महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, साउन २८ गते । वुधबार दिउँसो सिमसिम पानी परिरहेको थियो । केही युवाहरु सोही पानीमा रुझेर हतार हतार धान रोपाई गरिरहेका थिए भने केही व्यक्तिहरु सो दृश्य हेरेर रमाईरहेका थिए । यस्तो दृश्य थियो जलेश्वर नगरपालिका वडानं. ४ सुगादेखि वडानं. ५ विसनपुरसम्म जाने सडकखण्डमा । युवाहरु खेतमा नभई सडकमै धान रोप्न थालेपछि स्थानीयहरु रमिते बनेका थिए ।
जलेश्वर नगरपालिका वडा नं. ४ सुगादेखि विसनपुर जाने सडकखण्डमा पानी र हिलोले गर्दा विद्यार्थीहरु तथा सो सडक भएर जाने बटुवाहरुलाई असहज हुदै गएको र पटक पटक सडक निर्माणको लागि सरोकारबाला निकायलाई गुहार्दा समेत ध्यान नदिएपछि वाध्य भएर सडकमै धान रोपिएको युवा निकेश महतोले जानकारी दिनुभयो ।
सुगाका युवाद्वय निकेश महतो र अच्छे कुमार महतोले वडाध्यक्ष हरिश्चन्द्र महतोलाई पटक पटक सडक निर्माणको लागि भने पनि सडक निर्माण नगरेपछि आफुहरु वाध्य भएर भद्र आन्दोलन स्वरुप सडकमा धान रोपेको वताउनुभयो । सडक भएर दिनहुँ सयौंको विद्यार्थीहरु विद्यालयसम्म जानु परिरहेको छ तर पनि सडक निर्माणमा वडाध्यक्षको ध्यान नगएपछि आफुहरुले यस्तो कदम चालेको युवा नि
केश महतोको भनाई रहेको थियो ।
केश महतोको भनाई रहेको थियो ।
केही व्यक्तिहरुले उनलाई भोट नदिएको कारणले राजनीतिक रुपमा वडाध्यक्षले सडक निर्माणमा चासो नलिएको युवाहरुको आरोप रहेको छ । सोही सडक खण्डमै वडाध्यक्ष हरिश्चन्द्र महतोको घर रहेको छ र दिनहुँ आफै सोही बाटो भएर ओहोरदोहोर गरेपनि सडक निर्माणमा कुनै चासो देखिदैन् युवाहरुको कथन छ ।
सो सडकखण्ड शहरी विकास कार्यालय अन्तर्गत रहेको र केही महिनापूर्व केही काम भएपनि वडाध्यक्षले नै काम रोकेको स्थानीयहरुको भनाई रहेको छ । बाटो निर्माण रोक्नुको साटो समस्याहरुलाई समाधान गरेर बाटो निर्माण गर्नुपर्नेमा वडाध्यक्षले त्यस्तो नगरेको आरोप स्थानीय युवाहरुको रहेको छ ।
यस सम्बन्धमा वडाध्यक्ष हरिश्चन्द्र महतोसँग फोन सम्पर्क गरेपनि सम्पर्क हुन सकेन ।
केही दिन अगाडी मात्रै मटिहानी नगरपालिका वडानं. ४ विसनपुरमा समेत केही युवाहरुले सडकमै धान रोपाई गरेका थिए । सडक निर्माणमा नगरपालिकाले चासो नलिएको तथा बाटो जलमग्न र हिलो भएको कारणले ओहोरदोहोरमा समस्या भएपछि सडकमै आन्दोलन स्वरुप धान रोपाई युवाहरुले गरेका थिए ।
No comments:
Post a Comment