अपहरण मुक्त र हतियार बरामद
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २६ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महोत्तरीले महोत्तरीबाट एकजनालाई अपहरण मुक्त गराउदै ठुलो मात्रामा हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल महोत्तरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त गस्ती टोलीले धनुषाबाट अपहरण भएका एकजनालाई अपहरण मुक्त गराउनुका साथै छापामारी गरी ठुलो मात्रामा हतियार बरामद गरेका हुन् । धनुषा जिल्लाको जनकपुरनगरपालिका १३ कुर्थाबाट वुधबार अपहरित ३० वर्षिय व्यापारी रामदेव साहलाई बिहीबार महोत्तरी जिल्लाको खुट्टा पिपराढीबाट सुरक्षाकर्मीका संयुक्त गस्ती टोलीले अपहरणमुक्त गराएको हो । भएको छ ।
संयुक्त गस्ती टोलीले महोत्तरीको खुट्टापिपराढी ४ मुसहरी टोल बस्ने छोटुवा भन्ने नइमुद्दिन कवारीको घरबाट व्यापारी साहलाई अपहरणमुक्त गराएका हुन् ।
सुरक्षाकर्मीले शंकाको आधारमा कवारीको घरमा छापामारी गर्दा ४ थान नलकटुवा पेस्तोल, ३ राउण्ड गोली, वरामद भएको सिमा सशस्त्र प्रहरी बल जलेश्वरका सशस्त्र प्रहरी उपरिक्षक जनकबहादुर बोहराले जानकारी दिनुभयो । उहाँले धनुषाका व्यापारी साहलाई वुधबार बिहान अपहरण गरी कवारीको घरमा राखिएको थियो । सुचनाको आधार र चेकजाँचको क्रममा हामीले उनलाई सकुशल उद्धार गरी ठुलो मात्रामा हतियार वरामद गर्न सफल भएका सशस्त्र प्रहरी उपरिक्षक बोहराले वताउनुभयो ।
अपहरणमा कवारीको संलग्नता रहेको वताईएको छ भने अहिले उनीहरु फरार रहेकोले खोजबीनका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक संजयराज शर्माले जानकारी दिनुभयो ।
अपहरित व्यापारी साहलाई मुक्त गराई धनुषा प्रहरीको जिम्मा लगाइएको छ ।