सामुदायिक रेडियोमा महिला
यशोदा अधिकारी,
विश्वमा सन् १९४० को दशकमा ल्याटिन अमेरिकाबाट सामुदायिक रेडियोको अवधारणा आएको हो । सामाजिक अन्याय र गरिबीका आवाज शुरुमा सामुदायिक रेडियोबाटै उठान गरिएको थियो । सन् १९४७ मा बोलिभियाबाट माइनर्स रेडियो प्रसारणमा आयो । यो नै सामुदायिक रेडियोको विश्व इतिहासमा पहिलो प्रसारण हो । पछि कोलम्बिया हुँदै सामुदायिक रेडियोले विश्वबजार लिइसकेको छ । नेपालको सन्दर्भमा सामुदायिक रेडियोको कुरा गर्दा वि.सं. २०५४ सालमा दÔिण एसियामै पहिलो सामुदायिक रेडियोका रूपमा स्थापित रेडियो सगरमाथा हो भने यसको शुरुवातको केही समयपछि सामुदायिक रेडियो क्रमशः स्थापना हुन थालेका हुन् ।
स्थानीय बासिन्दाको हृदयको अति नै नजिक तर पहुँचका हिसाबले अत्यन्त टाढा रहेका अनेकौं अवसर दैनिक जीवनमा सम्भव तुल्याइदिने प्रयत्न सामुदायिक रेडियोले गर्छ । सरकारी, गैरसरकारी संस्था, सहकारी, गुठी, फाउन्डेशन, शिक्षालयजस्ता संस्थाहरूमा सामुदायिक रेडियोको स्वामित्व रहने गर्छ । समुदायका मानिसले कुनै संगठित समूह, निकाय वा संघ–संस्थाका माध्यमबाट सञ्चालन हुने यस प्रकारको रेडियोले सबै क्षेत्र वर्ग, लिंग र जातिलाई समेट्नु कम चुनौतीपूर्ण छैन । यो रेडियो नाफामुखी हँुदैन । अझ भन्नुपर्दा समुदायमा, समुदायका लागि, समुदायबारे र समुदायद्वारा सञ्चालित रेडियो सामुदायिक रेडियो हो । यसले समुदायका हित र भलाइका लागि कार्यक्रम प्रसारण गर्ने गर्छ । जनसहभागिताका लागि अति नै अनौपचारिक रूपमा यस्ता रेडियो सञ्चालनमा आउँछन् । नेपालमा पनि यस्ता सामुदायिक रेडियो संख्या क्रमशः बढिरहेको छ । सञ्चार मन्त्रालयको तथ्यांकअनुसार अहिले करिब चार सय रेडियोले प्रसारण अनुमति लिएका छन् । त्यसमध्ये सामुदायिक रेडियोको संख्या दुई सय १० पुगेको छ । हालसम्म मनाङ जिल्लाबाहेक नेपालका ७४ वटै जिल्लामा सामुदायिक रेडियो स्थापना भइसकेका छन् ।
पछिल्लो समय एफएम रेडियोको संख्या जसरी बढ्दै गएका छन् त्यसरी नै रेडियोमा पत्रकार महिलाको उपस्थिति पनि बढ्दै गएकोे छ । पत्रकार महिलाको साझा संस्था सञ्चारिका समूहका अनुसार देशभरिमा क्रियाशील पत्रकार महिलाको संख्या एक हजार दुई सय पुगेको छ । तीमध्ये आधाभन्दा बढी रेडियोमै कार्यरत रहेको पाइन्छ । सामुदायिक रेडियोका रूपमा स्थापित दक्षिण एसियाकै पहिलो रेडियो, रेडियो सगरमाथामा पनि पत्रकार महिला संख्या प्रशस्तै छ ।
नेपालमा वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएको एक वर्षपछि साधना प्रधान र कामाक्षदेवीको सम्पादनमा प्रकाशित नेपाली भाषाको मासिक पत्रिका “महिला”बाट शुरु भएको नेपाली सञ्चारमाध्यममा महिला भन्ने विषयले आधा शताब्दी पार गरिसकेको छ । यति लामो इतिहास पार गर्दा नेपाली सञ्चारमाध्यम जसरी बढ्दै गयो, त्यसरी नै पत्रकार पनि बढ्दै जानेक्रममा महिला पनि पत्रकारिताका अब्बल दर्जामा पुगेका छन् तर पनि त्यति मात्रै पर्याप्त भने छैन । पछिल्लो समयमा रेडियोमा पत्रकारका रूपमा महिलाले निकै ठूलो उपस्थिति जनाएका छन् । त्यसमा पनि समुदायको पहलमा सञ्चालित सामुदायिक रेडियोमा महिला पत्रकारको सहभागिता छापामाध्यमको तुलनामा बढी नै देखिए पनि पछिल्लो परिवर्तनले ल्याएको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको प्रश्न सञ्चारमाध्यममा आज पनि उठ्ने गरेको छ । राज्यले अवलम्बन गरेको नीतिको पालना राज्यले नै गरेको छैन । हो त्यस्तै अवस्था छ, सामुदायिक रेडियोमा महिला सहभागिताको पनि । अहिले सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ
(अकोराब)को तथ्यांकमा सामुदायिक रेडियो संख्या अहिलेसम्म दुई सय १० पुगेको छ । कैयन रेडियो त महिला आफंैले सञ्चालनसमेत गरेका छन् । त्यसो भनेर महिलाको उपस्थिति पर्याप्त भने रहेको मान्न सकिंदैन ।
नेपालमा पहिलोपटक महिलाबाट मात्र सञ्चालित रेडियो विराटनगरमा रहेको रेडियो पूर्वाञ्चल एफएम हो । क्रियाशील पत्रकार महिलाले सञ्चालन गरेको यो सामुदायिक रेडियोले पत्रकार महिलामा उत्साह थपेको देखिन्छ । त्यसपछि मात्रै महिलाले मात्र रेडियो सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । हालसम्म महिलाबाट मात्र सञ्चालित सामुदायिक रेडियो संख्या पा“च पुगेको छ । रेडियो पूर्वाञ्चल (विराटनगर), रेडियो मुक्ति
(बुटवल), रेडियो दिदीबहिनी (पर्वत), रेडियो उदयपुर (उदयपुर) र जुम्लाको रेडियो नारी आवाज हो । त्यस्तै रेडियोको निर्णायक तहमा महिला पर्याप्त नभए पनि महिला प्रमुख भएको रेडियो संख्या पनि बढ्दै गएको छ । रेडियो लुम्बिनी (रूपन्देही), रेडियो गुर्बाबा (बर्दिया), रेडियो म्याग्दी (म्याग्दी), फूलबारी एफएम (सिरहा), रेडियो जनकपुर (धनुÈा), रेडियो मध्यपूर्व (काभ्रेपलान्चोक), रेडियो मध्यपश्चिम (दाङ), रेडियो मस्र्याङ्दी (लमजुङ), रेडियो कर्णाली (जुम्ला), रेडियो सुनगाभा (महोत्तरी), रेडियो लोकतन्त्र (धादिङ) जुम्लाको रेडियो नारी आवाजलगायतका रेडियोमा महिलाले नेतृत्व गरेका छन् तर दुई सयभन्दा बढी भएको सामुदायिक रेडियोमा निर्णायक तहमा यो संख्या निकै न्यून हो । नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथामा पनि ३३ प्रतिशत महिला सहभागिता रहेको छैन ।
सन् २००१ मा युनेस्कोले प्रकाशित गरेको सामुदायिक रेडियो हाते किताबमा इयान प्रिंगलले रेडियो सगरमाथा ः नेपालको अनुभव शीर्षकमा लेखेअनुसार रेडियो सगरमाथामा संस्थाभित्र महिलाको क्षमता आत्मविश्वास बढाउनु, महिलालाई अवसर प्रदान गर्नु र प्रसारणको माध्यमले महिलाको भूमिकाबारे सोचाइ बदल्न महŒवपूर्ण काम गर्ने अनौपचारिक नीति रहेको थियो । त्यहाँ कार्यक्रम उत्पादन गर्ने महिला पाँच भागमा एक भाग मात्रै रहेको उल्लेख गरिएको छ । एक दशकपछि अहिले रेडियो सगरमाथामा महिला नै बढी कार्यरत रहेका छन् तर सामुदायिक रेडियोको मुख्य नेतृत्व प्रतिशतमा हेर्ने हो भने ७ प्रतिशतमा रहेको देखिन्छ । प्रत्येक रेडियोको बोर्डमा पनि महिलाको अनिवार्य सहभागिता छैन । अकोराब बोर्ड सदस्य निमेष कर्णका अनुसार लैंगिक तथा समावेशीको अवस्थाबारे अकोराबले केही महिनाअघि विभिन्न रेडियोमा अध्ययन गरेको थियो । अध्ययनअनुसार रेडियोमा साधारण सदस्यमा २३ प्रतिशत र कर्मचारीमा ४० प्रतिशत महिला रहेका थिए । महिलाका सवालका विÈयवस्तुलाई रेडियोले दिएको छ ? भनेर अकोराबले अध्ययन गरेअनुसार रेडियो कार्यक्रमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी संवेदनशीलता देखिन थालेको निष्कर्È निकालेको छ । रेडियोमा महिला लÔित कार्यक्रमहरूले जम्मा प्रसारण समयको २ प्रतिशतभन्दा कम समय मात्र पाएको पनि अध्ययन प्रतिवेदनले देखाएको छ । त्यसमध्ये पनि धेरैजसो कार्यक्रम दातृनिकायबाट प्रायोजित भएका देखिएका थिए भने महिला तथा पिछडिएको वर्गलाई रेडियो कार्यक्रममा स्थान दिने कुनै विशेÈ व्यवस्था रेडियोले नगरेको पाइएको थियो तर कार्यक्रम निर्माताको स्वविवेकका आधारमा स्थान दिने गरेको पाइयो भनेर अकोराबले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपालको सामुदायिक रेडियोको प्रभाव दÔिण एसियाली मुलुकहरूमा अग्रणी स्थानमा छ । स्थानीयस्तरमा, खासगरी महिला सवाललाई उठान र स्थापित गराउ“दै जनचेतनामूलक संस्थाको जस्तो काम पनि नेपालको सामुदायिक रेडियोले गरिरहेका छन् । समुदायको हित, उत्थान र विकास गर्नु सामुदायिक रेडियोको अवधारणा हो । त्यसैअनुसार रेडियोमा समान र समावेशी सहभागितामूलक जनशक्ति हुनुपर्छ । रेडियोले प्रसारण गर्ने विÈयवस्तु पनि त्यस्तै हुनु जरुरी छ । समुदायमा, समुदायका लागि, समुदायबारे र समुदायद्वारा सञ्चालित रेडियो सामुदायिक रेडियोको परिभाषा हो । समुदायमा पुरुषभन्दा महिला संख्या बढी भएकाले यस्ता रेडियोले उठान गर्ने विषय र यस्ता रेडियोमा सहभागी महिला बढी नै हुनु सान्दर्भिक देखिन्छ ।