Wednesday, October 7, 2015

जितिया पर्वको सान्दर्भिकता (आलेख)

जितिया पर्वको सान्दर्भिकता (आलेख)

 कारी महतो // परिचयः जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउ“छन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ । सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भनिन्छ । जितिया ब्रत दुई किसिमको हुन्छ– साधारण र खर जितिया । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउ“छन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । तर अचेल घिरौलाको पातको सट्टा कर्कलाको पात पनि प्रयोग गरिन्छ । जितिया ब्रत कथा अनुसार चील्हो, सियरो नाम गरेका चील र स्याल जस्ता जनावरहरु पनि जितिया ब्रत बस्ने भएकोले ती जनावरहरुका निम्ति पातमा राखी पिना बगाउने गरिएको हो । त्यस दिनभरि चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउ“छन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् । “खर जितिया” ब्रतमा “डट्खट” खाइदैन । दर खाईसकेपछि ब्रतालुहरु जाग्राम बस्नुपर्दछ । उनीहरुले प्रत्येक घरबाट गीत गाउने महिला र पुरुषहरुलाई ब्यु“झाएर गाउ“को एकै ठाउ“मा भेला गराउ“छन् । ती रौराहर (गवैया) महिला पुरुषहरुले त्यसबेला गाउने गीतलाई “बदहा गीत” भनिन्छ । बदहा गीत भोलिपल्ट अर्थात अष्टमीको बिहान सम्म गाउने चलन छ । बिहान सबेरै ब्रतालुहरु सबैजना खोला–नदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउ“छन् । स्नान गरेर फर्केपछि सबैजना भेला भई बेलको पात टिप्न जान्छन् । त्यसलाई “बेलपाती लोर्हे जाई” भनिन्छ । ब्रतालुहरुस“गै गवैया महिला पुरुषहरु पनि जान्छन् । बेलको रुखको चारैतिर ब्रतालुहरु “झमटा नृत्य” र गीत प्रस्तुत गर्दछन् । त्यसबेला गाउने गीतलाई “फुला लोर्होनी गीत” भनिन्छ । गीत समाप्त भैसकेपछि मात्र ब्रतालुहरुले बेलको पात टिप्छन् । बेलको पात घरमा ल्याइसकेपछि उनीहरुले एक दुई माना जति मास भिजाएर राख्छन् । त्यस दिन ब्रतालुहरुले पानी पनि नखाई उपवास बस्छन् । त्यसदिन महिलाहरु नया“ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । उपासको बेलुकीपख करीब तीन–चार बजेतिर ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउ“छन् । त्यसपछि घरमा आई नया“ नया“ पहिरनमा जम्मा भई पाकडी वा पीपलको बोटमूनि झम्टा नृत्यमा झूम्छन् । गवैया महिला पुरुषहरु पनि त्यहा“ जम्मा भई गीत गाउ“छन् । त्यसबेला गाउने गीतलाई “डार कटोनी गीत” भनिन्छ । उता केटाहरु रुखमाथि चढेर रुखको हा“गा काट्न तम्तयार हुन्छन् र गीत सकिएपछि एउटा सानो हा“गा काटेर झारीदिन्छन् । ब्रतालुहरुले त्यस हा“गालाई भू“ईमा नखसालाी कथा सुन्ने ठाउ“मा लिएर जानु पर्ने हुन्छ । तर बाटोमा केटाहरुले एउटा मोटो रस्सी तेस्र्याएर बाटो छेक्छन् । गवैयाहरुले सुरीलो स्वरमा गीत सुनाएपछि बल्ल बाटो छोड्छन् । त्यसबेला गाउने गीतलाई “डगरोट गीत” भनिन्छ । कथा सुन्ने ठाउ“मा त्यो हा“गा गाडेर सानो रुख बनाइन्छ । रुखमा चीलको गु“ड पनि बनाइन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दहि साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउ“को कुनै एक भद्र पुरुषले जितिया ब्रत कथा घण्टौं लगाएर सुनाउ“छ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्छन् । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा “गरग्वाङ” भनिन्छ), बनाएर मासको गेडाले पूजा गर्छन् । मासको गेडा केहि दिनपछि त्यस “गरग्वाङ” मा राम्ररी उम्रिएमा त्यस ब्रतालुको सन्तान सुखको राम्रो लक्षण मानिन्छ । खोलाबाट घर आइसके पछि ब्रतालुहरु दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइ“ठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ । त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् । पारन गरिसके पछि बा“की रहेको भिजाएको मास भुटेर खान्छन् । त्यसदिन पनि दिनभरी झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल बटुलेर कथा भन्ने मान्छे र पीपलको हा“गा काट्ने केटाहरुलाई दिन्छन् । यसरी जितिया पर्व सकिन्छ ।
 
जितिया ब्रतको कथा सारः
जितिया ब्रत कथालाई जितबाहनको कथा पनि भनिन्छ । यो कथा परापूर्वकाल देखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो भएको मानिन्छ । वास्तवमा, यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरुलाई अनुशासित र कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यो कथाको पुरा अंश भन्न सात आठ घण्टा लाग्छ तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ । कथालाई मुख्य दुई खण्मा ब्याख्या गरिन्छ । ती दुई खण्डमा पनि अन्य सहायक खण्डहरु छन् । यहा“ पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ । कथा अनुसार एउटा छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहा“ दुई वर्गको पनि अस्तित्व हुन्छ । एउट वर्ग राजखान्दान र अर्को रैति । सोहि राज्यमा एउटा अविवाहित बुढीकन्याले कुनै पुरुषको संसर्ग विना नै एउटा छोराको जन्म दिन्छ । उमेर पाको भएकोले सबैले ती कन्यालाई “मस्वासी बुढीया” भन्थे र उनको छोरोलाई “मस्वासी बुढीयाको छोरा” । बुवाको कुनै अत्तोपत्तो नभएकोले छोराको नामाकरण नै भएन । आमाले छोरालाई “बबुवा” भनी सम्बोधन गर्थे । हुर्किदै बढ्दै जाने क्रममा त्यो बालक अति नै तीक्ष्ण बुद्धि भएको र निकै प्रतिभावान बन्दै गए । जुनसुकै खेलकुदमा उसलाई हराउन सक्ने कोही पनि भएन । राजखन्दानका बालकहरुस“ग खेल्ने क्रममा पनि सबैलाई जित्दै जान्थे । हारेको रिस पोख्ने क्रममा ती राजखान्दानका बालकहरुले उनलाई निकै पिट्थे । तर एकदिन पिटाइसगै गाली गरे । उनलाई भनिएको थियो– “बिना बाउको छोरो” । त्यो बचन बाणको शब्दले उनी निकै रोए । ऊ सधंै झंै रु“दै घर आउ“थे तर त्यस दिन आमाबाट आफ्नो बाबाको बारेमा जान्ने अडान लिन्छ । केही सीप नलागी आमाले बाध्य भएर आफ्नो जीवनमा घटेको घटनाको वृतान्त सुनाउ“छिन् । वास्तवमा उक्त गरीब बुढी एक्लै बस्थे । एकदिन राजपरिवारका सदस्यको क्रियाक्रमका लागि बुढीलाई पनि रक्सी बनाउन धान ल्याइ दिएका हुन्थे । तर वर्षात को मौसमका कारण धेरै दिन झरी बादल लागेर धान सुकाउन नपाएकोले बुढीले भगवानको जप गर्दै जसरी भए पनि धान सुकाउने व्यवस्था मिलाई दिन प्रार्थना गरिन् र आफ्नो भाकल पूरा भए पछि आफूले भगवानले चाहेको कुरा अर्पण गर्ने भाकल गरिन् । भाकल पुरा भएपछि बुढिले आफ्नो बाचा बिर्सिइन् जसले गर्दा भगवानले श्राप दिदै घरको करेसाबारीमा पिसाब फेरिदिए । पिसाबबाट हरियो लहलहाउ“दो साग उब्जियो तर श्रापको कारणले वरिपरिका सबै तरकारीका बोट सुकेर गए । तरकारीको अनिकालमा बुढिले भगवानले पिसाब फेरेको ठाउ“मा उम्रेको साग पकाएर खाएपछि सोही दिन देखि गर्भवती भएको सबै कहानी बुढिले आफ्ना छोरालाई बताउ“दै “बाबु तिम्रो बाबा स्वयम् भगवान नै हुन्” भनी आश्वस्त पारिन् । अब भने छोराको मन शान्त त भयो तर छोराको अर्को अडान बुढीआमाले थेग्न सकेन । वास्तवमा छोराले लिएको अडान थियो “बाबाको खोजी गरेर आफ्नो नामाकरण गराउने” ।
केही सीप नलागी बुढीआमाले आफ्नो एक्लो सहारा आफूबाट टाढा पठाउन बाध्य भईन । त्यो केटो बर्षौ सम्म बाबाको खोजीमा भौतारिदै गए र त्यस क्रममा उनले थुप्रै थुप्रै दुःख र पीडामा बा“चीरहेका मानव र पशुपंक्षीहरुलाई भेटे र सबैको आग्रह बमोजिम उनीहरुको दुखको कारण र त्यसबाट मुक्त हुने उपाय पनि भगवानबाट पत्ता लगाउने आश्वासन दिदैं गए । कठोर यात्रा पछि उनी त्यस्तो ठाउ“मा पुगे जहा“ समुद्र पार गर्न सकेको खण्डमा आकाशको र धर्तीको मिलन हुने क्षितिज फेला पर्छ । त्यसै ठाउ“बाट आकाश मार्ग भएर उनले भगवानलाई भेट्न सफल भए । उनी देवी देवताको रथ गुड्ने बाटोमा कुरेर बसे । त्यस बाटो भएर गुड्ने सबै रथ रोक्दै “भगवान को हो ?” भनी सोध्थे । देवी देवताको रथ रोक्न सक्ने बालक कुनै साधारण बालक हुनै नसक्ने अड्कलकासाथ सबैले भगवानकै छोरा भनी परिचय पाउ“थे । अन्तमा त्यो बालकले भगवानको पनि रथ रोकी दिन्छ । भगवान पनि अचम्ममा पर्दै “को हौ तिमी” भनी सोधे । बालकले आमाको सबै कथा सुनाएर उनकै छोरा भएको पुष्टि गरेपछि भगवानले पनि आफ्नै छोरा स्वीकार गरी काखमा राखी मुख्य उद्देश्यको बारेमा सोध्छन् । आफ्नो छोरा पहिचानको लागि यति संघर्ष गरी भेट्न आएको थाहा पाई नामाकरण गरी पहिचान दिन्छन्– “आजै देखि तिम्रो नाम ‘जितबाहन’ भयो, संसारका सबै प्राणी जगतले तिम्रो नाममा ब्रत बस्नेछ ।” त्यति मात्र नभई बालकले यात्राको क्रममा भेटिएका सम्र्पूण पिडित र दुखीहरुको रहस्य पनि भगवानबाट थाहा पाए अनि त्यसबाट छुटकारा दिलाउने उपाय पनि आशिर्वाद स्वरुप पाए । फर्किने क्रममा पहिले आफूले भेटेका सबै दुखी प्राणीहरुलाई उनीहरुका दुखका रहस्य र मुक्तिको उपाय भन्दै गए । वास्तवमा ती दुखीहरुको दुखको कारण उनीहरुको पूर्वजन्मको फल नभई यहि जन्ममा गरेको कुकर्मको फल हो भनी बताउ“दै फर्के । उनले दिएका ज्ञानगुनका उपदेशहरु यसप्रकारका छन् “आफ्नो व्यक्तिगत मात्र नभई अरुको सरसफाइमा पनि ध्यान दिनुपर्ने, वातावरण सरसफाइमा ध्यान दिनुपर्ने, पाहुनाहरुको सत्कार गर्नुपर्ने, अरुको बालीनाली मास्न नहुने, बाटोघाटो मास्न नहुने, आफ्नै खाद्यान्नमा चित्त बुझाउनु पर्ने, आफूले जानेका ज्ञानगुनका कुराहरु अरुलाई सिकाउनु पर्ने, छोराछोरीको विवाह समयमै गरिदिनु पर्ने” इत्यादि हरेक उपदेशको छुट्टाछुट्टै पट्कथाहरु पनि जितियाको कथाको यस खण्डमा रोचक तरीकाले बयान गरिन्छ ।
 
वर्तमान समयमा कथाको सान्दर्भिकताः
थारु समुदायमा जितियाको ब्रत बसेका ब्रतालुहरुले सुन्ने जितबाहनको कथा निकै महत्वपूर्ण मानिन्छ । निष्ठापूर्वक ब्रत बसी बेलुकाको समयमा जितबाहनको कथा सुन्ने महिलाहरु जीवनभरी नै अनुशासित हुन्छन् । महिलाहरुलाई मात्र नभई पुरुष वर्गलाई पनि कथाले विभिन्न व्यवहारिक ज्ञान सिकाउ“छ र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि कथाले महत्वपूर्ण भूमिका खेल्दछ । बाबाआमाले आफ्ना छोराछोरीले बिराएको समयमा “तिमीले जितियाको कथा सुनेनौं ?” भनी झक्झकाउने गर्दछन् । वर्तमान समयमा नैतिकताको खडेरी पर्न थालेको बेलामा थारु लगायत जितिया पर्व मनाउने सबै समुदायलाई जितियाको या जितबाहनको कथाको माध्यमबाट नैतिकवान बनाउन सकिन्छ । पहिचानको वकालत गर्नेहरुले समेत जितबाहनले चाहेकै जस्तो पहिचान खोजीरहेका प्रसंग पनि मिल्छ । कथाअनुसार आफ्नो नाम या पहिचानका लागि भगवानलाई भेट्न हिडेको केटोले आफ्नो नामाकरण मात्र चाहेको भए उसले बाटोमा भेटेका दुःखीहरुको पीडालाई कम गर्न सक्ने थिएन । तर उनले पाएको अधिकार सहितको पहिचानले सबैको दुःख पीडाबाट मुक्तिको मार्ग पहिल्याउन सफल भए । देशको वर्तमान परिस्थितिमा पहिचान पक्षधरले चाहेको पहिचान पनि यस्तै खालको अर्थात सबै वर्ग, जाति, लिंग, धर्म, क्षेत्रको पीडा कम गर्न सक्ने खालको पहिचान हो । यसकारण पनि जितबाहनको कथा एउटा पौराणिक कथा भएता पनि समय सान्दर्भिक रहेको देखिन्छ ।
 
समाप्त ।।।
 

Tuesday, October 6, 2015

राहत संकलन र वितरण कार्य जारी

राहत संकलन र वितरण कार्य जारी

महोत्तरी समाचारदाता
जलेश्वर, असोज १९ गते । महोत्तरीमा करिब दुई महिना लामो बन्दले गर्दा दैनिक काम गरेर गुजारा गर्नेहरु प्रभावित बन्दै गएपछि जलेश्वरका युवाहरुले आइतबारदेखि शुरु गरेको राहत संकलन र वितरण गर्ने कार्य जारी राखेको छ ।     जलेश्वरका युवाहरुले पहिलो दिन आईतबार २ सय ५० जना परिवारलाई चामल, दाल, आलु र खाने नुन वितरण गरेका थिए भने दोस्रो दिन ५ सय ५३ जना परिवारलाई तथा मंगलबार साढे पाँच सय परिवारलाई चामल, दाल, आलु, सोयाबिन वितरण गरिएको राहत संकलन तथा वितरण केन्द्रका संयोजक शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।



यस राहत वितरणमा विभिन्न गाउँ विकास समिति, जलेश्वरका स्थानीय वासिन्दा, मधेसी रिलिफ फन्ड तथा विभिन्न गाउँ विकास समितिबाट प्राप्त भइरहेको वितरण समितिका सदस्य पप्पु साहले बताउनुभयो ।
साहले मधेशी रिलिफ फन्ड जनकपुरले १६ हजार, महोत्तरी गाविसबाट ३–४ क्वीन्टल चामल, दाल, आलु, नगद ६हजार ५सय, महोत्तरी गाविस अनैठाबाट चामल ८० केजी, दाल ७ केजी, आलु १० केजी, नगद ६ हजार ५ सय प्राप्त भएको वताउनुभयो ।
त्यसैगरी भ्रमरपुरा गाविसबाट चामल २ सय ६७ केजी, चुरा २५ केजी, सोयाबिन १० केजी, चाउचाउ २ पैकेट, बिस्कुट २ पैकेट, सुगा गाविस वडा नं. ७ बाट चामल २५ केजी, दाल ५ केजी, सब्जी १० केजी, आलु २ बोरा, मझौरा बिसनपुर गाविसबाट चामल ७५० केजी, आलु ५० केजी, दाल ५० केजी, नगद ७ हजार ३१ रुपैया, नुन १०० केजी, तेल २ लीटर, राम एकवाल साह ५० केजी चावल, सनुखरा गाविस ९ क्वीन्टल चामल सहयोग वाप्त दिनुभएको संयोजक चौधरीले बताउनुभयो ।
त्यस्तै जलेश्वरका स्थानीय वासिन्दाहरु गजेन्द्र गुप्ता, हनुमान प्रसाद साह, पर्शुराम साह, केदार ठाकुर, सिजय चौधरी, राजदेव साह, जालिम सिंह, रामबहादुर साह सुडी, सर्युग साह, सिताशरण मिश्र, स्व देवशरण महतो, शिवशंकर साह लगायतकाबाट १८ हजार ८ सय ७० रुपैया नगद संकलन भएको बताइएको छ ।
हरेक परिवारलाई अढाई किलो आलु, आधा किलो दाल, एककिलो आलु र खानेनुन, सोयाविन वितरण गरिएको राहत संकलन तथा राहत अभियानका संयोजक चौधरीले जानकारी दिनुभयो ।
जलेश्वर लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु तथा गाविसहरुबाट आएको सहयोगले दैनिक गुजारा चलाउन कठिनाई भएका गरिब परिवार, रिक्सा, ठेला, टाङ्गा चलाउने परिवारलाई राहत मिलेको छ । राहतको क्रममा महिला र पुरुषहरुको ठुलै भिड देखिने गर्छ ।
आफूहरुले संकलन गरिएका राहतहरु गरिब परिवार, दैनिक काम गरी घर चलाउने परिवार, आन्दोलनमा शहादत दिएका तथा घाइते भएका परिवार तथा नाकामा बसेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई वितरण गर्ने संयोजक चौधरीको कथन छ ।
उहाँले यसैक्रममा असोज १४ गते मानव साँगलो कार्यक्रममा सहभागी भई मृत्यु भएका सहसरामका उमेश कापरका परिवारलाई पनि एक क्विन्टल चामल राहतस्वरुप दिइएको वताउनुभयो ।
महोत्तरीमा ५३ दिनदेखीको बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पसल, यातायात, सामुदायिक विद्यालय, सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु पूर्णतः बन्द छ । लामो समयको बन्दले दैनिक काम गरेर गुजारा गर्नेहरु सबैभन्दा बढी मारमा परेका देखिएका छन् ।

Monday, October 5, 2015

संख्यागत वैधता

प्रा. डा. महेन्द्र लावती
Dr. Padmasundar Lawati
संविधानमा ९० प्रतिशत सभासद्ले मतदान दिए, तर तराई–मधेस डेढ महिनाभन्दा बढी समयदेखि आन्दोलित छ। अनौठो भइरहेको छ नेपालमा। पहाड र हिमालका धेरै ठाउँमा पनि असन्तोष र विरोध पेाखिए। संविधान सभा जनताबाट चुनिएको हुनाले संविधान बनाउने प्रक्रिया सहभागितामूलक भई सबैलाई स्वीकार्य हुनुपर्थ्यो। तर, त्यसो भएन, किन भनेर हेर्नुपर्छ। संविधान सभामा सार्थक सहभागिता भयो कि त्यसलाई वैधानिकता लिने माध्यममा सीमित पारियो? नागरिकको मत कदर गर्ने हो भने संविधान लेख्नका लागि निर्वाचित जनप्रतिनिधिले संविधान सभाभित्रै विभिन्न विषयमा छलफल, सम्झौता र निर्णय लिनुपर्छ। त्यसो भएमा मात्र संविधानसम्बन्धी भएका निर्णयहरूलाई लोकतान्त्रिक प्रक्रियाको परिणाम मान्न सकिन्छ। तर, नेपालमा उल्टो भयो। महŒवपूर्ण र विवादस्पद सवालबारेका निर्णय ३ दलका ३ नेताले संविधान सभाबाहिर गरे। प्रतिनिधिमूलक दोस्रो संविधान सभालाई पंगु बनाइयो। संविधानका विभिन्न बँुदामा छलफल गरी निर्णय लेख्ने कार्यमा अन्य एक दर्जनजति नेता सहभागी थिए। बाँकी पौने ६ सय निर्वाचित सभासद्लेे निर्णय प्रक्रियामा खासै भाग लिन पाएनन्। जम्मा १५ जनाले संविधानको महŒवपुर्ण सवालबारे सम्झौता र निर्णय गर्नु थियो भने किन ६०१ ज्नाको निर्वाचन गराएर देशलाई आर्थिक भार दिलाएको?

सहभागिता साँच्चिकै निकै साँघुरो थियो भन्ने कुरा त नेताहरूको जातले देखाउँछ। निर्णायक तहका नेताहरू विभिन्न जातजाति, भाषी, धर्म र लिंगका भइदिएको भए सामूहिक प्रतिनिधित्व र सहभागिता केही हदसम्म थियो भनेर भन्न मिल्थ्यो। तर, बहुसांस्कृतिक नेपालमा संविधानको विवादस्पद विषयमा निर्णय गर्ने तीनै जना शीर्ष नेता बूढा–पुरुष बाहुन (ओली, कोइराला र दाहाल) थिए। संविधान लेख्ने कार्यमा संलग्न अन्य एक दर्जन नेतामा (शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखक, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखे्रल, भीम रावल, वाबुराम भट्टराइ, नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोख्रेल) पनि एक उच्च जातका नेवार र दुई क्षेत्रीबाहेक सबै पुरुष बाहुन थिए। निर्णायक प्रक्रियामा देशमा रहेका विभिन्न समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व हुनु त कहाँ हो कहाँ, एउटा पनि सीमान्तकृत मधेसी, दलित, आदिवासी र महिलालाई सहभागी गराइएन!

संविधान बनाउने प्रक्रिया केही सहभागितामूलक बनाउन चाहेको भए शीर्ष नेताहरूले दोस्रो तहका आफ्नै दलका सीमान्तकृत समुदायका नेताहरूलाई निर्णायक तहमा समावेश गर्न सक्थे। सीमान्तकृत समुदायका सदस्यलाई स्वतन्त्र छोडिदिन्थे र उनीहरूले उठाएको सवाललाई सम्बोधन गर्न अग्रसर भई सहयोग गर्थे, किनभने लोकतन्त्रमा दैनिक प्रक्रियामा बहुमतको आकांक्षा झल्किने भएकोले अल्पसंख्यकको अधिकार संवैधानिकरूपमा सुरक्षित गरिनुपर्छ। साथै, शीर्ष नेताहरूले दलगतरूपमा कम प्रतिनिधित्व भएका दलित र आदिवासीका सामाजिक र जातीय संगठनहरूको प्रतिनिधित्व गराउँथे वा उनीहरूसँग गम्भीर छलफल गरी माग समेट्ने प्रयास गर्थे। त्यसो नगरी ककस बनाउन ठाडै बन्देज गरेर सीमान्तकृत समुदायको झिनो प्रयास पनि सहन नसकेको प्रष्ट पारे। सीमान्तकृत समुदायका आवाज र आकांक्षाप्रति असहिष्णु रहेका त्यस्ता नेताबाट यी समुदायका आवाज उठाउने साना दलका नेतालाई निर्णायक तहमा ल्याउने त कुरै भएन।

निर्णायक मण्डलमा पकड रहेका अभिजात्य नेताहरूले कसरी सीमान्तकृत समुदायका मर्का, आवश्यकता र आकांक्षा बु‰छन्? अनि कसरी संविधान निर्माणमा सीमान्तकृत समुदायको सार्थक सहभागिता भयो भन्न मिल्छ? ३ जना दलितले आपसमा सम्झौता गरेर लेखेको संविधान बाहुन र क्षेत्रीलाई स्वीकार्य हुन्थ्यो? त्यस्तै ३ जना आदिवासी वा मधेसी अथवा महिलाले मात्र लेखेको संविधानले अन्यको आवश्यकता र आकांक्षालाई समेट्न सक्छ? एउटै जातिका पुरुष नेताहरूले कनिका छरेजस्तै अन्य समुदायका थोरै र कम असर पार्ने माग सुनुवाइ गरेर आफ्नै जातिको बर्चस्व कायम राखे।

लोकतान्त्रिक संविधान बनाउने प्रक्रियामा निर्वाचित प्रतिनिधिहरू सबैले आफूलाई सरोकार हुने विषयमा एजेन्डा राख्नु पाउनुपर्छ। अरुले प्रस्तुत गरेको एजेन्डामा मात्र छलफल र मतदान गर्नुपर्ने हो भने त्यस्तो प्रक्रिया सहभागितामूलक मानिँदैन न त लोकतान्त्रिक नै। दोस्रो संविधान सभामा एमाले, कांग्रेस र एमाओवादी नेताहरूले आफ्ना दलका सीमान्तकृत समुदायका सदस्यलाई संविधान सभामा एजेन्डा राख्न दिएनन्। दलको कार्यालयमा नै सुझाव पेस गर्न लगाइयो र त्यहीँ थन्क्याइयो। कतिसम्म असहिष्णुता प्रदर्शन गरियो भने खुलेआम धम्काउँदै संशोधन प्रस्ताव पनि राख्न प्रतिबन्ध गरियो। थोरैले आँट गरेर राखेका संशोधन प्रस्ताव पनि खोजीखोजी त्यस्ता प्रनिनिधिलाई तर्साएर फिर्ता लिन लगाइयो। परिणामस्वरूप खसआर्य नेताहरूले उठाएका र टुंगो गरेका सवालमा मात्र मतदान भयो। ढोंगी सहभागिताको यो अर्को नमुना हो। प्रस्तुत एजेन्डाहरूमा जनप्रतिनिधि र नागरिक सबैले डर र त्रासरहित स्वतन्त्र ढंगले विभिन्न विचार सुन्दै छलफल गर्नु पाउनुपर्छ। तर, अन्तिम चरणमा यति हतारमा प्रक्रिया अघि बढाइयो कि सार्थक छलफल नै हुन दिइएन।

लोकतान्त्रिक परिपाटीअनुसार संविधान बनाउनको लागि चुनिएको सभामा प्रक्रियामार्फत् सवालहरू छिनोफानो गरिँदा सबै प्रतिनिधिले स्वविवेकले मत हाल्नु पाउनुपर्छ। तर, दोस्रो संविधान सभामा दलहरूले आफ्ना सभासद्लाई स्वविवेकले मतदान गर्न दिएनन्। संसदीय प्रणालीमा यस्तै हुन्छ भनेर कसैले भन्छ भने उसले संसद् र संविधान सभाबीचको फरक नबुझेको अज्ञानता प्रष्टिन्छ। संविधान सभामा ह्विप लाग्दैन। संसदीय व्यवस्थामा सरकार बनाउने र फाल्ने कार्य तथा बजेट पास गर्दा आफ्नो दललाई भोट दिन ह्विप लगाइन्छ। संविधान सभामा ह्विप लगाउन बन्देज गरिएका कारण संविधान लेख्ने सवालमा सभासद्हरूले स्वतन्त्ररूपले मतदान दिन पाउनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो। ह्विप नलाग्ने भएपछि दलका कार्यालयमा बोलाएर शीर्ष नेताहरूले गरेका निर्णयलाई दलको निर्णय भन्दै बद्नियतपूर्वक ती निर्णयका पक्षमा मतदान गर्न निर्देशन दिइयो। लोकतान्त्रिक विधि र सहभागिताको प्रक्रियालाई लोकतान्त्रिक दल हुँ भनेर ‰याली पिट्नेहरूले नै खुल्लेआम खिल्ली उडाए। यसरी त्रास र आसको वातावरणमा ९० प्रतिशतलाई सही गराउन सफल भयौँ भन्नु एउटा कुरा हो, सहभागितामूलक भयो भन्नु अर्को कुरा हो। सद्दाम हुसेन र गद्दाफीजस्ता अधिनायकवादीले झण्डैझण्डै यसैगरी भोट ल्याउँथे। पञ्चायतमा पनि शतप्रतिशतको समर्थनमा प्रधान मन्त्री चुनियो भनेर पञ्चहरू सहभागिताको विगुल फुक्थे।

मूल प्रश्न कतिले सही गरे भन्ने होइन, प्रक्रिया लोकतान्त्रिक भयो कि भएन भन्ने हो। मतदाताले स्वतन्त्र र स्वविवेकले मतदान गर्न पाए कि पाएनन्, विभिन्न विकल्पमध्येबाट छान्ने मौका पाए कि पाएनन् भन्ने हो। प्रक्रियालाई सहभागितामूलक बनाउन कसैको पनि राजनीतिक अधिकार र स्वतन्त्रतामा आँच पुर्यााउने सवालबाहेक अन्य विषयमा मतदान गर्न सकिन्थ्यो। कम्तीमा विवादस्पद सवाल जस्तै, प्रधान मन्त्रीय र राष्ट्रपतीय प्रणाली, दुई प्रकारका संघीय खाका, संवैधानिक अदालत राख्ने या नराख्ने सवालका बारेमा मतदान गर्न सकिन्थ्यो।

जब ३ नेताले जबर्जस्ती एकखाले एजेन्डा अगाडि बढाउन थाले, तब संविधान सभाको पछिल्लो चरणमा केही दलका सभासद्ले सम्पूर्ण प्रक्रिया वहिष्कार गरे। वहिष्कार नै गर्नुपर्ने त्यस्तो वितृष्णा जगाउने प्रक्रिया कति सहभागितामूलक हो? लोकतन्त्रमा दलहरूले मतदानमा हार स्वीकार्छन्, तर घरीघरी लोकतान्त्रिक प्रक्रियालाई दबाइयो र खेलाइयो भने लोकतन्त्रका समर्थकहरूमा पनि वितृष्णा पैदा हुन्छ। सार्थक सहभागिता भएको भए धेरथोर सबैको सवाल छिर्थ्यो र सबै नेपाली खुसी नभए पनि सन्तोष लिन्थे, किनकि शान्ति प्रक्रिया सुरु भएको नवौँ वर्ष भइसकेकालेे नेपाली जनता संविधान पाउन आतुर थिए।

संविधान निर्माणको अन्तिम चरण चलिरहेका बेला मधेस र पहाडका केही जिल्लामा आन्दोलन मच्चिएको एक महिना नाघिसकेको थियो। साँच्चिकै सहभागितामूलक प्रक्रिया भएको भए तराई–मधेसका जिल्लाहरूमा कर्फ्यु, निषेधाज्ञा, दंगाक्षेत्र घोषणा गरेर र संविधान भवनलाई ६ घेरा सुरक्षाको बीचबाट संविधान घोषणा गर्नुपर्ने जरुरत पर्दैनथ्यो। पहिला भएका सम्झौताहरू लागु नगरिएको र सत्तासीन नेताहरूले घरीघरी ढाँट्ने, धोका दिने र झेली काम गर्ने गरेको आन्दोलित समुदायले सम्झेका छन्। आन्दोलनमा लगभग ४० जना सहिद भइसकेका थिए। त्यस्तो ठूलो जनसंख्या असन्तुष्ट रहेको प्रक्रियालाई सहभागितामूलक भन्न मिल्छ? के बिर्सनु हुँदैन भने आन्दोलन नेताले आह्वान गर्दैमा उठ्दैन। धेरैसँग धेरै असन्तोष हुनु आन्दोलन उठानको लागि न्यूनतम आवश्यकता हो।

सीमान्तकृत समुदायका सदस्यले न त आफ्नो एजेन्डा छलफलमा राख्न पाए न निर्णायक प्रक्रियामा सहभागी हुन पाए, न स्वविवेकले मत हाल्न पाए! देशको संविधान दलका सीमित नेताले आफ्नो व्यक्तिगत कारोबारको सम्झौता गरेजस्तै गरी लेखे। सत्तासीन पक्षबाट धेरैले हस्ताक्षर गरे भनेर प्रक्रिया सहभागितामूलक रह्यो भन्दै वैधता लिने प्रयास गरे पनि करकापमा गरिएको सहीले क्षणिक कानुनी वैधता त देला, तर मनैदेखिको समर्थन पाउँदैन। त्यो सार्थक सहभागिता थिएन। सहभागिताको नौटंकीमात्र थियो। संविधानमा ९० प्रतिशत सभासद्ले मतदान दिए, तर तराई–मधेस डेढ महिनाभन्दा बढी समयदेखि आन्दोलित छ। अनौठो भइरहेको छ नेपालमा। पहाड र हिमालका धेरै ठाउँमा पनि असन्तोष र विरोध पेाखिए। संविधान सभा जनताबाट चुनिएको हुनाले संविधान बनाउने प्रक्रिया सहभागितामूलक भई सबैलाई स्वीकार्य हुनुपर्थ्यो। तर, त्यसो भएन, किन भनेर हेर्नुपर्छ। संविधान सभामा सार्थक सहभागिता भयो कि त्यसलाई वैधानिकता लिने माध्यममा सीमित पारियो? नागरिकको मत कदर गर्ने हो भने संविधान लेख्नका लागि निर्वाचित जनप्रतिनिधिले संविधान सभाभित्रै विभिन्न विषयमा छलफल, सम्झौता र निर्णय लिनुपर्छ। त्यसो भएमा मात्र संविधानसम्बन्धी भएका निर्णयहरूलाई लोकतान्त्रिक प्रक्रियाको परिणाम मान्न सकिन्छ। तर, नेपालमा उल्टो भयो। महŒवपूर्ण र विवादस्पद सवालबारेका निर्णय ३ दलका ३ नेताले संविधान सभाबाहिर गरे। प्रतिनिधिमूलक दोस्रो संविधान सभालाई पंगु बनाइयो। संविधानका विभिन्न बँुदामा छलफल गरी निर्णय लेख्ने कार्यमा अन्य एक दर्जनजति नेता सहभागी थिए। बाँकी पौने ६ सय निर्वाचित सभासद्लेे निर्णय प्रक्रियामा खासै भाग लिन पाएनन्। जम्मा १५ जनाले संविधानको महŒवपुर्ण सवालबारे सम्झौता र निर्णय गर्नु थियो भने किन ६०१ ज्नाको निर्वाचन गराएर देशलाई आर्थिक भार दिलाएको?

सहभागिता साँच्चिकै निकै साँघुरो थियो भन्ने कुरा त नेताहरूको जातले देखाउँछ। निर्णायक तहका नेताहरू विभिन्न जातजाति, भाषी, धर्म र लिंगका भइदिएको भए सामूहिक प्रतिनिधित्व र सहभागिता केही हदसम्म थियो भनेर भन्न मिल्थ्यो। तर, बहुसांस्कृतिक नेपालमा संविधानको विवादस्पद विषयमा निर्णय गर्ने तीनै जना शीर्ष नेता बूढा–पुरुष बाहुन (ओली, कोइराला र दाहाल) थिए। संविधान लेख्ने कार्यमा संलग्न अन्य एक दर्जन नेतामा (शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, रमेश लेखक, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखे्रल, भीम रावल, वाबुराम भट्टराइ, नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोख्रेल) पनि एक उच्च जातका नेवार र दुई क्षेत्रीबाहेक सबै पुरुष बाहुन थिए। निर्णायक प्रक्रियामा देशमा रहेका विभिन्न समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व हुनु त कहाँ हो कहाँ, एउटा पनि सीमान्तकृत मधेसी, दलित, आदिवासी र महिलालाई सहभागी गराइएन!

संविधान बनाउने प्रक्रिया केही सहभागितामूलक बनाउन चाहेको भए शीर्ष नेताहरूले दोस्रो तहका आफ्नै दलका सीमान्तकृत समुदायका नेताहरूलाई निर्णायक तहमा समावेश गर्न सक्थे। सीमान्तकृत समुदायका सदस्यलाई स्वतन्त्र छोडिदिन्थे र उनीहरूले उठाएको सवाललाई सम्बोधन गर्न अग्रसर भई सहयोग गर्थे, किनभने लोकतन्त्रमा दैनिक प्रक्रियामा बहुमतको आकांक्षा झल्किने भएकोले अल्पसंख्यकको अधिकार संवैधानिकरूपमा सुरक्षित गरिनुपर्छ। साथै, शीर्ष नेताहरूले दलगतरूपमा कम प्रतिनिधित्व भएका दलित र आदिवासीका सामाजिक र जातीय संगठनहरूको प्रतिनिधित्व गराउँथे वा उनीहरूसँग गम्भीर छलफल गरी माग समेट्ने प्रयास गर्थे। त्यसो नगरी ककस बनाउन ठाडै बन्देज गरेर सीमान्तकृत समुदायको झिनो प्रयास पनि सहन नसकेको प्रष्ट पारे। सीमान्तकृत समुदायका आवाज र आकांक्षाप्रति असहिष्णु रहेका त्यस्ता नेताबाट यी समुदायका आवाज उठाउने साना दलका नेतालाई निर्णायक तहमा ल्याउने त कुरै भएन।

निर्णायक मण्डलमा पकड रहेका अभिजात्य नेताहरूले कसरी सीमान्तकृत समुदायका मर्का, आवश्यकता र आकांक्षा बु‰छन्? अनि कसरी संविधान निर्माणमा सीमान्तकृत समुदायको सार्थक सहभागिता भयो भन्न मिल्छ? ३ जना दलितले आपसमा सम्झौता गरेर लेखेको संविधान बाहुन र क्षेत्रीलाई स्वीकार्य हुन्थ्यो? त्यस्तै ३ जना आदिवासी वा मधेसी अथवा महिलाले मात्र लेखेको संविधानले अन्यको आवश्यकता र आकांक्षालाई समेट्न सक्छ? एउटै जातिका पुरुष नेताहरूले कनिका छरेजस्तै अन्य समुदायका थोरै र कम असर पार्ने माग सुनुवाइ गरेर आफ्नै जातिको बर्चस्व कायम राखे।

लोकतान्त्रिक संविधान बनाउने प्रक्रियामा निर्वाचित प्रतिनिधिहरू सबैले आफूलाई सरोकार हुने विषयमा एजेन्डा राख्नु पाउनुपर्छ। अरुले प्रस्तुत गरेको एजेन्डामा मात्र छलफल र मतदान गर्नुपर्ने हो भने त्यस्तो प्रक्रिया सहभागितामूलक मानिँदैन न त लोकतान्त्रिक नै। दोस्रो संविधान सभामा एमाले, कांग्रेस र एमाओवादी नेताहरूले आफ्ना दलका सीमान्तकृत समुदायका सदस्यलाई संविधान सभामा एजेन्डा राख्न दिएनन्। दलको कार्यालयमा नै सुझाव पेस गर्न लगाइयो र त्यहीँ थन्क्याइयो। कतिसम्म असहिष्णुता प्रदर्शन गरियो भने खुलेआम धम्काउँदै संशोधन प्रस्ताव पनि राख्न प्रतिबन्ध गरियो। थोरैले आँट गरेर राखेका संशोधन प्रस्ताव पनि खोजीखोजी त्यस्ता प्रनिनिधिलाई तर्साएर फिर्ता लिन लगाइयो। परिणामस्वरूप खसआर्य नेताहरूले उठाएका र टुंगो गरेका सवालमा मात्र मतदान भयो। ढोंगी सहभागिताको यो अर्को नमुना हो। प्रस्तुत एजेन्डाहरूमा जनप्रतिनिधि र नागरिक सबैले डर र त्रासरहित स्वतन्त्र ढंगले विभिन्न विचार सुन्दै छलफल गर्नु पाउनुपर्छ। तर, अन्तिम चरणमा यति हतारमा प्रक्रिया अघि बढाइयो कि सार्थक छलफल नै हुन दिइएन।

लोकतान्त्रिक परिपाटीअनुसार संविधान बनाउनको लागि चुनिएको सभामा प्रक्रियामार्फत् सवालहरू छिनोफानो गरिँदा सबै प्रतिनिधिले स्वविवेकले मत हाल्नु पाउनुपर्छ। तर, दोस्रो संविधान सभामा दलहरूले आफ्ना सभासद्लाई स्वविवेकले मतदान गर्न दिएनन्। संसदीय प्रणालीमा यस्तै हुन्छ भनेर कसैले भन्छ भने उसले संसद् र संविधान सभाबीचको फरक नबुझेको अज्ञानता प्रष्टिन्छ। संविधान सभामा ह्विप लाग्दैन। संसदीय व्यवस्थामा सरकार बनाउने र फाल्ने कार्य तथा बजेट पास गर्दा आफ्नो दललाई भोट दिन ह्विप लगाइन्छ। संविधान सभामा ह्विप लगाउन बन्देज गरिएका कारण संविधान लेख्ने सवालमा सभासद्हरूले स्वतन्त्ररूपले मतदान दिन पाउनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो। ह्विप नलाग्ने भएपछि दलका कार्यालयमा बोलाएर शीर्ष नेताहरूले गरेका निर्णयलाई दलको निर्णय भन्दै बद्नियतपूर्वक ती निर्णयका पक्षमा मतदान गर्न निर्देशन दिइयो। लोकतान्त्रिक विधि र सहभागिताको प्रक्रियालाई लोकतान्त्रिक दल हुँ भनेर ‰याली पिट्नेहरूले नै खुल्लेआम खिल्ली उडाए। यसरी त्रास र आसको वातावरणमा ९० प्रतिशतलाई सही गराउन सफल भयौँ भन्नु एउटा कुरा हो, सहभागितामूलक भयो भन्नु अर्को कुरा हो। सद्दाम हुसेन र गद्दाफीजस्ता अधिनायकवादीले झण्डैझण्डै यसैगरी भोट ल्याउँथे। पञ्चायतमा पनि शतप्रतिशतको समर्थनमा प्रधान मन्त्री चुनियो भनेर पञ्चहरू सहभागिताको विगुल फुक्थे।

मूल प्रश्न कतिले सही गरे भन्ने होइन, प्रक्रिया लोकतान्त्रिक भयो कि भएन भन्ने हो। मतदाताले स्वतन्त्र र स्वविवेकले मतदान गर्न पाए कि पाएनन्, विभिन्न विकल्पमध्येबाट छान्ने मौका पाए कि पाएनन् भन्ने हो। प्रक्रियालाई सहभागितामूलक बनाउन कसैको पनि राजनीतिक अधिकार र स्वतन्त्रतामा आँच पुर्यााउने सवालबाहेक अन्य विषयमा मतदान गर्न सकिन्थ्यो। कम्तीमा विवादस्पद सवाल जस्तै, प्रधान मन्त्रीय र राष्ट्रपतीय प्रणाली, दुई प्रकारका संघीय खाका, संवैधानिक अदालत राख्ने या नराख्ने सवालका बारेमा मतदान गर्न सकिन्थ्यो।

जब ३ नेताले जबर्जस्ती एकखाले एजेन्डा अगाडि बढाउन थाले, तब संविधान सभाको पछिल्लो चरणमा केही दलका सभासद्ले सम्पूर्ण प्रक्रिया वहिष्कार गरे। वहिष्कार नै गर्नुपर्ने त्यस्तो वितृष्णा जगाउने प्रक्रिया कति सहभागितामूलक हो? लोकतन्त्रमा दलहरूले मतदानमा हार स्वीकार्छन्, तर घरीघरी लोकतान्त्रिक प्रक्रियालाई दबाइयो र खेलाइयो भने लोकतन्त्रका समर्थकहरूमा पनि वितृष्णा पैदा हुन्छ। सार्थक सहभागिता भएको भए धेरथोर सबैको सवाल छिर्थ्यो र सबै नेपाली खुसी नभए पनि सन्तोष लिन्थे, किनकि शान्ति प्रक्रिया सुरु भएको नवौँ वर्ष भइसकेकालेे नेपाली जनता संविधान पाउन आतुर थिए।

संविधान निर्माणको अन्तिम चरण चलिरहेका बेला मधेस र पहाडका केही जिल्लामा आन्दोलन मच्चिएको एक महिना नाघिसकेको थियो। साँच्चिकै सहभागितामूलक प्रक्रिया भएको भए तराई–मधेसका जिल्लाहरूमा कर्फ्यु, निषेधाज्ञा, दंगाक्षेत्र घोषणा गरेर र संविधान भवनलाई ६ घेरा सुरक्षाको बीचबाट संविधान घोषणा गर्नुपर्ने जरुरत पर्दैनथ्यो। पहिला भएका सम्झौताहरू लागु नगरिएको र सत्तासीन नेताहरूले घरीघरी ढाँट्ने, धोका दिने र झेली काम गर्ने गरेको आन्दोलित समुदायले सम्झेका छन्। आन्दोलनमा लगभग ४० जना सहिद भइसकेका थिए। त्यस्तो ठूलो जनसंख्या असन्तुष्ट रहेको प्रक्रियालाई सहभागितामूलक भन्न मिल्छ? के बिर्सनु हुँदैन भने आन्दोलन नेताले आह्वान गर्दैमा उठ्दैन। धेरैसँग धेरै असन्तोष हुनु आन्दोलन उठानको लागि न्यूनतम आवश्यकता हो।

सीमान्तकृत समुदायका सदस्यले न त आफ्नो एजेन्डा छलफलमा राख्न पाए न निर्णायक प्रक्रियामा सहभागी हुन पाए, न स्वविवेकले मत हाल्न पाए! देशको संविधान दलका सीमित नेताले आफ्नो व्यक्तिगत कारोबारको सम्झौता गरेजस्तै गरी लेखे। सत्तासीन पक्षबाट धेरैले हस्ताक्षर गरे भनेर प्रक्रिया सहभागितामूलक रह्यो भन्दै वैधता लिने प्रयास गरे पनि करकापमा गरिएको सहीले क्षणिक कानुनी वैधता त देला, तर मनैदेखिको समर्थन पाउँदैन। त्यो सार्थक सहभागिता थिएन। सहभागिताको नौटंकीमात्र थियो।

Sunday, October 4, 2015

शेखचिल्लीको नाकाबन्दी

शेखचिल्लीको नाकाबन्दी
Bimal Nibha

मट्टितेल/ग्यासजस्ता पेट्रोलियम पदार्थ रोक्का गरेर कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई हास्यास्पद शैलीको परम शेखचिल्लीपन नभनेर अरू के भनेर सम्बोधन गर्ने त कविजी ?
आश्विन १६, २०७२- एक जन्मजात मधेसवासी भएको नाताले आफ्नो धुलोमाटोको प्रत्येक सानो—ठूलो हलचलमा मेरो स्वाभाविक चासो हुने नै भयो । त्यसकारण अहिलेको तराई–मधेस केन्द्रित जनआन्दोलका समस्त जायज मागप्रति यो ‘पहडिया’को गहिरो समर्थन थियो ।
यहाँ म जानी–जानिकन भूतकाल जनाउने ‘थियो’ को प्रयोग किन गरिरहेको छु भने यसलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुपर्नेमा टुटपुँजिया दिमागका नेताहरूले आफूहरू सहर्ष दसगजामा उभिएर आन्दोलनलाई मुढेबलले घचेडी–घचेडी सीमापारि पुर्‍याइदिएका छन् ।
अब तराई–मधेसको आन्दोलन यी दसगजिया राजेन्द्र महतोहरूका नभएर भारतीय सीमावर्ती खुंखार एवं खग्गड खाकी वर्दीधारी पुलिस तथा भन्सारका बेइमान कर्मचारीहरूका हुनगएको छ । यसको परिणामस्वरूप भिक्टोरियाकालीन साम्राज्यवादी बेलायतको लामो गुलामीले दीक्षित इन्डियन ब्युरोक्रेसीद्वारा नेपालमा जबर्जस्ती नाकाबन्दी लादिएको छ ।
यसोता ‘बिग ब्रदर’को सर्वथा विकारग्रस्त मनोविज्ञानले सुसज्जित हाम्रो छिमेकी मुलुक हिन्दुस्तानको आधिकारिक भनाइ के छ भने हामीले नेपालमा कदापि नाकाबन्दी गरेका छैनौं । यसको ताजा उदाहरणका रूपमा नेपालका निम्ति वर्तमान भारतीय राजदूत रणजित राय (कतै—कतै रणजित रे पनि भनिएको) को असफल मिडियाबाजीलाई लिन सकिन्छ ।
भारतीय राजदूत महोदय नेपाली पत्रकारसमक्ष एकातिरको निधार प्रशस्त खुम्च्याएर अभिव्यक्त भएका छन्– हामी नेपालमा विलकुलै नाकाबन्दीको पक्षमा छैनौं । त्यसो भए, नेपाल–भारत सिमानामा बलात् रोकिएका हजारौं–हजार संख्याका मालबाहक ट्रकहरूका लम्बेतान सत्यचाहिँ के हो नि महामहिमज्यू ? वस्तुत: यो हिन्दुस्तानी राजदूत महामहिम रणजित राय अथवा ‘रे’को नभएर ‘र’को कालो, नीलो, पहेँलो आदि कर्तुत हो भन्नेहरू पनि राजनीतिक–अराजनीतिक वृत्तमा नभएका होइनन् । तर अदृश्य उपस्थिति रहेको ‘र’को विषयमा खोलेर के भन्न सक्छु र म ?
‘तिमीलाई शेखचिल्लीबारे कुनै जानकारी छ, कविजी ?’ यही सिलसिलामा मेरो अभिन्न यार हरेरामले मसँग प्रश्न गर्‍यो ।
‘शेखचिल्ली हिन्दुस्तानी लोकमानस अर्थात् लोकाख्यानको एक नामुद पटमूर्ख टाइप नायक होइन र हरेराम ?’ मैले जवाफमा उसलाई भनेँ, ‘सदैव हवाइ किल्लाको निर्माण गरेर बेवकुफीपूर्ण हरकत गर्नु शेखचिल्लीको एकमात्र विशेषता हो ।’
‘हो, अहिले भारत आफ्नो छिमेकी मुलुक नेपालसँगको यावत व्यवहारमा सोही ख्यातनाम जोकर शेखचिल्लीको खुस्केट अनुकरण गरिरहेको छ भन्नेमा कुनै सन्देह छैन ।’
‘हेर कविजी, सबैका आँखा सामुन्नेको नांगो यथार्थ याने भारतद्वारा खुलेआम नाकाबन्दी गरिएको छ, किन्तु भारतीय सरकारको तिर्यक मुखारविन्दबाट भने कुनै पनि किसिमको नाकाबन्दी–साकाबन्दीको अस्तित्व नरहेको निर्लज्जतम घोषणा भइरहेको छ ।’ मलाई अवाक् मुद्रामा देखेर मेरो यार हरेरामले आफ्नो कुरालाई अघि बढायो, ‘यस प्रकारको विसंगत भनाइलाई जोरजबर्जस्तीका साथ पुष्टि गर्न कहिलेकाहीं मुडमा आएका सिमानाका भारतीय जुँगामुठे सरकारी सिपाहीहरू एकाध मालबाहक ट्रकलाई नेपाल प्रवेश गर्न छाडिदिने पनि गर्छन् । जस्तो हिजोको मितिमा बेलहियाको नाकाबाट केही पुरै कुहिएर डुङडुङ गन्हाइरहेका माछा, सागसब्जी र फलफूलले भरिएको ट्रक उदारतापूर्वक छाडिएको समाचार आएको छ ।’
‘यसरी नाकाबन्दीको समयमा पनि ट्रकहरू छाडिनु शेखचिल्लीपन कसरी भयो त यार हरेराम ?’ मैले आश्चर्य मिश्रित अबोधताको भावमा सोधनी गरेंँ ।

‘अब खाना–साना पकाउनलाई आवश्यक मट्टितेल/ग्यासजस्ता पेट्रोलियम पदार्थको सम्पूर्णत: रोक्का गरेर दुई–चार कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई एकदमै हास्यास्पद शैलीको परम शेखचिल्लीपन नभनेर अरू केचाहिँ भनेर सम्बोधन गर्ने त कविजी ?’ मेरो लंगौटिया यार हरेराम उच्चस्वरमा बेसरी पडकिएकोले हाम्रो शेखचिल्ली विषयक संवादको विधिवत् अन्त्य भयो ।
जे होस्, शेखचिल्ली हिन्दुस्तानको एक अजर–अमर पात्र भएकोले शेखचिल्लीत्व कहिल्यै मृत्युलाई प्राप्त हुँदैन । तसर्थ यसले बेलाबखत आफ्नो अशेष अस्तित्वको सफल प्रदर्शन गरिरहन्छ । जस्तो अहिलेको नेपालप्रतिको भारतीय कुव्यवहार अर्थात् अघोषित नाकाबन्दीको सुस्पष्ट शेखचिल्लीपनलाई लिनोस् । नि:सन्देह शेखचिल्लीको विदुषक आत्मा अहिले विशाल हिन्दुस्तानी शरीरमा आफ्नो जग हँसाउने ‘विषखोपडा’ गुणवत्ताका साथ सवार छ । हेरुँ, यो मनोरञ्जक विक्षिप्तता कहिलेसम्म रहन्छ । मेरो मतलब, हिन्दुस्तानी भाषामा– देखा जाएगा ।
प्रकाशित: आश्विन १६, २०७२

विषमता र विवादमा मधेस आन्दोलन

विशेष रिपोर्ट : विषमता र विवादमा मधेस आन्दोलन
- बसन्त बस्नेत, काठमाडौं

‘यो कस्तो परिस्थिति आयो, जहाँ मधेसमा ४५ दिनभित्र ४५ नागरिक मारिँदासम्म काठमाडौंलाई मतलब छैन । नाकाबन्दीले काठमाडौंमा १० दिन बिचल्ली हँुदा मधेसलाई मतलब छैन ।’
आश्विन १६, २०७२- असोज ३ अर्थात् संविधान जारी भएको साँझ । काठमाडौं, नयाँबानेश्वरमा सैलुन चलाउने जनकपुरका वीरेन्द्र ठाकुरले कुनै भीषण युद्ध सम्झाउने फायरिङको जस्तो आवाज सुने । छिटछिटो पसल थुनेर सडकमा निस्कँदा चारैतिर पटाका पड्काइँदै थियो । त्यस्तो झिलिमिली त उनले तिहारमा पनि देखेका थिएनन् ।
आठ वर्ष लगाएर संविधान जारी भएको साँझ साथीहरूसँग मिलेर वीरेन्द्रले खुब रमाइलो गरे । डेरामा फर्केर टिभी खोल्दा उनको मधेस निस्तब्ध अँध्यारोमा डुबिरहेका दृश्यावलीले नराम्ररी तर्सायो । घरमा फोन गरे । ‘ब्ल्याक–आउट’ भइरहेको रहेछ । कहीँ बत्ती जलाउने । कहीँ बत्ती निभाउने । संविधान दिवसको साँझले तरंगित वीरेन्द्रका लागि रातले मीठो निद्रा दिएन । ‘हाम्रो गाउँतिर मान्छेहरू धेरै रिसाएको छ,’ उनले भने, ‘कम्तीमा उनीहरूको चित्त बुझाएर संविधान बनाएको भए झन् कत्ति रमाइलो हुने थियो †’
मधेसमा के भइरहेको छ, काठमाडौं बस्ने वीरेन्द्रजस्तै कतिपय मधेसी युवालाई ठिकठिकै जानकारी छ । पहाडी बहुल राजधानी काठमाडौं र यहाँको संस्थापनलाई अझ कम अनुभूति हुनु स्वाभाविक होला । तर तत्काल मधेस यसरी आन्दोलित होला भनेर काठमाडौं त के स्वयं मधेसी नेता, विश्लेषक र तिनकै कार्यकर्ताले समेत कल्पना गरेका थिएनन् ।

मधेस–थरुहटका असन्तुष्टि नियालेर बसेका सत्ता–प्रतिपक्षका सबैजसो नेता एउटै निष्कर्षमा थिए : मधेसमा असन्तुष्टि छ, तर अहिले कुनै पनि हालतमा आन्दोलन उठ्ने सम्भावना छैन । यसो भन्नेमा नामी विश्लेषक, अधिकारकर्मी, राजनीतिशास्त्रीदेखि सुरक्षा अधिकारीसमेत थिए । मधेस अगुवाहरू भन्दै थिए, ‘नौ वर्षअघि मधेस विद्रोह गरेको नेतृत्व अहिले बद्नाम भइसकेको छ । मधेसी जनता अरू नेतालाई मान्दैनन् । नयाँ नेतृत्व नआउन्जेल आन्दोलन सम्भव छैन । उसै त वर्षायाम छ, खेतीपातीको बेला ।’
नचिताएको मौसममा आन्दोलन
पहिलो संविधानसभा चुनावमा प्रत्यक्षतर्फ ४२ सिट जितेका विभिन्न मधेसी दलका नेता दोस्रो चुनावमा १२ सिटमा खुम्चेर बसेका थिए । समानुपातिकको कुरा बेग्लै । उनीहरूलाई आन्दोलनमा जनता ल्याउन सकिने आत्मविश्वास थिएन । सद्भावना पार्टीका एक पदाधिकारीले यो संवाददातासँग जेठ तेस्रो सातातिर भनेका थिए, ‘हिजो आन्दोलनमा कुटाइ खाने जनताले आज नेताका पत्नी र प्रेमिका सभासद बनेको देखेका छन्, यो नेतृत्वको पछिपछि लागेर कोही सडकमा टाउको फुटाइखान तयार छैन ।’
वैशाख १२ को महाभूकम्पले नेपाललाई तीन महिनासम्म हल्लाइरह्यो । नेताहरूले सायद जीवनको क्षणभंगुरता महसुस गरे कि † तीन महिनाअघि अर्थात् माघ ८ का आसपास तोडफोडमा ओर्लने एमाओवादी र मधेसी फोरम लोकतान्त्रिकदेखि मार्शल लगाएर संविधान मस्यौदा पारित गर्न खोज्ने कांग्रेस र एमालेलाई भूकम्पले १६ बँुदे सहमतिको साझा विन्दुमा उभ्याएको स्वयं ती दलका नेता बताउने गर्छन् । मधेसी दलसहित ३० दलीय विपक्षी मोर्चा अगुवाइ गर्दै आएको एमाओवादी नै मिल्न आएपछि काठमाडौंमा आन्दोलनको कुनै सम्भावना रहेन । उच्च सुरक्षा अधिकारीले समेत संविधान जारी गर्न असहज नहुने प्रतिवेदन प्रधानमन्त्री र गृहमन्त्रीलाई भदौ दोस्रो साता बुझाए । साइत हेर्ने ज्योतिषीहरूको त कुरै भएन ।
संविधानसभाको ५ सय ९८ सिटको बहुमत अघिल्तिर जम्मा ३७ सिट भएका मधेसी दलहरूले जति कोसिस गरे पनि उठ्दैन भनिएको जारी मधेस आन्दोलन किन यो उचाइमा उठ्न सक्यो त ? अरू त अरू, सम्बन्धित मधेसी दलका नेता, अधिकारकर्मीदेखि राजनीतिविज्ञसमेत अलमलमा छन् । राजनीति यस्तो भेग हो, जहाँ हावाको लहर, गति र दिशा ठम्याउन मुस्किल पर्छ ।
नागरिकता : जनमत संकलनमा प्रतिक्रिया
विपक्षी मोर्चा संयोजक रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले १६ बँुदेमा हस्ताक्षर गर्ने बित्तिकै ३० दलीय मोर्चामात्रै छिन्नभिन्न भएन, आठदलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गच्छदारलाई मधेसको हितविपरीत निर्णय गरेको भन्दै पर्सिपल्टै ‘निस्कासन’समेत गर्‍यो ।
१६ बुँदेलगत्तै सत्ता–प्रतिपक्षीका मतभेद साँघुरिए । सहमतिको पर्सिपल्ट कांग्रेस नेता पूर्णबहादुर खड्का नेतृत्वमा पाँच सदस्यीय कार्यदलले सहमतिका बुँदा तयार गरी बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदन बुझायो । त्यसैको भोलिपल्ट अर्थात् जेठ २८ गते संवाद समितिले निर्णय गरी उक्त प्रतिवेदन संविधानसभालाई बुझायो । जेठ २९ गते उक्त प्रतिवेदन मस्यौदा समितिमा सर्वसम्मतिले पठाइयो । कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको मस्यौदा समितिले एक सातामै मस्यौदा तयारी गरी असार १५ गते सभामा पेस गर्‍यो । हो, त्यही मस्यौदा मधेस आन्दोलनको मूल कारक बन्यो, जहाँ संविधान मस्यौदा निक्र्योल समितिबाट सर्वसम्मतिले पारित भएका नागरिकता लगायत थुप्रै बुँदा तोडमोड भएका थिए ।
अन्तरिम संविधानभन्दा पछाडि फर्केर तयार भएको मस्यौदामा मधेसीले ठगिएको अनुभूति गरे । अन्तरिम संविधानका आधारमा आमा वा बाबु नेपाली भएका आधारमा वंशजको नागरिकता पाइरहेका मधेसीलाई मस्यौदाको धारा १२ (क) को व्यवस्थाले आमा र बाबु दुवै चाहिने प्रावधान राखिदियो । भारत–नेपाल सराबरी बिहेबारी चल्ने मधेसी समुदायमा सन्तानको नागरिकतालाई यो प्रावधानका कारण स्वत: अंगीकृतमा परिणत गर्ने जोखिम भयो । असन्तुष्ट मधेस केन्द्रित दलहरूले मस्यौदामाथि जनमत संकलन कार्यक्रम बहिष्कार गर्न आम नागरिकलाई उठाए, यही विभेदकारी नागरिकता प्रावधानको बढाइ—चढाइ विरोध गर्दै ।
असार २४ देखि दुई साता ७५ जिल्लाभरि चलाउने भनिएको जनमत संकलन पूर्वी मधेसका केही जिल्लाबाहेक अरू समथर भागमा लगभग प्रभावित बन्यो । संविधानमा नागरिकता, प्रतिनिधित्व सम्बन्धी नयाँ व्यवस्थाले नयाँ पुस्ताको मधेसीलाई नेपाली बन्न नदिने प्रचार पनि मधेसमा यही समयमा भयो, जसलाई ठूला दलहरूले न चिर्न नै सके, नत प्रावधान सच्याउने प्रतिबद्धता समयमै गरे । पछि विधेयकमा नागरिकता प्रावधान त सच्याइयो, तर मधेसमा बितेका आधा सय नागरिकको मृत्यु आन्दोलनका लागि नयाँ ऊर्जा भएर देखा परिसकेको थियो । आन्दोलनमा ओर्लेको भावुक युवा पंक्तिले आफ्नो अधिकार माग्दा ‘प्रहरी प्रशासनबाट दमन भोग्नुपरेको’ तिक्त अनुभूति र व्याख्या बोक्यो, जसको विस्तार संविधान जारी हुने बेलामा देखियो । र, यो तथ्य बिर्सन मिल्दैन– मोर्चा बैठकले सोही बेला आन्दोलनमा ज्यान गुमाउनेका लागि ५०–५० लाख प्रतिव्यक्तिका दरले घोषणा गर्‍यो । ‘सम्भावित सहिद’ को देहान्तमा आफ्नो करिअर खोजेको भन्दै मोर्चा नेताको चौतर्फी आलोचना भयो ।
शीतल निवास र अदालतको मनोविज्ञान
त्यसै अवधि संघीय प्रदेशको सीमांकनविना आठ प्रदेश बनाउने चारदलीय निर्णयविरुद्ध सर्वोच्च अदालतका न्यायायाधीश गिरिशचन्द्र लालको अन्तरिम आदेश आयो । सीमांकनसहित संविधान बनाउने अन्तरिम संविधानको प्रावधान सम्झाउँदै उनले गरेको आदेशलाई मधेसी मोर्चाको मागसँग काठमाडौंले दाँजेर बुझ्यो । उसमाथि राष्ट्रपति रामवरण यादवको समेत सीमांकन टुंग्याएरै संविधान जारी गर्नु उचित हुने मनसायले पनि मधेसी परिभाषा पायो । तराई-मधेसको राजनीतिलाई विश्लेषण गर्दै आएका तुलानारायण साह भन्छन्, ‘उसमाथि अघिल्ला दुई मधेस आन्दोलनका संवाहक दलहरू संविधान निर्माण प्रक्रियाबाट बाहिर रहनुलाई मधेस–काठमाडौंबीच बढ्दो मनोवैज्ञानिक दूरीका रूपमा अथ्र्याइयो ।’
न्यायालय–चार दल–शीतल निवासबीच चिसो सम्बन्ध र आरोप–प्रत्यारोपबीच चार दलले साउन २३ गते ६ प्रदेशको सीमांकन सम्झौतामा हस्ताक्षर गरे । फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले आठ प्रदेशको १६ बुँदे प्रतिबद्धता सम्झाउँदै सुरुमा आनाकानी गरे पनि तीन ठूला दलको प्रचण्ड बहुमत अघिल्तिर उनको १४ सिट पराजित भयो । त्यहाँसम्म पनि धेरै बिग्रिइसकेको थिएन, किनभने संविधान मस्यौदामाथि मस्यौदा समितिका २१ सदस्यबीच भाग–धारा–दफापिच्छे छलफल हुँदा मधेसी मोर्चाका नेतासमेत असन्तुष्टिसहित सहभागी थिए । मधेसी दलहरूले जोडतोडले उठाइरहेको ‘विगतका सम्झौता कार्यान्वयन’ भन्ने बुँदामा टेकेर ठूला दलले सप्तरी–पर्सासम्मको भूभागलाई प्रदेश नम्बर २ का रूपमा सीमांकन गरे । विश्लेषक साहका बुझाइमा, उक्त प्रदेशबाहेक अन्य प्रदेश र केन्द्रमा मधेसी समुदायको कहिल्यै अगुवाइ नहुने यो सीमांकनले प्रस्टै देखायो ।
२०६३ र ०६४ को मधेस आन्दोलनताका भएका क्रमश: २२ बुँदे र आठबँुदे सम्झौतामा राज्य र आन्दोलनकारीबीच ‘स्वायत्त मधेस प्रदेश’ बनाउने सहमति भए पनि त्यसमा सीमाबारे केही उल्लेख थिएन । तीन दलका नेताहरूले मध्य तराईलाई समेट्ने हालको २ नम्बर प्रदेशलाई नै त्यो ‘मधेस प्रदेश’का रूपमा अथ्र्याए, तर आन्दोलनकारी जमात मधेस प्रदेशको भूगोल सीमित पारिएको भन्दै असन्तुष्ट नै रहिरह्यो ।
सातौं प्रदेश : उत्कर्ष
यति हुँदाहुँदै पनि मधेस तुलनात्मक रूपमा शान्त थियो, बरु पश्चिम तराईका थारू समुदायले भने आफ्नो प्रदेश नपाएको भन्दै आन्दोलन गर्न थालेका थिए । त्यसको केही दिनपछि अखण्ड सुदूर पश्चिम, मध्यपश्चिम लगायत आन्दोलन सुरु भए, जसमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी पोलिट्ब्युरो सदस्य लेखराज भट्टको समर्थन थियो । थारूवान या थरुहट प्रदेश माग गर्नेलाई फोरम लोकतान्त्रिक, मधेसी मोर्चा र एमाओवादी, कांग्रेसका थारू सभासद, नेताको प्रत्यक्ष समर्थन थियो । एमालेले सभासदहरूलाई थरुहट लगायत क्षेत्रीय मुद्दामा सहभागी नहुन निर्देशन दिएको थियो ।
सुर्खेत, कर्णाली लगायतको माग सुन्दै जब सातौं प्रदेश निर्माण गर्ने घोषणा गरियो, त्यसले थरुहट आन्दोलनको आगोमा घिउ थप्यो । यता विभाजित गरिएको बागलुङ जिल्लालाई ‘अखण्ड’ राख्ने र २ नं प्रदेशमा राखिएको पर्साको ठोरीलाई पहाडमा मिसाउने जस्ता त्यस बीचका निर्णयले तराईका आन्दोलनकारीलाई थप उत्तेजित तुल्यायो । पहाडी समुदायको आवाज सुन्ने काठमाडौंले वार्तासमेत नगरी सिधै मस्यौदा संशोधन गराएको, आफूहरूलाई अपमानित गरेको उनीहरूको बुझाइ देखियो । कहिले आपसमा मिल्न नसक्ने भनिएका, अघिल्ला आन्दोलनहरूमा परस्पर जुधेका मधेसी र थारू समुदायलाई समेत यो सातौं प्रदेशको निर्णयले एक ठाउँमा ल्याइदियो । उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली टीकापुर गएर थरुहटको पक्षमा प्रतिबद्धता नै जनाए । त्यो टोलीका कतिपयले त्यहाँ गरेको भाषणले टीकापुरमा हिंसा भड्काउन भूमिका खेलेको आरोप पनि लाग्यो ।
उता आठ प्रदेशको आफ्नै प्रतिबद्धता विपरीत छ प्रदेशमा खुम्चेर सीमांकन गर्दा राज्य पुन:संरचनाका कुनै पनि आधारलाई वास्ता नगरिएको भनी संविधानसभाभित्रै आवाज उठ्यो । राज्य पुन:संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र उच्चस्तरीय राज्य पुन:संरचना सुझाव आयोगका प्रतिवेदन विपरीत नेताहरूले आफ्नो अनुकूल सीमांकन गर्दा जटिलता उत्पन्न भएको प्राध्यापक पीताम्बर शर्माको भनाइ छ । ‘नेपालको दीर्घकालीन सुविधा हेरेर सीमांकन गर्नुपर्नेमा उहाँहरूले आफ्नो राजनीतिक लाभका लागि निर्णय गर्दा असमझदारी उत्पन्न भएको हो,’ उनी भन्छन् ।
सीमांकन विना संविधान नमान्ने बताउँदै आएका मधेसी मोर्चाले ६ प्रदेशको नक्सांकनमा आफूलाई न्याय नभएको भन्दै साउन ३१ र ३२ गते आमहडताल आह्वान गर्‍यो । दोस्रो दिन मोर्चा बैठक बसी मधेस हडताल अनिश्चित कालसम्म लम्ब्यायो । भदौ १ गते सप्तरीको भारदहमा एक युवा मारिएपछि मधेसको प्रदर्शन अकस्मात चर्कियो । त्यही साँझ ५ बजे ६ सभासद रहेको सद्भावनाले संविधानसभा परित्याग गर्ने निर्णय गर्‍यो । भदौ ३ गते राजेन्द्र महतो आन्दोलन नसकिउन्जेल राजधानी नफर्कने घोषणा गरेर मधेसतिरै हिँडे । समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर काठमाडौं–मधेस आउँदै—जाँदै गरिरहे ।
भदौ ६ गते मस्यौदा समितिले सभामा विधेयक पेस गरेपछि भने मधेसी मोर्चाले बहिष्कार गर्‍यो । भोलिपल्ट भदौ ७ गते कैलालीको टीकापुरमा आठ प्रहरी र एक नाबालकको ज्यान लिनेगरी अमानवीय घटना हुनपुग्यो । आन्दोलनकारीले घुसपैठ भएको हुनसक्ने भन्दै आफ्नो संलग्नता नरहेको दाबी गरे । दुई सातादेखि आफूले शान्तिपूर्ण आन्दोलन गर्दा काठमाडौंले नसुनेको, तर पहाडी समुदायले दुई दिन आन्दोलन गर्दै समाधान भएको परिणामका रूपमा समेत कतिपयले परिभाषित गर्न खाजे । काठमाडौंले भने यसलाई राजनीतिक मागको आवरणमा आतंकवादी क्रियाकलाप भनी अथ्र्यायो । त्यसयता मधेस र थरुहटका १४ जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी ३३ दिनसम्म सेना खटाइयो । प्रशासनले दुई दर्जनभन्दा बढी थारू नेताहरूमाथि मुद्दा चलायो ।
प्रतिक्रियाविहीन ४५ दिन
तीन ठूला दलहरूले अनुमान गरेका थिए, संविधान जारी नहुन्जेल आन्दोलन हुनु स्वाभाविक हो । त्यसपछि स्वस्फुर्त आन्दोलन सेलाउनेछ । तर त्यस्तो भएन । ४५ दिन आन्दोलन चल्दासम्म ४५ नागरिक र सुरक्षाकर्मीको ज्यान गइसकेको थियो । कैलालीदेखि महोत्तरीसम्मका घटनाक्रम हेर्दा न आन्दोलनले शान्तिपूर्ण चरित्र देखाउनसकेको देखियो, नत सरकारी प्रशासनको प्रस्तुति नै संयम । संविधानसभा भवन अघिल्तिर ‘हिन्दुराज्य’ माग्दै आन्दोलित समूहलाई पानीको फोहरा हानेर धपाइयो भने त्यसै दिन मधेसका तीन जिल्लामा आन्दोलित समूहलाई गोली दागेको जिकिर गर्छन्, मधेस अधिकारकर्मी दीपेन्द्र झा । भन्छन्, ‘कैलाली घटनाको प्रतिशोध मधेसमा देखियो । शान्तिपूर्ण आन्दोलनमा अश्रुग्यास, पानीको फोहरा, घुँडामुनि गोली हान्नुपर्ने कानुन मिच्दै प्रदर्शनकारीमाथि प्रहरीले टाउकोमा गोली चलायो ।’
आन्दोलन र संविधानकै बीच एमाले अध्यक्ष केपी ओलीलाई भेट्न चार मधेसी, थारू सभासद र केही केन्द्रीय सदस्य बालकोट निवास गए । ‘त्यतिका मान्छे मरिसके, यस्तैमा संविधान जारी गरे हामीलाई निर्वाचन क्षेत्र फर्कन कठिन हुन्छ भनी कुरा राख्यौं,’ केन्द्रीय नेतृत्वमा समेत रहेका एक मधेसी सभासदले भने, ‘आन्दोलनका नाममा केही मानिसहरूले गतिविधि गरिरहेको भन्दै उहाँले त्यता ध्यान नदिन भनेपछि हामी फर्कियौं । नेतृत्वले मधेसको गम्भीरता के हो, बुझ्न सकेन ।’
भदौ अन्तिम साता संविधानका धारा–धारामा ‘हुन्छ–हुन्न’का हात उठ्दै गर्दासम्म १८ सभासद रहेको गच्छदार मोर्चा प्रक्रियाबाट बाहिरिइसकेको थियो । मधेसी मोर्चाको शैलीसँग असहमत गच्छदार अब तीनदलीय ‘सत्ता–मोर्चा’बाट पनि बाहिर गइसकेका थिए ।
यति हँुदाहुँदै बाबुराम भट्टराई नेतृत्वको विशेष समिति सदस्यको हैसियतमा गच्छदारको भेट प्रधानमन्त्रीसहित तीनै दलका नेतासँग भइरहेकै थियो । त्यो धागो पनि चुँडियो, जब थारूबहुल क्षेत्रको सीमांकन त के, तीन दलले सम्झौतापत्रमा ‘मधेस–थरुहट’ शब्दसमेत उल्लेख गर्न मानेनन् । भदौ ३१ गते राति १ बजे बालुवाटारबाट कुरो मिल्ने भयो भनी प्रफुल्ल मुद्रामा सानेपा निवास फर्केर सुतेका गच्छदारको आशा भोलिपल्ट बिहान तुहियो । एमाले अध्यक्ष ओली र उपाध्यक्ष भीम रावल, कांग्रेस वरिष्ठ नेता देउवा र महामन्त्री कृष्ण सिटौलाले ‘मधेस–थरुहट’ शब्दको सट्टा देशका ‘विभिन्न भागमा चलिरहेका सीमांकन सम्बन्धी माग’ भन्ने शब्द राख्नुपर्ने अड्डी लिए ।
काठमाडौंमा दीपावली, मधेसमा ‘ब्ल्याक आउट’
त्यतिन्जेलमा राजनीतिभित्र भूराजनीति घुसिसकेको थियो । भदौ २४ गते भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री कोइरालालाई भेटेर असन्तुष्ट मधेसीका माग थाती राखेर मतदान सुरु गरे संविधानको कार्यान्वयन असहज हुनसक्ने जिकिर गरे । भोलिपल्ट ओली र दाहालसँग भेटको मजबुुुन पनि उही थियो । त्यसै दिन तीन दलले संविधानसभाको प्रक्रिया दुई दिन पर सारे र २७ गते मतदान गर्नुअघि असन्तुष्ट पक्षसँग वार्ता गर्ने बताए ।
तमसपा अध्यक्ष महेन्द्र राय यादवका अनुसार त्यो ४८ घन्टा वार्ता गर्ने नभई कांग्रेस–एमाले–एमाओवादीभित्रका असन्तुष्ट सभासद, नेतालाई थुमथुम्याउन रचिएको योजनामात्रै थियो । हुन पनि त्यस्तै देखियो । कांग्रेसका असन्तुष्ट सभासद सुरेन्द्र चौधरी, फरमुल्लाह मन्सुर लगायत २७ सभासदले मतदान प्रक्रिया बहिष्कार गर्ने चेतावनी दिँदै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाउने तयारी संविधानसभा परिसरभित्रै गरे । बैठक चल्दाचल्दै आक्रोशित हुँदै बाहिरिएका चौधरीले यो संवाददातासँग भनेका थिए, ‘चुनावमा के भनेर भोट मागिएको थियो, घोषणापत्रमा के लेखिएको थियो, हाम्रै कांग्रेसी नेताहरूले आज बिर्से, बीपी भएको भए यो इन्टेलेक्चुअल ब्याङकरप्सी (बौद्धिक शून्यता) देखापर्ने थिएन ।’ तर चौधरीमात्र नभई उनीसहितको असन्तुष्ट टोलीलाई पनि थुमथुम्याइयो । असन्तुष्ट आवाजहरूलाई समेत समर्थनको ध्वनिमतमा समेट्दै भदौ ३१ गते संविधान पारित भयो । अनि तीन दिनपछि त्यसलाई औपचारिक रूपमा जारी गरियो । छिमेकी भारतले त्यसको स्वागत गरेन, आफूले त्यसलाई ‘नोट’ गरेको सांकेतिक असहमतिमात्र जाहेर गर्‍यो ।
वर्षा ऋतुभरि काठमाडौंको ‘नोट’मा नरहेको मधेस आन्दोलन शान्त ‘शरद’ लागेकै दिन तीव्र संवेदनशीलताका साथ सतहमा देखियो, जब असोज १ गते भारतीय प्रधानमन्त्रीका विशेषदूतका रूपमा विदेश सचिव सुब्रह्मन्यम जयशंकर काठमाडौं ओर्लिए । बालकोट, लाजिम्पाट हँुदै बालुवाटारसम्म चहारेर जयशंकरले संविधान जारी गर्ने तिथि/प्रक्रिया केही समय सार्न दबाबमूलक सन्देश दिए, जसलाई त्रिदलीय अगुवाहरूले स्वीकारेनन् । उनीहरूले भारतीय विशेषदूतको भ्रमण उचित समयमा नभएको सार्वजनिक असन्तुष्टि नै प्रकट गरे ।
हुन पनि जयशंकर त्यो दिन नेपाल आए, जुन दिन सभासदहरू अघिल्लो साँझ पारित संविधानका पाँच–पाँच प्रतिहरूमा भकाभक दस्तखत गर्दै थिए । पर्सिपल्ट संविधान जारी हुनेवाला थियो । जयशंकरले मधेसी नेताहरूलाई लैनचौरस्थित भारतीय दूतावासमा लन्च–भेट गरे । उच्च स्रोतका अनुसार तमलोपा अध्यक्ष महन्थ ठाकुरले डेढ महिना आन्दोलन चलिसक्दा त्यतिका मधेसी मारिएको, तैपनि छिमेकी देशले वास्ता नगरेको भनी शान्त शैलीमा कडा प्रतिक्रिया गरेका थिए । ठाकुर र उनीबीच केही बेर छुट्टै कुराकानीसमेत भएको स्रोत बताउँछ । त्यही साँझ फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारसँग जयशंकरले लैनचौरमै डिनर–भेट गरे । भोलिपल्ट केही अनुदार प्रतीत हुने सन्देश दिएर जयशंकर फर्किए । लगत्तै ‘नाकाबन्दी’को अस्त्र प्रयोग गर्नेतिर दिल्ली उद्यत भयो ।
यता बाँकी बचेको एक दिन– असोज २ गते मधेस–काठमाडौंबीच कुनै वार्ता भएन । बरु राष्ट्रपतिका असन्तुष्टि सार्वजनिक भइरहे । अघिसम्म राष्ट्रिय गणतन्त्रका प्रतीकका रूपमा चित्रित उनलाई मधेसी पहिचानसँग दाँजेर मिडियादेखि सामाजिक सञ्जालसम्म प्रचार हुनथाल्यो । उनले संविधान जारी गर्दैनन् भन्ने हल्ला पनि चल्यो । उनी भने निर्धारित समय अर्थात् असोज ३ गते अपराह्न ‘संविधानलाई ढोग्न’ नयाँबानेश्वर आए । ठूला–साना गरी चार मधेसी मोर्चा र थरुहटको असन्तुष्टिबीच करतल ध्वनिका साथ नेपालको संविधान जारी गरियो ।
८५ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको ऐतिहासिक संविधानका एक साक्षी तिनै जनकपुरका वीरेन्द्र ठाकुर हुन्, जसले काठमाडौंको पटाकाबाजी र सर्वसाधारणको उल्लास देखे, सहभागी भए । अनि आफ्नो समुदायले गरेको ‘ब्ल्याक आउट’ टिभीमा हेरे ।
जेजस्तो गुनासो भए पनि अब देशमा शान्ति आउँछ भन्दै वीरेन्द्र टिभी बन्द गरेर सुत्न गए । तर भोलिपल्टदेखि नाकाबन्दी भइहाल्यो । ‘आन्दोलन हुनु त ठिकै हो जस्तो लाग्छ, तर यो नाकाबन्दी भएर राम्रो भएन,’ बिहीबार बिहान आफ्नै सैलुनमा भेटिएका उनले भने, ‘गाउँमा दाइहरूले गरिरहेको आन्दोलनमा भारतको नाम जोडिनु त राम्रो होइन ।’ तर भारत सीमावारि छिरिसकेको थियो ।
भारत : ‘सात बुँदा’ हुँदै नाकाबन्दी
भारत भन्छ– नाकाबन्दी छैन । तर जहीँतहीँ सिमानाका ठप्प छन् । जिल्लास्थित कान्तिपुर संवाददाताहरू लेख्छन्– दसगजा वारिपट्टि सीमा नाकाबाट भारतीय सामान आउन रोक लगाउन मधेसी आन्दोलनकारी बसेका छन् । पारिपट्टि भारतीय सुरक्षाकर्मी र भन्सार त्यसलाई साथ दिइरहेको देखिन्छ । दृश्यहरू भन्छन्– अधिकार र पहिचानको यो मुद्दामा अब भूराजनीतिले ठूलो हिस्सा लिएको छ ।
संविधानका स्वागतमा अरू देशहरू अग्रसर छँदासम्म भारतले अहिलेसम्म खुलेर विज्ञप्तिसमेत निकालेन, बरु नेपालमा संविधान बनेको कुरो आफ्नो ‘ख्यालमा आएको’ बतायो । भारतीय असन्तुष्टि हुँदै अघि बढेको नाकाबन्दीको भोलिपल्टै अर्थात् असोज ५ गते ढिलै भए पनि काठमाडांैमा सुखद दृश्यावली देखियो । प्रधानमन्त्री सुशील कोइराला तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न बिजुली बजारको साँघुरो गल्लीमा रहेको उनको मुख्यालय पुगे । ‘एक घन्टा कुरा त भयो, प्रधानमन्त्रीले आफ्नै विवशता सुनाएर जानुभयो,’ बैठक सकिएसँगै ठाकुरले कान्तिपुरलाई भनेका थिए, ‘उहाँमा मैले गम्भीरता देखँें, तर तत्परता देखिन ।’
यति भनेर ठाकुर मधेस हिँडिहाले । मध्याह्न सवा १२ बजे प्रधानमन्त्री, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल फोरम लोकतान्त्रिक मुख्यालय सानेपा पुगे । गच्छदारसहित संघीय मोर्चाका नेताहरू शरतसिंह भण्डारी र राजकिशोर यादवसँग डेढ घन्टा छलफल चल्यो । संविधान संशोधन गरेर भए पनि समाधान निकाल्न मोर्चाले उपाय सुझायो । तीन दलका नेताहरूले सकारात्मक संकेत दिए । तर परिस्थिति त्यस बेला बिग्रियो, जब त्यही साँझ भारतीय विदेश मन्त्रालयले केही पत्रकारसामु संविधान संशोधनका लागि आफूले अगाडि सारेको ‘सातबुँदे प्रस्ताव’ चुहायो । काठमाडौंको राजनीति–कूटनीतिवृत्त, सत्ता–प्रतिपक्ष र कतिपय सञ्चारमाध्यमले डेढ महिनादेखि जारी आन्दोलनसँग भारतको सम्बन्ध खोतल्न थाले । मधेस मुद्दासँग जोडिने गरेका केही पत्रकार–अधिकारकर्मीले ती बँुदाहरूको पक्षमा खुलेर लेख्न–बोल्न थालेपछि काठमाडौंको सत्ता–प्रतिपक्ष मधेस आन्दोलनलाई विश्लेषण गर्ने मामिलामा एकै ठाउँ उभियो । एक मधेसी अधिकारकर्मीका भनाइमा, ‘यो ब्याटल मधेसले यस पटकलाई हारिसक्यो । जश र अपजश दुवै भारतले लिने अवस्था सिर्जना भएको छ ।’
असोज ६ गते संयुक्त राष्ट्रसंघीय महासभाका लागि न्युयोर्क उड्ने तरखरमा रहेका प्रधानमन्त्रीले अन्तिम क्षणमा भ्रमण रोके । आन्तरिक राजनीतिमा भूराजनीति घुस्न थालेको विश्लेषण हुँदैगर्दा काठमाडौं र मधेसबीच तत्काल वार्ता हुने अपेक्षालाई प्रधानमन्त्रीको उक्त निर्णयले बल दियो । तर त्यही दिन राजविराजमा आयोजित मधेसी मोर्चा बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनले नपुग्ने, पुनर्लेखन नै हुनुपर्ने अडान लिए । ठाकुर र तमसपा अध्यक्ष महेन्द्र रायले उक्त अडान व्यावहारिक नहुने भन्दै लचकता देखाउनुपर्ने बताएको बैठकका सहभागी नेताहरू बताउँछन् ।
यता राजधानीमा असोज ११ गते गठित तीनदलीय वार्ता टोलीका सदस्य वनमन्त्री महेश आचार्य, एमाले पोलिट्ब्युरो सदस्य अग्नि खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ त्यसै दिन तमलोपा अध्यक्ष र फोरम लोकतान्त्रिक अध्यक्ष भेट्न गए । अहिले दुवै मोर्चाका समान प्रकृतिका पाँच पूर्वसर्त छन् । तीमध्ये दंगाग्रस्त क्षेत्रबाट सेना गत सोमबारै फिर्ता भइसकेको छ । आन्दोलनका मृतकलाई सरकारले १० लाखको दरले उपलब्ध गराइसके पनि मोर्चाले सहिद घोषणा हुनुपर्ने माग राखेको छ । मृतकका परिवारलाई क्षतिपूर्ति, आन्दोलनका घाइतेको उपचार, गिरफ्तारको रिहाइ र मुद्दा फिर्ताजस्ता माग सर्तका रूपमा अघि सारिएको छ । राजनीतिक मागमध्ये २०६३ मा भएको आठबँुदे सहमतिमा स्वायत्त मधेस प्रदेश हुनेगरी संघीय सीमांकन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी आधारमा प्रतिनिधित्वजस्ता बुँदा उल्लेख थिए । शुक्रबार मन्त्रिपरिषद्कोबैठकले जनसंख्याका आधारमा चुनाव क्षेत्र र समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरी संविधान संशोधन गर्ने निर्णय गरेको छ । अब अड्केको मुख्य मुद्दा सीमांकनमात्रै हो ।
मोर्चाले असहयोग आन्दोलनअन्तर्गत तराई/मधेसमा रहेका सरकारी कार्यालयहरू, कर कार्यालयहरू, वित्तीय संस्थाहरू लगायत सरकारलाई प्राप्त हुने कुनै पनि प्रकारको शुल्क, कर, राजस्व नतिर्ने निर्णय गरेको छ । मोर्चाले बिहीबार तराईको हुलाकीमार्गभरि मानवसाङ्लो समेत प्रदर्शन गरेको छ ।
र यी पंक्तिहरू लेख्दासम्म सरकारी वार्ता टोली नाकाबन्दी फिर्ता लिन मोर्चासँग आग्रह गरिरहेको छ । मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष ठाकुर भने ४५ दिन आन्दोलन चल्दा काठमाडौंले समाधान त के, ‘रेस्पोन्स’ समेत नगरेको भन्दै नाकाबन्दी फिर्ता लिन नसकिने, बरु सीमांकन सच्याउन तयार भए अन्य बुँदामा लचकता देखाउन सकिने अडान लिएको वार्ता टोली सदस्य श्रेष्ठले बताए ।
विश्लेषक तुलानारायण साह जारी अवस्थाप्रति दु:ख प्रकट गर्छन् । ‘यो कस्तो परिस्थिति आयो, जहाँ मधेसमा ४५ दिनभित्र ४५ नागरिक मारिंँदासम्म काठमाडौंलाई मतलब छैन,’ उनी विस्मात् मान्छन्, ‘नाकाबन्दीले काठमाडौंमा १० दिन बिचल्ली हँुदा मधेसलाई मतलब छैन ।’
तीन दलभित्र उस्तै दबाब
असोज १२ गते कांग्रेसका तर्फबाट मन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, मीना पाण्डे, अजयकुमार चौरसिया, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव लगायत सहभागी एक भेलाले संसदको पहिलो बैठकबाट चार संशोधन गरी मधेसीका माग सम्बोधन गर्न आवाज उठायो । नेताहरूले भेलापछि प्रधानमन्त्रीलाई भेटेर ती बँुदा समेटिएको पत्रसमेत बुझाए । अन्तरिम संविधानको व्यवस्थाअनुसार राज्यको हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, कांग्रेसकै महासमिति बैठकको निर्णयअनुसार प्रदेशको निर्धारण गर्न अहिलेको सीमांकन हेरफेर र प्रदेश थपघट गर्नसमेत माग गरेका छन् । कांग्रेसका तराई मधेस विभाग संयोजक उमाकान्त चौधरीद्वारा जारी विज्ञप्तिमा संविधानको पहिलो संशोधन गर्नका लागि यी बुँदा अघि सारिएको उल्लेख थियो ।
एमाओवादीका मधेसी सभासदहरू भदौ १० गतेदेखि आन्दोलनमा ओर्ले । १८ मधेसी सभासद, स्थायी समिति र केन्द्रीय समितिमा रहेका मधेसी नेता र एमाओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाले आन्दोलनमा जाने संयुक्त निर्णय लिएको थियो । अध्यक्ष दाहाल, नेताहरू वर्षमान पुन र हरिबोल गजुरेललाई भेटी उनीहरुले यो सभाले मधेसीको अधिकार रक्षा नगर्ने भन्दै आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको उनीहरुले बताएका थिए । दाहालको लाजिम्पाट निवासमा आन्दोलनबारे जानकारी गराउन जाने नेतामा सभासदहरु रामकुमार शर्मा, रामरिझन यादव, महेन्द्र पासवन, प्रभु साहलगायत १८ सभासद र रामचन्द्र झा लगायत नेता थिए । पछि उनीहरूले संविधानसभा बहिष्कार गरेर संघर्षमै ओर्ले ।
त्यस्तै एमालेमा पनि तरंग उत्पन्न भयो । मधेसी थारू नेताहरू अध्यक्ष ओलीलाई भेट्न बालकोट गए पनि ओलीले अहिले आन्दोलनको आवश्यकता नरहेको जवाफ दिई फर्काएका थिए । केही सभासदले अहिलेकै संविधान बोकेर जिल्ला फर्कन गाह्रो हुने टिप्पणी गरे । एमाले सचिव योगेश भट्टराईको जवाफ थियो, ‘यो सीमांकनमा फेरबदल सम्भव छैन । किनभने उहाँहरूले भनेजस्तो गरियो भने पहाडतिर आन्दोलन उठ्छ । हामीले ककसको चित्त बुझाउने ?’
डेढ महिनासम्म उपेक्षा
मधेस विद्रोहको ४२ दिनसम्म प्रधानमन्त्री, गृहमन्त्रीलगायत कुनै पनि सरकारी अधिकारी मधेस–थरूहट पुगेर जनतासँग संवाद गर्नु त परै जाओस्, अरु पार्टीका अध्यक्ष, नेता र सभासदसमेत मधेस झरेनन् । टीकापुर घटनाको ३३ औं दिनमा प्रधानमन्त्री कोइराला कैलाली गए । आफ्नै कार्यकर्ता र क्षत्री—बाहुन समुदायबाहेक थारू समुदायका आन्दोलनकारी र सर्वसाधारण नभेटी उनी फर्केको भन्दै गुनासो आयो । असोज १२ गते बाबुराम भट्टराई जनकपुर गए । तीन दिनअघि नै एमाओवादी त्याग गरिसकेका उनको भ्रमण व्यक्तिगतझैं देखिन पुग्यो । यसअघि असोज ७ गते केही नागरिक अगुवासहित जनकपुर जाने तयारीमा रहेका उनीविरुद्ध मधेसी प्रदर्शनकारीले खबर पठाए, ‘डेढ महिनासम्म हिंसा र कफ्र्यु हुँदा काठमाडौंबाट कोही आएन । संविधानमा हस्ताक्षर गरेको हात हल्लाउँदै मधेस नआउनु ।’
विश्वस्त स्रोतका अनुसार, संविधान जारी हुनुअघि मधेसी र अन्य आन्दोलनकारीसँग वार्ता गर्न जोड दिइरहेका भट्टराईले सार्थक संवादको पहल नभएको भन्दै असन्तुष्टि जनाएका थिए । असोज ९ गते पार्टी त्यागेर उनी जनकपुर पुग्दा आन्दोलनकारीले फूलमालाले स्वागत त गरे । तर भट्टराईकै उपस्थितिमा संविधान जलाउनुपर्ने उनीहरूको माग समर्थन नगरेपछि चर्को आक्रोश सामना गर्नुपर्‍यो । भट्टराईले कान्तिपुरसँग भने, ‘हाम्रै साथीहरूका तर्फबाट अलिकति मिस कम्युनिकेसन जस्तो भएछ । तर पछि मोर्चाका नेताहरूले सम्झाउनुभयो ।’ तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले ठट्यौली पारामा सुनाए, ‘हामीले त उहाँकै लागि वातावरण बनाइदिएका थियौं । तर तीन रामले गलत प्रचार गरेर बाबुरामलाई डुबाए– रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्मा ।’
अरु नेताहरु मधेस नझरेको सन्दर्भमा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले बिहीबार विराटनगर गएर भने, ‘आन्दोलन सम्बोधनमा काठमाडौंले उपेक्षा गरेकै हो, क्षमा माग्छौं । तर नाकाबन्दीले काठमाडौं कष्टकर हुँदा मधेस मौन बस्नु भएन ।’
प्रकाशित: आश्विन १६, २०७२

कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि

कुण्ड-कुण्ड पानी, मुण्ड-मुण्ड बुद्धि
- खगेन्द्र संग्रौला, काठमाडौं

यो भूमिमा कतिकति आन्दोलन र बलिदान भए, तर सामान्यजनका लागि नतिजा प्राय: हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो भएको छ।
आश्विन १५, २०७२- बेलुका ५ बजे एउटा कटेज टाइपको मध्यमस्तरीय रेस्टुराँमा बसेको छु। कालो चियाको साथमा समय बियाँल्ने साथी छ, झोलामा बोक्न मिल्ने बिजुली पुस्तकालय ‘अमेजन किन्डल’। आँखा फ्रान्सिस फुकुयामाको ‘द ओरिजिन्स अफ पोलिटिकल अर्डर’मा छन्, कठोर परिस्थितिको आघातले आहत भएको चित्त त्यसै–त्यसै छरपस्ट छ। पुस्तक चाखलाग्दो छ, तर पढ्न चाख छैन। माथि पहाडी भेगका खण्ड-खण्ड संविधान आउँदाको खुसियालीमा मस्त छन्, तल सिङ्गो मैदानी भेग आक्रोशमय पीडामा डुबेको छ। माथिको आकाशमा आतसबाजीको रमितलाग्दो झिलिमिली छ, तलको आकाश विषाक्त अश्रुग्यासले भरिपूर्ण छ। माथि राष्ट्रवादको बखान व्याप्त छ, तल राष्ट्रको खोजी हुँदैछ। माथि विजयको धुमधाम उत्सव छ, तल पराजयको अथाह सन्ताप छ। सत्ता र शक्तिमाथिको बर्चस्व र भोगचलनमा जो यसै पनि विजयी थिए, तिनलाई संविधानमा फेरि जिताइयो। जो सधैँ सीमान्तकृत र पराजयी तुल्याइएका थिए, ती फेरि पनि हराइए। संघीयताका सूत्रहरूले सबैलाई एकताको रङ्गिन मालामा उन्ने भनिएको संविधानमा नेपाललाई दुईवटा नेपालमा चिरा पारियो। यी दुई चिरामाझ अहिले द्वन्द्वको आगो बलेको छ।
घरमूली नालायक भएर घरको झगडा जब आँगनमा छताछुल्ल हुन्छ, छिमेकी कत्ति न भद्रभलाद्मी हुँझैँ गरी हातमा कोर्रा लिएर झगडा मिलाउन उपस्थित हुन्छ। सोहीपरि हाम्रो यो आपत्कालमा संसारैभरिको विशालतम प्रजातन्त्र मानिने दक्षिणी मित्र मुलुक दादागिरीको पोजमा जुँगा मुसार्दै हठात् उपस्थित भयो। सदाझैँ ऊ ठूलदाइमय अहं प्रदर्शन गर्दै आयो। र अहिले उसले भूगोलको कैदीतुल्य नेपालमाथि मैले गरेको होइन भन्दै अघोषित नाकाबन्दीको कष्ट थोपरेको छ। कालो चियाको चुस्की लिँदै म गम खान्छु- यो भूमिमा कतिकति आन्दोलन र बलिदान भए। तर सामान्य जनका लागि नतिजा प्राय: हात्ती आयो, हात्ती आयो फुस्सा भनेजस्तो भएको छ। हाम्रो नेपाल घर भित्रको विभेद र घर बाहिरको बलमिच्याइँबाट मुक्त भई स्वतन्त्र र स्वाधीन बन्ने दिन समयको गर्भमा नहोला र? कल्पनाको क्षितिजभित्र उत्तर देख्दिन र म किञ्चित् निराश हुन्छु।
यत्तिकैमा रेष्टुराँमा पाँचजना भद्रजनको आगमन हुन्छ। ज्यानका बान्की, अनुहारका अहंभाव, लवाइका छाँटकाँट, मुद्राका प्रफुल्लपना र चालका स्फुर्ति सबैथोकमा यी मनुवा भद्रजन लाग्छन्- खसोखास अभिजातीय। सबैजना मलाई चिने–चिनेझैँ गरी पुलुक्क हेर्छन् र मुन्टा अर्कोतिर परक्क बटार्छन्। ती मेरो अगाडि एक टेबुल उतातिर बस्छन्। म आँखा बिजुली पुस्तकमा स्थिर गरेको स्वाङ रच्दै ध्यानस्थ मुद्रामा तिनका कुरातिर कान थाप्छु। दुईजना सात्विक रहेछन्, तीनजना तामसी। सात्विकद्वय नरम पेय माग्छन्, तामसीत्रय गरम पेयको चुस्की लिन थाल्छन्। सितनका थरीथरी परिकारले टेबुल ढाकिन्छ। र अब शान्त र सुस्वादु खानपानसँगै वातावरणमा चालु रहेको मौसमी राष्ट्रवाद सम्बन्धी वार्ताको उठान हुन्छ। विषयले स्वभावत: पात्रको माग गर्छ र केपी शर्मा ओली एवं पुष्पकमल दाहाल विषय–प्रसङ्गमा थपक्क प्रवेश गर्छन्। कुरै-कुरामा प्रश्न उठ्छ- यी दुईमध्ये को ठूला राष्ट्रवादी हुन्?
‘केपी नै ठूला,’ जुँगे भद्रजन भन्छ, ‘यिनले मधेसे र मोदी दुवैलाई ठ्याक ख्वाउँदै आ–आफ्ना थान्कामा बस्न पाठ सिकाउँछन्। हेर्नुस्त, क्या छन्, यिनका वचनवाण ! कसैको डर छैन, कसैलाई छाड्ने होइन।’
‘छनलाई पुष्पकमल पनि कम छैनन्,’ भुँडे भन्छ, ‘बरु गाडी छाडेर साइकल चढ्ने, राष्ट्रिय स्वाभिमानमा मरिगए नडग्ने। हेर्नुस्त, पूर्व प्रधानमन्त्रीजस्ता मान्छेको त्याग ! अनि क्या
चट्टानी अठोट !’
‘म त भन्छु, दुबै बराबर हुन्,’ किञ्चित् चर्को स्वरमा तिलचामले राय प्रकट गर्छ, ‘यी दुई भाइ एउटै सिक्काका दुई पाटा हुन्। एउटा नभई अर्को हुँदैन। यी दुई भाइ नमिल्या भए काँ बन्थ्यो संविधान? अनि राष्ट्रवादको यो लहर....।’
सफाचट् भलाद्मी नाक मुसार्दै मन्तव्य सुरु गर्छ, ‘हो, यिनले मिलेर नयाँ संविधान रचे। कसैका घुर्की र धम्कीको कत्ति पर्वाह नगरी। काग तारन्तार कराउँदै गयो, पिना अटुट सुकिरह्यो, गजप भयो ! र न आयो संविधान। यिनले मिलेर नयाँ युगको ढोका खोले। र अहिले मधेसको आकाशमा अनिष्टकारी बादल मडारिइरहेको बखतमा यी राष्ट्रवादको सुनौलो अध्याय रच्दैछन्। यिनका अगाडि मरिचमान केही होइनन्। फेरि त्यसका बाउको नाकाबन्दी, साले ! हेपेर जोरी खोज्नु पनि...’ सफाचट् जङ्गिन्छ। ‘जब्बर राष्ट्रिय अडानका अगाडि यो नाकाबन्दीले घुँडा टेक्छ–टेक्छ। थोडै मरिचमानको जमाना हो यो?’
जुँगेकाजी विनम्र भावले चिताउँदै नचिताएको प्रश्न मतिर तेर्स्याउँछ, ‘यसमा सरको विचार के छ?’
मेरो विचार? राष्ट्रवाद जस्तो अति गहन विषयमा म अकिञ्चनको के विचार हुनु? के भन्नु न के भन्नु, म अलमल्ल पर्छु। विचार बझाऊँ कि भाका मिलाऊ? मन दोमन हुन्छ। अनि आ.. जे त पर्ला भनेर म सानो डोज दिन्छु, ‘यसमा मेरो विचार अलि फरक छ। सुन्न गाह्रो नमान्नु होला। कुरो के भने बौद्धिक, आर्थिक, नैतिक र कूटनीतिक जग कमजोर हुने देशको राष्ट्रवादको गर्जन पानीको फोकोजस्तै हो। त्यो हुत्त उठ्छ, प्याट्ट फुट्छ र अनस्तित्वमा बिलाउँछ। कि कसो हजुर?’
‘यो ज्यादै निराशावादी कुरा हो,’ जुँगे रमरम जङ्गिन्छ। ‘मुलुकैभरि राष्ट्रवादको यत्रो लहर उठेको छ। सर विचारै नगरी यसो भन्नुहुन्छ....।’
‘मान्यवर, भुवामय भावुकताले पेट भर्दैन,’ म हल्का प्रतिवाद गर्छु, ‘पेट भर्न ठोस भोजन चाहिन्छ।’
पञ्च भद्रजन असहज मान्दै मुखामुख गर्छन्। केही खासखास–खुसखुस गर्छन्। अनि भुँडे भन्छ, ‘सरका कुरै नकारात्मक। राष्ट्रवादको यत्रो आँधी उठेको छ। यो त्यसै दब्छ?’

‘नदबोस्, मेरो हार्दिक कामना छ।’ प्रतिपक्षमा एक्लो छु, त्यसैले मसिनो स्वरमा म भन्छु, ‘बेलुन हेर्दा कत्रो र कति रङ्गिचङ्गी हुन्छ ! तर त्यसको नियति आखिर प्याट्ट फुटेर सकिनु त हो।’
‘गलत कुरो,’ तिलचामले प्रतिवाद गर्छ, ‘सरजस्ता मान्छेले यस्तो बेलामा यस्ता कुरा गर्नु दु:खलाग्दो विषय हो।’
म बोल्दिन। बोलिसक्नु भए पो ! अब विषय–प्रसङ्ग राष्ट्रवादको रक्षाका लागि अनिवार्य त्यागका कुरातर्फ मोडिन्छ।
‘बरु पेट काटेर बाँचिन्छ, दिल्लीको दादागिरीसामु घुँडा टेकिँदैन।’ सफाचट् सादा जीवन, उच्च विचारको अर्ती पेल्छ। ‘केही नभए ढिँडो र गुन्द्रुक खाएर....। त्यो पनि नभए भोकै बसेर.....। हेपाइको पनि त हद हुन्छ। कसो सर?’
म व्यङ्ग्य मुद्रामा मनमनै कुरा खेलाउँछु- चतुर बन्धुले दुई–चार महिनालाई पुग्ने अत्यावश्यक र विलासका वस्तुको जोगाड गरिसकेको होला। तब न मीठा-मीठा आदर्शका कुरा फुर्दैछन्। त्याग अरुले गरिदिउन्, दु:ख अरुले झेलिदिउन् र राष्ट्रवादको शिर सगरमाथाझैँ ठाडो होस् !
प्रश्न आफूतिर सोझिएको छ। त्यसैले बोल्न मनै नलागी म बोल्छु, ‘सही कुरा। तर बन्धु, घरिघरि हीनभावना प्रदर्शन गर्दै हेपाहालाई हेप्न निम्त्याएपछि हेपाइबाट आनन्द प्राप्त गर्ने लत बसेकाले हेप्ने नै त भयो। तपाईँले निहुरिएर ढाड नथापिदिए हेपाहा कसरी मौका छोपेर ढाडमा घोडा चढ्छ?’
‘खालि उल्टा कुरा...’ अहिलेसम्म चुप लागेर मद्यपानमा निमग्न भएको सिकटेको बक् फुट्छ, ‘कि त आशाको उज्यालो छर्नु कि नबोल्नु....।’
‘आशा छँदैछैन मैले भनेको होइन, बन्धु,’ म कुराको बिट मार्न हतारिन्छु। ‘आधुनिक जीवनका यावत् सरसुविधाहरू त्याग्नु, परापूर्वकालका पुर्खाका ओडारमा जानु, गिट्ठाभ्याकुर खानु, रुखका बोक्राका लगौँटी लगाउनु र मिचाहा दिल्लीलाई देखाइदिनु...छनलाई विकल्प यो पनि छ। तर हामीलाई ओडारतिर डोर्‍याउने अगुवा को होला? त्यस्तो छ त क्वै?’

फेरि खासखास–खुसखुस र विचित्रको मौनता। उठेर मौन भङ्ग गर्दै म बिदा माग्छु- ‘बन्धुगण, विचार आफ्नो–आफ्नो हो। रिसानी माफ होस् है।’
प्रकाशित: आश्विन १५, २०७२
जलेश्वरमा राहत संकलन र वितरण शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १७ गते । लामो बन्दको कारणले दैनिक काम गरेर गुजारा गर्नेहरु प्रभावित बन्दै गएपछि जलेश्वरका युवाहरुले आईतबारदेखि राहत संकलन र वितरण गर्ने काम शुरु गरेको छ ।
आईतबार युवाहरुले जलेश्वरका तिन सय जना परिवारलाई चामल, दाल, आलु र खानेनुन वितरण गरेको छ । हरेक परिवारलाई अढाई किलो आलु, आधा किलो दाल, एककिलो आलु र खानेनुन वितरण गरिएको राहत संकलन तथा राहत अभियानका संयोजक शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।
जलेश्वरका विभिन्न क्षेत्रका व्यक्तिहरुले दिएको सहयोगबाट दैनिक गुजारा चलाउन कठिनाई भएका गरिब परिवार, रिक्सा, ठेला, टाङ्गा चलाउने परिवारलाई राहत वितरण गरिएको थियो । आईतबार दुर्गाचोकमा राहत लिन महिला र पुरुषहरुको ठुलो लाईन लागेको थियो ।
राहत वितरणको लागि जिल्लाको विभिन्न गाउँ विकास समितिहरुबाट पनि राहत संकलन गरी पठाउन शुरु भएको जानकारी दिनुहुदै संयोजक चौधरीले आफुहरुले संकलन गरिएका राहतहरु गरिब परिवार, दैनिक काम गरी घर चलाउने परिवार, आन्दोलनमा शहादत दिएका तथा घाइते भएका परिवार तथा नाकामा बसेर आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई वितरण गर्ने जानकारी दिनुभयो ।



राहत संकलन र वितरणलाई पारदर्शी बनाउन राहत दिने र लिने दुवैको नामावली स्थानीय एफएमहरुमा प्रसारण गरिने र उनीहरुको लगत पनि राखिने जानकारी दिनुहुदै संयोजक चौधरीले लामो बन्दीले जनजीवन तहसनहस भइरहेको बेला कसैको सहयोगलाई खेर जान नदिनेपक्षमा आफुहरु रहेको बताउनुभयो ।
बन्दी अझ लम्बिन सक्ने देखिएकोले राहत संकलन र वितरण कार्यक्रम शुरु गरिएको जानकारी दिनुहुदै संयोजक चौधरीले भन्नुभयो, ‘यो कार्यक्रमलाई हामीले निरन्तरता दिदैं अन्य ठाउँमा पनि क्रमशः लग्नेछु, जसबाट कसैलाई पनि भोकै बस्नु नपरोस ।’ उहाँले सहयोग गर्नुभएका सबैलाई धन्यवाद समेत दिनुभयो ।
महोत्तरीमा ५२ दिनदेखीको बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पसल, यातायात, सामुदायिक विद्यालय, सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु पूर्णतः बन्द छ ।
लामो समयको बन्दले दैनिक काम गरेर गुजारा गर्नेहरु सबैभन्दा बढी मारमा देखिएका छन् ।

Saturday, October 3, 2015

मधेशका नायक मेरा साथी

मधेशका नायक मेरा साथी

- किशोर नेपाल, काठमाडौं
महन्थ ठाकुर राजनीतिमा छन्, म पत्रकारितामा । हामी दुवैबीच पेशागत सम्बन्ध छ । नेपालमा राजनीति र पत्रकारिता अन्योन्याश्रित छ ।
आश्विन १६, २०७२- हो, उनको नाम महन्थ ठाकुर हो । मधेश आन्दोलनका सबैभन्दा विवेकशील र राजनीतिक साख भएका नेता । धुरन्धर राजनीतिज्ञ । यसैकारण उनी मधेशी मोर्चाका संयोजक छन् । मेरा घनिष्ठ साथी हुन्, मेरा नायक ।
उनको र मेरो मित्रताको चार दशक बितिसकेको छ । चार दशकअघि जनकपुरको ब्रह्मपुरीमा सहिद सरोजप्रसाद कोइरालाको घरमा पहिलोपटक हाम्रो भेट भएको थियो । उनी रामस्वरूप रामसागर कलेजका प्रतिभाशाली विद्यार्थी थिए । नेपाली, मैथिली, हिन्दी र अंग्रेजी चार भाषामा राम्रो कमान्ड थियो उनको । व्यक्तित्व खाइलाग्दो थियो । उनको शरीरका नसामा बगेको तातो रगतले युवापुस्तालाई उन्मादमा ल्याउँथ्यो परिवर्तनका लागि ।
लोकतन्त्रप्रतिको निष्ठाले हामीलाई एकअर्काप्रति आकर्षित गराएको थियो । त्यतिबेला म पत्रकार कम र विद्रोही बढी थिएँ । उनी राजनीतिमा थिए । उनी क्रान्तिकारी थिए । मैले दिल्लीबाट प्रकाशित हुने ‘दि टाइम्स अफ इन्डिया’ को हिन्दी भाषाको साप्ताहिक प्रकाशन ‘दिनमान’ मा लेख्न शुरु गरिसकेको थिएँ । त्यतिखेरको लोकतान्त्रिक आन्दोलनको सक्रियतालाई नेपालको तराई मधेशले धानेको थियो । समय अहिलेकै जस्तो थियो । लोकतन्त्रको व्याख्या गर्ने कोही थिएन । सरोज कोइरालाका दृष्टान्तहरू र बीपी कोइरालाले बेला बेलामा प्रवाहित गर्नुभएका विचारहरू नै हाम्रो दर्शन र विचारको व्याख्या थियो । पहाडमा आन्दोलनको गतिशीलता कम थियो । सञ्चार र सडकको अभावमा आन्दोलनको सन्देश र समाचार पहाडसम्म पुर्‍याउने कुनै साधन थिएनन । मधेश–तराईमा गुन्जिएको लोकतन्त्रको नारा पहाडमा ढिलो प्रतिध्वनित हुन्थ्यो । तै पनि, मधेश जाग्दा पहाड जुर्मुराउँथ्यो ।
महन्थको र मेरो भूमिका अहिले पनि बदलिएको छैन । महन्थ राजनीतिमा छन्, म पत्रकारितामा । हामी दुवैबीच पेशागत सम्बन्ध छ । नेपालमा राजनीति र पत्रकारिता अन्योन्याश्रित छ । तर, न उनको राजनीतिलाई पत्रकारिता चाहिएको छ, न मलाई उनको राजनीतिसँग विमति वा सहमति जनाउनु नै छ । उनलाई जनता भए पुग्छ । मलाई पाठक चाहिन्छ । यस्तो कुनै भ्रम मभित्र छैन कि महन्थका सर्वसाधारण जनता र मेरा पाठकका बीच निकै ठूलो भिन्नता छ । राजनीतिको उनको संसार मेरो संसारभन्दा धेरै व्यापक छ । तैपनि, हामी मित्र हौं । यसले हाम्रो मित्रतामा कुनै प्रभाव पार्न सकेको छैन । पेशाको हिसाबले, सैद्धान्तिक हिसाबले हामी परस्परमा निर्भर छौं र पनि आत्म–निर्भर छौं । उनी विवेकको जुन भाषा बोल्दछन् त्यही भाषा बोल्ने प्रयत्नमा म छु ।
मलाई थाहा छ, नयाँ संविधानका निर्माताहरूले देशभित्रको मधेश, तराई, खोंच र उपत्यकामा बस्ने नेपाली मान्छेको अन्तरात्माको आवाज नसुनेकोमा महन्थ यतिबेला दु:खी र कुपित छन् । उनी बितेका झण्डै दुई महिनादेखि आन्दोलनमा छन् भन्नु गलत हुनेछ । यस्तो लाग्छ उनी आन्दोलनकै लागि जन्मिएका मानिस हुन् । उनले व्यक्तिगत हिसाबले थुप्रै अवसादका क्षणहरू भोगेका छन् । नियतिको ठूला मार खेपेका छन् । तर, त्यो व्यक्तिगत विपद्ले उनलाई छुन सकेको छैन । उनी आफ्नो लक्ष्यमा एकाग्र छन् र राजनीतिका एकलव्य बनेका छन् उनी ।
देशको अवस्था बिग्रिँदै गएको छ । तर, जनताका नेता हौं भन्नेहरू जनताका मागलाई सम्बोधन गर्न हिचकिचाइरहेका छन् । राजनीतिमा लागेका कसैमा पनि संवेदनशील भावना छैन । यस्तोमा मधेशका मानिसको दु:खेको मन महन्थको मनसँग ठोकिन पुगेको छ । देशको एउटा ठूलो हिस्सालाई बाहिर राखिएको छ संविधान बनाउँदा । असन्तोष त्यसैमा छ । संविधान निर्माताहरूको यही एउटा कृत्यका कारण देशभित्र विखण्डनवादी र साम्प्रदायिक भावनाले प्रोत्साहन पाइरहेको छ । भारतसँग जोडिएका सीमानाका नाकाहरू बन्द छन् ।
भर्खरै भुइँचालोको विस्फोटबाट पीडित र आक्रान्त सामान्य नेपालीले बुझ्नै सकेका छैनन्, विपत्तिका बेला सहयोगका हात बढाउने छिमेकीको व्यवहार अनायाश किन बदलिएको छ ? राजनीतिका सूक्ष्म तन्तुहरूमा कतिबेला के परिवर्तन हुन्छ ? त्यो सामान्य जनताले थाहा पाउँदैनन् । नेपाल र भारतका सामान्य जनताले पनि यो बुझ्न सकेका छैनन् प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार किन सत्ताईस वर्षअघि प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीले जगाएको नाकाबन्दीको भूत अहिले दोहोर्‍याएर जगाइरहेका छन् ?
गत आइतबार (सेप्टेम्बर २७) का दिन मैले महन्थलाई उनको पार्टी कार्यालयको कार्यकक्षबाहिरको भेटघाट कक्षमा भेट्दा उनी थाकेका देखिन्थे । सरकारका सदस्यहरू र प्रतिनिधिहरूसँग बिहानैदेखिको अनुत्पादक मिटिङले उनलाई थकाएको थियो । सरकार सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको राष्ट्रवादको प्रभावमा अल्मलिएको छ । हुन्न केही नभन्ने र हुने वातावरणको निर्माण गर्न नसक्नेहरूको बोलवाला छ देशमा । मधेशीलाई अधिकार दिनु हुँदैन भन्ने मान्यता राख्नेहरूको संख्या ठूलो छ । उनीहरूको हातमा हतियार र देशको ढुकुटीको साँचो छ । संविधानमा लेख्दैमा सामान्य जनता देशको सार्वभौम शक्तिको मालिक हुँदैनन् । महन्थ थाकेका होइनन्, थकाइएका हुन् भन्ने बुझ्न कठिन थिएन ।
चुरो कुरा बोलेपछि चुप लाग्ने बानी छ उनको । उनले मसँग भने, ‘यार, तिमी पछाडि फर्केर हेर त । लोकतन्त्रको लडाइँमा होमिंदा हामी भर्खर यौवन अवस्थामा प्रवेश गरेका थियौं । त्यतिबेला लोकतन्त्रको कल्पनाभन्दा ठूलो कुरा हामीसँग केही थिएन । हामीले एउटा सपनाका लागि तीस वर्ष लगातार लड्यौं । अहिले पनि लड्दैछु म । तर, अहिले जुन प्रकारको घुटन म अनुभव गर्दैछु, त्यस्तो घुटनको अनुभव यसअघि कहिल्यै गर्नुपरेको थिएन ।’
देश नाकाबन्दीको चपेटमा छ र मधेशी मोर्चासँग सत्तापक्षको औपचारिक वार्ता शुरु भएको छ । वार्ता भएको यो पहिलोपटक होइन । कपिलवस्तुमा भए पनि, कुनौलीमा भए पनि वार्ताका लागि महन्थ सरकारमा रहेका साथीहरूले बोलाउनेबित्तिकै काठमाडौं झरेका छन् । तर, कहिल्यै फलदायी भएको छैन वार्ता । सत्ताको नेतृत्वमा रहेको कांग्रेसका सबैलाई उनी चिन्दछन् । तिनको क्षमताका बारे पनि उनी अनविज्ञ छैनन् । व्यक्तिगत हिसाबले सबैसँग उनको सम्बन्ध सदभावपूर्ण छ । तैपनि, महन्थलाई आश्चर्य लागेको छ, समयले देशमा सम्पूर्ण परिवर्तनको आग्रह गरिरहेका बेला कांग्रेस किन निर्णयहीन बन्दैछ ? के यति नै निरीह छ त कांग्रेस ?
महन्थले नाकाबन्दी पनि बुझेका छन् र आन्दोलनका विभिन्न आयामहरू पनि केलाएका छन् । आन्दोलनमा सम्यक् विचारहरूको मात्रै सक्रियता छैन । मधेशी मोर्चाको संयोजकका रूपमा उनको भूमिका जटिल हुँदै गएको छ । मधेशको आन्दोलन कचल्टिनेभन्दा पनि बहकिने आशंका बढ्न थालेको छ । यताबाट मधेशका मागहरूका विरुद्ध पर्चाबाजी र उताबाट विभेदकारी संविधानका विरुद्ध नाराबाजी । दुवैतिरका नेपालीले नेपालीकै विरुद्ध नारा लगाएपछि किनारा फराकिनु अस्वाभाविक होइन । यो स्वाभाविक अवस्थाले अन्धकार जन्माउँछ । त्यो अन्धकारमा विभाजन र विखण्डनले राम्ररी खेल्ने मौका पाउँछ ।
महन्थ भन्छन्– मलाई पनि थाहा छ, सामाजिक विकासको गति सुस्त हुन्छ । त्यो रातारात हुने कुरा होइन । तर, कसैले न कसैले काम त शुरु गर्नुपर्‍यो । मधेश आन्दोलनका क्रममा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन गरे समस्या समाधानको क्रम शुरु भैहाल्छ । त्यसमा पनि हामी लचिला भएका छौं । हेर्नुहोस्, संसदीय प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो निर्वाचित सरकारले पहिलो तीन वर्ष निकै काम गर्‍यो । त्यसैको परिणाम हो, अहिले केही न केही विकास देखिएको छ । त्यसपछि देशमा अस्थिरता शुरु भयो । ठूला परिवर्तन भए । तैपनि, नेतृत्वमा चेत आएन । अहिले नेताहरूमा हामीले संविधान बनाएर ठूलै काम गर्‍यौं भन्ने परेको छ । तर, उनीहरूको मनोबल राजाले आफ्नो हातमा शासन लिँदा जसरी गिरेको थियो त्यसरी नै गिरेको छ । नेताहरूले यसको जवाफ आफैंसँग खोज्नुपर्दछ ।
प्रकाशित: आश्विन १६, २०७२

Friday, October 2, 2015

नेपाल भारत जिल्लास्तरीय बैठक अनिश्चित निषेधित क्षेत्र जारी कफ्र्यु हटाइयो

नेपाल भारत जिल्लास्तरीय बैठक अनिश्चित
निषेधित क्षेत्र जारी कफ्र्यु हटाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १५ गते । तराई मधेशमा जारी आन्दोलनका कारण नेपाल–भारत जिल्लास्तरीय बैठक अनिश्चित बनेको छ ।
      महोत्तरी, सर्लाही र रौतहट जिल्लासँग जोडिएको भारत बिहार सीतामढी जिल्लाको जिल्लास्तरीय बैठक सीतामढीमा तथा महोत्तरी, धनुषा र सिरहासँग जोडिएको भारत बिहार मधुवानी जिल्लाको जिल्लास्तरीय बैठक मधुवनीमा हुनुपर्ने समय नजिकिएपनि अनिश्चित बनेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले प्रत्येक बर्ष असोज महिनामा सीमा अन्तर्गतको जिल्लास्तरीय बैठक पहिले नै निश्चित भएपनि आन्दोलनका कारण अनिश्चित बनेको बताउनुभयो । दशैंको बेलामा हुनसक्ने सीमा अपराध, शान्ति सुरक्षासहितका समस्यामा समीक्षा तथा रणनीति तयार हुने गरेकोमा यसबर्ष सो बैठक नहुने निश्चित प्रायः छ ।
      यसैबीच, महोत्तरीमा भदौ २३ गतेदेखि लगाइदै आएको कफ्र्यु हटाइएको छ । तर रेडक्रसदेखि खैराचोकसम्मको प्रशासनिकक्षेत्र तथा महेन्द्रचोकदेखि जिल्ला प्रहरी, अदालत, कारागारदेखि पाँचसय मिटर अस्पताल जानेबाटोमा लगाइएको अनिश्चितकालिन निषेधित क्षेत्र भने कायमै राखिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
बिहीबार मन्त्रिपरिषदको बसेको बैठकले जिल्लाहरुमा लगाइएको कफ्र्युहरु हटाउने निर्णय गरे पश्चात महोत्तरीको कफ्र्यु हटाइएको हो । 
यसैबीच बिहीबार मानव साङ्लो कार्यक्रममा सहभागी भएका महोत्तरी इटहर्वाकट्टी गाबिस ८ सहसरामका ५० बर्षीय उमेश कापरको मृत्यु भएकोमा स्थानीय प्रशासनले शव परीक्षणमा रोक लगाएको छ । शव परीक्षण बिना नै कापरको दाहसंस्कार शुक्रबार उनको गाउँमा गरिएको छ ।
संयुक्त मधेशी मोर्चा महोत्तरीका नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कापरलाई शहिद घोषणा, उचित क्षतिपूर्ति तथा परिवारका एकजनालाई सरकारी जागिरको व्यवस्था गर्न माँग गरेको छ ।
मोर्चाका घटकहरु संघिय समाजवादी फोरम नेपालका अध्यक्ष रामनरेश राय, तमसपाका अध्यक्ष नरेन्द्र यादव, तमलोपाका अध्यक्ष अभिराम शर्मा, सदभावना पार्टीका सचिव धर्मेन्द्र रायले संयुक्त विज्ञप्ती जारी गर्नुहुदै यस्तो माँग गर्नुभएको हो ।
त्यस्तै शिक्षकहरुले जलेश्वरमा संविधानको बिरुद्धमा मोटरसाइकल र्याली गर्दै संविधान प्रति जलाएर श्रद्धाञ्जली कार्यक्रम गरेका थिए ।
    त्यसैगरी, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ विकास समितिमा मुस्लिम समुदायले पनि भारतको भुमिकाको सराहना गर्दै वेलकम इण्डिया भन्दै जुलुस प्रर्दशन गरेको छ ।
सयौं मोटरसाइकलमा सवार मुस्लिम समुदायका युवा, वृद्ध, बालबालिकाहरुले जय मधेश, वेलकम इण्डिया, मधेशको माँग पुरा गर जस्ता नाराबाजी गर्दै जलेश्वर सहित भिठामोड, मटिहानी, धिरापुर, बरदाहा, भ्रमरपुरासहित विभिन्न गाविसमा पुगेर प्रर्दशन गरेको थियो ।
विगत ५० दिनदेखि बन्द रहेको  मधेशको माँग पुरा नगरेको भन्दै सरकारप्रति आक्रोशित देखिएका मुस्लिम समुदायले भिठामोडमा पुगेर आन्दोलनमा शहादत दिएकाहरुप्रति श्रद्धाञ्जली दिएको थियो ।
विगत डेढ महिनाभन्दा बढीसमयदेखिको बन्दले मधेशको जनजीवन पूर्णतः प्रभावित बन्दै गएको छ । विद्यालय खुल्न सकेको छैन् भने पसल र यातायात पूर्णत बन्द छ ।

वेलकम इण्डिया भन्दै मुस्लिम समुदायले निकाले जुलुस

वेलकम इण्डिया भन्दै मुस्लिम समुदायले निकाले जुलुस
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ विकास समितिमा मुस्लिम समुदायले पनि भारतको भुमिकाको सराहना गर्दै वेलकम इण्डिया भन्दै जुलुस प्रर्दशन गरेको छ ।
सयौं मोटरसाइकलमा सवार मुस्लिम समुदायका युवा, वृद्ध, बालबालिकाहरुले जय मधेश, वेलकम इण्डिया, मधेशको माँग पुरा गर जस्ता नाराबाजी गर्दै जलेश्वर सहित भिठामोड, मटिहानी, धिरापुर, बरदाहा, भ्रमरपुरासहित विभिन्न गाविसमा पुगेर प्रर्दशन गरेको थियो ।
विगत ५० दिनदेखि बन्द रहेको  मधेशको माँग पुरा नगरेको भन्दै सरकारप्रति आक्रोशित देखिएका मुस्लिम समुदायले भिठामोडमा पुगेर आन्दोलनमा शहादत दिएकाहरुप्रति श्रद्धाञ्जली दिएको थियो ।
विगत डेढ महिनाभन्दा बढीसमयदेखिको बन्दले मधेशको जनजीवन पूर्णतः प्रभावित बन्दै गएको छ । विद्यालय खुल्न सकेको छैन् भने पसल र यातायात पूर्णत बन्द छ ।




आफु नेपाली नै हौ, Interview Dipu Kumar Sah

मधेश आफ्नो अधिकारको लागि अहिले आन्दोलित छन् । मधेशको मान, सम्मान र स्वाभिमानको साथसाथै विगतको सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने माँग संयुक्त मधेशी मोर्चाले गरिरहेको छ । सोही माँगलाई लिएर मधेश ४५ दिनदेखि पूर्णतः ठप्प छ । विद्यालय बन्द छ, पसल बन्द छ , यातायात पूर्णतः ठप्प छ । वित्तिय संस्थाहरु पनि खुल्न सकेका छैनन् । संयुक्त मधेशी मोर्चासहित संघिय लोकतान्त्रिक मोर्चा लगायत मधेशमा रहेको सम्पुर्णदलहरु अहिले कुनै न कुनै रुपमा आन्दोलनमा छन् । मधेशको मुटु मानिएको नाका पनि बन्द गरिएको छ । नाका बन्द भएपछि जसरी माछा पानी विहिन भएपछि छटपटिन थाल्छ त्यसरी नै नेपालमा छटपटिन शुरु भएको छ । मधेशको माँगको विभिन्न सेरोफेरोमा रहेर हाम्रा सहकर्मी लक्ष्मीकुमार साह पप्पुले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको केन्द्रीय सदस्य दिपुकुमार साहसंग लिनुभएको अन्तवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।


प्रश्न ः मधेश आफ्नो अधिकारको लागि ४५ दिनदेखि आन्दोलन गरी रहेको छ । नाका बन्द छ । जनजीवन प्रभावित छ । सरकार त्यसको व्यवस्था नगरिकन संविधान पनि लागु गरिसक्यो । तर संशोधन तर्फ पनि सरकारको ध्यान गइरहेको छैन् । यसको कारण के होला ?
उत्तर ः प्रष्ट रुपमा भन्ने हो भने यो सरकार राणाकालीन राजदरबारबाट जन्मेको सरकार हो । लोकतान्त्रिक सरकार भएको भए लोकतन्त्रको यसरी खिल्ली उडाइदैनथ्यो । २०६३ मा मधेसी जनता आन्दोलन गरेर मधेश आन्दोलनको उपजमा राजतन्त्र ढालिसकेको छ । तर पनि केही राजा बन्ने दाउमा छन् । राजतन्त्र ढलिसकेपश्चात मधेशमा चुनाव भयो, जसको नतिजा सम्पूर्ण मधेशी, पहाडी, सम्पूर्ण जनता लोकतान्त्रिक सम्पूर्ण जितेर संसदमा गयो । २ वर्षमा पनि संविधान बनेन । ततपश्चात पुनः संविधान सभाको चुनाव भयो । यदि सो समयमा संविधान बनेको भए आज मधेशीको लागि जुन आवाज उठाउनुपरिरहेको छ, त्यो उठाउनुपर्दैन्थ्यो । काँग्रेस, एमाले र एमाओवादीको त्यस समयमा यस्तो डिजाइन थियो कि हामीले अहिले बुझिसकेको छु । अहिले काँग्रेस, एमाले र एमाओवादी जुन आफुलाई तिनदल भनिरहेको छ त्यो तिनदल ओली, प्रचण्ड र कोइराला हुन् । सो समयमा यिनीहरुको तानाशाही चलिरहेको थियो । हाउसमा जुन ह्रविप लगाउने कतै नियम थिएन । पार्टीको साँसदको ह्रविप लगाएको बलमा हुन्छ र हुदैन भनेर मधेशको प्रति डिस्कशन नगराएर जुन संविधान लागु गरियो त्यो मधेशको जनता बुझिसकेको छ । जसको फलस्वरुप अहिले मधेशी जनताहरुको रोडमा आइसकेको छ । ४५ दिनदेखि यातायात, कलकारखाना, विद्यालय, वित्तिय संस्था सम्पूर्ण बन्द छ । तर पनि सरकार सुनिरहेको छैन् । मधेशी पार्टीहरु वाध्य भएर नाकावन्दी गर्नुपरेको छ । विगत ५ दिनदेखि नाकावन्दी भएपछि काठमाण्डौले वुझन थाल्यो कि मधेश पनि बन्द छ । यो भन्दा अघि सम्म उसलाई केही थाहा थिएन मधेशको बारेमा ।
प्रश्न ः ४५ दिनदेखि मधेश बन्द छ । सरकारले केही सुनिरहेको छैन् । ४ –५ दिन नाकावन्दी भएपछि सरकारले भन्छ कि काठमाण्डौको जनजीवन कष्टमय भएको छ । तर विगत ४५ दिनदेखि मधेशीजनताले मधेश बन्द गरेर जुन आन्दोलन गरिरहेको छ । त्यसबेला सम्म सरकारलाई केही थाहा थिएन मधेशको बारेमा । के मधेशी जनता नेपाली जनता होइन ?
उत्तर ः वास्तवमा भनेपछि काठमाण्डौ भनेको नेपाल हो । लोकतन्त्र, गणतन्त्र आएपनि काठमाण्डौ भनेको नेपाल र नेपाल भनेको काठमाण्डौं हो भन्ने वुझाई सत्य देखिएको छ । वास्तवमा नाकावन्दी भएर मधेशमा शान्तिपूर्ण जनआन्दोलन उभेर आयो । तब राज्यपक्षले मधेशीहरुको आन्दोलनलाई दमन गर्नको लागि छातीमा, आँखामा, टाउकोमा गोली प्रहार गर्नुपर्यो । जसको परिणाम अस्पताल पुग्नु अघि नै मृत्यु हुन्थ्यो । अश्रुग्याँस र लाठीचार्जबाट पिडित व्यक्ति अहिले पनि अस्पतालमा भर्ना भएको अवस्था छ । मित्रराष्ट भारतमा अहिले पनि दशहजार भन्दा बढी घायल भएर उपचार गरिरहेको अवस्था छ । तर नेपाल सरकारबाट कुनै पनि पहल भएको छैन् । नेपाल सरकारले भारतमा इलाज गराइरहेको व्यक्तिको अवस्था कस्तो हो केही वुझने पहल पनि गरेको छैन् । कुनै कुटनीति कुराहरुपनि अगाडी बढाएको छैन् नेपाल सरकारले । म नेपाल सरकारलाई भन्न चाहन्छु, विगत ४५ दिनदेखि चलिरहेको आन्दोलनमा डेढ करोड भन्दा बढी मान्छे रोडमा आइसकेको छ । १९ दिनमा राजतन्त्र समाप्त भइसक्यो । तर अहिलेसम्म सत्तापक्ष तिनदलद्धारा केही पनि भएको छैन् । आउनेदिनमा मधेशी जनताले यी तिनदललाई प्रष्ट पार्छ । जहाँ सम्म नेपाली नभएको कुरा छ । अहिलेसम्म मधेशी जनता आफ्नो राष्ट्रियताकै लागि लडिरहेको     छ । खस शासकको लागि नेपाली नहुँला तर हामी अहिले पनि आफु नेपाली नै हौ भन्नेमा कुनै शंका गदैनौं । तर अवस्था यही रह्यो भने केही भन्न सकिदैन् ।
प्रश्न ः केन्द्रीय सदस्यको नाताले तपाई यस आन्दोलनमा सक्रियता देखाउनुभयो । तपाईको जुन पार्टी छ उसको राष्टिय अध्यक्ष विजय गच्छेदार हुनुहुन्छ । तर मधेशको मुद्दामा उनको जस्तो सक्रियता हुनुपर्यो त्यस्तो देखिएको छैन् । तराईको माँग भन्दा पछाडी परिरहेको देखिएको छ । किन त्यस्तो ?
उत्तर ः मान्छेको हेर्ने नजर आफनो आफनो हुन्छ । नेपाल सरकारसंग विगतमा १६ बुँदे सम्झौता भएको थियो । सो सम्झौतामा हाम्रो पार्टीका सहभागिता पनि थियो । सम्झौतापश्चात तीन दल अर्थात सरकार पक्षद्धारा जुन हैकमवादी गरियो । विजय गच्छदार भन्छ यदि मधेशी, थारु, जनजाति, मुस्लिम आदिको अधिकार मिलेन भने देश गृहयद्धतर्फ जान्छ । अहिले देश गृहयुद्धमा फसेको छैन तर यी तीन दल देशलाई गृहयुद्धतर्फ लग्न खोजिरहेको छ ।  विगतमा मधेशी जनतासँग २२ बुँदे, ८ बुँदे, १६ बुँदे सम्झौता भएको थियो त्यो सम्झौता कार्यान्वयन गरिदियो भने मधेशमा दिनमा, रातमा हर समयमा उज्यालो रहन्छ र आफनो माँगलाई लिएर यस्तो दिवाली मनाउनेछ कि फटाका फुटला मधेशमा अनि सुनाइपर्ला काठमाडौंमा । पार्टीका अध्यक्ष लाग्नु भएको छ न लागेको भए संविधान जारी गर्नेमा हाम्रो पार्टी पनि हुन्थ्यो नि ?
प्रश्न ः संविधान जारी भएको दिन अर्थात असोज ३ गते ब्लैक आउट (कालोदिन) को रुपमा मनाइयो । तर काठमाडौंवासीले दिपावाली मनायो, फटाका पडकायोे ? के यो संविधान घोषणा गर्ने उचित समय थियो ?
उत्तर ः नेपालको जनसंख्या झण्डै ३ करोड छ । यो संविधान ३ करोड जनताको संविधान छैन । ३०, ४० लाख जनसंख्यालाई समेटेर २४० सालदेखि नेपालमा शासन गरिरहेको थियो, त्यही राणाकालीन, राजतन्त्रको जन्मेको तीन दल काँगे्रस, एमाले, एमाओवादीको संविधान हो । तीन दलमा पनि यी तीन ओली, प्रचण्ड, सुशील कोइरालाको संविधान हो, जुन राजदरबार यी नेताहरु सञ्चालित छन्, मधेशको अधिकार जब राजतन्त्रको बेलामा मिलेन, राणाकालीन बेलामा मिलने भने अब किन दिने भन्ने वुझाई छ ? पक्कै पनि यो बेला संविधान जारी गर्नुपदैन्थ्यो । तर निर्लज्जताको कुनै हद हुदैन भने झै उनीहरुले संविधान जारी गरेर निर्लज्जता प्रकट मात्रै गरेको हो ।
प्रश्नः राजपक्षले तपाईहरुलाई वार्तामा बोलाइराखेको छ, तपाईहरु किन जानुहुन्न ?
उत्तर ः वार्तामा जानु कुनै जरुरी छैन । विगतमा जुन २२ बुँदे, ८ बुँदे, १६ बुँदे सम्झौता गिरिजाप्रसाद कोइराला, प्रचण्ड, ओली, माधव नेपालसँग भएको छ, त्यो लागू गर्नुपर्ने हाम्रो माँग हो । हामीहरु वार्ताको लागि तयार छौं । अहिले जुन संविधान लागू भएको छ त्यो दुई तिहाइ पारित भएर जनताद्धारा लागू भएको संविधान हो भनी भनिरहेको छ । तर यो संविधान तीन दल अर्थात तीन व्यक्ति सुशील, प्रचण्ड र ओलीको मात्र हो । यदि ह्वीप नलगाएर प्रस्ट रुपमा चुनाव हुन्थ्यो भने देशमा मधेशीको संविधान अवश्य नै आउथ्यो । सम्झौता त भइसकेकै हो , त्यो सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने हाम्रो माँग हो । कार्यान्वयन नभएसम्म वार्ता गर्नुको कुनै तुक पनि छ्रैन् । यस्तो भयो भने मधेश र मधेशीजनतासंग वेइमानी हुन्छ ।
प्रश्न ः हामीहरुले विगतदेखि सम्झौता गर्दै आइरहेको छु, एउटा लागू हुदैन, अर्को आन्दोलन सुरु भइहाल्छ ? मधेशको यस आन्दोलनको मुद्दद्दा के संविधानमा राखिन्छ ?
उत्तरः वास्तवमा यो बुझने कुरा हो । यति सम्झौता पुरा भएन भने अर्को  आन्दोलन सुरु हुन्छ । त्यसपछि नेपालको अवस्था के हुन्छ भन्न सकिदैन् । हामीहरु वार्तामा जान्छौं, केही दिनपछि वार्ता भंग गरिदिन्छ । वार्ता त एक नौटंकी मात्र हो आन्दोलन विथोल्नको लागि । यो आन्दोलन अब मधेशको नेताको हातमा    छैन । मधेशी जनताको हातमा  छ । मधेशी जनता भन्छ विगतको सम्झौता लागू गर वार्तामा बस्नु कुनै जरुरी छैन । वार्ता बस्ने वातावरण सरकारले बनाउँछ । तपाई देख्नुहुन्छ कि अस्पतालमा मान्छे घायल छ, गोली लागि मरिरहेको छ, शान्तिपूर्ण धर्नामा बसेको छ । गोली चलाइराखेको छ, अनि वार्तामा कसरी बस्ने । त्यसको लागि सेनालाई व्यारेक फिर्ता गर । यो कार्यको मेरो पार्टी घोर भत्सर्ना गर्दछ ।
प्रश्न ः अहिले टिकापुरबाट सेना हटाइदिएको छ, त्यसको बारेमा के भन्नुहुन्छ ?
उत्तरः सेना हटाएको छैन । तत्कालको लागि लगेको छ । आवश्यकता परयो भने फेरि ल्याउछ । यसको अर्थ सेना त्यही ब्यारेकमा राखेको छ, रोडमा मात्र लगेको छैन, जरुरी पर्छ फोन गर्दछ संचारको युग छ, एक मिनेटमा सेना रोडमा आइहाल्छ । मधेशी जनता बुझीसकेको छ । मधेश विगत ४५ दिनदेखि बन्द भएको कारण  पहाडी शासकहरुले मधेशको आन्दोलनलाई दबाउन खोजिरहेको छ । तर केही पहाडी महिलाहरु, दलितहरु यो आन्दोलनको समर्थनमा आइसकेको छ । यो आन्दोलन ४५ दिनदेखि बन्द भएपश्चात पनि माँग पूरा गरेन तब भन्सार नाकाबन्दी गर्नुप¥यो । यी मधेशको जनताको लागि गोली बारुदको रुपमा काठमाडौंमा पुरयाउने काम गरिरहेको छ ।
प्रश्नः ४, ५ दिनदेखि नाकाबन्द छ, राजपक्षद्धारा तपाईहरु वार्तामा आउँ माँग पूरा हुन्छ त्यस्तो आश्वासन पाउनुभएछ ?
उत्तरः प्रस्ट रुपमा राजपक्ष मधेशी जनतालाई जनता बुझिरहेको   छैन । राजपक्ष अहिले पनि हवाइजहाजैबाट तेल, खाद्यान मगाउँछु भनिरहेको छ, त्यो थाहा भएकै कुरा हो । सरकारले भन्छ ६ महिनाको तेल, खाद्यान्न स्टोक अहिले छ भनी भनिराखेको छ । ३ लीटरको दरले तेल देशमा वितरण गर्दछ त्यसमा पनि २२ जिल्ला अहिले आन्दोलनमा छन् ,जुन पूर्ण रुपमा बन्द छन् । मधेश अहिले जलिरहेको छ, विगत ४५ दिनदेखि बन्द छ, मधेशीहरु नुनरोटी खाएर, भान्सा बन्द गरेर रोडमा आइसकेको छ तर सरकारलाई ४, ५ दिनको नाकाबन्दीले तीन लिटर तेल दिने अवस्थामा आइसकेको छ । तेल काठमाडौंतिर वितरण गरिएको छैन, तेल जुन दिइएको छ, काँग्रेस, एमाले, एमाओवादीको कार्यकर्ताले लिएर व्लैकमा विक्री गरिरहेको छ ।
प्रश्नः कफ्र्यु हटाइदियो, सेना फिर्ता गरिदियो, पहिलेको सम्झौता भुल्नुस अब नयाँ सम्झौता गर्नुस भनेर वार्तामा आउन भनेपछि के तपाईहरु वार्तामा जाने त ?
उत्तर ः सेना हटाइदिएको भनेको मात्र हो । अहिले पनि जलेश्वर, जनकपुर, मलगंवा, विरगंजमा कफर्यु लागिरहेको छ । सेना हटाइदिन्छु, कफर्यु हटाइदिन्छु, शहिद घोषणा गरिदिन्छ, घाइतेको उपचार गरिदिन्छ । विगतको सम्झौता कार्यान्वयन गराईदिन्छ भने वार्तामा बोलाएपछि मधेशी पार्टी जरुर जान्छ ।
प्रश्न ः विगतको सम्झौता कार्यान्वयन नगरेपछि तपाईहरु वार्तामा जाने कि नजाने ?
उत्तर ः वार्तामा जाने कुनै औचित्य नै छैन् ।
प्रश्न ः अहिलेको चर्चा विषय बनेको छ, बाबुराम भटराई । पार्टी परित्याग गरेर मधेशीको आन्दोलनलाई ऐक्यवद्धता जनाइरहेको छ  । तपाईहरु यसलाई कुन रुपमा हेर्नुहुन्छ ।
उत्तर ः प्रष्टरुपमा दुई दिन अगाडी बाबुराम भटराइद्धारा पार्टी परित्याग भयो । यसलाई मधेशी जनता उत्साहितको रुपमा देखिरहेको छैन । शंकाको रुपमा हेरिरहेको छ । जहाँ जहाँ कम्युनिष्टको उत्पत्ति भएको छ । त्यहाँ त्यहाँ यस्तो नाटकहरुको कम्युनिष्टहरुद्धारा गर्दै आइरहेको छ । मधेशी जनता धेरै ठगिएको छ । त्यसैले भटराई राजिनामा दिइसके पनि यसले मधेशीहरुलाई खासै असर पनि गर्दैनन् र मधेशीले यसको स्वागत पनि गर्दैनन् । हो, जुन समयमा उसले राजिनामा दिनुपथ्र्यो त्यो समयमा उसले   दिएन । यदि सो समयमा उसले दिएको भए मधेशीहरुले बुझथ्यो कि उनी मधेशको समर्थनमा छ र उनको भव्य स्वागत गथ्र्यो ।
प्रश्न ः डा.भटटराई पहाडीसमुदायसंग सम्बन्धित छ । उसलाई तपाईहरुले शंकाको दृष्टिकोणले हेर्नुहुन्छ तर मधेशी नेताहरुले त्यो पनि गरेको छैनन् नि ? यसलाई कसरी हेर्नुहुन्छ ?
उत्तर ः जति पनि मधेशी नेताहरु छन् सबै सडकमा आइसकेका   छन् । मधेशको नेता भन्नाले तपाईले विमलेन्द्र निधिलगायत अन्य नेताहरुलाई बुझनुहुन्छ भने त्यो गलत वुझाई हो ।
मधेशी नेता भनेको जसले मधेशलाई बुझेको छ । जो मधेशको आन्दोलनमा सरिक छ त्यो हो । हाम्रो प्रतिनिधित्व गरेको नेता मधेशी होइन । मधेशको माँगलाई लिएर जो रोडमा छन् त्यो नै वास्तविक मधेशी नेता हो र उनीहरु नै मधेशीका वास्तविक प्रतिनिधि हुन् । संवाद समितिका संयोजक रहनुभएका नेता      भटटराईले गर्न सक्ने धेरै थियो तर उहाँले गर्न सक्नुभएन नी ।

Thursday, October 1, 2015

महोत्तरीमा पनि मानव साँङ्गलो

सुगाका स्थानीय युवाहरु
बिहीबार मेचीदेखि महाकालीसम्मको हुलाकी सडकमा गरिने “मानव साङ्गलो” अन्तर्गत महोत्तरीमा पनि मानव साँङ्गलोको कार्यक्रम गरिएको छ ।
जिल्लाको हुलाकी राजमार्ग सहित सदरमुकाम जलेश्वर र सुगाका युवाहरुले पनि मानव साङ्गलो कार्यक्रम गरेको हो ।
सुगाबाट शुरु भएको मानव साङ्गलो जलेश्वरको सुगाचोक, दुर्गाचोक, शंकर चोक हुदै नगरपालिकासम्म फैलिएको थियो । सो मानव साङ्गलो कार्यक्रममा हजारौं युवाका साथसाथै स्थानीयहरुको सहभागिता रहेको थियो ।
मोर्चाको बैठकले ‘२०७२ असोज १४ गते मधेश र थरुहटका जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप आयोजित मेचीदेखि महाकालीसम्मको हुलाकी सडकमा गरिने मानव साङ्गलो प्रदर्शन कार्यक्रम गरिने निर्णय स्वरुप यो गरिएको हो ।
हुलाकी राजमार्गमा ११५५ किमि लामो मानव साङ्लो बनेको हो । यसभन्दा पहिले अहिले सम्मकै सबैभन्दा लामो मानव साङ्लो सन् २०१० मा बङलादेशमा बनेको थियो । उक्त मानव साङ्लो १०५० किमि लामो थियो ।
मानव साङ्लोको बनाएर विश्वकै ध्यान मधेशको मुद्दातर्फ आकृष्ट गर्ने र मधेशको मुद्दासँग सबैलाई परिचित गराउने उद्देष्य रहेको आन्दोलनरत मोर्चाले जनाएको छ ।
कहाँ(कहाँ पर्छ हुलाकी मार्ग रु
हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । झापामा चन्द्रगढी(चारआली(केचनालाई हुलाकीमार्ग भनिन्छ भने मोरङमा कानेपोखरी(रंगेली सडकलाई हुलाकी मार्ग भनिन्छ । त्यस्तै सप्तरीको बर्साइन(सूवर्णपट्टी, धनुषाको यदुकुवा(महिनाथुर र जनकपुर(यदुकुवा हुलाकी मार्ग परियोजना अन्तरगत पर्दछ । जनकपुर जताही र भिट्टामोढ क्षेत्र पनि यसै अन्तरगत पर्दछ ।
महोत्तरीको जलेश्वरदेखि हर्दिनगरसम्मको बाटो पनि यसैअन्तरगत पर्छ । महोत्तरीको गौशालाबजारदेखि साम्सी, सर्लाहीकार बरहथ्वा(मधुवनी, बाराको तामागढीदेखि सिम्रौनगढ र कलैयादेखि मतियार्वासम्म हुलाकी मार्गअन्तरगत पर्दछ । त्यस्तै बाँकेको नेपालगञ्ज(बगौडा र बर्दियाको गुलरिया मूर्तियाको बाटोलाई हुलाकी मार्गका रुपमा चिनिन्छ । कैलालीको लम्की(टीकापुर(खकुराउला एवं सती(भजनी(धनगढी मार्ग पनि हुलाकी राजमार्गअन्तरगत पर्छ । दाङको लमहीदेखि कोइलाबास र पर्साको वीरगञ्जदेखि ठोरीसम्मको बाटोलाई पनि हुलाकी राजामार्गका नामले चिनिन्छ ।


सुगाका युवाहरु सुगाबाटै सहभागी हुदै

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलोमो रमाउदै

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलोमो रमाउदै

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलो पश्चात छलफल गदै