Monday, August 11, 2025

करेन्ट लागेर एकको मृत्यु

 


blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका-४, खेश्राहा बस्ने वर्ष ६५ को मोकदम राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले खेतमा पानी हाल्न विद्युतीय तार मोटरमा लगाइरहेको बेला एक्कासि करेन्ट प्रवाह भएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

खेतमा पानी हाल्न मोटर जोडिरहेको बेला एक्कासि विद्युतीय तारमा करेन्ट प्रवाह भएको र सो को कारण उनको घटनास्थलमै मृत्युभएको स्थानीयवासीलाई उल्लेख गर्दै उहाँले जानकारी दिनुभयो । 

शवलाई आवश्यक अनुसन्धान तथा पोस्टर्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको जानकारी दिनुभयो । असार र साउन महिनामा मात्रै महोत्तरीमा करेन्ट लागेर दुईको मृत्यु भइसकेको छ ।

असार २२ गते औरही नगरपालिका वडानं. ७ भोइल टिमकीयामा गाउँको कृषि सडकमा कल्भर्ट निर्माण गर्दै गर्दा मजदुर रामगोपालपुर नगरपालिका वडानं. ५ बस्ने ३२ वर्षिय छटु मुखियाको मृत्यु भएको थियो । काम गरिरहेको ठाउँमा एक्कासि बिजुलीको तार चुडिएँर खस्दा मजदुर मुखियालाई करेन्ट लागेको थियो ।

त्यसैगरी गत हप्ता मात्रै सम्सी गाउँपालिका-५, पोखरभिण्डा बस्ने वर्ष १६ का अमित यादवलाई करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै खेतमा रहेको विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । 

No comments:

Post a Comment