नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, जेठ १८ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबार आयोजित एक कार्यक्रममा फोहर व्यवस्थापनको लागि मुख्य समस्या बाटो र ढलको रहेको वक्ताहरुले वताएका छन् । फोहर व्यवस्थापनको लागि सबै सरोकारबालाहरुले हातेमालो गरेर जानुपर्ने आवश्यकतामा समेत वक्ताहरुले जोड दिएका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वर महोत्तरीले शनिबार उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको फोहर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विनोद सिलवालले सरसफाई अभियानको लागि सबैले मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभियान व्यक्तिगतमा गरिदैन्, त्यसमा सबैको सहभागिता उत्तिकै हुन्छ, सबैले मिलेर जाने हो भने जलेश्वरलाई पनि सरसफाई गर्न सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम जलेश्वरको विभिन्न ठाउँहरुमा फोहर व्यवस्थापनको लागि डस्टविन राखेको जानकारी दिनुहुँदै प्रहरी नायव उपरिक्षक सिलवालले सोही डस्टविनमा सबै व्यापारीहरुले फोहर राख्नुपर्ने आग्रह समेत गर्नुभयो ।
सुन्दर नगर जलेश्वर बनाउने अभियान ढिलो भइसकेको छ, हामी अहिलेदेखि नै यस्तो अभियानमा हातेमालो गर्नु जरुरी छ उहाँको तर्क थियो ।
त्यस्तै, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले सदरमुकाम जलेश्वरमा फोहर व्यवस्थापनको मुख्य समस्याको रुपमा बाटो व्यवस्थापन र ढल निकासी रहेको बताउनुभयो ।
उहाँले जलेश्वर नगरपालिकाले विगतमा प्लानिङ्ग नै नगरी ढल निकासी र बाटोको व्यवस्थापन गरेको वताउनुहुदै सोही समस्याको कारणले अहिले अलिकति पानी परेपछि जलेश्वरमा पानी सडकमै जम्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा प्लानिङ्ग नै नगरी नपाले ढल बनाउँदै गएकोले समस्या देखिएको हो, यसलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
अब जलेश्वर नगरपालिकाले ६० करोडसम्म बजेट पाउने जानकारी गराउनुहुदै कार्यकारी अधिकृत चौधरीले नगरपालिकाले अब एकिकृत प्लानिङ्ग गरी बाटो व्यवस्थापन तथा ढल बनाउने दावी गर्नुभयो । उहाँले नगरपालिका र समाज दुवै मिलेर काम गर्ने हो भने काम सहज हुने वताउनुहुदै आफु नगरबासी भएकैले पनि आफुमा जिम्मेवारी बोध रहेको स्पष्ट गर्नुभयो ।
सदरमुकाम जलेश्वरमा रहेका विभिन्न वित्तिय संस्थाहरु तथा विभिन्न संघसंस्थाहरुसंग मिलेर जलेश्वर सुन्दर बनाउने अभियान अन्तर्गत छलफल भइरहेको जानकारी दिनुहुदै अधिकृत चौधरीले सरसफाई अभियानमा नगरपालिका अगाडी बढीरहेको वताउनुभयो ।
त्यसैगरी कार्यक्रममा गोरखापत्रका महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णले सदरमुकाम जलेश्वरमा डम्पिङ्ग साइटको अभाव रहेको बताउनुहुदै यसतर्फ नगरपालिकाले समयमै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । सडकको दुरावस्था, ढल निकासको उचित प्रबन्ध, घर व्यवस्थापन नहुँदा सदरमुकाममा फोहरको समस्या देखिएको वताउनुहुदै सञ्चारकर्मी कर्णले सदरमुकाम जलेश्वरलाई फोहर व्यवस्थापनको लागि प्लाष्टिक मुक्त नगर घोषणा गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा वक्ताहरुले सरोकारबाला सरकारी निकायहरु कार्यक्रममा उपस्थित नभएकोप्रति दुःख व्यक्त समेत गर्नुभएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सचिव तथा प्रहरी जवान कृष्णमुकुन्द रायले आफुहरुले यो कार्यक्रमको लागि हरेक निकाय सहित स्थानीयहरु गरि ४ सय ५० भन्दा बढीलाई आमन्त्रण गरेका थियौं तर कार्यक्रममा भने १० प्रतिशत मात्रै उपस्थित हुनुले उहाँहरु सरसफाईप्रति सचेत नभएको जानकारी गराउनुभयो ।
कार्यक्रममा वक्ताहरुले पुस मसान्तसम्ममा जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानसहित सरसफाई अभियान चलिरहेपनि कार्यक्रममा ति निकायहरुकै अनुपस्थितीले ठुलो प्रश्नचिन्ह खडा गरेको वताउनुहुदै ति निकायहरुको अनुपस्थितीप्रति दुःख व्यक्त गर्नुभएको थियो
सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वर महोत्तरीका अध्यक्ष दिपु कापरको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अर्जुन शर्मा, मुनेश्वर राय, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ मेडिकल अधिकृत द्वारिका प्रसाद साह, एमालेका जिल्ला अध्यक्ष जामुन मण्डल, सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष शेषनारायण झा, सुमन पौडेल, कृष्णमुकुन्द राय लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।