राकेशप्रसाद चाैधरी
फेसवुक वालबाट
मैले घर, कुल, ग्राम, नगर र देशको मुख्य देवीदेवताबारे थोरै अध्ययन गरेकोले यो विषय साझा गरेको छु।
तराई-मधेश क्षेत्रमा बसोबास गर्नेहरूमध्ये धेरैले श्रावण महिनामा 'घरी पावन( घर देवता वा देउताको पुजा) मनाइरहेका छन्।
नागपञ्चमीको दिनदेखि घरी पर्व मनाउन शुरू हुन्छ। यो पर्व घरमा स्थापित पिण्डरूपी घर देवताको पुवा हुने भएकोले यो जात परम्पराभन्दा फरक छ। एउटै जातिका भए पनि उनीहरूको घर पिच्छे फरक देवता हुने गर्छ।
केही परिवारले माघ र श्रावण गरि बर्षमा दुइपटकसम्म घरी पावन मनाउँछन्। केही परिवारले असार महिनामा यस्तै प्रकृतिको पर्व मनाउँछन्। घरमा स्थापित पिण्डरूपी देवतालाई अनिवार्य पुजापाठ गर्ने दिनलाई 'बैरागन' भन्ने गरिन्छ। यो परिवार पिच्छे फरक/फरक रह्पनि कम्तिमा हप्ताको एक दिन अनिवार्य जस्तो हुन्छ। बैरागनकै दिन घरी पर्व मनाइन्छ। घर देवताको पुजापाठ(सेवा) र प्रसाद सेवनमा केही नियमहरू छन्। परिवारमा कसैको बिबाह हुँदा बिबाह भइसकेको जोडीलाई 'जगमा पस्ने"
जिम्मेवारी तोकिन्छ अर्थात पुजापाठको जिम्मेवारी दिइन्छ। कुनै-कुनै परिवारमा बिबाहित महिलाको लागि मात्र यो नियम लाग्नेगर्छ।
एक वा एकभन्दा बढीलाई पनि घरदेवतामा स्थान दिएको पाइन्छ। यस्तोमा गृह भित्र र बाहिर पुजा गर्ने चलन छ। मैले स्त्री र पुरूष नामले सम्बोधन गरिने समग्रलाई देवीदेवता नभनेर परम्परा अनुसार देवता शब्द प्रयोग गरेको छु।
इष्ट देवता ब्यक्तिगत हुन्छ भने घरदेवता एउटा परिवारको हुन्छ। कुलदेवता कुलको र ग्राम/नगर देवता समग्र बस्तीको हुन्छ। असार महिनामा ग्राम/नगर देवताहरूको पुजापाठ हुन्छ। कुल पुजा हरेक समूदायको फरक/फरक महिनामा पर्छ।
घरी पर्व घरदेवता अनुसार शाकाहार र पशु बलीमा आधारित हुन्छ। कुनै परिवारमा खीरको मात्र प्रसाद हुन्छ भने केहीमा मासुको प्रसाद हुन्छ। कहीँ कहीँ जोडीमा घरदेवता रह्ने गरेको पाइन्छ। चलनचल्तीमा सुर्य(दीनानाथ,सुर्यनारायण), शक्तिसँगै महादेव, हनुमान एवम् महाभारतकालपछिदेखि केही शताब्दी अगाडिसम्मका विभिन्न वीर- वीराङ्गना, राजा-रानी तथा पुर्खालाई घरदेवताको रूपमा अपनाइएको पाइन्छ। केही परिवारको घरदेवतालाई सार्वजनिक रूपमा लोकदेवता र मनुष्यदेवता भनेर पुजापाठ गर्ने परम्परा कायम छ।
यसबारे कुनै पनि साहित्य वा साँस्कृतिक महोत्सवमा बहस चलाइएको देखिन्न। यो विषय अध्ययन, अनुसन्धान मात्र नभई लेखनक्षेत्रमा प्राथमिकतामा छैन।
माथि लेखिएबाहेक स्त्रीको रूपमा काली, बन्दी(बन्नी), पञ्चपीढी(पञ्चमातृका), सप्तपीढी(सप्तमातृका) तथा पुरूषको रूपमा धर्मराज, नरिसंह, गोरैया, शोखा, मीरासाहेब, भैरोबाबा, बिषहरा, कारिख, कबिरलगायतलाई घरदेवताको रूपमा पुजा गरिन्छ। यस विषयमा बिस्तृत अध्ययन गरिए घरदेवता र घरी पर्वको समुचित चित्रण गर्न मद्दत पुग्नेछ। तपाईहरूसँग भएको जानकारी साझा गर्नु भयो भने अध्ययन गर्नेलाई मद्दत पुग्नेछ।
No comments:
Post a Comment