Nagendra kumar karna
महोत्तरी समाचारदाता
जलेश्वर, असार २९ गते । सशस्त्र द्वन्दका कारण घरका सदस्य गुमाएका पीडितका परिवारहरुले आफुहरुलाई मृतकको परिवारको हैसियतले नभई शहिद परिवारको हैसियतले क्षतिपूर्ति उपलब्ध हुनुपर्ने माँग गरेका छन् ।
स्थानीय शान्ति समिति महोत्तरीले आयोजना गरेको द्वन्द पीडितहरुलाई पुर्नमिलन तथा सम्मान कार्यक्रममा पीडित परिवारका व्यक्तिहरुले यस्तो धारणा राखेका हुन् । सशस्त्र द्वन्दको क्रममा परिवारका सदस्य गुमाउनुभएका महोत्तरीका रामश्रेष्ठ मण्डलले कार्यक्रममा भन्नुभयो,‘हामीहरु मृतक परिवारको हैसियतमा राहत रकम पाइरहेका र्छौ तर हामीलाई अबदेखि शहिद परिवारको हैसियतमा राज्यले राहत रकम दिनुपर्छ ।’
देश, समाजकै लागि हामीहरु परिवारका सदस्यहरु गुमाएको वताउनुहुदै राज्यले हामीहरुलाई पनि शहिद परिवारको हैसियतमा सेवा, सुविधा उपलब्ध गराउँदा सबैलाई गौरबको अनुभूति हुने उहाँको तर्क थियो ।
सो कार्यक्रममा सशस्त्र द्वन्दबाट पीडित भएका परिवारका सदस्यहरुले एक अर्कालाई अबिर र माला लगाएर पुर्नमिलन गर्नुका साथसाथै स्वागत गरेको देख्दा उपस्थित सबैका आँखा रसाएको थियो ।
कार्यक्रममा पीडितका परिवारहरुले अहिले पनि आफुहरु मध्ये धेरैले राहत नपाएको, छोराछोरीले शिक्षा नपाएको गुनासो पोख्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यसरी नै सौहाद्र्धपूर्ण वातावरणमा सबै मिलेर बस्ने हो भने देशमा अमनचयन कायम हुनुका साथै विकास गर्न सहज हुने उल्लेख गर्नुभयो । उहाँले पीडित परिवारहरुले राहत नपाएको भए प्रमाणसहित स्थानीय शान्ति समितिमा आए आफुहरुले त्यसको वातावरण बनाउने आश्वासन दिनुभयो ।
स्थानीय शान्ति समितिका संयोजक बजरंग नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समितिका सदस्य तथा पत्रकार महासंघ महोत्तरी शाखाका निवर्तमान सभापति हरिप्रसाद मण्डल, शान्ति समितिका सदस्य वीरेन्द्र यादवलगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
स्थानीय शान्ति समितिका अधिकृत दामोदरप्रसाद मैनाली सशस्त्र द्धन्द्धका बेला महोत्तरीमा ८८ जनाको मृत्यु, सात वेपत्ता, ७१ परिवार विस्थापित, पाँच अपहरित र १७ जना अपाँग बनेको तथ्याँक प्रस्तुत गर्नुभएको थियो ।