रेडक्रस महोत्तरीमा मतदान सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २१ गते । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाको २० औं जिल्ला अधिवेशनले दिपक मिश्रलाई सभापतिमा निर्विरोध चयन गरेको छ ।
मिश्र यस अघि रेडक्रस सोसाइटी महोत्तरीका महामन्त्री रहनुभएको थियो ।
त्यसैगरी शनिबार नै भएको सदस्य पदको निर्वाचनमा १२ जना निर्वाचित भएका छन् । १२ जना सदस्यको लागि १७ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचित हुनेहरुमा अमरनाथ कुँवर ७९ मत, बिजयकुमार गुप्ता ७७, बलिराम पाण्डे ७१, रामशकल मण्डल ७१, प्रेमचन्द्र साह ७०, चन्देश्वर साह ६९, ममता मिश्रा ६७, बद्रिनारायण झा ६४, सुरेन्द्र पाण्डे ५९, शिवेन्द्रकुमार सिंह ५१, रामसुन्दर चौधरी ५६, रामेश्वर ठाकुर ४८, मत ल्याई बिजयी हुनु भएको हो ।
सदस्य पदका लागि भएको उम्मेदवारीमा बिक्रम पासमान, गणेशप्रसाद चौधरी, नवल किशोर साह, रमेश प्रसाद साह पराजित भए ।
जिल्लामा रेडक्रसको १३ शाखा, उपशाखा, इकाई मिलाएर ८९ जना मतदाता रहेका थिए । जसमध्ये ८८ जनाले मतदान गरेका थिए ।
विजयी भएकाहरुले शनिबार नै मतदान अधिकृत विजय चौधरीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।