बजेटको प्रतिलिपी जलाइयो Mahottari

बजेटको प्रतिलिपी जलाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १० गते । हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७१÷०७२ को बजेट मधेश र मधेशीको हकमा नभएको भन्दै नेपाल सदभावना पार्टी राजेन्द्र महतोपक्षले जिल्लाको सदरमुकाम जलेश्वरमा जलाएको छ ।
सदभावनाका केन्द्रीय सदस्य रमण पाण्डेयको उपस्थितीमा कार्यकर्ताहरुले मधेशले देशको सबभन्दा बढी राजश्व दिए पनि मधेशलाई १० प्रतिशत मात्रै छुटयाएको भन्दै जलाएको जनाएको छ ।
संविधान निर्माणलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्नेमा स्थानीय निर्वाचनलाई महत्व दिएको, मधेशी दलितलाई उपेक्षा गरेको, शहिद परिवारलाई उचितरुपमा सम्बोधन नगरेको तथा कृर्षि क्षेत्रलाई उपेक्षित गरेको भन्दै बजेटको प्रतिलिपी जलाइएको केन्द्रीय सदस्य पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले भारतसंग बेटी रोटीको सम्बन्ध रहेपनि सम्बन्धमा नै खलल पुग्ने गरी सवारी आवागमणमा दर बढाइएको वताउनुहुदै बजेटलाई सच्याउनुपर्ने माँग गर्नुभयो । उहाँले यस्तो नगरिए आफुहरु अझ सशक्तरुपमा अगाडी बढने जानकारी समेत दिनुभयो ।
पार्टी कार्यालयबाट निस्केको जुलुस दुर्गा चोकमा आएर बजेट जलाएका थिए ।