भ्रष्टाचार र जीवन पद्दति

एकजना पूर्वप्रशासक, जसले आफ्नो जिवनको लामो समय शक्तिको वरिपरि बिताए कहिले प्रमुखजिल्लाअधिकारी भएर, कहिले अञ्चलशिक्षाअधिकारी भएर, कहिले अञ्चलाधिशभएर त कहिले शिक्षा सचिव भएर । हुकुमप्रमाङ्गीको त्यो जमानामा ८००० जतिलाई त उनले जागीर नै ख्वाए । आफ्नो कार्यकौशलताको कारण गोरखा दक्षिण बाहु जस्तो सम्मानित मानपदवी पनि पाए । कस्तो होला त तिनको अवस्था अहिले ? कसरी बिताइरहेका होलान आफ्नो रिटायर्ड जिन्दगी ? काठमाण्डौँमा भव्य महल, फरक–फरक मोडलका विलासी गाडी, प्रशस्त धन–सम्पत्ति, नोकर चाकर, प्रशस्त राजनितिक प्रभाव अनि रवाफ सहितको गजबको जिन्दगी - यस्तै हुनुपर्ने हो सामान्यतया सोच्दा | यो सोच आउनु नौलो कुरो होइन, किनकि त्यस्ता धेरै पूर्व–प्रशासकहरु अहिले यस्तै जिन्दगी बिताइरहेका देखिन्छन । तर यहाँ देखिने पात्रको जिन्दगी भने ठ्याक्कै उल्टो छ । ढल्न लागेको झुपडिको बास, सम्पत्तिको नाममा घर रहेको त्यहि एउटा जग्गा, विलासी गाडी त निकै परको कुरा हो, यीनीसँग एउटा मोटरसाईकल पनि छैन । पूर्व–प्रशासक नारायण झा, जलेश्वरको दनौलीगा.बि.स. मा शादगीपूर्ण जिवनविताइरहेका छन् । यीनका बारेमा सुनेर कौतुहल बनेको यो पंतिकार उनीकहाँ पुग्दा, पुरानो जापानी रेडियोमा समाचार सुन्दैै थिए उनी । रेडियो एउटा माध्यम हो यिनका लागि, विश्वभर भइरहेका विकासक्रमका बारेमा जानकारी लिने । तब त यीनलाई फेसबुक बाट सुरु भएको ट्युनिसियाको जलआन्दोलन, अनि त्यसकै प्रभाव स्वरुप सुरु भएको अरब आन्दोलन देखि भारतीय राजनितीमा आमआदमी पार्टिको रुपमा उदाएको नयाँ शक्ति, त्यसले भारतिय राजनितिमा बढाउँदै लगेको प्रभाव सम्मको जानकारी छ । कुरा सुन्दा दार्शनीक जस्तै लाग्ने यीनको दिनचर्या रेडियो सुनेर, विभिन्न समसामयीक पुस्तक, पत्रपत्रिका पढेर, चिन्तन गरेर अनि लेखेर वित्छ । यिनको विगतकाबारेमा कुरा गर्दा, यीनी विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सचिव थिए । प्रमुख जिल्ला अधिकारी, अञ्चल शिक्षा अधिकारी, अञ्चलाधिश हुँदै करिब एक दशक शिक्षा सचिव भएर काम गरेको अनुभव छ यीनीसँग । राजपरिवारसँग सिधा अनि राम्रो सम्पर्क भएका यीनी निर्णय लिनमा खप्पीस मानिन्थे । त्यसैले त मन्त्री देखी प्रधानमन्त्री कार्यालय सम्मका अनिर्णीत विषयहरु अन्तिम निर्णयका लागि यिनीसम्म आईपुग्थे । तत्कालिन समयमा कम्युनिष्टहरुको झापा आन्दोलन अन्तर्गतको शिरच्छेदन अभियान नियन्त्रण गर्न यिनले ठुलो भुमिका खेले । सोहि भुमिकाका लागि उनले गोरखा दक्षिण बाहु जस्तो सम्मानीत पदवी पाए ।
आफ्नो कार्यकालमा झापा देखि मुगु सम्म पुगेका यीनले ८००० भन्दा बढीलाई रोजगारी दिए अर्थात भनौँ जागीर ख्वाए । १७ दिन हिँडेर मुगु पुग्दा त्यहाँका मानिसको दुःख महसुस गर्न पाएका यीनै नारायण झा हुन, मुगुको ताल्चाविमान स्थलको निर्माण सुरु गर्ने व्यक्ति । नेपालमात्र हैन, यीनीसँग जापान, बेलायत, अमेरिकालगायतका १२ विभिन्न मुलुक घुमेको अनुभव छ । यात्राका क्रममा धेरैपटक पहाडी ओढारहरुमा रात विताएका यीनले अमेरिकाको पाँचतारे होटल शेराटनको विलाशिताको पनि अनुभव गरेका छन । एक दशकभन्दा बढी समय देशको सर्वोच्च प्रशासकिय निकाय, मन्त्रालयमा बसेर शक्ति के हो भन्ने बुझेका , १३ महिना अमेरिका बसेर विलासिता देखे भोगेका यीनको जिवनभने त्यती विलासि थिएन । किन त ? यीनले आफ्नो पद तथा अख्तियारको दुरुपयोग कहिल्यै गरेनन् । कानुनी रुपमा सरकार बाट पाउने पारिश्रमिक नै यीनको एक मात्र आम्दानीको श्रोत थियो । नतिजा स्वभाविक थियो , यिनले अतिरिक्त आम्दानी गरेनन्, गर्न सकेनन् । आफ्नो सेवाकालमा यिनी विरलै आकर्षक कार्यालय÷स्थानहरुमा परे, यीनको रोजाईमा प्राय सधैँ मुगु, हुम्ला, मनाङ्ग जस्ता विकट, कम विकसित र पिछडिएका क्षेत्र नै परे । हुन त यीनले ८००० भन्दा बढी लाई जागीर ख्वाए तर बदलामा केहि पनि मागेनन्, बरु तिनलाई कार्यक्षेत्रमा जाँदा लाग्ने खर्च पनि आफैँ दिएर पठाउँथे कहिले काँहि । त्यसैले गर्दा उनी धेरै पटक आफैँ बेखर्ची भएको अनुभव सुनाउँछन उनी । आफ्ना कार्यालय सहयोगी सँग सापटि लिएर घर खर्च पठाएको अनुभवपनि छ यीनीसँग । भ्रष्टाचार यिनको व्यक्तिगत शब्दकोषमा थिएन, छैन । त्यसैले त उनी अहिले पनि शारदा भुषालको भ्रष्टाचार बिरुद्घको अभियानमा सघाईरहेका छन् । शारदा भुषालसँगमिलेर आफ्नो गाउँलाई भ्रष्टाचारमुक्त गाउँ बनाउन लागिपरेका छन् यिनी अहिले । आखिर के पाए त उनले यो सब गरेर ? आत्मसम्मान र साथमा पाएका छन् गाउँबासीको सम्मान । आजसम्म कसैको अगाडि झुक्नु नपरेकोमा गर्व गर्छन् उनी । जव गाउँ भरिका मानिसहरु “भाईजी” भन्दै सल्लाह माग्न आउँछन, त्यहि सम्मानमा उनी आनन्दित हुन्छन् । उनको सम्पत्ति भनेकै त्यहि सम्मान हो । जब उनले जागिरमा लगाइदिएकाहरु उनलाई सम्झँदै उनको दैलोमै आइपुग्छन, उनका लागि सबैभन्दा ठुलो उपलब्धी नै त्यहि मान्छन् उनी । उनको विचारमा सरकारी जागिर सेवाका लागि हो, जुन उनले गरे, पैसा कमाउन र सम्पत्ती जोड्नका लागि हैन, जुनअरुले गरिरहेका छन् । “अहिलेका सरकारी कर्मचारिहरुमा सदाचारको कमी छ र भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार जिवन पद्घति बनी सकेको छ ।”उनी भन्छन् “अशिक्षितहरुले नगन्यमात्रामा भ्रष्टाचार गर्छन, ठूला बडा अनि शिक्षित भनाउँदा नै हुन् भ्रष्ट अनि भ्रष्टाचारमा रमाउने । उनीहरुलाई बढी आउँछन् जालझेलका कुरा ।”आखिर के गर्ने त यो भ्रष्टाचार रोक्न? उनको निष्कर्ष छ, “यी थोत्रा मानिसहरुबाट भ्रष्टाचार रोक्न सम्भव छैन ।”उनले यसो भन्दै गर्दा उनकी श्रीमती स्थानीय भाषमा भन्दै थिइन“तपाईँ एकजना जोगी भएर संसार बदलीँदैन ।”उनी भन्छन, “शक्तिमा रहँदा केहि गर्न नसकेकोमा उनको परिवारको ठूलो चित्त दुखाई छ ।” तर उनी त्यसको पर्वाह गर्दैनन् । बरु प्रश्न गर्छन्, “के मैले जति सम्मान यहाँका भ्रष्टहरुले पाएका छन् ?”यसो भन्दै गर्दा उनी सन्दर्भ जोड्दै थिए उनका समकालिन प्रहरी प्रमुखले भ्रष्टाचार मुद्घामा ८ बर्षे जेल सजाय पाएको, उनको अकुत सम्पत्तिजफत भएर परिवारको विचल्ली भएको । निष्कर्ष यहाँ कोहि व्यक्ति विशेषलाई प्रचार गर्न खोजिएको हैन । यो त प्रसंगको सुरुवात मात्र हो । हाम्रो देशमा बढ्दो भ्रष्टाचारका लागि अशिक्षा मात्र जिम्मेवार छैन । खोक्रो आडम्वर अनि देखासिकिले जकडिएको सामाजिक संरचनापनि धेरैे हदसम्म जिम्मेवार छ । सबैलाई नै देखाउनुपरेको छ । महँगो सवारीसाधन चढ्नु परेकै छ । आफ्नो आवश्यक्ता अनि क्षमताभन्दा माथी गएर विलासीताका वस्तुहरु प्रयोग गर्नु परेको छ । किनकिहामीले देखाउनुपर्ने भएको छ । एक विद्यार्थी, जसको आम्दानीको कुनै श्रोत छैन तर पनि उसले महँगो मोबाइल सेट बोक्नै पर्छ । सकेसम्म चल्तीको बाइक चढ्नै पर्छ । खल्तीमा केहि हजार रुपैँया नगद हुनै पर्छ । किनकी उसले देखाउनुपरेको छ उसका साथीहरुलाई, उ सम्पन्न अनि फेशनेबल छ भनेर । एक सामान्य गृहीणी, उनमापनिआफ्ना साथीहरुलाई देखाउनुपर्ने भुत सवार हुन्छ । घरमा महँगो सोफा, टि.भी., माईक्रो ओभन चाहिन्छ, नत्र साथीहरु आउँदा लाज हुन्छ । बाहिर फेर हिँड्दा लगाउन फेशन अनुसारको लुगा अनि गरगहना त छँदैछ, सकेसम्म एउटा कार्यक्रम, समारोहमा जाँदा लगाएको लुगा दोहो¥याएर लगाउनु हुँदैन । सार्वजनिक यातायातको साधनमा हिँडेको छीमेकिले देखे भने त लाजैमर्दो हुन्छ, त्यसैले ट्याक्सी त चढ्नै प¥यो नी आफ्नै गाडी नभएपनि । एक व्यक्ति, पेशाले सामान्य सरकारी कर्मचारी, जसको आय मरेर २०००० नाघ्छ । उनका पनि आवश्यक्ताहरु प्रशस्त छन् । अफिस जाँदा मोटरसाईकलमा जान सकेन भने त सहकर्मी साथीहरुले हेपेरै भन्छन् । सरकारी जागिर खाएर एउटा घर पनि बनाउन सकिएन भने त नाकै काटिन्छ । यस्ता अनगिन्ति व्यक्तिगत, पारिवारिक अनि सामाजिक आवश्यकताको कुरा त यहाँ गरि साध्यै छैन । एउटा सामान्य कर्मचारी वा नागरिकले यस्ता असामान्य अनि अनगीन्ती आवश्यकता सँग जुध्नु परेपछी त भ्रष्टाचार मौलाउने नै भयो नि हैन र ?किनकि यहाँ मानिसको योग्यतालाई हैन सम्पत्तिलाई सम्मान गरिन्छ । माथिको प्रसंगमा भनिए जस्तै भ्रष्टाचार हाम्रो जिवनपद्घति बनिसकेको छ । यो अशिक्षाको कारणले भएको होइन । यो त असिमित सपना, चाहनालाई काबुमा राख्न नसक्दाको परिणाम हो । असाधारण जिवनशैलीको चाहनाले निम्त्याएको भयावह अवस्था हो । व्यक्ति–ब्यक्ति, परिवार–परिवार, अनि समुदाय–समुदायबिच सम्पन्न बन्ने अनि बनेको देखाउने अस्वस्थ प्रतिस्पर्धाको नतिजा हो । त्यसैले यदी हामी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्छौँ भने त्यसका लागि सर्वप्रथम हामीले आफुलाई नै सुधार्नु जरुरी छ । अरुका लागि होईन आफ्नो लागि बाँच्न सुरु गर्नु जरुरी छ । अरुले निर्धारण गरिदिएको आवश्यकता होइन, आफ्ना वास्तविक आवश्यकता बुझ्नु जरुरी छ । सम्मान धन र सम्पत्तिलाई होइन, मानिसको इमान्दारिता, योग्यता र क्षमतालाई गर्नु जरुरी छ । आफ्ना सन्तानलाई आवश्यकता भन्दा बढी फेशनेवल भएर हैन बौद्घिक भएर देखाउन सिकाउनु जरुरी छ । हरेक श्रीमतिहरुले साथीसंगीलाई सम्पन्नता देखाउनमा हैन बरु श्रीमानको अवस्था र क्षमतालाई बुझेर त्यहि अनुसार जिउन सिक्नु जरुरी छ । हरेक व्यक्तिले आफ्नो इमान्दारितालाई कायम राख्दै निष्ठावान हुन जरुरी छ । अनि मात्र सम्भव हुन्छ, भ्रष्टाचार मुक्त समाजको सपना ।