छोरीको हत्या आरोपमा बाबु पक्राउ, आरोपितद्वारा प्रहरीले फसाएको आरोप
NAGENDRA KUMAR KARNA
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ९ गते । महोत्तरी जिल्लाको बगडामा आफ्नै नौ बर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु नथुनी सदा मुसहरलाई प्रहरीले पक्राउ गरेको छ । तर पत्रकारहरुको सामु उनले ति आरोप अस्विकार गर्दे प्रहरीले फसाएको आरोप लगाएको छ ।
जिल्लाको बगडा गाबिस ९ का २७ बर्षीया मुसहर सदाले धान बिक्री गर्न मागेकी आफ्नी ९ बर्षीया छोरी सन्तलाकुमारी सदालाई नदिँएपछि भएको भनाभनको क्रममा कुट्दा उनको मृत्यु भएको अभियुक्त सदाले प्रहरी समक्ष स्विकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक पवनप्रसाद खरेलले जानकारी दिनुभयो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपरिक्षक खरेलले सदाले देब्रे कन्चटमा हानेको थप्पडले बेहोस भएपछि खेतमा फालेको कारण छोरी सन्तलाको मृत्यु भएको बयान दिएको जानकारी दिनुभयो ।
तर सोही पत्रकार सम्मेलनमा अभियुक्त मुसहरले आफुलाई झुठो मुद्दा बनाएर फसाएको संचारकर्मीहरुसमक्ष बताउनुभयो । उहाँले गएको मंसिर २८ गते राती हराएको छोरी भोली मृत अवस्थामा भेटिएपछि घटनाको छानविन गर्न पटक पटक दवाव दिएको कारण आफुलाई नै फसाएको बताउनुभएका थिए । सदाले पत्रकारहरु समझ आफुलाई लोहारपट्टीका सइले यस्तो भनेनौं भने कुटपिट गर्छु भन्दै धम्की दिएपछि आफुले त्यस्तो बयान दिएको बताउनुभयो । आफ्नै छोरीलाई मैले किन मार्नुप¥यो ? मेरो छोरीलाई कसले मार्यो ? आफुलाई थाहा नभएको उहाँले बताउनुभयो ।
अधिकारवादीहरुले सो घटनाको दुइ महिना पछि गत हप्ता बगडाका नौ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएपनि प्रहरी प्रशासन मौन रहेको भन्दै अंचल प्रहरी कार्यालय जनकपुर अगाडि प्रदर्शन गरेपछि महोत्तरीका सुरक्षा निकाय यस घटनाप्रति चाँसो देखाएको थियो । तर प्रहरी उपरिक्षक खरेलले त्यस्तो आरोप निराधार भई आफुहरुले शुरु देखि नै निगरानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालिकालाई बलात्कार पछि हत्या भएको भन्नेकुरामा सत्यता छैन् र हामीले ति घटनामा शुरु देखि नै अनुसन्धान गरिरहेको बताउनुभयो ।
सो पत्रकारसम्मेलन पश्चात जिल्ला प्रहरी कार्यालयकै परिसरमा भेट्नुभएका लोहारपट्टी इलाका प्रहरी कार्यालयका सइ पदमबहादुर श्रेष्ठले आफुले अभियुक्त कुनै डर, धाक नदेखाएको बताउनुहुदै अनुसन्धान पश्चात उनलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीको नियमित बैठकमा सहभागि हुन आउनुभएका श्रेष्ठले बालिकाको मृत्यु चिसोले भएको पोष्टमार्टम रिपोर्टमा देखाएको र उनको बलात्कार पश्चात हत्या भएको समाचार गलत रहेको दावी गर्नुभयो ।
सदामाथि मुलुकी ऐनको ज्यान सम्बन्धि महल अनुसार अनुसंधानका लागि जिल्ला अदालत महोत्तरीको आदेशमा हिरासतमा राखिएको छ । प्रहरी उपरिक्षक खरेलले अहिलेसम्मको अनुसंधानबाट बालिकामाथि बलात्कार नभएको तथा बाबुले हत्या गर्ने मनसायले नै छोरीमाथि थप्पड नहानेको बताउनुभयो ।