मन पराएको केटासँग विवाह गर्न नपाएपछि आत्महत्या

मन पराएको केटासँग विवाह गर्न नपाएपछि आत्महत्या
________________________________________
गौशाला, फागुन २४/आफूले मन पराएको केटासँग विवाह गर्न नपाउँदा मंगलबार बिहान महोत्तरीमा एक युवतीले आत्महत्या गरेकी छन् ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका-५ मा बस्दै आएकी राजेन्द्र पाण्डेकी छोरी १९ वर्षीया खुश्वुकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै सोमबार साँझ डाम्ही मडै गाविसमा एक युवकले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।

घरायसी विवादका कारण करिब ५ बजे डाम्ही मडै-१ बस्ने फूलो सिंहका छोरा ३० वर्षीय सुनिलकुमारले विष खाएर ज्यान गुमाएका हुन् ।

दुवै मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरीले जनाएको छ । रासस