Wednesday, February 26, 2020

तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्

तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन्

राजकरण महतो  प्रकाशित: २०७६-११-१४ गते १०९ पटक हेरिएको
33
SHARES
Share to LinkedInLinkedInShare to WhatsAppWhatsAppShare to ViberViberShare to More
♦राजकरण महतो
हुलाकी राजमार्ग बन्छ, बन्दैछ, अब बनि हाल्छ ,’ सय बर्षीय पचकोटी यादवले सुनेको बर्सौ भयो । हुलाकी सडक बन्ने चर्चा उनले २००७ सालमै सुनेका थिए । जति बेला उनका हजुरवुवा छोटी यादव ज्यूउँदै थिए । उनको हजुरवुवा वित्यो, वुवा घुसर पनि बित्यो । तर, तराईको ‘लाईफलाइन’ मानिने हुलाकी सडक बनेनन् । हिउँदमा धुलाम्य र बर्षामा हिलाम्य हुनु हुलाकी सडकको बिशेषता रह्यो ।
उनले ५० बर्ष अघि भोगेको दुःख अहिलेसम्म पाइरहनु पचकाटीको मात्रै नियती होइन्,पुरा तराईबासीको बाध्यता हो । धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीमा १० अर्ब बढीको हुलाकी राजमार्ग, साहय सडक र पूलहरुको निर्माण सुस्त मात्रै छैन अलपत्र जस्तै छ ।
उनी भन्छन्,‘असारदेखि भदौंसम्म तिन महिना बाढीको भेलमा गाउँ डुब्छ, कोही विरामी भए, गाउँमा एम्बुलेन्स आउने बाटो पनि हुदैंन। कोही बाँच्छ, धेरैलाई मर्ने पर्छ । हामी त भगवान् भरोसे बाँची रहेका छौं ।’ उनको सडक बनेको हेरेर मर्ने इच्छा छ ।
कारवाही नगरेर म्याद थपियो
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामबाट १० अर्बको २३ वटा योजना संचालित छ । छोटीको पुस्ता फेरियो तर, हुलाकी सडकको हिलो र धुलो फेरिएको छैन । हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकको निर्माण लथालिङ्ग छ । सुरु गरिएको पुल र सडकको काम अधुरै छ ।
२०६८ सालदेखिका हुलाकी सडकको योजनाहरु २०७६ सालसम्म आइपुग्दा पनि अधुरै छ । निर्माण कम्पनीलाई कालो सूचीमा राखेर कारवाही गर्नुको सट्टा पटक पटक म्याद थपिएको छ । तर, पनि काम अधुरै छ । २३ योजना मध्ये १३ वटा योजना एक, दुई पटकसम्म म्याद थपिदा निर्माण लम्बिएको छ ।
२०७२ साल असारमा ठेक्का लागेको सर्लाहीस्थित धनकौल र हर्कठवा पूलको चार बर्ष बित्दा निर्माण पनि सुरु भएको छैन । जब पूल कि ०७४ सम्ममै बनिसक्नु पर्ने म्याद थियो । डिजाईमा समस्या भएर काम हुन सकेको छैन ।
‘लोकल’ ठेक्केदारको दादागिरी
ठेक्का लिने र वेपत्ता बन्ने ठेक्केदारको प्रवृत्ति हावी भयो । सरकारले ठेक्केदारलाई लगाम लगाउन चुक्यो भने, उचित मुआब्जा व्यवस्थान गर्न सरकार गम्भिर नहुँदा निर्माण सुस्त छ । विजुलीको पोल सार, सडकमा परेको रुख कटान गर्न वन कार्यालयहरुले नसघाउनु हुलाकी सडक निर्माणको बाधक बन्न पुग्यो ।
मुख्य ठेक्केदारले अरु ठेक्केदारलाई पेटी कन्टयाकमा ठेक्का दिनु त मुख्य बाध्क नै बन्यो । लोकल ठेक्केदारले ठेक्का लिएर राजनितिक आड्मा काम नगरेर योजनाहरुलाई कमाई खानेभाँडो बनाएका छन् । निर्माणको ठेक्का लिएका निर्माण व्यवसाही जिम्मेवार देखिए । उनीहरुको चरम लापरवाहीले बर्सौंसम्म योजना अलपत्र बन्नेको छ । ठेक्का तोड्ने भनेपछि बल्ल काम गर्न चासो लिएको छ ।
चार बर्षमा दुई पुलको कामै भएन
चार बर्ष अघि ठेक्का लागेको हुलाकी सडकको दुई पुलको निर्माण कार्य पनि सुरु भएको छैन । गलत डिजाइनका कारण सर्लाहीको धनकौल र हर्कठवा पुलको काम नभएको हो । २५ मिटर लाम्बाईको धनकौल पुल निर्माण गर्न २३ पौष २०७२ मा एक करोंड १० लाखमा भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौले ठेक्का लिएको थियो । भैरव निर्माण कम्पनीले नै
चालिस मिटर लम्बाई भएको हर्कठवा पुल १ करोंड ९१ लाखमा २४ असार २३ गते ठेक्काा लिएको थियो । दुवै पुलको डिजाइनमा समस्या देखिएकोले काम हुन सकेको छैन । पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो लिएको देखिदैंन ।
एकातिर बन्दै अर्को तिर भत्किदैं
जनकपुर–जलेश्वर –भिट्टामोड १८ किलो मिटर छ । यो सडक निर्माण गर्न तीन बर्ष अघि नै ठेक्का लागेको थियो ।गत असोजमै निर्माण भइसक्नु पर्ने थियो । हालसम्म पनि अधुरै छ । यात्रीलाई सकडमा उड्ने धुलोले खेपिनसक्नु सास्ती छ । सडक एकातिर बन्दैछ अर्को तिर भत्किदैं छ । नेपाल –भारतलाई जोड्ने व्यपारिक र धार्मिक राजमार्ग हो ।
सडकको आधारशिलाबाट माटो खनेर सडकमा हुरिएको छ । बर्षाले सडक भाँसिएको छ । सडकमा बारिहबाट माटो ल्याएर राख्ने सम्झौता थियो । तर, ठेक्केदारले नजिकैबाट माटो काटेर ल्यायो । जसले गर्दा सडक कमजोर बन्न पुगेको छ ।
कालोसूचीमा राख्नु पर्ने ठेक्केदारलाई सरकारले ८ महिना थपेर झन मन बढाइदिएको छ । जनकपुर–जलेश्वर –भिट्टामोड (पहिलो खण्ड) ठेक्का प्रतिभा वाइपी जेभी, पुलचोक ललितपुरले पाएको छ ।उसले ९ किलो मिटर फोरलेन सकडकको कालोपत्रे काम गर्न ४८ करोंड ५१ लाख ठेक्का लिएको थियो । ६७ प्रतिशत काम देखाएर २८ करोंड ७५ लाख भूक्तानी लिइसकेको छ । नौं किलो मिटर फोरलेन सडकको कालोपत्रे काम गर्नु पर्नेमा हालसम्म चार किलामिटर मात्रै एक एकतर्फी कालोपत्रे गरेको छ । ठेक्केदारको ढिलासुस्तीले काम सुस्त छ ।
जनकपुर–जलेश्वर –भिट्टामोड (दोस्रो खण्ड ) को निर्माणको जिम्मा आशिष, पप्पु, रोशन जेभी काठमाण्डौं पाएको छ । उसले पनि साढे ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे गर्न भ्याटसहित ४९ करोंड ८९ लाख ठेक्का लिएको छ । ६८ प्रतिशत काम देखाएर २३ करोंड ९० लाख बजेट लिइसकेको छ ।
साढे ९ किलो मटिर बाटो मध्ये ४ किलोमिटर दुवै तिर पिच गरेको छ । बस्ती क्षेत्रमा नालाको काम हुदैं छ । सडकको पोल प्राधिकरणले हटाउन चासो नदिँदा काममा अवरोध पुगेको छ । सडमा परेको मठमन्दिर हठाएर सार्न बजेट अभाव छ । मन्दिर सारे बनाउन ५० लाख बजेट माग गरिएको साइट इन्जिनियर सञ्जिब साहले बताए ।‘ दुवै ठेक्केदारको ५०÷५० लाख रोकेर राखेका छौं, सडक छेउको खाल्टो नपुरे भुक्तानी हुदैंन ।’ ढिलासुस्तीको कारण कामले गति लिएको छैन ।
खोला तर्न धान दिनु पर्ने बाध्यता
सिरहा–धनुषा जिल्लालाई हुलाकी राजमार्गको कमला नदीको पुलले जोड्छ । निर्माण सुरु भएको नौँ वर्षमा पनि पुल बन्न सकेको छैन । पुन नबन्दा स्थानीयलाई सास्ती छ । बर्सेंनी माझीलाई धान तिरेर काठे डुंगामा खोला वारिपारी गर्नु परेको छ ।
नदीमा अत्यधिक बाढी भएका बेला डुंगा पनि चल्दैन् । त्यतिबेला सदरमुकाम सिरहाका वासिन्दालाई जनकपुर पुग्न भारतीय जयनगर बजार वा पूर्व–पश्चिम लोकमार्गबाट जानुपर्छ । ‘नदीमा पुल भए जनकपुर जान एक घण्टा पनि लाग्दैन,’ सिरहा नगरपालिका –६ का रंजित ठाकुरले भने,‘बाढी बढी भएकोले डुंगा पनि चल्दैन् । टाढाको बाटोबाट जनकपुर पुग्नुपर्छ । खर्च पनि बढ्छ ।’
चार सय ४० मिटर पुल निर्माण गर्न ३१, असोज २०६८ सालमा पप्पु लुम्बिनी निर्माण कम्पनीले ठेक्का लिएको थियो । दुई पटक म्याद थप्दा पनि ५६ प्रतिशत मात्रै काम भएको छ । जमिनबाट उठानु पर्ने पुलको १२ वटै पिलर उठाइसकिएको छ । पप्पुले काम नगरेपछि भरखरै लुम्बीनीलाई काम दिएर सुरु गराइएको छ । ठेक्केदारको चरम लापरवाहीले निर्माण निर्माण अलपत्र परेको थियो ।
अलपत्रमा पर्ने अर्को पुलमा छ, सप्तरीको बलान नदीको पुल । १५ फाल्गुण, २०६८ ठेक्का लागेको पूलको निर्माण अधुरै छ । शर्मा पप्पु जेभीले ठेक्का लिएर काम छोड्दा नौं बर्षमा पुल बन्न नसकेको हो । एक पटक म्याद लिएर उनलाई १५ भदौं २०७५ मा निर्माण सम्पन्न गर्नु पर्ने थियो तर, कामै गरेनन् ।
पुलको ६५ प्रतिशत मात्रै काम पुरा भएको छ । जमिनबाट उठाउनु पर्ने पुलको १२ वटै पिलर उठाइ सकिएको, माथिल्लो भागको काम बल सुरु भएको छ । निर्माण कम्पनी पप्पु पछि हटेपछि भरखरै शर्मा जेभी काम दिएको छ । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको । ठेक्केदारको चरम लापरवहीले समयमा योजना सम्पन्न भएनन् ।
हुलाकी राजमार्गको दशबर्षे योजना
नेपालको पूर्व मेची र पश्चिम महाकालीसम्मको तराईका वस्तीहरुमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य राखेर हुलाकी राजमार्गको योजना ल्याइएको हो । लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।
राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यस आयोजना पूर्व–पश्चिम ९सय ७५ किमि फैलिएको छ ।
भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।पछि भारत सरकारले हात झिकेपछि आयोजनाहरु अलपत्र परेको थियो । अहिले नेपाल र भारत सरकारको लागतमा अलग अलग रुपमा काम भइरहेको छ
२०६५ सालमा सुरु गरिएको योजना ०७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएको थियो । पछि तीन बर्ष अझै थपेंर आउँदो ०७८ साल सम्ममा हुलाकी राजमार्ग र शाखा सडकहरु निर्माण भइसक्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १ हजार ६६३ किलो मिटर कालोपत्रे सडक र १ सय २५ वटा पूलहरुको निर्माण हुने अनुमान छ । हुलाकी पहुँच सडक सहितको हुलाकी राजमार्ग आयोजनाको कूल लागत अनुमान करिव ४७ अर्ब २७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट काम भइरहेको छ ।
निर्माणका लागि संघर्ष
हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाईको विरुद्धमा आन्दोलन पनि हुदैं आएको छ पाँच बर्ष अघि नेता रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समिति गठन भयो । निर्माण कार्य छिट्टो अघि बढाउन सिरहा र जनकपुरमा १ महिना रिले अनसन चल्यो । अभियानीहरु सप्तरीदेखि जनकपुरसम्म ७८ किलो मिटर पैदल यात्रा गरे ।
हुलाकी सडक संघर्ष समितिका संयोजक यादव भन्छन्,‘ हुलाकी राजमार्गको निर्माण पुरा नहुँदा ५० बर्ष अगाडीकै जीवनशैलीमा बाच्न विवश छन् । परिवर्तनकारी आन्दोलनको नेतृत्व तराईको जनकपुर, सिरहा, सप्तरीले ग¥यो । यहाँका स्थानीयहरुले त्यो परिवर्तनको स्वाद चाखन पाएका छैनन् ।’
निर्माणको बाधक पेटी ठेक्केदार
हुलाकी सडक राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका इन्जिनियर सञ्जिब साह भन्छन्,‘मुख्य ठेक्केदारले श्रोत, साधन देखाएर ठेक्का लिन्छ । पछि उसले अरुलाई ठेक्केदारलाई पेटी ठेक्कामा दिन्छ । त्योसंग काम गर्ने श्रोत साधन नै हुदैंन । त्यसले त झन योजनाहरु सुस्त भएको छ ।’ पेटी ठेक्केदारको सिस्ट हटाउनु पर्ने उनको तर्क छ ।
‘महँगीको मारमा उपभोक्ता’
हुलाकी राजमार्ग निर्माण नहुँदा व्यपारी, उद्योगी मारमा परेको छन् भने, उपभोक्तालाई महँगिले ढाँड सेकेको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह ‘हिरा’ले बताए । ‘सडकको विकासको पहिलो शर्त हो । झन् हुलाकी सडक तराईबासीको मुटु नै भन्दा हुन्छ,’उनले भने ।
हुलाकी राजमार्ग संचालनमा नआउँदा मालसमान आयात निर्यात गर्न व्यपारीलाई दोहोर भाडा र धेरै समय खर्चनु परेको छ । ‘ बजारमा बस्तु महँगिएको छ । उपभोक्ता महँगीको मारमा परेका छन्,’उनले भने,‘सडक संचालनमा आएपछि दुवानी खर्च घट्छ । किसानहरुले आफ्नो उत्पादन सिधा बजारमा ल्याउन सक्छ , बिचौलीहरु निरुत्साहित हुन्छ,’उनले भने ।
‘ठेक्का बिक्री हुन्छ’
भौतक पुर्वधारसंग सम्बन्धित मन्त्रिहरुको गैरजिम्मेवारीले गर्दा हुलाकी राजमार्ग र त्यसका सडकहरु समयमा समम्पन्न नभएको जनकपुरधामका अर्थ शास्त्री डा. सुरेन्द्र लाभले बताए ।‘ हुलाकी राजमार्ग कोर मधेशको ‘लाइफलाईन’ हो,’उनले भने,‘मन्त्रीहरु इमान्दार नहुँदा हुलाकी सकडले मुहार फेर्न सकेन ।’ हुलाकी सडक वरिपरीका गाउँहरुको विकास बर्सौ पछाडि धकेलिएको उनले बताए । ‘हुलाकी सडकसंग कोर मधेशको जीवन जोडिएको छ । सकड विकासले उद्योग, बजार, शहर चम्किने छ,’उनले भने,‘तर, के गर्ने मन्त्रीहरुले आफ्नै कार्यकर्ताहरुलाई ठेक्का पार्छ, हुलाकी सडक कमाई खाने भाँडो बन्यो ।’
आन्दोलन गर्दा निर्माण अघि बढ्ने , अलिकती बजेट हाल्ने, फेरि सुस्त हुने, जनता फेरि आन्दोलित हुँदा काममा ठेक्केदार चासो लिने यस्तै रवैया छ, हुलाकी सकड निर्माणको । मुख्य ठेक्केदारबाट चार तह तलसम्म पेटी कन्टयाकमा ठेक्का लाग्ने गरेको बताउँदैं उनले थपें,‘ ठेक्का खरिद बिक्री भयो । जसले गर्दा निर्माण अलपत्र भयो ।’
अर्थ मन्त्रालयले बजेट बनाउँदा सबै योजनाहरुबाट बाँकी हरेको बजेट मात्रै हाल्ने गरेको अर्थशास्त्री लाभले उल्लेख गरे । ‘ बजेट बनाएर बाँकी रहेको बजेट कहाँ हाल्ने, हिसाब मिलाउन हुलाकी सडकमा हालिदिउन त भन्ने कुरा हुन्छ । हुलाकी सडक साँच्चै भन्ने हो भने सरकारले ‘मज्जाक’को बिषय बनाएको छ ।’
हुलाकी सडक अन्तरप्रदेशिय सडक हो । प्रदेश १, २, ३, ५, ६ सम्म फैलिएको छ । हुलाकी राजमार्ग आन्तर प्रदेशीय मुख्यमन्त्री बैठकको एजेण्ड बन्नु पर्ने उनले औंल्याए ।‘सबै प्रदेशको जब एजेण्डा बन्छ, तब मात्र हुलाकी राजमार्ग बन्छ ,’अर्थशास्त्री डा. लाभले भने

महोत्तरी, धनुषा, सिरहा, सर्लाहीमा हुलाकी राजमार्ग अन्तर्गत संचालित सडक र पुलको योजनाहरुको अवस्था

(१) योजनाको नाम : जनकपुर–जलेश्वर –भिट्टामोड (पहिलो खण्ड)
काम : ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४८ करोंड ५१ लाख
भुक्तानी : २८ करोंड ७५ लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ जेठ २४ गते ( एक पटक म्याद थप)
निर्माण कम्पनी : प्रतिभा वाइपी जेभी, पुलचोक ललितपुर ।
हालको अवस्था : ६७ प्रतिशत काम मात्रै भएको, चार कलिमिटर मात्रै एक एकतर्फी कालोपत्रे, ठेक्केदारको ढिलासुस्तीले काम, ठेक्का तोड्ने भनेपछि चासो लिएको ।
(२) योजनाको नाम : जनकपुर–जलेश्वर –भिट्टामोड (दोस्रो खण्ड )
काम : साढे ९ किलो मिटर सडक (फोरलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४९ करोंड ८९ लाख
भुक्तानी : २३ करोंड ९० लाख
योजना सुरु मिति : २०७३ भदौं २३ गते
सकिनुपर्ने : २०७७ भदौं २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : आशिष, पप्पु, रोशन जेभी काठमाण्डौं
हालको अवस्था : ६८ प्रतिशत काम मात्रै भएको । साढे ९ किलो मटिर बाटो मध्ये ४ किलोमिटर दुवै तिर पिच भइसेको, बस्ती क्षेत्रमा नालाको काम हुदैं । सडकको पोल प्राधिकरणले हटाउन चासो नदिँदा काममा अवरोध । सडमा परेको मठमन्दिर हठाएर सार्न बजेट अभाव । ढिलासुस्तीको कारण कामले गति लिएन, ठेक्का तोड्ने भनेपछि ठेक्केदार तात्यो ।
(३) योजनाको नाम : नवलपुर–मलंगवा सडक (पहिलो खण्ड)
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ३० करोंड १६ लाख
भुक्तानी : २३ करोंड ९७ लाख
योजना सुरु मिति : २०७३ भदौं ३१ गते
सकिनुपर्ने : २०७५ कात्तिक ३० गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : हिमडुङ्ग एण्ड ठोक्कर एण्ड नमिता जेभी, तिनकुन्ने काठमाण्डौं
हालको अवस्था : ९५ प्रतिशत काम भएको, पाँच सय मिटर कालोपत्रे गर्न बाँकी । सुरुमै ६ महिना काम गर्न ढिलाई गरेर ठेक्केदारले काममा लापरवाही गरेको । ठेक्का तोड्ने कुरो पछि मात्रै चासो लिएको
(४) योजनाको नाम : नवलपुर–मलंगवा सडक (दोस्रो खण्ड)
काम : साढे १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २८ करोंड ६३ लाख
भुक्तानी : २४ करोंड ६० लाख
योजना सुरु मिति : २०७३ असोज १० गते
सकिनुपर्ने : २०७६ भदौ २४ गते (एक पटक म्याद थप)
निर्माण कम्पनी : रमण आश्रया जे.भि. बासुन्धरा, काठमाण्डौं
हालको अवस्था : ९८ प्रतिशत काम भएको, कालोपत्रे पुरा भएको नाला ३ किमि बनेको, ठेकेदारले समयमा काम नगर्दा काम ढिलो भयो ।
(५) योजनाको नाम : नयाँरोड–बरहथवा–मधुबनी सडक (पहिलो खण्ड)
काम : २१ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४३ करोंड ७२ लाख
भुक्तानी : ३३ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ असोज ०२ गते
सकिनुपर्ने : २०७६ चैत्र ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : १९ किमी कालोपत्रे भएको । ३ किमी सडक वन क्षेत्रमा परेकोेले वन कटानी ढिलो हुँदा काम प्रभावित । वन क्षेत्रमा साविककै सडकमा कालोपत्रेको तयारी । ठेकेदारको व्यवस्थापकीय पक्षमा कमजोरीले निर्माण प्रभावित ।
(६) योजनाको नाम : नयाँरोड–बरहथवा–मधुबनी सडक (दोस्रो खण्ड)
काम : साढे १९ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ४१ करोंड ४२ लाख
भुक्तानी : ३१ करोंड २७ लाख
योजना सुरु मिति : २०७३ माघ ०२ गते
सकिनुपर्ने : २०७६ साउन ०१ गते (म्याद थपको प्रक्रियामा)
निर्माण कम्पनी : श्रेष्ठ÷एपेक्स जे.भि. मैतीदेवी, काठमाण्डौं
हालको अवस्था : ८४ प्रतिशत काम पुरा भएको । सिंचाईको नहर सडकमा परेकोले काममा ढिलाई । विद्युतले सडकमा रहेको पोल नहटाउँदा काम प्रभावित । अहिले काम भईरहेको ।
(७) योजनाको नाम : कदमचौक–कपटौल–तिनकोरिया सडक ( पहिलो खण्ड)
काम : १२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २७ करोंड ९५ लाख
भुक्तानी : १३ करोंड ३९ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा÷रमण जे.भि.धनुषा
हालको अवस्था : ५५ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
(८) योजनाको नाम : कदमचौक–कपटौल–तिनकोरिया सडक (दोश्रो खण्ड)
काम : १३ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : २२ करोंड ९७ लाख
भुक्तानी : १४ करोंड ८३ लाख
योजना सुरु मिति : २०७३ असार ३१ गते
सकिनुपर्ने : २०७६ असार २४ गते (एक पटक म्याद थपेको)
निर्माण कम्पनी : लामा रमण जे.भि.धनुषा
हालको अवस्था : ७२ प्रतिशत काम भएको । १२ किमी मध्ये ४ किमी काम सम्पन्न । माटोको काम पुरा । सडकमा घर टहरा, बिजुली पोलले काम अवरुद्ध, ठेकेदारको कमीकमजोरीले काम प्रभावित । बिजुली पोल हटाउन पहल भएको, घर टहरा हटाएर क्षतिपूर्ति दिन लगत संकलन भईरहेको ।
(९) योजनाको नाम : तिनकोरिया–लगमा–सघरा–कमलापुल सडक
काम : साढे ५ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १९ करोंड १४ लाख
भुक्तानी : ९ करोड ७७ लाख
योजना सुरु मिति : २०७४ असार ३० गते
सकिनुपर्ने : २०७६ असोज २८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : धुकुछु कन्स्ट्रक्सन प्रा.लि., बुद्धनगर, काठमाण्डौं
हालको अवस्था : ५१ प्रतिशत काम भएको । ५ किमीमा २.४ किमि कालोपत्रे भएको । गत अषाढको भिषण बाढीले १ किलोमिटर क्षति ग्रस्त । निर्माण कम्पनी क्षतिपूर्तिको लागि इन्स्योरेन्स कम्पनीमा धाउँदै । निर्माण अलपत्र ।
(१०) योजनाको नाम : बलान –कमला सडक
काम : ३० किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : १ अर्ब ३५ करोंड ९२ लाख
भुक्तानी : ३८ करोड ४२ लाख
योजना सुरु मिति : २०७४ पौष ०९ गते
सकिनुपर्ने : २०७७ असार ८ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : स्वच्छन्द रोशा महादेव खिम्ती जनकपुर ं
हालको अवस्था : ३० प्रतिशत काम भएको । १६ किलोमिटरमा माटो र ग्रेबलको काम भएको, बस्ती भएको ठाउँमा सडकमा परेको घरटहराले काममा अवरोध, १० महिना काम छाडेर ठेक्केदार वेपत्ता । तागेदा गर्दा आउन मानेन । ठेक्का समझौता तोड्ने कुरा आएपछी ठेक्केदारले काम गर्न चासो लिएको ।
(११) योजनाको नाम : एम.आर.एम.बाँके सग्रामपुर सडक
काम : साँढे २२ किलो मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८३ करोंड ८९ लाख
भुक्तानी : ३५ करोड ५२ लाख
योजना सुरु मिति : २०७४ पौष ०७ गते
सकिनुपर्ने : २०७७ असार ७ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : लामा डाँफे गोल्डेन जेभी शतिनगर काठमण्डौं
हालको अवस्था : ४३ प्रतिशत काम भएको । माटो र ग्रेबलको काम भएको, ठेक्केदारको लापरवाहीले काम सुस्त ।
(१२) योजनाको नाम : जनकपुर बसविट्टी बलवा,हार्दी पोखरभिण्डा सग्रामपुर सडक
काम : साँवा २२ किलोे मिटर (टुलेन) कालोपत्रे सडक
भ्याटसहितको बजेट : १ अर्ब ७० करोंड ४६ लाख
भुक्तानी : ४० करोड २६ लाख
योजना सुरु मिति : २०७४ पौष ११ गते
सकिनुपर्ने : २०७७ असार १० गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : कालीका रमण जेभी जनकपुर, धनुषा
हालको अवस्था : ३६ प्रतिशत काम भएको । करीब ११ किलोमिटरमा माटो र ग्रेबलको अधुरा काम भएको, सडक केन्द्रको (ऐलाइण्डमेन्ट) को विवादले एक बर्ष काम प्रभावित, बिजुलीका पोलले काममा अवरोध, निर्माणमा ठेक्केदार गैरजिम्मेवार हुँदा कामले गति लिन नसकेको ।
(१३) योजनाको नाम : एम.आर.एम.(फुलजोर)त्रिभुवननगर सडक
काम : सवाँ २१ किलोे मिटर (टुलेन) कालोपत्रे
भ्याटसहितको बजेट : ८६ करोंड १६ लाख
भुक्तानी : ३३ करोड ४४ लाख
योजना सुरु मिति : २०७४ पौष ६ गते
सकिनुपर्ने : २०७७ असार ५ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : टुण्डी आशिष सन्तोष जेभी मैतिदेवी काठमाण्डौं
हालको अवस्था : ३५ प्रतिशत मात्रै काम भएको । साँवा २१ किलोमिटर मध्ये १८ किलो मिटरमा मात्रै माटोको काम भएको र १५ किलोमिटरमा ग्रेबल हालिएको, सडक ऐलाइनमेन्टको विवादले बर्ष दिन ठाउँठाउँमा काम हुन नसकेको,
सुरु सुरुमा हुलाकी सडक विभागबाटै सडकको डिजाईन आउनु ढिलाई, सडकमा परेको घर टहरा नहटिदा निर्माण प्रभावित, पीडितहरुलाई क्षतिपुर्ती बाँड्न ढिलाई हुँदा काम प्रभावित । ठेक्केदारले स्रोतसाधन परिचालन गर्न नसक्दा काम झन सुस्त ।
(१४ ) योजनाको नाम : कमला पुल
काम : चार सय ४० मिटर पुल
भ्याटसहितको बजेट : २४ करोंड ९० लाख
भुक्तानी : १२ करोड ५५ लाख
योजना सुरु मिति : २०६८ जेष्ठ ३१ गते
सकिनुपर्ने : २०७५ मंसिर ३० गते (दुइ पटक म्याद थपेको )
निर्माण कम्पनी : पप्पु लुम्बिनी ं
हालको अवस्था : ५६ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको १२ वटै पिलर उठाइसकिएको । पप्पुले काम नगरेपछि भरखरै लुम्बीनी काममा जुटेको । ठेक्केदारको चरम लापरवाहीले निर्माण ८ बर्षमा पनि योजना सम्पन्न नभएको । निर्माण सुस्त ।
(१५ ) योजनाको नाम : बलान पुल
काम : चार सय ७० मिटर
भ्याटसहितको बजेट : २४ करोंड ६२ लाख
भुक्तानी : १५ करोड ४१ लाख
योजना सुरु मिति : २०६८ फल्गुण १५ गते
सकिनुपर्ने : २०७५ भदौं १५ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : शर्मा पप्पु जेभी ं
हालको अवस्था : ६५ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठाउनु पर्ने पुलको १२ वटै पिलर उठाइ सकिएको, माथिल्लो भागको काम हुदैं, निर्माण कम्पनी पप्पु पछि हटेपछि भरखरै शर्मा जेभी काम गर्न चासो लिएको । ठेक्का तोडेर निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने भनेपछि शर्मा काममा जुटेको । ठेक्केदारको चरम लापरवहीले ८ बर्षमा पनि योजना सम्पन्न नभएको ।
(१६ ) योजनाको नाम : गदहिया लच्का पुल
काम : २० मिटर
भ्याटसहितको बजेट : ३ करोंड २६ लाख
भुक्तानी : ८७ लाख ३२ हजार
योजना सुरु मिति : २०७३ असार ५ गते
सकिनुपर्ने : २०७५ असार ४ गते (म्याद थप्ने तयारी )
निर्माण कम्पनी : देव एण्ड सयर कन्ट्रक्सन प्रा. लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । काम अलपत्र । ठेक्केदारको सिधा लापरवाही । धेरै तागेदा गर्दा बल्ल सम्पर्कमा आएको, सुस्त रुपमा काम गरिरहेको ।
(१७ ) योजनाको नाम : सपहा खोला पुल
काम : ६० मिटर
भ्याटसहितको बजेट : ५ करोंड ८४ लाख
भुक्तानी : ३ करोंड ६१ लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते ( एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६७ प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको । नयाँ डिजाईन(प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
(१८ ) योजनाको नाम : बाँके पुल
काम : ४० मिटर
भ्याटसहितको बजेट : ६ करोंड ५४ लाख
भुक्तानी : ३ करोंड ८० लाख
योजना सुरु मिति : २०७३ असार २४ गते
सकिनुपर्ने : २०७५ पुष २४ गते (एक पटक म्याद थपेको )
निर्माण कम्पनी : हरी हरी जोशी रवी जेभी मैतिदेवी काठमाण्डौ ं
हालको अवस्था : ६० प्रतिशत मात्रै काम भएको । जमिनबाट उठानु पर्ने पुलको पिलर उठाएको । एउटा स्ल्याप हालेको ।नयाँ डिजाईन (प्रिस्टेट) भएकोले निर्माणमा समय लागेको ।
(१९ ) योजनाको नाम : धनकौल पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : १ करोंड १० लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७३ पुष २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईनमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
(२० ) योजनाको नाम : हर्कठवा पुल
काम : ४० मिटर
भ्याटसहितको बजेट : १ करोंड ९१ लाख
भुक्तानी : ०
योजना सुरु मिति : २०७२ असार २४ गते
सकिनुपर्ने : २०७४ असार २३ गते
निर्माण कम्पनी : भैरव कन्ट्रक्सन प्रा.लि. नयाँ बजार काठमाण्डौ ं
हालको अवस्था : केही काम भएको छैन । पुलको डिजाइनमा समस्या, पुरानै डिजाईमा काम गर्ने वा नयाँ बनाउने हुलाकी सडक विभागबाट चासो नलिएको ।
(२१) योजनाको नाम : गोफूधार खोला पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ९४ लाख
भुक्तानी : १ लाख ५० हजार
योजना सुरु मिति : २०७५ असार २९गते
सकिनुपर्ने : २०७७ असार २८ गते
निर्माण कम्पनी : रोशन कन्ट्रक्सन प्रा.लि. जनकपुर
हालको अवस्था : ८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
(२२) योजनाको नाम : कल्यानदह खोला पुल
काम : २५ मिटर
भ्याटसहितको बजेट : ४ करोंड ६४ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति ; २०७५ असार २५गते
सकिनुपर्ने : २०७६ फाल्गुण २४ गते
निर्माण कम्पनी : सूर्या ÷विकास जेभी लहान सिरहा
हालको अवस्था : १८ प्रतिशत काम मात्रै भएको । खोलामा पानी भएकोले काम गर्न समस्या । ठेक्केदारको ढिलासुस्ती
(२३ ) योजनाको नाम : रामध्यान पुल
काम : ३० मिटर
भ्याटसहितको बजेट : ४ करोंड ८८ लाख
भुक्तानी : १ करोंड १५ लाख
योजना सुरु मिति : २०७६ असोज ०९ गते
सकिनुपर्ने : २०७८ असोज ०८ गते
निर्माण कम्पनी : सुगम निर्माण सेवा महेन्द्रनगर, धनुषा
हालको अवस्था : ले आउट नहुँदा काम अघि बढ्न सकेको छैन । अब केही दिनमा सुरु हुनेछ ।

Tuesday, February 25, 2020

‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू !

‘ह्याप्पी बर्थडे’ प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्रीज्यू, सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि !

समादरणीय प्रधानमन्त्रीज्यू,
यहाँ हामी कुशल नै छौँ, आशा छ तपाईं, तपाईंको परिवार र सरकार पनि कुशल नै होला । सर्वप्रथमतः यहाँलाई ६९औँ जन्मोत्सवको हार्दिक शुभकामना ! रह्यो प्रश्न सरकारको, देशले प्रधानमन्त्रीका रूपमा यहाँको नेतृत्व प्राप्त गरेको पनि दुई वर्ष बितिसकेको छ । अहिलेसम्म त सरकारले कस्तो काम गर्‍यो र कति सफल रह्यो भन्ने विषयको मूल्यांकन आमजनताले गरेकै छन् ।
भविष्यका लागि भने सफलताको कामना गर्छु । यो अलग विषय हो कि अब सरकारको बाँकी अवधिको नेतृत्व यहाँले नै गर्नुहुन्छ कि विगतको सम्झौताअनुसार यहाँको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नुहुनेछ भन्ने प्रश्नको छिनोफानो हुन बाँकी नै छ । तर, एउटा कुरा निश्चित छ, बजार हल्लाअनुसार पार्टी एकीकरण प्रक्रियाका सन्दर्भमा प्रचण्डसँग भएको यही सम्झौताको कार्यान्वयनका लागि तपाईंमाथि दबाब सिर्जना गर्ने राजनीति प्रारम्भ हुनेछ ।
यस्तो राजनीति हुने मुख्य कारण हो, तपाईंकै पार्टीभित्रका केही नेताले तपाईं अहिले प्रतिरक्षात्मक अवस्थामा रहेको मूल्यांकन गरिरहेका छन् । पछिल्ला दिनमा भएका केही घटनाले यहाँलाई आक्रामकको साटो प्रतिरक्षात्मक अवस्थामा पु¥याएकाले तुलनात्मक रूपमा यहाँ कमजोर हुन थाल्नुभएको मूल्यांकन भइरहेको वर्तमान अवस्थामा तपाईंमाथि रणनीतिक आक्रमणका लागि अहिले उपयुक्त अवस्था हो भन्ने उनीहरूको धारणालाई सोझै गलत भन्न सकिन्न । एउटा खास व्यक्तिका लागि संविधान संशोधन गर्न सहमत देखिनु तपाईं प्रतिरक्षात्मक भएको प्रत्यक्ष प्रमाण हो । 
नेकपाका अध्यक्ष महोदय,
फेरि भन्दै छु, यहाँलाई जन्मदिनको शुभकामना ! तपाईं देशको प्रधानमन्त्री, त्यसमाथि घघडान कम्युनिस्ट नेता ! तपाईंले आफ्नो जन्मदिन मनाउनै हुँदैन भन्ने होइन । तर, नेपाली भाषामा एउटा भनाइ छ नि— जो अगुवा उही बाटो ... ! अहिले सर्वत्र प्रश्न गरिँदै छ, गरिब देशका प्रधानमन्त्रीले जन्मदिन मनाउने तरिका यही नै हो त ? तपाईंजस्तो मुलुकको राजनीतिक र सामाजिक जीवनमा सर्वोच्च स्थान तय गरिसकेका नेताले सम्पादन गर्ने कुनै पनि कार्यक्रम तथा व्यवहार अरू जनसामान्यका लागि अनुकरणीय हुनुपर्ने हो, अनुसरणीय आदर्श हुनुपर्ने हो । तर, यो कति सम्भव छ ? माथि पनि भनिसकियो, तपाईं एक सर्वहारा वामपन्थी नेता हो ।
के वामपन्थी चिन्तन र सिद्धान्तमा व्यक्तिले यत्तिकै तडकभडक र तामझामसाथ जन्मदिन मनाएर आर्थिक अपव्यय गर्नुपर्ने उल्लेख छ ? सर्वहाराको अधिनायकत्व भनेको यही हो ? यसपटक तपाईंले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउनुभएको छ । राम्रो कुरा हो, यसै नाममा तपाईंले आफ्नो गामठाम सम्झिनुभयो । तर, फेरि प्रश्न उठ्छ, जन्मघर सम्झिने सर्वाधिक उपयुक्त तरिका यही नै थियो त ? सामन्ती शैलीमा चारवटा हेलिकोप्टरबाट गाम पुगेर नेपालको नक्सा आकारको १५ किलोको केक काटेर तपाईंले ‘स्वान्तः सुखाय’को नीति अख्तियार गर्नुभएको छ ।
प्रतीकात्मक रूपमा यो केक काट्नुको अर्थ के लाग्छ, प्रधानमन्त्रीज्यू थाहा छ यहाँलाई ? आमनेपाली जनताले तपाईंको यो व्यवहार मन पराएका छैनन् । तपाईंका मुखेन्जी भन्न डर मान्नेहरूले सायद तपाईंलाई यो कुरा भन्न सकेका छैनन् तर सत्य के हो भने, तिनलाई पनि तपाईंको यो व्यवहारबाट पक्कै असजिलो महसुस भएको छ । आखिर समाजमा जवाफ त तिनले नै दिनुपर्छ । तपाईंसँग त सर्वसाधारणको भेट सम्भव छैन ।
समाजमा विद्यमान गलत संस्कारको अन्त्य तपाईं, तपाईंको पार्टी र सरकारको प्राथमिकतामा पर्नुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । तपाईंले आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराज गामठामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनुभएको छ । के यो उचित हो ? के यो सामन्ती सोच होइन ? यस्तै सामन्ती सोच अन्त्य गरी नयाँ समाज स्थापनाका लागि विगतमा तपाईं वामपन्थी आन्दोलनमा होमिनुभएको होइन ? तपाईंले सञ्चालन गरेको आन्दोलनले देखेको नयाँ नेपाली समाजको सपना यही नै थियो ? यही नै थियो भने हाम्रो भन्नु केही छैन । होइन, तपाईंले देखेको सपना यो थिएन भने आफूलाई सच्याउने तत्परता तपाईंले नै गर्नुपर्ने थियो । तपाईं यस कार्यमा पनि असफल देखिनुभएको छ, प्रधानमन्त्रीज्यू ।
सर्वहाराका महानायकज्यू,
म तपाईंको राजनीतिक विचार, दृष्टिकोण र आस्थासँग असहमति राख्ने व्यक्ति हुँ, तर व्यक्तिगत रूपमा तपाईंको दृढता र तपाईंले देश र जनताका पक्षमा देख्ने सपनाको प्रशंसा गर्ने व्यक्ति हुँ । तपाईं दुईतिहाइ बहुमतको सरकार प्रमुख अर्थात् देशका प्रधानमन्त्री हुँदा तपाईंको पार्टीका कार्यकर्ताजस्तै हामी पनि खुसी नै भएका थियौँ । मैले तपाईंको प्रशंसा गर्दै पक्षमा सार्वजनिक रूपमै विचार व्यक्त गर्ने गरेको हुँ । केही सञ्चारमाध्यममा लेखेको पनि हुँ । देशको विकासलाई गति प्रदान गर्न तपाईंलाई अवसर प्राप्त हुनुपर्छ भन्ने पक्षमा म पनि थिएँ । अहिले सोच्दै छु, बेकार गरिएछ प्रशंसा ।
प्रधानमन्त्रीज्यू, आफ्नो जन्मदिनलाई विशेष बनाउने नाममा जिल्लाका दूरदराजका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको लोभ दिएर घन्टौँ पैदल हिँडाउनु उचित हो ? के यो सामन्ती सोच होइन ?
 
हात्तीका देखाउने र खाने दुईवटा दाँत भएजस्तै तपाईंको पनि दोहोरो चरित्र रहेछ भन्ने निष्कर्षमा म यतिखेर पुग्दै छु । तपाईं असहमति र आलोचना सुन्न सक्नुहुने रहेनछ । खालि प्रशंसा र प्रशस्तिमा रमाउने पात्र हुनुहुँदो रहेछ । यसैले होला आलोचना गर्ने र प्रशंसा नगर्ने प्रेस तपाईंलाई मन पर्दैन । तपाईं प्रेस स्वतन्त्रता चाहनुहुन्न र आफ्ना पक्षमा जनमत सिर्जना गर्ने भाटहरूको समूह चाहनुहुन्छ । तर, लोकतन्त्रलाई मान्ने हो भने स्वतन्त्र प्रेसको भूमिकालाई स्वीकार गर्नैपर्ने हुन्छ । तपाईं प्रेसको स्वतन्त्र भूमिका मनपराउनुहुन्न भने यसको सोझो अर्थ हो, तपाईं लोकतन्त्रलाई सैद्धान्तिक रूपमा स्वीकार गर्नुहुन्न । यसकारण हो, तपाईं नियन्त्रित प्रेस चाहनुहुन्छ र विगतमा गोकुलजीलाई अघि सारेर प्रेसविरोधी कानुन तर्जुमा गर्न तपाईंको सरकार क्रियाशील थियो ।
एकीकृत वामपन्थका नेताज्यू,
तपाईंले आफूलाई अभिव्यक्त गर्ने उखाने शैली रमाइलै हुन्छ र यसले विपक्षीलाई प्रहार गर्छ भन्ने मैले मानेको थिएँ । तर, खासमा त्यसो होइन रहेछ । यी उखान त तपाईं आफ्ना कमजोरीको ढाकछोप गर्न र विषयान्तर गर्न प्रयोग गर्नुहुँदो रहेछ । खोइ त अहिले आफ्नो ‘शुभजन्मोत्सव’ र भ्रष्टाचारको आरोपमा यहाँका धर्मपुत्रजस्तै मानिएका गोकुलजीको सरकारबाट बहिर्गमनका सन्दर्भमा कुनै उखान टुक्का  फुरेको ? खैर, यी तपाईंका व्यक्तिगत निजी जीवनका विषय हुन सक्छन् । त्यसमा जनसामान्यले ताकझाँक गरिरहनु त्यति जरुरी पनि छैन । तर हेक्का रहोस्, जब तपाईंका कुनै पनि व्यवहार देशको कल्याण र छविसँग जोडिन्छ भने व्यक्तिगत मानेर त्यसबाट कसरी उन्मुक्ति पाउन सकिन्छ ? तपाईं आफैँ जानकार हुनुहुन्छ, यस सन्दर्भलाई कसरी सम्बोधन गर्ने भन्ने यहाँलाई नै राम्ररी थाहा छ ।
श्री केपी शर्मा ओलीज्यू,
पछिल्लो समय भ्रष्टाचार र कुशासनका सुई तपाईंतर्फ पनि सोझिएका छन् । तपाईंले आफूलाई सफल साबित गर्न पटक–पटक तथ्यांकको सहारा लिने गर्नुभएको छ । तपाईंका सल्लाहकारले तपाईंलाई त्यही नै सुझाएका छन् । तर, तिनले तपाईंलाई एउटा कुरा के भन्दैनन् भने एउटै तथ्यांकलाई विभिन्न ढंगले व्याख्या गर्न सकिन्छ । तपाईंले आप्mनो अनुकूलतामा व्याख्या गर्नुहुन्छ भने जान्ने विपक्षीले त्यसलाई तपाईंको प्रतिकूलतामा व्याख्या गर्न सक्छन् ।
तथ्यांक मात्रले देशका जनताको अनुहारमा चमक ल्याउन सकिँदैन । मूल कुरा हो सुखानुभूति । जनताले दुई वर्षमा अहिलेसम्म तपाईंका कुनै पनि कार्यबाट त्यस्तो सुखद अनुभूति गर्न सकेका छैनन् । सुशासनको रटान लगाएर कहिल्यै नाथक्ने तपाईंको सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्दा त्यसको जिम्मेवारी तपाईंले पनि त लिनुपर्ने होला नि ! संसदीय लोकतन्त्रमा सरकारको प्रमुख प्रधानमन्त्री हुन्छ ।
सरकारका राम्रा, नराम्रा सबै कामको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्छ । बालकोटस्थित यहाँको निजी निवासमा बस्दै आएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको कमिसन सेटिङ सार्वजनिक हुँदा सरकार प्रमुखले त्यसको जिम्मेवारी लिने कि नलिने ? गोकुलजीलाई सामान्य राजीनामा गर्न लगाएर उन्मुक्ति दिन मिल्छ ? पार्टीभित्र यससम्बन्धी छलफल गराउन तपाईं किन अनिच्छुक हुनुहुन्छ ? यी केही यस्ता प्रश्न हुन्, जसको उत्तर सुशासनका दृष्टिले निकै महŒवपूर्ण छन् । सुशासनले नारा होइन, प्रतिबद्धता खोज्छ । तर तपाईं त मात्र नारा र हँस्यौलीमा सुशासन खोज्नुहुन्छ, जो सम्भव छैन ।
आदरणीय सरकार प्रमुखज्यू,
एउटा जिम्मेवार देशवासीका नाताले मैले केही खास विषयमा यहाँको ध्यानाकर्षण मात्र गराउन खोजेको हुँ । अन्यथा लिनु हुनेछैन भन्ने आशा छ । होइन, अन्यथा नै लिनुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तपाईं सरकार प्रमुख हो, सबै कानुन यहाँकै अधीनमा छन् । मेरा पक्ष वा विपक्षमा यहाँलाई आवश्यकतानुसार कानुन कार्यान्वयनको छुट छ । आगे यहाँको मर्जी । मैले त यहाँको भलो चिताएर सुशासनसम्बद्ध विषयमा यहाँलाई केही भन्ने धृष्टता गरेको मात्र हुँ ।
savar : Nayapatrika

एचआइभी पिडितलाई हेला होइन माया गर्न जरुरी

एचआइभी पिडितलाई हेला होइन माया गर्न जरुरी

महोत्तरी समाचारदाता
जलेश्वर, फागुन १३ गते । सरकारले एच.आई.भी.एडस लागेका विरामीहरुलाई स्वास्थ्य बिमा निःशुल्क गरेपनि सामाजिक डर कारणले एउटा पनि विरामी यसमा समावेश नभएको देखिएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजना गरिएको एचआइभी एड्स सम्बन्धी सरोकारबालासंगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा जलेश्वर अस्पतालमा सञ्चालन भइरहेको एआरटीका काउन्सिलर राजीव पाठकले एचआइभी एड्सबाट पिडित भएका विरामीहरुलाई सरकारले निःशुल्क स्वास्थ्य बिमा गरेको जानकारी दिनुहुदै समाजमा एचआइभी एडस भएको जानकारी भएपछि हेला गर्ला भन्ने डरले कोही पनि बिमा नगराएको बताउनुभयो । उहाँले जलेश्वर अस्पतालबाट यसको औषधी खाइरहेका २६५ जनामा एउटाको पनि बिमा नभएको बताउनुहुदै उनीहरु औषधी पनि डराई डराई खाने गरेको बताउनुभयो । उहाँले औषधी खानेहरुमा १०४ जना महिला, १३८ जना पुरुष, ४ जना तेस्रोलिङ्गी तथा १९ जना बालबालिकाहरु रहेको बताउनुभयो । 

कार्यक्रममा डा.पुलकित चौधरीले सामाजिक हेला, हिनताबोध, भेदभावको डरले एडस पिडितहरु सार्वजनिक हुन डराउने गरेको बताउनुहुदै यो कुनै सरुवा रोग नभएपनि जनचेतना अभावमा भेदभाव गरिएको बताउनुभयो । नेपाल सरकारले सन् २०३० सम्ममा एचआइभी एड्समुक्त नेपाल बनाउने लक्ष् लिएको जानकारी गराउनुहुदै उहाँले लक्ष्य प्राप्तीको लागि यस अभियानमा सबैले सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाल सरकारले स्वास्थ्यलाई मौलिक हकमा राखेपनि यससम्बन्धी जानकारी अभाव रहेकोमा जोड दिनुहुदै डा.चौधरीले भन्नुभयो, ‘स्वास्थ्य सम्बन्धी विषयमा हेला, भेदभाव गरेको खण्डमा मानवअधिकारको उल्लंघन हुने भएकोले यसप्रति सबैजना सजग र सचेत हुनुपर्छ ।’ असुरक्षित यौंन सम्पर्कबाट मात्रै सर्ने यो रोग भएकालाई टिवीरोग हुने जानकारी दिनुहुदै डा.चौधरीले टिवी रोगभएका विरामीहरुलाई चेकजाँच गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीले यो रोग हावा, पानी वा संगै बस्दा, खाँदा नसर्ने भएपनि यो रोग लागेका व्यक्तिहरुलाई समाजले नराम्रो दृष्टिकोणले हेर्ने र भेदभाव गरिने कार्यलाई निरुत्साहित गर्न मानवअधिकारकर्मी, सञ्चारकर्मीसहित समाजका सबै सरोकारबालाहरु लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पिडितहरुलाई चेकजाँच गराउन र औषधी खान सल्लाह दिनुहुदै उहाँले यो रोग लागेकाहरुले नियमित रुपमा औषधी सेवन गरे लामो समयसम्म बाँच्न सक्ने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मानवअधिकारकर्मी मदनकुमार झाले समेत आफ्नो विचार राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाई गरियो

सार्वजनिक सुनुवाई गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन १३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं. १मा प्रथम चौमासिकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखा परिक्षण गरिएको छ ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीहरुले उपभोक्ता समिति बनाउँदा पारदर्शी नभइरहेको आक्रोश पोखेका थिए ।
स्थानीयबासी आमोदकुमार रायले विकास निर्माणको कामहरु भइरहेकोमा खुशी व्यक्त गर्नुहुदै बजेट तथा उपभोक्ता समिति पारदर्शी नभइरहेकोमा आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,‘विकास त हुन्छ तर त्यसमा कतिको लगानी गरिएको छ तथा उपभोक्ता समिति बनाउँदा सबैलाई थाहै हुदैन् ।’ वडाध्यक्षहरुले आफु आसेपासेहरुलाई लिएर मात्रै उपभोक्ता समिति बनाइरहेका छन् यो कार्यलाई सुधार गरेर सबैलाई जानकारी गराई उपभोक्ता समिति बनाउनुपर्ने उहाँको कथन थियो ।

त्यसैगरी सेवाग्राहीहरुले नगरपालिकाका कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने गरेको जानकारी गराउँदै सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन नगरप्रमुखसंग आग्रह गरेका थिए ।
कार्यक्रममा मटिहानी नगरपालिकाले पहिला नगरभित्रमा यो चौमासिकमा गरेका कामहरुको विवरण तथा त्यसमा भएको बजेटको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले उपभोक्ता समिति बनाउँदा सबैलाई सम्मिलित हुने गरी बनाउनुपर्ने आफुहरुको दायित्व रहेको बताउनुहुदै यस कार्यमा राम्रोसंग काम गर्न वडाध्यक्षसहित कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीहरुलाई सेवा दिएवापत सरकारी राजश्व बाहेक एक सुको पनि कर्मचारीलाई नदिन आग्रह गर्नुहुदै त्यस्तो भएको खण्डमा आफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
विकासको काम गर्दा बजेटहरु पनि सार्वजनिक गर्न व्यानर बनाएर नै कार्यस्थलमा राख्न आफुले निर्देशन गरिसकेको बताउनुहुदै उहाँले प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्न आफु दृढ रहेको विश्वास दिलाउनुभयो ।
मटिहानी नगरपालिकाको सहयोगमा जीवन विकास समाज जलेश्वरले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख शिवोदेवी साह, कार्यकारी अधिकृत चन्द्रशेखर शर्मासहित सम्पूर्ण वडाका वडाध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Sunday, February 23, 2020

प्रधानमन्त्रीले नै चाहेनन् स्ववियु चुनाव

प्रधानमन्त्रीले नै चाहेनन् स्ववियु चुनाव 

विद्यार्थी राजनीतिले देश को हरेक कुनामा चल्दै आईरहेको त्यो तमाम जनवादी संघर्ष को पक्षमा आफ्नो आवाजलाई क्रान्तिकारी रूपमा बुलन्द गर्ने गर्दछ। त्यसैले सधैं सत्ता मा बसेका ती शासकहरुको अँखामा डर त्रास भन्ने कुरा विद्यार्थी राजनीति अर्थात स्ववियु माथि नै गाडिएको हुन्छ। सायद त्यही डरले विगतको एकदशक देखि ती शासकहरु ले स्ववियु निर्वाचन गराउने सकारात्मक वातावरण कहिले पनि निर्माण गरेनन् । यसो भनौ स्वतन्त्र विद्यार्थी युनियन नेपालको विद्यार्थी आन्दोलनको जीवनरेखा नै हो। स्ववियु बिनाको विद्यार्थी आन्दोलनले कुनै परिभाषा दिन सक्दैनन् ।त्यसैले स्ववियु र विद्यार्थी आन्दोलन दुवै एउटै हुन् ।तथापि स्ववियुको आवश्यकता बारे त्रीवी जिम्मेवार बन्न नसक्दा नियम अनुसार दुई दुई वर्षमा भैहाल्नुपर्ने र विगत १० वर्ष देखी देशभरीका कलेज विश्व विद्यालयहरुमा स्ववियु निर्वाचन नहुदा विद्यार्थीहरुको हकहित र अधिकारको लागी खडा भएको स्ववियु यसपटक पनि प्रभावहिन भएको छन् ।त्यसो स्ववियु निर्वाचन को बहस ,चर्चा र तयारी पटकपटक नभएको होइन । सरकार र त्रिवीको विभिन्न बहानामा आफनै स्वार्थका कारण विगतमा जस्तै यसपालि पनि तोकिएको समयसीमा भित्र स्ववियु निर्वाचन हुन सकेनन् । इतिहास बदल्ने गौरवमय त्यो जग माथि उभिएको भएको विद्यार्थी आन्दोलनको गरिमालाई पुनर्ताजगी गर्न यसपटकको स्ववियु निर्वाचनले महत्त्वपूर्ण भुमिका खेल्थ्यो तर पुनः चुक्यो। युगान्तकारी परिवर्तनको एक हिस्सेदार बनेको विद्यार्थी आन्दोलन परिवर्तन को नयाँ कोर्स सहित स्ववियु मार्फत आम युवा विद्यार्थी नयाँ एजेन्डा र नेतृत्व लिएर पुनः संगठित हुने छ्न भन्ने कुरा देखि अहिलेको शासक डाराउदा आज पुनः तोकिएको समयमा चुनाव भएन र अनिश्चितकालको लागि रोकिए ।यो दु:खद हो। देश भरी रहेको त्रिवि अन्तरगतको कलेजहरु समयमै स्ववियु निर्वाचन मार्फत स्ववियुमा नयाँ नेतृत्वहरु नआउँदा विद्यार्थीहरुको त्यो आवाजहरुलाई विगत एक दशक देखी सम्बोधन गर्न सकिएको छैन । यता स्ववियु नहुदा क्याम्पस प्रशासन एवं त्यहाँ रहेको प्राध्यापकहरुले आफ्नो मनमौजी तवरले भ्रष्टाचार एवं काम नै नगरी हाजिरी मात्रै बनाई तलब तथा सेवा सुविधा खाने गरेको छन् । हाजिरी सरकारी कलेजमा तर अध्यापन चाहिँ प्राइभेट क्याम्पस मा गएर गर्ने गरेको छन् । क्याम्पस भित्र रहेको ती तमाम सार्वजनिक सम्पत्तिको संरक्षण गरिएको छैन। क्याम्पसमा पढाईको वातावरण राम्रो नभएकोले विद्यार्थी नियमित आउन मान्दैनन र धेरैजसो विद्यार्थीको नजर त्रिवि अन्तरगत रहेको सरकारी कलेज भन्दा प्राइभेट कलेज पहिलो नजर पुग्ने गर्दछ।सबै विद्यार्थी नियमित कक्षामा नआउँदा र प्रध्यापकले ईमानदारीता पुर्वक पढाउन नमान्दा क्याम्पस भित्रको ल्याबमा भएको ती समाग्रीहरु प्रयोग विहिन भएको छन् । लाईब्रेरीको त्यो हजारौं पुस्तकहरुमा माकुराले जाल पारीसकेका छन् । मानौं कि पुरै क्याम्पस अव्यवस्थित भैइसकेको छ। यसो भनौ कि अझै केहि समय यस्तै खराब रहिरह्यो भने क्याम्पस अव्यवस्थित भैइनै सकेको छन् अब बर्बाद हुन पनि समय लाग्दैन । यो सबैको समाधान स्ववियु मार्फत खोज्न सकिन्थ्यो तर रहदै नरहे पछि कसरी होला । आज स्ववियु लाई बचाउनको लागी पुरै देश भरीको त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरु लागेको छन् तर तीनको आवाज माग लाई यो त्रिविले सुन्न मानिरहेका छैनन् । त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुन्छन् । विश्वविद्यालयमा रेक्टर नहुदा विद्यार्थी संगठनका तर्फबाट लगातार निमित्त रेक्टरको ठाउँमा रेक्टर नियुक्ति गर्न माग गरिएको थियो तर प्रधानमन्त्रीले विश्वविद्यालयको रेक्टर नियुक्तिमा आफ्नो राजनीतिक स्वार्थ खोज्नुभयो। जसको परिणाम अहिलेसम्म प्रधानमन्त्री ज्युले त्रिवीमा रेक्टर नियुक्त गर्न सक्नुभएन । स्वयं प्रधानमन्त्रीले उता त्रिवीले पनि विगत एक दशक देखी विद्यार्थीको स्ववियु चुनाव गराउन चाहेको छैनन। स्ववियु चुनाव देखि प्रधानमन्त्री सायद डराउनु भएको छ । वहाँ लाई लाग्दै होला विद्यार्थीको माइन्डेट कहि सरकारको क्रियाकलाप विरुद्धमा नाआओस। त्रिवी चलाउने ती पदिय व्यक्तिहरुलाई पनि स्ववियु नभकै कुरा आनन्द छ। अहिले त्रिवि अन्तरगतको क्याम्पसहरुमा मनपरितन्त्र बढी भएको छ। क्याम्पसमा प्रशासन द्वारा गरिएको गलत विषयहरु माथी बोल्ने कोहि छैनन् । देशमा सबै निकायको चुनाव हुनु तर स्ववियुको नहुने कारण के होलान् । दुई तिहाई बहुमत भएको सरकारले स्ववियु चुनाव गराउन नसक्नु दु:खद कुरा हो। ( आशुतोष झा नवीन) राजनीति शास्त्रको विद्यार्थी एवं नेविसंघ नेता प्रदेश २ फोन नम्बर :9809610940,9848917888

स्ववियु निर्वाचन नहुने दु:खद

 
स्ववियु निर्वाचन नहुने दु:खद
 
आशुतोष झा नवीन
 
 
देशमा सबै निकायको चुनाव हुनु तर स्ववियुको नहुनु दु:खद । स्ववियु निर्वाचन नहुने समस्याबाट गुज्रिँदै आएर ११ वर्षपछि फेरि अहिले १४ फागुनमा हुने निर्वाचनको तयारी हुँदा हुँदै त्रिविले एक पत्र द्वारा अनिश्चितकालको लागी एतिहासिक स्ववियु चुनावलाई रोकिदिए। स्ववियु नहुदा विश्वविद्यालयको शैक्षिक अवस्था हेर्दा अहिले दयनीय अर्थात अव्यवस्थित भएको देखिन्छ । अर्थात् स्ववियू क्रियाशील हुँदा विश्वविद्यालयको शैक्षिक अवस्था राम्रो हुन्थ्यो ।किनकि विद्यार्थीलाई आइपर्ने समस्या र शैक्षिक सुधारमा स्ववियुले सधैं देखी महत्त्वपूर्ण भुमिका खेलीरहन्थ्यो। नियमित रूपमा भैरहने स्ववियु चुनावको कारण नेपालको विद्यार्थी आन्दोलनले पुनर्ताजगी पाईरहन्थ्यो। तर यसपटक फेरि त्रिवि र विद्यार्थी संघसंगठनहरुको नेतृत्व पंक्ति नमिलेकै कारणले चुनाव नहुने निश्चित भैइसकेको जस्तै छ। स्वतन्त्र विद्यार्थी युनियन नेपालको विद्यार्थी आन्दोलनको जीवनरेखा नै हो। स्ववियु बिनाको विद्यार्थी आन्दोलनले कुनै परिभाषा दिन सक्दैनन् ।त्यसैले स्ववियु र विद्यार्थी आन्दोलन दुवै एउटै हुन् ।तथापि स्ववियुको आवश्यकता बारे विद्यार्थी संघसंगठनहरुका नेतृत्व पंक्तिहरु तथा त्रीवी जिम्मेवार बन्न नसक्दा नियम अनुसार दुई दुई वर्षमा भैहाल्नुपर्ने र विगत १० वर्ष देखी देशभरीका कलेज विश्व विद्यालयहरुमा स्ववियु निर्वाचन नहुदा विद्यार्थीहरुको हकहित र अधिकारको लागी खडा भएको स्ववियु यसपटक पनि प्रभावहिन भएको छन् ।त्यसो स्ववियु निर्वाचन को बहस ,चर्चा र तयारी पटकपटक नभएको होइन । तर , एउटा त्रिविको चाहना नहुनु र विभिन्न बहानामा विद्यार्थी संघसंगठनहरुको नेतृत्वपंक्तिमा बसेका नेताहरुको आ आफनै स्वार्थका कारण विगतमा जस्तै यसपालि पनि तोकिएको समयसीमा भित्र स्ववियु निर्वाचन हुन सकेनन् । इतिहास बदल्ने गौरवमय त्यो जग माथि उभिएको भएको विद्यार्थी आन्दोलनको गरिमालाई पुनर्ताजगी गर्न यसपटकको स्ववियु निर्वाचनले महत्त्वपूर्ण भुमिका खेल्थ्यो तर पुनः चुक्यो। युगान्तकारी परिवर्तनको एक हिस्सेदार बनेको विद्यार्थी आन्दोलन परिवर्तन को नयाँ कोर्स सहित स्ववियु मार्फत आम युवा विद्यार्थी नयाँ एजेन्डा र नेतृत्व लिएर पुनः संगठित हुने छ्न भन्ने कुरा सोच्न नसक्दा आज पुनः तोकिएको समयमा चुनाव भएन र अनिश्चितकालको लागि रोकिए ।यो दु:खद हो। आफ्नो संगठनले जित्ने ग्यारेन्टी भए मात्र स्ववियु निर्वाचन को माग पत्र बोकेर दबाब , आन्दोलन र संघ र्ष गर्न तयार हुने तर जित्ने निश्चित नभए स्ववियु निर्वाचन रोक्न एवं समय सिमा सार्न को लागि पर्ने संकीर्ण मनोदशा बाट विद्यार्थी संगठनहरुका नेतृत्व पंक्तिहरु बाहिर निस्क्न सकेनन् । सबै संगठन ले आ आफ्नो विचार , योजना ,एजेन्डा र नेतृत्व लिएर विद्यार्थी बिच जानू पर्ने हो । त्यसपछि त्याहा भएको लोकतान्त्रिक प्रतिस्पर्धा बाट कोहि जित्ने छन् या हार्ने छन् । चुनावी ग्राउन्डमा कसैले हार्छ र कसैले जित्छ तर स्ववियु निर्वाचन नै नभए कसरी कसैको हारजीत होलान् । पटकपटक स्ववियु चुनावको मिति घोषणा गरिए पनि संघसंगठनहरु आआफ्नो ठाउँमा हारिहाल्ने डर त्रासको कारण चुनावनै नगाराउने खेलमा परी मख्ख भएको छन् । देश भरी रहेको त्रिवि अन्तरगतको कलेजहरु समयमै स्ववियु निर्वाचन मार्फत स्ववियुमा नयाँ नेतृत्वहरु नआउँदा विद्यार्थीहरुको त्यो आवाजहरुलाई विगत एक दशक देखी सम्बोधन गर्न सकिएको छैन । यता स्ववियु नहुदा क्याम्पस प्रशासन एवं त्यहाँ रहेको प्राध्यापकहरुले आफ्नो मनमौजी तवरले भ्रष्टाचार एवं काम नै नगरी हाजिरी मात्रै बनाई तलब तथा सेवा सुविधा खाने गरेको छन् । हाजिरी सरकारी कलेजमा तर अध्यापन चाहिँ प्राइभेट क्याम्पस मा गएर गर्ने गरेको छन् । क्याम्पस भित्र रहेको ती तमाम सार्वजनिक सम्पत्तिको संरक्षण गरिएको छैन। क्याम्पसमा पढाईको वातावरण राम्रो नभएकोले विद्यार्थी नियमित आउन मान्दैनन र धेरैजसो विद्यार्थीको नजर त्रिवि अन्तरगत रहेको सरकारी कलेज भन्दा प्राइभेट कलेज पहिलो नजर पुग्ने गर्दछ।सबै विद्यार्थी नियमित कक्षामा नआउँदा र प्रध्यापकले ईमानदारीता पुर्वक पढाउन नमान्दा क्याम्पस भित्रको ल्याबमा भएको ती समाग्रीहरु प्रयोग विहिन भएको छन् । लाईब्रेरीको त्यो हजारौं पुस्तकहरुमा माकुराले जाल पारीसकेका छन् । मानौं कि पुरै क्याम्पस अव्यवस्थित भैइसकेको छ। यसो भनौ कि अझै केहि समय यस्तै खराब रहिरह्यो भने क्याम्पस अव्यवस्थित भैइनै सकेको छन् अब बर्बाद हुन पनि समय लाग्दैन । यो सबैको समाधान स्ववियु मार्फत खोज्न सकिन्थ्यो तर रहदै नरहे पछि कसरी होला ? पन्चायती शासन , संकटकाल र जनआन्दोलन पश्चात् पनि २०६५ सालमा मा स्ववियु निर्वाचन भएकै हो।त्यसपछि आएर संविधान बन्ने बेला स्ववियु निर्वाचन नहुदा विभिन्न कारण हरु देखाइयो तर अहिले संविधान पनि बनिसकेको छ । आमूल परिवर्तनको लागी विभिन्न कालखण्डमा गरिएको परिवर्तनकारी संघर्ष पश्चात् मुलुकले लोकतान्त्रिक गणतन्त्रमा पाईसकेको अवस्था छ। २० वर्ष देखि स्थानीयले जनप्रतिनिधि पाएका थिएन र त्यो पनि लोकतान्त्रिक चुनाव मार्फत पाईसके। लगभग देशमा सबै निकाय चुनाव भए र हुँदैछ तर विद्यार्थी आन्दोलनको रूपमा लिईने स्ववियु चुनाव हुन नसक्नु आम विद्यार्थीहरु लागी एकदमै दु:खद कुरा हो। स्ववियु चुनाव नहुना ले एतिहासिक विद्यार्थी आन्दोलनको जग नै गुम्ने खतरा महसुस भएको छ। समय अझै पनि छ त्रिविद्वारा छिट्टै स्ववियु चुनाव गराईयोस। ( आशुतोष झा नवीन) राजनीति शास्त्रमा अध्ययनरत एवं नेविसंघ नेता प्रदेश २। फोन नम्बर : 9848917888 , 9809610940

Monday, January 20, 2020

भ्रमण वर्षले छोएन

भ्रमण वर्षले छोएन
महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । महोत्तरी जिल्लामा रहेको दर्जनौ ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदाहरुमा भ्रमण वर्षको कुनै पनि झल्को देखिएको छैन् ।
जिल्लामा रहेको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर, सो संगै रहेको ५१ शक्तिपिठ मध्येकै एक उमा महोदरी, महोत्तरीको नामाकरणसंग जोडिएको महोदरी पोखरी, मटिहानी स्थित मठ तथा त्रेताकालिन लक्ष्मीनारायण सर (सीताको मटकोरको लागि माटो खनिएको पोखरी), मंगलनाथ, टुटेश्वरनाथ, कारिक महाराज, रौजामजार, विद्यापति डिह जस्ता दर्जनौ ऐतिहासिक तथा धार्मिकस्थलहरु अहिले पनि सुनसान नै छन् ।
पर्यटकीयस्थलहरुलाई चिनाउन र प्रचारप्रसार गर्न नसक्दा यि ऐतिहासिक तथा धार्मिकस्थलहरुलाई भ्रमण वर्षले नछोएको भिजिट जलेश्वरका संस्थापक राकेशप्रसाद चौधरीले जानकारी दिनुभयो । अहिले गाउँ गाउँमा सिंहदरवार आएको छ, सबै तहले पर्यटकीयस्थल बनाउन आ–आफ्नो खाका बनाएर जादाँ मात्रै हुने वताउनुहुदै चौधरीले भन्नुभयो,‘ ‘बजाउन जाने पो बज्छ मुरली’ झै स्थानीयतह र यहाँका वासिन्दाहरुले नलागेसम्म केही हुदैन् ।’

जलेश्वरनाथ परिचय पुस्तकका लेखक समेत रहनुभएका चौधरीले केही दिन अगाडी भिजिट मधेशले भ्रमण वर्ष २०२० को अवसरमा कार्यक्रम गरेको चर्चा गर्नुहुदै महोत्तरीका दर्जनौ पर्यटकीयस्थलहरु रहेपनि सरकारको उदासिनता र प्रचार प्रसार अभावले गुमनाम रहेको बताउनुभयो । प्रचारप्रसार अभाव र सरोकारबालाहरुको उदासिनताले यो क्षेत्रले पर्यटक भित्रयाउन असफल देखिएको उहाँको कथन थियो । 
सरकारले सन् २०२० लाई भ्रमण दशकको रुपमा मनाउने विचार गरिरहेको परिप्रेक्ष्यमा स्थानीयतहहरुले पनि आ–आफ्नो सेवा क्षेत्रमा रहेका पर्यटकीयस्थलहरुको प्रचारप्रसार र पर्यटक भित्रयाउने योजना बनाउनुपर्ने जलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद राजाले बताउनुभयो । जिल्लामा पर्यटकिय दृष्टिकोणले हेर्दा पौराणिक, धार्मिक, साँस्कृतिक महत्त्व बोकेको थुपै्र मठ, मन्दिर, जलाशयहरु छन् तर उचित योजना र खाकाको अभावमा त्यस्तै रहेको बताउनुभयो ।
मिथिलाञ्चलको लामो दुरीको पदयात्रा भनेर चिनिने परिक्रमा अर्थात पञ्चकोशी परिक्रमाको १५ पडावस्थलमध्ये पाँचवटा पडावस्थल महोत्तरीमै रहेको छ । मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड र कञ्चनवन रहेका पडावस्थलहरुको पनि आफ्नै पौराणिक, धार्मिक तथा साँस्कृतिक महत्व रहे पनि उनीहरुको पनि संरक्षण र सम्बद्र्धन हुन नसकेको देखिएको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य नविन कुमार नवलले जिल्लामा मंगलनाथ, टुटेश्वरनाथ, सिद्धनाथ महादेवसहित मैथिली साहित्यका महाकवि विद्यापतिको प्रवासकालिन गढ रहे पनि उचित संरक्षण हुन नसक्दा पर्यटक आउन नसकेको बताउनुभयो । विद्यापतिको प्रवासकालिन गढबारे विवाद रहेपनि सरकारले यसको निरुपण समेत गर्न नसकेको तथ्य प्रस्तुत गर्नुहुदै पर्यटक भित्रयाउने प्रशस्त सम्भावना भएपनि महोत्तरीबासी यसको लाभ लिन नसकेको गुनासो गर्नुभयो ।
बाटोधाटोको रुपमा सुगम भएपनि पर्यटकहरुलाई एक दिन र रातसम्म टिकाउने उचित पूर्वाधार समेत नभएको प्रति चिन्तित हुदै उहाँले स्थानीयतहहरुले अब यसको लागि एकजुटभएर अगाडी बढनुपर्ने वताउनुभयो । 
@भ्रमण@महोत्तरी@जलेश्वर@ऐतिहासिक@धार्मिक@साँस्कृतिक@महत्व@५१ शक्तिपिठ मध्येकै एक उमा महोदरी

मुसहरवस्तीका बालिका पुरस्कृत

मुसहरवस्तीका बालिका पुरस्कृत
नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, पुस १७ गते । आफु पनि बालविवाह गर्दिन र आफ्नो समुदायमा हुने बालविवाह रोक्न प्रयत्नशील हुन्छु भन्ने प्रतिवद्धता जनाएकी चेपकटका मुसहर समुदायका बालिका रुवी कुमारी सदालाई औरही नगरपालिका प्रमुखले सम्मान गर्नुभएको छ ।
औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले रुवी कुमारीको बोल्ने कला र बालविवाह गर्दिन् भन्ने गर्नुभएकी प्रतिवद्धताबाट खुशी भएर १ हजार १ सय रुपैयासहित पुरस्कृत र सम्मान गर्नुभएको हो । त्यसैगरी सोही ठाउँकी संगिता कुमारी सदालाई पनि वस्तीमा सरसफाई गर्ने÷गराउने प्रतिवद्धताले खुशी हुदै प्रमुखले पुरस्कृत र सम्मान गर्नुभएको हो । अँग्रेजीमै परिचय दिएकी रुवीले आफु आत्मनिर्भर भएपछि मात्रै विवाह गर्ने र यस वस्तीका अरु बालिकाहरुलाई पनि बालविवाह गर्नबाट रोक्ने वताएकी थिइन ।
यु.के.एड डाइरेक्ट ÷स्ट्रिट चाइल्ड नेपालको आर्थिक सहयोगमा महिला जागरण समाज जनकपुरले मुसहर समुदायमा रहेको व्यथालाई न्यूनीकरण गर्न सञ्चालन गरेको जीवन उपयोगी शिक्षा कार्यक्रमको निरिक्षणको क्रममा पुग्नुभएका औरही नगरपालिकाका मेयर यादवले मुसहरबस्तीका बालिकाहरुको ओजपूर्ण अभिव्यक्ति सुनेपछि पुरस्कृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा पछाडि परेका मुसहरवस्तीका बालिकाहरुमा यसरी शिक्षा आउनु सकारात्मक रहेको र यसले अरुलाई पनि प्रेरणा मिलोस भन्ने हेतुले सम्मान र पुरस्कृत गरेको हुँ ।’

शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक, स्वास्थ्य, विकास लगायत अन्यान्य सबै क्षेत्रमा पछाडि रहेका यी समुदायमा बालविवाह सामान्य मानिन्छ । सोही कारणले यस समुदायमा कुपोषणको समस्या पनि व्याप्त रहेको बताउनुहुदै प्रमुख यादवले यसरी यस समुदायका बालिकाहरुमा चेतना जाग्नु ठुलो कुरा रहेको बताउनुहुदै जीवनोपयोगी शिक्षा प्रदान गर्ने संस्थाहरुलाई धन्यवाद समेत दिनुभयो । उहाँले किशोरीहरुलाई आफ्नो सम्पर्क नम्बर दिनुहुदै बालविवाह भइरहेको जानकारी आफुलाई वा नजिकको प्रहरी चौकीमा गराउन समेत आग्रह गर्नुभएको थियो ।
मुसहर समुदायमा लैङ्गिक समानता प्रवद्र्धन गर्न, मुसहरवस्तीका किशोरीहरुलाई दु्रत सिकाई कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०१८ देखि संचालित केन्द्रमा उनीहरुलाई नागरिक चेतना, सुरक्षित मातृत्व, पञ्जीकरण, बृहत्तर यौनिकता, परिवार नियोजन जस्ता १ सय ४० वटा पाठ पढाएर जीवन उपयोगी शिक्षा दिइएको कार्यक्रमका सुपरभाइजर रिंकु ठाकुरले जानकारी दिनुभयो ।
मुसहर समुदायका १५ वर्ष देखि २३ वर्ष उमेर समुहका विद्यालय जानबाट बञ्चित वा विद्यालय छाडेका किशोरीहरुलाई टिमकियामा लाँलिगुरास सिकाई केन्द्र तथा चेप्कटमा जय माँ सारदे सिकाई केन्द्र नाम समुह गठन मुसहरवस्तीका बालिकाहरुलाई जीवनोपयोगी शिक्षा प्रदान गरिदै आएको कार्यक्रम संयोजक शशि भुषण रायले जानकारी दिनुभयो । उहाँले टिमकीया र चेप्कटमा गरी चारदर्जन बालिकाहरुलाई कार्यक्रममा सहभागि गराई शिक्षा प्रदान गदै आएको बताउनुभयो ।
नगरप्रमुख यादवले दुवै केन्द्रको अनुगमनपश्चात बालिकाहरुमा देख्नुभएको परिवर्तनले खुशी हुदै नगरपालिकाको तर्फबाट पोशाक वितरण गर्ने घोषणा समेत गर्नुभएको थियो । टिमकीयाका किशोरीहरुले सार्वजनिक दलान नहुँदा पठनपाठमा समस्या भइरहेको जानकारी गराएपछि उहाँले त्यसको लागि पनि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
वि.सं. २०६८ को जनगणना अनुसार तराईका दलितहरु मध्ये सबभन्दा बढी पछाडि रहेका मुसहरहरुको जनसंख्या महोत्तरीमा ३ हजार ३ सय रहेको छ । 
@Musharbalika@Mahottari@Education@Sudhar

Monday, January 13, 2020

मानसिक गरिबीले प्रदेश २ को शिक्षा कमजोर


मानसिक गरिबीले प्रदेश २ को शिक्षा कमजोर

Nagendra Kumar Karna
नागेन्द्रकुमार कर्ण
महोत्तरी

‘निजी स्कुलका शिक्षकहरु १० मिनेट अगाडि विद्यालय पुग्छन् भने सरकारी विद्यालयका शिक्षक १० मिनेट पछाडि पुग्छन् । निजीको तुलनामा सरकारी विद्यालयका शिक्षकलाई तालिम राम्रो दिइन्छ । सरकारी शिक्षकहरुले तलब पनि राम्रो पाउँछन् तर व्यवस्थापन राम्रो छैन । त्यसैले सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन् । शिक्षक नेताहरुले आन्दोलन गर्दै राहत, अस्थायीलाई स्थायी गर भन्दै हिड्छन् । कसरी प्रभावकारी तरिकाले अध्यापन गराउने भन्ने बारेमा सोच्दैनन् । उनीहरु जागिरको झोली थाप्दै हिँड्छन् । विद्यार्थीलाई राम्ररी अध्यापन गराउँदैनन् ।’ शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको यो भनाई हो । डा.कोइरालाले समग्र देशकै सामुदायिक विद्यालयहरुमा भएको शिक्षाको अवस्थालाई इंकित गर्नुभएपनि प्रदेश २ को अवस्था झन यो भन्दा कहालीलाग्दो रहेको छ । अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सामुदायिक र संस्थागत विद्यालय दुवैको शिक्षण अवस्थामा आकाश पातालको फरक रहेको छ । संस्थागत विद्यालयहरु यसक्षेत्रमा शिक्षामा प्रभावकारी भूमिका (पहुँच र गुणस्तर दुवैमा) खेल्न थालेका छन् भने सामुदायिक विद्यालयहरुमा शिक्षाको स्तर दिनानुदिन खस्किदै गएको छ । एकातर्फ शिक्षकहरु कक्षाकोठालाई शिक्षणको लागि प्रभावकारी बनाउन सकेका छैनन् भने अर्कोतर्फ विद्यार्थीहरुको सिकाई क्षमतालाई समेत ध्यान नदिइकनै शिक्षण प्रक्रिया अगाडी बढाएको कारणले पनि शिक्षामा यो प्रदेश पछाडी परेको भन्न सकिन्छ । यसक्षेत्रमा सामुदायिक विद्यालय भद्रगोल, लथालिँग, राजनीतिकरणले भरिएको, कोलाहलले भरिएको, परिणामविहिन, गुणस्तरहीन रहेको अधिकाँशको सोच र बुझाई रहेको छ । यो सोच र बुझाईलाई परिवर्तन नगरेसम्म शिक्षामा बहुआयामिक परिवर्तनको आशा गर्नु बेकार छ । कतिपयलाई लाग्ला शिक्षामा परिवर्तन असम्भव छ तर हामीले यथास्थितीवादी सोचलाई नहटाएसम्म यो कोरा कल्पना पनि हो । राजनीतिक विश्लेषक सिके लालले भने झै हामीमा रहेको मानसिक, वैचारिक, कल्पना, आत्मविश्वासको गरिबीलाई हटाएर लाने हो भने मात्रै शिक्षामा समृद्धिको बाटो समात्न सक्छौं । हामीले दुर्वलपक्षलाई अहिलेसम्म लादेर हिडिरहेका छौं, सवल पक्षलाई चिन्नै छाडिसकेका छौं । कस्तुरी मृग झै आफ्नै नाभीमा रहेको कस्तुरीलाई नचिनेर जंगल जंगलै भौतारिन हामी विवश छौं । नाभीको कस्तुरीलाई चिन्न जरुरी छ र जुन दिन हामीले सकारात्मकतालाई अंगालेर अगाडी बढछौं गन्तव्य त्यही दिन नजिक हुने र हामी शिक्षामा अगाडी बढन सक्छौं । 
लेखक रोविन शर्माले ‘कोही पनि बच्चा अज्ञानी छैनन् । सबै बच्चा केही न केही कुरामा विद्धान छन् । हाम्रो काम भनेकै उनीहरुलाई खोज्नु हो । उनीहरुलाई प्रेरित गर्ने हो ।’ भन्नुहुन्छ तर अहिलेका शिक्षकहरु बाटो देखाउनुभन्दा बढी आफै बाटोसम्म पुगेर शिक्षा दिने गरेका छन् । शिक्षकको मूल काम विद्यार्थीहरुलाई बाटो देखाउनु हो न कि उनीहरुलाई गन्तव्य सम्म आफै पु¥याउने । विद्यार्थीलाई माछा मार्न सिकाउने न हो न कि उनीहरुलाई माछा समातेर दिने । तर अहिलेको शिक्षामा यस्तै प्रवृत्ति हावी भएको देखिएको छ । बालबालिकाहरुमा आफै क्षमता हुने भएकोले शिक्षकहरुले उनीहरुलाई जिज्ञासु बनाइदिने हो तर अहिलेका शिक्षकहरु भने अपवाद देखिन्छ । उनीहरुमा न त नयाँ सोच नै छ न त शिक्षणको नयाँ शैली नै । सरकारले पठनपाठनको लागि जति पनि नीति, नियम बनाएपनि कक्षाकोठामा त्यसको प्रयोग गरिएन भने ‘काग कराउदै जान्छ पिना सुख्दै जान्छ’ झै हुन जान्छ । सामुदायिक विद्यालयको गुणस्तरीयताको लागि शिक्षक मात्रै दोषी छन् भन्नु सूर्यलाई हत्केलाले छोपेर अँध्यारो भयो ठान्नु सरह हुन्छ । शिक्षकसहित विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक तिनटैको त्रिकोणीय श्रृखला तयार नभएसम्म र उनीहरुले आ–आफ्नो जिम्मेवारी इमान्दारीसाथ निर्वाह नगरेसम्म समस्या ज्यूँकात्यूँ नै रहने देखिन्छ । ‘मलाई पढ्न मन पर्दैन्, म पढाईलाई घृणा गर्दछु । मलाई सिक्न मन पर्दछ । सिक्नु नै सबभन्दा सुन्दर कुरा हो ।’ अभिनेत्री नाटाली पोर्टम्यानले भने झै तरिका शिक्षक, विद्यालय प्रशासन र शिक्षा नीतिले लिनु आजको आवश्यकता देखिन्छ ।

तथ्याँकमा प्रदेश २

मधेशबाट विगतदेखि नै परशुनारायण चौधरी, अनिरुद्धप्रसाद सिंह, डम्बरनारायण यादव, सर्वेन्द्रनाथ शुक्ल, चित्रलेखा यादव, गिरीराजमणी पोखरेल(महोत्तरी) सहितका शिक्षामन्त्री भइसक्नुभएको छ तर पनि शिक्षामा पहुँच र गुणस्तरको दृष्टिकोणले प्रदेश नं. २ ज्यादै नै कमजोर रहेको छ । स्वास्थ्य, शिक्षा र प्रति व्यक्ति आयलाई आधार मानेर निकालिने मानव विकास सुचकाँकमा प्रदेश २ को स्थिती ०.४२२ रहेको छ जुन देशकै मानव विकास सुचकाँकभन्दा कम रहेको छ ।
आर्थिकरुपमा पर्यटनको प्रशस्त सम्भावना बोकेको यो प्रदेशमा मठमन्दिर, पोखरी जलाशयहरु प्रशस्त छन् । उच्च जनसंख्या, समथर भुभाग, प्रशस्त खेतीयोग्य जमिनको आधारमा प्रदेश २ को स्थितीलाई आँकलन गर्ने हो भने समृद्धिका प्रशस्त सम्भावनाहरु बोकेको देखिन्छ तर ति सम्भावनाहरुको मुख्य श्रोत मानिएको शिक्षामा नै यो कमजोर भएपछि अन्य विषयवस्तु तपसिलकै भएर जान्छ । नेपालकै शिक्षाक्षेत्रमा सबभन्दा कमजोर मानिएको रौतहट, सर्लाही, महोत्तरी यस प्रदेशकै जिल्लाको रुपमा रहेको छ । विद्यालय टाढा नहुनु, भौगोलिक सुगमता हुनु, विद्यालयको भौतिक संरचना हुनु, शिक्षकहरु पनि उपलब्ध हुनु, पाठयपुस्तक र पुस्तकालयको व्यवस्था हुनु राम्रो र सकारात्मक पक्ष भएपनि कक्षाकोठा भित्रका पठनपाठनसहितका अन्य क्रियाक्लाप नहुँदा शिक्षाको स्तर खस्किएको हो ।
२०६८ को तथ्यांकअनुसार नेपालको साक्षरता प्रतिशत ६५.९४ प्रतिशत देखिन्छ । जसमा प्रदेश नं. २ को सबैभन्दा कम ४९.५४ रहेको छ । साक्षरताको हिसावले प्रदेश नम्बर तीन सबैभन्दा बढी ७४.८५ र कर्णाली प्रदेशको ६२.७७ साक्षरतादर देखिन्छ । प्रदेश २ मा रहेको विद्यालयहरुको अवस्थालाई हेर्दा समग्र देशको १० प्रतिशत रहेको भन्न सकिन्छ । शिक्षामन्त्रालयले विसं २०७२ सालमा प्रकाशित गरेको विद्यालयस्तरको शिक्षा सम्वन्धी तथ्यांक अनुसार यस प्रदेशमा ३ हजार ५८६ विद्यालयहरु रहेका छन् । जसमा आधारभूत तह (कक्षा १ देखि ८ सम्म)  २ हजार ९०९ वटा  र माध्यामिक तह (कक्षा १ देखि १२) ६७७ वटा रहेका छन् । त्यसै गरी यस प्रदेशमा समग्र देशको करिब ५ प्रतिशत संस्थागत विधालयहरु रहेका छन । प्राथमिक तहमा नेपालको समग्रमा भर्ना दर ९७.२ प्रतिशत रहेकोमा यस प्रदेशमा ९५.७ प्रतिशत छ । कक्षा ६ देखि ८ सम्मको भर्नादर समग्रमा ८७.४ प्रतिशत रहेकोमा यस प्रदेशमा सबैभन्दा कम ६२.८ प्रतिशत छ र कक्षा ९ र १० को भर्नादर समग्र नेपालको तथ्यांक ६५.९ प्रतिशत रहेकामा यस प्रदेशमा सबैभन्दा कम ५६.३ प्रतिशत रहेको छ । शिक्षकहरुको असमान वितरण प्रणालीको कारणले पनि यो प्रदेशको कुनै विद्यालयमा बढी शिक्षक शिक्षिका छन् भने कतिमा शिक्षकको पूर्णतः अभाव रहेको छ । विद्यार्थी अनुपातमा शिक्षकको दरवन्दी मिलानको समस्या अन्य प्रदेशको तुलनामा यसप्रदेशका जटिल नै छ । महिला शिक्षक मुलुकभर ३६.८८ प्रतिशत रहेकोमा यस प्रदेशमा सबैभन्दा कम २४.१९ प्रतिशत मात्र छन् । त्यस्तै निम्नमाध्यमिक र माध्यमिक तहमा विद्यार्थीको लैङिक सूचक देशभरिमै नि.मा.वि. ८७.४ प्रतिशत र माध्यमिकमा ०.९८ प्रतिशत रहेकोमा सबैभन्दा कम यस प्रदेशमा ०.८७ प्रतिशत छ । उच्च शिक्षाका पूर्वाधारको हिसाबले समेत प्रदेश २ अरु भन्दा पछाडी रहेको देखिन्छ । यस प्रदेशमा राजर्षी जनक विश्वविद्यालय भर्खरमात्र संचालनमा आएको छ भने एकमात्र र्इ्न्जिनियरिङ कलेज जनकपुरमा र एकमात्र मेडिकल कलेज बिरगंजमा सञ्चालनमा रहेको छ । सरकारले अर्को मेडिकल सञ्चालनको लागि बर्दिबासमा स्थान तोकेर प्रक्रिया अगाडी बढाइसकेको अवस्था छ ।

के गर्नुपर्छ

कर्तव्यवोध, जवाफदेहिता, इमान्दारीता, उत्तरदायित्वको वहन कुनै पनि राम्रो कामको शुभ संकेत हो । पहिलाको एकात्मक केन्द्रीकृत शासन प्रणालीले शिक्षालाई जे जस्तो अवस्थामा राखेपनि आगामी दिनहरुमा भने पन्छिनु पाउने बाटो छैन् । अहिले शिक्षाको अधिकार स्थानीय र प्रदेश सरकारमा आएको छ । नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षालाई मौलिक हकको रुपमा स्थापित गर्दै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने सुनिश्चितता गरेको छ । सो अधिकारलाई कार्यान्वयनको लागि संविधानले नै शिक्षाको शासकीय र व्यवस्थापकीय अधिकार स्थानीयतहलाई दिएको छ । संघीय सरकारले शिक्षक सरुवा, हटाउन र करारमा राख्न पाइदैन् भनेर बेलावखत अल्मलाएका छन् तर जे जस्तो भएपनि अब प्रदेश सरकार र स्थानीय सरकारले शिक्षामा गुमेको साखलाई फर्काउन कसरत थाल्नुपर्छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले पटक पटक शिक्षासम्बन्धी कार्यक्रममा अबको शिक्षा नीति प्रदेशले नै बनाउने र शिक्षामा अग्रगामी फडको मार्ने वताउँदै आउनुभएको छ । प्रदेश सरकारले ‘बेटी पढाई, बेटी बचाउ’ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा छात्राहरुको संख्या बढाउन र उनीहरुलाई विद्यालयमा टिकाउनको लागि साइकल वितरणसहित छात्रवृत्तिहरु समेत दिने गरी कार्य प्रदेश सरकारले गरिरहेको छ । त्यसैगरी विभिन्न विद्यालयहरुमा ठुलो समस्याको रुपमा रहेको विद्यार्थी अनुपातको शिक्षक दरवन्दी मिलानको समस्यालाई समेत ध्यानमा राखेर कामकाज भइरहेको छ । प्राविधिक र व्यवसायिक शिक्षाको माध्यमबाट सक्षम जनशक्ति उत्पादन गर्ने गरी शिक्षा नीति ल्याई गुणस्तरीय र जिवनोपयोगी शिक्षाको अनिवार्यता गर्ने सोचमा प्रदेश सरकार रहेको मुख्यमन्त्रीले धेरै कार्यक्रमहरुमा भन्नुहुन्छ ।
त्यसैगरी संघीय सरकारले पनि नीति तथा कार्यक्रममा विद्यार्थी भर्नादेखि प्राथमिक तहमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई माध्यमिक तह पुरा गराउने संकल्प लिदै नेपाललाई साक्षर घोषणा गरिने गरी सरकारले गृह कार्य थालेको र कम्तीमा पनि सबै नेपालीले हस्ताक्षर गर्न सक्ने गरी साक्षर बनाउन लागिसमेत परेको छ । सरकारले छात्रवृत्ति, दिवाखाजा, निशुल्क पाठयपुस्तक, पुस्तकालय, प्रयोगशालालगायतका कार्यक्रमहरु ल्याई गुणस्तरीय शिक्षामा जोड समेत दिएको देखिन्छ । आगामी वर्षभित्रमा देशलाई नै पूर्ण साक्षर घोषणाको लागि २० करोडभन्दा बढी खर्चिनुपर्ने वाध्यता रहेको छ । सरकारले साक्षरता घोषित नभएका जिल्लाका पालिकाहरुलाई निरक्षरता उन्मूलन गर्न ४ देखि १४ लाखसम्म रकम समेत उपलब्ध गराएको छ । जसमा प्रदेश नं. २ मा रहेको ८ वटै जिल्ला परेका छन् । महोत्तरीका सबै पालिकालाई १० लाख, धनुषा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्साका प्रत्येक पालिकाहरुले यस अभियान अन्तर्गत १४ लाख रकम पाउनेछन् । अहिले देशको ७७ जिल्लामध्ये ५२ जिल्ला मात्रै साक्षर घोषणा भएको देखिन्छ । संघीय सरकार, प्रदेश सरकारले शिक्षामा केही बजेट ल्याएर शिक्षालाई उकास्न मद्दत गरेपनि स्थानीय सरकार भने यसमा चुकेको भन्न सकिन्छ । स्थानीय जनप्रतिनिधिहरु आएको दुई वर्ष हुन लाग्यो तर त्यो दुईवर्षमा सडक, पुल, पुलेसा, अन्य कार्यक्रमहरु बाहेक शिक्षामा लगानी कमजोर देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि शिक्षामा स्थानीय तहहरुले नगन्य रुपमा बजेट छुटयाएको देखिएको छ । प्रदेश नं. २ सरकारले कुल बजेटको ०.३५ प्रतिशत मात्रै बजेट शिक्षामा छुटयाएको छ । जवकी संघीय सरकारले कुल बजेटको १०.६८ प्रतिशत शिक्षामा छुटयाएको छ ।
त्यस्तै प्रदेश २ मा विभिन्न अध्ययनहरुले विद्यार्थीहरुको सिकाई अवस्था समेत कमजोर अवस्थामा देखाएको छ । शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावकहरुको समन्वय नहुँदा र सबैले आफनो तोकिएको जिम्मेवारी पुरा नगरेकै कारणले शिक्षामा विभिन्न पूर्वाधारहरु कमजोर अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ८ वटा जिल्लाको कार्यसम्पादन परीक्षण गरेको थियो । जसमा प्रदेश २ को सिरहा जिल्ला समावेश गरिएको थियो । कार्य सम्पादन परीक्षणको क्रममा कक्षा शिक्षणको प्रभावकारिताको अवस्थाबारेमा गरिएको परीक्षणमा सिरहा जिल्लामा कक्षा शिक्षणका प्रभावकारिता कमजोर अवस्थामा रहेको पाइएको थियो । त्यसैगरी विद्यार्थी मूल्याङ्कनको जिल्लागत अवस्थामा पनि सिरहा कमजोर रहेको देखियो । त्यस्तै शिक्षकको पेशागत विकासको अवस्था कमजोर, कक्षा दोहो¥याउने दरको अवस्था सामान्य, सिकाई उपलब्धिको अवस्था सामान्य, शिक्षकको पेशागत सन्तुष्टिको अवस्था सामान्य पाइएको थियो । यो परीक्षण सिरहा जिल्लामा गरिएपनि प्रदेश २ को अन्य जिल्लाको तुलनात्मक रुपमा अवस्था यस्तै रहेको भन्न सकिन्छ ।

अन्त्यमा,

शिक्षाको मुख्य उद्देश्य जिवन र जगतलाई बुझनु र सोही अनुसारको आचरण गर्नु, राम्रो नराम्रोको भेद बुझनु । शिक्षाको लागि अक्षर ज्ञान नै जरुरी छ भन्ने विषयमा मतभेद छ । पढेर शिक्षाको प्राप्ती हुन्छ भन्ने अनुभवबाट पनि शिक्षाको प्राप्ती हुन्छ । पहिला पहिलाका बुढापाकाहरुलाई अक्षरको त्यत्ति जानकारी थिइन तर उनीहरुको अनुभव, सुझवुझबाट थुप्रै कुरा भन्न सक्थे र सत्य पनि हुन्थ्यो । पहिला पहिला घडी नआएसम्म बुढापाकाहरु सुर्यको प्रकाश पृथ्वीमा आएपछि त्यसको छायाबाट सही समय भन्न सक्थे त्यसलाई शिक्षा मान्ने कि नमान्ने ? शिक्षाको केन्द्रमा महत्वपूर्ण भुमिका शिक्षकको नै हुन्छ । बालबालिकाको पहिलो शिक्षक आमावुवा हो भने त्यसपछि मात्रै अन्य हो भनिन्छ । विज्ञानले बच्चा जन्मिँदा उनीहरुको दिमाग २५ प्रतिशतले भरिसकेको हुन्छ भनेर अध्ययन गरेका छन् । बालबालिकाहरुको बुझने, जान्ने सिक्ने मुख्य उमेर भनेको ३ वर्षदेखि १४ वर्षसम्म हो भनेर विज्ञानको ठम्याई छ । त्यसपछि काम लाग्ने कुराहरु प्रयोगमा ल्याउने र नभएको कुराहरु फाल्ने गरी कामकाज हुन्छ । त्यसैले पनि महत्वपूर्ण यो वर्षमा बालबालिकाहरुलाई ‘लायक’ बनाउने मुख्य जिम्मेवारी शिक्षकको नै हुन्छ । शिक्षा आयोगको विभिन्न प्रतिवेदनहरुले मुख्यतः प्राथमिकतामा राखेको विषयवस्तु नै शिक्षाको गुणस्तर माथि उठाउने हो । यसको लागि प्रतिवेदनहरुले दक्ष,योग्य, शिक्षक उत्पादन गर्ने, सम्पूर्ण विद्यालयहरुमा विज्ञान, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, आधुनिक जिवनोपयोगी शिक्षाको लागि प्रयोगशालाहरु निर्माणमा बढी जोड दिएको देखिन्छ ।  यद्यपी प्रतिवेदनहरु बनेपनि कतिपय सार्वजनिक नै गरिएका छैनन् भने गरिएकाहरु पनि कार्यान्वयनमा आएको अवस्था छैन् । त्यसैले पनि शिक्षकहरुले आफुलाई केन्द्रमा राखेर गरिबीको कुनै पनि आयामलाई नराखेर आफ्नो छोराछोरी झै इमान्दारी र जवाफदेहीपूर्वक शिक्षण गर्न जरुरी छ । त्यसैगरी शिक्षा नीति अनुरुप शिक्षकको दरवन्दी मिलान गरी कम्तीमा पनि कक्षा अनुसारको नपुग शिक्षकको व्यवस्था स्थानीय सरकारबाट गरिनु आवश्यक छ । त्यस्तै शिक्षामा अनुगमन प्रणालीलाई व्यवहारिक बनाइनुका साथसाथै सामुदायिक विद्यालयमा अध्ययन नगराउने बालबालिकाका अभिभावकहरुलाई सरकारी सुविधाबाट बञ्चित गराउने नीतिलाई कार्यान्वयन गरिनु पनि अनिवार्य छ । अनुगमन प्रणालीकै फितलोपनको कारणले यस प्रदेशका धेरै जिल्लाहरुमा झोले विद्यालयहरुको बिगबिगी रहि भ्रष्टाचारमा बढोत्तरी भएको थियो । त्यस्तै संघदेखि स्थानीयसम्म जोडिने गरी शिक्षासम्बद्ध एउटै टे«ड युनियनहरुलाई समयसापेक्ष रुपमा अगाडी बढाउनुपर्ने गुणस्तरीय र जिविकोपार्जन शिक्षाको लागि जरुरी छ । त्यसैले, समस्या जति भएपनि कम्तीमा सकारात्मक सोचका साथ काम गर्ने हो भने यो प्रदेश पनि शिक्षाको स्थितीमा फड्को नमार्ला भन्न सकिन्न् ।@Teacher @ Education @ Mahottari @ Abashtha



Thursday, September 19, 2019

सूचनाको लागि संघर्ष गर्दै दलित समुदाय


सूचनाको लागि संघर्ष गर्दै दलित समुदाय

नविनकुमार नवल
महोत्तरी

महोत्तरी जिल्लामा बसोबास गर्ने दलित समुदायहरु आफुले पाउने सेवा सुविधाको बारेमा सूचना लिन अहिले पनि अग्रसर नभएको देखिएको छ । त्यही सार्वजनिक निकायले स्वस्फूर्त निकाल्नुपर्ने सूचना समेत गोप्य राख्ने गरेका छन् । 
सूचनाको हक सम्बन्धि जानकारी अभावको कारणले धेरै दलित समुदायहरु चाहँदाचाहँदै पनि सूचना माँग गर्न नगरेको देखिएको छ । जलेश्वर नगरपालिका वडानं. १ बस्ने ३५ वर्षिय शिवकुमार रामले कानुन धेरै बनेको सुनेको तर कार्यान्वयन नहुँदा समस्या देखिएको बताउनुभयो । उहाँले आफुले जिताएको दलित सदस्यलाई सूचनामा पहुँच छैन भने आफुहरुको कहाँबाट पहुँच हुन्छ प्रतिप्रश्न गर्नुभयो । कुनै पनि निकायमा आफुलाई चाहिएको सूचना माँग गर्नुभएको छ  भन्ने प्रश्नमा उहाँले मेहनत मजदुरी गरेर घर चलाउनुपर्ने वाध्यताले आफुहरुलाई कुनै सूचनासंग मतलव नभएको बताउनुभयो ।  
सोही वडाका ४२ वर्षिय किसुन पासमानले वडामा आएको विभिन्न योजनाहरुको बारेमा मौखिक जानकारी पटक पटक माँग्ने गरेको बताउनुभयो । सुचना माँग गरेपनि कहिल्यै पनि आफुहरुलाई राम्रोसंग जानकारी नदिने गरेको गुनासो गर्नुहुदै भन्नुभयो,‘मौखिक जानकारी माँग्न लाग्छ उनीहरुको सम्पत्ति लिन हामीहरु आएका छौं ।’
आफुहरुलाई अधिकारबारे धेरथोर थाहा भएपनि दलितको नाउँमा दलितकै केही टाठावाठाहरुले सूचना माँग गरी त्यसको प्रयोग÷उपयोग र दुरुपयोग गर्ने गरेको बताउनुहुदै जलेश्वर नगरपालिका वडानं. २ का युवा विनोद पासीले भन्नुभयो, ‘सूचनाको हक र त्यसको शक्तिको बारेमा जबसम्म दलित समुदायका सबैलाई थाहा हुदैन् तवसम्म जति कानुनहरु ल्याएपनि कागजको खोस्टो मात्रै हुन्छ ।’
दलित समुदायमा आज कमाउने र आजै खाने परिपाटी रहेको देखिन्छ । कमाएको पैसा माँस, मदिरामा नै उनीहरु खर्च गर्छन् । उनीहरुलाई भविष्यको कुनै योजना नभएको हुनाले पनि ति समुदायमा कुनै पनि सूचनाको आवश्यकता नभएको देखिएको साझा आवाज परियोजनाका फिल्ड अधिकृत सुरेश दासले वताउनुभयो । उहाँले भन्नुभयो, ‘दलित समुदायहरुको आत्मवल कमजोर भएको कारणले पनि उनीहरु न त सूचनाको माँग गर्ने गरेको छ न त उनीहरुलाई यसको आवश्यकता नै रहेको देखिन्छ ।’
गरिबी, अशिक्षाको कारणले दलित समुदायहरु आफुलाई कमजोर वर्ग मान्ने गर्छन् । सोही मानसिकताले ग्रसित हुदै आत्मवल कमजोर बनाएको तर्क गर्नुहुदै दासले जबसम्म उनीहरुमा पढनुपर्छ, केही गर्नुपर्छ भन्ने भावनाको विकास हुदैन् तवसम्म सूचनाको पहुँचमा शुन्यता नै रहने दावी गर्नुभयो । उनीहरुको जब शिक्षामा पहुँच हुन्छ त्यसपछि आफै उनीहरुमा सुचनाको हकको जानकारी भई सूचनाको पहुँच बढने साझा आवाजका कार्यकर्ता दासको स्विकारोक्ति रहेको थियो । 
जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष वरुण दाहालले आफुहरुको वडामा आउने सम्पूर्ण योजना, परियोजना र कार्यक्रमहरुको बारेमा सबैलाई जानकारी गराउने गरेको बताउनुभयो । उहाँले यसक्षेत्रमा कुनै पनि समुदाय र वर्गबाट लिखित सूचना माँग गर्ने अभ्यास नरहेको बताउनुहुदै दलित समुदायबाट लिखित सूचना माँग्नेको अवस्था शुन्य रहेको जानकारी दिनुभयो । 
महोत्तरी गाउँपालिका वडानं. २ अनैठाका ५५ वर्षिय पल्टु सदासंग आफ्नो टोलमा भइरहेको विकाससहित अन्य कामहरुको जानकारी चाहिएको खण्डमा कसरी जानुहुन्छ भन्ने सोध्दा उहाँले यसको लागि नेता तथा ठुलावडा मान्छेसंग सम्पर्क गर्ने गरेको बताउनुभयो । आफुहरुलाई कुनै जानकारी चाहियो भने नेताकहाँ पुग्छौ उनीहरुले नै भनेपछि आफुहरुलाई विकास निर्माणदेखि लिएर अन्य जानकारीहरु प्राप्त हुने गरेको उहाँको भनाई थियो । 
सूचनाको हकको बारेमा स्थानीयहरुलाई जानकारी नभएपनि स्थानीयतहका पदाधिकारीहरु कर्मचारीहरु भने जानकार छन् । उनीहरुले मौखिक वा लिखित रुपमा सूचना माँग गर्ने सूचनादाताहरुलाई कुनै योजना दिएर आफ्नो वशमा पार्ने गरेको स्थिती समेत महोत्तरीमा देखिएको छ ।
महोत्तरी गाउँपालिका वडानं. २ चमारवस्तीका ३० वर्षिय युवा इन्द्रजित चमारले वडा कार्यालयमा पटक पटक सामुदायिक भवन, दलित उत्थान कार्यक्रमबारे मौखिक जानकारी माँग गरेपछि उनलाई चुप गराउन एउटा कार्यक्रम दिएको देखिएको छ । उनलाई गाउँपालिकाको सहयोगमा वडा कार्यालयले दलितवस्तीमा रहेको महारानी स्थानको मरम्मत सम्भारको लागि बजेट दिएपछि अहिले उनी चुप लागेको स्थानीयहरुको भनाई रहेको छ । तर युवा इन्द्रजितले त्यस्तो नभई आफुले काम गर्ने भनेपछि काम दिएको बताउनुहुदै आफुले पटक पटक मौखिक रुपमा विभिन्न योजनाहरुको सूचना माँग गरेको स्विकार्नुभयो । 
दलित समुदायमा व्याप्त गरिबीले गर्दा उनीहरुलाई कार्यालय जानुपर्ने समय नै हुदैन् । उनीहरु नगई नहुने अवस्था आएपछि मात्रै कामकाजको लागि कार्यालय जाने गरेको महोत्तरी गाउँपालिकाका ४० वर्षिय वैद्यनाथ रामले बताउनुभयो । उनीहरु आ–आफ्नै रोजगार र काममा व्यस्त हुने गरेको कारणले सूचना माँग्न नसकिएको बताउनुहुदै वैद्यनाथले भन्नुभयो, ‘हाम्रा समुदायका मान्छेहरु बढी मौखिक रुपमा सूचना माँग्ने गरेको देखिएको छ । तर मौखिक रुपमा पनि सबैको सूचनामा पहुँच पुगेको अवस्था छैन् ।’
दलित समुदायमा व्याप्त गरिबी, अशिक्षा, जनचेतना अभावको कारणले पनि सूचनाको पहुँच नभएको देखिएको छ । संविधानले धारा २७ मा सूचनाको हकलाई मौलिक हककै रुपमा समावेश गरेपनि दलित समुदाय त के अन्य समुदायहरुको पनि उचित पहुँच नभएको देखिएको छ ।
पहुँच पुगेपनि सूचना अधिकारी तथा कार्यालय प्रमुखहरुले सूचना लुकाउने परिपाटीको कारणले समयमा सूचना समेत नदिने गरेको देखिएको छ । महोत्तरी गाउँपालिकाका सूचना अधिकारी मो.जयनुद्दिन अन्सारीले मौखिक रुपमा सूचना माँग गरिएपनि दलित समुदायबाट लिखित रुपमा अहिलेसम्म आफुसंग कुनै सूचना माँग नगरिएको बताउनुभयो । दलित समुदायभन्दा बढी राजनीतिकरुपमा सक्रिय अन्य समुदायका मान्छेहरु लिखित रुपमा सूचना माँग गरिरहेको वताउनुहुदै सो संख्या पनि औलामा गन्न सकिने रहेको बताउनुभयो । उहाँले राजनीतिक रुपमा दुईजनाले लिखित रुपमा गाउँपालिकाको योजनाहरुको बारेमा जानकारी माँग्नुभएको थियो र हामीले सो दिएको जानकारी दिनुभयो । 
महोत्तरी जिल्लाको सिमामा बसोबास गर्ने मनरासिश्वा नगरपालिका वडानं. १० मधवा मुसहरवस्तीका कसैले पनि अहिलेसम्म कुनै सूचना माँग गरेको देखिएको छैन । लिखित त टाढाको कुरा हो, उनीहरुले आफ्नो समस्या समाधानको बारेमा भन्न समेत हिच्किचाउँछन् । समय समयमा नेपाली र भारतीय दुवै सुरक्षा निकायबाट प्रताडित रहँदै आएका सो वस्तीका ३८ वर्षिया कलसिया देवीले हामीहरुको आवाज कसैले सुन्ने नगरेको बताइन । वडा कार्यालयमा केही कुराको लागि गयो भने कुरै नसुनी आफुहरुलाई भगाइदिने गरेको गुनासो गर्नुहुदै उहाँले भन्नुभयो, ‘जति अधिकार आएको भनिए पनि आफुहरुको लागि भने केही छैन् सधै सिमामा बसेर भारतीय र नेपाली सुरक्षाकर्मीको गाली खानु नै हाम्रो नियती बनेको छ ।’
सोही ठाउँका ४५ वर्षिय जोगिन्द्र सदाले लिखित रुपमा सूचनाको बारेमा जानकारी लिँदा मौखिक रुपमा केही सोध्दा पनि जवाफ नदिने हाम्रा जनप्रतिनिधिहरुले लिखित रुपमा कसरी जवाफ दिन्छन् गुनासो गरे । एक त आफुहरु पढेका पनि छैनौ कसरी लिखित रुपमा सूचना माँग्नु सदाको गुनासो थियो । 
जलेश्वर नगरपालिका वडानं. १ का वडाध्यक्ष अनिलकुमार झाले जिल्लाको सदरमुकाम भएकोले जलेश्वर नगरपालिकाका दलितहरु अन्य ठाउँको तुलनामा केही जानकार भएको बताउनुहुदै वडाका योजनाहरुको बारेमा सोधपुछ गर्दा आफुले पनि जानकारी दिने गरेको बताउनुभयो । संविधानले नै सूचनाको हकलाई मौलिक हकको रुपमा समावेश गरेपनि लिखित सूचना माँगको परम्परा भने नबसेको तर्क गर्नुहुदै उहाँले मौखिक सूचना माँग भने बढी गरिएको बताउनुभयो । 
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले नगरपालिकामा सूचना माँग गर्नेहरुको संख्या बढेपनि दलितहरुको संख्या भने नबढेको बताउनुभयो । दलितहरु अहिले पनि मौखिक रुपमै सूचना माँग्ने गरेको बताउनुहुदै आगामी वर्षदेखि आफुहरुले दलित युवाहरुलाई लक्षित गर्दै सूचनाको हक र त्यसको प्रयोगबारे तालिमहरु सञ्चालन गर्ने सोचमा रहेको जानकारी दिनुभयो । यसवर्ष पनि सूचनाको प्रयोगको बारेमा कार्यक्रमहरु भए तर दलित समुदायलाई नै लक्षित गरी कार्यक्रम नगरिएको उहाँको भनाई थियो । खास गरेर दलित र मुस्लिम समुदायहरुलाई वालश्रम, सीपमूलक तालिम तथा विभिन्न ठाउँहरुमा सार्वजनिक सुनुवाई समेत गरिएको उहाँले जानकारी दिनुभयो ।  
दलित समुदायहरुको चेतनास्तरमा वृद्धि नभएसम्म र उनीहरुको शिक्षामा पहुँच नभएसम्म लिखित रुपमा सूचनाको माँग गर्ने कागजमा मात्रै सिमित रहने देखिन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ ले सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनको लागि सूचना अधिकारीको व्यवस्था गर्नेछ भन्ने उल्लेख गरिएको छ । त्यसैले धेरै कार्यालयहरुले नामको लागि मात्रै सूचना अधिकारी राखेको देखिन्छ । कारण सोही दफाको उपदफा २ मा सुचना प्रवाह गर्ने प्रयोजनको लागि प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रुपमा सूचना अधिकारीलाई उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ तर सुचना अधिकारीले सम्पूर्ण कार्यालयको गतिविधिबारे जानकारी नै हुदैनन् ।
हरेक कार्यालयहरुले आफ्ना गतिविधिहरु सार्वजनिक गर्नुपर्ने कानुन रहेपनि उनीहरु कानुनको पालना नै नगरेको देखिएको छ । उनीहरुलाई पनि समग्र सूचनाको अभाव रहेको अवस्थामा स्थानीयबासीहरुले सूचना पाउन सास्ती रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका उपाध्यक्ष नागेन्द्रकुमार कर्णले बताउनुभयो । कर्णले भन्नुभयो,‘स्थानीय पालिकाहरुले कुनै वडाध्यक्षलाई सूचना अधिकारी बनाएको हुन्छ तर उनीहरुलाई सबै सूचना समेत हुदैन् यस्तो अवस्थामा सूचना सहज रुपमा प्राप्त गर्न कठिनाई हुन्छ ।’
जलेश्वर नगरपालिका वडानं. २ का युवा जितेन्द्र पासमानले तत्कालिन जिल्ला विकास समिति, जलेश्वर अस्पतालसहितका कार्यालयहरुबाट लिखित रुपमै सुचनाको हकको प्रयोग गर्दै सुचना माँग गरेको र प्राप्त पनि गरेको जानकारी दिनुहुदै तिनजनालाई सुचनाको हकको प्रयोग गर्दै सुचना माँगमा सहयोग समेत गरेको बताउनुभयो । कतिपय अवस्थामा सुचना दिन अधिकारीहरुले आलटाल गर्ने गरेकोले झण्झटिला लाग्ने हुँदा धेरैले यसको प्रयोग नगर्ने गरेको बताउनुहुदै युवा पासमानले भन्नुभयो,‘शुरुमा झण्झटिला लागेपनि प्रयोग गर्दै जाने हो भने सहज पनि छ ।’ 
अहिले विभिन्न सामाजिक सञ्जालहरु मार्फत पनि सूचना सम्प्रेषण गरेर सूचनाको हक प्रयोग गर्न सकिएपनि पालिकाहरुको वेवसाइट महिनौसम्म अपडेट नहुने, सूचनाहरु लुकाउने परिपाटीको कारणले पनि सूचनाको पहुँचमा दलित समुदायहरुलाई मात्रै नभई अन्य समुदायको पनि पहुँच नभएको स्थिती विद्यमान रहेको छ । 
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यवहादुर खत्रीले सुचना नै शक्ति हो वताउनुहुदै सूचनाको हक नागरिकको जीवनशैलीसंग आवद्ध भएकोले यसलाई उपयोग गर्नुपर्ने वताउनुभयो । उहाँले यो हकको बढी प्रयोग मिडियाकर्मीहरुले गरेपनि अरुलाई पनि यसको बारेमा सुुसुचित गर्न आफुले भुमिका खेल्ने जानकारी दिनुभयो । उहाँले आपूmले यसको लागि जिल्ला समन्वय समितिको संयोजनमा सम्पूर्ण पालिकाका पदाधिकारीहरुलाई बोलाएर सूचनाको हकलाई सहज गर्न आग्रह गरेको वताउनुभयो ।
जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले पालिकाहरुमा सूचना अधिकारी भएपनि उनीहरुलाई धेरै काम गर्नुपर्ने वाध्यताले गर्दा सुचनाको हकमा असहजता भएको स्विकार्नुभयो । उहाँले यसको लागि जवसम्म छुट्टै सूचना अधिकारी हुदैन् तवसम्म समस्या रहने वताउनुहुदै सुचनामा सबैको पहुँचको लागि पहल गरिरहेको जानकारी दिनुभयो । 
#Suchna ko haq#Mahottari#Dalit#Navin Nabal#Mag#Felloship

Saturday, July 27, 2019

कूलत छुटाउन चाहन्छन् दलित बालकहरुका अभिभावक


कूलत छुटाउन चाहन्छन् दलित बालकहरुका अभिभावक
कृष्णाकुमारी महासेठ
महोत्तरी

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडानं. ३ मा बाटोको छेउमा रहेको पिपलको बोट मुनि १३ वर्षिय आकाश राम (नाम परिवर्तन) खैनी माडदै थिए । जेष्ठ महिनाको गर्मीमा घाम छल्न छहारीमा बसेका उनी खैनी माँडिसकेपछि आफु पनि खाए र सोही ठाउँका साथी ११ वर्षिय श्याम सदा (नाम परिवर्तन) लाई पनि दिए । काम गर्दा थाकेपछि केही छिन सुस्ताएर खैनी खाँदा आफुलाई स्फूर्ति आउने बताउँदै आकाशले विगत ३ वर्षदेखि खैनी खाँदै आएको बताए । उनीहरु पढाई छाडेर घरमा सघाउनको लागि आर्थिक प्रयोजनको लागि विभिन्न कामहरु गर्दै आएका छन् ।
श्यामले पनि साथीभाईहरुको लहैलहैमा लाएर एकवर्षदेखि आफुले खैनी खाँदै आएको बताउँदै यसबाट केही नहुने बताए । उनले घरमा बुवासहित छिमेकका धेरै काका तथा दाजुहरुले पनि खैनी खाने गरेको बताए । सो गाउँपालिकाको भटौलिया, अजमरपट्टी र पर्सामा गरी ५० भन्दा बढी यस्ता बालकहरु धुम्रपान र मद्यपान गर्ने गरेको देखिएको सरसफाई अभियन्ता स्थानीय सुरेश दासले बताउनुभयो ।
आकाश र श्याम एउटा उदाहरण मात्रै हुन् । यसक्षेत्रका धेरै किशोर र युवाहरु धूम्रपान, मद्यपानसहित लागुऔषधतर्फ आकर्षित भई सेवन समेत गर्दै आएका छन् । भटौलियाका मुसहरवस्तीका २० देखि ३० बालकहरु यस्तो दुव्र्यशनमा फसेको देखिएको छ । कतिपय बालकहरु तथा किशोरहरु देखासिकी तथा शौकले तथा कतिपय प्रतिष्ठाका साथसाथै आफुलाई आधुनिक देखाउन ध्रुमपान र मद्यपान तर्फ आकर्षित भइरहेको एकडारा गाउँपालिकाका वुद्धिजीवी गोपाल झाले बताउनुभयो । सूर्तिजन्य पदार्थहरु तथा लागुऔषधबाट हुनसक्ने खतराकाबारेमा जानकारी छँदाछँदै देखासिकीको लहैमा लागेर बालकहरु यसतर्फ आकर्षित भइरहेको बताउनुहुदै झाले भन्नुभयो, ‘अभिभावकहरु यसतर्फ सचेत र सजग भई बालबालिकाको गतिविधिप्रति जानकार हुन जरुरी छ ।’
मटिहानी नगरपालिका वडानं. ८ का अभिभावक तथा दलित वडासदस्य दुलारी देवीले स्कुलको छेउछाउमा खुलेआम रुपमा खैनी, पराग, सिगरेट, गाँजाहरु पाइने भएकोले पनि बालबालिकाहरुमा यसको प्रयोग बढेको बताउनुहुदै अभिभावक सचेत नभएसम्म यसमा कमी ल्याउन नसकिने धारणा राख्नुभयो । उहाँले नियमहरु त बन्छन् तर लागु नहुँदा समस्यामा महिला र बालबालिकाहरु बढी पर्ने गरेको बताउनुहुदै भन्नुभयो,‘कति बालकहरु खैनी, पराग, सिगरेट, दारु खान्छन् भन्न नसकेपनि संख्या भने धेरै छ । खास गरी दलितका बालबालिकाहरु बढी यसतर्फ आकर्षित हुने देखिएको छ ।’
घरको आर्थिक स्थितीको कारणले पढनुपर्ने समयमा काम गर्नुपर्ने वाध्यताको कारणले दलित बालबालिकाहरु साथीसंगीको संगत तथा अभिभावकहरुले ध्यान नदिँदा उनीहरु यी पदार्थको प्रयोग गर्ने गरेको मनराशिस्वा नगरपालिकाका युवा रोशन मण्डलले बताउनुभयो । उहाँले बालबालिकाहरु यसतर्फ आकर्षित छन् भने युवाहरु नाइट्रोसनसहितका विभिन्न टयावलेटहरु भारतीय बजारबाट अवैध रुपमा ल्याई आफु पनि खान्छन् र विभिन्न ठाउँमा तस्करी समेत गर्ने गरेकोले यसलाई नरोके स्थिती भयावह हुन सक्ने बताउनुभयो ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद २ ले विद्यालयसहित विभिन्न ठाउँको वरपरको पसलहरुमा गुटखा, खैनी, सिगरेट लगायतका मद्यपान र धुम्रपानका सामग्री नराख्ने नियम बनाएको छ तर यिनको नियमन गर्ने निकायको उदासिनताको कारणले यी पदार्थ छयाप्छयाप्ती पाउने गरेका छन् । जसका कारणले बालबालिकाहरु सजिलै यसको चपेटमा आउने गरेको बुझाई मैथिल संदेश साप्ताहिकका सम्पादक नागेन्द्रकुमार कर्णको रहेको छ । 
सरकारले ऐन नियम बनाए पनि पूर्ण रुपमा लागु हुन नसकेको अवस्था विद्यमान छ । सार्वजनिक यातायात, सरकारी कार्यालय र स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन प्रतिबन्धित भएपनि अझै चियापसल,होटल,रेस्टुराँलगायत अन्य सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन् । 
सुर्तीजन्य पदार्थका रुपमा धु्रमपान वा सुर्ती सेवका लागि बनाइएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, हुक्का सुर्तीलगायतलाई लिइन्छ । खैनी, गुटखा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने कार्यलाई धु्रमपान भनिन्छ । यी पदार्थ मुखमा राख्ने, नसबाट लिने वा सेवन गरेर स्वास्थ्य जोखिममा पार्नेको संख्या बढिरहेको छ । चुरोट एवम् सुर्तीमा निकोटिन हुन्छ । चुरोटमा ७० वटा रासायनिक पदार्थ हुन्छ । जसमध्ये २० वटा पदार्थ क्यान्सरजन्य हुने गरेको जिल्ला अस्पताल जलेश्वरका चिकित्सक डा.केशर चौधरीले बताउनुभयो । डा.चौधरीले धु्रमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट मुख, धाँटी, श्वासनलीमा क्यान्सर हुने तथा दम, ब्रोड.काइटिस लगायतका समस्या हुने गरेको बताउनुहुन्छ । 
एकडारा गाउँपालिका वडानं. ३ भटौलियाका वडाध्यक्ष रामविलास रायले सुर्तीजन्य पदार्थप्रति केटाहरु बढी आकर्षित हुदै गएको बताउनुहुदै यसक्षेत्रको अवस्थालाई आँकलन गर्ने हो भने प्रायसः हरेक घरमा एक जना सुर्ती खाने व्यक्ति रहेको भन्न सकिने अध्यक्ष रायको भनाई थियो । काम गर्ने क्रममा मुख सुक्दा काम गर्न अप्ठयारो हुने भएकोले खैनी, परागसहित अन्य पदार्थहरु स्फुर्ति बढाउन यसक्षेत्रका वासिन्दाहरु प्रयोग गर्ने गरेको बताउनुहुदै वडाध्यक्ष रायले भन्नुभयो, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्यमा मात्रै नभई सामाजिक र आर्थिक क्षति समेत हुने गरेको छ तर यसतर्फ सबै सचेत नभएको अवस्था देखिन्छ ।’ 
सन् २०१७ मा नेपाल सरकार सुर्तिजन्य पदार्थविरुद्धको अभियान (एचसिटिसी) ले गरेको अध्ययनले नेपालमा प्रतिवर्ष २७ हजार ८ सय जनाको मृत्यु धुम्रपान तथा मद्यपानले हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याँक अनुसार प्रत्येक वर्ष २५ हजार नेपालीले सुर्ती सेवनकै कारणले ज्यान गुमाउनुपरेको देखिएको छ । सुर्ती सेवनका कारण विश्वमा प्रत्येक ५ सेकेण्डमा एकजनाको मृत्यु हुने गरेको तथा वर्षेनी विश्वमा सुर्ती सेवनबाट ७० लाख मानिसको मृत्यु हुने गरेको छ । गुटखाको प्रयोग पनि हवात्तै बढेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धी कानुन बने पनि कार्यान्वयनमा आउन नसकेकोले यस्तो अवस्था देखिएको हो । 
नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले चुरोट सेवन गर्छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वास्थ्य प्रबद्र्धन शाखाका अनुसार अन्य उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवन घटदै गएको छ भने किशोर किशोरीमा भने बढेको छ । अध्ययन अनुसार सुर्तीजन्य पदार्थको प्रयोग गर्ने किशोर किशोरी १५ देखि १९ वर्ष भित्रका हुन् । ग्लोबल युथ एन्टी टोबाकोको तथ्याँक अनुसार १३ देखि १५ वर्षभित्रका २० दशमलव ५ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन् । सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पारेको गम्भीर असरलाई रोक्न सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको थियो । लगत्तै २०७१÷०७२ मा सुर्तीजन्य पदार्थ विरुद्ध नियन्त्रण निर्देशिका र सन् २०१७ मा सुर्तीजन्य पदार्थविरुद्ध महासन्धि रणनीति निर्माण गरेको थियो । 
सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण र उपभोगलाई नियन्त्रण गरिने अभियानको रुपमा नेपाल सरकारको २०७३।१०।०६ को मन्त्रिपरिषद निर्णयबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणको लागि अलग्गै इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तो इजाजत लिएर सुर्तीजन्य पदार्थको बिक्री वितरणको कार्य गर्ने व्यक्ति वा संस्थाले समेत १८ वर्ष मुनिका बालबालिका वा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न वा बिक्री गर्ने कार्यमा सहभागी गराउन नपाउने गरी बिक्रीको कार्यलाई नियन्त्रित गर्ने प्रयास भएको छ । यसका साथै स्वास्थ्य संस्था, बालकल्याण गृह, अनाथालय, विद्यालय, वृद्धाश्रम, शिशु स्याहार केन्द्रलगायतका सार्वजनिक सरोकारसंस्थाको आसपासमा १०० मिटर दुरीसम्म सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइनेजस्ता कडा प्रावधानसहितको सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण निर्देशिका, २०७१ समेत कार्यान्वयनमा आइसकेको छ । यस निर्देशिकामा सुर्तीजन्य पदार्थ विरुद्धका गतिविधि सञ्चालन गर्न जिल्लास्तरमा निरिक्षकको अध्यक्षतामा र नगरपालिका तथा गाउँपालिकास्तरमा प्रमुख वा अध्यक्षको संयोजकत्वमा अनुगमन तथा नियन्त्रण उपसमिति गठन गर्ने व्यवस्था मिलाईएको छ । 
सरकारले कानुन बनाए पनि कानुन कार्यान्वयनमा चासो नदिँदा समस्या समाधान हुन नसकेको बुझाई सबैको छ । केही अगाडि मात्रै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजधानीमा आयोजित एक समारोहमा नेपालमा सुर्तीजन्य पदार्थको नियमनको लागि उत्कृष्ट कानुन बनेपनि कार्यान्वयन र पालना नहुने गरेको बताउनुभएको थियो । 
विद्यालय वरपर यस्ता सामग्रीको बिक्री वितरण र उपभोगमा रोक लगाए पनि विद्यालयहरुमा शिक्षकहरु स्वयम्ले विद्यार्थीहरुको अगाडी यी पदार्थहरुको खुलेआम उपभोग गर्ने गरेका छन् । यसले पनि बालबालिकाहरु यसप्रति आकर्षित हुने गरेको देखिएको छ । यो कार्यमा न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले अभियान नै थालेको छ । 
सामुदायिक प्रहरी सेवा केन्द्रसंग मिलेर जिल्लाको विभिन्न विद्यालयमा पुगेर प्रहरीले धुम्रपान, मद्यपानबाट हुने शारीरिक, मानसिक तथा आर्थिक नोकसानीसहित आधुनिक प्रविधिको रुपमा भित्रिएको इन्टरनेटको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो । उहाँले महोत्तरीसंग जोडिएको खुला सिमा नाकाको फाइदा उठाउँदै तस्करहरुले बालबालिका तथा महिलाहरु प्रयोग गरेर विभिन्न तस्करी गरिरहेकाले पनि यसको लागि जनचेतनामूलक कार्य गरिरहेको बताउनुहुदै पटक पटक मद्यपान र धुम्रपानको लागि ल्याइने गरिएको सामग्री प्रहरीले पक्राउ गर्ने गरेको बताउनुभयो । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा लागुऔषधसहित २३ जना, आ.व. २०७४÷०७५ मा ५४ जना २०७५÷०७६ मा १११ जनालाई पक्राउ गरिएको जनाएको छ । महोत्तरीमा गाँजा, स्पास्मो, डाईजापाम इन्जेक्सन, एक्सपलोन सिरफ, बु्रफेन इन्जेक्सन, लाईपलाइन इन्जेक्सन, डाइजेपाम इन्जेक्सन, नोफेनि इन्जेक्सन, नाइट्रोफेट, नाइट्रोसनजस्ता लागुपदार्थसहित उनीहरुलाई पक्राउ गरिएको हो । यसमा चोरी पैठारी गरिएको अन्य रजनिगन्धा, राजनिवास, तुलसी, गुटखाहरुहरुसहित पक्राउ गरिएकाहरुको संख्या नजोडिएको कार्यालयले जनाएको छ ।  
रजनी गन्धा र तुलसी भन्सार छली भारतबाट नेपाल भित्राउने क्रममा प्रहरीको नियन्त्रणमा Photo DPO Mahottari 

पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले बालबालिकाहरु जे देख्छ त्यही सिक्ने भएकोले पनि शिक्षकहरुले कम्तीमा पनि विद्यालयमा यस्तो कृयाक्लाप नगर्नुपर्ने सुझाव दिनुहुन्छ । स्थानीय तहको भूमिका अझ राम्रो हुनुपर्नेमा वडाध्यक्षहरु आफै धामी आफै बोक्सी बनेकोले पनि समस्या निराकरण हुन नसकेको बताउनुहुदै उहाँले अभिभावकहरु सचेत भएर यस्ता कृयाक्लाप गर्न र गराउनको लागि उठनुपर्ने वताउनुभयो । 

Monday, March 25, 2019

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, चैत ११ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडानं. ४ सुगामा सोमबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । 
चित्राँस सेवा समिति सुगाको आयोजना र शशिवंशी दत्त मोती देवी ट्रष्टको सहकार्यमा चित्राँश सेवा समितिको भवनमा एकदिने विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर गरिएको चित्राँस सेवा समितिका अध्यक्ष विष्णुचन्द्र लालले जानकारी दिनुभयो ।
काठमाण्डौंस्थित विर अस्पताल, शिक्षण अस्पताललगायत अन्य अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुद्वारा गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न वडाका विरामीहरुले स्वास्थ्य सेवा लिएको जनाइएको छ । सात जना विशेषज्ञ डाक्टरहरुको सेवा लिन विहानैदेखि शिविरमा घुँइचो लागेको थियो । 
शिविरमा देखिएको भिड

सो स्वास्थ्य शिविरमा हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिपक दत्त, नाक, कान, घाँटी रोग विशेषज्ञद्धय डा. हिमपाली दास र रवि महथा, युरो सर्जन डा.अमरेश कर्ण, बालरोग विशेषज्ञ डा.अमलेन्द्र यादव, दाँत रोग विशेषज्ञ डा.प्रियंवदा कर्ण, आँखा रोग विशेषज्ञ डा.विकासकुमार साहले विरामीहरुलाई उपचार गर्नुभएको थियो । 
सो स्वास्थ्य शिविरमा तिनसयभन्दा बढी विरामीहरुले स्वास्थ्य जाँचका साथसाथै निःशुल्क औषधी प्राप्त गरेको आयोजक समितिका सचिव अर्पणकुमार कर्णले बताउनुभयो । उहाँले शिविरमा ल्याव टेक्निसियन दिपेश कर्णले समेत ल्याव सेवा उपलब्ध गराउनुभएको जानकारी दिनुभयो । 
स्वास्थ्य शिविर पूर्व चित्राँश सेवा समितिको नवनिर्मित भवनलाई सर्वोच्च अदालतका पूर्व न्यायधिश कमलनारायण दासले उदघाटन गर्नुभएको थियो । 
शिविरपूर्व चित्राँश भवनको उदघाटन गर्नुहुदै सर्वोच्च अदालतका पूर्व न्यायधिश कमलनारायण दास












कर्ण कायस्थहरुको आराध्यदेव भगवान चित्रगुप्तको पुजाआजाको लागि बनाइएको सो भवनमा एउटा रुमसहित ठुलो हल बनाइएको छ । सो भवनमा सार्वजनिक पुजापाठका साथसाथै सार्वजनिक पर्व, त्योहार र शुभकार्य गरिने जनाइएको छ । 


तस्वीर ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी समाचारदाता

Saturday, February 9, 2019

स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती

स्वर्ण जयन्ती कि ‘मुख’ मिलान जयन्ती
नागेन्द्रकुमार कर्ण 

हालै जलेश्वर नगरपालिका वडानं. ४ सुगामा रहेको शुक्देव माध्यमिक विद्यालयले स्वर्ण जयन्ती समारोह मनाएको छ । सो जयन्तीको सेरोफेरोमा धेरै कुरा भयो धेरै कुरा गर्न पनि बाँकी छ । वास्तविकतामा हेर्दा स्वर्ण जयन्तीको अवधिभन्दा ढिलो १३ वर्षमा मनाउन कुन ‘शक्ति’ले त्यत्रो विधि ‘शक्ति’ दिएको हो जो दश दिनमै मनाउन सक्नुपर्ने ‘माइण्डेड’ दियो त्यो खोतल्न भने आवश्यक छ । स्वर्ण जयन्ती कुनै उपभोक्ता समिति गठन गरे झै कोठामा गर्ने विषय होइन भन्ने जानकारी सामान्यजनलाई पनि छ भने प्रधानाध्यापक र वडाध्यक्षलाई सिकाउनुपर्ने कुरा त पक्कै होइन होला । यद्यपी सबैको बुझाई अलग अलग हुन सक्छ तर यो आलेखमा मलाई लागेको कुराहरु भन्न चाहन्छु । भनिन्छ,‘मुण्डे मुण्डे मतिर्भिन्ना, कुंडे कुंडे नवं पयः, जातौ जातौ नवाचाराः नवा वाणी मुखे मुखे ।’
यस क्षेत्रमा पुरानो कुरालाई दोहोरयाउनु अक्षम्य मानिन्छ । पुरानो कुरा कोटयाउनुको कुनै तुक हुन्न भनिन्छ । कार्यक्रम सकियो, भयो । अरुलाई मतलव हुन्न खाली तिम्रै टाउको दुखाई किन । छोडिदेउ ति कुरा । खाटा बसेको घाउलाई किन कुरेदनुपर्यो । यावत कुराहरु सबै जनको मुखमा अर्ति झै झुण्डिएको हुन्छ । तर कतिपय कुराहरुमा भन्नुपर्छ, भन्न सक्नुपर्छ । होइन भने, सुन्नुपर्ने कुरा कसैले सुन्न पाउदैनन्, जान्न पाउने अधिकार कुण्ठित हुन्छ, भन्नुपर्ने कुरा भन्न छुटछ र त्यही भएर यो समाज पछाडि छ । हामी पछाडी छौं र यसरी नै हामी पछाडी पछौं र पारिन्छौं ।
जसरी हिरा बन्न वर्षो लाग्छ त्यसरी नै बितेको कुराहरु नयाँ पुस्ताका लागि हिरा हुन् । अब हामीलाई बुझनुपर्छ हामी हिरा खोज्ने की प्लाष्टिकमै चित्त बुझाउने । त्यही भएर नै बितेको कुरासंग केही न केही लिन सक्नुपर्छ । पहिला के ठिक थियो । कहाँ ठिक थियो । कहाँ गलत थियो । गलत थियो भने कसरी थियो । राम्रो के थियो र ति राम्रो किन नराम्रो भयो कहाँ हरायो त्यसको खोजी हुनुपर्छ । त्यसको लागि चुप भएर हुदैन् बोल्नुपर्छ । गलत भएपनि भाषा मिलाएर बोल्नुपर्छ । झक्झकाउनुपर्छ र अरुलाई यस विषयमा थप बोल्न लगाउनुपर्छ । भनिन्छ, गलतलाई गलत र सहीलाई सही भन्ने क्षमता छैन् भने तपाईको प्रतिभा र शिक्षाको हकमा प्रश्न गर्ने ठाउँ हुन्छ । अहिलेको प्राविधिक शिक्षालयको रुपमा रहेको शुक्देव माविको स्वर्ण जयन्तीलाई यही सेरोफेरोमा हेर्ने, बोल्ने र वहस गर्नु जरुरी छ ।
शुरुवातको कुरा एउटा प्रसंगबाट शुरु गरौं । स्वर्ण जयन्तीको दुई दिन अगाडी अर्थात माघ १२ गते बेलुका । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले मलाई वधाई दिनुभयो । ल बधाई छ तिमीहरुले पढेको विद्यालयले स्वर्ण जयन्ती मनाइरहेको छ । मैले प्रतिप्रश्न गरे, स्वर्ण जयन्ती मनाउने वर्ष त धर्किएको धेरै भयो अब त हिरक जयन्ती मनाउने समय आउन लाग्न थालिसक्यो । उहाँले होइन १४ गते सोमबार शुक्देव माविले स्वर्ण जयन्ती मनाउन लागेको पत्र पठाएको छ तिमीलाई जानकारी छैन् । मैले भने मलाई त केही पनि जानकारी छैन् । उहाँले गाउँको यति ठुलो कार्यक्रम अनि तिमीलाई जानकारी छैन् । मैले पनि प्रतिकार गरे मटिहानीमा सानो कम्बल वितरण हुन्छ भने मलाई जानकारी हुन्छ तपाईलाई हुन्छ । कुराहरु यत्तिकै सिमित थियो । तर यो प्रसंगले मलाई किन किन हाँसो, आश्चर्य र दुःख तिनटै लागिरहेको थियो । म सोच्न वाध्य भए । स्वर्ण जयन्ती त महोत्सव जस्तो मनाइनुपर्नेमा चोरी चोरी किन मनाइरहेको छ । यस्तो त नहुनुपर्ने हो तर बढी सोचेर आफुले आफैलाई गलाउनुभन्दा ‘बत्ति मुनि अँध्यारो हुन्छ’ भनेर सोच्दै चित्त बुझाए ।
मलाई ठयाक्कै सम्झना त छैन् तर विद्यालय उच्च मावि भएको समयमा हुनुपर्ने हो गाउँमा स्वर्ण जयन्ती मनाउनुपर्ने भनेर हल्ला चलेको थियो । धेरैले यो विषयमा मसंग सरसल्लाह पनि गर्नुभएको थियो । सो समयमा मैले यो गर्न कम्तीमा पनि ६ महिनाको समय लगाएर वृहत रुपमा गर्न सक्नुभयो भने धेरै कुरा छुट्छ तर पनि टिम वर्क गरेर एउटा वृहत मूल समारोह समिति र त्यसको मातहतमा छुट्टाछुट्टै अन्य समितिहरु बनाएर गर्ने हो भने नसकिने होइन भनेर सल्लाह, सुझाव दिएको थिएँ । किनकी, स्वर्ण जयन्ती समारोह जत्तिको महत्वपूर्ण छ बजेटको दृष्टिकोणले त्यत्तिकै खर्चिलो पनि छ । सबैले बुझेकै हुनुपर्छ स्वर्ण जयन्ती समारोह कुनै बाजा बजार अन्तरक्रिया गरे जस्तो होइन । यो त पुस्तान्तरण जोडने एउटा ‘यज्ञ’ हो जो पूर्णाहुतिपछि पनि कालान्तरसम्म त्यसको धुँवाले समाजलाई आलोकित र पुलकित गरिरहन्छ र समाजलाई सधै ऊर्जावान भइरहन मद्दत पु¥याउँछ । तर, दुर्भाग्य भन्नुपर्छ हामीहरु विकासी बिचारधाराबाट अभिप्रेरित छौं । काम भयो सक्कियो । काम पनि कर्मकाण्डी मात्रै । झारा टार्ने उद्देश्यले । कुनै स्वार्थबाट अभिप्रेरित भएर । आफुलाई फाइदा पुग्ने मात्रै । कुनै पनि समिक्षा गदैनौं । समिक्षा त के त्रुटी पनि सुन्न चाहदैनौ । ‘मैं खाऊँ, मै लाऊ, सुखसयल वा मोज....।’
सबैले बुझेका छन् ५० वर्षमा स्वर्ण जयन्ती मनाइन्छ । ५÷६ वर्ष ढिलो हुनुलाई सामान्य मान्न सकिन्छ तर १३ वर्ष ढिलो गरी मनाइनुलाई सामान्य मान्न सकिन्न् । वरु यत्तिकै वर्ष अझ रुकेको भए ‘हीरक’ जयन्ती मनाउन सकिन्थ्यो । तर खै के कारणले हो यत्तिको वर्षपछि सो पनि हतार हतारमा मनाउनुको के अर्थ छ र ? भनिन्छ,‘मुख’ मिलेपछि जे पनि गर्न सकिन्छ ।’ ‘मुख’ मिलाई कुनै नयाँ शब्द होइन जसरी शब्दमा ‘सेटिँग’, औजारमा ‘सलाइरिन्च’ झै यो पनि प्रचलित शब्द हो । जहाँसम्म विद्यालयको स्वर्ण जयन्ती समारोहको कुरा छ तयारीदेखि लिएर कार्यक्रमसम्म हेर्दा भद्रगोल र हतार हतारमा गरिएको त्यसै देखिन्थ्यो । स्मारिका पनि स्वर्ण जयन्ती स्मारिका हो कि विद्यालयको प्रकाशन हो भन्न कठिन । तर, भन्नैपर्छ त्यो स्वर्ण जयन्ती स्मारिका कुनै पनि कदले, कुनै पनि मतले र कुनै पनि वादले हुदै होइन । यो त विशुद्ध विद्यालयको प्रकाशन हो । जसमा शिक्षकहरु र विद्यार्थीहरु आफना कुरा, गाथा राख्छन् सक्कियो । स्वर्ण जयन्ती स्मारिका भनेको सो क्षेत्रको लागि एउटा यस्तो ‘गीता, कुरान, वाइवल’ हो जो यो विद्यालयबाट पुष्पित, पल्लिवत भइ आ–आफ्ना ठाउँमा जमेको ‘धु्रवतारा’हरुको विगतको भोगाइ, वर्तमानको सोचाई र भविष्यको दिशा बदल्ने सोचले अभिप्रेरित पुष्पगुच्छा हो । पुस्ता दर पुस्ताको अध्ययनबाट, आत्माको प्रष्फुटनबाट निस्केको, आल्हादित भएको र भविष्य, वर्तमान र भूतको पनि समिश्रण हो । जो जुन क्षेत्रमा जमेको होस् सबैको साझा फुलबारी हो । यो विद्यालयबाट पढेर देश चलाउन हैसियत राख्नेदेखि लिएर गाउँमै रिक्सा चलाउनेहरुको भोगाइ हो र अहिलेको पुस्तासंग जोडिनसक्ने कडि हो । तर यसमा कहिँ पनि ति व्यक्तित्वहरुको न त आलेख छ, न त टिप्पणी छ न त कुनै कुरा नै । यो कुरा भन्दा मलाई लाग्दैन् कि मैले जुन शिक्षक, शिक्षिकाहरुबाट शिक्षा ग्रहण गरेर यहाँसम्म आइपुगे उहाँहरुलाई थाहा नहोला । स्मारिकाको के कुरा विद्यालयको प्रकाशनभन्दा पनि विद्यालय प्रशासनको यत्तिको लाचारीपन देखिएको छ कि जिवित व्यक्तिहरु एउटा सानो फोटो पनि राख्न सकिएको छैन् । मैले नबुझेको कुरा के हो भने यत्ति छिटो कार्यक्रम गर्नुपर्ने विवशता किन थियो ? के को लागि थियो ? कमाई गर्ने थुप्रै बाटाहरु हुँदाहुदै सुगाको माटोलाई नै अपमान गर्ने गरी गरिएको यस्तो ‘यज्ञ’ अनुष्ठानलाई वदनाम गर्नेहरुको फलिफाप कहिल्यै नहोला भन्नेमा म ढुक्क छु । आमिन् ।
प्रधानाध्यापक वा वडाध्यक्षलाई स्वर्ण जयन्ती सम्पन्न गराएको ‘यश’ लिनु थियो भने सोही समयमा गराएको भए पनि हुन्थयो नि । सो समयमा पनि प्रधानाध्यापक उहाँ नै हुनुहुन्थयो र एउटा पार्टीको सर्वेसर्वा वडाध्यक्ष । तर सो समयमा गराएको भएँ ‘भाग’ बढी लगाउनुपर्ने विवशता थियो होला र अहिले सर्वेसर्वाको दम्भ भएपछि पुगियो । एक पन्थ दुई काज । तर मलाई दुःख छ प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई के सोचले यस्तो अशोभनिय कार्यक्रममा ल्याइपु¥यायो भन्ने प्रश्न । उहाँका सल्लाहकारहरु खाली तलव लिएर बसेका छन् कि केही सल्लाह पनि दिइरहेका छन् बुझनै कठिन भयो । देशका पहिलो राष्ट्रपति डा.रामवरण यादव कुनै पनि कार्यक्रमको निम्तो स्विकार्नुभएँ पनि विवादको हल्का गन्ध आउने वित्तिकै क्यान्सिल गर्नुहुन्थ्यो तर हाम्रै गाउँका प्रदेश २ का राष्ट्रपतिलाई त्यस्तो गन्ध थाहा नभएको होला मेरो मानसपटलले मान्न तयार छैन् । उहाँ आफैले आउने ढिपी लिनुभएको हो भन्ने अर्के कुरा हो तर कार्यक्रमको अव्यवस्था र अक्षमयतालाई हेर्दा मजस्तो सानो सञ्चारकर्मीले लज्जित महसुस गर्नुपर्यो भने झन उहाँलाई कस्तो भयो होला । गाउँघरको कुरा हो भनेर उहाँले चित्त बुझाउनुभएको छ भने उहाँको त्यो महानता होला तर आगामी दिनहरुमा प्रदेशमा कुनै पनि यस्ता कार्यक्रमहरुमा उहाँको गरिमालाई ख्याल गरेर उपस्थिती गराइदिन म उहाँका सल्लाहकारहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु । म पनि यही माटोमै हुर्केको, बढेकोले उहाँको इज्जत, गरिमासंग मेरो र यस समाजको पनि सरोकार भएकोले उहाँबारे म यत्तिकै भन्न चाहन्छु । पक्कै पनि उहाँको लागि मूल्याँकन गर्ने समय यो होइन तर समिक्षा गर्ने यो उपयुक्त समय हो ।
शिक्षा विनाको समाजको परिकल्पना निरर्थक छ । भनिन्छ, कि पढेर जानिन्छ कि गरेर जानिन्छ । दुवै एक अर्काका परिपूरक हुन् । केही वर्ष अगाडी यही विद्यालयमा आयोजित एक कार्यक्रममा राजनीतिक विष्लेषक सीके लालले शिक्षाको अर्थ व्यक्ति व्यक्तिबीचको सम्बन्ध, व्यक्ति र समाजबीचको सम्बन्ध, वितेको र आउने पुस्ताबीचको सम्बन्ध, यी तिनटैको मापक गर्ने र तिनटैबीचको सम्बन्ध स्थापित गर्न सक्नेलाई शिक्षा भनेर औंल्याउनुभएको थियो । उहाँको यो शिक्षाको मापक सिद्धान्तमा स्वर्ण जयन्तीको सफलता र असफलता देखाएको छ । म भन्दिन् यो स्वर्ण जयन्ती कत्तिको फलिफाप भयो तर यत्तिको मात्रै भन्छु,‘हडवडीके विवाह कनपट्टीमे सिन्दुर ।’
अन्तिममा भन्नुपर्ने धेरै कुराहरु थियो । मन भित्र धेरै उकुसमुकुस थियो । म जान्न इच्छुक छु र थिएँ आखिर सुगाको यो माटोमा त्यस्तो के छ ? यहाँको पानी र हावामा के छ ? यहाँका अभिभावक र विद्यार्थीमा के त्यस्तो क्षमता छ ? यहाँको विद्यालय, शिक्षक र शिक्षिकामा के त्यस्तो गुण छ ? र यहाँको सम्पूर्ण वातावरणमा कहाँ त्यो शक्ति लुकेको छ, जो देशको हरेक कुनाकाप्चामा यस विद्यालयका विद्यार्थीहरु आ–आफ्नो ठाउँमा आलोकित, पुष्वित र धु्रवतारा बनेर बसेका छन् । तर निरुत्तर पनि छु । यो स्मारिका र जयन्तीबाट केही पनि पाउन सकिएन । तर पनि आशावादी भने अवश्य छु । अहिले पनि हीरक जयन्ती बाँकी छ । त्यसबेला मेरो प्रश्नको जवाफ आउँला कि ? मैले यही विद्यालयबाट शिक्षा आर्जन गरेकोले नतमतस्तक भएर यो भूमिलाई, यो विद्यालयलाई र यहाँको सम्पूर्ण शिक्षक, शिक्षिकाहरुलाई .....गुरुवे नमः सहित ढोग्न चाहन्छु । मैले प्रश्न गर्ने हिम्मत गरें किनकी आज म जुन स्थानमा छु, त्यहाँ बसेर प्रश्न गरिँन् भने मलाई शिक्षा दिनुहुने गुरु, गुरुआमाहरुको अपमान हुन्थ्यो र ति अपमानवोध सहेर बस्नुभन्दा हिम्मत गर्नु वेश ठानेर प्रश्न गरेको छु । अस्तु ।

Monday, February 4, 2019

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा

माइन्यूट पुस्तिका उपमेयरले लिए नियन्त्रणमा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २१ गते । पटक पटक आफुखुशी एजेण्डा र निर्णयहरु राखेर आफुलाई गुमराहमा राख्दै बदनाम गर्न खोजेको भन्दै जलेश्वर नगरपालिकाका उपमेयरले बैठकको उपस्थिती पुस्तिका (माइन्यूट) नियन्त्रणमा लिएर बैठक रोकेकी छिन् ।
जलेश्वर नगरपालिकाका उपमेयर मुनचुन देवीले मेयर र कार्यकारी अधिकृत पटक पटक आफुलाई जानकारी नै नदिई माइन्यूट लेख्ने र सहिछाप गराउन थालेपछि शनिबार बसेको बैठकको माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र कार्यकारी अधिकृत अधिकृत रामुराज कडरियाले मिलेमतो गरी पटक पटक बिना एजेण्डा बैठक बोलाउने र कम्प्युटराइज्ड नामावलीमा सबैको उपस्थिती गराउने र त्यसपछि आफै प्रस्ताव निर्णय लेख्ने गरेको बताउनुहुदै आफुले सम्झाउँदा पनि अटेरी गरिएपछि माइन्युट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।


पटक पटक सुधार्नको लागि प्रयास गरेपनि यहि रवैया दोहोरिएपछि र वदनाममा आफु पनि जिम्मेवार बन्दै गएपछि यस्तो गर्नुपरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले अब सह्रय नहुने वताउनुभयो ।
गाउँ नगरपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को छलफल सम्बन्धी विषयमा स्पष्टमा कार्यपालिकाको बैठकमा छलफल गरिने विषयवस्तु स्पष्ट रुपले किटान गरी बैठक बस्ने मिति भन्दा २४ घण्टा अगावै छलफल गरिने एजेण्डा सहितको सूचना दिनुपर्ने प्रावधान छ । तर सो कार्यविधि अनुसार पनि आफुहरुलाई कुनै जानकारी नदिने गरेको बताउनुहुदै उपमेयर मुनचुन देवीले भन्नुभयो,‘आफुहरु यहाँ मात्रै मेयर र कार्यकारीको साझी बन्न आएका होइनौं, जनताप्रति उत्तरदायित्व पनि रहेकोले सोही अनुसार मैले गरेको हुँ ।’
उहाँले भन्नुभयो, ‘शनिबार ११ बजे हुने बैठकको लागि शुक्रबार दिउँसो १ बजे मोबाइलमा म्यासेज आउँछ तर त्यो म्यासेजमा कुनै छलफलको विषय हुदैनन् ।’ त्यसैगरी माइन्यूट रजिष्टरमा माइन्यूट लेख्नुपर्नेमा फोटोकाँपी पन्नामा सबैको उपस्थितीको हस्ताक्षर गराई कोठामा माइन्यूट लेख्ने चलन यहाँ चलाइएको छ जो आपत्तिपूर्ण रहेको उहाँको स्पष्ट गर्नुभयो ।

उपमेयर मुनचुन देवीले भन्नुभयो, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार आफुलाई दिएको दायित्वबाट समेत मेयर र कार्यकारी अधिकृत मिलेर पन्छाएको छ ।’ आगामी दिनहरुमा समेत यस विषयमा आफुले बोल्ने बताउनुहुदै उहाँले नियत उनीहरुको खराब हुने र वदनाम हामी हुनुपर्ने यस्तो काम अब हुँदैन् ।
तर, जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले कुनै पनि माइन्यूट उपप्रमुखले नियन्त्रणमा लिनु नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कार्यविधि अनुसार नै बैठक बोलाउने गरेको छु । उपमेयर ज्युले भनेपछि बैठक नबसेको हो ।’
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तिर्थयात्राको क्रममा बाहिर रहनुभएकोले उहाँसंग सम्पर्क हुन सकेन । 

फोटो क्याप्सन ः उपमेयरलाई बैठकको लागि पठाइएको म्यासेज पत्र तथा माइन्यूटको लागि राखिएको उपस्थिती पुस्तिका ।

Tuesday, January 22, 2019

छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण

कार्यक्रममा राजदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गजेन्द्र गुप्ता छात्रछात्राहरुलाई सामग्री वितरण गर्नुहुदै ।
तस्वीर ः नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता
छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ८ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित राजदेवी सामुदायिक सिकाई केन्द्र जलेश्वरले एक कार्यक्रमकाबीच बैकल्पिक सिकाई केन्द्रका छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ ।
जलेश्वर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा वैकल्पिक सिकाई केन्द्रका २५ जना छात्रछात्राहरुलाई स्कुल पोशाक, जुत्ता, शैक्षिक सामग्रीसहितको स्कुल व्याग वितरण गरिएको राजदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गजेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिका र युनिसेफको सहयोगमा सो सामग्रीहरु वितरण गरिएको बताउनुहुदै अध्यक्ष गुप्ताले भन्नुभयो,‘सामग्री पाएपछि छात्रछात्राहरुको पठनपाठनमा नियमितता हुने आफुहरुको विश्वास रहेको छ ।’
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका शाखा अधिकृत अरुणशंकर पाठकले प्रमुख अतिथीको रुपमा बोल्नुहुदै भन्नुभयो, ‘बालबालिकाहरुलाई जुन किसिमबाट विद्यालयतर्फ आकर्षित गर्न र पठनपाठनको वातावरण निर्माण भइरहेको यो खुशीको विषय हो ।’ हरेक स्थानीय तहले यस्तै गरी निरन्तरता दिने हो भने विद्यालय बाहिर कुनै पनि बालबालिकाहरु नरहने उहाँको तर्क थियो ।
कार्यक्रममा जलेश्वर नगरपालिका वडानं. २ का वडासदस्य बलविर गुप्ता, गणेश प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार चौधरी, रंजित चौधरी, सञ्चारकर्मी सञ्जित मण्डललगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Sunday, January 20, 2019

कैदी बन्दी स्थानान्तरण हुन थाले

कैदी बन्दी स्थानान्तरण हुन थाले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । क्षमताभन्दा ४ गुणाबढी कैदीवन्दी भएपछि धनुषा र महोत्तरी जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वर कारागारले कैदी बन्दी स्थानान्तरण गर्न थालेका छन् । 

बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

बचतकर्ताको ४ करोड ८३ लाख रुपैया जोखिममा

महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । जिल्लाको सदरमुकाम जलेश्वरमा पत्रिका पसल सञ्चालन गर्दै आउनुभएका महादेव दास अहिले आफुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने पिरले सताएको बताउनुभएको छ । उहाँ जस्ता सयौं जना आफुहरुले जम्मा गरेको रकम फिर्ता होला÷नहोला भन्ने भन्दै निराश हुन थालेका छन् । 
बचतकर्ताबाट संकलन गरिएको ४ करोड ८३ लाख रुपियाँ अपचलन गरेको आरोपी पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था जलेश्वरका सञ्चालक समितिका पदाधिकारीलाई जिल्ला अदालत महोत्तरीले धमाधम धरौटीमा रिहा गर्न थालेपछि बचतकर्ताहरु निरास भएका हुन् । 
पक्राउ पूर्जी जारी भएपछि अदालतमै हाजिर भइ बयान दिएर उनीहरुको थुनछेकको बहस सकिएपछि अदालतको आदेशमा धरौटीमा छुटेकाका कारण सो सहकारी संस्थामा आवद्ध १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ निक्षेप पनि जोखिममा परेको छ ।   
महोत्तरी जिल्ला अदालतले पिपुल्स हेल्पफुल बचतका तत्कालिन अध्यक्ष विमल आचार्यलाई ७ लाख रुपैयामा धरौटीमा छाडेका छन । उनलाई साउन ३१ गते अदालतले छाडेका थिए ।
त्यस्तै कात्तिक १४ गते बिजय ठाकुरलाई ७० हजार, कात्तिक १५ गते रामकिशोर साहलाई १ लाख, संगिता देवीलाई १ लाख, कात्तिक १६ गते चन्दन कुमार साहलाई १ लाख, सकुन्तला देवीलाई ५० हजार, कात्तिक १८ गते दुर्गा देवी स्वर्णकार, अर्जुन कुमार पाण्डे, पिताम्बर झालाई जनही १ लाख, संगिता मिश्रलाई ५० हजार, कात्तिक १९ गते अलि राजा खाँ, प्रमोद लाल कर्ण, अब्दुल कादिर खाँ, संगिता पासवान लाई जनही ५० हजार, कात्तिक २९ गते मञ्जु महासेठलाई ५० हजार, मंसिर २ गते राजु बहादुर पन्त, कान्ता पन्त, उषा पन्त, जिवछी देवीलाई जनही १० हजार, मंसिर ३ गते अम्बिका कुमारी, कविता कुमारीलाई जनही १० हजार, सुलेखा रोक्का क्षेत्रीलाई ५० हजार, श्रवण चौधरीलाई ३० हजार धरौटीमा छाडेका छन् । 
त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयले जलेश्वर नगरपालिका–२ का रविन्द्रनाथ मल्लिक र वडा नम्बर ११ का राघवेन्द्र पाण्डेलाई हाजिरी गराई जमानीमा छोडेको थियो ।
४ करोड ८३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा  २० एजेन्ट, सञ्चालक समितिका पदाधिकारी, ३ प्रबन्धक र क्यासियर गरि ३७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दायर गरेको थिए । कतिपय सञ्चालकहरु पहिला नै सहकारी छोडेपनि उनीहरुले फरक फारक नगर्दा उनीहरु पनि यसमा मुछिन पुगेका थिए ।  
०७१ माघ १० गतेपछि साधारणसभा पनि नगरेपछि सहकारी शंकाको घेरामा परेको थियो ।  सहकारीले एजेन्ट परिचालन गरेर दैनिक रकम संकलन गरेको थियो । यसमा बचतकर्ताले ५० देखि २ सय रुपैयाँसम्म दैनिक बचत गर्दै आएका थिए । 
जलेश्वर–२ का पत्रिका व्यवसायी दासले पनि ०७३ चैतदेखि बचत गर्दै आएको बताउनुहुदै छोरीको बिहेमा सहज होस् भनी दैनिक रुपमा २ सय रुपैया वचत गरेका थिएँ तर बैंकका पदाधिकारीहरुलाई अदालतले धमाधम धरौटीमा रिहा गर्न थालेपछि रकम फिर्ता होला कि नहोला प्रश्न गर्नुभयो ? उहाँले भन्नुभयो, ‘मेरो सावाँ मात्र २३ हजार डुब्यो ।’ सहकारीले एक वर्षे बचतमा ४ प्रतिशत दुई वर्षेमा ७ प्रतिशत, ३ वर्षेमा ९ र ७ वर्षेमा बचतको दोब्बर दिनेजस्ता योजना अघि सारेर आफूहरूलाई फसाएको वचतकर्ताको गुनासो छ ।