घर भित्र कैदी जीवन………
princu-1–
राजकरण महतो
महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिवासका तीन बालबालिका आफ्नै घरमा कैदी जीवन बिताउन बाध्य छन् ।
बर्दिवास गाविसका विभिन्न वडामा बसोबास गर्ने तीन आपाङ्ग बालबालिकाहरू न बोल्न सक्छ । न हातखुट्टा चलाउन सक्छ ।
जसका कारण उनीहरू दिनरात घर भित्रै बन्द कोठामा कुनै अपराधनै नगरी कैदी जीवन बिताइ रहेका छन् ।
बालबालिकाहरूलाई नुहाउन, खाना खुवाउनका लागि मात्र घरबाट बाहिर निकालिन्छ । त्यस बेला उनीहरू आफन्तको सहयोगमा खेल्न र घुम्न पाउँछन् ।
बर्दिवास– १ का १२ वर्षीय अनिल थापा मगर ५ वर्षको हुँदा उनी कक्षा १ मा पढ्न दिदीसंग स्कूल जाने गर्थे । तर एक्कासि उनी बोल्न, हिड्न र हात खुट्टा नचल्ने गरी अचेत भई आपाङ्ग भए । अनि अनिलले बिताउन थाले घर भित्रको कैदी जीवन ।
अनिलका बाबु उनकी आमा माया तमाङलाई छोडेर बस्न थालेका छन् । अनिल अहिले बर्दिवासमा ममावलीमा बस्दै आएका छन् । अनिलको आफ्नो घर सुनसरीको झुम्मकामा छ । अनिलका बुवाले आमालाई छोडी दिएपछि अनिल अहिले पूर्ण रुपमा आपाङ्ग भएका छन् ।
अनिलकी आमा मायाले ज्यालामजुरी गरेर गुजारा चलाइ रहेकी छिन् । कतै काम गर्न जाँदा मायाले अनिललाई कोठा भित्र थुनेर जाने गर्छिन् । उनको यो रहर नभै बाध्यता हो ।
anil-1जन्मजात आपाङ्ग भएर जन्मेका बर्दिवास– १ का ७ वर्षीय प्रिन्सु शाहीको आत्म कथा अनिलकै जस्तो छ । प्रिन्सुपनि बोल्न, हिड्न र हातखुट्टा चलाउन सक्दिनन् । विक्रम शाही र पिङ्की शाहीको पहिलो सन्ता प्रिन्सु नै हो । उनको थुप्रै स्थानमा उपचार गरिए पनि निको नभएको बाबु आमाको भनाइ छ ।
बर्दिवास– २ की १५ वर्षीय सरस्वती कुमारी चौधरी पनि पूर्ण रुपमा आपाङ्ग छिन् ।
सरस्वतीका बुबा शिवजी चौधरी सुकुम्बासी हुन् । उनी जनता उच्च मावि बर्दिवासको जग्गामा भाडा तिर बसीरहेका छन् । सरस्वतीले आफै काम गर्न नसक्दा उनी पनि घरमै थुनिएर बस्नु पर्ने बाध्यता छ ।
बाबु आमाको सहयोगमा बाहिर आउने सरस्वती घरको झ्यालबाट दिन भरि हेर्न बाध्य छिन् ।
बालबालिकाहरूलाई गाविसले अपाङ्ग भत्ता दिएको छैन । उनीहरूको अपाङ्ग परिचय पत्र नहुँदा राज्यबाट पाउने सुविधाबाट समेत बञ्चित भएका छन् ।
- See more at: http://www.puleso.com/?post_type=news&p=47738#sthash.NLxdUkQ2.Lnvdb4o4.dpuf