Ukhu-Suger-Can– राजकरण महतो
महोत्तरी, ७ मंसिर । महोत्तरीका किसानले १६ हजार विघा जग्गामा लगाएको उखु खेती तयारी अवस्थामा पुगेपनि मूल्य निर्धारण नहुँदा समस्यामा परेका छन् ।
रामनगर, गौशाला, भरतपुर, बर्दिवास, किसाननगर, बेलगाछी, फुलकाहा, हात्तीलेट, विजलपुरा, पशुपतिनगरलगायतका गाविसमा किसानले लगाएको उखु खेतीको मूल्यको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको हो । किसानहरूले छिटो उखुको मूल्य तोक्न सरोकारवालाहरूसँग आग्रह गरेका छन् ।
मूल्य तय नहुँदा चिनी मिल र किसान दुवै समस्यामा परेको एभरेष्ट चिनी मिलका प्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने, ‘समयमा उखु कटान नहुँदा खेतमै सुक्ने र सुकेको उखुबाट चिनी कम उत्पादन हुन्छ ।’
समयमा चिनी मिल संचालनमा नआउँदा गत साल उखु खेतमै सुकेर नोक्सान भएको विजलपुराका किसान रामप्रकास महतोले बताए ।
अघिल्लो सालको तुलनामा यस वर्ष उखु उत्पादन राम्रो रहेको किसानहरूको भनाइ छ । महोत्तरीमा यस वर्ष ३२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो ।
रामनगर गाविसमा २०५० सालमा एभरेष्ट चिनीमिल स्थापना भएपछि जिल्लाका किसानहरूको प्रमुख बाली उखु खेती बनेको छ ।
- See more at: http://www.puleso.com/?post_type=news&p=47628#sthash.M6lJuPNn.dpuf
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Sunday, November 23, 2014
महोत्तरीका किसानलाई मूल्यको चटारो
Ukhu-Suger-Can– राजकरण महतो
महोत्तरी, ७ मंसिर । महोत्तरीका किसानले १६ हजार विघा जग्गामा लगाएको उखु खेती तयारी अवस्थामा पुगेपनि मूल्य निर्धारण नहुँदा समस्यामा परेका छन् ।
रामनगर, गौशाला, भरतपुर, बर्दिवास, किसाननगर, बेलगाछी, फुलकाहा, हात्तीलेट, विजलपुरा, पशुपतिनगरलगायतका गाविसमा किसानले लगाएको उखु खेतीको मूल्यको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको हो । किसानहरूले छिटो उखुको मूल्य तोक्न सरोकारवालाहरूसँग आग्रह गरेका छन् ।
मूल्य तय नहुँदा चिनी मिल र किसान दुवै समस्यामा परेको एभरेष्ट चिनी मिलका प्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने, ‘समयमा उखु कटान नहुँदा खेतमै सुक्ने र सुकेको उखुबाट चिनी कम उत्पादन हुन्छ ।’
समयमा चिनी मिल संचालनमा नआउँदा गत साल उखु खेतमै सुकेर नोक्सान भएको विजलपुराका किसान रामप्रकास महतोले बताए ।
अघिल्लो सालको तुलनामा यस वर्ष उखु उत्पादन राम्रो रहेको किसानहरूको भनाइ छ । महोत्तरीमा यस वर्ष ३२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो ।
रामनगर गाविसमा २०५० सालमा एभरेष्ट चिनीमिल स्थापना भएपछि जिल्लाका किसानहरूको प्रमुख बाली उखु खेती बनेको छ ।
- See more at: http://www.puleso.com/?post_type=news&p=47628#sthash.M6lJuPNn.dpuf
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment