Showing posts with label गतिविधी. Show all posts
Showing posts with label गतिविधी. Show all posts

Friday, September 19, 2025

केरा (केला) पातक उपयोग (मैथिली)


 मिथिलाक भोज सँ विलुप्त होईत केरा (केला) पातक उपयोग सँ फायदा - केराक पात स्वास्थ्य, धर्म, पर्यावरण, सौंदर्य आ अध्यात्मिक जीवनक लेल वरदान समान अछि आर अत्यंत लाभकारी होईत अछि। केरा पात ने केवल सस्ता, सरल आ सहज उपलब्ध वस्तु अछि, बल्कि ई बहुआयामी वरदान सेहो अछि।

Thursday, September 11, 2025

निषेधाज्ञा र कफ्र्युमा के फरक छ

 


नागेन्द्रकुमार कर्ण
जेन जी आन्दोलनको कारण देशको विभिन्न ठाउँहरुमा निषेधाज्ञा र कफ्र्यु लगाइएको छ । कतिपयले निषेधाज्ञा र कफ्र्यु एउटै हो भनेर बुझछन् । शाब्दिक रुपमा सर्वसाधारणहरुले एउटै बुझे पनि दुवैमा भने फरक रहेको छ ।

Thursday, September 4, 2025

औरहीमा एकदिने शिविरमा २७ जनामा क्षयरोग भेटियो



महोत्तरी समाचारदाता 

महोत्तरी, भदौ १९ गते । महोत्तरी जिल्लाको औरही नगरपालिकामा गरिएको एक दिने क्षयरोग स्क्रिनिँगमा २७ जनामा क्षयरोग देखिएको छ । 

औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत एआई एक्सरे विधिबाट सक्रिय क्षयरोग खोजपडताल शिविर चलाउँदा त्यत्तिको संख्यामा क्षयरोगी भेटिएको वताउनुभयो । 

Tuesday, September 2, 2025

सकारात्मक आस जगाउँदै पिगौनाको सामुदायिक विद्यालय

 


नेपालवाणी संवाददाता

भूमिका उपाध्याय,
जलेश्वर (महोत्तरी), १७ भदौ ।

मधेशमा सामुदायिक विद्यालयको पठनपाठन भन्नासाथ जोसुकैले नाक खुम्च्याउँछन् । हुनपनि चरम बेथिति र बेवास्थाले गाँजेर सामुदायिक विद्यालय राजनीतिक अखाडावाजीका थलो बनेका देखिदो छ । भन्छन् नि, हिलोमै कमल फुल्छ, यस्तै बेथितिका बीच महोत्तरीको जलेश्वर११ पिगौनास्थित जनता माध्यमिक विद्यालय भने सकारात्मक सन्देश दिने प्रयत्नमा छ ।

Monday, September 1, 2025

छोरीलाई शिक्षित बनाउ ः महावाणिज्य दुत मिना


महोत्तरी समाचारदाता

महोत्तरी, भदौ १७ गते । भारतीय महावाणिज्य दुतावास विरगञ्जका प्रमुख देवी सहायक मिनाले एउटा छोरी पढाउनुको अर्थ पुरै परिवारलाई शिक्षित बनाउने रहेकोले छोरीलाई शिक्षित बनाउन आग्रह गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको सबभन्दा पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय (ल.च.मु.मा.वि) मा आयोजित एक कार्यक्रममा मन्तव्य राख्नुहुदै महावाणिज्य दुत मिनाले अभिभावकहरुले अनिवार्य रुपमा छोरीहरुलाई शिक्षा दिलाउन तथा छोरीलाई आफ्नो पुरै ध्यान शिक्षामा केन्द्रीत गर्न आग्रह समेत गर्नुभयो ।

Sunday, August 31, 2025

एसईई परिक्षामा उत्तिर्ण छात्राहरुलाई साइकल वितरण


महोत्तरी समाचारदाता महोत्तरी, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयबाट यसवर्ष एसईई परिक्षामा पास भएका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको छ ।

Thursday, August 21, 2025

अपनी बुराई सुनकर परेशान नहीं होना चाहिए

प्रेरक प्रसंगः


एक लोक कथा के अनुसार पुराने समय में एक संत अपने शिष्य के साथ एक गांव में रुके। कुछ ही दिनों संत की ख्याति आसपास के क्षेत्र में फैल गई। अब उनके प्रवचन सुनने और दर्शन करने के लिए दूर–दूर से लोग आने लगे। ये देखकर उसी गांव का एक अन्य पंडित परेशान हो गया। उसे लगने लगा कि इस संत की वजह से मेरे भक्त कम हो जाएंगे। मेरा जीवन यापन कैसे होगा ?

मिथिलामा यसरी मनाइन्छ तिज

दिदीबहिनी विशेष

विजेता चौधरी

मलाई धेरैले सोध्नुहुन्छ तपाईंहरूमा पनि तिज हुन्छ रु अर्थात् मिथिलामा पनि तिज मनाइन्छ, मिथिलानीहरू पनि तिज व्रत लिनुहुन्छ रु लिनुहुन्छ १ तिजमा शिवपार्वतीको पूजा गरिन्छ र अटल सौभाग्य तथा आरोग्यको कामनासहित व्रत बसिन्छ । खासमा सनातनी हिन्दुहरू जुनसुकै समुदाय, क्षेत्र र भूगोलमा भए पनि प्रायः पर्वत्योहारमा समानता पाइन्छ ।

अस्पताल सुधार्न मुख्यमन्त्री गुहारे जलेश्वरबासी

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, भदौ ४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरको सेवा, सुधार गर्न स्थानीयबासीहरुले मुख्यमन्त्रीलाई गुहारेका छन् । 

जलेश्वर उद्योग वाणिज्य संघको अगुवाईमा वडाध्यक्षसहितका युवाहरुको एक सम्मिलित टोली मुख्यमन्त्री कहाँ पुगेर अस्पताल सुधारको लागि चार वुँदे माँग समेत पेश गर्दै ज्ञापनपत्र बुझाएका छन् । 

Wednesday, August 13, 2025

सडकमै धान रोपाई

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, साउन २८ गते । वुधबार दिउँसो सिमसिम पानी परिरहेको थियो । केही युवाहरु सोही पानीमा रुझेर हतार हतार धान रोपाई गरिरहेका थिए भने केही व्यक्तिहरु सो दृश्य हेरेर रमाईरहेका थिए । यस्तो दृश्य थियो जलेश्वर नगरपालिका वडानं. ४ सुगादेखि वडानं. ५ विसनपुरसम्म जाने सडकखण्डमा । युवाहरु खेतमा नभई सडकमै धान रोप्न थालेपछि स्थानीयहरु रमिते बनेका थिए ।

Monday, August 11, 2025

करेन्ट लागेर एकको मृत्यु

 


blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका-४, खेश्राहा बस्ने वर्ष ६५ को मोकदम राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।