प्रहरी र प्रर्दशनकारी बीच झडप एक दर्जन घाईते
जलेश्वर, फागुन ५ गते । जलेश्वर–मटिहानी सडकखण्डको सुगामा शुक्रबार बसको ठक्करले मारेको भन्दै स्थानीयहरुले शनिबार जलेश्वरमा प्रर्दशन गरेका छन् ।स्थानीयहरुले धनुषाको तुल्सीयाहीबाट नै नाराजुलुस प्रर्दशन गर्दे जलेश्वरमा आएर सदरमुकाम जलेश्वर बन्द गराउनुका साथै प्रर्दशन गरेका थिए । वन्द र प्रर्दशनको क्रममा प्रहरी र प्रर्दशनकारी बीच जलेश्वरको विभिन्न ठाउँमा झडप हुँदा प्रहरीको लाठीचार्जबाट एक दर्जन घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । तुल्सीयाही ८ बस्ने वर्ष २४ का अर्जुन पंजियारको टाउको फुटेको छ भने अधिकाँशको जिउमा लठ्ठीको डाम रहेको अस्पतालले जनाएको छ । प्रर्दशनको क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।
विभिन्न ३ सुत्रीय माग राख्दै धनुषा जिल्लाको तुल्सीयाही गाउँ विकास समितिका स्थानिय वासिन्दा तथा मृतक परिवारहरुले महोत्तरीको सदरमुकाम जलेश्वरमा स्थानिय प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै ठाउँ ठाउँमा टायर वाली प्रर्दशन गरेका थिए ।
प्रर्दशनकारीहरुले बीआर जिरो सिक्स पी वी २५८६ नम्वरको जिपमा तोड फोड समेत गरेको छ भने अर्को नम्वर नखुलेको यात्रु वाहक वसमा समेत तोडफोड गरेका छन ।
उनीहरुले जलेश्वर–जनकपुर , जलेश्वर –मटिहानी , जलेश्वर वर्दिवास सडक खण्ड अवरुद्ध पारेका छन भने सदरमुकाम जलेश्वर वजार समेत दुई घण्टा वन्द गराएका थिए ।
प्रर्दशनकारीहरुले पिडित परिवारलाई क्षतिपुर्तीको व्यवस्था , मृतकको आश्रीत परिवार मध्येका एक जनालाई जागिर, घाइतेको उपचार खर्च र दोषी चालकलाई कारवाही गर्नु पर्ने माँग अघि सारेका छन ।