Saturday, August 2, 2014

आश्चर्यचकित घटना, अनुसन्धान गरिएन रुखबाट पानि निस्किए पछि हेर्न आउनेको भिड Nagendra Kumar Karna Mahottari





सोनामाई स्थित फरहरको रुख

सोनामाई स्थित फरहरको रुख

सोनामाई स्थित फरहरको रुख


सोनामाई स्थित फरहरको रुख
आश्चर्यचकित घटना, अनुसन्धान गरिएन
रुखबाट पानि निस्किए पछि हेर्न आउनेको भिड

महोत्तरी समाचारदाता
जलेश्वर, साउन १७ गते । महोत्तरी जिल्लाको सोनामाईको भोइल स्थित एक फरहरको (फुल फल्ने एक प्रकारको रुख) रुखबाट विगत पाँचदिनदेखि पानी परिरहेको घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ । अहिले ति हेर्न टाढा टाढाबाट मान्छेहरुको घुँइचो त्यहाँ पुग्ने गरेको छ ।
सोनामाई –२ भोइल स्थित स्थानिय रामगुलाम साहको खेतमा रहेको एउटा फरहरको रुखको हाँगाबाट, पातबाट थोपा थोपा र रुखबाट पसिना जस्तो निस्कन थालेपछि हेर्न आउने हरुको घुँइचो लागेको हो ।
    आकाशे पानी परिसकेपछि रुखबाट झर्ने पानी झै अहिले रुखको विभिन्न भागबाट पानी चुहिने गरेको र त्यसको कारण तल जरामा पानीले माटोहरु पुरै भिजेको तथा पानी पनि जमेको देखिएको थियो ।
एक दुई दिन सम्म पानी आएपछि हामीहरुले खासै ध्यान दिएनौं तर गाउँमा नै हल्ला भएपछि हामीले चारदिन पछि चमत्कार भएको भन्दै पुजापाठ शुरु गरेको त्यहाँ राखिएकोे निराकार शिवको फोटोमा अगरवत्ती देखाइरहेकी संगीता यादवले वताइन ।
सोही गाउँ विकास समितिको वडानं. ३ निवासी संगीताले साउन महिना तथा नजिकै प्रसिद्ध सोनामाईको मन्दिर रहेको कारणले हामी दैवीक चमत्कार भएको भन्दै पुजापाठ शुरु गरेको बताइन । उनले भनिन्, ‘भगवान शिवको कृपा हो, हामीले त्यही भएर वृहस्पतिबारदेखि नै यहाँ हरेक साँझ शिवचर्चा पनि गरिरहेका छौं ।’
सोही गाउँकै स्थानिय चिकित्सक रामनारायण साह शुरुमा नदेख्दासम्म हामीले पनि अन्धविश्वासको रुपमा लिएका थियौं तर त्यहाँ पुगेर हेर्दा अनि त्यसपछि गाउँमा भएको अन्य फरहरको रुखमा हेर्दा कहिकतै पानी निस्केको नदेखेपछि हामीले दैवको चमत्कार भएको ठान्यौ र पुजापाठ गर्न लागेको जानकारी दिनुभयो ।
सोनामाई मन्दिरभन्दा करिब २०० मिटर पुर्व र दक्षिणको कोणमा रहेको सो रुख ठिङ्ग एक्लै उभिएको छ । सो रुखको १० मिटर पूर्व तर्फ ४ वटा मसालाको बोट र आँपको बोटहरु रहेको छ भने रुखको तल सुख्खा नहर रहेको छ । सोनामाई चोकबाटै देखिने सो रुखबाट पानी चुहिरहेको दृष्य भने नजिक जाँदा मात्रै देखिन्छ ।
रुखबाट पानी चुहिरहेको हल्ला सुनेर लक्ष्मीनीया भरतपुरबाट आएका युवक हरिकिशोर साह र ब्रम्हदेव यादवले साइकलबाटै आएको बताउनुभयो । उहाँले यसक्षेत्रमा एकहप्तादेखि पानी नपरेपनि एक्कासी रुखबाट पानी पर्नु आश्यर्चचकित बनाएको तथा विश्वास नभएको हुँदा पुष्टि गर्न आएको वताउनुभयो ।
अहिले रुखबाट पानी निस्केको हेर्न टायरगाडा, ट्रयाक्टर र निजि गाडीहरु भाडामा लिई आउनेहरु बढेका छन् । पुजापाठ मात्रै नभई त्यहाँ सो रुखलाई अहिले चारैतिर बाँसले घेरि साँझपख शिवचर्चा हुने गरेका छन् भने त्यहाँ भेटी पनि चढाइने गरेको देखिन्छ ।
यस घटना सम्बन्धमा जिल्ला बन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई सोध्दा उहाँले Jankari Dinu Bhayeko Kura 

सोनामाई स्थित फरहरको रुखमा पानी चुहिरहेको भन्नुको वैज्ञानिक कारणमा जानकारी भए अनुसार त्यो व्याक्टेरियाको कारणले हो व्याकटेरियाले रुखको भित्र प्रवेश गरेर मिथेनग्याँस लैक्युड निकाल्ने गर्छ प्रेर दिने गर्छ जसको कारण रुखको जहाँ जाँ कमजोर भाग, घाउँ, खत वा अन्य ठाउँबाट त्यो पानी जस्तो बग्न थाल्छ यदि यो सुख्ख मौसममा अष पानी फाल्ने गरेका छन् त्यसमा पनि यदि जरामा उनले पानी भेट्टाएन भने अक्ष पानी फालेन गरेका कारणले होला सोनामाईको फरहदको रुखबाट पानी परिरहेको। यसको धार्मिक कारण के हो खुट्याउन सकिएन तर अन्ध विश्वास चाही पक्कै हो ।वैज्ञानिक कारण जिल्ला बन कार्यालय महोत्तरीका प्रमखु विद्यानाथ झाले जानकारी दिनुभयो।
आफु अहिले राजधानीमा रहेकोले आइतबार पुगेर जानकारी लिने वताउनुभयो । स्थानीयहरुले यसको वैज्ञानिक तवरबाट अनुसन्धान हुनुपर्ने वताएका छन् ।

2 comments:

  1. सोनामाई स्थित फरहरको रुखमा पानी चुहिरहेको भन्नुको वैज्ञानिक कारणमा जानकारी भए अनुसार त्यो व्याक्टेरियाको कारणले हो । व्याकटेरियाले रुखको भित्र प्रवेश गरेर मिथेनग्याँस र लैक्युड निकाल्ने गर्छ र प्रेर दिने गर्छ । जसको कारण रुखको जहाँ जाँ कमजोर भाग, घाउँ, खत वा अन्य ठाउँबाट त्यो पानी जस्तो बग्न थाल्छ । यदि यो सुख्ख मौसममा अष पानी फाल्ने गरेका छन् । त्यसमा पनि यदि जरामा उनले पानी भेट्टाएन भने अक्ष पानी फालेन गरेका कारणले होला सोनामाईको फरहदको रुखबाट पानी परिरहेको। यसको धार्मिक कारण के हो खुट्याउन सकिएन । तर अन्ध विश्वास चाही पक्कै हो ।

    ReplyDelete
  2. yo chahi Jilla Ban Karlya ka parmukh Bidyanand Jha ko kathan ho.

    ReplyDelete