महोत्तरीमा बलात्कारका घटनामा वृद्धि,
संचारिका लेखमालामा प्रकाशित
नागेन्द्रकुमार कर्ण
महोत्तरी जिल्लाको पश्चिमीवर्ती तथा उत्तरवर्तीक्षेत्रहरुमा वलात्कारका घटनाहरु विस्तारै विस्तारै बढदै गएपनि सम्बन्धित निकायहरुले यसतर्फ खासै ध्यान नदिएको आरोप स्थानीयहरुले लगाएका छन् ।
यी घटनाहरुमा पिडकले पिडितहरुलाई बलात्कारका साथसाथै भिडियो क्लिपहरु समेत खिचेर मानसिक तथा शारिरीक यातना दिने गरेको पाइएको छ । यस्ता घटनाका पिडकहरु गाउँघरमा आर्थिक तथा सामाजिकरुपले सम्पन्न भएका कारणले पिडितहरुले यस्ता घटनामा न्याय नपाउने र पिडकहरु आफुखुशी गर्न पाएको आरोप स्थानीयहरुको रहेको छ । यस्ता घटनामा समाजले पनि एकतर्फी रुपमा पिडकपक्षको दवावमा आएर निर्णय गर्न थालेपछि पनि यस्ता घटना बढेको हो ।
यस्तै घटना पछिल्लो समयमा महोत्तरीको खुट्टापिपराढीमा घटेको छ । खुट्टापिपराढी ५ बस्ने १८ बर्षीया फतमा खातुन (परिवर्तित नाम) लाई सोही ठाउँ निवासी ४ जना युवक मध्येबाट केहीले बलात्कार गरेको र केहीले भिडियो क्लीप बनाएको थियो । खुट्टापिपराढी ५ बस्ने वर्ष २५ का हजरत कवारी, वर्ष २३ का दिल मोहम्मद कवारी, वर्ष २३ का दाउद कवारी र वर्ष २४ का कलमुद्यीन कवारीले आषाढ २९ गतेका दिन बिहान ११ बजेको समयमा खातुनलाई घर नजिकैको ह्याण्ड पाइपमा पानी ल्याउन गएको बेला चौतर्फी घेरेर स्थानिय जमाहिर कवारीको निर्माणाधिन शौचालयमा लगि जबरजस्ती करनी गरेको र त्यसको भिडियो क्लीप समेत बनाएको आरोप पीडितपक्षले लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा यस घटना सम्बन्धी जाहेरी पीडित पक्षले साउन ७ गते नै गराएकी थिइन भने जिल्ला अदालतले समेत यस घटनाका दोषीहरुलाई पक्राउ पूँजी जारी गरिसकेपनि तिनिहरु अहिले सम्म फरार रहेको छ । उनीहरुलाई जवरजस्ती करणी मुद्दा अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
स्थानीयहरुले पिडकहरु यो भन्दा अगाडी पनि गाउँमा यस्तै तिन चारवटा घटना गराइसकेको भएपनि ठुलावडा भएका कारण उनीहरु अहिले सम्म उनीहरुमाथि कारवाही नभएको बताए । एक स्थानीयले पिडित युवतीको वुवा अहिले विदेशमा रहेको र घरमा आमासंग एक्लै बस्दै आएको बेलामा म लगायतकाहरुले उनीहरुको सहयोग गरेको पिडकहरुले थाहा पायो भने हामीलाई समेत मार्ने भएकोले नाम नलेखिदिन आग्रह गरे । ति स्थानीयले पिडक चारै जना युवक भारतमा बस्ने गरेको र त्यहाँ उनीहरुले यस्तै सिडिहरु निकाली बेच्ने गरेको बताउदै उनीहरुको घरमा छापामारी गर्ने हो भने सत्यतथ्य आफै बाहिर आउने बताए । अहिले पिडकहरुले पिडितलाई गाउँमै मिल्न धम्की समेत दिने गरेको बताए ।
महोत्तरीको पश्चिमी र उत्तरवर्ती क्षेत्रहरुमा अहिले बलात्कारको कारण सर्वसाधारण त्रसित बन्दै गएका छन् तर पनि स्थानीय प्रशासनले केही गर्न सकेको छैन् ।
केही महिना अगाडी मात्रै एक सातामा रामनगर र बेलगाछिमा एक युवतिलाई भारत बेच्न लैजादै गर्दा पक्राउ, अर्का दुई युवती माथि बलात्कारको प्रयास भएको थियो ।
रामनगरमा घास काटन गएको बेला १४ वर्षीय युवतीलाई स्थानिय ५ जना युवाहरुले जबर्जस्ती गरेको थियो । उनिहरुलाई कारवाहि नगरी सामाजिक दण्ड गरिएको थियो । सामाजिक दण्ड गरिएको भोलिपल्टै आइतबार राती बेलगाछिकी १३ वर्षीय अन्जु महतो लाई घरमा सुती रहेको बेला उखु घारीमा लगेर बलात्कारको प्रयास गरिएको थियो । त्यत्ति मात्रैले बलात्कारीलाई चित्त नबुझेपछि उनको हत्याको प्रयास नै गरिएको थियो ।
महोत्तरीको गौशाला आसपासका बरेरवा, बटौवा, बेलगाछि, रामनगर, मगरथाना, निगौल र रामगोपालपुर लगायतका गाउमा बलात्कारको घटना पटक पटक घटेपनि समाजको एकतर्फी सजायमै सिमित भएको छ ।
व्यापारीक केन्द्र गौशाला बजारमै युवतीको अर्धनगन क्लिप खिचेर मोवाइल पसल मार्फत बजारमा बाँडने घटना समेत एक पछि अर्को हुने क्रम बढेको छ । गाउ समाजको प्रतिष्ठा र जातियताको नाउँमा राजनीतिकदलहरुले नै प्रहरीलाई मुद्दा नलिन दवाव दिने तथा अपराधीलाई उम्काउने गरेको भेटिएको छ । महिलामाथि हुने हिंसा सम्बन्धि मात्र नभई जुनसुकै उजुरी दर्ता गराउन राजनीतिक दलका नेताहरुले पीडित र पीडकको पक्षमा विभिन्न खेमा बनाई वकालत गर्दा अधिकांश घटनाको छानविन प्रक्रिया नै ओझेलमा पर्ने गरेको देखिन्छ र यसले दण्डहिनता बढाएको आरोप बुद्धिजीवीहरुको रहेको छ । मानवअधिकारकर्मी मदनकुमार झाले राजनीतिकदलहरुको दवावमा सुरक्षानिकायले कारवाही नगर्दा दण्डहिनता मौलाएको बताउनुभयो । उहाँले पिडितपक्षहरुको सुनुवाई गर्ने कुनै निकाय तदारुकता देखाएको भेटिदैन् ।
सम्सीमा मात्रै साउन महिनामा एक दलित महिलालाई गरिएको बलात्कारमा पिडितको निवेदन लिन प्रहरीले अस्विकार गरेको थियो । धेरै दवाव पछि प्रहरीले उनको निवेदन स्विकार गरेपनि अहिले सम्म पिडकमाथि कुनै कारवाही भएको देखिदैंन् ।
मुलुकी ऐन जवरजस्ती करणीको ३ नं. महलले वलात्कारलाई जघन्य अपराध मानि कसुर अनुसारको सजाय तोकेको छ । सो महलले दशवर्ष भन्दा मूनिका बालिकालाई बलात्कार गरेको ठहर भएमा १० वर्षदेखि १५ वर्ष सम्म कैद, १० वर्ष वा सो भन्दा माथि १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेमा सातवर्षदेखि १० वर्ष सजाय तथा १६ वर्ष वा सो भन्दा माथिको महिलालाई बलात्कार भए पाँच वर्ष देखि ७ वर्ष सम्म कैद सजाय रहेको अधिवक्ता विकरु यादवले जानकारी दिनुभयो । अधिवक्ता यादवले अप्राकृतिक मैथुन गराएमा टोटल सजायमा १ वर्ष थप गरी सजायका साथसाथै क्षतिपूर्तिको व्यवस्था समेत गरिएको बताउनुभयो । करणी गरेको उद्योग गरेमा आधा सजाय हुने व्यवस्था रहेको छ । त्यसैगरी अशक्त महिलालाई करणी गरेमा महलको ४ नंं. अनुसार जानीजानी थाहा पाएर करणी गर्न जानेलाई जनही ३ वर्ष कैद तथा पिडित स्रोह वर्ष भन्दा मुनिको भए दोब्बर सजाय हुने बताउनुभयो ।
कानुनमा रहेको ३५ दिनको हदम्याद अपर्याप्त तथा कानुनको लामो प्रकृयाले पिडितलाई न्यायमा बाधक बनेको बताउनुहुदै अधिवक्ता यादवले समयानुकुल कानुनलाई संशोधन गरि लान जरुरी रहेको बताउनुभयो ।