महोत्तरी समाचारदाता
जलेश्वर, चैत ११ गते । महोत्तरी जिल्लाको बलवा स्थित खोलामा एक महिलाको हत्या गरिएको एक वेवारिशे शव फेला गरिएको छ ।
नाम,थर, वतन खुल्न नसकेको करिब ३०–३५ वर्ष की महिलाको सो शव सडे गलेको अवस्थामा वलवा स्थित अंकुशी खोलामा फेला परेको हो ।
शव सम्बन्धमा आवश्यक अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक रामेश्वर राय यादवले जानकारी दिनुभयो । उहाँले शवलाई अहिले आवश्यक अनुसन्धान र पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जानकारी दिनुभयो । प्रहरीले हत्या गरि सो शव फालेको हुन सक्ने जनाएको छ ।