Thursday, August 28, 2025

छात्राहरुलाई साइकल दिइयो




महोत्तरी समाचारदाता

महोत्तरी, भदौ १२ गते । छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन तथा नियमित पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।

मटिहानी नगरपालिकाले आफु अधिनस्त श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्राहरुलाई विद्यालयमा नियमित उपस्थितीको लागि साइकल वितरण गरेको हो । नगरपालिकाको नीति कार्यक्रममा नै छात्राहरुलाई शिक्षामा आकर्षित गर्न उद्देश्यले यस्तो कार्यक्रम राखिएको छ । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रुपमा छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले यस विद्यालयमा मटिहानी नगरपालिकाको विभिन्न गाउँ तथा छिमेकी नगरपालिकाहरुबाट समेत छात्राहरु अध्ययनको लागि आउने गरेको बताउनुहुदै शिक्षामा नियमित उपस्थिती तथा शिक्षा तर्फ आकर्षित गर्न यो कार्यक्रम नगरपालिकाले लागु गरेको बताउनुभयो । उहाँले विगत सात वर्षदेखि नगरपालिकाले कक्षा ११ का छात्राहरुलाई साइकल वितरण गरिरहेको बताउनुहुदै यसले छात्राहरुको संख्या बढदै गएको बताउनुभयो । 

अहिले सो बिद्यालयमा  मटिहानीसहित सिमरदही, बहुअर्वा, सुगा, पर्सापतैली, सिरसिया, धिरापुर र धनुषा जिल्लाको तुल्सियाही, मुखियापट्टी मुसरनिया लगायतका क्षेत्रका छात्र–छात्राहरु अध्ययनरत रहेका छन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मटिहानी नगरपालिकाले शिक्षा प्रति गरिरहेको लगानीको प्रशंसा गर्नुहुदै विद्यार्थीको विद्यालय नियमिततामा साइकल वितरणले सहयोग पु¥याउने वताउनुभयो । केही दिन अगाडी मात्रै नगरपालिकाले प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिंग अध्ययन गरिरहेका सम्पूर्ण विद्यार्थीहरुलाई ल्यापटप समेत वितरण गरेको सम्झिनुहुदै प्रजिअ रिसालले शिक्षक र विद्यार्थीहरुले समेत पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभयो ।

उक्त विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई सो साइकल बितरण गरिएको विद्यालयका प्राध्यानाध्यपक श्रीश कुमार मिश्राले जानकारी दिनुभयो ।

साइकल वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा, मटिहानी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष द्वय पवन साह र अजय कुमार साह, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका प्राचार्य हेम नारायण लाल कर्ण, राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलसहित बिभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, शिक्षक, शिक्षिका तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । 

No comments:

Post a Comment