Tuesday, February 18, 2014

खरिदार तयारी कक्षा सकियो


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जिल्ला विकास समिति महोत्तरीद्वारा आयोजित महिलाहरुका लागि एक महिने निःशुल्क लोकसेवाको खरिदार तयारी कक्षा सोमबार सम्पन्न भएको छ ।
लोकसेवा आयोगको माध्यमबाट नेपाल सरकारको जागिरमा महिलाको सहभागिता बढाउने उद्देश्यले जिल्ला विकास समिति महोत्तरीले निःशुल्क खरिदार तयारी कक्षा सञ्चालन शुरु गरेको थियो । महिलाहरुको लागि मात्र सञ्चालन भएको सो तयारी कक्षामा ६० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो  ।
जिल्ला विकास समितिले आफ्नो कार्यालयमा रहेको महिला कार्यक्रमको बजेट अन्तर्गत खरिदार तयारी कक्षा सञ्चालन गरेको जनाइएको छ ।


प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा स्थानीय विकास अधिकारी तिर्थराज भट्टराई, लोकसेवा आयोग जनकपुर अंचलका प्रमुख दिनेश साह, महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी व्यञ्जनकार, गाविस हकहित संरक्षण केन्द्रका केन्द्रीय सदस्य राजेशकुमार शर्मा, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सभापति हरिप्रसाद मण्डल, जिविसका कार्यक्रम अधिकृत शैलेन्द्र पाण्डे, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मण सेठ, जिविसका योजना अधिकृत राधेश्याम गिरी सहित सहभागीहरुले यस्ता कार्यक्रमको निरन्तरता दिइनुपर्ने वताएका थिए ।

दबाबमा गलत गर्ने म्यानपावरले उन्मुक्ति पाउँदैनन्


दबाबमा गलत गर्ने म्यानपावरले उन्मुक्ति पाउँदैनन्
दबाबमा गलत गर्ने म्यानपावरले उन्मुक्ति पाउँदैनन्

कृष्णहरि पुष्कर
महानिर्देशक, वैदेशिक रोजगार विभाग
नेपाल सरकारका सहसचिव कृष्णहरि पुष्करले हेटौंडा जिल्लाको जिल्ला प्रमुख अधिकारीको जिम्मेवार सम्हाल्दा ब्ल्याक अप्रेसन र बारामा स्विक अप्रेसनमार्फत  अपराध नियन्त्रण र न्यून बिजीकरण रोक्नमा महत्वपूर्ण योगदान रहेको भन्दै चर्चा कमाएका थिए । पुष्कर श्रमविभागका महानिर्देशक हुँदा चर्चित विदेशी स्कुलका शिक्षकलाई श्रमस्वीकृति नलिएबापत कारबाही गरेका थिए ।  श्रम तथा रोजगार मन्त्रालयले १ साताअघि  वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त भएकाले  सुधारका लागि भन्दै वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पुष्करलाई दिएको  छ । जिम्मेवारी सम्हाल्ने दिनमा नै उनले ‘डे पोगो अपरेसन’ मार्फत गलत काम गर्नेलाई कारबाही सुरु गरेका छन् । अपरेसन सुरु गरेपछि उच्च पदस्थ कर्मचारी, राजनीतिकर्मी र व्यवसायीबाट दबाब आएको भन्दै अब दबाब आए वैदेशिक रोजगार ठगीको मतियार भनी कारबाहीको दायरामा ल्याउने बताए । यसै विषयमा केन्द्रित रही पुष्करसँग कारोबारकर्मी मोहन गुरुङले गरेको कुराकानीः
 वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त देखिएकाले श्रम तथा रोजगार मन्त्रालयले तपाईंलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । तपाईं हाजिर भएको ४ दिन भइसक्यो सुधारका प्रक्रिया कहाँ पुग्यो ?
वैदेशिक रोजगार सुधारका लागि समष्टिगत प्याकेज सुरु गरेको छु । जसको नाम ‘डे पोगो अपरेसन’ दिइएको छ । सुधारका ५–६ वटा प्राथमिकता क्षेत्र छ । एक नम्बरमा वैदेशिक रोजगार क्षेत्रमा बढ्दो अपराधीकरण कसरी नियन्त्रण गर्ने भन्नेमा छ ।  वैदेशिक रोजगार अपराधीकरण कतिपय व्यवसाय, कतिपय राजनीतिकर्मी, कतिपय कर्मचारी र कतिपय सेवाग्राहीबाट भइरहेको छ । केही प्रक्रियागत कारणले पनि छ । यो नियन्त्रणको काम धमाधम भइरहेको छ । ‘डे पोगो अपरेसन’मार्फत गोप्य सूचना लिने क्रम जारी छ । दोस्रो, भ्रष्टाचार र अनियमितताको केन्द्र वैदेशिक रोजगार विभागअन्तर्गत कार्यालय भएको छ । यसलाई कसरी न्यूनीकरण तथा निर्मलीकरण गर्ने भन्नेतर्फ लागेका छांै । विभागबाट दिने सेवा सुविधामा घण्टौंसम्म लाइन बस्नुपर्ने, फाइल यता लैजाने उता लैजाने समस्या थियो, त्यसलाई घटाइएको छ । वैदेशिक रोजगार सुशासनमा कसरी उच्च सुशासन ल्याउनेमा पनि हाम्रो ध्यान गइरहेको छ । किनभने, वैदेशिक रोजगारीका नाममा करिब ६० प्रतिशत मानव तस्करी भइरहेको पाइन्छ । त्यो घटाउने हो । जति पनि वैदेशिक रोजगारीसम्बन्धी समस्या छन्, त्यसलाई प्रविधिमार्फत रोक्ने प्रयास गर्दैछौं । वैदेशिक रोजगारीमा गुनासो तथा समस्या आउनेबित्तिकै तत्काल निराकरण गर्नसमेत २४सै घण्टा तयारी अवस्थामा छ । वैदेशिक रोजगारको व्यापक छ, समस्या जुनसुकै क्षेत्रमा हुन्छ । ठगी नेपालमा, विदेशमा वा सिमानामा जहाँसुकै पनि हुन्छ । विभागको काम त्यसतर्फ पनि केन्द्रित हुनेछ । विगतका महानिर्देशकको कोठामा फाइलको चाङैचाङ हुन्थ्यो । पुराना महानिर्देशकले ११–१२ हजार फाइल सदर ग¥यो भनेर गर्व गर्थे । त्यस्तो केन्द्रित कुरालाई विकेन्द्रित गर्ने काम भयो । महानिर्देशकले गर्ने काम उपसचिव र शाखा अधिकृतले नै गर्ने काम भयो । म कर्मचारीको मनोबल उच्च राख्ने र दक्षता बढाउनसमेत लागेको छु । सबै कर्मचारी खराब हुँदैनन् नि ! खराब र राम्रो कर्मचारीबीच कुनै पनि फरक भएन । त्यो स्पष्ट छुट्ट्याउने काम गर्नेछु । सबै कर्मचारीलार्ई सशक्तीकरण गर्ने र राम्रो बनाउने काम गर्नेछु । सेटिङ गर्ने र घूस लिएरमात्र काम गर्ने विगतका छवि निस्तेज पार्छु । मैले १५ दिनका लागि पूर्ण सुधारका लागि ‘डे पोगो अपरेसन’ सुरु गरेको छु । म कार्यालयमा हाजिर भएको ७ दिनभित्र केही सुधार भएन भने निजामती कर्मचारी सेवाबाटै राजीनामा दिने घोषणा गरिसकेको अवस्था छ । सुधारको केही गन्ध तपाईंले पनि पाइसक्नुभएको होला !
वैदेशिक रोजगारको ठगी र मानव तस्करीलाई कसरी छुट्याउन सकिन्छ ?
वैदेशिक रोजगार नाममा मानवतस्कर तथा मानव बेचबिखन गरिरहेका छन् । एक काम भनी अर्काे काम लगाएको, उनीहरूलाई शोषण गर्ने, हिंसा गरेको इन्छाविपरीत कामसमेत लगाइएको भए मानव तस्कर हो । आधारभूत मानव अधिकार प्राप्त गर्न नपाउने र मानवले मानवजस्तै बाँच्न नपाउने मानवतस्कर नै हो ।
म्यानपावर एजेन्सीले पनि नक्कली श्रमसम्झौताबमोजिम कामदार कामदार पठाउने गर्छ, सम्झौताबमोजिम कामदारले पारिश्रमिक नपाउनुका साथै एक काम भनी अर्काे काम लगाउने गरेका छन् । म्यानपवार एजेन्सी पनि मानव तस्करको काम गरेको देखिन्छ नि !
केही म्यानपावर एजेन्सीहरू पनि मानव तस्करको काम गरेको पाइन्छ । उनीहरूलाई कडा कारबाही गर्ने गरी अनुगमन गर्छाैं । विभागले यसका लागि प्रक्रिया सुरु गरिसकेको छ । नियन्त्रण गर्नका लागि ‘म्यानेजमेन्ट अडिट इन्फेक्सन’ टिमले समेत काम गरिरहेको छ । खराब काम गर्ने म्यानपावर एजेन्सी र ट्राभललाई छापा मार्ने काम पनि भइरहेको छ । गलत कामकारबाही गर्ने म्यानपावर एजेन्सीमाथि अनुसन्धान गर्छाैं अनुसन्धानमा जे देखिन्छ त्यहीअनुसार कारबाहीको भागिदार बनाउँछौ । वैदेशिक रोजगार भए विभागले गर्छ न्यायाधीकरणमा मुद्दा दायर हुन्छ । मानव तस्करसम्बन्धी भए प्रकृति हेरेर प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा पठाउने काम हुनेछ ।
म्यानपावर एजेन्सीले नेपाली कामदारको मागपत्र ल्याउनका लागि विदेशी एजेन्टलाई बढी कमिसन तिर्नुपर्छ त्यही कारण सरकारले तोकेको लागतको सिलिङमा पठाउन सकिदैन भनिरहेका छन् । विभागको उजुरीमा हेर्दा र गुनासो सु्न्दा पनि ७०/८० हजार रुपैयाँ लिनुपर्नेमा ४÷५ लाख रुपैयाँसम्म कामदारसँग असुलेको भेट्टिन्छ ।
त्यस्ता म्यानपावर एजेन्सीलाई कारबाही हुन्छ त ?
 कारबाही मज्जाले गर्न सक्छांै । हामीलाई सबभन्दा पहिला प्रमाण चाहिन्छ । प्रमाण जुटाउनका लागि एक टिम खटिरहेको छ । प्रमाणसहित कागज ल्याए भने जुनसुकै म्यानपावरले पनि उन्मुक्ति पाइँदैन । कारबाही प्रक्रिया सुरु भएको छ । केही म्यानपावरको छानबिनसमेत भइसकेको छ ।
तपाईंले प्रमाण ल्याउनुपर्छ भन्नुहुन्छ, म्यानपावर एजेन्सीले कामदारलाई रसिद नै दिँदैनन् । कसरी प्रमाण जुटाउने पीडित कामदारले ?
हामीलाई यति रकम उठाउँदै छ भनेर सूचना दिनुपर्छ । गोप्य सूचना दिनकै लागि ५० जना सुराकी स्वयंसेवक सञ्जाल पनि गठन गरेर परिचानल गरिसकेको छ ।
अहिलेसम्म कति वैदेशिक रोजगारसम्बन्धी कति गोप्य सूचना संकलन भयो र कारबाहीको प्रक्रिया पनि अगाडि बढेको छ ?
म हाजिर भएको ४ दिनभित्र झन्डै २५ म्यानपावर कम्पनीको गुनासो तथा उजुरी प¥यो । केहीलाई अनुसन्धानको दायरामा ल्याइसकेका छौं । अनुसन्धानको निष्कर्ष आएपछि कारबाही गर्छाैं । ती म्यानपावर एजेन्सीले एक काम भनी अर्काे काम भनी पठाएको, सम्झौताबमोजिम पारिश्रमिक नपाएको र बढी रकम कामदारसँग असुलेको पाइयो भने केहीलाई अलपत्र पार्ने कामसमेत भएको रहेछ । ट्राभल एजेन्सीले पनि म्यानपावरको काम गरेको छ । विदेश पनि नपठाउने पासपोर्ट माग्दा नदिने समस्यामा पनि कामदारलाई रहेछ ।
ती म्यानपावरलाई कतिसम्मको कारबाही हुन्छ ?
अनुसन्धान जारी नै छ । अनुसन्धानमा जे देखिन्छ, त्यही कानुनअनुसार कारबाही हुन्छ । वैदेशिक रोजगारसम्बन्धी भए हामीले नै गर्छाैं ।
अभिमुखीकरण संस्थाले तालिम नदिई प्रमाणपत्र बेच्दै आएको छ भने स्वास्थ्य संस्थाले नक्कली रिपोर्ट पेस गर्ने समस्या छ नि !
अभिमुखीकरणको सन्दर्भमा कानुनबमोजिम काम नगरेको ५ वटालाई कानुनी दायरमा ल्याइसकेका छौं । ती संस्थालाई निलम्बनसमेत गरेको छ । स्वास्थ्य संस्थामा अहिलेसम्म केही भेटिएको छैन । अनुसन्धानको काम जारी नै छ ।
आर्थिक लेनदेन पनि वैदेशिक रोजगार ठगीको कागज बनाउने गरेको छ, यसले वास्ताविक ठग्ने कामदारले छिटो न्याय पाउन सकेको छैन नि !
वैदेशिक रोजगारसम्बन्धी व्यक्तिगत ठगी आएपछि कारबाही गर्छाैं । व्यक्तिगत ठगीमा आर्थिक लेनदेनका पनि फास्ट ट्रयाकमा हुने भन्दै वैदेशिक रोजगारको कागज बनाएर उजुरी दिने गर्छन् । यसलाई फिल्टरको काम पनि गर्छु ।
म्यानपावर एजेन्सीले कामदारसँग ठूलो रकम ठग्छन्, पीडितले उजुरी दिएपछि विभागले म्यानपावर एजेन्सीलाई जति रकम ठगी गरेको छ, त्यति फिर्ता गरेर उन्मुक्ति दिएको छ । पीडितले ठूलो रकम साहूलाई ब्याज तिर्नका लागि घरजग्गासमेत बेच्नुपर्ने अवस्था छ । विभागको यस्तो प्रवृत्तिले ठगी फस्टाएको त होइन ?
तपार्इंले जुन कुरा भन्नुभयो त्यो इतिहास हो । वर्तमान त्यस्तो हुँदैन, छैन । वर्तमान फरक भइसकेको छ । भर्खरै पनि वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गर्ने क्रममा छ । यसमा स–सानोदेखि चर्चित म्यानपावर एजेन्सी पनि छन् । अब कानुनले दिएको अधिकारभित्र रही म्यानपावर खारेजसम्म गर्छु ।
 विगतमा स–सानो परिवर्तन हुँदासमेत म्यानपावर व्यवसायी विरोधमा उत्रने गरेका छन्, तपाईं अहिले आक्रामक तरिकाले जसरी अगाडि बढिरहनुभएको छ त्यसमा म्यानपावर व्यवसायी आन्दोलनमा उत्रे थेग्न सक्नुहुन्छ ?
म्यानपावर मात्र होइन जसले कानुनको कार्यान्वयन गर्ने मामलामा दबाब र प्रभावमा पार्छ त्यसमा परिंदैन, जुन सत्य हुन्छ त्यही गरिन्छ । माथिल्लो निकायका अधिकारहरूले पनि दबाब आए पनि टेरिँदैन कारबाहीका लागि पछि परिँदैन । ढुक्क हुनुस्, किनभने ७ दिनका लागि माइन्ड सेट गरेर यहाँ आएको हुँ । ७ दिनभन्दा बढी बसे मेरो लागि बोनस हो । चाहे ३, ७ र १५ दिन, १ वर्ष र २ वर्ष बसौं त्यो मेरो लागि बोनस हो । ७ दिनभित्र परिवर्तनको अनुभूति दिनेछु । म कुनै लोभ लालचमा आएको होइन । म नेपाल सरकारको दायित्व पूरा गर्न आएको हुँ । अहिले मैले काम गरेको ४ दिन भयो । मलाई ठूल्ठूला शक्ति केन्द्रबाट दबाब आइरहेको छ । दबाब दिने मान्छेलाई अल्टिमेटम दिएर मैले भनेको छु, फोन आइन्दा नगर्नुहोला जसले फोन गर्छ उसलाई वैदेशिक रोजगार ठगीको मतियार भनी कारबाही गर्छा भनेर अनुरोध गरिसकेको छु ।
दबाब कुन निकायबाट आइरहेको छ ?
राजनतिक, व्यवसाय र उच्च सरकारी अधिकारीबाट दबाब आइरहेको छ ।
तपाईंलाई श्रममन्त्रालयले अहिले काजका रूपमा पठाएको हो, ३ महिनाभित्र सेवाग्राही वा अन्य निकायले वैदेशिक रोजगार क्षेत्र कस्तो अनुभूति गर्न पाउनेछन् ?
३ महिनापछि मात्र होइन, ७ दिनभित्र वैदेशिक रोजगार क्षेत्रमा धेरै सु्धार आइसकेको छ । तपाईंले विगत र अहिलेको सेवाग्राहीको लाइन देख्नुभएको छ । विगतका पेन्डिङ फाइल स्वीकृति भइसकेको छ । सार्वजनिक बिदामा पनि काम भइरहेको छ । २२ ठाउँमा फाइल लिएर दौडनुपर्नेमा एकै ठाउँबाट भइरहेको छ । तर म महानिर्देशक भएदेखि निःस्वास्र्थ, क्षमताले भ्याएसम्म र इमान्दारितापूर्वक कसैसँग सम्झौता नगरिकन कानुनको कार्यान्वयन गर्छु । जस्तोसुकै विरोध तथा चुनौती समाना गर्नुपरे पनि म मानसिक रूपमा तयार छु । विभागमा काम गर्ने ७ दिन मेरो व्यक्तिगत चाहना र इच्छा थियो । त्यसपछि मेरो बोनस हो । त्यसपछि जुनसुकै दिन सारे पनि हुन्छ ।
मैले कर्मचारीहरूको छवि उच्च राख्छु । वैदेशिक रोजगार विभागको गरिमा बढाउँछु । नेपालको वैदेशिक रोगार विभाग अत्यन्त सेवाग्राहीमैत्री, अत्यन्त मेहनत, अत्यन्त इमान्दारिता संगठित निकाय हो । प्रविधि पनि उच्च प्रविधि प्रयोग गरिरहेको छ भन्ने स्थायित्व गर्ने प्रयासमा छु । विगतको आक्षेप र लाञ्छनालाई निमिट्याउन पार्दै अत्यन्त प्रतिष्ठित र सम्मानित निकाय बनाउँछौ ।
अब सेवाग्राहीको गुनासो सुन्न पाइँदैन ?
कानुनबमोजिम सेवा–सुविधा नपाए गुनासो सुन्न तयार छु । त्यसका लागि मेरो प्रत्यक्ष निर्देशनमा नेतृत्वमा ¥यापिड रिसपोन्स टिम हुनेछ । त्यसले २४ सैं घण्टा काम गर्नेछ ।
कर्मचारीले पैसा नलिई काम गर्दैनन् भन्ने गुनासो म्यानपावरबाट बढी सुनिन्छ नि !
 भ्रष्टाचार नियन्त्रण गर्नका लागि मनोबल उच्च राख्न काउन्सिलिङ गरेर उत्प्रेरित राख्ने काम गर्दैछु । यो प्रवद्र्धनात्मक काम गरेको छु । दोस्रो वैदेशिक रोजगार क्षेत्र वरिपरि गराउँछ, महानिर्देशकले निश्चित पैसा बाँडेको छ नम्बर टिपेर, केही व्यक्तिलाई हाम्रो कर्मचारीलाई बाँड भनिरहेको छ । आज मात्रै महानिर्देशकको २ देखि ५ लाख रुपैयाँ बाँडिरहेको छ । पहिला दलाल भनिएको, लेखन्दासलाई सूचना दिने गरी हायर गरेको छु । सूचना दिएबापत निश्चित रकम दिन्छौं ।
गुनासो सुन्ने काम पनि गरेको छ । विभागको मान्छेले फोन गर्दा पनि नटेर्ने म्यानपावर एजेन्सी विभागमा आउन थालेको छ । सेटिङ ब्रेकरमा काम गरिरहेको छ । कुन कर्मचारी कहाँ काम गर्छ हाकिमलाई पनि थाहा हुँदैन, त्यहाँ आएपछि मात्र थाहा हुन्छ । कुन स्तरमा मान्ने हो हेर्नुपर्छ । ७ दिनपछि मूल्यांकन गर्ने जिम्मा श्रम मन्त्रालय र मिडियाको जिम्मा हो । सार्वजनिक रूपमा सेवाग्राही, मिडियाले सुधार भएको देख्नुभयो भन्ने निजामती सेवामा बस्छु होइन भने बस्दिनँ पनि भनिसकेको छु ।
तपाईं सहसचिव जस्तो उच्च पदमा हुनुहुन्छ, तपाईंले सरकारी उच्च पदाधिकारीविरुद्ध सामाजिक सञ्जालमा लेखिरहनुभएको छ, नैतिकताले दिन्छ ?
म निजामती जागिर खाइसकेपछि निजामती कानुनप्रति प्रतिबद्ध छु । ऐन र कानुनले लेखेको आचारण पूर्णरूपमा पालना गर्छु । कसैले कुनै काममा बदमासी (भ्रष्टाचार) गर्छ भने उच्च पदस्थविरुद्ध उजुरी गराउनसमेत डराउदिनँ । जागिर प्रवाह छैन । म जति दिनसम्म निजामती सेवामा काम गर्छु निष्ठा, निडर, इमान्दारिताका साथ काम गर्छु । त्यसका लागि जस्तोसुकै आवाज उठाउन तयार छु । विगतमा आफ्नै हाकिमविरुद्ध पनि आफ्नै निकायको लेटरप्याडमा अख्तियारमा उजुरी हालेको हुँ ।
सुधारको मेरो सिद्धान्त ‘रिफर्म विथ फर्म’ । विगतमा नेपालको सुधार फेल भयो किनभने जहिले पनि सुधार तनावमा प्रयास गरियो । एक समितिले रिपोर्ट दिन्छ, त्यसलाई सुधार गर्नुप¥यो भनेर अगाडि बढ्छ, त्यो दबाबमूलक सुधार हो । हामीले यस्तो सुधार गर्छाै जसले कर्मचारी तथा सबै निकायले आनन्द महसुस गर्छ ।
दूतावास र विभागबीचको सहकार्य कमजोर देखिन्छ, दूतावासले ठगी गरेको भन्दै म्यानपावर एजेन्सीलाई कारबाहीका लागि सिफारिस गर्ने विभागले छोड्ने काम गरेको छ नि !
यो इतिहास हो, अब यस्तो हुँदैन । नेपाली दूतावास, विभाग, नेपालप्रहरी र अध्यागमन सरकारको एउटै अंग हो । कतिपय दूतावास र विभागका कर्मचारी बदमासीले कारबाही नभएको हुनसक्छ । बदमासी गर्ने कसैलाई छुट हुँदैन । नयाँ अवधारणाका लागि दूतावासको क्षमता धेरै छैन, उसले सबै क्षेत्रमा काम गर्न सक्दैन । जुन–जुन देशमा बढी कामदार छन्, ती देशका सहरैपिच्छे अवैतनिक महावाणिज्यदूत राख्न प्रस्ताव लैजाउँदैछौं । साउदी अरबमा एक दूतावास मात्र छ, सहरहरू १ हजार किलोमिटरभन्दा बढी टाढा पर्छ । दूतावासले काम गर्न सक्दैन । यो भएपछि कामदारको हकहित र प्रमाणीकरणको समस्या हुँदैन । प्रतिष्ठित व्यक्ति राजनीतिक व्यापारी र प्रोफेसर राख्न सक्छ । यसले कूटनीतिक क्षमता पनि बढ्छ ।

Wednesday, February 12, 2014

चालिस करोडभन्दा बढीका मेसिन र गाडी अलपत्र


चालिस करोडभन्दा बढीका मेसिन र गाडी अलपत्र

Share this post
FaceBook  Twitter  Mixx.mn     
गौशाला,  माघ २९ गते । भारतको हैदरावादस्थित प्रसिद्ध निर्माण कम्पनी भिश्वा जेभी/भिभिएसआरको रु ४० करोडभन्दा बढीका मेसिन, औजार, उपकरण र गाडीहरु महोत्तरी, धनुषा र सर्लाही जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
महोत्तरी, धनुषा र सर्लाही जिल्लामा २०१ किलोमिटर सडक निर्माण गर्ने ठेक्का लिएको सो कम्पनी ती सडक नबनाइकनै अचानक भागेपछि कम्पनीले भारतबाट ल्याएका करोडौं मूल्यका मेसिन, औजार, उपकरण र गाडीहरु अलपत्र परेको सो सडक निर्माण कार्यको रेखदेख गर्न नेपाल सरकारको तर्फबाट जिम्मेवारी पाएको योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायले बताउनुभयो ।
सो कम्पनीले सडक बनाउन ल्याएका २० वटा जति ट्रिपर, ग्रेडर, लोडर, रोलरलगायतका रु ४० करोडभन्दा बढी मूल्यका गाडी र उपकरण विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेको योजना प्रमुख रायले बताउनुभयो ।
सन् २०११ को जुलाई र अगस्ट दुई छुट्टाछुट्टै महिनामा भारतको हैदरावादस्थित भिश्वा कम्पनीले भारत सरकारसँग आउँदो ३० महिनाभित्र नेपालका विभिन्न ठाउँमा १२१ किलोमिटर सडक बनाउने सम्झौता गरेकामा महोत्तरी, धनुषा र सर्लाहीमा पनि २०१ किलोमिटर सडक बनाउनुपर्ने थियो ।   
सो कम्पनीको सम्झौता अवधि क्रमशः सन् २०१३ नोभेम्बर १२ र डिसेम्बर ३१ मा सकिसक्दा पनि सो कम्पनीले यहाँका सडकहरु निर्माण गर्न नसकेर छ÷सात महिना पहिले कम्पनी अचानक नेपालबाट भागेको योजना प्रमुख रायले बताउनुभयो ।
कम्पनी भागेपछि सडक निर्माणमा सहयोगका लागि नियुक्त गरेका सयौँ कर्मचारी, दर्जनौँ स–साना ठेकेदार र कामदारको समेत बिचल्ली भएको छ ।

कम्पनीले धेरैको लाखाँै रकम तिर्न बाँकी रहेको बताइन्छ । कर्मचारी र कामदारको तलब, भत्ता र सरसामान राख्न भाडामा लिएको भवनको भाडासमेत बाँकी रहेको छ ।

सो कम्पनीले नेपालमा सडक नबनाएर आफ्नो ठेक्का छोड्ने हो भन्ने गाडी, मेसिन, औजार, उपकरणका साथै नेपालमा उसले खटाएका सयौँ कामदारको खर्च गरी उसको ठेक्का सकार रकममा २५ प्रतिशत घाटा हुने योजना प्रमुख रायले बताउनुभयो ।
उहाँ अहिले पनि यो सडक भारत सरकार तथा सोही ठेकेदार कम्पनीले बनाउनेमा विश्वस्त हुुनुहुन्छ । त्यस कम्पनीले रु एक अर्ब ४२ करोडको सडक निर्माण योजनाअन्तर्गत सडक निर्माणका लागि भारत सरकारलाई २० प्रतिशत रकम धरौटी बुझाएका कारण उसलाई सडक बनाउनै पर्ने हुन्छ । रासस

Tuesday, February 11, 2014

महोत्तरीमा ६४ प्रतिशत विद्युत् चुहावट

महोत्तरीमा ६४ प्रतिशत विद्युत् चुहावट

 
bijuli-choriबर्दिवास, २९ माघ । महोत्तरी जिल्लामा विद्युत् चुहावट निक्कै बढेको छ । भारतबाट जलेश्वर वितरण केन्द्रका लागि प्राप्त सात मेगावाट विद्युत्मध्ये चालु आर्थिक वर्ष २०७०÷७१ को छ महिनाको अवधिमै ६४ प्रतिशत विद्युत् चुहावट भएको नेपाल विद्युत् प्राधिकरण जलेश्वर वितरण केन्द्रले जनाएको छ ।
गत आव २०६९÷७० मा ६० प्रतिशत विद्युत् चुहावट भएकामा यस वर्षको छ महिनामा सो क्रम चार प्रतिशतले बढेर ६४ प्रतिशत पुगेको केन्द्र प्रमुख जितेन्द्रकुमार झाले स्वीकार गर्नुभयो । आव २०६८÷६९ मा भने विद्युत् चुहावट ५९ प्रतिशत रहेको थियो ।
पछिल्लो समयमा जिल्लाका गाउँनगर बस्तीमा विद्युत् हुकिङ गर्ने क्रम ह्वात्तै बढ्दा ट्रान्सफर्मर बिग्रने र जल्ने क्रमसमेत बढेको छ । यहीकारण, प्राधिकरणलाई बर्सेनि दुई करोडको खर्च भार बढेको छ । गाउँनगर बस्तीमा जडान भएका ट्रान्सफर्मरबाट हुकिङका कारण क्षमताभन्दा बढी  विद्युत् खपत हुँदा ट्रान्सफर्मर बिग्रने र जल्ने क्रम बढेको केन्द्रका विज्ञको भनाइ छ ।
पछिल्ला केही वर्षयता विद्युत्का कर्मचारीमा जागिरे मनोवृत्ति बढेसँगै हुकिङ गर्नेहरूसँग कर्मचारीको नै मिलोमतो हुनाले चुहावट निक्कै बढेको बर्दिवासस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताउनुभयो ।
केन्द्रको प्रभावकारी अनुगमन नहुँदा र चुहावट गर्नेविरुद्ध कारबाही फितलो हुँदा समस्या बढेको हो । केन्द्रका कर्मचारीको सेवाग्राहीसँग सहयोगी र आत्मीय व्यवहार नहुनु, मिटर जडान र कार्यालय प्रयोजनका काममा उपभोक्ताले निक्कै दिनसम्म कार्यालय धाउनुपर्ने भएकाले केन्द्रका आम कर्मचारीप्रति उपभोक्ताको सकारात्मक धारणा बन्न नसक्दासमेत चुहावट बढेको हो ।
बेलामौकामा गरिने छड्के अनुगमनले मात्र चुहावट नियन्त्रण हुन नसक्ने जिल्लाकै सिङ्ग्याही गाविसका निवर्तमान अध्यक्ष रामसोगारथ राय यादव बताउनुहुन्छ । केन्द्रका कर्मचारीले भने हुकिङ नियन्त्रणका लागि अनुगमन गर्न पर्याप्त जनशक्ति नभएको बताएका छन् । सङ्क्रणकालीन मुलुकको अवस्थामा जे गरे पनि हुन्छ भन्ने आम सोचले गर्दासमेत चुहावट बढेको ती कर्मचारीको भनाइ छ ।
केन्द्र प्रमुख झाले हुकिङविरुद्ध जनमत बनाउन आम उपभोक्तासँग अपिलसमेत गर्नुभएको छ ।

विषाक्त पानीले गाउँमा समस्या

विषाक्त पानीले गाउँमा समस्या

बर्दिवास, २९ माघ । महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा जिल्लाका १४ गाविसका बासिन्दा विषाक्त पानीको संसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ । मुहानमा औरही नाउँबाट सुरु हुने यो नदीमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविस बासिन्दा प्रभावित भएका हुन् । धनुषा जिल्लाको चुरे शृङ्खलामा मुहान रहेको औरहीे नदीको महेन्द्रनगरस्थित मङ्गलपुरमा नदी किनारमै २०४२ सालमा स्थापित एभरेस्ट पेपर मिल्सले उद्योगबाट निस्कने दूषित झोलपदार्थ नदी प्रवाहमा मिसाइदिँदा नदीको पानी नै कालो भएको छ । सो प्रदूषित झोल नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म जिल्लाका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको संसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् । ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो । धनुषा जिल्लाको चुरे शृङ्खला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ । महोत्तरी जिल्लाका हरिहरपुरहरिनमरी, महदैयातपनपुर, खुट्टापिपराढी, पडौल, बदियाबन्चौरी, भ्रमरपुरा, सहोड्वा, पिपरा,  महोत्तरी, पिगौना, इकरहिया, धिरापुर, सिमरदही र मटिहानी गाविस यो विषाक्त पानीबाट प्रत्यक्ष प्रभावित रहेका ‘महोत्तरी जोगाऔँ’ अभियानमार्फत वातावरण क्षेत्रमा कार्यरत रहँदै आउनुभएका जिल्लाकै सुगाभवानीपट्टीका बासिन्दा सुरेश पाण्डेयले बताउनुभएको छ । यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएका छन् । मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ । कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँड्डुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताउनुभयो । पेपर मिल्स स्थापनायता दूषित पानी शुद्धीकरण गर्न विभिन्न सामाजिक सङ्घसंस्था र वातावरण क्षेत्रका अभियन्ताहरूले निरन्तर दबाब बढाए पनि उद्योग र दुवै जिल्लाका स्थानीय प्रशासन सोबारे उदासीन रहँदै आएका आम टिप्पणी सुनिने गरेको छ । विषाक्त पानीलाई नदीबाहेक अन्तै प्रवाह गर्न वा पानी शुद्धीकरण गर्न बढेको दबाबबीच नै २०५८ सालमा जनहित संरक्षण मञ्च काठमाडाँैसहितका संस्थाले दिएको रिटमा सर्वोच्च अदालतले २०६१ साल साउनमा नदीमा प्रदूषित पानी प्रवाह नगर्न आदेश दिए पनि उद्योग र स्थानीय प्रशासनले केही वास्ता नगरेको जिल्लावासीले बताएका छन् । सधैं माछा र अन्य जलचर विचरण गर्ने सो नदीमा अब जीव भने केही नरहेका आसपासका बासिन्दाको भनाइ छ । अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको जिल्लाकै हरिहरपुरहरिनमरी गाविसका निवर्तमान अध्यक्ष तथा ‘बिग्ही बचाआँै’ अभियानका अगुवा रमेश यादवको गुनासो छ । स्थानीय प्रशासनको मौनता र उद्योगको बेवास्ताले सर्वोच्चको आदेश पालना नभएको जिल्लाका बुद्धिजीवीको धारणा छ । जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको दूषित पानी सफा गर्न वा बहाव परिवर्तन गराउन तत्काल उपल्लो निकायले पहलकदमी लिनपर्ने आवश्यकता देखिएको नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको भनाइ छ । यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले योबारे उद्योग र धनुषा प्रशासनसँग समन्वय गरिने जानकारी दिनुभयो । उता उद्योगले भने आपूmले नदीमा प्रवाह गराएको प्रयोगहीन केमिकलको झोल विषाक्त वा दूषित नरहेको दाबी गर्दै आएको छ । गोपालप्रसाद बराल - See more at: http://www.sambadmedia.com/?p=73931#sthash.p3M0mxwm.dpuf

विषाक्त पानीले गाउँमा समस्या

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
paniबर्दिवास, २९ माघ । महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा जिल्लाका १४ गाविसका बासिन्दा विषाक्त पानीको संसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ ।
मुहानमा औरही नाउँबाट सुरु हुने यो नदीमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविस बासिन्दा प्रभावित भएका हुन् ।
धनुषा जिल्लाको चुरे शृङ्खलामा मुहान रहेको औरहीे नदीको महेन्द्रनगरस्थित मङ्गलपुरमा नदी किनारमै २०४२ सालमा स्थापित एभरेस्ट पेपर मिल्सले उद्योगबाट निस्कने दूषित झोलपदार्थ नदी प्रवाहमा मिसाइदिँदा नदीको पानी नै कालो भएको छ । सो प्रदूषित झोल नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म जिल्लाका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको संसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् ।
ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो । धनुषा जिल्लाको चुरे शृङ्खला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ ।
महोत्तरी जिल्लाका हरिहरपुरहरिनमरी, महदैयातपनपुर, खुट्टापिपराढी, पडौल, बदियाबन्चौरी, भ्रमरपुरा, सहोड्वा, पिपरा,  महोत्तरी, पिगौना, इकरहिया, धिरापुर, सिमरदही र मटिहानी गाविस यो विषाक्त पानीबाट प्रत्यक्ष प्रभावित रहेका ‘महोत्तरी जोगाऔँ’ अभियानमार्फत वातावरण क्षेत्रमा कार्यरत रहँदै आउनुभएका जिल्लाकै सुगाभवानीपट्टीका बासिन्दा सुरेश पाण्डेयले बताउनुभएको छ ।
यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएका छन् । मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ ।
कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँड्डुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताउनुभयो ।
पेपर मिल्स स्थापनायता दूषित पानी शुद्धीकरण गर्न विभिन्न सामाजिक सङ्घसंस्था र वातावरण क्षेत्रका अभियन्ताहरूले निरन्तर दबाब बढाए पनि उद्योग र दुवै जिल्लाका स्थानीय प्रशासन सोबारे उदासीन रहँदै आएका आम टिप्पणी सुनिने गरेको छ ।
विषाक्त पानीलाई नदीबाहेक अन्तै प्रवाह गर्न वा पानी शुद्धीकरण गर्न बढेको दबाबबीच नै २०५८ सालमा जनहित संरक्षण मञ्च काठमाडाँैसहितका संस्थाले दिएको रिटमा सर्वोच्च अदालतले २०६१ साल साउनमा नदीमा प्रदूषित पानी प्रवाह नगर्न आदेश दिए पनि उद्योग र स्थानीय प्रशासनले केही वास्ता नगरेको जिल्लावासीले बताएका छन् ।
सधैं माछा र अन्य जलचर विचरण गर्ने सो नदीमा अब जीव भने केही नरहेका आसपासका बासिन्दाको भनाइ छ । अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको जिल्लाकै हरिहरपुरहरिनमरी गाविसका निवर्तमान अध्यक्ष तथा ‘बिग्ही बचाआँै’ अभियानका अगुवा रमेश यादवको गुनासो छ ।
स्थानीय प्रशासनको मौनता र उद्योगको बेवास्ताले सर्वोच्चको आदेश पालना नभएको जिल्लाका बुद्धिजीवीको धारणा छ । जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको दूषित पानी सफा गर्न वा बहाव परिवर्तन गराउन तत्काल उपल्लो निकायले पहलकदमी लिनपर्ने आवश्यकता देखिएको नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको भनाइ छ ।
यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले योबारे उद्योग र धनुषा प्रशासनसँग समन्वय गरिने जानकारी दिनुभयो । उता उद्योगले भने आपूmले नदीमा प्रवाह गराएको प्रयोगहीन केमिकलको झोल विषाक्त वा दूषित नरहेको दाबी गर्दै आएको छ । गोपालप्रसाद बराल
- See more at: http://www.sambadmedia.com/?p=73931#sthash.p3M0mxwm.dpuf

विषाक्त पानीले गाउँमा समस्या

ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।
paniबर्दिवास, २९ माघ । महोत्तरी जिल्लाको अधिकांश भाग भएर बग्ने बिग्ही नदी प्रदूषित हुँदा जिल्लाका १४ गाविसका बासिन्दा विषाक्त पानीको संसर्गले छालाको रोगबाट ग्रसित हुने क्रम बढेको छ ।
मुहानमा औरही नाउँबाट सुरु हुने यो नदीमा धनुषा जिल्लाको महेन्द्रनगरस्थित एभरेस्ट पेपर मिल्सले आफ्नो उद्योगबाट प्रयोगहीन विषाक्त केमिकल नदीको प्रवाहमा मिसाइदिँदा झन्डै तीन दशकदेखि महोत्तरी जिल्लाका १४ गाविस बासिन्दा प्रभावित भएका हुन् ।
धनुषा जिल्लाको चुरे शृङ्खलामा मुहान रहेको औरहीे नदीको महेन्द्रनगरस्थित मङ्गलपुरमा नदी किनारमै २०४२ सालमा स्थापित एभरेस्ट पेपर मिल्सले उद्योगबाट निस्कने दूषित झोलपदार्थ नदी प्रवाहमा मिसाइदिँदा नदीको पानी नै कालो भएको छ । सो प्रदूषित झोल नदीमा मिसिएर महोत्तरीको हहिरपुरहरिनमरी हुँदै १४ गाविसलाई छिचोलेर भारत पुग्दासम्म जिल्लाका लगभग एक लाख ५० हजार जनसङ्ख्या विषाक्त पानीको संसर्गमा रहँदा छालाका रोगले ग्रसित हुने क्रम बढेको ती गाविस क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाले जनाएका छन् ।
ती गाविस क्षेत्रका आम बासिन्दामा नै धेरथोर छालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्र झाले बताउनुभयो । धनुषा जिल्लाको चुरे शृङ्खला हुँदै महोत्तरी आएर बिग्ही नदीमा मिसिएपछि बिग्ही र जिल्लाको पिपराबाट दक्षिण लागेपछि कुटमेश्वरी नाउँ पाएको यो नदी महोत्तरीमा ३० किलोमीटर लामो छ ।
महोत्तरी जिल्लाका हरिहरपुरहरिनमरी, महदैयातपनपुर, खुट्टापिपराढी, पडौल, बदियाबन्चौरी, भ्रमरपुरा, सहोड्वा, पिपरा,  महोत्तरी, पिगौना, इकरहिया, धिरापुर, सिमरदही र मटिहानी गाविस यो विषाक्त पानीबाट प्रत्यक्ष प्रभावित रहेका ‘महोत्तरी जोगाऔँ’ अभियानमार्फत वातावरण क्षेत्रमा कार्यरत रहँदै आउनुभएका जिल्लाकै सुगाभवानीपट्टीका बासिन्दा सुरेश पाण्डेयले बताउनुभएको छ ।
यी १४ बाहेक अन्य छिमेकका १० गाविसका गरी जिल्लाका २४ गाविसका बासिन्दा विषाक्त पानीको असरले प्रभावित हुँदै आएका छन् । मानिसले खानपिउन प्रयोग नगरे पनि नुहाइधुवाइ गर्ने गरेका र वस्तुभाउको चरन तथा पानीघाट नदी किनार रहेकाले मानिसमा छालासम्बन्धी समस्या र घरपालुवा पशुवस्तुमा विभिन्न रोगको समस्या बराबर पर्दै आएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक डा. रवीन्द्र ठाकुरको भनाइ छ ।
कहिलेकाहीँ मात्र नदी तर्नुपर्ने गरी हिँड्डुल गर्नेलाई त तत्कालै छाला चिलाउने समस्या देखिने गरेको नदी प्रभावित क्षेत्रका बस्तीमा कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । टाढैबाट दुर्गन्ध आउने कालो पानीले त्यसको संसर्गमा रहेकालाई चर्मरोग मात्र नभई अन्य रोगसमेत निम्त्याउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी झाले बताउनुभयो ।
पेपर मिल्स स्थापनायता दूषित पानी शुद्धीकरण गर्न विभिन्न सामाजिक सङ्घसंस्था र वातावरण क्षेत्रका अभियन्ताहरूले निरन्तर दबाब बढाए पनि उद्योग र दुवै जिल्लाका स्थानीय प्रशासन सोबारे उदासीन रहँदै आएका आम टिप्पणी सुनिने गरेको छ ।
विषाक्त पानीलाई नदीबाहेक अन्तै प्रवाह गर्न वा पानी शुद्धीकरण गर्न बढेको दबाबबीच नै २०५८ सालमा जनहित संरक्षण मञ्च काठमाडाँैसहितका संस्थाले दिएको रिटमा सर्वोच्च अदालतले २०६१ साल साउनमा नदीमा प्रदूषित पानी प्रवाह नगर्न आदेश दिए पनि उद्योग र स्थानीय प्रशासनले केही वास्ता नगरेको जिल्लावासीले बताएका छन् ।
सधैं माछा र अन्य जलचर विचरण गर्ने सो नदीमा अब जीव भने केही नरहेका आसपासका बासिन्दाको भनाइ छ । अदालतको आदेशसमेत अवज्ञा हुँदा अब कसलाई गुहार्ने भन्ने अन्योल बढेको जिल्लाकै हरिहरपुरहरिनमरी गाविसका निवर्तमान अध्यक्ष तथा ‘बिग्ही बचाआँै’ अभियानका अगुवा रमेश यादवको गुनासो छ ।
स्थानीय प्रशासनको मौनता र उद्योगको बेवास्ताले सर्वोच्चको आदेश पालना नभएको जिल्लाका बुद्धिजीवीको धारणा छ । जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको दूषित पानी सफा गर्न वा बहाव परिवर्तन गराउन तत्काल उपल्लो निकायले पहलकदमी लिनपर्ने आवश्यकता देखिएको नेपाल बुद्धिजीवी परिषद् महोत्तरीका अध्यक्ष अधिवक्ता उद्धव क्षत्रीको भनाइ छ ।
यता जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले योबारे उद्योग र धनुषा प्रशासनसँग समन्वय गरिने जानकारी दिनुभयो । उता उद्योगले भने आपूmले नदीमा प्रवाह गराएको प्रयोगहीन केमिकलको झोल विषाक्त वा दूषित नरहेको दाबी गर्दै आएको छ । गोपालप्रसाद बराल
- See more at: http://www.sambadmedia.com/?p=73931#sthash.p3M0mxwm.dpuf

Friday, January 31, 2014

कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ १३ गते । महोत्तरी जिल्लाको स्थानीय विकास अधिकारीलाई निजका मातहतका कर्मचारी गाउँ विकास समितिका सचिवले नटेर्ने गरेको उदाहरण महोत्तरीमा देखापरेको छ ।
महोत्तरी जिल्लाको गोनरपुरा गाउँ विकास समितिका सचिव जिवछ मिश्रलाई स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईले सो गाविसको परिषद सोमबार दिनको १ बजे सोही गाविस भवनमा गराउन आदेश दिएकोमा सचिवले त्यस वमोजिम नगरेपछि यस्तो रहस्य खुलेको हो ।
स्थानीय विकास अधिकारी भट्टराइले सो परिषदको लागि जिल्ला विकास समितिका योजना अधिकृत राधेश्याम गिरीलाई समेत सोमबार गाउँ विकास समितिमा तोकिएकै समयमा पठाइसक्दा पनि सचिव मिश्रको अत्तोपत्तो थिएन । त्यसपछि योजना अधिकृत गिरी र स्थानिय अधिकारी भट्टराइ समेतले पटक पटक सचिव मिश्रलाई फोन सम्पर्क गरेपनि उहाँले उठाउनुभएन र न त उहाँले परिषद गर्न गाविस भवन जानुभएको स्थानीय विकास अधिकारी भट्टराइले वताउनुभयो । गाविस सचिव मिश्र परिषद गराउन नपुगेपछि स्थानीयहरु आक्रोशित भई योजना अधिकृत गिरीलाई नियन्त्रणमा लिएर गाली वेइज्जती गर्नुका साथै उहाँ पनि सचिवसंग मिलेको आरोप लगाएको थियो ।
गाउँका विभिन्न राजनीतिकदलका सभापति र अध्यक्ष सहितले सोमबार साँझ एक विज्ञप्ति जारी गर्नुहुदै सचिव मिश्रलाई कारवाही गर्नुपर्ने माँग गरेको छ ।
एमालेका सुभान नदाफ, नेपाली काँग्रेसका रामविराजी साह, सदभावनाका सत्यनारायण साह, संघीय सदभावनाका शिवचन्द्र साह, नेकपा माओवादीका विनोद मण्डल, रामसपाका अमित मिश्र, नागरिक वडा मञ्चका महेश साह, नेकपा माओवादीका रामवावु पासमान, तमलोपा नेपालका कमलेश यादव, फोरमका राजनारायण यादव, दलित अगुवा मनमोहन पासमान लगायतकाहरुले हस्ताक्षर गरी परिषद गराउन नआएका गाविस सचिव मिश्रलाई कारवाहीको माँग गर्नुभएको छ । स्थानीयहरुले अधिकृतलाई नटेर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माँग राख्दै आएपछि स्थानीय विकास अधिकारीले सचिव मिश्रले गराउने परिषदलाई मान्यता नदिने आश्वासन दिनुभएको स्थानीयहरुले वताएका छन् ।
यता अधिकारी भट्टराईलाई यसबारे सोध्दा उहाँले गाविस परिषदमा भाग लिनको लागि आफुले योजना अधिकृत गिरीलाई पठाएको स्विकार्नुहुदै कार्यालयलाई समेत नटेरेका सचिवलाई कारवाही गरिने वताउनुभयो ।
उहाँसंग तपाईकै मातहतका कर्मचारीले टेरेनन् भनेर सोध्दा उहाँले भन्नुभयो, ‘हेर्दै जानुस न्, कसरी नटेर्नेलाई टेर्ने बनाउँछु’ ।
यता सचिव मिश्रलाई परिषदमा किन जानु भएन्् सोध्दा उहाँले आफुले सोमबार परिषद गराइसकेको जानकारी दिनुभयो । उहाँले कार्यालयलाई चार दिन अगाडी नै खबर गरेर सोमबार गोरनपुरा गाउँ विकास समितिको वडानं. ९ हिरदुवामा परिषद सम्पन्न गरेको दावी गर्नुभयो । उहाँले आफुले चार दिन अगाडी नै जिल्ला विकास समितिका खरिदार रामभगत तमोलीलाई परिषदमा सहभागिताको लागि चिठ्ठि दिइसकेको जानकारी दिनुहुदै स्थानीय संघसंस्था, विभिन्न राजनीतिकदलहरु, बलबा इलाका प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, पशु कार्यालय लगायत गरि करिब साढे ३ सय स्थानीयको उपस्थितीमा परिषद सम्पन्न गरेको वताउनुभयो । उहाँले यस वर्ष ६० लाख रुपैयाको बजेट विनियोजन गरेको जानकारी दिनहुदैं सामाजिक सुरक्षा भत्ता, गाविस कार्यक्रम अनुदान, गाविस संचालन अनुदान, आन्तरिक श्रोत लगायतबाट वजेट विनियोजन गरिएको वताउनुभयो ।
सचिव मिश्रले गाउँमा पशु मर्दा सिनो फाल्ने दलित वर्गले सो काम छाडेपछि सो कामको लागि गाउँको चारवटा टोलमा एक–एक वटा गरी ४ वटा ठेला प्रदान गर्ने निर्णयका साथसाथै लक्षित वर्गका लागि समेत कार्यक्रम गर्नेगरी वजेट विनियोजन गरेको दावी गर्नुभयो ।
उहाँले परिषद नगराएको भन्नु गलत भएको र आफुले प्रमुखलाई नटेरेको कुरा पनि गलत भएको वताउनुभयो । 

पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक

पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १७ गते । पूर्व प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको मृत्युको खबरले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँलाई चिन्नेहरु भावविह्रवल बनेका छन् । उहाँलाई नजिकबाट चिन्नेहरु उहाँ निर्भिक र अलग किसिमको मान्छे भएको वताउनुभएको छ ।
सदरमुकाम जलेश्वरको वडानं. ५ स्थित पुरानो विणा विद्या मन्दिर स्कुल निर पूर्व प्रधानन्यायधिश उपाध्यायको घर रहेको थियो । तर अहिले ति सबै विक्री गरिसकिएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँको परिवारसंग नजिक रहँदै आउनुभएका औषधी व्यवसायी तथा उद्योग वाणिज्य संघ जलेश्वरका पूर्व अध्यक्ष रामाप्रसाद जालानले उपाध्याय एक अलग किसिमको रहेको वताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘विश्वनाथ उपाध्याय एक निडर, झुठो बोल्नेसंग चिढिने, घुस लिने र दिने दुवैलाई नराम्रो भन्ने तथा एकोहोरो किसिमका अलग मान्छे जस्तो व्यवहार गर्ने रहेको थियो’ ।
पूर्व प्रधानन्यायधिशको मृत्युको खबरले भावविह्रवल बन्नुभएका जालानसंग सोधपुछ गरिरहँदा उहाँले उपाध्याय महोत्तरीको मात्रै नभई नेपालकै एक विभूति भएको वताउनुहुदैं उहाँको मृत्युले देशलाई अपुरणिय क्षति पुगेको वताउनुभयो ।
पूर्व प्रधानन्यायाधीश उपाध्यायको वुवालाई हामी सबैले भागिरथी सुब्बाको नामले चिनदैं आएको वताउनुहुदै जालानले मेरो बुवा र भागिरथी सुब्बाबीच पारिवारिक सम्बन्ध जस्तो व्यवहार रहँदै आएको कारण आफुले नजिक हुन पाएको वताउनुभयो । भागिरथी सुब्बा अञ्चलाधीश कार्यालयमा २ नं. सुब्बा बनेर आउनुभएको थियो भने उहाँले विवाह जलेश्वरमैं गर्नुभएको थियो ।
उहाँले पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय आफु भन्दा धेरै सिनियर रहे पनि उहाँको कान्छो भाई नरेन्द्र दाहाल मेरो सहपाठी रहेको कारण उहाँको परिवारसंग आफनो नजिकको सम्बन्ध रहँदै आएको वताउनुभयो । उहाँले जलेश्वर आउँदाखेरी भेटधाट हुने गरेको वताउनुहुदैं उहाँको मृत्युको खबरले शोकविह्रवल बनाएको वताउनुभयो ।
त्यसैगरी पूर्व प्रधानन्यायाधीश उपाध्यायकै मावलीपट्टीकी वुहारी (दाजु जेठान) जलेश्वर नगरपालिका वडानं. ५ मैं वस्दै आएकी महालक्ष्मी ढुँगानाले पारिवारीक सम्बन्ध रहँदै आएको वताउँदै उहाँभन्दा बढी हामीले उहाँको परिवारसंग नजिक हुन पाएको वताउनुभयो । उहाँले जलेश्वर आउँदा खेरी परिवारीक मिलन हुने गरेको चर्चा गर्नुहुदैं जिल्ला अदालत महोत्तरीको शिलान्यास गर्दाताका पनि उहाँ घरमा आउनु भएको वताउनुभयो ।

Tuesday, January 21, 2014

मिथिलाको संस्कृति बन्दै पान

मिथिलाको संस्कृति बन्दै पान

वीरेन्द्र रमण
जनकपुर।
जनकपुरको राम चौकमा,शिव चौक सहित विभिन्न चौकहरुमा रहेको पान पसलमा पान खानेको लागि भुइचो लाग्ने गरेको छ। राम चौकमा पान खान आएका श्याक प्रसाद साहका अनुसार खान खाएपछि पानी नखाने नहुने भएको छ। तर बिच बिचमा समेत उनले पान खाने गरेको बताउछन । उनका अनुसार दिनमा कम्तिमा पनि ५ खिल्ली पान खाने गरेको बताउछन । images
उनि मात्रै नभएर प्रत्येक साझ पान खाने पुग्ने गरेको मा श्याम जस्तै हरि मण्डलको समेत अनुभव रहेको छ । उनका अनुसार करिब आफुले १० वर्ष देखि नियमति पान खान थालेको बताउछन । सबै भन्दा बढि र मिथिलामा कोजाग्रत पुर्णिमा दिनमा पानको बिक्री हुने गरेको छ। सो दिन कहिले पनि पान नखानेहरु समेत पान खाने गरेका छन। त्यो दिन भगवानलाई समेत पान चढाउने गरेको छ। अहिले परापुर्व काल देखि मिथिलाको संस्कृतिक पहिचान नै पान बनेको छ।
भोजभतेरमा मात्रै होइन धर्मका रुपमा पनि पानको प्रयोग हुदै आएको पाइन्छ । धर्मशास्त्रमा पानकलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ । अष्टलक्ष्मी,गणेश,भैरव,जगदम्बाको पुरा र पितृश्रद्धामा पान चढाइन्छ ।सादा पानलाई औषधिका रुपमा प्रयोग गरिन्छ तर यश्रस्तो पान खाने कमै हुन्छन । जर्दा पानमा सुर्ति धेरै हुने भएकोले यो स्वास्थयका लागि हानिकारक हुन्छ । तर अम्मलीहरु जर्दा पान नै रुचाउछन ।images1
जनकपुरको राम चौकमा पान पसल गर्दै आएका रंजित भण्डारीका अनुसार पानको पात भारतबाट नै आयत गरिन्छ ,पानको लागि आवश्यक पर्ने सामग्रीहरु समेत भारतबाट नै आउने गरेको छ। उनले दैनिक ३ हजार रुपैया सम्म पान बेच्ने गरेको बताउछन । राम चौकमा साभ्m उनको पसलमा पान खानेको घुइचो लाग्ने गरेको छ। विशेष गरेर जनकपुरमा मिठा र बंगला पान बढि मात्रामा बिक्री हुने गरिएको छ। जनकपुरमा मात्रै करिब १ हजार पान पसल रहेको छ। पान संस्कृत भाषाको ’पर्न शब्दबाट आएको हो जसको अर्थहुन्छ ’पात अथवा प्र्वाँख’ । सुर्तिलाई पानको पातमा बेरेर तयारपारिने मनोत्तेजक खादयपदार्थ हो । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ । पान विभिन्न तरिकाले तयार गरिन्छ । पान तयार गर्दा पातलाई टासेर राख्न चुनको लेदो प्रयोग गरिन्छ । केही दक्षिण एशियाली देशहरुमा सासलाई ताजा राख्न पनि प्रयोग गरिन्छ ।आर्युवेदका जानकारहरुका अनुसार पानमा औषधि गुणहरु समेत रहेको हुन्छ ।betel_leaf_betel_nuts_and_lime
पानले मुखको शोभा बउछ। स्वतरलाई सुरिलो पार्दछ । खास गरेर गायकहरु पान खानमा परांग हुन्छ । उनिहरु पान नखाई बस्न समेत सक्दैन । पान पनि मैथिली संस्कृउतिको पर्यावाची शब्द भएको संस्कृतिविद राम दयाल राकेश बताउछन । उनका अनुसार मैथिल नारी र पुरुष दुवैले पान खने गदर्छन । मैथिली सुस्कृतिमा स्शस्ीत्र पान अखानु सभ्य र सुसंकृत हुनाको परिचायक हो भन्ने ठान्छन ।अचेल स्शीत्र लिपिस्टीकको प्रयोग गरेृर ओठ रातो बनाउने गर्दछन तर पहलिेका स्त्रीहरु पान खाएर आफनो ओठको नैसर्गिक लालिामा बणउने गदथे रपान र्खाएपछि कामोत्तेजनमा वृद्धि हुने र स्मरण शक्ति समेत हुने जानकारहरुको कथन रहेको छ।
त्यसा
त विहेको सुगनामा पनि पान लैजानु शुभ मानिन्छ । घरबाट कतै जादा पान खाएर हिडदा साइत पर्ने विशवास पनि गरिन्छ ।यसको प्रयोग औगाधिका रुपमा पनि हुन्छ । आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पान क्रियाको सहयोगि हुन्छ ।रुघाखोकी,सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ ।
पान खेतीको लागि नेपालका तराईका जिल्लाहरुमध्ये झापा,मोरंग,सुसनरी,सप्तरी,सिरहा आदि जिल्लामा २०४४ साल देखि कृषकहस्तरमा लगाउदै आएको पाइन्छ । यसको खेतीको लागि उष्ण प्रदेशीय जंगल क्षेत्र उपयुक्त मानिएको छ। हाम्रा कृषहरुले अन्य खेतीमा लगाउने केही खर्च र श्रम पान खेतीमा लगाउने हो भने कृषकको आर्थिक समुन्नती हुने मात्र नभई मुलुकको अर्थतन्त्रमा ठुलो सघाउ पुयाउने निश्चित छ।
पानको पात मुख्यत खानको लागि प्रयोग गरिन्छ । यसले पाचन क्रियालाई सघाउ पुयाउछ । पानको पातमा भिटामिन बि र सि हुन्छ । पानको पात कलेजो,मस्तिष्क ,मुटुको रुपमा लिइन्छ । पानको पातको लेप अनुहारमा सौन्दर्यको रुपमा लगाउने चलन छ। हिन्दुधर्मालम्बीहरुले यसलाई कुनै पुजामा पानको पात र सुपारी प्रयोग गरेको पाइन्छ भने आर्थिक रुपमा साना कृषहरुको आय आर्जन गर्ने मुख्य श्रोतको रुपमा पाइन्छ ।
हालसम्म जानकारी अनुसार पातका ६४ जातहरु भारतमा पाइएका छन । ती मध्ये प्रमुख जातहरु देशी ,काली,रायटेक आदि महाराष्टमा । हालसम्म जानकारी अनुसार पातका ६४ जातहरु भारतमा पाइएका छन् । ती मध्ये प्रमुख जातहरुः देशी, काली, रायटेक आदि महाराष्ट्रमा । साँची, मिठु (मिठा पत्ता), जहाजी र वंगला पान आसाम र पश्चिम बंगलामा, देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ । नेपालमा हासम्म लगाइएका जातहरुमा देशी, बंगला, संचारी र मिठापत्ता पान लगाइन्छ ।पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना
कृषकहरुका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिदैन । भारतको पश्चिम बंगाल राज्यका कम जग्गा भएका पान खेती
गर्ने कृषकहरुलाई लिन सकिन्छ । पान खेतीमा स्थानीय श्रोत पारिवारिक श्रमको सदुपयोग वर्षभरि नै गर्न सकिन्छ । नपे ालका े झापा जिल्लामा विगत २ दशकदेि ख पान खते ी गर्द ै आएका कृषकले प्रति कठ्ठा (१.५ रो.) सरदर रु. १२–१५ हजारसम्म खुद मुनाफा
पाएका े बताउछँ न ् । पान खते ी गर्न े ठाउहँ रुमा भारतका े बगं ाल, विहार, उत्तर प्रदेश र दक्षिणमा महाराष्ट्र, केरला आदि ठाउँ अग्रणी स्थानमा पर्दछ । पश्चिम बंगालको २४ परगना, हावडा, हुगली, मिदनापुर, विरभूम र मुर्शीदावाद जिल्लाहरुमा पान खेती केन्द्रित पाइन्छ । यस बाहेक उत्तर बंगाल र आसाममा रुखका छेउमा पानका लहरा रोपेर पानको पात उत्पादन गरिन्छ । जसलाई स्थानीय भाषामा कचपान पान भनिन्छ ।
नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भएपनि झापा जिल्लाको शनिश्चरे, मोरङ्गका लेटाङ्ग, मधुमल्ला, सुनसरीको
पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तर परीक्षणको रुपमा पान खेती गर्न थालिएको पाइन्छ । पानको लहरालाई छाँया (छहारी) बढी र सामान्य तापक्रम १०–३५ डि.से., बढी आद्रता, केही दिनको अन्तरालमावर्षा १५००–१८०० मि.मि. र निम्न प्रकाश पुञ्ज चाहिन्छ । यस्तो हावापानी
भएको ठाउँमा पान राम्रोसँग फस्टाउँछ । यसको खेती समुन्द्र सतहदेखि ९०० मिटरको उचाईसम्म हुनसक्छ । उष्ण प्रदेशीय जंगल क्षेत्रमा ठण्डा छहारी, आवश्यक आद्रता र अटुट रुपमा माटोमा चिस्यान हुने हुँदा पनि खेती प्राकृतिक अवस्थामा गर्न सकिन्छ । तर अन्य क्षेत्रमा पान खेती गर्दा बगैचामा आवश्यक छाप्रो, घेरा
वेरा, सिँचाइ आदिको व्यवस्था गरी उपयुक्त वातावरण बनाउनु पर्छ । तातो शुष्क हावाले लहरामा भएका कलीला पातको टुप्पा डढाईदिन्छ र ओइलाउँछ । ज्यादै चिसो हावा र तुषारोले पात झर्दछ ।

लोकगायन नियति बनेको छ

लोकगायन नियति बनेको छ

(हिमांशु चौधरी)
जनकपुरधाम, १ माघ । मैथिली लोकगाथा गायनलाई संरक्षण, सम्मान र प्रोत्साहनको आवश्यकता महसुस गरिएको छ । गाथा गायकको जीवनयापनको समस्या र अस्तित्वमा देखिएको सङ्कटलाई ध्यानमा राख्दै सो आवश्यकता महसुस गरिएको हो ।
लोकगाथालाई लोक साहित्यको महाकाव्य मानिएको छ । महाकाव्यका नायक इतिहास प्रसिद्ध हुन्छ भने लोकगाथाका नायक लोकप्रसिद्ध हुन्छ । यिनै पृष्ठभूमिमा आदि मानव कबिलामा बस्दै सामूहिक भाषाको अभिव्यक्तिका लागि नृत्य र गीतलाई माध्यम बनाउँदै देवीदेवतासँग सम्बन्धित लघुकथा समावेश गरे, जसमा कालान्तरमा कथात्मकता तत्वले स्थान ओगटेको पाइन्छ ।
लोककण्ठमा निर्मित र विकसित लोकगाथा ग्राम्य समाजको सम्पत्ति हो । पौराणिक कथा र लोक जीवनसँग सम्बद्ध गरी दुई भागमा विभाजित मैथिली लोकगाथालाई साँस्कृतिक रुपले अमूल्य दस्तावेजसमेत मानिएको छ ।
लोक शब्दको अर्थ नै परम्परागत प्रवाहमा बग्दै निश्चल, स्वच्छ मानव समुदायलाई जनाउँछ । उनीहरूद्वारा अलिखित रूपमा कण्ठकै आधारमा गाइने गाथालाई लोकगाथा मानिन्छ । कुनै पनि बाहिरी प्रभावमा नपरी परम्पराका आधारमा जीवित विभिन्न गाथाले आफूभित्र सामाजिक ढाँचा लुकाएका छन् ।
मैथिली गाथा गीतहरूका दृष्टिबाट नेपाल र भारतका सीमावर्ती क्षेत्र सर्वाधिक उर्वर मानिन्छ । गाथा गीतका नायक लोरिक, अमरसिंह, मीर शैयद, कँवर विजयमानको जयभूमि, सलहेश र धनपालको लीलाभूमि, बनजारा, शम्भू बनिँया, फेकु दयारामका वाणिज्यभूमि, चोर प्रमुख चुहरमलको परीक्षास्थल, वंशीधर, दुलरादयाल, सरियोधामी र माधोसिंहको सिद्धभूमि, दीनाभद्री, बख्तोर, राघोनाथ र कृष्णारामको विलासभूमिको रूपमा साँस्कृतिक अवशेष मैथिली लोक साहित्यका लागि अनुसन्धानमूलक बनेको छ ।
उत्तरमा गरिने दिक्पाल भीमसेन वा पाँच पाण्डवको बन्दना आज पनि देवतुल्य मानिएको छ । मैथिली गाथाहरूमा मोरङको निकै चर्चा गरिएको छ । कतिपय नायक नायिकाहरूको कर्मभूमिका रूपमा मोरङलाई साँस्कृतिक जनपदका रूपमा उल्लेख गरेको पाइन्छ ।
दुसाधहरूका लोक देवता तथा मैथिली गाथा नायक राजा सहलेशको फूलबारी जहाँ दोना र कुस्मा नाम गरेका मालिनीले आफ्ना काम्यपुरुषको प्राप्तिका लागि बाह्र वर्षसम्म साधना गरेका थिए । ती स्थलहरू आज पनि सिरहा र सप्तरीमा रहेका छन् ।
सलहेश गाथामा चर्चित कमला, बलान, कोसी, खुट्टी, गागन अहिले पनि मिथिला क्षेत्रमा प्रवाहित छ । लोरिकायनका वीरयोद्धा पात्र हरवा बरवाका पे्रयसी दुहवी सुहवीका नामबाट विद्यमान रहेकाले गाथा गायनलाई पेसागत बनाई संरक्षणको खाँचो रहेको छ ।
गाथा गायक रुपलाल मुखिया लोेक गाथामा तत्कालीन मिथिलाको भौगोलिक, आर्थिक, सामजिक र साँस्कृतिक इतिहासको विन्दु समावेश रहेकाले लिपिबद्ध गरी साहित्यिक सामग्री बनउनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।
समान्यतया प्रत्येक मैथिली गाथामा जाति, जनजातिमा प्रतिष्ठित लोक नायकको गाथा प्रचलित रहेको पनि उहाँ प्रस्ट गर्नुहुन्छ ।
लोक गाथाहरूमा उल्लेख गरिने लोक नायकहरूमा लोरिकायन यादव, सलहेश दुसाध, बनजारा तेली, फेकुदयाराम हलुवाई, दुलरादयाल मलाह, दीनाभद्री मुसहर, बखतोर यादव, अमरसिंह र जयसिंह मलाह, गरीबनभुइयाँ धोवी, बेनिराम हजाम, लालबन बाबा चमार, श्यामसिंह डोम, महकार कोइरी, चुहरमल दुसाध, रइयारन पाल र राजा धनपाल क्षेत्रीको प्रतिनिधित्व गरेको देखिन्छ । यसका अतिरिक्त कुँवरबृजवान, वंशीधर, हंसराज र वंशराज, लवहरी र कुशहरि, साराङ्गा र सदावृक्ष एवम् गोपीचन्द मिथिला क्षेत्रमा प्रमुख लोक गाथाका रूपमा गाइने गरिएको पाइन्छ । गायक सातैन रामका अनुसार मुख्यतः यी गाथाहरूमा पाइने प्रेम, विरह, कपट, युद्ध र विजयका अनेकौँ प्रसङ्गले श्रोतालाई घण्टौँ मात्र होइन दिनहँुसम्म मन्त्रमुग्ध पारिरहन्छन् ।
अन्वेषक डा प्रफुल्लकुमार सिंह ‘मौन’ लोकगाथा कुनै खास व्यक्तिको साहित्यिक सिर्जना नभई सम्पूर्ण समाजको धरोहर हो, कुनै क्षेत्र विशेषको परम्परा, व्यवहारका कारण एउटै लोक गाथामा क्षेत्रगत भिन्नता पाइएको छ भन्नुहुन्छ । उहाँका अनुसार सुरुमा गाथा सम्पूर्ण समाजको थियो, यसलाई सबैले गाउने गर्थे र आ–आफ्नो मौलिक स्वरुप दिने गरेका कारण एउटा कण्ठबाट अर्कोमा हँुदै पुस्तौँपुस्तादेखि कण्ठानुकण्ठ यात्रा गरिरहेका कारण गाथाका रूपमा परिवर्तनशीलता पाइन्छ ।
लोकगाथामा रहेको विविधताबाट नै राष्ट्रिय स्वरुपको पहिचान र सिर्जना भएको हो । यसै कारण लोक जीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेका साहित्यिले स्वतः लोक साहित्यको रुप धारण गरेको छ । त्यसैले गाथाहरू अपनत्वपूर्ण मार्यादा पाएर प्राचीनकालदेखि नै समृद्ध रहेको छ ।
अन्वेषक रामानन्द झा ‘रमण’ गाथा नायकको अलौकिक शक्ति सम्पन्न व्यक्तित्व एवम् नाटकीय चरित्र आज पनि समाजलाई दिशानिर्देश गरिरहेको बताउनुहुन्छ ।
उहाँका अनुसार लोकतान्त्रिक युगमा आ–आफ्नो जातिको लोकगाथा जातीय नायक राजनीतिक चेतनाका लागि पनि सहायक भइरहेको छ । गाथा गायक दामोदर मण्डल तरकारीखेतीले जसोतसो जीवनयापन गरिरहे पनि गाथा गायन नियति बनेको छ भन्नुहुन्छ । अर्का गायक भगलु यादव बुढापाकाको निधन र युवापुस्तामा यसप्रति उदासीनताका कारण गाथा गायन सङ्कटमा परी हस्तान्तरणमा पनि समस्या देखिएकाले यसलाई दीर्घजीवी बनाउनुपर्ने बताउनुहुन्छ ।
प्रत्येक कारोबार र कुराकानीलाई पौराणिक आख्यानसँग दाँज्ने सामाजिक विशेषता रहेको गाथाले समाजलाई आनन्दित एवम् प्रेरणा दिने गरेकाले यसको संरक्षणका लागि गौरवपूर्ण कार्य गर्नु पनि जरुरी देखिएको छ ।

रुढीवादी परम्पराविरुद्ध पुरोहित

रुढीवादी परम्पराविरुद्ध पुरोहित

(गोपालप्रसाद बराल)
महोत्तरी, ७ माघ । महोत्तरीको सुदूर उत्तरवत्र्ती क्षेत्रमा अहिले कर्मकाण्डबाटै रुढी परम्पराविरुद्ध सामाजिक जागरणमा लागिपरेका पुरोहित झलक दाहालको चर्चा चुलिएको छ । पुरोहित दाहाल रुढी परम्पराविरुद्ध आफ्नो पेसाभित्रैबाट सामाजिक तथा सांस्कृतिक जागरणमा नयाँ अभ्यास गराएपछि सबैतिर उहाँको चर्चा बढेको हो ।
पछिल्लोपटक छोरा नभएकी गौरीवास–१ की चण्डीमाया आलेको निधनपछि उनको किरियाकर्म छोरीहरुबाट गराउने निर्णय सुनाएपछि झलकको यो कामको सबैले प्रशंसा गरेका छन् ।
घरमा छोरी भए पनि महिलाले किरियापुत्री बस्न हुन्न भन्ने पुरानो मान्यतालाई पन्छ्याउँदै पुरोहितले नै चण्डीमायाका छोरीलाई किरियाकर्म गर्न लगाएपछि अब महिलाले काजकिरिया गर्न हुन्छ भन्ने सामाजिक मान्यता नै यहाँ स्थापित भएको छ । छोरी भए पनि किरियापुत्री बस्न छोरा नै चाहिन्छ भन्ने हिन्दू धर्ममा कुनै मान्यता नभएको भन्दै पुरोहित दाहालले सजिलो बाटो बताइदिनुभएको स्थानीय युवा सुजन खतिवडाले बताउनुभयो ।
गाउँका बूढापाका, पुरोहित, पण्डित र दलका अगुवा प्रतिनिधिहरु सामाजिक र सांस्कृतिक गतिविधि एवम् परम्परा धान्ने कुरामा समयानुकूल सुधारका पक्षमा उभिए लैङ्गिक र अन्य विभेद् न्यूनीकरण गर्न सघाउ पुग्ने आम युवाको धारणा छ । आफ्नो गाउँमा दाहालले छोरी पनि किरियापुत्री बस्न सक्छन् भन्ने सन्देश दिएर सांस्कृतिक रुपमा महिलाविरुद्ध हँुदै आएको विभेद् चिर्न सघाउ पु¥याउनुभएको सञ्चारकर्मी गीता चिमोरियाले बताउनुभयो ।
आमाको मृत्युपछि किरिया बस्न कसलाई बोलाउने भनेर रनभुल्ल परेका बेला पुरोहित दाहालले आपूmहरुलाई किरिया बस्नुभन्दा सन्तान हुनुको सन्तुष्टि प्राप्त भएको भर्खरै आमाको किरिया सम्पन्न गरेकी पविमाया आलेको भनाइ छ । चण्डीमायाको गत पुस २४ गते मृत्युपछि उहाँका पाँच छोरीले सामूहिक किरिया गरेका थिए । आपूmहरुको आमाको किरिया गर्ने चाहना पुरोहित दाहालको सकारात्मक सोचले साकार भएको ती दिदीबहिनीको धारणा छ ।
कर्मकाण्डी परम्परा मान्छेले नै बनाएकाले यो समयअनुसार परिवर्तित गरिँदै लानुपर्ने पुरोहित दाहाल बताउनुहुन्छ । पछिल्ला दिनमा आपूmले गराएका कर्मकाण्डसम्बन्धी नयाँ अभ्यासलाई समाजले सजिलै पचाउँदा धेरै सजिलो भएको दाहालले बताउनुभयो ।
किरियापुत्रीलाई कोरा (किरियापुत्री बस्न बनाइने ठाउँ) भित्र बस्नैपर्ने र सेतो मार्किनको लुगामात्र लाउनुपर्ने चलन फेरेर सामान्य पहिरनमै शोक बार्न लगाउँदा कतिपयले पुरोहितकोे विरोध गरेका स्थानीय युवाको भनाइ छ । तर, धेरैजसो युवाले पुरोहितको सुधारात्मक कदमलाई समर्थन गरेपछि त्यस्ता स्वर सुनिन छाडेका बर्दिवास–७ का मधुसूदन शर्माले बताउनुभयो ।
गत भदौ महिनामा पनि गौरीवास–१ कै पवित्रा देवकोटाले पतिको निधनपछि किरिया आफैँ गर्न व्यक्त गरेको इच्छा पनि पुरोहितकै सहमतिमा रातो लुगा लाएरै सम्भव भएको थियो ।

Saturday, January 11, 2014

हराउन थाले मिथिलाबाट गोदना

हराउन थाले मिथिलाबाट गोदना

जनकपुर पुस ८ गते ।images1
मिथिलाञ्चलका महिलाहरुले आप्mनो अंगमा खोपाउने गरेको गोदना अहिले आधुनिकताको कारणले लोप हुने अवस्थामा पुगको छ । महिलाहरुले अहिले गोदना खोपाउने कार्य नै बन्द गरेका छन । अहिले समाजमा आधुनिक प्रकारको गहनाहरु पाउने गरेको कारणले गर्दा समेत गोदना परम्परा लोप भएको संस्कृति विदहरुको कथन रहेको छ । उनिहरुका अनुसार अहिले गाउँमा समेत गोदना महिलाको हातमा देखिन छाडेको छ ।
कतिपय मिथिला साहित्यका जानकारहरु गोदनालाई समेत चित्रकलाको रुपमा नै लिने गरेका छन । उनिहरुका अनुसार शरिरलाई श्रृंगार गर्नको लागि गोदना खोपाउने गरिएको छ । साहित्यकार रामदयाल राकेशका अनुसार गोदना अचेल मैथिल महिलाहरुमा धेरै लोकप्रिय नभए तापनि यसको अस्तित्व नै छैन भन्न नसकिने बताउनु हुन्छ । उहाँले केही निम्न जातिका महिलाहरुमा यो आभुषणको रुपमा अहिले पनि प्रचलित रहेको राकेशको कथन रहेको छ । कहिले काहिँ त शारिरिक सौन्दर्यलाई यसले बिगारेको जस्तो लाग्छ तर यो एक प्रकारको मिथिलाको पौराणिक पहिचानको रुपमा रहेको बताउनु हुन्छ । गोदना खास गरेर मैथिल ग्रामीण समाजमा धेरै प्रचलित भएकाले ग्रामीण महिलाहरु यसलाई मन पराउछन् । नटिन जातिका महिलाहरु खोप्ने काम गर्दछन । गाउँ गाउँमा गएर महिलाहरुका हात, छाति, खुट्टामा खोपेवापत पारिश्रमिकको रुपमा नगद मेहनत मजदुरी लिने गर्दछन । यिनहिरु यस काममा खुब खप्पिस हुन्छन । मिथिलामा गोदना खोपाउने कार्य नट नामको एउटा फिरन्ते जातिले गर्ने गर्दछन । अहिले पनि ति जातिहरु मिथिलाञ्चलको गाउँ गाउँमा आउने गरेका छन । र अहिले पनि महिलाहरु गोदना खोपाउने गर्छिन तर विस्तारै यो परम्परामा थोरै वहुत कमि भने आएको छ ।
मिथिलामा सौन्दर्य एवं प्रसाधन परम्परामा गोदनाको प्रयोग कहिले देखि भएको हो । त्यस विषयमा विशेषज्ञहरु मौन रहेका छन् । यद्यपि अनुमान गरिन्छ कि यो परम्परा १३२६ इश्वीमा मिथिलामा कर्णट राजवंशको पतन पश्चात मुस्लीम शासकबाट आक्रान्त एवं अत्याचार बढेपछि मिथिलामा यो परम्परा भित्रिएको हो । भनिन्छ गोदना गोदाउने काममा सुंगुरको छालाको रसको प्रयोग गरिन्थ्यो । गोदना जस्तै सुंगुरको छालाको रस मानव शरिरमा सदाको लागि बस्ने गरिन्थ्यो । इस्लाम धर्ममा सुंगुरलाई सबैभन्दा घृणास्पद वस्तु मानेर त्यसबाट सदैव टाढा बस्न भनेको छ । जसले कुनै सुन्दरी स्त्रीलाई चाहेर पनि मुस्लीम शासक स्पर्श गर्न चाहदैनथे । त्यसैले पहिला पहिला महिलाहरु आप्mनो शरिरमा गोदना कुनै न कुनै भागमा गोदाउने गर्थिन । जो विस्तारै मिथिलाको सभ्यता र सांस्कृति नै बन्यो । त्योे परम्पराकोरुपमा अहिले सम्म मिथिलामा जिवन्त रहेको छ ।
गोदना गितमा प्रेमको भाव झल्कीने गर्छ । प्रस्तुत अर्को लोकप्रिय गोदना लोकगित–
उतरि राज से अएलै एक नटिनिए रे जान,
बसिएर गेले चानन विरिछिए ,रे जान,
घर पछु अरबामे नटवाके बेटवा रे जान
जान सेहो र गेले मनवा मे बसिए रे जान….
विशेष गरेर गोदना अहिलेपनि थारु महिलामा त्यतिकै लोकप्रिय रहेको छ । थारु समाजमा जतिको आधुनिता आएपनि उनिहरुले अहिलेपनि गोदना प्रथालाई छाडेका छैनन । स्थानिय साहित्यकारहरुका अनुसार गोदनाको नै अर्को स्वरुप ट्याटु रहेको छ । जो विशष गरेर युवायुवतिको बिचमा निकै लोकप्रिय रहेको छ ।

जाडो भगाउन प्रहरी र सेनाले आगो बाले

२०७० पुष २७ गते १३:४७ मा प्रकाशित
२७ पुस, महोत्तरी । चिसो अत्यधीक बढेपछि महोत्तरी जिल्लामा नेपाली सेना र सशस्त्र प्रहरीले आगो बाल्ने व्यवस्था गरेका छन् ।
सदरमुकाम जलेश्वरको खैरा चोक, महेन्द्र चोक, शङ्करचोक, नगरपालिका चोक, अस्पताल चोक, बुद्धिजीवी चोक, जिरो माइलचोकलगायतका ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।
त्यस्तै, जिल्लाको भारतीय सीमा नाकामा रहेको प्रमुख व्यापारिक केन्द्र मटिहानी बजारका विभिन्न ठाउँमासमेत नेपाली सेना र सशस्त्र प्रहरीले सर्वसाधारणका लागि आगो बाल्ने व्यवस्था मिलाएको छ ।
लाखौं मानिस दैनिक आउजाउ गर्ने जलेश्वरको करिब १० ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । नेपाली र भारतीय दुवै देशका मानिसहरू व्यावसायिक उद्देश्यले दिनहूँ जम्मा हुने गरेको मटिहानीमा पनि पाँच/सात ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार सेना र प्रहरीले आफ्नै खर्चबाट जलेश्वर र मटिहानीमा आगो बाल्ने व्यवस्था गरेका हुन् । रासस
गौशाला, २७ पुस । महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताउनुभयो ।
शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताउनुभयो ।
साट्ठी वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजे महतो , यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
तीन दिनअघि ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताउनुभयो ।
महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ । - See more at: http://www.sambadmedia.com/?p=65688#sthash.Zk2AUP5i.dpuf
गौशाला, २७ पुस । महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताउनुभयो ।
शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताउनुभयो ।
साट्ठी वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजे महतो , यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
तीन दिनअघि ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताउनुभयो ।
महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ । - See more at: http://www.sambadmedia.com/?p=65688#sthash.Zk2AUP5i.dpuf