Sunday, March 27, 2016

तस्विरसहितको मतदाता नामावली संकलन विशेष अभियान शुरु

तस्विरसहितको मतदाता नामावली संकलन विशेष अभियान शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १५ गते । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जिल्लाको विभिन्न गाउँ विकास समिति र नगरपालिकाहरुमा तस्विरसहितको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत विशेष अभियान शुरु गरेको छ ।
अभियानमा विगतमा सङ्कलन कार्यमा छुटभएकाहरुका थप्ने व्यवस्था गरिएको तथा नामावलीमा भएको त्रुटी सच्याउन सकिने जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो । उहाँले यसको लागि जिल्लाको ७२ दर्तास्थल कायम गरिएको बताउनुहुदै यी दर्तास्थलमा मतदाता नामावली सङ्कलन गरिने वताउनुभयो ।
उहाँले विसं. २०६७ देखि तस्विरसहितको मतदाता परिचयपत्र बनाउने अभियान शुरु भएयता महोत्तरीमा ८० प्रतिशतले तस्विरसहितको मतदाता नामावलीमा नाम लेखाईसकेको बताउनुभयो । उहाँले अहिलेसम्म २ लाख ९१ ह्जार ८ सय १५ जना मतदाता भइसकेको बताउनुहुदै उनीहरुको तस्विर सहितको मतदाता नामावलीमा नाम लेखाइसकिएको स्पष्ट गर्नुभयो ।
अधिकारी रायले जिल्लाको विभिन्न गाविस तथा नगरपालिकाहरुमा विशेष अभियान अन्तर्गत टोली परिचालन गरिसकिएको जानकारी दिनुहुदै मतदाता दर्ता नामावलीमा नामदर्ता गर्न छुटेकाहरुलाई यसमा समावेश गराई मताधिकार सुरक्षित गराउन उद्देश्यले जिल्लाको ७२ ठाउँमा दुई दिने शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँले यसको लागि सहायक नामदर्ता अधिकारी, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी, निर्वाचन शिक्षा कार्यकर्ता, दर्तास्थल सहयोगी र सुरक्षाकर्मी समेत परिचालन गरिसकिएको जानकारी दिनुहुदै जिल्लामा चैत्र १२ गतेदेखि नै टोली गाउँमा प्रवेश गरिसकेको वताउनुभयो ।
निर्वाचन अधिकारी रायले १६ वर्ष र सोभन्दा माथिको जनसंख्या जिल्लामा ३ लाख ६५ हजार ९९ रहेको जानकारी दिनुहुदै २५ प्रतिशत अहिले पनि मतदाता हुनबाट बन्चित रहेको देखिएकोले यसको लागि टोली परिचालन गरिएको बताउनुभयो ।
अधिकारी रायले विभिन्न राजनीतिकदललाई यो काममा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले मतदाता नामावलीमा छुट भएकाहरुले नाम दर्ता गराउनुका साथसाथै मृत्यु भएका वा बसाईसराई गरेर गएकाहरुको नाम सच्याउन समेत दलहरुले मुख्य भूमिका खेल्नुपर्ने बताउनुहुदै गाउँ कमिटिका पदाधिकारीहरुलाई यसमा परिचालन गरिदिन आग्रह गर्नुभएको छ ।
यसैबीच, जिल्लाको १० गाउँ विकास समितिमा इन्टरनेशनल फाउण्डेशन अफ इलेक्टोरल सिस्टमस् नेपालको सहयोगमा बागमत्ती सेवा समाज हरिवनले समेत मतदाता शिक्षा तथा मतदाता नामावली संकलन र नेपाली नागरिकता प्रमाणपत्रमा सहयोग कार्यक्रम शुरु गरेको छ ।
जिल्लाको नैन्ही, कोल्हुवावगेया, एकडाराबेला, सिस्वाकटैया, डाम्हीमडै, पोखरभिण्डा संग्रामपुर, लक्ष्मीनीया वैरगिया, बसविट्टी, सम्सी र पर्सादेवाड गाविसमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुहुदै परियोजनाका पोग्राम कोर्डिनेटर सरिता साहले यो कार्यक्रमले पनि मतदाता नामावलीमा छुट भएकाहरुको मताधिकार सुरक्षित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यो अभियानमा बढी भन्दा बढी अपाँग, महिला, दलित, पिछिडिएको वर्ग, युवाहरुको सहभागिता होस् भन्ने चाहन्छौ र त्यसै अनुसार महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली र बारामा यो कार्यक्रम लागु गरेर काम गरिरहेका छौं ।’




Tuesday, March 22, 2016

सामाजिक सदभाव र भाइचाराको पर्व फागु

सामाजिक सदभाव र भाइचाराको पर्व फागु
नागेन्द्रकुमार कर्ण
सामाजिक सौहाद्र्धता, रङ्ग विजय, भाइचाराको पर्व फागु अर्थात होली मिथिलाञ्चलमा विशेष धुमधामका साथ मनाइन्छ । यो पर्व मनोरञ्जनात्मक पर्व भएको कारण यस पर्वमा युवायुवतीको विशेष उपस्थिती हुने गरेका हुन्छ । के बुढाबुढी, के युवायुवती सबैको अनुहार लगायत लगाउने कपडा समेत यो पर्वमा रंगविरंगी हुन्छन् ।

वसन्तको आगमनसंगै शुरु हुने फागु पर्व असत्य माथि सत्यको, आशक्ति माथि अनाशक्तिको, कुविचारमाथि सुविचारको विजयको पर्वको रुपमा मनाइने गरिन्छ । प्रेम र सदभावको पर्वको रुपमा रहेको होलीमा आफ्नो इष्ट, मित्र, हितैषी मात्रै नभई शत्रु,दुश्मन पनि एक हुने गरेको दृष्टान्त पाइन्छ । यो पर्वमा को साथी, को पराइ सबै एक हुन्छ । त्यसैले त यो पर्वमा रंग र अबिर दल्दै भन्ने गर्छ, ‘बुरा न मानो होली हैं’ । होलीमा रहेको रंग र अबिर रंग मात्रै नभई जिवनलाई यसरी नै रंगविरंगी पार्ने संदेश दिइरहेको हुन्छ । यसमा भावात्मक भाव छुपेको हुन्छ ।

उँच निच, जातियता भेदभाव भन्दा पर रहेको यो पर्व रंगमय सबैलाई पारेको हुन्छ । त्यसैकारणले सबैले आ—आफ्नो दुःख, कष्ट, इष्र्या, सबै विर्सेर सबैसंग एकआपसमा मिलेर होलीको रंगमा लिन भएका हुन्छन् । त्यसैले त हिन्दी साहित्यका एक अग्रज भारतेन्दु हरिश्चन्द्रले भनेका छन् ,‘ गले मुझको लगा लो ए दिलदार होलीमें, बुझे दिल की लगी भी तो ए यार होली में...’।

फागुन महिनामा फ्लाशको फुलको रंगमा हावाको झोंका आएर जब ठोक्किन्छ तब त्यसको सुगन्धले मोहिन नहुने शायदै कोही होलान । सो सुगन्धले प्रेमको मिठास फैलाइरहेका हुन्छन् । वसन्तको आगमनसंगै हरेक तर्फ नयाँ पालुवाहरु पलाइरहेका हुन्छन् । वृक्षहरु पनि पुरानो चोला फेर्दे नयाँ चोला फेर्ने तरखरमा हुन्छन् । पुरानो ठाउँमा नयाँको आगमन भैसकेको छ । बसन्तको शुरुवात भइसकेको आवास हुन्छ । वसन्तलाई कामोद्यीपनको द्योतक मानिएकोले यसलाई वसन्तोत्सव समेत मानिएको छ । त्यही भएर त सबैजना आ—आफ्नै मस्तीमा सराबोर भै रहेका छन् । कसैलाई कुनै चिन्ता छैन, न खान, न लाउने न त बच्चाको फ्रिकी न त श्रीमतीको टेंन्सन सबै आफ्नैंमा मग्न छ । त्यही भएर त होली मनोरञ्जनको पर्व बनेको छ । त्यसमा पनि मिथिलाञ्चलमा मालपुवा खानु, होली र जोगिरा गाउनु , आफुभन्दा ठुलासंग आर्शिवाद लिनु, आफु भन्दा सानालाई माया दिनु, घुलो उडाउनु होलीको विशिष्टता नै मानिन्छ । मिथिलाञ्चलमा भगवान पनि होली खेल्ने गरेको दृष्टान्त पाइन्छ । त्यसैले त जोगिरा मार्फत भनिन्छ ,‘ डिमकि डिमकि डमरु बाजय, इसर खेलय फागु...’ ‘किनका हाथ कनक पिचकारी, किनका हाथ अबिर झोरी, रामक हाथ कनक पिचकारी...’ लगायत । त्रेता युगमा भगवान श्रीरामले महोत्तरीको कञ्चनवनमा अर्थात आफ्नो ससुरालीमा होली खेल्नु भएको कथा पाइन्छ । सोही कारणले मिथिलाञ्चलको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा जब महोत्तरीको कञ्चनवन पुग्छन् त्यहा अद्यापि होली खेल्ने चलन रहेको छ ।

मिथिलाञ्चलमा होली तिन दिन सम्म मनाइने गरिन्छ । पहिलो दिन युवाहरु मृदंग, झालि, ढोल, लगायतका वाद्य लिई होरी गित अर्थात जोगिरा गाउँदै निश्चित ठाउँमा होलीका दहन गर्ने गर्दछन् । होलिका दहनलाई सम्मत जलाउनु पनि भनिन्छ । सो खास गरी खर, पुवार(पराल), गोइठा लगायतका हुने गर्दछन् । सोको भोलीपल्ट सम्मत जलाएको खरानी शरिरमा प्रसादको रुपमा लगाइन्छ र मिथिलाञ्चलमा रंगोत्सव पर्व अर्थात फागु मनाइने गरिन्छ र अन्तिम दिन घुरखेल सकि फागु पर्वको समापन गर्ने गरिन्छ ।

होली पर्व शुरुवातको विषयमा धेरै कथाहरु पुराणमा उल्लेख भएको छ । निर्णय सिन्धु र समुच्चयका अनुसार प्रसिद्ध दैत्यराज हिरण्यकशिपुले विष्णुका अनन्य भक्त छोरा प्रहलादलाई मार्न विभिन्न षडयन्त्र गरे पनि उनी सफल भएका थिएनन् । कारण थियो दैत्यराजले आफुभन्दा ठुलो कोही नभएको भन्दै छोरा प्रहलादलाई आफ्नो नाम स्मरण गर्न भन्थ्यो तर प्रहलादले विष्णु नै सबैभन्दा ठुलो भगवान भएको भन्दै उनकै नाम स्मरण गर्न थालेपछि हिरण्यकशिपुले उनलाई मार्ने षडयन्त्र गरेका थिए । तर भगवानको कृपाले उनी सधैं बाँच्न सफल भएका थिए । अन्त्यमा दैत्यराजले आफ्नी बहिनी होलिकालाई जो आगोमा नजल्ने वरदान पाएकी थिइनलाई प्रहलादलाई मार्न लगाए । होलिकाले प्रहलादलाई आगोमा राखेर बसिन तर भगवानको कृपाले प्रहलाद बाँचे तर होलिका त्यसैमा दहन हुन पुगिन । यसरी सोही दिनदेखि होलिका दहन र होली पर्व मनाइने गरिएको जनश्रुति पाइन्छ ।

त्यस्तै भविष्य पुराणमा भगवान कृष्णलाई मार्न कंसले आफ्नी बहिनी पुतनालाई पठाइन । पुतनाले बालक कृष्णलाई विष भएको दुध चुसाउन लगाए । भगवान कृष्णले उनको दुघको साथसाथै उनको प्राण नै चुसेर मारिन । यसरी सोही दिनदेखि होली मनाइने गरेको पाइन्छ । होली पूर्णिमा पछि गोपी अर्थात कृष्णबाट गोपिनीहरु विछुडेपछि तिनीहरु विरहका गीत गाएका कारण अचेल पनि मिथिलाञ्चलमा युवा युवती विरहका गीत गाइरहेको भेटिन्छ । त्यस्तै रामले रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्केपछि सोही खुशियालीमा अयोध्यावासीले होली खेलेको थियो । त्यसैले होली सोही दिनदेखि शुरु भएको भनेर मान्ने गरिन्छ ।

यो पर्वमा रंग र अबिर खेल्नाले कफको विनाश हुनुका साथसाथै चिरदाह (सम्मत) बाट निस्केको धुवाँबाट शीतकालमा भएको चर्मरोग लगायत रोगरुपी किटाणु मार्ने गरेको छ । यो पर्वले समाजलाई असत्यबाट सत्य तर्फ डो¥याई समाजलाई एक नयाँ दिशा दिन्छ भने राष्ट्रलाई पनि यो पर्वले कल्याण गर्ने गरेको छ । समग्रमा भन्नुपर्दा यो पर्वले ‘असतो मा सदगमय’ को भुमिकालाई आत्मसात गरेको पाइन्छ ।

एक सिक्काको दुई पाटा झै यो पर्वमा समेत आधुनिकताको नाउँमा नाँनाभातीका विकृति, विसँगतीहरु भित्रिदै गइरहेका छन् । अचेल युवाहरु जथाभावी मद्यमाँस, गाँजा, वियर, भाङ्गको प्रयोग गरी समाजमा आफ्नो इष्टमित्रहरुसंग झै झगडा गर्ने गर्छन । अहिले यो पर्वको विशेषता नै मासु र रक्सी सेवन गरी अश्लिल गीतहरु गाउनु भएको छ । त्यसैगरी पहिला पहिला प्राकृतिक रंग बनाई खेलिने गरिएको थियो तर अहिले रेडिमेड रंगको साथसाथै इनामेल पेन्ट, मैदाको प्रयोग, फोटोकाँपीको टोनर, डिजल, पेट्रोलको प्रयोग समेत भइरहेको छ । यस्ता विकृति विसंगती फैलाउनमा हामी सबै जिम्मेबार रहेका कारण यसलाई हटाउनु हामी सबैको दायित्व हो । मिथिलाञ्चलको विरासतलाई अक्षुण्ण राख्नु र आफ्ना पर्वहरुलाई संरक्षण गर्नु सबैको कर्तव्य हो । तसर्थ हामीले भाइचारामा फुट आउने, शत्रु बढने कार्य नगरी सामाजिक सदभावको रुपमा यो पर्व मनाउनु उचित हुन्छ ।

Monday, March 14, 2016

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । महोत्तरी जिल्लाको विद्यालय स्तरमा सञ्चालित आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको बनौटामा सम्पन्न प्रतियोगितामा जनता उच्च माध्यमिक विद्यालय हात्तिलेट २ सय २२ अंकका साथ प्रथम, भानुभक्त मेमोरियल इङलिस बोडिँङ्गग स्कुल रामनगर १ सय १८ अंकका साथ द्वितीय तथा जनहित नन्दलाल उमावि चौलीखा तृतीय स्थान ल्याउन सफल भएको जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभाष लाल कर्णले जानकारी दिनुभयो ।
सम्पन्न प्रतियोगिताको फाईनलमा खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष जितेन्द्र चौधरी तथा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा तथा बनौटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले विजयी विद्यालयका विद्यार्थी खेलाडीहरुलाई नगद, शिल्ड, प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो ।
प्रथम भएका विद्यालयलाई १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र, द्वितीय भएका विद्यालयलाई १२ हजार नगद, शिल्ड, प्रमाणपत्र तथा तृतीय भएका विद्यालयलाई ९ हजार नगद, शिल्ड र प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स, कराँते तथा तेक्वान्दो खेललाई समावेश गरिएको थियो । जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा भएको प्रतियोगिता मध्ये भलिवल खेलमा छात्र तर्फ एभरेष्ट ई.बो.स्कुल बर्दिबास प्रथम, जउमावि हात्तिलेट द्वितीय भएका थिए भने छात्रातर्फ भानुभक्त मेमोरियल इ.बो.स्कुल रामनगर प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यसैगरी कवड्डी खेलमा छात्र तर्फ जउमावि प्रथम, जनहित नन्दलाल उमावि चौलिखा द्वितीय भएका थिए भने छात्रातर्फ उमावि कान्तिबजार प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यस्तै एथलेटिक्समा जउमावि हात्तिलेट प्रथम तथा जनहित नन्दलाल उमावि चौलिखा द्वितीय स्थान ल्याउन सफल भएको खेलकुद विकास समितिका प्रमुख लालले जानकारी दिनुभयो । उहाँले निर्वाचनक्षेत्र स्तरीय प्रतियोगितामा शिल्ड र प्रमाणपत्र मात्रै दिइएको वताउनुभयो । 
जिल्लाको ६ वटै निर्वाचन क्षेत्रको ४० विद्यालयले भाग लिएकामा २३ विद्यालयका विद्यार्थीहरु फाईनलमा पुगेका थिए । 

कडा सुरक्षाबीच थुनछेक वहस शुरु

कडा सुरक्षाबीच थुनछेक वहस शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्या तथा एम्बुलेन्समा आगजनी घटनामा संलग्न भएको भन्दै २८ जना माथि दिइएको मुद्दामा कडा सुरक्षाका बीच महोत्तरी अदालतमा थुनछेक वहस शुरु भएको छ ।
महोत्तरी र धनुषाका ५६ जना अधिवक्ताहरुले सो मुद्दामा निशुल्क वहस गर्ने जनाइएको छ । सो वहसलाई लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसरसहित सो एरियामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अदालतमा सेवाग्राही बाहेकका अन्यलाई मूलगेटमै प्रवेशमा निषेध गरिएको छ भने सेवाग्राहीलाई पनि कडा चेकजाँच पछि भित्र जान दिइएको छ । अधिवक्ताहरु, सेवाग्राहीहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुलाई सहज गरिएपनि अन्यलाई भित्र जान दिइएको छैन् ।
अदालत बाहिर भने मोर्चासम्बद्ध नेता, कार्यकर्ताहरु तथा स्थानीय महिलाको भिड रहेको छ । उनीहरुले आफुहरुलाई प्रहरी, प्रशासनले भित्र जान नदिएको जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश रायले प्रहरी प्रशासनले निरंकुश शैली अपनाएको वताउनुहुदै अदालत प्रवेशमा रोक लगाउने कार्यको भत्सर्ना गर्नुभयो । उहाँले अदालतमा भईरहेको वहस आफुहरुले पनि सुन्न पाउनुपर्ने वताउनुभएको छ ।
वहस जिल्ला अदालतका १ नं. ईजलासमा न्यायाधिश किरणकुमार पोखरेलले हेरिरहनुभएको छ । अदालतमा वहस सुन्न तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लाल लगायतकाहरुको उपस्थिती रहेको छ ।
महोत्तरीमा गत भाद्र २५ गते सशस्त्रका असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले जलेश्वर न.पा.वार्ड नं. ३ बस्ने वर्ष २५ को संजयकुमार साह, जलेश्वर नपा वडानं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी र फुल्हटा प्रकौली वार्ड नं. ३ घर भई हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुरलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी सोही घटनामा संलग्न रहेका २५ जना अहिले पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर फसाएको आरोपमा सोमबार जलेश्वर बजार बन्द गराएका छन् । त्यसैगरी मोर्चाले अदालतले पनि एकपक्षिय फैसला गर्न नहुने भन्दै जलेश्वरको ठाउँ ठाउँमा व्यानर झुण्डयाएका छन् ।

Friday, March 11, 2016

सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै २८ नेतामाथि मुद्दा दर्ता

सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै २८ नेतामाथि मुद्दा दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २८ गते । सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको हत्या र उनी सवार रहेको एम्बुलेन्समा आगजनी गरिएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले बिहीबार जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले अदालतमा दर्ता गरेको मुद्दामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग आवद्ध मधेशवादी पार्टीका केन्द्रीय सहमहामन्त्रीदेखि जिल्ला अध्यक्षसम्म रहेका  छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्यामा संलग्न रहेको भन्दै कर्तव्य ज्यान अन्तर्गत २८ जना तथा एम्बुलेन्समा आगजनी गरेको भन्दै २५ जनामाथि मुद्दा दर्ता गरेको हो ।
भदौं २५ गते हेटौडामा शान्ति मिशनमा खटिने भन्दै परिक्षा सकेर जलेश्वर आएका सशस्त्र प्रहरीका असई विकलाई कुटपिट पश्चात एम्बुलेन्समा उपचारको लागि जनकपुर लगिरहेको अवस्थामा बाटोमै एम्बुलेन्समा आगजनी तथा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि नै तिनजनालाई पक्राउ गरिसकेको   छ ।
बिहीबार अभियोजन गरिएको मुद्दाका अभियुक्तहरुमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव र सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो तथा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसांसद कौशलकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रामशंकर मिश्र शाहीजी, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेय, सदभावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र रायसहितका रहेका छन् ।
त्यसैगरी अन्य अभियुक्तहरुमा जलेश्वर न.पा.वार्ड नं. ३ का वर्ष २५ को संजय कुमार साह (पक्राउ), जलेश्वर वार्ड नं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी (पक्राउ), फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुर (पक्राउ), जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने वर्ष ४५ को रमेशप्रसाद साह, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २७ को सतेन्द्र चौधरी, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष ४० को चन्देश्वर साह मेहतरी, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी, जलेश्वर वार्ड नं. १३ बस्ने वर्ष ३० को देवेन्द्र चौधरी, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष ३५ को नरेश साह, जलेश्वर वार्ड न. २ बस्ने वर्ष १८ को रामराजा साह, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष १८ को गोलु साह, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष २४ को हरिओम कुमार भगत रहेका छन् ।
त्यस्तै अन्य अभियुक्तहरुमा जलेश्वर वार्ड नं. १ मा बस्ने वर्ष २२ को रविन्द्र राम चमार, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष २५ को रंजित साह, जिल्ला सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने वर्ष २२ को बिकी साह, जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष २६ का फुले यादव, जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ४५ को पवन कापर, महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने वर्ष ३५ को रोहीत कुमार शर्मा, जलेश्वर वार्ड नं. ४ बस्ने वर्ष ५० को लालबाबु बिन, भटौलिया वार्ड नं. २ बस्ने वर्ष ३४ को शम्भु साह, भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने वर्ष ४० को अनिल ठाकुर, सोनमा वार्ड ३ बस्ने वर्ष ४६ को देवेन्द्र यादव, खैरवनी वार्ड नं. ६ बस्ने ४५ को कौशल कुमार यादव, निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने वर्ष ६० को लक्ष्मी महतो, अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने वर्ष ३७ को अभिराम शर्मा, पर्सापतैली वार्ड नं. ७ बस्ने वर्ष ४२ को धर्मेन्द्र राय, पिगौना वार्ड नं. ५ बस्ने वर्ष ४७ को शंकर साही भन्ने राम शंकर मिश्र तथा सुगा भवानीपट्टी वार्ड नं. ९ बस्ने वर्ष ४८ को सुरेश पाण्डे रहेका छन् ।
त्यसैगरी एम्बुलेन्स आगजनीमा जलेश्वरका रामराजा साह, गोलु साह र रंजित साह बाहेक २५ जनामाथि मुद्दा दिइएको जनाइएको छ ।
मुद्दा दर्ता भएपछि नेताहरु भने पक्राउ पर्ने डरले भारत पुगेका छन् । तमलोपाका एक जिल्लास्तरीय नेताले सबैजना आफुहरुको सम्पर्कमा रहेपनि उनीहरु भारतीय भूमिमा रहेको जनाएका छन् । दर्ता गरिएको मुद्दामा शुक्रबारदेखि नै वहस हुने भनिएपनि डकुमेन्टहरु निकाल्नमा समय लागेकोले हुन नसकेको वार एशोसिएशन महोत्तरीले जनाएको छ । वार एशोसिएशन महोत्तरीका सचिव लक्ष्मण साहले आईतबारदेखि अदालतमा वहस हुने जानकारी दिनुहुदै वहसमा नेताहरुको तर्फबाट महोत्तरी, धनुषा तथा सर्लाही जिल्लाका दुईदर्जन भन्दा बढी वरिष्ठ अधिवक्ताहरुले निशुल्क वहस पैरवी गर्ने जानकारी दिनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आफ्ना तिन कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा फागुनको पहिलोहप्तादेखि नै आन्दोलनका विभिन्न कार्यक्रमहरु गदै आएका थिए । आन्दोलनलाई कमजोर बनाउन प्रशासनले जानाजानी नेताहरुमाथि मुद्दा दर्ता गरेको आरोप स्थानीयवासीहरुको रहेको छ ।

प्रहरीले २८ जना उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि अदालतमा पेश गरेको छ

गत भाद्र २५ गते विहान शसस्त्रका असई थमन विश्वकर्मालाई बासको भाटा र लठठीले कुटी घाईते बनाएको तथा उपचारको लागि जनकपुर लगिरहेको वेला पुनः महोत्तरीको सोनुषडा भन्ने स्थानमा एम्बुलेन्सवाट थुती हत्या गरेको भनी प्रहरीले २८ जना उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि अदालतमा पेश गरेको छ ।

नामाबली यस्तो छ ।

१.  जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह (पक्राउ)

२.  जलेश्वर वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी (पक्राउ)

३.  जि.महोत्तरी फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने   भोला ठाकुरको छोरा वर्ष ५५ को मोहन ठाकुर (पक्राउ)

सोहि घटनामा प्रहरीले फरार भनेकाहरुको विवरण

४.  जि. महोत्तरी जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने जगदीश साहको छोरा अन्दाजी   वर्ष ४५ को रमेशप्रसाद साह

५.  जलेश्वर वार्ड नं. २ बस्ने बिश्व चौधरीको छोरा वर्ष २७ को सतेन्द्र चौधरी  

    भन्ने सतिनन्द चौधरी

६.  जलेश्वर वार्ड नं. १ बस्ने बिन्देश्वर साह मेहतरीको छोरा अन्दाजी वर्ष ४०

    को चन्देश्वर साह मेहतरी

७.  जलेश्वर वार्ड नं. २ बस्ने गोकुल चौधरीको छोरा अन्दाजी वर्ष २८ को राजु

    चौधरी भन्ने राजा चौधरी

८.  जलेश्वर वार्ड नं. १३ बस्ने गंगा चौधरीको छोरा अन्दाजी वर्ष ३० को देवेन्द्र

    चौधरी

९.  जलेश्वर वार्ड नं. २ मा बस्ने महन्थ साहको छोरा अन्दाजी वर्ष ३५ को नरेश

    साह

१०. जलेश्वर वार्ड न. २ बस्ने दिनेश साहको छोरा अं. वर्ष १८ को रामराजा साह

११. जलेश्वर वार्ड नं. १ बस्ने भोला साहको छोरा अन्दाजी वर्ष १८ को गोलु साह

१२. जलेश्वर वार्ड नं. २ मा बस्ने चन्देश्वर भगतको छोरा अ.वर्ष २४ को हरिओम

    कुमार भगत

१३. जलेश्वर वार्ड नं. १ मा बस्ने राजेन्द्र राम चमारको छोरा अं. वर्ष २२ को

    रविन्द्र राम चमार

१४. जलेश्वर वार्ड नं. १ बस्ने नथुनी साहको छोरा अन्दाजी वर्ष २५ को रंजित

    साह

१५  जि.सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने उमेश

    साह चिया पसलवालाको

    भान्जा अन्दाजी वर्ष २२ को बिकी साह

१६. जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७

    बस्ने झुलन राय यादवको

    छोरा वर्ष २६ का फुले यादव

१७. जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने गनोर कापडको

    छोरा वर्ष ४५ को पवन कापर

१८. जि.महोत्तरी गा.बि.स. महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने राम एकवाल राउतको

    छोरा अन्दाजी वर्ष ३५ को रोहीत कुमार शर्मा

१९. जलेश्वर वार्ड नं. ४ बस्ने सोनेलाल बिनको छोरा वर्ष ५० को लालवा बिन

    भन्ने लाल बाबु बिन

२०. जि.म.गा.बि.स. भटौलिया वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष

    ३४ को शम्भु साह

२१. भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने तपेश्वर ठाकुरको

    छोरी ज्वाई हाल जि.म.जलेश्वर

    न.पा. वार्ड नं. ५ बस्ने अं. वर्ष ४० को अनिल ठाकुर

२२. जि.म.गा.बि.स. सोनमा वार्ड ३ बस्ने किशोरी यादवको छोरा अन्दाजी वर्ष ४६

   को देवेन्द्र यादव

२३. जि.म.गा.बि.स. खैरवनी वार्ड नं. ६ बस्ने राम लखन यादवको छोरा अन्दाजी

    वर्ष ४५ को कौशल कुमार यादव

२४. जि.म.गा.बि.स. निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९

    बस्ने राम सुन्दर महतोको छोरा    

    अन्दाजी वर्ष ६० को लक्ष्मी महतो

२५. जि.म.गा.बि.स. अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४

    बस्ने महेन्द्र शर्माको छोरा अन्दाजी

    वर्ष ३७ को अभिराम शर्मा

२६. जि.म.गा.बि.स.पर्सा पतैली वार्ड नं. ७ बस्ने बौवालाल रायको छोरा अन्दाजी

   वर्ष ४२ को धर्मेन्द्र राय

२७. जि.म.गा.बि.स. पिगौना वार्ड नं. ५ बस्ने चन्द्रदेव मिश्रको छोरा अन्दाजी वर्ष ४७ को शंकर साही भन्ने राम  

    शंकर मिश्र

२८.जि.म.गा.बि.स. सुगा भवानीपटि वार्ड नं. ९ बस्ने भोला पाण्डेको छोरा

   अन्दाजी वर्ष ४८ को सुरेश पाण्डे

त्यसतै एम्बुलेन्समा आगजनी गरेको आरोपीहरुको विवरण

जि.म.जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह .......१ पक्राउ

ऐ. ऐ. वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी ...........................१    ,,

जि.महोत्तरी फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने भोला ठाकुरको छोरा

वर्ष ५५को मोहन ठाकुर ....................................................................................................१   ,,

जि.म.जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने जगदीश साहको छोरा अन्दाजी वर्ष ४५ को रमेश प्रसाद साह ...१  फरार

ऐ.ऐ. वार्ड नं. २ बस्ने बिश्व चौधरीको छोरा वर्ष २७ को सतेन्द्र चौधरी भन्ने सतिनन्द चौधरी ...........१    ,,

ऐ.ऐ. वार्ड नं. १ बस्ने बिन्देश्वर साह मेहतरीको छोरा अन्दाजी वर्ष ४० को चन्देश्वर साह मेहतरी ......१    ,,

ऐ. ऐ. वार्ड नं. २ बस्ने गोकुल चौधरीको छोरा अन्दाजी वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी ...१    ,,

ऐ .ऐ. वार्ड नं. १३ बस्ने गंगा चौधरीको छोरा अन्दाजी वर्ष ३० को देवेन्द्र चौधरी .............................१    ,,

ऐ. ऐ. वार्ड नं. २ मा बस्ने महन्थ साहको छोरा अन्दाजी वर्ष ३५ को नरेश साह ...............................१   ,,

ऐ ऐ. वार्ड नं. २ मा बस्ने चन्देश्वर भगतको छोरा अ.वर्ष २४ को हरिओम कुमार भगत......................१   ,,

ऐ.ऐ. वार्ड नं. १ मा बस्ने राजेन्द्र राम चमारको छोरा अं. वर्ष २२ को रविन्द्र राम चमार .....................१  ,,

जि.सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने उमेश साह चिया पसलवालाको  
भान्जा अन्दाजी वर्ष २२ को बिकी साह ...................................................................................१  ,,      
जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने झुलन राय यादवको
छोरा वर्ष २६ का फुले यादव ................................................................................................१  ,,
ऐ.ऐ. वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने गनोर कापडको छोरा वर्ष ४५ को पवन कापर ...१  ,,

जि.महोत्तरी गा.बि.स. महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने राम एकवाल राउतको छोरा अन्दाजी

वर्ष ३५ को रोहीत कुमार शर्मा ..............................................................................................१ ,,

ऐ.ऐ. वार्ड नं. ४ बस्ने सोनेलाल बिनको छोरा वर्ष ५० को लालवा बिन भन्ने लाल बाबु बिन ................१ ,,

जि.म.गा.बि.स. भटौलिया वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३४ को शम्भु साह ................१ ,,

भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने तपेश्वर ठाकुरको छोरी ज्वाई हाल जि.म.जलेश्वर

न.पा. वार्ड नं. ५ बस्ने अं. वर्ष ४० को अनिल ठाकुर ...................................................................१ ,,

जि.म.गा.बि.स. सोनमा वार्ड ३ बस्ने किशोरी यादवको छोरा अन्दाजी वर्ष ४६ को देवेन्द्र यादव ................१ ,,

जि.म.गा.बि.स. खैरवनी वार्ड नं. ६ बस्ने राम लखन यादवको छोरा अन्दाजी वर्ष ४५ को

कौशल कुमार यादव ...................................................................................................................१

जि.म.गा.बि.स. निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने राम सुन्दर

महतोको छोरा अन्दाजी वर्ष ६० को लक्ष्मी महतो ...............................................................................१

जि.म.गा.बि.स. अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने महेन्द्र शर्माको छोरा

अन्दाजी वर्ष ३७ को अभिराम शर्मा .................................................................................................१   प्रतिवादी

जि.म.गा.बि.स.पर्सा पतैली वार्ड नं. ७ बस्ने बौवालाल रायको छोरा अन्दाजी वर्ष ४२ को धर्मेन्द्र राय ...............१

जि.म.गा.बि.स. पिगौना वार्ड नं. ५ बस्ने चन्द्रदेव मिश्रको छोरा अन्दाजी वर्ष ४७ को

शंकर साही भन्ने राम शंकर मिश्र ...................................................................................................१

जि.म.गा.बि.स. सुगा भवानीपटि वार्ड नं. ९ बस्ने भोला पाण्डेको छोरा अन्दाजी वर्ष ४८ को सुरेश पाण्डे...........१

Thursday, February 18, 2016

कतै तपाई पनि त ठगिनु भएको छैन ?

कतै तपाई पनि त ठगिनु भएको छैन ?
रञ्जन भण्डारी
सदरमुकाम जलेश्वर अधिकांश कार्यालयहरु भएको ठाउ यहा सरकारी पचास भन्दा माथी र गैरसरकारी सयौ कार्यालय रहेको छ । यतिको कार्यालय हुदा काम पनि यहा धेरै हुन्छ र कामसंगै भ्रष्टाचार पनि हुन्छ । किन हुन्छ त भ्रष्टाचार ? को छन दोषी ? र भ्रष्टाचार निर्मुल कसरी गर्ने त ? प्रथमत हामी यसमा विचार गर्नु पर्ने आवश्यक छ ।
नागरिकता बनाउने,पासपोर्ट बनाउने,जमिन नामसारी ,रजिष्ट्री,जग्गाको नक्सा निकाल्ने आदी काम प्राय हामीसवैले गर्ने गरेका छौ । यी कामहरुको लागि सरकारले सेवा वापतको रकम निर्धारण गरेको प्राय सवैलाई विदितै छ । हामी दुरुस्त कागजात र समयको अभावमा यी कामहरु गराउन खोज्दा भ्रष्टाचारीहरुको चपेटामा पर्ने गरेका छौ । हामीले देखाएको कागजात एवं काम छिटो गराउन हामीमा देखिएको व्यग्रताको फाईदा भने त्यसता व्यक्ति लिन खोज्छन र हामीसंग काम गरिदिए वापत केहि धनको आश गर्छन । यहि धनलिने कार्य भ्रष्टाचार हो र लिने व्यक्ति भ्रष्टाचारी ।
उपभोक्ताहरु जिम्मेवार नभईदिनु ,कागजात दुरुस्त नराख्नु,तुरुन्त सेवा लिन खोज्नु र सम्बन्धित काम कसरी र कहा गर्ने भन्ने जानकारीको अभावमा यस्ता भ्रष्टाचारीहरुको टारगेटमा पर्ने गर्छन । यसको सुरुवात भनेयस्ता कामहरुमा सहयोग गर्ने लेखापढी व्यवसायीहरुबाट नै हुन्छ । लेखापढी व्यवसायीले तपाईको फाईलमा गल्तीहरु देखाउन थाल्छन र सो गल्ती भित्र गएर मिलाईदिने भन्दै कर्मचारीलाई केहि दिनु पर्छ भन्दै रकम मांग गर्छन । यहा एउटा थप समस्या छ कर्मचारीले विभिन्न कारणले सिधै तपाईसंग पैसाको डिमाण्ड नगर्ने तर तपाईको काम समेत थाती राखिदिने हुनाले वाध्यतावश तपाईलाई यिनको सहारा लिनै पर्ने हुन्छ र सुरु हुन्छ पैसाको खेल ।
उदाहरणका लागि मालपोतको कुरा गरौ । तपाई जग्गा किन्दै हुनुहुन्छ र सो को लागि मालपोत पुग्नु भयो । जिल्ला मालपोत कार्यालय महोत्तरी परिसरमा रहेको लेखापढी व्यवसायीले प्रत्येक कामको दर रेट तोकेको छ जस्तै रजिष्ट्रेशनको रु ८१५,दृष्टीबन्धक,दाखिला खारेज र नामसारीको रु.५१५,अंशवंडाको रु २०१५,कपाली तमसुकको रु सय र सटटापटटको रु दुई हजार तर सो दर रेटको चार्ट कुनै लेखापढी व्यवसायीले उपभोक्तालाई देखिने गरि राखेका हुदैनन । यहा तपाईलाई कार्यालय भित्र धेरै कामको चाप रहेको र तपाईको काम हुन ढिलो हुन सक्ने भन्दै आफुसंग रहेको सहायक वा आफै तपाईको काम गराईदिने र भित्र प्राय सवै कर्मचारीसंग आफ्नो सम्बन्ध रहेको बताउदै  थप पैसा मांग्छन । यहा तपाई राजी हुनु भयो भने भित्र तपाईले थोरै खर्च गरे पुग्छ नभए दान पेटीमा पैसा दान गरे जस्तै यहावाट चढावा चढाउदै जानुस । प्रथमत तपाईको मोठ खोज्नु पर्ने हुन्छ तर त्यहा सहयोगीको संख्या कम छ र काम धेरै अव के गर्नु हुन्छ काम गराउनु छ भने केहि भेटी त्यहा नचढाए प्रतिक्षामा वस्नुस । सो पछि मोठ भिराउनलाई समेत केहि त हुनुपर्र्यो नि हैन र ? यि दुई काम सकेर कम्प्युटर रुममा सो जग्गा अरुकसैले समेत हकभोग गरेको छ लगायतका वारे विश्वस्त हुन थप केहि उहालाई समेत दिनुस । सो पछि प्रत्येक टेबलमा भोज वापत वाडदै जादा वाहिर तपाईको लेखापढी व्यवसायीले मांग गरेको भन्दा महगों पर्छ । भोज खाने नाममा तपाईसंग केहि रकम भने लिएरै छाड्छन दिनुहुन्न भने एकदिनमा हुने कामको लागि दुई तिन दिन सम्म दुगुर्नु पर्ने वाध्यता समेत रहेको हुन्छ हामीसंग ।  राम्रो काम हुने दिनमा रजिष्ट्रेसन,दृष्टीबन्धक,दाखिल खारेज,नामसारी,अंशवण्डा,कपाली तम्सुक लगायतका सवै काम मिलाई सय जति हुन्छ मालपोतमा र एकाध सवै कागजात दुरुस्त पेश गर्ने र काम नगरे प्रतिवाद गर्न सकने व्यक्ती वाहेक सवैसंग हजार देखि तिन हजारसम्म तोकेको रकम भन्दा वढी लिईएको पाईन्छ । अर्थात यस्तो ठाउमा एकलाख देखि तिनलाखसम्म वाहिरी कमाई गर्छन । यस्तै जिल्ला प्रसासन कार्यालयमा समेत नागरिकतामा उमेर घटाउने ,बढाउने,राहदानी लिन अपुग कागजात मिलाउन देखि लिएर कार्यालयमा प्रवेश गर्ने अधिकांश सेवाग्राहीले चढावा दिनै पर्छ । यी दुवै र अन्य कार्यालयमा समेत समानता भनेको तपाईमा केहि न केहि कमजोरी हो जसको यिनले भरपुर फाईदा उठाउछन । यहा कमजोरीको अर्थ माथी उल्लेखित मात्र नभई तपाईमा म घुस दिन्न जे गर्नु पर्छ जुन कागजात ल्याउनु पर्छ त्यो ल्याउछु भन्ने आट र आत्मविश्वास नहुनु हो । हामीले चाहे भने एक दिनमा भ्रष्टाचार समाप्त गर्न सक्छौ तर हामी आट गर्दैनौ किनकी अधिकांश ठाउमा हामी समेत गलत हुने गरेका छौ ।
भ्रष्टाचारको अर्को अखाडा भन्सारलाई लिन सकिन्छ । सिमाक्षेत्रमा वसोवास गर्ने अधिकांश नागरिक,व्यापारी सवै भारतवाट घरेलु तथा व्यापारिक प्रयोजन आदीको लागि सामानहरु ल्याउने गरेका छौ तर सो ल्याए वापत भन्सार नै नकटाई गेटमै थोरै पैसा दिएर सामान भित्रयाउन खोज्छौ । यहापनि गेटमा वस्ने देखि लिएर भित्रसम्मको सवैले केहि न केहि लाभ पाउछ । सुचना यहा पनि लुकाईन्छ कुन सामानको भन्सार महसुल कति हो को  जानकारी गेटमा हुदैन कि त जानकारी लिन भित्र जानुस हामी यहा पनि कन्जुस्याई गर्छौ र झन्झट कसले वेहोर्छ भनि गेटमै कुरा मिलाउछौ ।
जिल्ला विकासको हकमा जिल्ला भरीका योजना निर्माण देखि कार्यान्वयन यहिवाट हुने हो र करोडौ अरवौको योजना आफ्नो हात पार्न नजराना स्वरुप सो योजनामा लाग्ने रकमको केहि  प्रतिशत जसलाई पिसी भन्ने गरिन्छ सो हामी भेटी चढाउछौ अनि कसरी नहोस भ्रष्टाचार । विभिन्न तालिम,गोष्ठी,सभा आदी सम्पन्न गर्न लाग्ने रकम वारे हरेक सर्वसाधारणले जान्ने हक छ तर सो कार्यक्रममा उपस्थित हुनेले समेत वजेट सार्वजनिक गर्न मांग गर्दैनन । प्रहरीमा मुद्दा फाटमा काम लिन ठुला वडा हाकिमलाई समेत नजराना दिईन्छ र केस मिलाउने,समाप्त गर्ने लगायतको विभिन्न कार्यको लागि मोटो रकम मांग गरिन्छ यहा समेत केहि यस्ता काम गराईदिने मानिसहरुको उठवस भने हुन्छ  । गैरसरकारी संघसंस्थामा समेत अधिकांशले कागजमै काम मिलाएर दाताहरुसंग  रकम निकासा गराएको उदाहरण एक खोज्दा हजार भेटिन्छ । हाम्रा केहि  गाविस सचिवहरु पैसाको लागि जेठो दाईको उमेर कान्छो भन्दा कम गर्न समेत पछि पर्दैनन । या भनौ भारतिय नागरिकलाई नेपाली नागरिक बनाउन सिफारिस समेत गरेको तिन देखि चार वटा मुद्दा त गत वर्ष नै भेटियो ।
यहा भ्रष्टाचार निर्मुल गर्न पहल भने नभएको हैन वेला वेलामा अख्तियार,जिल्ला प्रसासन कार्यालय लगायतका सरोकारवाला निकायले प्रयास गरेकै हुन तर त्यो प्रभावकारी हुन नसकदा,आरोपी धरौटीमा वा विना कार्यवाही कै उम्किने गर्छन । जसले उनको हौषला झन वढछ र उनी यस्ता कार्यमा झन लिप्त हुन्छन ।
अहिले भ्रष्टाचारकै कारण महोत्तरी लगायत देश नै आक्रान्त वनेको अवस्था छ । यसले आपराधिक गतिविधि,महंगाई र समाजलाई नै कलंकित गरिरहेको अवस्थामा यसको विकल्प अनिवार्य छ । जसको पहल आफैवाट गर्नु पर्ने हुन्छ । हामीले साना साना लाभको लागि देशलाई अन्धकारमा धकेलिरहेका छौ ।  हाम्रो गल्ती नहुदा समेत भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेका हुन्छौ  भ्रष्टाचारका कारण समाज,देश सवै ठाउमा विकृती फैलिदै छ ।
मालपोत,जिल्ला प्रसासन,भन्सार लगायतका सवै सार्वजनिक निकाय,गैरसरकारी कार्यलयहरुमा कागजात दुरुस्त पारेर जाउ ,सरकारले तोकेको भन्दा वढी पैसा नदिउ,हरेक योजना,कार्यक्रम,गोष्ठी र सेमिनारहरुमा जादा वजेट देखाउन मांग गरौ । सुचनाको हकको सहि प्रयोग गरि शंकास्पद कार्यलय,राजनितिकदल लगायतका सवैसंग सुचना मागौं । भ्रष्टाचारीलाई समाजवाट वहिस्कार गरेर भ्रष्टाचारमुक्त समाजको निर्माण गरौ । आफूमै दृढ संकल्प गरौ जस्तो सुकै परिस्थितिमा हामी अडिग रहन्छौ र पैसा लिएर काम गर्नेहरुको विरोध गर्छौ । यिनीहरु माथी औला उठाउदा औला आफुतिर पनि देखिन्छ । त्यसैले प्रथमत हामीले आफुमा नै सुधार गर्नु पर्ने हुन्छ । कुनै कार्यालयमा काम गराउन जादा सवै थोक दुरुस्त भएर पनि भोज माग्यो भने भ्रष्टाचार विरुद्ध आवाज उठाऔ किनकी पैसा रुखमा फल्दैन ।

निर्णय कार्यान्वय नहुदै मर्कामा पर्न थाले सेवाग्राही

निर्णय कार्यान्वय नहुदै मर्कामा पर्न थाले सेवाग्राही
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । नेपाल सरकार मन्त्रिपरिषदले असोज १ गते जिल्लाको दुई गाविस सुगाभवानीपट्टी र फुल्हट्टा परिकौलीलाई जलेश्वर नगरपालिकामा गाँभ्ने निर्णय भएपनि कार्यान्वयनमा नआउँदै मालपोत कार्यालय महोत्तरीले नगरपालिका सरहकै राजश्व उठाउन थालेपछि स्थानीयहरु मर्कामा पर्न थालेका छन् ।
चार महिना अघि यी दुई गाविसलाई नगरपालिकामा गाँभ्ने निर्णय भएपनि ६ महिनादेखि मधेशमा जारी आन्दोलनको कारण निर्णय कार्यान्वयन हुन सकेको   छैन् । अहिले पनि यी दुवै गाविसले नागरिकता सिफारिस, जग्गाको घर कट्टीसहित विभिन्न किसिमका पञ्जीकरणका कामहरु गाउँस्तरमै गरिरहेका छन् । तर जलेश्वर नगरपालिकाको लापरवाहीको कारण मालपोत कार्यालयले जग्गा नामसारीको टिप्पणीमा पाँचसय रुपैया राजश्व उल्लेख गरेपनि रसिद भने हजार रुपैया तिर्नु पर्दा सर्वसाधारण आक्रोशित हुन थालेका छन् ।
सुगा गाविस ७ बस्ने अनिता देवीलाई जग्गा नामसारीमा मालपोत कार्यालयका प्रशासन फाँटका नायव सुब्बा रामकृष्ण पण्डितले टिप्पणी उठाउँदा ५ सय मात्रै राजश्व तिर्ने गरी सिफारिस गर्नुभएपनि कार्यालयका राजश्व फाँटले भने नगरपालिकामा भएको भन्दै एकहजारको रसिद काँटेको थियो । पिडित अनिता देवीले भन्नुभयो, ‘टिप्पणी अनुसारकै राजश्व काटनुपर्ने भन्दा भन्दै पनि फाँटबालाले नगरपालिकामा भन्दै एकहजारको रसिद काटिदिनुभयो । नतिरेर सुखै पाईन् ।’
यसरी अनाहकमा थप राजश्व तिर्ने अनिता एक्ली होइनन् । मालपोत कार्यालय खुले लगत्तै जग्गादर्ता नामसारी गर्न जाने सर्वसाधारणहरुलाई मालपोतमा अहिले यस्तै समस्या भोग्नु परिरहेको छ ।
‘नगरपालिका सरहको सेवासुविधा पाईएन, राजश्व भने नगरपालिका सरह नै तिर्नु प¥या छ ।’ अनिताले भनिन्, ‘जलेश्वर नगरपालिकाको लापरवाही र मालपोत कार्यालयको यो सरासर वदमासी हो ।’
त्यसै गरी सुगाका अवधेश ठाकुरले भन्नुभयो, ‘सिफारिस गर्न जाँदा जलेश्वर नगरपालिकाले गाविसले वुझवुझारथ नगरेको भन्दै सिफारिस गर्न मान्दैन्, मालपोतले भने नगरपालिका सरहको राजश्व नै असुलेपछि हामी मर्कामा परेका  छौं ।’
मालपोत कार्यालयका कर्मचारी फाँटका नायव सुब्बा पण्डितले नगरपालिकाले आधिकारिक जानकारी नदिएको कारणले हामीले टिप्पणी उठाँउदा गाविसकै राजश्व काटनुपर्ने वाध्यता रहेको वताउनुहुदै भन्नुभयो, ‘एक हजार रसिद काटेको बारे राजश्व फाँटसंग सोध्न भन्नुभयो ।’ 
‘हामीले गाविस सरह नै टिप्पणी उठाएर काम गर्दै आएका छौं तर एक हजार उठाए न उठाए बारे राजश्व फाँटलाई नै थाहा होला’ पण्डितले भन्नुभयो ।
यता, राजश्व फाँटका कर्मचारी रमेश राईले महालेखा परिक्षकले मन्त्रिपरिषदको निर्णयले गाविस नगरपालिकामा गाभिसकिएकोले नगरपालिका अनुसार राजश्व लिन सकिने भनेपछि आफुले सोही अनुसारको राजश्व काटेको जानकारी दिनुभयो । 
जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रशेखर शर्माले नगरपालिकामा गाभिएका सुगा र परिकौली दुवैका जनताको कामकाज गरिरहेको दावी गर्नुभयो । उहाँले दुवै गाविसले वुझवुझारथ नगरेपनि कामकाज भने गरिरहेको उहाँको कथन थियो । तर दर्ता चलानी फाँटका कर्मचारीले सुगाको अहिलेसम्म कुनै सिफारिसको चलानी नगरेको जानकारी दिनुभयो ।
स्थानीयहरुले जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत शर्माकै लापरवाहीको कारणले गाविस सचिवलगायतका पदाधिकारीहरुले वुझवुझारथ नगरी आलटाल गरिरहेको आरोप लगाउँछन् ।



एसएसबीको कुटपिटले एक नेपाली युवक घाईते

एसएसबीको कुटपिटले एक नेपाली युवक घाईते
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । महोत्तरी जिल्लाको सिमानाका मधवापुरमा सोमबार साँझ भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले जिल्लाको पर्सापतैली गाविसका एक युवकलाई कुटपिट गरी गम्भिर घाईते बनाएका छन् ।
पर्सापतैली गाविस वडानं. ४ बस्ने अमित शर्मालाई भारतको मधवापुरबाट दिदीको बिहेको लागि साडीसहितका कपडा ल्याउँदै गर्दा एसएसबीले बुट र बन्दुकको कुन्दाले कुटपिट गरी गम्भिर बनाएका हुन् । कुटपिटका कारण शर्मा पटक पटक रगत वान्ता गरिरहनुभएको छ ।
घटनाको सुचना पाएर सिमानाका मटिहानीस्थित रहेका नेपाल प्रहरीका ईन्सपेक्टरसहितको टोलीले तत्कालै उद्धार गरी शर्मालाई मधवापुरकै डाक्टर एसपी ठाकुरको क्लिनिकमा लग्नुभएको थियो । 
घाईते शर्मालाई एसएसबीले पिठयुँ, टाउकोसहितको शरिरको विभिन्न भागमा विनासित्ती कुटपिट गरेको पिडितका परिवारजनले आरोप लगाउनुभएको  छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठको उत्तरमध्यमा (ईन्टर) तहमा अध्ययनरत उहाँ दिदीको विवाहका लागि भारतीय बजार मधवापुरबाट सोमबार साँझ साडीलगायतका कपडा लिएर आउँदै गर्दा मटिहानी– ७ स्थित २ नम्वर वोर्डरमा खटिएका भारतीय एसएसबीका जवानले केही नभनिकनै वुट र बन्दुकको कुन्दाले निर्घात कुटपिट गरेको जनाईएको छ । 
नेपाल प्रहरीले तत्कालै सो घटनाबारे भारतीय एसएसबीको क्याम्पमा गएर जानकारी गराएको थियो । जानकारी पाएपछि मंगलबार बिहानै भारतीय एसएसबी जयनगरका डिएसपी पियुस सिन्हा मधवापुर आउनुभएर युवक शर्माको उपचारमा लाग्ने खर्च व्यवस्था गर्ने जानकारी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुरक्षाकर्मीको टोली मधवापुर पुगेर एसएसबीसँग घटनाको कारणबारे छलफल गरेको वताउनुहुदै प्रहरी उपरिक्षक जनक भट्टराईले घटना भारतीय भूमिमा भएकोले अनुसन्धान गर्न नमिल्ने भएकोले निवेदनलाई गृहमन्त्रालयमा पठाउने जानकारी दिनुभयो । 
महोत्तरी जिल्लाको विभिन्न सिमानाका भारतीय बजारमा विवाह, मरणहरनको सामग्री ल्याउँदा भारतीय एसएसबीले ल्याउने दिने गरेपछि केही महिनादेखिको मधेश बन्दले अतिरिक्त कमाउँदै आएका उनीहरुले त्यसैको लोभमा कुटपिट गरेको हुन सक्ने स्थानीयहरुको वुझाई छ । 

युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै

युवाहरु ई रिक्सा (विद्युतिय रिक्सा) किनेर स्वआर्जन गर्दै
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ३ गते । वैदेशिक रोजगारबाट आएका युवाहरु अहिले आफ्नै गाउँ ठाउँमै आएर स्वरोजगार गर्न तर्फ आकर्षित हुन थालेका छन् । यी युवाहरुलाई स्वरोजगारको गतिलो माध्यम अहिले ई रिक्सा (विद्युतिय रिक्सा) बन्न थालेको छ ।
वैदेशिक रोजगारमा गएर हाड घोटेर मेहनत गर्नुभन्दा यही घर परिवारसंगै बसेर आरामका साथ स्वरोजगार गर्न युवाहरु अगाडी बढेका  हुन् ।
करिब ६ महिना लामो वन्दी र नाकावन्दीको क्रममा मात्रै एकदर्जन भन्दा बढी वैदेशिक रोजगारबाट फर्केका युवाहरुले ई रिक्सा किनेर वन्दमा स्थानीयहरुलाई सहज गरेका थिए । वन्दको क्रममा ई रिक्सालाई भने आवतजावतमा केही सहज गरिएको थियो ।
जिल्लाको सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो वैदेशिक रोजगारको सिलसिलामा कतारमा दुई वर्ष काम गरेर फिर्नु भएको हो । रात दिन मेहनत गरेपनि सोचे अनुसारको सफलता नमिलेपछि उहाँले अब फेरी तत्कालको लागि विदेश नजाने निर्णय गर्नुहुदै स्वरोजगारको लागि ई रिक्सा किनेर अहिले चलाई रहनुभएको छ ।
सुगाभवानीपट्टी वडानं. ५ का २४ वर्षिय पवन महतो
त्यसैगरी जलेश्वर नगरपालिका वडानं. ५ का २५ वर्षिय युवा मुन्ना पासमान पनि कतारमा अढाई वर्ष काम गरेर फिर्ता हुनुभएको हो । कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गरेका उहाँले त्यहाँको कमाई र घरपरिवारदेखि टाढा हुँदा पाएको दुःखलाई विर्सने कोशिश गर्नुहुदै ई रिक्सा किनेर यसमै रमाउन थाल्नुभएको छ ।
यी दुई जना बाहेक अहिले सदरमुकाम जलेश्वरमा डेढ दर्जन युवाहरुले ई रिक्सा किनेर यसमै रमाईरहनु भएको छ ।
ई रिक्सामै रमाईरहनुभएका पवनले भन्नुभयो, ‘विदेशमा दिनरात मेहनत गरेर पनि ऋण चुकाउन सकिएन्, त्यही भएर पुनः विदेश नजाने निर्णय गरेर यही आफ्नै काम गरिरहेको छु ।’
विदेश गएपछि घर, परिवारमा केही भएपनि आउन नसकिने, विरामी भईयो भने कसैले पनि हेरचाह गर्न नसक्ने, दिनरात मेहनत गर्नुपर्ने वताउनुहुदै उहाँले त्यहाँ (विदेश) भन्दा यहाँ नै हजार गुणा राम्रो भएको बताउनुभयो । यहाँ दैनिक सिजन अनुसार हजारदेखि माथि कमाउन सकिने र घर परिवारसंगै हुनाले धेरै राम्रो भएको वताउनुभयो ।
कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गर्नुभएका मुन्ना पासमान अहिले स्वदेशमै ३० हजारको हाराहारीमा मासिक कमाई रहेको वताउनुभयो । उहाँले भन्नुभयो, ‘जसमध्ये करिब २० हजार मासिक ऋण तिर्ने काममा खर्च हुन्छ भने बाँकीले घरपरिवार चलाउछु, यहाँ आनन्दै आनन्द छ ।’
ई रिक्सामा कमाई राम्रो भएपनि ई रिक्साको महंगो मुल्य, साहुको चर्को व्याज र खराव सडकले भने वचत चाहिए जति हुन नसकेको युवा पवनको गुनासो छ । एकपल्ट पुरा चार्ज गरेपछि यो सडकमा ४० किलोमिटरसम्म गुडाउन सकिने बताउनुहुदै उहाँले सडक राम्रो भईदिई ८० किलोमिटरसम्म जान सकिने र कमाई पनि राम्रो हुने जानकारी दिनुभयो ।
त्यसैगरी सुगाभवानीपट्टी वडानं. ५ बस्ने भोला ठाकुरले कतार पुगेको केही दिनमै स्वास्थ्यको समस्या देखाउदै आफुलाई फिर्ता पठाएको जानकारी दिनुहुदै अहिले पनि यही ई रिक्सा चलाएर परिवारसंग खुशी साथ रहेको बताउनुभयो ।
उहाँले विदेश यहाँ सोचेभन्दा बढी फरक रहेको बताउनुहुदै विदेशमा गर्ने श्रम भन्दा यहाँ आधा मात्रै गर्ने हो भने राम्रो कमाउन सक्ने बताउनुहुदै यहाँ वन्द, हडताल तथा आफुहरुको स्वरोजगारमा प्रशासनले दुःख नदिए यही राम्रो भएको बताउनुभयो ।
नेपालमै सवैभन्दा वढी विदेसिने युवाहरुको दोस्रो जिल्लाको रुपमा परिचित महोत्तरीका युवाहरुले वन्द, हडतालबाट देशलाई सदाकोलागि वन्द गर्नुपर्ने बताउनुहुदै स्वरोजगार गरे विदेश जानुनपर्ने सन्देश सबैलाई दिने गरेको बताउनुहुन्छ ।

फोटो समाचार

फोटो समाचार
मधेश आन्दोलन सकिएसंगै विभिन्न कार्यालयहरुमा सेवाग्राहीको भिड बढेको छ । यही क्रममा नेपाल विद्युत प्राधिकरण जलेश्वर शाखाले साउनदेखि हालसम्मको एकमुष्ट महसुलमा तिन प्रतिशत छुट दिने जनाएपछि अहिले सेवाग्राहीको भिड थाम्नै नसक्ने गरी बढेको छ । विद्युत प्राधिकरण जलेश्वर शाखाका कार्यालय प्रमुख सूर्यनारायण मण्डल अहिले आफै महसुल वुझने काउन्टरमा विहान ७ बजेदेखि साँझसम्म खटिदै आउनुभएको छ । पहिला निरन्तर दैनिक २ सयदेखि ३ सय सेवाग्राही आउने गरेकोमा एकमुष्ट तिन प्रतिशत छुट पाउनेभएपछि दैनिक १ हजार ५ सयभन्दा बढी सेवाग्राहीहरु महसुल वुझाउदै आएका छन् । टोकन सिस्टमका कारण लाम लाग्नु नपर्नेभएपछि कतिजना टोकन लिएर गई पछि पनि आएर महसुल वुझाउने गरेका छन् ।
केही फोटोहरु ः
सेवाग्राहीहरु महसुल वुझाउन विद्युत प्राधिकरणमा ।
तस्वीर ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी



Sunday, February 14, 2016

राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली

राजेन्द्र महतोः काठमाडौंसँग प्रेम र घृणाको पहेली

'डाक्टर र सीडीयोको सपना छाडेर एयरपोर्टको ठेकेदार बनें'

२०७२ फागुन ३ गते १२:१४ मा प्रकाशित
Rajendra Mahato_2
राजकुमार श्रेष्ठ
३ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौंका लागि भारतीय फिल्मका ‘भिलेन’ अमरिस पुरीको नेपाली संस्करणजस्तै भएका छन् यतिबेला । ‘कभी खुशी, कभी गम’ भनेजस्तै उतार-चढावपूर्ण छ महतोको जीवनको भोगाइ ।
जब महतोले ‘काठमाडौंको दानापानी बन्द गर्छु’ भने उनको चर्को आलोचना भयो । मधेसी मोर्चाका अरु नेताहरु काठमाडौंमा वार्ता गरिरहँदा महतो वीरगञ्ज, बिराटनगर नाकामा धर्ना दिँदै हिँडेपछि महतो ‘भिलेन’ बने । र, उनको घरमा आक्रमणको प्रयाससमेत भयो ।
एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्‍यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ
तर, राजेन्द्र महतो र काठमाडौंको सम्वन्ध अहिले मात्र होइन, सुरुदेखि नै ‘हेट एण्ड लभ’जस्तै देखिँदै आएको छ ।
महतोलाई ०३२ सालमा डाक्टर बनाउने सपनासहित परिवारले काठमाडौं पठाएका थिए । तर, पहाडिया टोलमा जन्मेहुर्किएका उनले मलंगवामा पढ्दै विभेदको अनुभूति गरे जसका कारण उनले वकिल हुँदै न्यायाधीश बन्ने सपना साँच्न थाले ।
ल क्याम्पसबाट आईएल पास गरेपछि सिडियो हुँदा पनि राम्रै हुन्छ भनेर डिल्लीबजारस्थित जनप्रशासनमा भर्ना भए । बीएल र एमपीए पास गरेका महतो ‘ईख’कै कारण मधेसको राजनीतिमा होमिए ।
राजनीतिमा टर्निङ प्वाइन्ट
काठमाडौं आएपछि होस्टलमा बसेर पढेका महतो शनिबार-शनिबार नेताहरुको भाषण सुन्न हिँड्थे । कहिले चावहिल पुगेर वीपी कोइरालाको भाषण सुन्थे भने कहिले रामराजाप्रसाद सिंहलाई सुन्न डिल्लीबजार पुग्थे । तर, विद्यार्थी जीवनमा उनले सक्रिय राजनीति गरेनन् ।
महतोले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए
बरु ट्राभल एजेन्सी (दरबारमार्गको अन्नपूर्ण ट्राभल्स)मा जागिर आए, महिनाको ३५० रुपैयाँ तलव थियो । त्यही जागिरका क्रममा भएको एउटा घटनाले उनलाई राजनीतिमा तान्यो ।
महतो अनलाइनखबरसँग भन्छन्,- एकपटक विदेशीसँग भेट भयो । परिचय हुँदा मैले नेपाली त भन्नुपर्‍यो । अनि उ त मान्दै मान्दैन । तिमीजस्तो मान्छे दिल्ली एयरपोर्टमा देखेको, तेरो अनुहार त इण्डियन जस्तो छ भन्छ ।’
महतोले विगत सम्झिए- ‘मैले मेरो जस्तै अनुहार भएका यो देशको आधा मान्छे तराईमा छन् र तिनलाई मधेसी भन्छन् भनेँ, तर, ती विदेशीले मान्दै मानेनन् । अन्तिममा उनले पोर्टरहरुलाई देखाउँदै भने, खै त त्यहाँ तिम्रोजस्तो अनुहार भएका एकजना मान्छे छैन ?’
विमानस्थलमा त्यसबेला अहिलेजस्तो ट्रली नभई म्यानुअल थियो । पोर्टरहरुले सामान बोक्थे । र, त्यो जागिरमा स्थानीयबासी नै हुन्थे । ‘तँ नेपाली भएको भए तेरोअनुहार भएका अरु मान्छे यहाँ हुनुपथ्र्यो’ भन्ने विदेशीको तर्कले त्यसबेला महतोलाई घोत्ल्यायो ।
‘पहिलो पाइला यहीँ उत्रने, जो देख्यो त्यही नेपाली’ पञ्चायतमा पहाडी समुदायलाई मात्र नेपाली भन्ने गरेको स्मरण गर्दै राजेन्द्र महतोले भने-‘मधेसीको न अनुहार, न भेष, न भुषा, न धोती, न कुर्था केही नभएपछि विदेशीले त्यस्तो भन्नु आश्चर्यको कुरा भएन । मलाई त्यसबेला लाग्यो कि अब यसमा हात हाल्नुपर्छ ।’
र, ठेकेदार बने
त्यसपछि राजेन्द्र महतो विमानस्थलमा ठेकेदार बने । उनले विमानस्थलमा पोर्टरहरुको ठेक्का लिए र रातारात मधेसीहरुलाई विमानस्थलमा कामदारका रुपमा ल्याए । उनको यो कदम राजनीतिबाटै प्रेरित थियो ।
झण्डै दुई टर्म अर्थात ७/८ वर्ष उनले विमानस्थलमा ठेकेदारको काम गरे । राम्रै कमाइ भएको थियो भन्छन् महतो । तर, सुरुमा मधेसी अनुहारलाई विमानस्थलको पोर्टरमा त्यति सहज भने भएन ।
Rajendra-Mahato_OK
त्यसबेला ०४२ सालमा राजा महेन्द्रमाथि बम हानेको प्रकरणमा रामराजा सिंहको फैसला आएको थियो । ‘मधेसीहरुको कालो अनुहार देखेपछि एयरपोर्टमा इन्ट्री पास नै नदिने’ महतोले भन्छन्, ‘सबैलाई रामराजाको मान्छे ठानिन्थ्यो, मेरा पोर्टरहरुलाई पास नै दिएनन् ।’
महतोले गत असारमा मधेस आन्देालन सुरु गर्नु अघि काठमाडौंको दानापानी बन्छ गर्छु भनेका थिए । जसले उनको निकै आलोचना भयो । त्यसबेला मधेसीलाई पोर्टरमा काम लगाउन अफ्ठ्यारो पर्दा पनि उनले यस्तै कडा चेतावनी दिएका रहेछन् ।
महतोले उसबेलाको घटना सम्झँदै भने- ‘काठमाडौंमा मधेसीलाई लखेट्यो भने उनीहरुले पनि के-के गर्छन् भनेर म्यानेजरलाई भनेँ । र, बल्ल मेरा पोर्टरहरुले पास पाए । र, करिव ६/७ वर्ष पोर्टर सर्भिस चल्यो । त्यसक्रममा कार्गो म्यान हृयाण्डलिङको काम लिएर राम्रै कमाइ भएको थियो ।
गजेन्द्रनारायण सिंह र सद्भावना
काठमाडैं बसाइका क्रममा नै महतोको गजेन्द्रनारायण सिंहसँग चिनजान र भेटघाट बाक्लियो । सिंह कांग्रेसमै हुँदा बेलाबला न्यूरोड जान्थे र महतोले काम गर्ने ट्राभल एजेन्सीमा बस्थे ।
हर्कबहादुर गुरुङको आयोगले बसाइँ सराइ सम्वन्धी प्रतिवेदन बुझाउँदा नागरिकता नभएका कारण अधिकांश मधेसीलाई भारतीय भनेपछि गजेन्द्रनारायण सिंहले कांग्रेस छाडे । पञ्चायतमा पार्टी खोल्न नपाइने भएकाले उनले सदभावना परिषद गठन गरे, जुन ०४७ सालको परिर्वतनपछि सदभावना पार्टीमा परिणत भयो ।
महतो पनि सदभावना पार्टीमा आवद्ध भए र सक्रिय राजनीतिमा लागे । उनी अहिले सोही पार्टीको अध्यक्ष छन् ।
भारतीय आरोप र सफाइ
महतोमाथि भारतीय नागरिक भएको र कीर्ते गरेर नेपाली नागरिकता लिएको आरोप बेलाबेलामा लाग्ने गरेको छ । योपटक मधेस आन्दोलन उत्कृर्षमा पुगेका बेला सत्तारुढ एमालेसम्वद्ध युवा संघले नै सरकारसँग महतोको नागरिकता छानविन गर्न मागै गर्‍यो ।
तर, यो उनका लागि नौलो घटना रहेन । ०५१ मा धनपति आयोग बन्दा उनी पार्टीको तर्फबाट सदस्य बने । नागरिकताको कुरा उठाए । ‘नागरिकताका लागि सदभावना पार्टीले १८ वर्ष लड्यो र त्यो लडाइ मैले नै बढी लडेँ’ महतो भन्छन्, ‘जब नागरिकताको सवाल आउँथ्यो, म बोल्थेँ । अनि मलाई यो इण्डियन भनिन्थ्यो ।’
अहिलेको आरोप पनि त्यही हो भन्छन् महतो । ‘हाम्रा बाबुबाजे बाहुनक्षेत्रीजस्तो कुमाउ गढवालबाट आएका पनि होइनन्, धर्तीपुत्र हुन्’ महतो भन्छन्, ‘अढाइ सय वर्ष पहिले न नेपाल-भारत बन्यो, त्यसअघि नै बसिरहेका थिए मधेसी ।’
महतोका अनुसार उनका बुबा खोबारी महतो लेखन्दास थिए । नेपाल-भारत सीमाको त्रिभुवन नगरमा लेखन्दासको काम गर्थे । नेपालदेखि भारतसम्म व्यापार व्यवसाय पनि गरे । उनका दाइ दुई पटक गाउँको प्रधानपञ्च भए ।
महतो भन्छन्, मेरो गाउँको छेउमा एउटा ताल छ, नारीमन । त्यही तालको छेउको वस्तीमा मेरो जन्म भएको हो । धेरै पटक डाका लागेपछि त्यो नजिकै सरेको छ, जसलाई बबरगञ्ज भनिन्छ ।’
उनी जन्मिए हुर्केको टोलको नाम पहाडिया टोल थियो । धेरै मधेसी समुदाय भए पनि एकजना पहाडी समुदाय भएकाले उनकै नाममा टोलको नाम राखिएको रहेछ भन्ने आफूले पछि बुझेको उनले सुनाए ।
३२ वर्ष पहिले र अहिलेको काठमाडौं
महतो पहाडी समुदाय छ भन्ने बाल्यकालमा सुनेको र विभेद मलंगवामा मावि अध्ययन गर्दा देखेको बताउँछन् । ‘विद्यार्थी हुँदा मधेसी भनेर जिस्काउने, हेप्ने काम हुन्थ्योे’ काठमाडौं आएपछि विभेद आफैंले भोगेको र देखेको भन्दै उनले भने-बाटो हिँड्दा माथिबाट पानी खसाल्थे । धोती तान्नेदेखि धोती, इण्डियन के के भन्थ्यो भन्थ्यो ।’
योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई
यही विभेद अन्त्य गर्छु भनेर राजनीतिमा होमिएका महतो दोस्रो जनआन्दोलनपछि चारपटक मन्त्री भए । सिंहदरवारमा बसेर मन्त्रालय चलाए । तर, मधेसमा गरिवी, विभेद जस्ता सबै समस्या कायमै छन् । खाली केही नेताहरु मन्त्री बने भन्ने आरोप लाग्ने गरेको छ । तर, महतो यसलाई मान्न तयार छैनन् ।
के फरक छ भन्ने प्रश्नमा उनले भने, पहिले त के थियो भने डर त्रास हुन्थ्यो । कुनै कार्यालयमा वा कतै जाँदा हिम्मत हारेको जस्तो देखिन्थ्यो । अपनत्व पाउँदैनथ्यो । अहिले त्यो हटेको छ ।
अहिले जहाँ गए पनि संख्या कमै भए पनि त्यो हटेको छ । मधेसी पनि नेपाली हो भन्ने पहिचान पाएको छ । मधेसीलाई हेप्यो भने मधेसीले पनि हेप्छ, मान्दैन भन्ने भएको छ । पहिलो जनआन्दोलनले यो स्थापित गर्‍यो । मधेसीलाई शासक वर्गले स्वीकार गर्‍यो । नागरिकता समस्या हल भएको छ ।
फेरि काठमाडौंसँग ‘हेट’
चारपटक मन्त्री भएपछि महतोको काठमाडौंसँगको दुरी पछिल्लोपटक फेरि बढ्यो । दानापानी बन्छ गर्छु भन्दै उनी मधेस झरे । काठमाडौंमा उनका घरमा केहीले ढुंगा हान्न खोजे ।
महतो भन्छन्, ‘योपालि म पेलेर संघर्षमा उत्रिएँ । साराले दुश्मनका रुपमा बुझे काठमाडौंमा मलाई ।’
महतोका अनुसार नाकाबन्दी गर्नुको उद्देश्य थियो, सरकारलाई झुकाउने । जनतालाई पीडा भएपछि सरकारलाई दबाब पर्छ र चाँडै हामीसँग वार्ता गर्छ भन्ने थियो । महतो भन्छन्, ‘तर, नालायक सरकारले खोक्रो राष्ट्रवादको नारा लगाइदियो । जनताले पनि सरकारलाई गाली गर्नुको साटो हाम्रो दानापानी बन्द गर्‍यो भनेर आन्दोलनकारीलाई गाली गर्न थाले । भो अब ..!
आफूलाई धेरै गाली गर्नुको कारण पनि महतो आफैं भन्छन्-‘मैले मानसिकतामा त प्रहार गर्छु नि ।’ ‘खसवादी मानसिकता’बाट पे्ररित भएर केही मान्छेले सामाजिक सञ्जालहरुमा गाली गरेको भन्दै महतोले सबै पहाडिया र खसहरुलाई खराब भन्न नमिल्ने प्रष्ट्याए ।
फेरि काठमाडौं आगमन
काठमाडौंसँग चिसिएको महतोको सम्बन्ध माघको जाडो सकिने क्रमसँगै फेरि न्यानो बन्न थाल्यो । महतोले एकाएक नाकाबन्दी खोल्ने घोषणा गरे, त्यसको भोलिपल्टै नाकाबन्दी खुल्यो ।
उनले बालुवाटार पुगेर केपी ओलीसँग भेट गरे । जहाँ ओलीले महतोसँग हिन्दीमा कुरा गरे । शब्दकोष निकालेर आफूले यसअघि लिएका अभिव्यक्तिको अर्थ लगाउँदै महतोसँग ओलीले नजिक हुने प्रयास गरे । त्यसलगत्तै महतोले लाजिम्पाट पुगेर प्रचण्डसँग भेट गरे ।
महतो बालुवाटार गएकोमा मोर्चाका केही नेताहरुले उनको निकै रीस पनि गरे । महतोलाई काठमाडौंले गाली गथ्र्यो, एकाएक मोर्चाका नेताहरुले गाली गर्न थाले ।
तर, महतो आफू ठीक ठाउँमा रहेछु भन्ने प्रमाणित भएको दाबी गर्छन् । ‘नाकाबन्दी खोल्ने काममा त मैले नै बोलेँ नि’  उनले अनलाइनखबरसँग भने- जसमाथि सबैभन्दा ठूलो आक्रमण भएको थियो, उही व्यक्ति बोल्यो ।
किनभने जुन प्रयोजनका लागि नाकाबन्दी गरिएको थियो, त्यो प्रयोजनहीन भयो । सरकारलाई दबाव भएन, जनताले मात्र दुःख पाए ।’ महतोले अघि भने, ‘मेरो कुनै दुषित मानसिकता थिएन ।’
- See more at: http://www.onlinekhabar.com/2016/02/388265/#sthash.uA8cp1jz.dpuf

Friday, February 12, 2016

मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै व्यापारीहरुमा मानसिक समस्या बढदै

मोर्चाका नेताका व्यवहारले व्यापारी घर न घाटको बन्दै
व्यापारीहरुमा मानसिक समस्या बढदै

महोत्तरी समाचारदाता
जलेश्वर, माघ २९ गते । संयुक्त मधेशी मोर्चाले विगत ६ महिना लामो वन्दी फिर्ता लिएपनि आन्दोलनको क्रममा गरेको वाचा वमोजिम काम नगरेपछि मधेशकै व्यापारीहरु मोर्चाको कार्यशैली प्रति आक्रोशित हुँदै गएका छन् ।

व्यापारीहरुले मोर्चाका नेताहरुको करनी र कथनीमा फरक परेको कारणले आफुहरु मानसिक पिडाबाट गु्रजदै गएको वताएका छन् । उनीहरुले मोर्चाले चाँडै नै यो समस्याको हल निकाले मधेशमा यसको प्रतिकुल प्रभाव पर्न सक्ने चेतावनी दिएका छन् ।

मोर्चाका नेताहरुले आन्दोलनकै क्रममा व्यापारीहरुको घरभाडा, विभिन्न कार्यालयहरुको महसुलमा छुट, ऋणमा सहुलियत, विद्यालयमा विद्यार्थीको शुल्क छुट गराउने वचनवद्धता जनाएपनि वन्द फिर्ता लिएपनि यसप्रति ध्यान नदिएको व्यापारीहरुको गुनासो रहेको छ ।

आफुहरुले सम्पूर्ण व्यापार नै चौपट हुने गरी मोर्चाको वन्दलाई सघाएपनि मोर्चाको अहिलेको व्यवहारले आफुहरुलाई घर न घाटको बनाएको आरोप स्थानीय व्यापारीहरुको रहेको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको दुर्गाचोकमा स्टुडियो, फोटोकाँपी, सहितका सानो पसल स्थापना गर्नुभएका युवा लक्ष्मीकुमार साह ‘पप्पु’ले भन्नुभयो, ‘६ महिनाको वन्दमा एक सुको कमाई भएन, खर्च भने धान्नै मुस्किल गरी बढेको छ, कसरी तिरुँला यति रकम भन्ने पिरले सताउँदै गएको छ ।’

‘एकातर्फ घर खर्चसहित पसलको घरवहाल तिर्नुपर्ने, अर्को तर्फ विजुलीसहितको महसुल तिर्नुपर्ने छ । कहाँबाट यति रकम ल्याएर तिर्ने भन्ने पिरले रातभरि निँद्रा नै लाग्दैन्’ युवा पप्पुको कथन थियो । उहाँले अहिले त सरकारी महसुलमा जरिवाना समेत तिर्नुपर्ने भएपछि समस्या भएको जानकारी दिनुभयो ।

मोर्चाले घर भाडा तथा विभिन्न सरकारी कार्यालयको महसुलमा छुट गराउनुपर्नेमा वन्द फिर्ता लिएपछि अहिलेसम्म यस विषयमा केही नबोलेको भन्दै व्यापारीहरु नेताहरुप्रति आक्रोशित हुँदै गएका छन् ।

जिल्लाको सुगाभवानीपट्टी ३ मा कुटाईपिसाईको मिल सञ्चालन गर्दै आउनुभएका रामप्रित दासले एकैचोटी दशहजार भन्दा बढीको विजुलीको महसुल तिर्नुपर्ने बिल आएको छ र जरिवाना समेत २५ प्रतिशतसम्म लाग्ने वताउनुहुदै भन्नुभयो, ‘कार्यालय बन्द भएपछि हामीले कहाँ विल तिर्न जाने ? आखिर मर्ने भनेको हामी साधारण जनता नै हौ ।’ सरकारले पनि यस्ता कुरामा ध्यान दिएर कम्तीमा पनि तिन महिना भित्रमा महसुल वुझाउनुपर्ने र जरिवाना नलाग्ने गरी निर्णय गरीदिए हामीजस्ताहरुको कल्याण हुन्थ्यो उहाँको कथन थियो ।

जलेश्वर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिपुकुमार साहले ६ महिना लामो वन्दको कारणले जलेश्वरको ९० प्रतिशत भन्दा बढी व्यापार र व्यापारी धरासायी भईसकेको बताउनुहुदै समयमैं यो समस्याको निराकरण नगरिए समस्या जटिल हुन सक्ने संकेत समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यापारीहरुले व्यापारमा लगाउने सम्पूर्ण पूँजीहरु आन्दोलनको क्रममा घरखर्चमै चलाईसकेको छ, महाजनको ताकेता शुरु भइसकेको छ, आम्दानी शून्य छ, व्यापारीहरु टेन्सनमै दिनरात काटन विवश छन् ।’

उहाँले सरकारले नै कालोवजारी तथा माफियातन्त्रलाई बढावा दिइरहेको कारणले यस्तो स्थिती आएको बताउनुहुदै मोर्चाको यो कमजोर पक्ष रहेको जानकारी दिनुभयो । आन्दोलनको क्रममा मोर्चाका नेताहरु मोज मात्रै गरेनन् उनीहरुकै रोहवरमा कालोवजारी तथा माफियाहरुले तस्करीको फाईदा लिए तर मारमा भने साधारण व्यापारीहरु परेको उहाँको भनाई थियो ।

उहाँले आन्दोलनको क्रममा मोर्चाका नेताहरुले साधारण व्यापारीहरुसंग खोसेको सामग्रीहरु कहाँ राखेका छन् यसको पनि अहिलेसम्म सार्वजनिक नगरेको बताउनुहुदै उहाँले भन्नुभयो, ‘केही नेताहरुले कमिशनकै लागि भएपनि सामान खोस्ने र कमिशन लिएपछि सामान छोडने गरेका थिए ।

मधेश आन्दोलनको क्रममा सदरमुकाम जलेश्वरमा राहत संकलन र वितरण गरी आन्दोलनलाई थप उचाईमा पु¥याउन सहयोग गर्नुभएका युवा शिवचन्द्र चौधरीले मोर्चाको व्यवहारको कारणले व्यापारीहरुको समस्या दिनानुदिन कष्टमय बन्दै गएको बताउनुभयो ।

उहाँले आम्दानी नभएको कारणले घर भाडा, स्टाप समेतको  सहित विभिन्न महसुल तिर्न नसकेर कतिपय व्यापारीहरु व्यापार छोडन विवश भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलेश्वरजस्तो सानो व्यापारीक ठाउँमा व्यापारीहरु पलायन हुनु भनेको दुखद छ, यसतर्फ मोर्चाका नेतासहित सरकारले तत्काल ध्यान दिन जरुरी छ ।’

चौधरीले नेता तथा राजनीतिप्रति कटाक्ष गर्नुहुदै भन्नुभयो, ‘राजनीतिक स्तरबाट हुने गरेको वचन नेपालमा पुरा भएको नेपाल स्वर्ग नै बन्थयो ।’ नेपालमा नेताहरुकै व्यवहारको कारणले सर्वसाधारणहरुलाई राजनीतिप्रति वितृष्णा जागेको उहाँको भनाई थियो ।

तर, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले ऐतिहासिक आन्दोलन अहिले सकिनसकेको जानकारी दिनुहुदै हामीले वाचा गरेका यी कुराहरुलाई चाँडै नै व्यवहारमा गरेर देखाउने वताउनुभयो । उहाँले यस सम्बन्धमा केन्द्रीय नेताहरुसंग छलफल भईरहेको र छिट्टै नै सम्पूर्ण सरकारी कार्यालयहरुमा आफुहरुले गरेको वाचा कार्यान्वयन गर्ने÷गराउने वताउनुभयो ।

Thursday, February 11, 2016

कलश यात्रा निकालियो

महोत्तरी समाचारदाता
जलेश्वर, माघ २९ गते । विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजाको पूर्वसन्ध्यामा महोत्तरी जिल्लाको सुगाभवानीपट्टी स्थित शुक्देव उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलश यात्रा निकालेका छन् ।
विभिन्न झाँकी सहित विद्यार्थीहरुको निस्केको कलश यात्रा गाउँको विभिन्न भागको परिक्रमा गर्दै शुक्देव सरमा पुगेर कलश भरेर पुनः विद्यालयमै फर्केर कलश स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले जानकारी दिनुभयो ।







रंगीचंगी कपडामा सजिएका विद्यार्थीहरुले शंख, घण्टी फुक्दै गाउँको परिक्रमा गरेका थिए ।
प्रअ चौधरीले ५१ वटा कलश स्थापना गरिएको जानकारी दिनुहुदै ति कलशहरुलाई विद्यालयको प्राँगनमा रहेको सरस्वती मन्दिरको अगाडीमा स्थापना गरिएको जानकारी दिनुभयो ।

Sunday, February 7, 2016

सरस्वतीपुजाको आगमनसंगै विद्यार्थीहरु व्यस्त

सरस्वतीपुजाको आगमनसंगै विद्यार्थीहरु व्यस्त
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २५ गते । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजनोत्सवको आगमनसंगै विद्यार्थीहरु पुजापाठको जोरजाम गर्नमा व्यस्त हुन थालेका छन् ।
विद्यालयहरुले विद्यार्थीको सहयोगमा आ–आफ्नो तरिकाले पुजापाठको तयारी गरिरहेका छन् भने कतिपय विद्यार्थीहरु आ–आफ्ना दौंतरीहरुसंगै मिलेर यसको तयारीमा व्यस्त हुन थालेका हुन् ।
यही मेसोमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्र अमनकुमार साहको पनि सरस्वती पुजाको आगमनसंगै व्यस्तता बढेको छ ।
उहाँले सरस्वती पुजाको आगमनसंगै मूर्ति बनाउने व्यस्तता बढेको जानकारी दिनुहुदै आफु व्यवसायिक रुपमा नभई दौंतरीहरुसंग सामूहिक रुपमा मनाउने सरस्वती पुजाको लागि मूर्ति बनाउन व्यस्त हुनुपरेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाको वडानं. ३ मा घर भएका विद्यार्थी साह विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजनोत्सवको पाँच दिन मात्रै रहेपछि दौंतरीहरुसंगै मनाउने पुजामा मूर्ति बनाउने जिम्मा लिएका कारणले उहाँको व्यस्तता बढेको   हो ।
लचमुमाविका विद्यार्थी अमनकुमार साह पुजाको लागि माता सरस्वतीको प्रतिमामा रंगरोगन गर्नुहुदै

पुजाको समय नजिक आईसकेपछि विहान र विद्यालयपछि फर्केपछि दौंतरीहरुसंग वडानं. ५ मा सामूहिक पुजा गर्नको लागि मूर्ति बनाउने, घाममा सुखाउने, मूर्ति सजाउनेजस्ता काम बाँकी रहेकोले व्यस्तता बढेको बताउनुभयो । उहाँले मूर्तिलाई सजाउनको लागि चाहिने सामग्रीहरुको जोरजाम गर्ने भएकोले पनि व्यस्तता बढेको जानकारी दिनुभयो ।
उहाँले आफ्ना परिवारका कोही पनि सदस्य मूर्ति बनाउने कार्यमा नलागेको बताउनुहुदै आफुले जलेश्वरको दुर्गा चोकमा हरेक वर्ष दशैंमा मूर्ति बनाउने कारिगरहरुले पुजापाठको लागि दुर्गा भगवतीको मूर्ति निर्माण गर्ने गरेको हेरेर प्रयास थालेको बताउनुभयो ।
अहिले पनि आफु मूर्ति बनाउनेमा परिपक्व नभएको बताउनुहुदै दौंतरीहरुको सहयोगमा सबै मिलेर आफै मूर्ति बनाउने, सिंगारपटार गर्ने तथा पुजापाठ गर्ने गरेको बताउनुभयो । उहाँले वर्षमा एकचोटी मात्रै यही पुजाको लागि मूर्ति बनाउने गरेकोले पनि मूर्ति बनाउन आफुमा निखार नआएको बताउनुभयो ।
उहाँले दौतरीहरु उज्जवल साह, सिद्धार्थ साह सहितका एकदर्जन साथीहरु आ–आफ्ना विद्यालयमा मात्रै नभई यहाँ सामूहिक रुपमा पुजापाठ गर्ने बताउनुहुदैं विद्यालय भन्दा यहाँ सामूहिक पुजापाठ गर्न आनन्द लाग्ने गरेको बताउनुभयो ।
मूर्ति बनाउने क्रममा दौंतरीहरुसंग सामूहिक तस्वीर खिचाउँदै

केही वर्षदेखि आफुहरु यही सामूहिक रुपमा पुजापाठ गर्ने गरेको बताउनुहुदै यसपालि पनि ५१ रुपैया चन्दा लगाएर पुजापाठ तथा भोजभतेर गर्ने उनका अर्का साथी सिद्धार्थ साहले बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरै घरको एउटा कोठामा मूर्ति बनाउने, मूर्ति सजाउने कार्य भईरहेको छ, हामी आ–आफ्ना विद्यालयमा पनि पुजा गछौं तर यहाँ गर्नुको मज्जा नै वेग्लै छ ।’
सिद्धार्थका वुवा दिपुकुमार साह तथा रेणु देवीले पनि सरस्वती पुजाको लागि बालबालिकाको उत्साह हेर्न लायक रहेको बताउनहुुदै यस्ता कार्यबाट बालबालिकामा सामूहिकताको विकास हुने भएकोले सघाईरहेको बताउनुभयो ।
अहिले जिल्लाको विभिन्न गाउँ गाउँमा समेत विद्यार्थीहरु सामूहिक रुपमा विद्यालयसहित दौंतरीहरुसंग मिलेर पुजापाठको जोरजाम शुरु गरेका छन् । सामूहिकरुपमा एकजुट भएर पुजापाठ वा अन्य कार्य गर्दा सामूहिक भावनाको विकास हुने र सकारात्मक सोचाई बढने भएकोले अभिभावकहरुले यस्तो कार्य गर्न बालबालिकाहरुलाई प्रोत्साहन दिनुपर्ने वुझाई पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाको रहेको छ । उहाँले विभिन्न कारणहरुले गर्दा अहिलेका बालबालिकाहरुले एक्लिँदै गईरहेको अवस्थामा यस्तो कार्यले यसमा सुधार ल्याउन सकिने तर्क राख्नुभयो ।

फोटो ः नागेन्द्रकुमार कर्ण÷महोत्तरी

काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का

काँग्रेसको जिल्ला अधिवेशन सोमबार नहुने पक्का
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २४ गते । नेपाली काँग्रेस महोत्तरीको आन्तरिक विवादको कारणले माघ २५ गते सोमबार हुने भनिएको १३ औं जिल्ला अधिवेशन नहुने भएको छ ।

नेपाली काँग्रेस महोत्तरीका सहायक निर्वाचन अधिकृत सुशिल यादवले पार्टी भित्रको आन्तरिक विवादको कारणले क्षेत्रिय अधिवेशन नै नभएको हुँदा जिल्ला अधिवेशन सोमबार नहुने बताउनुभयो ।

उहाँले विभिन्न गाविसमा देखिएको विवादले जिल्लाको ६ वटा क्षेत्र मध्ये ५ वटा क्षेत्रमा क्षेत्रिय अधिवेशन नभएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन नै नभएपछि जिल्ला अधिवेशन कसरी गर्ने ? वताउनुभयो । उहाँले जिल्ला अधिवेशनको मिति भने अहिले नतोकिएको जानकारी दिनुहुदै समस्या समाधान भएपछि सबैलाई जानकारी हुने गरी जिल्ला अधिवेशन गरिने बताउनुभयो ।

जिल्लाको क्षेत्रनं. १,२,३,४ र ६ मा क्षेत्रिय अधिवेशन हुन सकेको छैनन् । क्षेत्र नं. ५ मा उत्तिम यादवलाई सर्वसम्मतीले क्षेत्रिय सभापति बनाईएको छ । जिल्लाको ६८ गाविस र तिन नगरपालिकामध्ये दुईवटा नगरपालिकामा सर्वसम्मतीले समिति चयन गरिएपनि बर्दिबास नगरपालिकामा हुन सकेको छैन् ।

सहायक निर्वाचन अधिकृत यादवले बर्दिबास नगरपालिकामा सम्भवतः आज (आईतबार) साँझ सम्म परिणाम आउने वताउनुहुदै जलेश्वर नगरपालिकामा अशोक साह तथा गौशाला नगरपालिकामा विरेन्द्र चौधरी सर्वसम्मतीले चयन गरिसकिएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस महोत्तरीका सुचना अधिकारी जयकुमार चौधरीले क्षेत्रनं. ३ को सुगा, बनौली, एकरहिया, पिगौना, परिकौलीमा विवाद देखिएको जानकारी दिनुहुदै क्षेत्रिय अधिवेशन चाँडै गर्नमा नेताहरु लागिपरेको बताउनुभयो ।

उहाँले विवादित रहेका क्षेत्रहरुमा नेताहरुले सहमतीको प्रयास गरिरहेको जानकारी दिनुहुदै केही दिनभित्रै क्षेत्रिय अधिवेशन गरी जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्रनं. २ का नेपाली काँग्रेसका सभासद किरण यादवले हामीले क्षेत्रिय अधिवेशनमा प्रवेश गरिसकेको जानकारी दिनुहुदैं सहमतिको प्रयास भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आकाँक्षी धेरै छन्, कुनै साथी नछुटोस् भन्ने हेतुले सहमतिको कारण लम्बिएको हो, सोमबार सम्ममा नतिजा आउन सक्छ ।’ उहाँले सोमबार सम्म पनि सहमति नभए हामीले त्यसपछि निर्वाचन प्रक्रियामा जाने जानकारी दिनुहुदै क्षेत्रनं. २ को गाउँ ईकाईमा कुनै विवाद नरहेको बताउनुभयो ।

जिल्लाको कतिपय गाउँमा संयुक्त मधेशी मोर्चाको डरले अधिवेशन हुन सकेको छैन् भने कतिपय गाउँमा भने कागजमैं अधिवेशन गरेपछि विवाद उत्पन्न भएको हो । मोर्चाले अधिवेशन विथोल्ने निर्णय गरेपछि केही सक्रिय कार्यकर्ताहरुले मिलेमतोमा अरुलाई खबर नै नगरी कागजमैं अधिवेशन गरेपछि गाउँहरुमा विवाद उत्पन्न भएको हो ।

सहायक निर्वाचन अधिकृत यादवले अधिवेशनसम्बन्धी आएको उजुरीको छानविन भईरहेको जानकारी दिनहुदैं आईतबार साँझसम्म ति गाविसहरुमा पुनः निर्वाचन गर्ने कि नगर्ने विषयमा निर्णय गरिने बताउनुभयो ।

उहाँले जिल्ला अधिवेशन पनि मोर्चाको निर्णयको कारणले सदरमुकाममा गर्ने कि राजमार्गमा रहेको बर्दिबास नगरपालिकामा गर्ने अहिले निर्णय भई नसकेको बताउनुभयो । उहाँले प्रशासनले सुरक्षाको प्रत्याभूति दिए सदरमुकाममा गर्ने अन्यथा बर्दिबासमा गर्ने दावी गर्नुभयो ।

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, विभिन्न कार्यालयले पनि दिए सेवा

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, विभिन्न कार्यालयले पनि दिए सेवा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २३ गते । महोत्तरी जिल्लाको परिकौलीस्थित फस्ट राईफल गणद्वारा जिल्लाको धिरापुर गाविसमा शनिबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
धिरापुर गाविसको वडानं. ८ सिरसियामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा गरिएको सो स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न कार्यालयहरुले पनि आ–आफ्नो सेवा प्रदान गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा विद्यार्थीहरुलाई काँपी, सिसाकलम, इरेजर लगायतका सामग्रीहरु वितरण गर्नुहुदैं ।

परिकौलीमा रहेको फस्ट राईफल गणका गणपति युवधिरमान सिंह अधिकारीले नेपाली सेनाको नियमित रुटिन वर्क अनुसार नै जनता र सेनाको बीचमा सम्बन्ध स्थापित गर्नको लागि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले शिविरमा पुरुष भन्दा महिलाको उपस्थिती ज्यादै देखिएको प्रति खुशी व्यक्त गर्नुहुदै गाउँघरमा स्वास्थ्यको समस्या जटिल रहेको दावी गर्नुभयो ।
उहाँले नेपाली सेनाकै नेतृत्वमा स्वास्थ्य शिविर आयोजना भएपनि प्रशासन कार्यालयको समन्वयमा विभिन्न कार्यालयहरुले पनि आ–आफ्नो सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
सो स्वास्थ्य शिविरमा गाईनो, आँखा, हाडजोर्नी सहित जेनरल स्वास्थ्य जाँचको व्यवस्था गरिएको थियो । जिल्ला जनस्वास्थ्यका चिकित्सक, सेनाका चिकित्सक, आँखा अस्पतालका चिकित्सकहरुले सो शिविरमा सेवा प्रदान गर्नुभएको थियो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको गणपति अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थय शिविरमा जचाँउनका लागि आएका स्थानीयहरु लाममा

सोही शिविरमा उपस्थित हुनुभएका सिन्धुली स्थित गणका सहायक वाहिनीपती हरेन्द्र पाठकले अहिले गाउँघरमा राज्यको उपस्थिती न्यून देखिएको तथा स्वास्थ्यको पहुँच भन्दा ग्रामिण भेगका जनताहरु टाढा रहेको मध्यनजर गर्दै गाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरकै क्रममा फस्ट राईफल गणले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई काँपी, सिसाकलम, इरेजर लगायतका सामग्री वितरण गर्नुका साथै विद्यालयलाई तिनवटा फुटबल प्रदान गरेका थिए । सो सामग्री सहायक वाहिनीपति हरेन्द्र पाठक, गणपति युवधिरमान सिंह अधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापा लगायतकाले वितरण गर्नुभएको थियो ।
स्वास्थ्य शिविरकै क्रममा जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलन, जिल्ला कृषि विकास कार्यालयले विभिन्न तरकारीहरुको विउ वितरण तथा गाविस सचिव राजेशकुमार शर्माले पनि स्थानीयबासीहरुलाई सेवा प्रदान गर्नुभएको थियो ।
विगत ६ महिनादेखिको वन्दले सरकारी कार्यालयहरुले सेवा बन्द गरेको अवस्थामा गाउँमै पुगेर सेवा दिनुले गाउँलेहरु उत्साहित भएका थिए ।

ग्याँस र पेट्रोलमा कालाबजारी शुरु

ग्याँस र पेट्रोलमा कालाबजारी शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २० गते । लामो बन्दको कारणले ग्याँस र पेट्रोलियम पदार्थ पाउन नसकेका महोत्तरीबासीहरु अहिले खुलेपछि पनि ति सामग्रीहरु पाउन सकेका छैनन् । व्यापारीहरुले पसलमा आएका ग्याँस तथा पेट्रोलियम पदार्थ नरहेको भन्दै कालोबजारी गर्ने गरेको स्थानीयहरुको गुनासो छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरसहित विभिन्न बजारहरुमा यि सामग्रीहरुको आयात भएपनि पसलेहरुले कालोबजारी गर्नको लागि नभएको भन्दै आएका छन् । दुई दिन अगाडी मात्रै महोत्तरीमा करिब एकदर्जन डिजल, पेट्रोल बोकेको ट्याँकरहरु भारतीय भिठामोड भन्सार हुँदै जलेश्वर आएका थिए ।

जलेश्वर नगरपालिका वडानं. ५ का स्थायी वासिन्दा तथा उद्योग वाणिज्य संघ जलेश्वरका प्रथम उपाध्यक्ष दिपुकुमार साहले पेट्रोलियम पदार्थ तथा ग्याँसमा अहिले कालोबजारी शुरु भएको जानकारी दिनुभयो ।

उहाँले कालोवजारी गर्ने व्यापारीहरुलाई प्रशासनले अनुगमन गरी कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । यद्यपी उहाँले प्रशासनकै मिलेमतोमा कालोबजारी भइरहेको आरोप समेत लगाउनुभयो ।

करिब ५ महिना भन्दा बढी समयदेखि वन्द रहँदै आएको कारण ग्याँस पाउन नसकेका उपभोक्ताहरु मध्ये केहीले वुधबार ग्याँस पाएको ग्याँस व्यवसायीहरु बताउँछन् । तर, उनीहरुले क–कसले ग्याँस पाए भन्ने खोलेका छैनन् ।

वुधबार जलेश्वरमा ६०, मटिहानीमा दुईसय १०, सरपल्लोमा ५० र वहेडामा ६० सिलिण्डर कामाख्याँ कम्पनीको ग्यास वितरणको लागि ल्याइएको र वितरण समेत भईसकेको पसलेले जनाएका छन् ।

कामाख्या कम्पनीका डिलर रहेका जलेश्वर स्थित अंशु किराना पसलका प्रबन्धकले करिब तिन सय भन्दा बढी आफ्नो ग्याँस कम्पनीको ग्राहक रहेको जानकारी दिनुहुदै ग्याँस कममात्रामा आएको र वितरण पनि गरिएको बताउनुभयो । उहाँले आफ्नो कम्पनी बाहेकका अरुलाई ग्याँस दिन नसकिने बताउनुहुदै कालोबजारी गरिएको आरोपको खण्डन गर्नुभयो ।

लामो अवधी पश्चात आएको ग्याँस वितरण गर्ने वेला प्रशासनको उपस्थिति नहुनाले समेत ग्याँस वितरण प्रकृया पारदर्शी हुन नसकेकोले व्यापारीहरुले आफुखुशी बाँडेको ग्याँस लिन आएपनि रित्तो हात फर्केका उपभोक्ताहरुको गुनासो छ ।

मटिहानीमा नारायणी कम्पनीका ग्याँस डिलर रहेका एक व्यापारीलाई कामाख्या कम्पनीको ग्याँस दिईनुले पनि कालोबजारीलाई नै बढावा दिइएको हुन सक्ने अड्कल स्थानीयहरुको रहेको छ ।

स्थानीयबासीहरुले जनजीवन सामान्य हुन थालेपनि ग्याँस र पेट्रोलियम पदार्थमा कालोबजारी हुनु राम्रो नभएको भन्दै प्रशासनलाई अनुगमन गर्न आग्रह गरेको छ ।

Saturday, February 6, 2016

सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै

सरकारी कार्यालयहरु खुल्न सकेनन्, करोडौं राजश्व गुम्दै
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २३ गते । संयुक्त मधेशी मोर्चाको वन्द पश्चात महोत्तरीको जनजीवन सामान्य हुन थालेपनि राजश्व उठाउने मुख्य सरकारी कार्यालयहरु अहिले पनि खुल्न सकेका छैनन् ।
जिल्लाको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश सरकारी कार्यालयहरु मोर्चाको वन्दले भदौं महिनादेखि नै पूर्णतः बन्द छन् । अहिले सदरमुकाम जलेश्वरको बजार, यातायात, राष्ट्रिय वाणिज्य बैंक सहितका कार्यालयहरु सुचारु भएपनि आधा दर्जन भन्दा बढी कार्यालयहरु अहिलेसम्म बन्द रहेका छन् ।
सदरमुकाम जलेश्वरमा रहेका मालपोत कार्यालय, नापी शाखा कार्यालय, भूमिसुधार कार्यालय, शिक्षा कार्यालय, जिल्ला विकास समिति, महिला विकास कार्यालय लगायतका विभिन्न कार्यालयहरु अहिलेसम्म खुल्न सकेका छैनन् । कार्यालयका कर्मचारीहरु बन्द फिर्ता नभएसम्म कार्यालय खोल्न नसकिने प्रतिक्रिया दिएका छन् ।
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले वन्दको क्रममा जिविस, शिक्षा कार्यालय, महिला विकास कार्यालय लगायतमा तोडफोड गरेका कारणले कर्मचारीहरु कार्यालय खोल्न डराईरहेका छन् ।
वार्षिक करोडौं रुपैया राजश्व उठाउने यी सरकारी कार्यालयहरु विगत छ महिनादेखि बन्द भएपछि सरकारलाई करोडौं राजश्व गुम्दै गएको छ भने स्थानीय जनताहरुको काम पनि पूर्णतः ठप्प छ ।
मालपोत कार्यालय महोत्तरीका निमित्त प्रमुख सुरेन्द्र लाल कर्णले हामीले वार्षिक ५ करोड राजश्व उठाउने लक्ष्य लिएको जानकारी दिनुहुदै भदौ महिनादेखि नै पूर्ण रुपमा कार्यालय बन्द भएका कारणले राजश्व संकलनमा समस्या भएको जानकारी दिनुभयो । उहाँले कार्यालय तथा कर्मचारीको सुरक्षा नभएको कारणले कार्यालय खोल्न नसकिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यस कार्यालयमा दैनिक ३५ देखि ४० लाखसम्मको राजश्व उठने गरेको थियो तर अहिले वन्दले सबै ठप्प छ ।’ दैनिक आएर हाजिरी गर्नु तथा जिल्ला तथा पूनरावेदन अदालतले जग्गा रोक्का र फुकुवा गर्ने गरेको आदेश वाहेकका राजश्व उठाउने सम्बन्धी सबै काम ठप्प रहेको उहाँको कथन थियो ।
मालपोत बन्दले जग्गा रजिष्ट्रेशन पास, अंशवण्डा, छोडपत्र, जग्गा दर्ता फारी, व्यक्तिगत दृष्टिवन्धक, बैंक दृष्टिबन्धक, ठाडो रोक्का, नामसारीसहित विभिन्न किसिमका लिखतका कार्यहरुले राजश्व उठने गरेको थियो । उहाँले हामीले उठाएका राजश्वहरु मध्ये तोकिएको निश्चित प्रतिशत जिल्ला विकास समिति, नगरपालिकालाई दिने गरेकाले राजश्व न्यून उठेपछि ति कार्यालयहरुले गर्ने विकासमा समेत प्रभाव पार्ने वताउनुभयो ।
त्यसैगरी जिल्ला नापी कार्यालयका निमित्त कार्यालय प्रमुख कमलेश लालले आन्दोलन फिर्ता नभएको कारणले कार्यालय नखोलिएको वताउनुहुदै कहिल्ये कार्यालय खुल्ने हो ठेगान नभएको वताउनुभयो । उहाँले नक्सा बनाउने कार्यबाट मात्रै दैनिक १५ देखि २० हजार राजश्व आउने कार्यालयमा ६ महिनादेखिको वन्दले सबै ठप्प रहेको बताउनुभयो । कार्यालय बन्द हुदाँ नक्सासहित फ्लट बुक, फिल्ड बुक, कित्ताकाट लगायतका कार्यहरु बन्द रहेको उहाँको कथन थियो ।
भदौ महिनादेखि नै बन्द भएका कारणले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका अधिकाँश कार्यालयका दैनिक कामकाज प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाहेक कुनै पनि सरकारी कार्यालयहरु बन्दमा खुल्न सकेनन् । राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाले भने विभिन्न पर्व, त्योहारको अवसर पारेर आफ्ना सेवाहरु दिईरहे पनि पुनः पर्वत्योहार सकेपछि बन्द हुने गरेको थियो ।
जिल्ला विकास समिति पनि पूर्णतः छ महिनादेखि बन्द भएपछि विकास, निर्माणको काममा पछाडी परेको छ । कतिपय वजेटहरु फ्रिज हुने अवस्था रहेको कर्मचारीहरु बताउँछन् ।
    कार्यालयहरु कहिल्यैदेखि खुल्ने भन्ने विषयमा निमित्त प्रमुख जिल्ला अधिकारी किरण थापाले सरकारी कार्यालयहरु खुलेकै दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि कार्यालयहरु बन्द छैनन्, सेवाग्राही कार्यालयमा सेवा लिन नआएको हो ।’
    यसैगरी संयुक्त मधेशी मोर्चाका एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरीका युवा नेता सुशिल राउतले मोर्चाले वन्द फिर्ता नलिएको जानकारी दिनुहुदै सरकारी कार्यालयमा रहेको अवरोध जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालको लागि केही सहज भएपनि आफुहरुको हडताल जारी नै छ, सरकारी कार्यालय खोल्न दिने निर्णय भएको छैन् ।’