महोत्तरी समाचारदाता
जलेश्वर, भदौं १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार साँझ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।
![]() |
हातले लेवल लेखेको सामग्री |
जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी र सुरक्षाकर्मी सम्मिलित अनुगमन टोलीले सदरमुकाम जलेश्वरको १३ वटा पसलमा अनुगमन गरी विभिन्न सामग्रीहरु वरामद समेत गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।
![]() |
हातले लेवल लेखेको सामग्री |
सदरमुकाम जलेश्वर वडानं. १ स्थित श्रीराम किसान पसल, दिनेश पान पसल, कामेश्वर मदिरा पसल, सरस्वती किराना भण्डार, वारामान पैलेस, शिव किराना पसल, श्रीराम कोल्ड स्टोर्स, सोनी कोल्ड एण्ड जेनरल स्टोर्स, चौधरी भेराइटी स्टोर्स, मास्टर साहेव किराना पसल, लक्ष्मी किराना भण्डार, नवदुर्गा किराना पसल, संजय किराना पसल र श्री भण्डार स्टोर्समा अनुगमन गरिएको प्रशासकिय अधिकृत यादवले जानकारी दिनुभयो ।
![]() |
अनुगमन पशचात सामग्रहरु जलाईदै |
सो अनुगमनको क्रममा विभिन्न पसलबाट कतिपय सामग्रीहरु विना लेवलको पाइएको, खाने सेवई विना लेवलको भेटिएको, लेवल छोपिएको, म्याद नाधिएको तथा हातले रकम लेखिएको अवस्थामा सामग्रीहरु फेला परेको थियो ।
सो अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख दुर्गालाल दास, जिल्ला प्रशासन कार्यालयका खा.नि.श्रवणकुमार साह, जलेश्वर उद्योग वाणिज्य संघका प्रतिनिधि शिवचन्द्र चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रनानि टंकबहादुर खत्री, सञ्चारकर्मी नविन प्रियदर्शी रहनुभएको थियो ।
अनुगमन पश्चात वरामद भएका सामग्रीहरुलाई जलाएर नष्ट गरिएको थियो ।