.jpg) |
|
महोत्तरी समाचारदाता
महोत्तरी, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयबाट यसवर्ष एसईई परिक्षामा पास भएका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको छ ।
नेपाल भारत मैत्री युवा संघले उडान कार्यक्रम अन्तर्गत ‘पढेंगी बेटियाँ तो बढेगी बेटियाँ’ नाराका साथ सो विद्यालयमा यसवर्ष एसईई परिक्षामा सफल (पास) भएकी १२ जना छात्राहरुलाई साइकल वितरण गरेको हो ।
संघका केन्द्रीय महासचिव कृष्णा सिंहले नेपालमा विभिन्न आपतकालिन तथा दैविक प्रकोपको अवस्थामा संघले विभिन्न सहयोग कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुहुदै आफ्नो गाउँठाउँका विद्यार्थीहरुको लागि समेत केही सहयोग गर्ने उद्देश्यले साइकल वितरण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले जलेश्वर नगरपालिकाको विभिन्न विद्यालयमा गएर यसवर्ष एसईई परिक्षामा पास भएका छात्राहरुलाई साईकल वितरण गर्ने योजना रहेको र यसको शुरुवात यस विद्यालयबाट गरिएको बताउनुहुदै छात्राहरुलाई अध्ययनमा समस्या आए विद्यालयहरुसँगको सहकार्यमा छात्रवृत्ति लगायतका विभिन्न सहयोगहरु गर्न तयार रहेको बताउनुभयो । महासचिव सिंहले भन्नुभयो,‘साईकल वितरण एउटा वहाना मात्रै हो, हाम्रो लक्ष्य भनेको यस भेगका छात्राहरुको अध्ययनमा समस्या भएँ, ति समस्याको पहिचान गरि सो को निराकरणको लागि पहल गर्ने हो ।’
.jpg) |
साईकल वितरण गर्नुहुदै नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद रामचन्द्र तिवारी |
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद रामचन्द्र तिवारीले समाजमा छोरा र छोरीको भेदभावको कारणले छोरीलाई अगाडी बढनमा समस्या भइरहेको बताउनुहुदै साईकल वितरणबाट उनीहरुको अध्ययनमा नियमितता हुने वताउनुभयो । अहिले पनि समाजमा छोरालाई नीजि विद्यालय तथा छोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउने गरिएको बताउनुहुदै सामुदायिक विद्यालयको अध्ययनलाई उकास्न जरुरी रहेको बताउनुभयो ।
सङ्घीयतासंगै हरेक पालिकाले शिक्षा क्षेत्रमा आ–आफ्नो अनुकुलको शिक्षा नीति बनाउँदा समस्या देखिएकोले यस विषयमा राजनीतिकदलहरुलाई एकजुट भएर लाग्नुका साथै मधेश प्रदेशमा गुणात्मक शिक्षाको साथसाथै महिलाहरुलाई संख्यात्मक शिक्षा समेत बढाउन आग्रह गर्नुभयो ।
.jpg) |
साईकल वितरण गर्नुहुदै नेपाली काँग्रेसका नेता तथा पूर्व साँसद रामचन्द्र तिवारी, साथमा विद्यार्थी तथा एमाले नेता रामआधार कापरसहितका । |
| |
|
कार्यक्रममा एमालेका नेता रामआधार कापरले शिक्षा विना समाजको विकासको परिकल्पना समेत असम्भव रहेको बताउनुहुदै शिक्षा नै ठुलो भएको दावी गर्नुभयो । यहाँका अभिभावकहरु घरखर्च जोडन कतार, दुवई, मलेशियामा काम गरिरहेको र त्यहाँ कामको दौरानमा हुने हैरानी, दुःख कष्ट छोराछोरीले भोग्न नपरोस उद्देश्यले छोराछोरीहरुलाई शिक्षा तर्फ आकर्षित गरिरहेकोमा जोड दिनुहुदै शिक्षाको स्तर उकास्न सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो ।
नेपाल भारत मैत्री युवा संघको जिल्ला अध्यक्ष जितेन्द्रकुमार सिंहको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वैद्यनाथ साह, उद्योग वाणिज्य संघ जलेश्वरका उपाध्यक्ष रामएकवाल साह, संघका जिल्ला सचिव ब्रजेश झा लगायतकाहरुले मन्तव्य राख्नुभएको थियो ।
 |
गाेरखापत्र दैनिकमा निस्केकाे समाचार |
No comments:
Post a Comment