स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Thursday, September 11, 2025
निषेधाज्ञा र कफ्र्युमा के फरक छ
Tuesday, September 2, 2025
सकारात्मक आस जगाउँदै पिगौनाको सामुदायिक विद्यालय
भूमिका उपाध्याय,
जलेश्वर (महोत्तरी), १७ भदौ ।
मधेशमा सामुदायिक विद्यालयको पठनपाठन भन्नासाथ जोसुकैले नाक खुम्च्याउँछन् । हुनपनि चरम बेथिति र बेवास्थाले गाँजेर सामुदायिक विद्यालय राजनीतिक अखाडावाजीका थलो बनेका देखिदो छ । भन्छन् नि, हिलोमै कमल फुल्छ, यस्तै बेथितिका बीच महोत्तरीको जलेश्वर–११ पिगौनास्थित जनता माध्यमिक विद्यालय भने सकारात्मक सन्देश दिने प्रयत्नमा छ ।
Monday, September 1, 2025
छोरीलाई शिक्षित बनाउ ः महावाणिज्य दुत मिना
महोत्तरी समाचारदाता
महोत्तरी, भदौ १७ गते । भारतीय महावाणिज्य दुतावास विरगञ्जका प्रमुख देवी सहायक मिनाले एउटा छोरी पढाउनुको अर्थ पुरै परिवारलाई शिक्षित बनाउने रहेकोले छोरीलाई शिक्षित बनाउन आग्रह गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सबभन्दा पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय (ल.च.मु.मा.वि) मा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुहुदै महावाणिज्य दुत मिनाले अभिभावकहरुले अनिवार्य रुपमा छोरीहरुलाई शिक्षा दिलाउन तथा छोरीलाई आफ्नो पुरै ध्यान शिक्षामा केन्द्रीत गर्न आग्रह समेत गर्नुभयो ।
Sunday, August 31, 2025
एसईई परिक्षामा उत्तिर्ण छात्राहरुलाई साइकल वितरण
Monday, January 20, 2020
मुसहरवस्तीका बालिका पुरस्कृत
नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, पुस १७ गते । आफु पनि बालविवाह गर्दिन र आफ्नो समुदायमा हुने बालविवाह रोक्न प्रयत्नशील हुन्छु भन्ने प्रतिवद्धता जनाएकी चेपकटका मुसहर समुदायका बालिका रुवी कुमारी सदालाई औरही नगरपालिका प्रमुखले सम्मान गर्नुभएको छ ।
औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले रुवी कुमारीको बोल्ने कला र बालविवाह गर्दिन् भन्ने गर्नुभएकी प्रतिवद्धताबाट खुशी भएर १ हजार १ सय रुपैयासहित पुरस्कृत र सम्मान गर्नुभएको हो । त्यसैगरी सोही ठाउँकी संगिता कुमारी सदालाई पनि वस्तीमा सरसफाई गर्ने÷गराउने प्रतिवद्धताले खुशी हुदै प्रमुखले पुरस्कृत र सम्मान गर्नुभएको हो । अँग्रेजीमै परिचय दिएकी रुवीले आफु आत्मनिर्भर भएपछि मात्रै विवाह गर्ने र यस वस्तीका अरु बालिकाहरुलाई पनि बालविवाह गर्नबाट रोक्ने वताएकी थिइन ।
यु.के.एड डाइरेक्ट ÷स्ट्रिट चाइल्ड नेपालको आर्थिक सहयोगमा महिला जागरण समाज जनकपुरले मुसहर समुदायमा रहेको व्यथालाई न्यूनीकरण गर्न सञ्चालन गरेको जीवन उपयोगी शिक्षा कार्यक्रमको निरिक्षणको क्रममा पुग्नुभएका औरही नगरपालिकाका मेयर यादवले मुसहरबस्तीका बालिकाहरुको ओजपूर्ण अभिव्यक्ति सुनेपछि पुरस्कृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा पछाडि परेका मुसहरवस्तीका बालिकाहरुमा यसरी शिक्षा आउनु सकारात्मक रहेको र यसले अरुलाई पनि प्रेरणा मिलोस भन्ने हेतुले सम्मान र पुरस्कृत गरेको हुँ ।’
शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक, स्वास्थ्य, विकास लगायत अन्यान्य सबै क्षेत्रमा पछाडि रहेका यी समुदायमा बालविवाह सामान्य मानिन्छ । सोही कारणले यस समुदायमा कुपोषणको समस्या पनि व्याप्त रहेको बताउनुहुदै प्रमुख यादवले यसरी यस समुदायका बालिकाहरुमा चेतना जाग्नु ठुलो कुरा रहेको बताउनुहुदै जीवनोपयोगी शिक्षा प्रदान गर्ने संस्थाहरुलाई धन्यवाद समेत दिनुभयो । उहाँले किशोरीहरुलाई आफ्नो सम्पर्क नम्बर दिनुहुदै बालविवाह भइरहेको जानकारी आफुलाई वा नजिकको प्रहरी चौकीमा गराउन समेत आग्रह गर्नुभएको थियो ।
मुसहर समुदायमा लैङ्गिक समानता प्रवद्र्धन गर्न, मुसहरवस्तीका किशोरीहरुलाई दु्रत सिकाई कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०१८ देखि संचालित केन्द्रमा उनीहरुलाई नागरिक चेतना, सुरक्षित मातृत्व, पञ्जीकरण, बृहत्तर यौनिकता, परिवार नियोजन जस्ता १ सय ४० वटा पाठ पढाएर जीवन उपयोगी शिक्षा दिइएको कार्यक्रमका सुपरभाइजर रिंकु ठाकुरले जानकारी दिनुभयो ।
मुसहर समुदायका १५ वर्ष देखि २३ वर्ष उमेर समुहका विद्यालय जानबाट बञ्चित वा विद्यालय छाडेका किशोरीहरुलाई टिमकियामा लाँलिगुरास सिकाई केन्द्र तथा चेप्कटमा जय माँ सारदे सिकाई केन्द्र नाम समुह गठन मुसहरवस्तीका बालिकाहरुलाई जीवनोपयोगी शिक्षा प्रदान गरिदै आएको कार्यक्रम संयोजक शशि भुषण रायले जानकारी दिनुभयो । उहाँले टिमकीया र चेप्कटमा गरी चारदर्जन बालिकाहरुलाई कार्यक्रममा सहभागि गराई शिक्षा प्रदान गदै आएको बताउनुभयो ।
नगरप्रमुख यादवले दुवै केन्द्रको अनुगमनपश्चात बालिकाहरुमा देख्नुभएको परिवर्तनले खुशी हुदै नगरपालिकाको तर्फबाट पोशाक वितरण गर्ने घोषणा समेत गर्नुभएको थियो । टिमकीयाका किशोरीहरुले सार्वजनिक दलान नहुँदा पठनपाठमा समस्या भइरहेको जानकारी गराएपछि उहाँले त्यसको लागि पनि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
वि.सं. २०६८ को जनगणना अनुसार तराईका दलितहरु मध्ये सबभन्दा बढी पछाडि रहेका मुसहरहरुको जनसंख्या महोत्तरीमा ३ हजार ३ सय रहेको छ ।



.jpg)
