अस्थाई शिक्षकहरुद्वारा जिशिकामा तालावन्दी

नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महोत्तरीका अस्थाई शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालावन्दी गरी कामकाज अवरुद्ध पारेका छन् ।
अस्थाई शिक्षक संघर्ष समितिका अध्यक्ष राधेश्याम झाले आफुहरुको माँग पुरा नभएको वताउनुहुदै कामकाज अवरुद्ध गर्ने गरी जिशिकामा तालावन्दी गरी कामकाज अवरुद्ध पारेको जानकारी दिनुभयो ।
अस्थाई शिक्षकहरुलाई स्थाई गर्नुपर्ने, आठौं शिक्षा विधेयक संशोधन गर्नुपर्ने, अस्थाई शिक्षकहरुलाई एकपल्ट आयोग दिन लगाई अनुर्तिर्ण भएकाहरुलाई गोल्डेन ह्यानसेक दिएर विदाई गर्नुपर्ने लगायतका माँग अस्थाई शिक्षकहरुले सारेका छन् ।
विगत एक महिनादेखि आन्दोलनरत अस्थाई शिक्षकहरु माँग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने वताउनुभयो ।
महोत्तरीमा करिब ३ सय भन्दा बढी अस्थाई शिक्षकहरु रहेका छन् ।