विद्यालयमा सरस्वती पुजा भएन

विद्यालयमा सरस्वती पुजा भएन
नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । विद्याकी देवी सरस्वतीको पुजा शुक्रबार धुमधामका साथ मनाइए पनि महोत्तरी जिल्लाको सम्सी स्थित एक विद्यालयमा सरस्वतीपुजाको आयोजना नगरिएको जनाइएको छ ।
विद्याकी अधिष्ठात्री देवीकी रुपमा चिनिएकी सरस्वतीको पुजापाठ जिल्लाको सम्सी स्थित प्राथमिक विद्यालय सम्सीमा नगरिएको स्थानीयबासीहरुले फोन सम्पर्क गरी बताएका छन् । सम्सी ५ मा रहेको सो विद्यालयका प्रधानाध्यापक भद्रकाली यादव विद्यालयमा पुजापाठ गर्नुको साटो विद्यालय बन्द हिडेपछि सो विद्यालयमा पुजापाठ नगरिएको बताइएको छ । पुजापाठ नगरिएपछि विद्यार्थी र अभिभावकहरु आक्रोशित समेत बनेका छन् ।
सदरमुकाम जलेश्वरदेखि करिब २० किलोमिटर पश्चिममा पर्ने सम्सी प्राथमिक विद्यालयका प्रधानाध्यापक यादव सहित अन्यलाई सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन् ।
सरस्वतीको पुजोपासना गर्दा सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकोले विद्यार्थीहरुको लागि सरस्वती पुजाको ठुलो महत्व रहेको छ ।