम्मान गर्ने र टोपी लगाएकाले धोती लगाएकालाई सम्मान गर्ने भएपछि मात्रै राष्ट्र बलियो हुन्छ ।
तपाईले जुन दुरी अथवा खाडल देखाउनुभयो, यो छिट्टै पुरिएलाजस्तो छ त ?
पछिल्लो संकेत खतरनाक छ । उदाहरणका लागि लभराजा सिंह एक जना मधेसको युवा नेता हुनुहुन्छ । हामीसँगै यात्रामा हुनुहुन्थ्यो । उहाँले के सुनाउनुभयो भने, ८ वर्षको छोरालाई मोटरसाइकलमा लिएर जाँदै हुनुहुन्थ्यो, बाटोमा एकजनाले दाइ जयनेपाल भन्नु भो, उहाँले जय नेपाल फर्काउनुभयो । त्यहाँबाट हिँड्न नपाउँदै छोराले पछाडिबाट ‘बाइक रोको, रोको’ भनेर कराएछन् । ‘किन जय नेपाल भनेको ? जय मधेस भन्नुपर्छ’ छोराले बाबुलाई भनेछन् ।
जय मधेस भन्दा आपत्ति होइन । जय लिम्बुवान, जय थरुहट भन्नु पनि गलत होइन । तर, जय नेपाल भन्ने शब्दप्रति आपत्ति हुनथाल्यो भने त्यसले के बुझ्नुपर्छ भने हावा फरक बग्दैछ । राष्ट्रिय मनोविज्ञान त देशको जय खोज्ने हो नि । यो सेन्टिमेन्ट गलत बाटोमा गयो भने त्यसले राष्ट्रलाई हित गर्दैन ।
जिम्मेवार ठाउँमा रहेका नेताहरुमा यस्ता विषयप्रति गम्भीरता देख्नुहुन्छ ?
कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ
देखिँदैन । राज्यले के सोचेको छ भने अहिले मधेसमा ठूलो-ठूलो जुलस छैन । थाक्दै गएका छन्, सिथिल भएका छन् भन्ने खालका समाचारहरु आएका छन् । आन्दोलन विस्तारै फेजआउट हुन्छ, त्यसकारण ल्याङल्याङ गरे हुन्छ भन्ने प्रमुख दलहरु र राज्यको बुझाइ छ ।
उता मधेस केन्द्रित दलहरुलाई के छ भने जुलुसमा मान्छे भए पनि नभए पनि नाकाबन्दी जारी छ । जबसम्म हामीलाई सम्बोधन गरिँदैन, तबसम्म नाका खुल्दैन । लाखौं मान्छे अब निकाल्नु परेको छैन । दुबैले एउटा-एउटा चिजलाई पक्रिरहेका छौं र दुबै गलत छन् । त्यो दशगजाको धर्ना छाडेर सिंहदरबारमा दिए हुँदैन ? राज्यले पनि चारजना मान्छे होइन, ५० औं जना ज्यान गुमाएकाहरुलाई सम्झिनुपर्छ र सेन्टिमेन्टको रुप धारण गर्दैछ भन्नेर बुझ्नुपर्छ । त्यसैले दुबैले जति गम्भीरता देखाउनु पर्ने हो, त्यति देखाइरहेका छैनन् ।
कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ । त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने प्रश्न हो ।
अब यसलाई कसरी सम्बोधन गर्ने त ?
यसमा तीन-चारवटा कुरा छन् । राज्यका अंगहरुमा समानुपातिक-समोवशी प्रतिनिधित्व भन्ने छ । यसमा लामो बहस जरुरी भएन । आर्मीको सन्दर्भमा समेत भनेका छन्, तर त्यहाँ त प्रतिस्पर्धाबाट हुने हो । हामीले मधेस केन्दि्रत दलहरुलाई विश्वासमा लिनुपर्छ । अर्को, प्रतिनिधित्वको सवालमा मधेस केन्द्रित दलहरुले नल्याएको के गाँस्नुपर्छ जस्तो लाग्छ भने समानुपातिक प्रतिनिधित्व गर्दा देशभरिलाई नै एउटा निर्वाचन क्षेत्र मानिन्थ्यो । अब यसमा मधेस केन्द्रित दलहरुले माग गरेभन्दा पनि बढी दिन सकिन्छ । प्रत्येक प्रदेशबाट प्राप्त कुल मतको प्रतिनिधित्व त्यही प्रदेशलाई दिने ।
तेस्रो, सीमांकनमा हेरफेर गर्ने सन्दर्भ छ । सीमांकन हेरफेर गर्दा प्रान्त नम्बर २ मा चुरेलाई अलिकति गाँस्ने र कोशीको केही भाग लगेर जोड्ने ।
सजिलो छ र कोशीको भाग प्रदेश नम्बर २ मा गाँस्न ? झापा, मोरङ र सुनसरीको एउटा गाविस पनि दिन्न भनेर प्रधानमन्त्री स्वयमले भन्नु भएको छ …
दिनै पर्दैन । त्यहीँ रहन्छ त्यो त । बुझाइ गलत हो । यो देशमा सबैलाई संघीयता चाहिएको तर, आफ्नो जिल्ला र वडा अखण्ड पनि चाहिएको अवस्था विरोधावासपूर्ण छ । एकैचोटि मान्छे भनिरहेको छ, संघीयतामा जानैपर्छ, तर अखण्डरुप्मा । यसरी सम्भव छैन । दुध र मदिरा फरक-फरक समयमा पिउने हो । तर, हाम्रा राजनीतिज्ञहरुले एकै ठाउँमा पिउन खोजिरहेका छन् ।
यसो भए सीमांकन फेरफेर नगरी हुन्न भन्नेमा तपाईं दृढ हुनुहुन्छ ?
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ?
सीमांकन हेरफेर नगरी हुन्न । तर, सीमांकन हेरफेर गर्दा एकतातिरको आन्दोलन सम्बोधन गर्ने नाममा अर्कोतिर जोखिम उत्पन्न हुन दिनु हुन्न । सीमांकन भनेको प्राज्ञिक र प्राविधिक दुबै दृष्टिकोणबाट पनि हेर्नुपर्छ, राजनीतिक मनोविज्ञानले मात्र हेरेर पुग्दैन । यात्राका क्रममा मित्र देवराज चालिसले भन्नुहुन्थ्यो कि हाम्रा नेता यति विज्ञ भइसके कि हस्पिटलमा डाक्टर भेटिएन भने गएर किड्नीको अपरेशनमा छिर्लान् भन्ने चिन्ता भो ।
त्यसैले सीमांकन जटिल कुरा हो । त्यो पनि आन्दोलनहरु उठिरहेको बेला । एकातिरको आन्दोलन चुप लागेर हेरिरहेको छ । पूर्वी पहाडमा कुमार लिंगदेनहरु के हेरिरहेका छन् भने झापा, मोरङ, सुनसरीसहितको नौ वटा जिल्ला हामीले मागेका थियौं । ५ वटा थपेर बोनसमा पाइएको छ । किन धेर भो भन्ने उनको छ । धेर हुँदा त बरु धेरै समस्या नहुँदो रहेछ । त्यसैले धरान हेर्नुस्, लिम्बुवानमा सुहाउँछ । तर, इनरुवा मधेसमा सुहाउन सक्छ । त्यसैले नबुझाइकन काटिदिनुभयो भने समस्या आउँछ । कुन भुगोल कहाँ सुहाउँछ भनेर बुझाउनुपर्छ ।
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ? पहाडे ठाउँ, पहाडे नेता, पहाडेलाई सम्बोधन । पहाडे नेताको हातमा डाडु पन्यौं छ, मधेसलाई सम्बोधन भएन । यसो भन्दा के जवाफ दिने ? ठिक गर्नु भो नेताहरुले भन्न सकिएन । ठिक कतिबेला भन्न सकिन्छ भने बाग्लुङ र सुर्खेतसँगै सर्लाहीलाई सम्बोधन गर्दा ।
- See more at: http://www.onlinekhabar.com/2016/01/375407/#sthash.HSmpLeZW.dpuf