स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Saturday, November 22, 2014
महोत्तरीमा शिक्षाको बेरुजु ५० करोड ४७ लाख
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर ६ गते । महोत्तरीस्थित जिल्ला शिक्षा कार्यालयको बेरुजु ५० करोड ४७ लाख रुपैया रहेको रहस्य खुलेको छ ।
जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले यस्तो रहस्य सार्वजनिक गर्नुहुदै यस वर्षमा २९ करोड पेश्की फछयौंट गर्ने लक्ष्य कार्यालयको रहेको खुलासा समेत गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेको कारणले पनि यस्ता रहस्यहरु खुल्दै गएको हो ।
मधेश आन्दोलन भएदेखि पेश्की फछ्र्यौट गर्ने परम्परा नै नरहेको जस्तो देखिएको छ । शिक्षा कार्यालयले २०६३÷६४ देखिकै बेरुजु फछ्र्यौट गराउन सम्बन्धित ठाउँहरुमा पत्राचार गरिसकिएको छ ।
विद्यालयको भौतिक पूर्वाधारका लागि पटक पटक रकम लिएर जाने विद्यालयहरु अनियमिता गरेकाले फछ्र्यौट नै नगराएको तर्क शिक्षा कार्यालयको रहेको छ ।
कार्यालयमा पाँच वटा सहायक शिक्षा अधिकारी, विद्यालय निरीक्षकसहितकाहरुको दरबन्दी रिक्त रहेको अबस्थामा कार्य सम्पादनमा समेत समस्या आएको गुनासो गर्नुहुदै शिक्षा अधिकारी कर्णले यसको कारणले पनि काम गर्नमा कठिनाई भइरहेको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment