महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १ गते । महोत्तरी जिल्लाको सिमानाका सम्सीमा सुरक्षानिकायले उच्च सर्तकता अपनाएको छ ।
जिल्लाको सम्सीस्थित सिमानाका कन्हमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहीका स्थानीयहरुबीच झडप भइरहेको कारणले सिमानाकामा उच्च सर्तकता अपनाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बिनोद सिलवालले जानकारी दिनुभयो ।
भारतीय कन्हमाका एक युवकले भारतको विहारमा प्रतिबन्धित गाईको मासु लिएर नेपाल प्रवेश गर्न लागेपछि भारतीय एसएसबीले ति सामग्री नियन्त्रणमा लिएर नष्ट गरेपछि स्थानीय र भारतीय एसएसबीबिच झडप भइरहेको जनाइएको छ ।
झडपका कारण अहिले सिमानाकामा डरको माहौल सृजना भएको छ भने सिमानाकामा नेपाली सुरक्षाकर्मीले उच्च सर्तकता अपनाएको हो । सिमानाकामा उच्च कडाई गर्नुका साथै अहिले आवतजावतमा रोक लगाइएको छ । भारतीय भूमि तथा नेपालको सम्सीमा पनि मुस्लिम वाहुल्यता बढी भएकोले सर्तकता अपनाईएको प्रहरी नायव उपरिक्षक सिलवालले जानकारी दिनुभयो ।
भारतीय कन्हमा बजारमा स्थानीयहरुको प्रर्दशनलाई नियन्त्रणमा लिन भारतीय एसएसबीले चार दर्जन भन्दा बढी राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।
यसैबीच, महोत्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले जिल्ला कारागार जलेश्वर पुरयाउन लागिएको करिब ६० क्विन्टल दाउरा बाटोमै नियन्त्रणमा लिई आगो लगाईदिएका छन भने दाउरा लोड गरिएको को१त ७१२५ नं.को ट्याक्टर र दुई मोटरसाईकलमा समेत तोडफोड गरेका छन ।
जिल्लाको सरपल्लो र जाउखको बिचबाटोमा बिहान करिब ३ बजे औरहीबाट जलेश्वर कारागारमा पुर्याउन जानलाग्दा मोर्चा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए । ट्याक्टरसंगै रहेका दुई मोटरसाईकलमा समेत तोडफोड गरिएको मोर्चा कार्यकर्ताले जनाएका छन । ट्याक्टर धनी औरहीका राम केवल साहले आफु जलेश्वर कारागारमा सो दाउरा पुर्याउन जान लागेको स्विकार गरिसकेका छन ।