निषेधाज्ञामा शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनुपर्ने आवश्यकता परेमा सो गर्नुभन्दा अगाडि भीडलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भीड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि पारी गोली चलाउनको निमित्त आदेश दिने व्यवस्था छ । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक हिँड्डुल समेत नगर्न आग्रह गर्नुपर्ने हुन्छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निकालेको सुचनामा पनि निषेधाज्ञा तथा कफ्र्युको समयमा गर्न हुने तथा नहुने मापदण्ड तोकेको छ । निषेधाज्ञाको समयमा गर्न नहुने कार्यहरुमा भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न एवम् शान्ति र व्यवस्थामा असर हुने कुनै कार्य गर्न नपाउने र एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ । त्यसैगरी कफ्र्युको समयमा गर्न नहुने कार्यहरुमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रर्दशन, सभा, समुह बनाई हिड्न, बैठक वा घेराउ गर्न नपाउने रहेको उल्लेख छ । यसबाट पनि हामीले निषेधाज्ञा र कफ्र्युमा रहेको फरक बुझन सक्छौं ।
प्रजिअले जारी गर्नुभएको आदेशमा जिल्लाको पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा यस जिल्लामा सार्वजनिक सम्पत्ति र जनताको जनधनको सुरक्षाको लागि मिति २०८२÷०५÷२५ बिहान ८ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क र ६ख वमोजिम यस जिल्लाभरका सम्पूर्ण क्षेत्रमा कफ्र्यु आदेश जारि गरिएकोमा आज मिति २०८२÷०५÷२६ गते बिहान ११ः३० बजेदेखि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ख वमोजिम दंगाग्रस्त क्षेत्र घोषणा गरि कफ्र्यु तथा निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ ।
च्याट जिपिटीलाई निषेधाज्ञा र कफ्र्युमा के फरक छ भनेर सोध्दा उसले यस्तो जवाफ पठाएको छ ।
निषेधाज्ञा र कफ्यु दुबै सार्वजनिक गतिविधि नियन्त्रण गर्ने कानूनी उपायहरू हुन्, तर दुबैको प्रकृति र प्रयोग फरक हुन्छ ।
🔹 निषेधाज्ञा
अदालत वा प्रशासनले जारी गर्ने आदेश हो ।
सामान्यतया कुनै काम नगर्न वा कसैसँग सम्पर्क नराख्न भनेर दिइन्छ ।
यो व्यक्तिगत (एक जना वा समूहलाई लक्षित) वा सामूहिक (कुनै क्षेत्रमा सबैलाई) पनि हुन सक्छ ।
उदाहरणः
अदालतले कसैलाई अर्को व्यक्तिसँग सम्पर्क नगर्न आदेश दिने ।
प्रशासनले भेला, जुलुस वा आन्दोलन नगर्न दिने आदेश ।
🔹 कफ्यु
प्रशासनले जारी गर्ने सामूहिक नियन्त्रण आदेश हो ।
मुख्यतया सुरक्षा वा आपतकालीन अवस्थामा प्रयोग हुन्छ ।
कुनै निश्चित समय अवधिमा बाहिर ननिस्कनु पर्ने हुन्छ ।
सबैलाई समान रूपमा लागू हुन्छ (व्यक्तिगत होइन, सामूहिक) ।
उदाहरणः
राति ८ बजे देखि बिहान ५ बजे सम्म बाहिर ननिस्कनु ।
दंगा, हिंसा वा महामारी फैलिन नदिन कफ्यु लगाइने ।
✅ मुख्य फरक
निषेधाज्ञा ः कुनै गतिविधि नगर्न आदेश (व्यक्तिगत वा सामूहिक) ।
कफ्यु ः निश्चित समयभित्र बाहिर ननिस्कन आदेश (सामूहिक) ।
@🔹 निषेधाज्ञा (Prohibition Order) @कफ्यु (Curfew)
No comments:
Post a Comment