Saturday, December 7, 2013

‘लक’ र ‘लोक’ले विजयी

नागेन्द्रकुमार कर्ण
महोत्तरी

‘लक’ र ‘लोक’ कुनै पनि क्षेत्रमा अगाडी बढन चाहिन्छ । लकको अर्थ भाग्य हो भने लोकको अर्थ समूह, आफन्त, इष्टमित्र, भाइभारदार, जनता लगायतका हो । विना भाग्य कुनै पनि क्षेत्रमा अगाडी बढन सकिन्न् । भनिन्छ, मानिस जन्मँदै भाग्य लिएर आएको हुन्छ । भाग्य अनुसार नै मत्र्यलोकमा मान्छेले जिवन वाँच्नुपर्ने हुन्छ । तर कतिपयले त भाग्य नै नभएपनि आफ्नै लगन, श्रम, पसिना र मेहनतले पनि भाग्यको निर्माण गर्ने गर्दछ । अझ राजनीतिक्षेत्रमा त लक र लोकको महत्व सबभन्दा बढी नै छ । यो बिना राजनीतिक्षेत्रमा अगाडी बढछु भन्ने कल्पना समेत गर्न सकिन्न । राजनीतिक्षेत्रमा लामो लगानी लगाएकाहरुको भाग्य कतिखेर खुल्छ ठेगान भने छैन् । श्रम गरे फल मिल्छ नै । राजनीति गर्नेहरुले श्रम भरमग्दुर गरेका हुन्छन् तर भाग्यको अभावमा उनीहरुले फल पाउन सक्दैनन् तर जसले धैर्य राखेर सोही क्षेत्रमा अगाडी बढछ त्यसको अगाडीमा भाग्यलाई पनि झुक्नुपर्छ । महोत्तरी जिल्लामा पनि राजनीतिको क्षेत्रमा यस्तै देखिएको छ ।  लोकले राजनीतिमा लामो लगानी गरेका नेताहरुलाई फल दिएको उदाहरणहरु थुप्रै छन् । जसमध्ये दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका रामदयाल मण्डल, दिपनारायण साह, सिताराम भण्डारी लगायतका रहेकाछन् । त्यस्तै लोकलाई सहयोग गर्नेहरुको पनि लक खुल्छ भन्ने उदाहरण जिल्लामैं देखिएको छ । पहिला लक र लोकको साथ पाएर विजयी हुनुभएका उम्मेदवारहरुबारे केही जानौं ।
जिल्लाको क्षेत्रनं. ३ बाट यसपालि विजय प्राप्त गर्नुभएका रामदयाल मण्डलको जन्म २०१५ सालमा जलेश्वर नगरपालिका ८ महोत्तरीमा भएको हो । बुबा जगदिश र आमा शियावतीदेवी मण्डलका छोरा रामदयाल मण्डलका ५ छोरा र २ छोरी छन ।
भारतबाट एसएलसी सरह पढेका मण्डल २०३५ सालदेखि नेकपा एमालेमा आवद्ध हुनभएको हो । २०३९ सालमा जलेश्वर नगरपालिकाको उपमेयरमा पराजित हुनु भएका मण्डल ०५१ र ०५६ सालको संसदिय निर्वाचनमा पनि पराजित हुनुभयो । २०६४ को संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लडनुभएका उहाँले तराई मधेस लोकतान्त्रिक पार्टीका गणेश तिवारी नेपालीसँग ३७ मतले पराजित हुनु भएको थियो ।
तमलोपाका तिवारीले ११ हजार ३ सय ९० मत प्राप्त गर्नुभएको थियो भनें मण्डलले ११ हजार ३ सय ५३ मत प्राप्त गर्नुभएको थियो । एक कार्यकाल नेकपा एमाले महोत्तरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका मण्डल हाल नेकपा एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ । ०३५ सालको पञ्चायती व्यवस्थामा महोत्तरीको अंकार गाउँ पञ्चायतमा प्रगतिशिलको तर्फबाट प्रधानपञ्चमा निर्वाचित मण्डल नेकपा एमालेको लोकतान्त्रिक मधेसी संगठनको केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ २०३६ सालको जनमत संग्रहका समयमा २२ दिन प्रहरी हिरासतमा पर्नुभएको थियो । यसरी हेर्दा पनि उहाँको महोत्तरीको राजनीतिमा लामो समयको लगानी रहेको छ । त्यसै लगानीको फलस्वरुप यसपालिको निर्वाचनमा उहाँलाई यसक्षेत्रका जनताले विजयी बनाएको छ । कर्म गरेर उहाँले भाग्य पाउनुभएको छ । यसपालि उहाँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामचन्द्र तिवारीलाई हराउँदै विजयी हुनुभएको हो । उहाँले ७८४९ मत ल्याउनुभएको थियो भने तिवारीले ४८०६ मत पाउनुभएको थियो । 
यसैगरी क्षेत्रनं. ५ बाट विजयी हुनुभएका एमालेका नेता दिपनारायण साहको पनि पार्टीमा थुप्रै योगदान रहेको छ । पटक पटक निर्वाचनमा प्रतिद्वन्द्वी रहँदै उहाँ हार्दे आउनुभएको थियो । त्यही राजनीतिको लगानी स्वरुप यसपटकको निर्वाचनमा त्यसक्षेत्रका जनताले उहाँलाई विजयी बनाउनुभएको हो ।
उहाँले एमाओवादीका रजी हैदरलाई हराउदै विजय प्राप्त गर्नुभएको हो । साहले ७२७६ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी हैदरले ६९४३ मत ल्याउनुभएको             थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ६ मा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीलाई हराउदै हिरो बन्नुभएका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पनि लामो राजनीतिक लगानी पश्चात विजय प्राप्त गर्नुभएको छ । पहिलो संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका सीतारामले आफ्नो क्षेत्रमा पकड बनाउदै यसपालि जित्न सफल हुनुभएको छ । २००४ साल असार १३ गते महोत्तरीको औरही ८ मा जन्मनु भएका सीताराम भण्डारी हाल महोत्तरी भरतपुर ८ मा स्थाई बसोवास गरिरहनु भएको छ । उहाँका बुबाको नाम भुवनेश्वर र आमाको नाम लक्ष्मीदेवी भण्डारी हो ।  भण्डारीले भारतको दरभंगाबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । वि.सं. २०२२ सालदेखि नेविसंघको सदस्यता लिएर राजनीति जीवनयात्रा थाल्नुभएका भण्डारी त्यसयता निरन्तर नेपाली कांग्रेसमा कृयाशिल भएर राजनीति गरिरहनु भएको छ ।
नेपाली कांग्रेस, महोत्तरी जिल्लाको सभापति समेत भइसक्नुभएका भण्डारी हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । भण्डारी २०६४ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ६ बाट त्यतिबेला मधेसी जनअधिकार फोरम, नेपालमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत सिंह भण्डारीसंग २१ मतले पराजित हुनु भएको थियो ।
शरत सिंहले ६ हजार ८ सय ६२ मत प्राप्त गर्नुभएको थियो भनें सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको थियो । तर यसपालि सीताराम भण्डारीले राष्ट्रिय अध्यक्ष भण्डारीले प्रतिष्पर्धीभन्दा पनि तल पार्नुभयो । जिल्ला सभापति छँदा पार्टीमैं बढी समय दिनुहुने उहाँले युवा पंक्तिमा पनि लोकप्रिय रहँदै आउनुभएको थियो । उहाँ पनि आफ्नो मेहनत, धैर्य र जनताको आर्शिवाद तथा भाग्यको कारणले सभासदजस्तो गरिमामय पदमा पुग्नुभएको छ । यसपालिको निर्वाचनमा उहाँ ९४८० मत ल्याउनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी एमाओवादीका भरत साहले ७१६२ र रामसपाका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले ६६६० मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ४ मा विजयी हुनुभएका समाजसेवी चन्देश्वर झा पनि बलियो भाग्य लिएर नै सभासद पुग्नुभएको छ । १७ वर्षदेखि समाज सेवा गरि गरेको लगानीको प्रतिफल नै आफुले अहिले आएर जित्नुभएको उहाँले आफै बताउनुभएको छ । साह्रै प्रतिष्पर्धात्मक चुनावी लहरमा उहाँले भाग्य बलियो भएपछि मात्रै सफल हुनुभएको धेरैको भनाई रहेको छ । झा ३ हजार ६२ मत ल्याई विजयी हुनुभएको हो ।
महोत्तरीमा थुप्रै यस्ता नेताहरु छन् जसलाई यहाँका जनताहरुले राजनीतिक लगानीको प्रतिफल दिएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा पनि यस्तै राजनीतिक लगानी भएका गणेश तिवारी नेपालीलाई यसक्षेत्रका जनताले उत्साहपूर्वक विजयी गराएका थिए । उहाँले सो बेला खेलकुद मन्त्री जस्तो गरिमामय पदमा समेत बस्नुभएको थियो ।
यसपालिको निर्वाचनमा समेत थुप्रै युवा नेताहरु महोत्तरीले पाएको छ । ति युवा नेताहरुले आफ्नो छवि बनाउदै धैर्यताका साथ लाग्ने हो भने उनीहरु पनि गरिमामय पदमा नपुग्ला भन्न सकिन्न् । किनभने धैर्यता, लगनशिलता र कर्मबाट नै भाग्य कोर्न सकिन्छ । 

Tuesday, August 20, 2013

 Ilam Ko chiyabagan ma Nagendra & Kamlesh
 Ilam Ko Bato ma Friends with me
 Ilam Mirik ko bato ma Pankaj
 Ilam Ko Mirik bato ma friends sanga Masti
Jaleshwar ko Lcm Field bat dekhiyeko dirsya

चाँदी सहित दुई जना पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, भदौं ४ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय जलसागर मटिहानीले दुई जना युवालाई ७ किलो चाँदी सहित पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
सशस्त्र सिमा सुरक्षा बल महोत्तरीका प्रहरी उपरिक्षक भुवनेश्वर प्रसादले वेशक्याम्प मनराका सशस्त्र प्रहरी हवलदार लाल बहादुर चौधरीको कमाण्डमा रहेको गस्ती टोलीले मनरा ७ मा सवारी चेकजाँचको क्रममा राति दुवैलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका सर्लाही बेलहा गाविस ४ का विनयकुमार साह र जलेश्वर नगरपालिकाका ओमप्रकाश साहलाई सार्वजनिक गर्नुहुदै उपरिक्षक प्रसादले दुवैजना सर्लाहीको बरहथवाबाट ज४प ९५५८ नम्बरको मोटरसाइकलमा चढी जलेश्वर फर्किदै गरेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ परेको बताउनुभयो । उनीहरुलाई तलासी गर्दा खैरो झोलामा प्लाष्टिकमा बेरेर ल्याउदै गरेको ६ केजी ८७० ग्रामको चाँदी फेला परेका थिए । उनीहरुको साथबाट ५ सय भारुको नोट एकथान तथा चारहजार ५ रुपैया तथा मोटरसाइकलको कागजपत्रहरु वरामद गरिएको छ । पक्राउ परेका चाँदीको बाजार मूल्य ४ लाख रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पक्राउ परेका ओमप्रकाशले जलेश्वरबाजारमा रहेको सोनचाँदी पसलको लागि आफुहरु व्यापारीबाट संकलन गरी सो चाँदी ल्याएको बताउनुभयो । चाँदी लिएको रसीद लिन विर्सेको र भोली बुझाउँछु वताएपनि सशस्त्र प्रहरीले नमानेको बताउनुभयो ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाही पश्चात राजश्व कार्यालय बर्दिवासलाई बुझाउने तयारी भइरहेको उपरिक्षक प्रसादले जानकारी दिनुभयो ।

Saturday, August 17, 2013

कुनै पनि हालतमा चुनाव गराउनुपर्ने पूर्वमन्त्री पोखरेलको भनाई

कुनै पनि हालतमा चुनाव गराउनुपर्ने पूर्वमन्त्री पोखरेलको भनाई

महोत्तरी समाचारदाता

जलेश्वर, भदौं १ गते । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले कुनै पनि हालतमा मंसीरमै चुनाव गराउनुपर्ने वताउनुभएको छ ।

महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा शनिबारदेखि प्रकाशनमा आएको ‘बर्दिबास खबर’ दैनिक पत्रिकाको विमोचन गर्नुहुदै पोखरेलले मंसिर महिनामा तोकिएको चुनावलाई पनि पछि सार्ने षडयन्त्र भइरहेको बताउनुहुदै यसप्रति सबैजना सचेत हुनुपर्ने आग्रह समेत गर्नुभयो । उहाँले सहमतिको नाउँमा दुई चारदिन समय बढाउन मिल्छ तर मंसीर महिना भन्दा पछि लगिने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुहुदै यसप्रति सबैले दवाव सृजना गर्नुपर्ने बताउनुभयो ।

उहाँले चुनाव भएन भने देश पुनः प्रतिगमनको खतरामा पर्ने दावी गर्नुहुदै देशलाई संक्रमणकालिन अवस्थाबाट जोगाउन चुनाव अपरिहार्य रहेको र त्यो चुनाव कुनै पनि हालतमा मंसिरमै हुनुपर्ने जिकिर गर्नुभयो ।

कुनै पनि निर्वाचन प्रयोजनको लागि पाँच शक्ति जरुरी भएको र ति शक्तिले चाहने हो भने चुनाव जुनसुकै अवस्थामा हुन सक्ने उहाँको भनाई थियो । उहाँले पाँच शक्तिमा सरकार, निर्वाचन आयोग, राजनीतिकदलहरु, जनता र अन्तराष्ट्रिय शक्ति प्रमुख रहेको र उनीहरुको तयारी र उनीहरुको सहकार्यले नै चुनाव हुन सक्ने बताउनुहुदै त्यो सहकार्य अहिले भइरहेको स्पष्ट गर्नुभयो । उहाँले अब छिट्टै नै चुनावको वातावरण बन्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

शनिबारदेखि प्रकाशनमा आएको चार पेजको राष्ट्रिय दैनिक ‘बर्दिवास खबर’ को प्रकाशकमा तुलसीरमण काँफ्ले र सम्पादक सन्तोष पोखरेल रहेका छन् भने कार्यकारी सम्पादकमा विक्रम प्रसाद रौनियार रहेको जनाइएको    छ ।

पत्रिका विमोचन कार्यक्रमको अध्यक्षता पत्रिकाका प्रकाशक तुलसीरमण काँफ्लेले गर्नुभएको थियो भने सो कार्यक्रममा नेपाल पत्रकार महोत्तरी शाखाका सभापति हरिप्रसाद मण्डल, प्रेस स्वतन्त्रतता सेनानी कुँवरकान्त झा, रेडियो सुनगाभाका अध्यक्ष शशिकला दाहाल सहित स्थानीय राजनीतिकदलहरुले पत्रिका निरन्तरताको शुभकामना दिनुभएको थियो ।

पत्रिकामा तत्कालको लागि ६ लाखको पूँजी लगाइएको प्रकाशक काँफ्लेले सो विमोचन कार्यक्रममा जानकारी दिनुहुदै श्रमजीवी ऐनको पालना गर्न आफु कटिवद्ध भएको बताउनुभयो ।

महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।

महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।

बिष्णुकुमार यादब,गौशाला महोत्तरी
साउन ३२ ष्ते ०७०

महोत्तरीमा दलित छात्रामाथी भएको जबरजस्ती करणी घटनाको हप्ता नबित्दै फेरी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको छ । महोत्तरीको सुन्दरपर वडा नंम्बर ४ निबासी बोल्न नसकिने ३५ बर्षिय राम थरकी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको हो । गएको १ हप्ता पहिले उक्त घटना भएपनी आफु कहा आज मात्र उजुरी आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ  । खेतमा एक्लै घास ल्याउन गएकी उक्त महिला लाई स्थानिय ५० बर्षिय राम एकबाल राय यादबले जबरजस्ती करणी गर्न खोजेकोे घटना बाहर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ऐता पिडित महिलाको स्वास्थ्य परिक्षण गरी घर पठाएको र फरार अभियुक्त यादबलाई खोजबिन भई रहेको प्रहरीले जानकारी दिनु भयो । केहिदिन पहिले कक्षा १० मा अध्यनरत राम थरकै एक छात्रालाई शिक्षकले जबरजस्ती करणी गरेको घटना बाहिर आएको थियो । 

हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य

हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य

महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । हात्तीको आक्रमण हुन सक्ने भयले महोत्तरीका पश्चिमवर्ती भरतपुर सहितका गाउँहरुमा स्थानीयहरु रातभरि जाग्राम बस्न वाध्य छन् ।

बालक देखि वृद्ध सम्म हात्तीको आक्रमण हुन सक्ने डरले रातभरि थाली र टिन बजाउने र रातभरी जाग्राम बस्ने गरेको भरतपुरका स्थानीय युवा सन्तोष सिंहले जानकारी दिनुभयो । उहाँले चार दिन देखि गाउँ रातभरि जागा हुने गरेको बताउदैं हात्ती कुनै बेला गाउँ छिर्न सक्ने भन्दै मशाल, थाली र टिन बजाउन तयारी अवस्थामा राख्ने गरेको बताउनुभयो ।

सर्लाही देखि महोत्तरीको कुशमाडी बर्दिवास सम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको जंगलमा ति हात्ती लुकेर रहेको र कुनै पनि बेला थप आक्रमण गर्न सक्ने भय गाउँलेमा रहेको छ । सागरनाथ वन विकास परियोजना भरतपुर गाउँको उत्तरमा रहेको र हात्ती अझै पनि जंगलमा रहेको कारण गाउँलेहरुमा डर, त्रास रहेको छ ।  हात्तीको आक्रमणबाट थप क्षति हुन नदिन गाउँमा रहेको हरेक विजुलीको पोलमा बत्ती लगाइएको छ भने मशाल बालिने र समय समयमा थाली तथा टिन बजाउने गरिएको सिंहले जानकारी दिनुभयो । उहाँले गाउँमा रातभरि नै जाग्राम बस्ने हुँदा कुनै उत्सव जस्तै लाग्ने गरिएपनि ति उत्सवमा कुनै उमंग नरही डर र त्रास मात्रै रहेको जानकारी दिनुभयो ।

भरतपुर ९ पररियामा बस्ने ४५ वर्षिय कैलाश राउत कुर्मीलाई घरको वराण्डामा सुतेको अवस्थामा साउन २९ गते मंगलबार बिहान हात्तीले आक्रमण गरी ज्यान लिएपछि तथा त्यसको भोलीपल्ट पनि हात्ती त्यही देखिएपछि गाउँलेहरु भयभित छन् । रात नपर्दे हात्तीको डरले सो टोलका मान्छेहरु घर छाडेर गाउँमा शरण लिन वाध्य छन् । गाउँ भन्दा ५–७ मिनेटको दुरीमा बस्ने उनीहरु हात्तीहरु पुनः आउने डरले रात परेपछि गाउँ पस्ने गरेका छन् ।

अझै पनि ति हात्तीका समूहलाई सर्लाहीको गौरीशंकर स्थित जंगलमा देखिएको र पुनः हात्ती आउन सक्ने भयले उनीहरु त्रसित छन् । केही दिन अगाडीदेखि मात्रै सर्लाहीमा ४ जनालाई मारेर त्रासदी मच्चाएको हात्तीले भरतपुरमा समेत आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।

यता इलाका प्रहरी कार्यालय गौशालाले हात्तीबाट थप क्षति नहोस् भन्ने हेतुले हात्तीको खोज जारी राखेको जनाएको छ । प्रहरी निरिक्षक दिपक गिरीले आफुहरु पनि गाउँको सुरक्षार्थ खटिने गरेको जानकारी दिनुहुदै हात्तीको खोजविन जारी राखिएको वताउनुभयो ।

हात्तीको आक्रमणले अहिलेसम्म महोत्तरीमा एक, सर्लाहीमा चार, रौतहट र चितवनमा गरी जम्मा ११ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं सर्वसाधारण घाइते भइसकेका छन् । सोही दिन भरतपुर पररियाकै चण्डेश्वर रायको घरमा समेत हात्तीले आक्रमण गरेपनि उनीहरु सबै भागेपछि बाँचेका थिए । हात्तीको समूहले उनको घरमा बोरामा राखिएको चामल समेत खाएका थिए । हात्तीहरु झुण्डमा रहने गरेको र गाउँमा ४–५ वटा हात्ती देखिएको जनाइएको छ ।

आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते

आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । महोत्तरी जिल्लाको गौशालामा बिहीबार राति अज्ञात लुटेरा समूहले आधा दर्जन भन्दा बढी घरबाट लाखौंको डकैती गरेका छन् । सो क्रममा प्रतिकारमा उत्रेका तिनजनालाई डाँकासमूहले घाइते समेत बनाएको बताइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक स्थानको रुपमा चिनिएको गौशाला वडानं. ६ बस्ने मिश्री साह सोनार, रामसोगारथ साह, भरत महतो, विरवल महतो, देवशरण महतो, राजकिशोर महतो र रामसोगारथ साहको घरबाट हतियार सहित आएका डाँका समूहले लुटपाट मच्चाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

इप्रका गौशालाका प्रहरी निरिक्षक दिपक गिरीले राति १ बजेतिर आधा दर्जनको संख्यामा आएका सशस्त्र डाँका समूहले टोलबासीलाई नियन्त्रणमा लिदैं लुटपाट मच्चाएका थिए । आफुहरुलाई ढिलो गरी खबर प्राप्त भएकोले ढिलो गरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेको बताउनुभयो ।

डकैतीको क्रममा प्रतिकारमा उत्रेकाहरुलाई डाँकाहरुले निर्धात कुटपिट गरेका थिए । डाँकाहरुको कुटपिटबाट स्थानीय राम सोगारथ साह, राजकिशोर महतो र दिनेश कापर घाइते भएको र उनीहरुको उपचार स्थानीयस्तरमा भइरहेको प्रहरी निरिक्षक गिरीले जानकारी दिनुभयो ।

यता स्थानीयहरुले विहानै मात्रै घटनास्थल पुगेका प्रहरीहरु प्रति आक्रोशित भएका छन् । उनीहरुले घटनाको जानकारी तत्कालै गराइएपनि प्रहरीहरु बिहान आएको भन्दै प्रहरी विरुद्ध नारावाजी समेत गरेको जनाइएको छ ।

इप्रका गौशालाले डाँका समूहको खोजतलाश तिव्र पारिएको बताएको छ ।

नेपाली रुपैयाँ नचल्दा हैरानी

नेपाली रुपैयाँ नचल्दा हैरानी

nepalicurrencyगौशाला, १ भदौ । महोत्तरी जिल्लाको भारतीय सीमासँग जोडिएको मनरा गाविसमा नेपाली रुपैयाँ नचल्दा सर्वसाधारणलाई हैरानी भएको छ ।
आफ्नै देशमा आफ्नै रुपैयाँ नचल्दा स्थानीय बासिन्दाले दैनिक उपभोग्य वस्तुसहित अन्य वस्तुको खरिद बिक्री गर्नुपर्दा समस्या उत्पन्न हुने गरेको स्थानीय शिक्षक रामदिनेश चौधरीले बताउनुभयो ।
भारतको सीतामढी जिल्लाअन्तर्गत सिरसिया सहरसँग जोडिएको नेपालको मनरा गाविसका हाट, बजार तथा पसलमा नेपाली रुपैयाँको ठाउँमा भारतीय रुपैयाँमात्र चल्ने गरेको स्थानीय लेखापढी व्यवसायी रवीन्द्र भगतले बताउनुभयो ।
उहाँले दैनिक जीवनका हरेक आर्थिक कारोबार मनरावासीले भारतीय रुपैयाँमा लेनदेन गर्नुपर्दछ भने यहाँ भारतीय रुपैयाँ नहुनेहरुले नेपाली रुपैयाँ भारतीय रुपैयाँको दाँजोमा आधी मूल्यमा चलाउन बाध्य हुन्छन् ।
मनराका नेपालमा जागिर गर्नेहरुले पनि आफूले तलब पाएका नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साटेर गाउँमा कारोबार गर्नुपर्दछ भने सो ठाउँका किसान, व्यापारी, शिक्षक, चिकित्सकदेखि सबै व्यक्तिले भारतीय रुपैयाँमै कारोबार गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा अशोक मण्डलले बताउनुभयो ।
स्थानीयस्तरमा नेपाली रुपैयाँ नचल्दा मनरावासीले भारतीय रुपैयाँको अभावमा समय समयमा आधी दाममा नेपाली रुपैयाँ चलाउनुपर्दछ भने कुनैकुनै बेला त नेपाली रुपैयाँ नसाटिँदा आवश्यक कामकाज बिग्रिने पनि गरेको  व्यापारी राधेश्याम भगतले बताउनुभयो ।
महोत्तरीको निर्वाचन क्षेत्र नं ४ को पाँच हजारभन्दा बढी जनसङ्ख्या बसोवास गर्ने मनरा बजारमा दैनिक रु दुई लाखसम्मको  कारोबार हुने गर्दछ भने तीमध्ये ९० प्रतिशत रुपैयाँ भारतीय हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।
सीमामा बसोवास र भारतीय रुपैयाँमात्रै चल्ने भएकाले मनरावासी प्रायः भारतकै सहर बजारमा गएर आफ्ना दैनिक जीवनका सरसामान ल्याउने गर्दछन् भने उच्च शिक्षा र राम्रो स्वास्थ्य उपचारका लागि पनि भारतमै जाने गरेको स्थानीय बताउँछन् ।

Monday, August 12, 2013

मधुश्रावणी पर्व शुरु Nagendra Kumar karna


मधुश्रावणी पर्व शुरु

Nagendra kumar Karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १२ गते । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणी पर्व साउन १२ गते शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ । 
१५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गरेको सुगाभवानीपट्टीकी किरण कर्णले बताइन । 
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन । श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो । यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् । पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोली यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ । यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ । श्रावणको झरी, कालो वादल,   चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ । 
“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ । विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन । सो समयमा नवविवाहिता महिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ । यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ । यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ ।   

पंजी व्यवस्था र मिथिलाञ्चलका प्रसिद्ध स्थल ‘सौराठसभा’




पंजी व्यवस्था र मिथिलाञ्चलका प्रसिद्ध स्थल ‘सौराठसभा’

नागेन्द्रकुमार कर्ण
महोत्तरी

मिथिलाञ्चलका प्रमुख धरोहरको रुपमा चिनिने ‘पंजि व्यवस्था’ र त्यससंगै अस्तित्वमा आएको ‘सौराठसभा’ अहिले आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको छ ।
सरोकारबाला निकायहरुको अदुरदर्शिता तथा ब्राम्हणजातिहरुको उदासिनताको कारणले ‘पंजी व्यवस्था’ सहित ‘सौराठसभा’ अहिले अस्तित्वविहिन बन्ने स्थितीमा पुगेको हो । 
तत्कालिन मिथिलाका प्रसिद्ध राजा हरिसिंहदेव (जसको राजधानी सिमरौनगढ थियो) ले पंजि व्यवस्थाको शुरुवात गर्नुभएको पाइन्छ । उहाँले नै मैथिल ब्राम्हण तथा मैथिल कायस्थ (कर्ण कायस्थ)मा पंजी व्यवस्थाको शुरुवात गर्नुभएको थियो । पंजी प्रबंधको व्यवस्था शाके संवत १२३२ अर्थात सन् १३१० मा राजा हरिसिंह देवले लिखित रुपमा गर्न लगाउनुभएको थियो । उहाँ भन्दा अगाडी नै नान्यदेवले यसको शुरुवात गर्नुभएको पाइए पनि यो अलिखित रुपमा रहेको थियो । पंजी व्यवस्था शुरु कसरी भयो सन्दर्भमा एउटा कथा प्रचलित छ । कथानुसार मिथिलाराज्यमा (त्यत्तिबेला) एउटी ब्राम्हणीको रगत सम्बन्धमा विवाह भएको र उनले पाएको दुःख कष्टको विचार गर्दे जाँदा यस्तो भएको थाहा पाएपछि पतिले पत्नीलाई त्यागिएको घटनाले पंजीव्यवस्थालाई जोडिएको पाइन्छ । राजा हरिसिंह देव कहाँ यस्तो फिराद पुुगेपछि राजाले विभिन्न पण्डित, विद्धानहरुलाई बोलाएर यसको समाधानको उपाय निकाल्न लगाउँदा यस्तो पंजीकरणको व्यवस्था गरिएको जनाइएको छ । महिलालाई यज्ञादि गरी चोख्यादै रगत सम्बन्धमा विवाह नहोस्भन्ने हेतुले पंजिव्यवस्था कायम गरिएको हो । यसमा प्रत्येक ब्राम्हण, राजपुत, तेरघरिया वैश्य र कायस्थ जातिमा पंजिकाधिकारी नियुक्त गरि यसको शुरुवात गरिएको हो । यसमा प्रत्येक परिवारको लगत लिई वंशावली तयार गरी मूलग्राम डेरा, गोत्र आदिको उल्लेख गरि राखिएको छ । यस किसिमको लिखित अभिलेख राखि विवाहपूर्व वर र कन्यापक्षका सात पुस्ता छुटयाई विवाह योग्य भएपछि मात्र पंजिकारले स्वजनपत्र लेखी स्वीकृति दिएपछि सिद्धान्त र विवाहको कुरा छिनिन्थ्यो । मातृपक्षको ५ तथा पितृकुलको ७ पक्षको रगत सम्बन्ध यसमा हेरिन्छ र नमिलेपछि सिंद्धान्त (स्वजनपत्र) को माध्यमद्वारा पंजीकारले विवाहको स्वीकृति दिन्छ । अहिले पनि मिथिलाका ब्राम्हण, कायस्थ र देव जातिमा यो प्रचलन कायमै छ । अद्यापि विना पंजीकरण र सिद्धान्त बिना विवाह यस जातिमा हुँदैन् । 
सर्वप्रथम पंजिकरण भारत समौल मधुवनी जिलाको धारे झाद्वारा शुरु गरिएको र त्यही समयदेखि नै सौराठसभाको शुरुवात भएको बताइन्छ । अहिले धारे झाकै छोरीपट्टीका पंजिकारहरुले यो कार्यलाई विडोंको रुपमा थामेको छ । 
त्यही पंजीकरण व्यवस्थालाई बचाउन मुख्य ध्येय बोकेको तथा सामूहिक विवाहको लागि प्रख्यात मानिएको ‘सौराठसभा’ स्थल भारतको मधुवनी जिल्लाको रहिका प्रखण्ड अन्तर्गत पर्दछ । रहिका बाजारबाट अढाई किलोमिटर पूर्वोत्तर कुनामा तथा मधुवनीबाट ६ किलोमिटर उत्तरमा पर्ने सौराठसभा आषाढ महिनाको अन्तिम शुद्ध लगनमा शुरु हुन्छ भने यो सौराठ सभा ५ दिन देखि एकहप्ता सम्मको हुने गरेको छ । 
सौराठ सभामा वरपक्ष (केटापक्ष) र कन्यागतपक्ष (केटीपक्ष)बीच शास्तार्थ हुन्थ्यो । त्यहाँ केटाको ज्ञान, क्षमता हेरिन्थ्यो । केटा घरबाट नै रातो धोती, कुर्ता, रातो पाग धारण गरेर सभागाछीमा निर्धारित स्थानमा ओछयानमा बसेको हुन्थ्यो र त्यही शास्त्रार्थ हुने गरिन्थ्यो । त्यहाँ सवा लाख ब्राम्हणहरुको उपस्थिती भएपछि पाखरको बोट आफै मौलाउने गरेको बताइन्छ । यद्यपी अहिले त्यहाँ त्यो रुख छैन् । मिथिलाको यी जातिहरुमा ‘चट्ट मंगनी पट्ट वियाह’ भन्ने कहावत अनुसार नै कुरा छिनिएपछि विवाहको तयारी भई एकहप्तामैं हुन्थ्यो । 
पहिला यो सभा सौराठ सहित ४२ स्थानमा हुने गर्दथ्यो । यसमा सहरसाको बनगाँव, पूर्णियाको सुखसैना, सीतामढीको ससौला, मधेपुरको समुआर, अररियाको खामगारर, झंझारपुरको प्रतापपुर प्रसिद्ध रहेको छ । तर अहिले सौराठ र सितामढीको ससौला बाहेक प्रायः सबै लुप्त अवस्थामा छ । र दुइटैको अवस्था पनि दिनप्रतिदिन लुप्तकै अवस्थामा गइरहेको छ । बढदो दहेज, समयाभाव, बढदो आधुनिकता र सम्पर्क माध्यमको पहुँचको कारण यसमा कमी आएको सौराठसभामा पंजिव्यवस्थालाई कायम राख्न लाग्नुभएका पंजिकार प्रमोदकुमार मिश्रको भनाई छ ।
सौराठसभा पुग्दा भारतको उत्तरप्रदेशको नासिरगंजबाट आउनुभएका यदुनारायण पाठक लगायत करिब एक दर्जन व्यक्तिहरु, तिनवटा पंजिकारहरुको आश्रयस्थल तथा केही पसलमा रहेका मान्छे मात्रै भेटिएको थियो । पहिला पहिला अषाढ महिनाको अन्तिम शुद्ध लग्नमा लाखौंको ब्राम्हणहरु पुग्ने सो सभामा सो समयमा अहिले मुस्किलले सय जना पुग्ने गरेको ठम्याई पंजिकार प्रमोदले गर्नुभएको थियो । 
पहिला पहिला सौराठसभामा विवाहको कुरा छिनिएर सिद्धान्त भई विवाह हुनु भनेको शान, मान र विद्धानको प्रतिक थियो तर अहिले ति क्रमशः हराउदै गएको छ । सोही गाउँमा अहिले पनि ५ हजार भन्दा बढी ब्राम्हण समुदायको वस्ती रहेको छ तर विवाहको लागि लग्न जुराउनुबाहेक उनीहरु पंजिकारसंग खासै मतलव नराख्ने गरेको छ ।  
सम्पूर्ण सुविधाले युक्त भएपनि सरोकारबाला निकाय तथा स्वयं ब्राम्हण समुदायहरुकै कारणले सौराठसभा आजको पुस्ताले विर्सदै गएको छ । अहिले पनि २२ एकड जग्गामा फैलिएको सो सभामा माधवेश्वरनाथ ट्रष्टको अधिनमा दरभंगा महाराजद्वारा प्रदान गरिएको ठुलो दुई वटा पोखरी, पूर्व केन्द्रीय रेल मन्त्री ललित नारायण मिश्रको सतप्रयासमा बनाइएको दुइवटा ठुलो धर्मशाला, भारतीय स्टेट बैंक, हुलाक, दुईवटा खानेपानी, स्वास्थय चौंकी, यज्ञमण्डप, माधवेश्वरनाथको पुरानो मन्दिर, ठुलो इनार लगायत रुखहरु पर्याप्त रहेका छन् । तर, सभामा ब्राम्हण समुदायहरु नपुग्दा एउटा धर्मशालामा नीजि विद्यालय चलिरहेको छ भने अर्को धर्मशाला पूर्णत बन्द भई जिर्ण बन्दै गएको छ । त्यसैगरी खानेपानी समेत त्यस्तै अवस्थामा छ भने पोखरीहरु अवस्था समेत दिन दिनै घटदै गइरहको छ । 
सौराठसभामा पंजिकारको माध्यमबाट वर र कन्यागतको मिलान हुने गरेको छ । पंजी व्यवस्थालाई आधुनिकतासंग समेत वैज्ञानिकहरुले जोडेका छन् । विपरित डिएनए भएको व्यक्तिसंग विवाह भएपछि उनीहरुबाट हुने छोराछोरी बढी स्वस्थकर र मानसिक, शारीरिक रुपमा स्वस्थकर हुने वैज्ञानिकहरुले पुष्टि गरिसकेको छ । अहिले कम्प्युटरको युग भएकोले पंजीकरणको व्यवस्था कम्प्युटरबाट हुनु जरुरी छ । पंजीकरणलाई डाटा प्रोसेसिँगको माध्यमबाट अलग्गै वेव बनाई त्यही अनुसार आधुनिकरण गर्ने हो भने राम्रो तथा पुनः सुधार गर्न सकिने बुझिन्छ । 
यसलाई बचाउन अहिले पनि सौराठसभा विकास समिति र दहेजमुक्त मिथिला काम गरिरहेको छ । तर पनि उल्लेख्य सफलता भने हात परेको देखिदैंन् । त्यसैले सामुहिक विवाहको लागि प्रख्यात मानिएको यो सभालाई ब्राम्हण समुदायले पुर्खाको विरासतको रुपमा बचाउनु नितान्त जरुरी छ ।

Sunday, August 11, 2013


जलेश्वरदेखि ईलाम सम्मको यात्रा
नागेन्द्रकुमार कर्ण ÷
योजना, तत्अनुरुपको कार्य, सामञ्जस्यता र अर्थ (रकम) सामुहिक रुपमा भ्रमण तथा यात्राको अनिवार्य आवश्यक कार्य हो । यो बिनाको भ्रमण कुनै अर्थमा लाभदायक हुँदैन् । नुन बिनाको माछा खाएसरह नै हुन्छ । समय र पैसाको वर्वादी बाहेक हामीले यसबाट केही पनि पाउँदैनौं । यो कार्य बिना हामीले सोचेको जस्तो उपलब्धि पनि हासिल गर्न सक्दैंनौं । त्यसैले कतै तपाई पनि यात्रा वा भ्रमणको लागि जाँदै हुनुहुन्छ अथवा तयारी गर्दे हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनैपर्छ । आजभोली त यसो नेटमा बस्यो भने गुगलले जाने ठाउँको दिशा, दुरी सबै पत्ता लगाइदिन सक्छ भने त्यहाँको मौसम, हावापानी, धार्मिक, साँस्कृतिक सम्पदाहरु, भ्रमण गर्नुपर्ने ठाउँहरुबारे समेत भन्न सक्ने भएकोले अलिकति मात्रै मिहिनेतले तपाईको भ्रमणलाई उद्देश्यअनुरुप मात्रै नभई लाभदायक, सुरक्षित र सहज बनाउन मद्दत पुग्दछ ।
भ्रमण (घुमफिर) गर्नु सबै हिसाबले उपयुक्त र राम्रो मानिन्छ । अनुभव बटुल्न, नौलो ठाउँको बारेमा आफै पुगेर अवलोकन गर्न, कामको बोझबाट एक दुई दिन मुक्त हुँदै मुड फ्रेस गर्न लगायत अन्य कामको लागि पनि भ्रमण गर्नु राम्रो मानिन्छ । यसै सिलसिलामा पूर्वको केही जिल्ला जाने मौंका जु¥यो । हामीले पनि सामुहिक रुपमा ड्राइभर सहितको ७ जनाको जम्बो टोली पूर्वको झापा, इलाम लगायत भारतीय दार्जलिङ सम्म जाने धोकोका साथ आइतबार (साउन ६ गते) जलेश्वरबाट प्रस्थान भयौं । टोलीमा म सहित कमलेश झा, नितेश झा, पंकज साह, नरेशकुमार साह उनका एकजना आफन्त (भारतको छपरा निवासी, नातामा नरेशको सालो) थियौं । एसी सहितको नयाँ गाडी गन्तव्य तिर हुँइकँदै गयो । हामीले सुनसरीको भान्टाबारीमा कोसीको माछा सहितको राम्रो खाना पाइन्छ भन्दै २ बजेतिर त्यहाँ खाना खायौं । त्यसपछि हाम्रो गन्तव्य झापाको लक्ष्मीपुर थियो । लक्ष्मीपुरमा कमलेशको दाईको साढुभाई बस्ने भएको र राति पनि त्यही बस्ने पूर्व योजना अनुसार हामी त्यहाँ पुगेका थियौं । त्यहाँ घरमूली नरेश झाले हामीले सोचेको भन्दा पनि बढी सत्कार गर्नुभयो । उहाँले हामीलाई यो क्षेत्रमा जानुपर्ने ठाउँहरुको बारेमा जानकारी समेत दिनुभएको थियो । उहाँले नै तपाईहरु नेपालकै ठुलो पुल कनकाई नदीको पुल पार गरेर आउनुभएको भन्दा हामी झल्याँस्स भएका थियौं । हामीलाई यो पुल बाटोमा पर्छ भन्ने हेक्का पनि थिएन । हामी त त्यो पुल काकडभिठ्ठाको नजिक होला भनेर अनुमान गरेका थियौं तर लक्ष्मीपुर आउनुभन्दा चार पाँच किलोमिटर अगाडी नै त्यो पुल हामीले क्रस गरिसकेका थियौं । त्यहाँ हामीले अफसोस जाहिर गर्दे जानेबेलामा पुल हेर्ने विचार गरेका थियौं । त्यहाँ हामीले नास्ता खाई उहाँको पुरानो घर डाँगीबारी पुग्यौं । डाँगीबारीमा उहाँहरुको बसाईको तिनपुस्त पुगिसकेको छ । पुरानो घरमा झाजीको बुबा, आमा सहित कान्छोभाई महेश झा र बुहारी बस्दैं आउनुभएको छ । क्षेत्रमैं गणमान्यमा गनिनुहुने दुवै दाजुभाईको स्वभाव मिलनसार, चाहिए भन्दा बढी नबोल्नु रहेको पायौं । त्यहाँ पनि हाम्रो स्वागत नसोचेभन्दा बढी भयो । त्यहाँ रात्रि विश्राम पश्चात बिहान सोमबार महेश झा सर र उहाँको साथी सन्तोष भन्ने डिकबहादुर श्रेष्ठसंगै हामी इलामको यात्रामा निस्कयौं । महेश दाईको साथी सन्तोष पनि मिलनसार रहेको पायौं । उहाँ दुबैले हाम्रो पथप्रदर्शकको रुपमा हरेक ठाउँको बारेमा जानकारी दिनुभयो । सन्तोष दाई राम्रो चालक पनि भएको तथा त्यो बाटोको राम्रो जानकारी हुनुभएकोले बाटोमा यदि हामी चढेको गाडीको चालकलाई अप्ठयारो भयो भने बेकअपको रुपमा तथा पथप्रर्दशकको रुपमा हुनुहुन्थ्यो । बिर्तामोडबाट दुई तिन किलोमिटर पूर्व चारआली पुगेर इलामको लागि गाडी उत्तरतर्फ सोझियो । झापाको उखरमाउलो गर्मीमा गाडीमा चलेको एसीलाई हामी एक घण्टा नवित्दै विस्थापन गर्यो । बाहिरको एसीमा हामीलाई अलिअलि भएपनि चिसोको महसुस भइरहेको थियो । रात्री पानी परेकोले आकाश पुरा खुला थियो । सूर्यको प्रकाश पातमा पर्दा ऐनामा टल्किए झै सोझै आँखामा परेर लुकामारी खेलिरहेको थियो । सुपारी र नारियलको बोटहरु, मकैबारी र चियाबारी, हरेक खेतमा रोपिदै गरेको धान, नागबेली परेको बाटो, बादलको ख्यालठट्टा (कहिले पानी पर्छ कि जस्तो धुम्म कालो हुने त कहिले आकाशै देखिने गरी खुल्ने) तथा प्रकृतिको मनोरम छँदा हेर्दे हामीहरु मन्त्रमुग्ध भइरहेका थियौं । त्यसमा पनि बादलले ल्याइरहेको चिसोपनाले गर्दा त हामी एक छिन हाम्रो महोत्तरी मात्रै होइन झापाको उखरमाउलो गर्मी पनि बिर्सियौ । महेन्द्र राजमार्ग छाडेर मेची राजमार्गमा गुडिरहेका थियौं । बाटोमा कुल्बुङ स्थानमा पाथीभराको मन्दिर आयो । महेश दाई र सन्तोष दाईले ल ईलामको यो पाथीभरा मन्दिर घुम्न जाउँ भनेर भन्नुभयो । नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा देवीको तिन बहिनी मध्ये कान्छी वहिनीको रुपमा इलामको कोल्बुङमा पाथीभरा देवी रहेकी छिन् । माहिली भने इलामकै फिक्कल ३ बरबोटेमा अवस्थित रहेकी छिन् । हामी पाथीभरा देवीकी कान्छी बहिनी पाथीभराको दर्शन गर्न पुजाको सामग्री किनेर डाँडाको बाटो लाग्यौं । डाँडामा हामी शुरुमा दर्गुर्यो तर दुई मिनेट नवित्दै सबै लखतरान । ठाडो उकालो । त्यसमा पनि दर्गुनाले त सबैको हालत खराब । सन्तोष दाईले विस्तारै विस्तारै ढुँगा टेक्दै जान भन्नुभयो । होइन भने लेउले गर्दा चिप्लिने डर । विस्तारै थकाई मादैं हामी २० मिनेटमा मन्दिर परिसर पुग्यौं । त्यहाँ जुत्ता, चप्पल फुकालेर दर्शन गर्न पुग्यौं । त्यहाँ पाथीभरा देवी मन्दिरको ठयाक्कै अगाडीमा रहेको भगवान गणेशको पुजा गर्यो । पाथीभरा देवीको पुजा पूर्व गणेशको पूजा गर्नुपर्ने चलन मन्दिरमा रहेकोले हामी त्यसै गर्यो । त्यसपछि हामी पाथीभरा देवीको दर्शन गर्यो । ढुङाको आकारमा लम्पसार परेकी जस्ती देखिएकी थिइन । मन्दिर भित्रमा पुजाको लागि कपडा, घण्टी बाँध्नुपर्ने, सिन्दुर लगायतका सामग्रीहरु चढाउने गरेको र हामीले पनि त्यसो गर्यो । त्यसपछि हामी मन्दिरमा पुजापाठ गरेर तल ओर्लयौं । जुत्ता चप्पल लगाउने ठाउँमा आएर हामी सबैले जुत्ता, चप्पल लगायौं र केही साथीहरु त्यही रहेको पसलमा केही सामान किन्न लाग्नुभयो । त्यस्तैमा सन्तोष दाईले सबैजनाले आफ्नो खुट्टा हेर्न लगाउनुभयो । किनकी उहाँलाई जुका (जोंक, रगत चुस्ने किरा) लागेको थियो । अनि सबै जनाले हेर्यो । सबैलाई जुका लागेको थियो । म र नितेश झा बाहेक सबैको खुट्टाबाट रगत बगेको देखियो । त्यहाँ सबैले ‘जसले पाप गरेको छ, त्यो पाप भगवतीको कृपाले पखालियो’ भन्ने रुपमा लिए । त्यसपछि हामी सिँढीको बाटो तल ओर्लयौं । मन्दिरदेखि तल सम्म ओर्लन एक हजार दुई सय भन्दा बढी भ¥याङ थियो । हामीले ओर्लने बेलामा सबैले कतिवटा सिँढी छ भनेर गन्न भन्यौं । ५ सय सम्म त गनियो तर खुट्टामा अलिकति पनि चिलायो भने जुका लागेको हो कि भनेर जुत्ता फुकाल्दा फुकाल्दै हामीले गन्न भ्याएनौं तर तल सोध्दा १२०० सिढी रहेको थाहा पाएका थियौं ।
त्यसपछि हामी अगाडी बढ्यौं । सबैलाई भोक पनि लागेको थियो । हामी फिक्कल पुगेर ‘पाहुना घर’ भन्ने होटलमा खाना खायौं । साहुनीको फरासिलो व्यवहार तथा मिठो खानाको लुत्फ हामीले उठायौं । त्यसपछि हामी इलामको बाटो लाग्यौं । जता हेर्यो त्यत्तै चियाको बगान । डाँडाकाँडा, भिरपाखा, जता हेर्यो त्यत्तै चिया खेती । हामीले नेपाली फिल्म हेर्दा त्यसमा देखाइने चियाखेतको झल्को हामीले दुरुस्तै हेर्न पायौं । नजिक गएर हामीले चियाको बोट हेर्न पायौं । फोटो सेशन पनि गर्न भ्यायौं तर इलाम बाजार घुम्न भने भ्याएनौं । हामीलाई दार्जलिङ पुग्ने चाहनाले गर्दा हामी आधा घण्टा पछि ईलाममा बस्न सकेनौं । इलाम बाजार तथा चियापत्ती कसरी बनाइदो रहेछ भन्ने हेर्न पाएनौं । त्यसको लागि हामीलाई पुनः इलाम पुग्नुपर्ने वाध्यता छँदैछ ।
त्यहाँबाट पुनः हामी फिर्ता भयौं । पुनः फिक्कल आएर त्यही पाहुना घरमा पुगेर हामी चिया खायौं । त्यहाँबाट दार्जलिङ जानको लागि पशुपतिनगर आयौं । पशुपतिनगर पुगेपछि भारतीय भूभागमा प्रवेशसंगै दुई गन्तव्य शुरु हुन्छ । एउटा दार्जलिङ जाने अर्को दार्जलिङ जिल्लामा पर्ने मिरिक जाने बाटो । मिरिक पशुपतिनगरबाट करिब १५ किलोमिटरको दुरीमा छ । पहाडको घुमाउरो बाटो । त्यहाँबाट हामी दार्जलिङ जानेबाटो तथा पुग्नेबारे पत्ता लगायौं । तर अहिले दार्जलिङ जाने मौसम नभएको, बाटो पनि नागबेली तथा डरलाग्दो भएको, साँझको समय भएको तथा बाक्लो हुस्सुले गर्दा बाटो नदेखिने भएकोले त्यहाँ नगई बरु नजिकमा रहेको र दार्जलिङ जस्तै मौसम भएकोले मिरिक जाने योजना बन्यो । हामी पशुपनिगरमा भारतीय कष्टममा पुग्यौ । त्यहाँ नेपाली कष्टम र भारतीय कष्टम जोडिएर रहेको छ । त्यहाँ चेकजाँच र गाडीको सबै कागजात मिलाएर मिरिकको लागि हिड्यौं । नागबेली परेको बाटो, धुम्म परेको कुहिरो, लाइट बालेपनि नदेखिने बाटो तथा एकातर्फ पहाड र अर्को तर्फ तलसम्म नदेखिने खाल्डोले डर लागिरहेको थियो । दुई तिन किलोमिटर पुगेपछि साथीहरुले त्यहा रहेको भारतीय एसएसबीसंग सल्लाह गर्यो । एसएसबीले अगाडी यो भन्दा पनि नागबेली परेको बाटो, धना कुहिरो रहेको बताएपछि हामीहरुले त्यसपछि अगाडी बढन नसकेर फिर्ता भयौं । त्यसपछि हामी राति ८ बजे झापाको विर्तामोड पुग्यौं । गर्मी छलेर आएका हामीहरु पुनः गर्मीमै भिज्यौं । त्यो रात हामी विर्तामोडमै वितायौं । त्यसको भोलीपल्ट हामी दैनिक नित्यकर्म गरेर त्यहाँबाट हिड्यौ । बाटोमा कनकाई नदिको पुललाई नियालेर हेर्यो । झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको कनकाई नदीमा बनेको पुल नेपालकै ठुलो पुल मानिन्छ । जानेबेलामा नदेखेर दुख मनाउ गरेका हामीहरु फर्कने बेलामा राम्ररी नियालेर हेर्यो । माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको पनि सबै भन्दा ठुलो नदीको रुपमा परिचित यस कनकाई नदीको पक्की पुल ७०३ मिटरको रहेको छ ।
त्यसपछि खाना खाने उद्देश्य तथा घुमाइको दृष्टिकोणले हामी त्यहाँबाट हामी धरान पुग्यौं तर हामी मध्ये कसैलाई पनि धरानबारे जानकारी नभएको तथा जाने ठाउँको बारेमा जानकारी नभएकोले हामी त्यहाँ बाजारबाटै कोशीमा खाना खाने भन्दै फिर्ता भएका थियौं ।
कोशी ब्यारेज पुगेर कुन होटलामा खाना खाने भनेर सोध्दा मैले यो भन्दा अगाडी इटहरीमा नेपाल प्रेस युनियनको महाधिवेशनमा आउँदा राम्रो खाना खाएका होटल देखायौं । त्यहाँ होटलको काउन्टर भर्खरकी राम्री, चिटिक्क परेकी केटीले सम्हालेकी थिइन । त्यहाँ पुगेर मैले कुरा अगाडी बढाउने क्रममा झिँगे माछा बारे सोध्दा उनले आफ्नी आमालाई आवाज दिर्दै सोधिन । मलाई लाग्यो या त केटीलाई पसलमा राखिएको सामग्रीको मोल थाहा छैन् ? एक दुईदिनको लागि घर आएको बेलामा पसलमा सहयोगका लागि बसेकी छिन् ? या त हामीहरुसंग कुराकानी गर्ने मनशाय छैन् । तर जे भए पनि हामीहरु उनकै अनुहार हेरेर थपिथपि खाना खानुका साथै करिब डेढ घण्टा त्यहाँ बिताएका थियौं । क्या स्वादिष्ट माछा थियो । सबैले थपिथपि मनले नअघाए सम्म खायौं ।
खाना पश्चात घरमा कोसेली स्वरुप बरमझियाको पेडा किनेर हामी बर्दिवास आयौं । बर्दिवासमा नरेशजीको काम परेकोले हामी पुगेका थियौं । त्यहाँ करिब एक घण्टा विताएर हामी रामगोपालपुरमा चिया खाएर जाने सल्लाह भयो । त्यही अनुरुप रामगोपालपुरमा चिया खाएर मंगलबार राति ८ बजे घर पुग्यौं । जलेश्वरमा हामीले हाम्रो गाडीको चालक जलेश्वरकै राजुजीलाई धन्यवाद दिएका थियौ । इलाम र मिरिक जाने त्यत्तो बाटोमा पनि राम्ररी र सहजरुपमा गाडी गुडाउने क्षमता बोकेका राजुले हामीलाई सकुशलरुपमा गनतव्यका साथै घरमा पुर्याएकोले धन्यवाद दिएका थियौं । हेर्दा पुड्को लाग्ने राजुको गाडी चलाउने क्षमता भने लामो देखियो । यसरी हामीले केही थकथकी र केही असहजता भएपनि समग्रमा पुर्वको इलामको यात्रा गरेका थियौं ।
घुम्नु भनेको केही नौलो ज्ञान प्राप्त गर्नु हो । हामीले नदेखेको भन्दा फरक स्वाद र अनुभव गर्नु हो । यस्तो अवस्थामा हामीले सहभागी मध्ये सबैको रुची, व्यवहार पनि जान्नु नितान्त जरुरी हुन्छ । यात्राको क्रममा हामीले केही औषधी लगायतका केही जरुरी सामग्री बोक्नुपर्छ भने सहभागीको रुचीलाई पनि ध्यान दिनुपर्छ । त्यसैगरी पूर्व योजनावद्ध ढंगले जाने हो भने अझ यस्ता यात्रामा रोमाञ्चकता थप्ने हुन्छ । यात्राको क्रममा महेश झा, नरेश झा र उनको आतिथ्य सत्कारलाई विर्सन सकिन्न् । उहाँको हार्दिकताप्रति नतमस्तक हुँदै हामीले फिर्ता हुनेबेलामा उहाँसंग विदावारी भएका थियौं ।

Thursday, April 11, 2013

कारागारका तीनजना कैदी आमाहरु फुरुङ्ग

महोत्तरी २९ चैत २०६९ ।
आफ्ना नानीलाई सीआईएन हीरो पुष्पा बस्नेतले जिम्मा लिएपछि महोत्तरी कारागारका तीनजना कैदी आमाहरु फुरुङ्ग परेका छन् । बस्नेतको संस्था प्रारम्भिक बाल बिकास केन्द्र काठमाण्डौले आफ्ना नानीको लालनपालन र पठनपाठनको भार उठाएपछि कारागारका कैदी महिलाहरु सुभद्रा चौधरी, पार्वती सादा मुसहर र रेणु मण्डल खुशीले दङ्ग भएका हुन् ।
केन्द्रले हिजो बुधबार सुभद्राको पाँच बर्षीय छोरा कुणाल चौधरी, रेणुको चार बर्षीय छोरा सन्नी मण्डल र पार्वतीका दुईवटा नानीहरु जिम्मा लिएपछि अब आफ्ना नानीहरु योग्य बन्ने सपना सँगाल्दै कैदी आमाहरु खुशीले फुरुङ्ग छन् । केन्द्रले आफ्ना दुईवटा सन्तान छ बर्षीया छोरी मञ्जु सादा र पाँच बर्र्षीय छोरा सुरज सादालाई लालनपालन र पठनपाठनको जिम्मा लिएर लगेपछि पार्वती अब अभाब, गरिबी र अवसरबाट पछि परेको मुसहर जातिको दलित परिवारमा शिक्षाको दियो बल्ने आसले रोमाञ्चित भएकी छन् ।
‘‘हाम्रो जातमा छोराछोरी पढ्नु, पढाउनु भनेको बिरलै कुरा हो’’ पार्वतीले आफ्ना दुबै सन्तान केन्द्रलाई जिम्मा लगाएपछि पत्रकारहरुसँग भनिन्—‘‘तर,मेरा छोराछोरी अब पढेलेखेका बिद्वान हुनेछन् ।’’
सीआईएन् हीरो भएर बिश्वमै चर्चा पाएकी बस्नेतको सामिप्यमा आफ्ना नानीहरु सुसंस्कृत, शिक्षित र इमान्दार हुने कारागारका महिला कैदीको बिश्वास छ । आफूहरु आवेग, परिबन्द र घटनाक्रमले ज्यानकर्तब्य मुद्दामा कैद बस्नु परेको भएपनि भविष्यमा आफ्ना सन्तान योग्य र सक्षम भएपछि आफ्नो बिगत (मुद्दामा सजाय भोगेकोभन्ने) समाजले बिर्सने कैदी महिलाले आसा सँगालेका छन् ।
केन्द्रले जिम्मा लिएका बालबालिकाका तीनवटै आमाहरु ज्यानकर्तब्य मुद्दामा अदालतको फैसलाअनुसार सजाय भोगीरहेका कारागार प्रशासनले जनाएको छ । कारागारका निमित्त प्रमुख शोभेन्द्र ठाकुरले केन्द्रका प्रतिनिधि शान्ता तामाङ्ले कारागार प्रशासन, स्थानीय प्रशासन, प्रहरी र कैदी आमाहरुको रोहबरमा चारजना बालबालिका जिम्मा लिनुभएको जानकारी दिनुभयो । केन्द्रले जिम्मा लिएका बालबालिकामध्ये कुणाल एबम् मञ्जु र सुरजका बाबुहरु बिमलेश चौधरी र भुट्का सादापनि आफ्ना पत्नीसँगैको मुद्दामा जलेश्वर कारागारकै पुरुषकक्षमा कैद भुक्तान गरिरहेका छन् ।
आफ्ना नानीलाई काखबाट बिदा गर्दा नरमाइलो लागेपनि उनीहरुको राम्रो भविष्यको मिठो कल्पनाले चित्त बुझाइएको कैदी आमाहरुको भनाई छ । केन्द्रले जिम्मा लिएका बालबालिका आफ्नी आमासँगै आश्रितका रुपमा कारागारमा रहदै आएका थिए ।
कारगारमा अझै पाँचजना आश्रित बालबालिका रहेका र उनीहरुलाईसमेत भरपर्दो संस्थाले लालनपालन र पठनपाठनको जिम्मा लिए दिन सकिने उनीहरुका आमाबाबुको भनाई उद्घृत गर्दै कारागारका निमित्त प्रमुख ठाकुरले बताउनुभयो

नयाँ वर्ष र मधेस राजनीति



नयाँ वर्ष र मधेस राजनीति
चुनाव आफ्नो अनुकूल बनाउन चाहने सबै शक्तिले आउने वर्ष अखडा जमाउने मधेसमै हो ।

२०७० सालमा मधेसको राजनीति मुलुकको केन्द्रविन्दु बन्ने देखिँदैछ । यस वर्षको संघारमा मधेस केन्दि्रत दल र अन्य दलहरूको तराई केन्दि्रत क्रियाकलाप र रणनीतिले यस्तै संकेत गरेको छ । राष्ट्रिय राजनीतिमा मधेस प्राथमिक बन्नुका केही मौलिक आधारहरू छन् । पहिलो, जनसंख्याको ठूलो हिस्सा मधेसमै रहेको छ । अन्य भागको भन्दा जनघनत्व बढी छ । जनघनत्वले गर्दा राजनीतिक शक्ति प्रदर्शन गर्न सहज र सुगम हुँदोरहेछ । त्यसैले महत्त्वाकांक्षी वामपन्थीदेखि दक्षिणपन्थीसम्म, पहिचानधर्मीदेखि समुदायवादीसम्म सबैको सहज आकर्षणको मैदान मधेस भएको छ ।
दोस्रो, मधेसी समाजमा विविधता छ । यसले राज्य पुनःसंरचनासँग जोडिएका प्रायः मुद्दासँग सरोकार र सान्निध्य राख्छ । मधेसी, थारु, मुस्लिम, दलित, पिछडा वर्ग, पहाडी समुदाय र अन्य धार्मिक अल्पसंख्यकहरू यहीं छन् । यी सबै बहुल पहिचानधर्मीहरू राजनीतिक शक्तिका रूपमा रूपान्तरित हुने क्रममा छन् । तेस्रो, मधेसको भौगोलिक अवस्थिति छिमेकी भारतका संवेदनशील राज्यहरूसँग जोडिएको छ । पूर्वी मधेस भारतको पूर्वोत्तर राज्यसँग जोडिएको छ, जहाँ सशस्त्र संघर्ष र केन्द्रसँग असहमतिको राजनीतिको लामो पृष्ठभूमि छ । भारतको राजनीतिमा तुलनात्मक रूपमा स्थिर क्षेत्रका  रूपमा चिनिने गंगाको तटीय प्रदेशहरू उत्तर प्रदेश र विहार पनि क्रमशः पश्चिमी र मध्य मधेससँग जोडिएको छ । मधेसमा तरलता र तनाव उत्पन्न हुँदा त्यसको प्रत्यक्ष असर यी दुई हिन्दीभाषी प्रदेशमा पर्नेछन् । सुदूर पश्चिमी मधेस भारतको नयाँ राज्य उत्तराखण्डसँग जोडिएको छ । यो भौगोलिक अवस्थितिले दक्षिण एसियामा रुचि राख्ने अन्तर्राष्ट्रिय शक्तिहरूलाई मधेससँग सम्बन्ध राख्न रुचि बढाएको मान्न सकिन्छ ।  
केन्द्रीय राजनीतिमा बर्चस्व स्थापित गरेको नेपाली कांग्रेस र नेकपा एमाले तथा नयाँ शक्तिका रूपमा आएको एमाओवादीको बोलवालालाई नियोजित धक्का दिने काम पनि मधेसको राजनीतिले नै गरेको छ । त्यसैले मधेसको राजनीतिमा असरकारी प्रभाव नल्याएसम्म यी पक्षको केन्द्रीय सत्ता सुरक्षित नहुने निश्चितप्रायः छ । मधेसी राजनीति आफैमा विभाजित भए तापनि राष्ट्रिय राजनीतिको बृहत्तर पटलमा यो एउटा स्थायी हिस्साको रूपमा उदाएको छ । प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनको सन्दर्भमा गरिएको चार शक्ति बीचको सम्झौतामा मधेसी दलहरू एक हिस्साका रूपमा रहे । उक्त सरकार गठन प्रक्रियासँग असहमत कित्तामा पनि मधेसी दलको एउटा हिस्सा छ । अर्थात पक्ष वा विपक्षको राजनीतिमा समेत मधेस एउटा स्थायी शक्ति भएको छ ।
मधेस शब्दले धेरैलाई लोभ्याएको छ । गत संविधानसभाको निर्वाचनमा पहाडी जिल्लाबाट विजयी भएका एमाओवादी अध्यक्ष प्रचण्ड दोस्रो संविधानसभा निर्वाचनमा मधेसबाट चुनाव उठ्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसको त्रिवेणीधाममा सम्पन्न हुँदै गरेको महासमिति बैठकमा 'मधेस' नै चर्चाको विषय बन्यो । मिडियाले पनि कांग्रेस र मधेससँग जोडेर विषयवस्तुहरू पस्किने प्रयत्न गरे । एमालेभित्र पनि मधेसमा कसरी बलियो हुने र आफ्ना कार्यकर्ताहरूलाई कसरी बहिर्गमनबाट सुरक्षित राख्ने भन्ने दबाब परेको छ । नेकपा—माओवादीमा पनि मधेसमा बलियो नभएसम्म देशको राजनीतिमा देखिन यस सन्दर्भमा मधेस राजनीति र मधेसी राजनीति फरक कुरा हुन् । सँगै  एकअर्काका पूरक पनि हुन् । मधेस राजनीति भनेको समग्र तराईमा हुने राजनीति हो भने मधेसी राजनीति भनेको मधेसी पहिचान स्विकार गर्ने समुदायभित्रको राजनीतिक अभ्यास हो । तर यी दुइटै राजनीतिमा अहिलेसम्म मधेस केन्दि्रत दलहरू नै त्यसको पर्यायका रूपमा उपस्थित भएका थिए । हुनुपर्ने के हो भने जहाँ जनसंख्याको ठूलो हिस्सा छ, त्यहाँ राजनीति स्वाभाविक रूपमा जटिल र घनिभूत हुन्छ । मधेसको राजनीतिमा राजनीतिका अन्य खेलाडीहरू पनि उपस्थित हुन खोज्नु स्वाभाविक हो । किनभने मधेसको चुलिँदो आकाक्षा, अपेक्षा र अप्ठ्याराहरूलाई समग्र राजनीतिक शक्तिले नै सम्बोधन गर्न र त्यहाँभित्रको अन्तरविरोधलाई चलायमान बनाएर निकासको सही बाटो पत्ता लगाउन सक्छन् । काठमाडौं र मधेसलाई जोड्ने प्रयत्नका रूपमा पनि राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बन्न मधेस जरुरी थियो । प्रचण्ड वा माधव नेपाल, सुशील कोइराला वा रामबहादुर थापा 'बादल' मधेस चहार्छन् भने यसबाट कुनै पनि पक्ष तर्किनु आवश्यक छैन ।
विभिन्न राजनीतिक पक्षको उपस्थितिले राजनीतिक प्रतिस्पर्धा बढाउँछ र त्यहाँको राजनीतिलाई केन्द्रीय राजनीतिमा प्रतिनिधित्व दिन्छ ।
यही चुनौती सामना गर्न मधेसभित्रका गैरमधेसी पहिचानधर्मीलाई आफूसँग जोड्ने प्रयत्न मधेसवादी दलहरूले गर्न थालेका छन् । भोलिको पुनःसंरचित राज्यस्वरुपमा ती समूहको सुरक्षित, समृद्ध र सम्मानजनक भविष्य हुन्छ भनेर यिनीहरूले बोल्न थालेका छन् । मधेस विद्रोहबाट स्थापित गर्न खोजेका पाँच 'स' अर्थात संघीयता, समावेशीकरण, सांस्कृतिक संरक्षण, समृद्धि र सामुदायिक सद्भावका मान्यताहरू अतिक्रमित हुनुहुँदैन भन्ने सवालमा मधेस केन्दि्रत दलहरू आपसमा जतिसुकै विभाजित भए पनि चनाखो देखिन थालेका छन् । मधेसबाट आउँदो निर्वाचनमा प्रतिनिधित्व गरेकै आडमा मधेसी विद्रोहका मान्यताहरूलाई आफ्नो दलको दृष्टि—आवरणबाट ढाकिदिने त होइनन् भन्ने खतरा बोध पनि गरिरहेका छन् । अर्थात नयाँ वर्षमा यो खतरासँग कसरी सामना गर्ने चुनौती खडा भएको छ, मधेसी दलहरूका लागि ।
त्यसका लागि सामूहिक प्रयत्नहरूको तलास मधेसी दलहरूले गर्नेछन् । यसक्रममा आउने वर्ष मधेसी दलहरूमाझ मोर्चा निर्माणको वर्षको रूपमा देखा पर्नेछ । दल विशेषको राजनीतिभन्दा मोर्चाबन्दीको राजनीति प्रबल भएर आउनेछ । अहिले मोर्चाको नाममा देखापरेको पाँच दल(महन्थ ठाकुर, विजय गच्छदार, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव) गठबन्धन सरकारी सिन्डिकेटमा सँगै देखिए पनि चुनावी प्रयोजनका लागि अलग-अलग धार समात्ने स्थिति बन्दैछ । उपेन्द्र यादव, जयप्रकाश गुप्ता, शरत्सिंह भण्डारी, अनिल झा र अन्य साना घटकहरू आ-आफ्नो अनुकूलताअनुसार मोर्चाबन्दीको यात्रामा अग्रसर देखिएका छन् । सशस्त्र समूहबाट शान्ति प्रक्रियामा आएका समूहहरू पनि मोर्चाबन्दीको यात्रामा समाहित हुँदैछन् । यसरी पहिलेको मधेसी मोर्चा निर्माणको प्रक्रिया र प्रयोजनभन्दा आउँदो वर्ष मोर्चा निर्माण आ-आफ्ना समूहगत स्थायी स्वार्थका लागि हुनेछ ।
सशस्त्र राजनीतिका दुई पक्ष जयकृष्ण गोइत र नागेन्द्र पासवान उर्फ ज्वालासिंह अझै पनि मूलप्रवाहबाट टाढै छन् । जयप्रकाश गुप्ता र जयकृष्ण गोइतबीच शान्तिपूर्ण राजनीतिका सम्बन्धमा भएका पत्राचार यस वर्षको सर्वाधिक चर्चित चिठ्ठी रह्यो । फागुको पूर्वसन्ध्यामा जेलबाट मुक्त भएपछि  गुप्ता मधेसी राजनीतिमा धु्रवीकरण निर्माणमा सक्रिय छन् ।
यसले आउने वर्ष मुद्दा हराइरहेको मधेसी राजनीति केही चलायमान हुनेछ ।
मधेसमा थारु, कोचिला, दलित, मुस्लिम र पहाडी समुदाय केन्दि्रत राजनीतिक आयामहरू ज्युँदो रहेको भए तापनि यिनीहरू राजनीतिक पक्ष भएर देखापर्न सकेका छैनन् । यसमध्ये पहाडी राजनीतिलाई आकार दिन खोजेको 'चुरे भावर' राजनीति हराइरहेको छ र उनीहरू बीचका अन्तरविरोधले गर्दा चाँडै मुखर हुने सम्भावना न्यून छ । बरु पहाडी समुदाय मधेसी राजनीति र अन्य राजनीतिक शक्तिहरूसँग जोडिन थालेका छन् । मधेसमा बस्ने पहाडी समुदायको ठूलो जनमतलाई लोभ्याउनुपर्छ भन्ने बुझाइ प्रायः शक्तिहरूको नजरमा परिसकेको छ । थारु राजनीति वर्षको सुरुमा मधेसी राजनीतिजस्तै मुखर भएर आयो । तर संगठित र सक्षम नेतृत्वको अभावमा केन्द्रमा उसले सौदाबाजीको रूप लिन सकेन । थारु जनमतलाई अन्य शक्तिले आफूसँग जोड्ने रस्साकस्सीको अवधि हो, अहिलेको समय ।
चुनाव आफ्नो अनुकूल बनाउन चाहने सबै शक्तिले आउने वर्ष अखडा जमाउने मधेस नै हो । यो अन्तर्राष्ट्रिय स्वार्थको पनि सामरिक थलो बन्दैछ । लामो समयसम्म मधेसलाई काठमाडौंले नियन्त्रित गरेको भए तापनि अब काठमाडौं कब्जा गर्ने मनसुवालाई मधेसले नै बाटो दिने निश्चितप्रायः छ । परिवर्तनकारी राजनीति बलियो भए, मधेस र देशलाई फाइदा छ । मधेसको खाली मैदान, यस अर्थमा त्यहाँ कुनै दल विशेषको पक्षमा लहर छैन, दक्षिणपन्थी दलले पनि त्यहीं शक्ति सञ्चय गर्न खोजिराखेको छ । कमल थापाको धार्मिक रथयात्रा वा काठमाडौंको शक्ति प्रदर्शनमा प्रशस्त मधेसी अनुहारहरू देखापर्न थालिसकेको छ । पहाड र मधेस जोड्ने सेतु हिन्दु राजनीति हुनसक्छ भन्ने मान्यता राख्नेहरू मधेसमा पसिना बगाउन थालेका छन् । यसले आउने राजनीतिको संकेत गर्छ ।
जेठ १४ मा संविधान नबन्दा मधेसमा विस्फोट हुन्छ भन्ने ठम्याइले आकार लिएन । विद्रोहताका एउटै नारामा मधेस उठेको थियो । तर जेठ १४ पूर्व मधेसको विभिन्न भागमा फरक-फरक नाराका साथ आन्दोलन भए । यसले मधेसकै क्षेत्र विशेषहरूमा बदलिँदो आकांक्षा र स्वार्थलाई प्रस्ट्यायो । नयाँ वर्षको राजनीतिमा बितेका वर्षको सुरुवातमा देखापरेको यो फेरबदललाई पनि पृष्ठभूमिमा राखेर राजनीति गर्न खोज्ने प्रवृत्ति सघन हुनेछ । 

Friday, April 5, 2013

तस्करीका लागि बालबालिकाको प्रयोग

तस्करीका लागि बालबालिकाको प्रयोग

1
२३ चैत, गौशाला । महोत्तरीका विभिन्न सीमा नाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् ।
जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमा नाकाहरु मटिहानी, सम्सी, कट्टीकटैया, ईटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामानहरु नेपाल-भारत ओसारपसारमा लागेका स्थानीय बासिन्दाले बताएका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले भारतबाट सरसामान ल्याउन कडाइका साथ रोक लगाएको कारणले गर्दा नेपाली व्यापारीहरु भारतीय सामानहरु ल्याउन सीमा नजिक बसोवास गर्ने बालबालिकालाई सामान ओसारपसारमा लगाएको मटिहानी निवासी बैजु मण्डलले बताएका छन् ।
उनले मटिहानी सीमा नाकामा मात्रै दैनिक ५ सयको हाराहारीमा बालबालिका भारतीय सरसामानहरु नेपाल ल्याउने काममा संलग्न रहेकोे दाबी गरे ।
उनले बालबालिका सीमा नाका वा मानिस हिँडडुल गर्ने ठाउँबाट नभएर गाई बाख्रा चराउने बहानामा अवैध तरिकाले वनको बाटो भएर भारतीय सामानहरु नेपाल ल्याउने गरेको बताए ।
नेपाली व्यापारीहरु एउटा एसएसबीको कारण र अर्को भन्सार शुल्कको कारण पनि भारतीय सरसामान नेपाल ल्याउनका लागि सीमा नाका नजिकै बसोवास गर्ने बालबालिकालाई प्रयोग गर्ने गरेका छन् ।
त्यस्तै जिल्लाका पोखरभिण्डा र रघुनाथपुरबाट पनि सयौँ बालबालिका दैनिक नजिकैको वनमा घाँस, पगार र दाउराको बहाना बनाउँदै भारतीय सरसामानहरु नेपाल ल्याउने गरेको स्थानीय विजय यादवले बताए ।
त्यस्तै सीमा नाका सम्सी, बथनाहा, कट्टीकटैया र ईटहर्वाका बालबालिका दशगजा क्षेत्रमा क्रिकेट, फुटबललगायतका खेल खेलिरहेकै क्रममा भारतको बजारहरुबाट सामानहरु नेपाल छिराउने गरेको स्थानीयहरु बताउँछन् ।
बालबालिका ठूलठूला व्यापारीहरु जस्तो साइकल, मोटरसाइकल, जिप, ट्रयाक्टर, टायरगाडा वा अन्य ढुवानीको माध्यमबाट ठूलो माात्रामा नभई ससाना पोका बनाई हातमा वा टाउको बोकेर ल्याउने गर्दछन् ।
जसले गर्दा भारतीय एसएसबीले चालसम्म पाउन सक्दैन भने एकदिनमा एउटा बच्चाले दुईदेखि पाँच पटकसम्म थोरैथोरै गरी धेरै सरसामान ल्याउने गरेका छन् ।
नेपाली व्यापारीहरुको भरपर्दो र सस्तो ढुवानीका माध्यम बनेका बालबालिकालाई उनीहरुले एउटा पोका ल्याएबापत १० रुपैयाँदेखि ५० रुपैयाँसम्म बालबालिकाको उमेर हेरेर पैसा दिने गर्दछन् ।
जिल्लाका सीमा नाकाहरुमा बसोवास गर्ने धेरैजसोका बालबालिका त अहिले पढाइ लेखाइ छोडेर पनि नेपाल-भारत सरसामान तस्करीमा दिनभरि बिताउने गरेको प्रत्यक्षदर्शी बताउँछन् ।
बालबालिका पढाइ लेखाइ छोडी कामकाजमा लागेकोबारे अभिभावकलाई भन्दा अभिभावकहरुले बालबालिकालाई कामकाज छोडाई पढाइ लेखाइमा लगाउनुका साटो भनसुन गर्न जानेसँग नै झैझगडा गर्ने गरेको बथनाहाका सतेन्द्र यादवले बताए ।
यता जिल्ला महिला तथा बालबालिका कार्यालय र बाल अधिकारकर्मी सङ्घसंस्थाहरु पटकपटक गरिब, विपन्न तथा पिछडिएका बालबालिकालाई पढाइ लेखाइका लागि आवश्यक कापी, किताब, पोसाक, छात्रवृति र विद्यालयसम्म जाने वातावरण बनाइदिए पनि केही दिन पढ्ने तर फेरि यस्तै प्रकारका काममा लाग्ने गरेको समेत देखिएको छ ।
जिल्लाका सीमा नाकामा बस्ने हुनेखानेका बालबालिका गाउँ बस्तीमा बस्दै बस्दैन भने आर्थिक रुपले कमजोर रहेका प्रायःसबै घरका अभिभावकहरु पनि पढाइ लेखाइका महत्व नबुझेर पढाइ लेखाइ गरेर के हुन्छ भन्दै आफ्ना बालबालिकाले बिनाकाम विद्यालय जानुका साटो नेपाल-भारत सरसामान वारपार गरेर दुई चार पैसा ल्याउने गरेकोलाई राम्रो मानेका छन् ।
त्यस्तै बालबालिकालाई काममा लगाउने अभिभावकहरुलाई बालबालिकाको अधिकारको कुरा गर्दा कुरा गर्नेलाई नै मेरो घर चलाइदिनु र हाम्रो बालबालिकाले गर्ने कामकाज गरिदिनु हामी तपाईंले भने जस्तै गर्छु भनेर पनि जवाफ दिने गरेको मानवअधिकारकर्मी ईश्वरी काफ्लेले बताउनुभयो । रासस

Thursday, April 4, 2013

कारागारबाट बन्छ अपहरण र फिरौती योजना Mahottari







महेशकुमार दास/नयाँ पत्रिका
महोत्तरी, २१ चैत
जलेश्वर कारागारबाट अपराधका योजना बन्ने गरेको खुलेको छ । केही समयअघि अपहरण गरी फिरौती लिएर हत्या गरिएका विद्यार्थी पंकज यादव र धनुषा रमैदया भवाडीका किशोरी यादव हत्याको योजना जलेश्वर कारागारबाट बनेको खुलेको छ ।
दुवै हत्या र अपहरणका घटनामा जलेश्वर कारागारमा कर्तव्य ज्यानको सजाय भोगिरहेका भारतीय अपराधीको हात रहेको प्रहरीको दाबी छ । विहारको सितामढी जिल्लाअन्तर्गत पर्ने हनुमान गाउँ घर भएका भारतीय नागरिक शशीनाथ झा दुवै हत्याकाण्डका मुख्य योजनाकार रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जनाएका छन् । झाले फिरौती रकम संकलन गरी संगठित अपराधलाई मजबुत पार्न हत्या गराएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
पंकज हत्याको अनुसन्धान गर्न धनुषा प्रहरीले गठन गरेको टोलीका अनुसार पछिल्लो तीन महिनामा दुईजनाको अपहरणपश्चात हत्या गरिएको घटनासम्बन्धी योजना जलेश्वर कारागारबाट बनेको हो । झाकै योजनामा महोत्तरीको सुन्दरपुर-१ मगरथानाका विद्यार्थी पंकज यादवको अपहरणपछि हत्या भएको थियो । त्यस्तै धनुषाको रमदैया भवाडी घर भएका किशोरी यादवलाई ट्रकसहित अपहरणपछि हत्या गरिएको जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिव लामिछानेले बताए । झा १६ पुस ०६२ मा एक बालकको हत्या गरेपछि जलेश्वर कारागारमा सजाय काटिरहेका छन् ।
पक्राउ परेका अभियुक्त यसअघि कर्तव्य ज्यान, अपहरण र डाँकाको मुद्दामा कारागार सजाय भोगेर मुक्त भएका थिए । प्रहरी उपरीक्षक वसन्त पन्तले भने,  'कारागारमा रहेका झाले ललित मिश्रासित सम्पर्क गरी आपराधिक गतिविधिका योजना बाँड्दै आएका थिए । मिश्राले भने, 'स्वामी भनिने उमेश यादवमार्फत् गणेशकुमार सिंह र कृष्ण पूर्वेलाई हत्याका सहयोगीको रूपमा परिचालन गर्दै आएको भेटियो ।'
झाले एक लाख ३४ हजार दिएर अपहरण गरी फिरौती उठाएर पंकजको हत्या गर्न लगाएको प्रहरीको भनाइ छ । त्यस्तै किशोरीलाई भने १३ पुसमा ना.३ख ५५८७ नम्बरको मालबाहक ट्रकसहित अपहरण गरेका थिए । उनको भक्तिपुर-६ स्थित जंगलमा घाँटी रेटेर हत्या गरिएको थियो । शव झन्डै एक महिनापछि १० माघमा मात्र फेलापरेको थियो ।
प्रहरीले अपहरणमा परेको ट्रक चलाइरहेको अवस्थामा भारतीय नागरिक ऐनुल राइनलाई आइतबार भिट्टामोडबाट पक्राउ गरेको छ । यादवको हत्यापछि रौतहटको बरगिनिया नाकाबाट ट्रकलाई भारतको सितामढीमा स्वामिजी भनिने उमेश यादव, ललित मिश्रा र ऐलुन राइनको जिम्मा लगाइएको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक नरेन्द्र उप्रेतीले बताए । सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले गणेशकुमारसिंह महतो र कुशेश्वर ठाकुरलाई पनि पक्राउ गरेको छ ।
किशोरी हत्यामा संलग्न गिरोहले नै पत्रकार उमा सिंहको समेत हत्या गरेको प्रहरीको भनाइ छ । पत्रकार सिंह हत्याकाण्डका प्रमुख योजनाकार भने स्वामिजी भनिने उमेश यादव भएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट अपहरणमा परेका महोत्तरी सुन्दरपुर-१ का २२ वषर्ीय पंकज यादवको शव महोत्तरीको अड्ढार-४ स्थित रातो खोलानजिक चार फिट खाल्डो खनी गाडेको अवस्थामा फेलापरेको थियो । पंकजलाई गणेश महतोसहितका पाँच-सातजनाको समूहले लागुऔषध सेवन गराई अपहरण गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।