Tuesday, September 8, 2015

जलेश्वरमा दिनभर प्रदर्शन, मोटरसाइकलमा आगजनी, शिक्षा कार्यालयमा तोडफोड


जलेश्वरमा दिनभर प्रदर्शन, मोटरसाइकलमा आगजनी, शिक्षा कार्यालयमा तोडफोड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २२ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मंगलबार विभिन्न गाउँ गाउँबाट आएका आन्दोलनकारीहरुले प्रर्दशन गरेका छन् । प्रर्दशनमा नेकपा एमालेका कार्यकर्ताहरुले पनि छुट्टै प्रर्दशन गरेका थिए ।
    मंगलबार दिनभरी दर्जनभन्दा बढी जुलुस तथा प्रदर्शन जलेश्वरमा भएका छन् । जलेश्वरमा पहिलोपल्ट महिलाहरुले झाडु जुलुस समेत प्रर्दशन गरेका थिए ।  
महिलाहरुको झाडु जुलुस
 
मधेशी महिलाहरुले खैरा चोकबाट निकालेको जुलुस नगरपरिक्रमा गर्दै दुर्गा चोकमा पुगेर कोणसभा गरेका थिए ।
मंगलबार सुगा, अनैठा, बजराहीसहितका विभिन्न ठाउँबाट युवाहरुको छुट्टाछुट्टै जुलुस निस्किएको थियो । गाउँबाट आएका युवाहरुले लाठी जुलुस प्रर्दशन गरेका थिए । प्रर्दशनकै क्रममा सुगाबाट आएका आन्दोलनकारीहरुले जिल्ला शिक्षा कार्यालयमा ढुँगामुढा गदै तोडफोड गरेका थिए ।
सुगाके युवाद्धारा निकालल गेल जुलुस

सुगाके युवाद्धारा निकालल गेल जुलुस

त्यही एकीकृत माओवादी र नेकपा एमाले निकटहरुले समेत स्वतन्त्र ब्यानरमार्फत मधेशको माग पूरा हुनुपर्नेभन्दै जलेश्वरमा जुलुस प्रदर्शन गरेका   छन् ।
संयुक्त जुलुस

संयुक्त जुलुस

    आमहडताल नमानेको भन्दै जलेश्वर भन्सार कार्यालय मलिवाडा नजिक एउटा मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी समेत गरेका थिए ।
आफ्नो माँगको लागि

युवाहरुद्धारा निकालिएको लाठी जुलुस


Monday, September 7, 2015

एकिकृत माओवादीका कार्यकर्ताहरुद्वारा राजिनामा, दुई प्रहरी बिट जलाइयो


एकिकृत माओवादीका कार्यकर्ताहरुद्वारा राजिनामा, दुई प्रहरी बिट जलाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २१ गते । महोत्तरी जिल्लामा एकीकृत नेकपा माओवादीको जिल्ला, नगर तथा गाबिस कमिटिका सम्पूर्ण सदस्यले राजिनामा दिई मधेश आन्दोलनमा उत्रेका छन् ।
    जनयुद्धको बेला मधेश सरकार प्रमुख समेत गठन गरेर सत्तामा पुगेको माओवादीले अहिले काँग्रेस र एमालेसमक्ष आत्मसम्पर्ण गरी मधेशलाई नहेरेको भन्दै राजिनामा दिईएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
  यसरी पार्टीबाट राजीनामा दिई मधेशी मुक्ति जनआन्दोलनमा होमिएकोहरुमा जिल्ला सदस्य कौशलेन्द्र शर्मा, सत्येन्द्र यादव, अरबिन्द दास, मनोज साहसहितकाहरु रहेका छन् ।

    यता, यस सम्बन्धमा जिल्ला इन्चार्ज राजु खड्कालाई फोन सम्पर्क गरी सोध्दा उहाँले आफु काठमाण्डौंमा रहेको र यसबारे कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले सदस्यहरुले उठाएको माग जायज भएपनि पार्टीभित्रमा कुनै राजिनामा नआएकोले यस सम्बन्धमा बुझ्ने काम भइरहेको बताउनुभयो ।
    यसैबीच महोत्तरी जिल्लाको नवघोषित गौशाला नगरपालिकामा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले दुईवटा प्रहरी बिटलाई आगजनी गरेका छन् । गौशाला बजारमा रहेको एउटा तथा निगौलमा रहेको अर्को प्रहरीबिटलाई आन्दोलनकारीहरुले आगजनी गरेको जनाइएको छ ।

महोत्तरीको जलेश्वरमा विशाल जुलुस प्रर्दशन


महोत्तरीको जलेश्वरमा विशाल जुलुस प्रर्दशन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २१ गते । विद्यालय बन्द गरी आन्दोलनमा उत्रेका शिक्षकहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा विशाल जुलुस प्रर्दशन गरेका छन् ।
शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुको विभिन्न फ्रन्टहरु तथा जिल्लाका स्वास्थकर्मीहरु, वित्तिय संस्थाका प्रतिनिधि, निजामती कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पेशागत संगठन समेतको सहभागिता रहेको थियो ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीको प्राँगनबाट शुरु भएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः शिक्षा कार्यालयमै गएर कोणसभामा परिणत भएको थियो ।
शिक्षा कार्यालयदेखि लागेको ताँती जलेश्वर नगरपालिकासम्म देखिएको  थियो । २४ दिनसम्मको मधेश बन्दको क्रममा जलेश्वरमा पहिलोपल्ट यति संख्यामा सडकमा भिड देखिएको थियो ।

प्रर्दशन पश्चात भएको कोणसभामा सहभागी वक्ताहरुले मधेशको माँग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने प्रतिवद्धता जनाएका थिए । सो कोणसभामा नेपाल शिक्षक संघका अध्यक्ष सुशिलकुमार यादव, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जितेन्द्र सिंह, नेपाल शिक्षक युनियनका अध्यक्ष विनोदानन्द झा, नेपाल शिक्षक मञ्चका केन्द्रीय अध्यक्ष भागेन्द्र झा, नेपाल शिक्षक संगठनका अध्यक्ष फुलबाबु झा, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजवीर महतो, अखिल नेपाल स्वास्थ्यकर्मी संगठनका संतोषकुमार ठाकुर, नेपाल प्राध्यापक संघ यालना विद्यापीठ इकाईका मनोज झा मुक्ति, नेपाल राष्ट्रिय कर्मचारी संगठनका राजीशरण यादव, नेपाल शिक्षक मञ्चका रामदिनेश पाण्डेय, मधेशी स्वास्थ्य फोरम नेपालका श्यामदेव महासेठ, लोकतान्त्रिक शिक्षक युनियनका गणेश साह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका सुर्यदेव यादव, नेपाल प्रगतीशिल शिक्षक मञ्चका अध्यक्ष देवेन्द्र झा, समाजवादी शिक्षक संगठनका अध्यक्ष कृष्ण चौधरी लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
शिक्षक फ्रन्टहरुले आन्दोलनलाई समर्थन गर्दै अनिश्चितकालको लागि विद्यालय बन्द गरिसकेको छ भने निजि विद्यालयहरु समेत बन्द गरिएको छ ।
यसैबीच साउन ३० गतेदेखि गरिएको बन्दको कारणले जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ ।

Friday, September 4, 2015

मधेश आनदोलन

कैप्महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेका भेलाले भदौ २१ गते सोमबार वृहद र्याली गर्ने निर्णय गरिएको छ । जस अनुसार सोमबार दिउँसो १ बजे जिल्ला शिक्षा कार्यालय महोत्तरीको अगाडीबाट र्याली प्रर्दशन हुने जनाइएको छ ।

महोत्तरी जिल्लाको नेपाल शिक्षक संघको हलमा पेशागत संघसंगठनहरुको बसेको भेलाले गरेको निर्णय

Wednesday, September 2, 2015

जलेश्वरको आन्दोलन जारी, ६ जना घाइते, लोकसेवामा तोडफोड

महोत्तरी समाचारदाता जलेश्वर, भदौ १६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार दिनभरी आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो जुहारी चलेको छ । जुहारीकै क्रममा सुरक्षाकर्मीले लाठी प्रहार गर्दा ६ जना आन्दोलनकारी घाइते भएका छन् । प्रर्दशनकारीहरुले बुधबार बिहान जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको बिट जलाएको छ भने दिउँसो प्रदर्शनकारीले लोकसेवा आयोगको जनकपुर अंचल कार्यालयमा ढुंगा प्रहार गर्दै तोडफोड गरेका छन् ।
दिउँसोदेखि जारी रहेको प्रदर्शनकारीको प्रदर्शन र ढुंगा प्रहारको प्रतिकारको क्रममा बेलाएकडारा ९ बस्ने मेथल यादवसहित छ जना घाइते भएका छन् । सो क्रममा सुरक्षाकर्मीले दुई राउण्ड रबरको गोली फायर गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । जलेश्वरमा अहिले साँझ पनि प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्ने र सुरक्षाकर्मीले लखेट्ने र लाठीचार्ज गर्ने क्रम जारी छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले खैरा चोकबाट शुरु गरेको र्याली जलेश्वर महालिङ्ग मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो ।
यसैबीच नेपाल बार एशोसिएसनको जिल्ला अदालत महोत्तरी ईकाईले मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जलेश्वरमा र्याली निकाले । त्यही एकीकृत नेकपा माओवादीको वर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल(क्रान्तिकारी)ले आयोजना गरेको सफल मधेश आन्दोलन बिषयक अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष रामकुमार शर्माले संयुक्त मधेश आन्दोलनका लागि सबैपक्ष एकजुट हुनुपर्ने धारणा राख्दै सशक्त रुपमा अगाडि बढ्न आग्रह गर्नुभएको थियो । अन्तरक्रियामा मधेशी मोर्चासहित नागरिक समाजका प्रतिनिधिहरुहरुले सम्पूर्ण जनमानसलाई मधेशमुक्तिको यो आन्दोलनमा लाग्न सबैमा अनुरोध गरेका थिए ।

Tuesday, September 1, 2015

प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार,

प्रहरी विट जलाइयो, चार राउण्ड अश्रुग्याँस प्रहार, महोत्तरी समाचारदाता जलेश्वर, भदौ १६ गते । संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रहरी विट वुधबार बिहान जलाएको छ । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । नाराबाजी गर्दै पुगेका मोर्चाका कार्यकर्ताहरुले जलेश्वरको जिरोमाईलमा रहेको प्रहरीको विट जलाएको हो । पेट्रोल छर्केर प्रहरीको बिटमा आगजनी गरेका हुन् । प्रहरीले आगजनी गर्न पुगेका मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन चार राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । झडप अहिले जारी रहेको छ ।
मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि विभिन्न चोकहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । साथै जलेश्वरको सिनेमा हल चौकमा डेरीको दुध लिएर जादै गरेको ज४प ६६२७ र अर्को ज२प ५६२७ नं. को मोटरसाईकलमा तोडफोड गरिएको छ । मंगलबारदेखि नै मोर्चाका कार्यकर्ताहरु पथ्थरबाजी गर्न थालेपछि सुरक्षाकर्मीले पनि स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेका थिए । मंगलबार बिहानदेखि साँझसम्म सुरक्षाकर्मी र आन्दोलनकारीबीच जुहारी चलेको थियो । साँझमा भने तिनतर्फबाट घेराहाली पथ्थरबाजी गर्न थालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्याँस र केही रबरका गोली प्रहार गरेका थिए । जलेश्वर–६ का बिकास कुमार साहको दाहिने खुट्टा, धमौरा–९का राकेश सदाको पिठ्युमा रबरको गोली तथा जलेश्वरकी सीता उपाध्याय तथा रोशन ठाकुरको ढुंगा लागेर घाइते भएका थिए । मंगलबार मात्रै जलेश्वरको आधा दर्जन सरकारी कार्यालयहरुमा ढुँगामुढा गरिएको थियो भने नेपाली काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरिएको थियो । सोमबार नेकपा एमालेको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
१९ दिनदेखिको बन्दको कारण जलेश्वरको जनजीवन प्रभावित बन्दै गएको छ । आइतबारदेखि खुलेको विद्यालय पनि वुधबारदेखि बन्द गरिएको छ । यता जिल्लाको पिपरामा रहेको इलाका प्रहरी कार्यालय खाली गराउन लागिपरेका छन् । सर्वसाधारणहरु सहोडवामा तोकिएको प्रहरी कार्यालय पिपरामा राखिएको भन्दै इप्रका पिपरा घेराउ गर्दै खाली गराउन थालिएको स्थानीयहरुले जनाएका छन् ।

जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार,

जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार, महोत्तरी समाचारदाता जलेश्वर, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन मंगलबार साँझ प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् । class="separator" style="clear: both; text-align: center;">
सरकारमा रहेपनि मधेशको माँगप्रति वेवास्ता गरेको भन्दै काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयको साईनबोर्ड आन्दोलनकारीहरुले उखेलेर लगेका छन् भने जिल्ला प्रशासन, जिविस, जलेश्वर नगरपालिका लगायतका कार्यालयहरुमा पत्थरबाजी गरेका छन् । त्यस्तै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालयमा बलवामा मधेश सरकार लेखिएको स्टीकर टाँसेका छन् ।

महोत्तरी एमाले कार्यालयमा तोडफोड

एमाले कार्यालयमा तोडफोड महोत्तरी समाचारदाता जलेश्वर, भदौ १४ गते । विभिन्न माँग सहित आन्दोलनमा उत्रेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेकपा एमालेको कार्यालयमा तोडफोड गर्नुका साथै साईनबोर्ड उखेलेर जलाएका छन् । संघीयता, सिमांकन र मधेश अधिकारको माँग गर्दै विगत दूई सप्ताहदेखि जारी अनिश्चितकालिन आम हड्तालको क्रममा आक्रोशित आन्दोलनकारीको एक समुहले एमालेको पार्टी कार्यालयमा तोडफोड गरेको हो । सो क्रममा आन्दोलनकारीहरुले साईनबोर्ड उखालेर सडकमा ल्याएर जलाएका थिए ।
नगरमा जुलुस भइरहेको बेला एक्कासी एक समूहले कार्यालय भित्रै प्रवेश गरेर तोडफोड गरेका थिए । दुईहप्तादेखिको महोत्तरी बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरुको मूल्य बढदै गएको छ भने यातायात समेत नचल्दा जनजीवन प्रभावित बन्दै गएको हो ।

लोकसेवा कक्षा

#‎राजस्व‬ भनेको के हो ? -प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, सवारी साधन कर, घर बहाल कर, सम्पत्ति कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर तथा प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा गैरकर लाई राजस्व भनिन्छ । ‪#‎गैर_कर‬ भनेको के हो ? -सबै प्रकारको प्रशासनिक दस्तुर (मालपोत, रोयल्टी), सेवा शुल्क, रोयल्टी लाभांश, साँवा ब्याज, सार्वजनिक सम्पत्तिको विक्रिबाट प्राप्त आय तथा नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको सबै दस्तुर तथा शुल्कलाई गैरकर भनिन्छ । ‪#‎राजस्व_चुहावट‬ भनेको के हो ? :- राजस्व नतिर्ने वा कम तिर्ने नियतले कुनै काम गरेमा, :- राजस्व कम तिर्ने वा नतिर्ने उद्देश्यले गलत लेखा, विवरण वा कागजात प्रस्तुत गरेमा, :- भन्सार विन्दुमा तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरेमा वा कम तिरेमा, :- कुनै व्यक्तिले अर्काको नाममा उद्योग व्यापार वा व्यवसाय गरी निकासी पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संघ संस्थाको एजेन्ट भएमा सो कुरा देखाई तिर्नु वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा छलेमा, :- कर्मचारीको कार्यमा वाधा विरोध गरेमा, कर्मचारीलाई प्रभाव पारी तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा कम तिरेमा,वा मिलेमतो गरी गलत लिखत वा कागजात तयार गरेमा

मधेश केन्द्रित दल वादीदलका शिर्षस्थ नेताहरुले जलेश्वरमा गरे सम्बोधन

महोत्तरी समाचारदाता जलेश्वर, भदौ १० गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मधेशवादीदलका शिर्षस्थ नेताहरुले बिहीबार साँझ सम्बोधन गर्नुभएको छ । संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, तराई मधेश समाजवादी पार्टीका अध्यक्ष महेन्द्रकुमार यादवले सम्बोधन गर्नुभएको थियो । जलेश्वरको दुर्गा चोकमा भएको सम्बोधनको क्रममा मधेशका शिर्षस्थ नेताहरुले विगतमा सरकारले मधेशवादीदलहरुसंग गरेको सम्झौता पुरा नभएसम्म वार्तामा नजाने अडान राख्नुभएको थियो । त्यसैगरी नेताहरुले मधेशका जिल्लाहरुमा गरिएको सेना परिचालन प्रति आपत्ति जनाउनुहुदै सेना परिचालन फिर्ता गर्नुपर्ने माँग समेत राखेका थिए । सम्बोधनको क्रममा संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिबाट भइरहेको अधिकार प्राप्तीको लागि यो आन्दोलन माँग पुरा नभएसम्म जारी रहने बताउनुहुदै यो आन्दोलनले मधेशलाई अधिकारसम्पन्न बनाउने दावी गर्नुभयो । वर्तमान सरकारले रोजगार, विकास र अधिकारबाट मधेशलाई बन्चित राखेको वताउनुहुदै उहाँले यी आन्दोलनले सबै अधिकारलाई संस्थागत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले मधेशीलाई रोजगार, विकास र अधिकारबाट बन्चित राखेकोले आन्दोलन गर्नुपरेको छ र यो आन्दोलनले अधिकारलाई संस्थागत गर्ने छ ।’ राजा लगायत अन्य आन्दोलनहरुमा पनि अहिलेसम्म जनताको विरोधमा सेनाको परिचालन नगरेको वताउनुहुदै उहाँले तत्काल सेना परिचालन फिर्ता लिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले तराईमा भइरहेको घटना सुनियोजित भएको आरोप लगाउनुहुदै सरकारले तत्कालै यी घटना रोक्नुपर्ने वताउनुभयो । उहाँले विगतमा प्राप्त भएको अधिकारलाई पनि खोस्ने प्रयास भइरहेको वताउनुहुदै अब मरेर पनि आन्दोलनलाई संस्थागत गरेर जाने वताउनुभयो । त्यस्तै तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्रकुमार यादवले अहिलेको आन्दोलनलाई उचाईमा पु¥याउन जनतालाई अपिल गर्नुहुदै अबको आन्दोलन निर्णायक आन्दोलन हुने वताउनुभयो । कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि सेना परिचालन फिर्ता लिनुपर्ने वताउनुहुदै विगतका सम्झौता कार्यान्वयन नभएसम्म सरकारसंग वार्ता नगर्ने वताउनुभएको थियो । मधेशवादीदलका शिर्षस्थ नेताहरु सम्बोधन पश्चात आ–आफ्नो पार्टी कार्यालयमा गएर कार्यकर्ताहरुलाई आन्दोलनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो भने बिहीबारै महोत्तरीको गौशालामा पनि सम्बोधन गर्ने जनाइएको छ ।

पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर

पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर महोत्तरी समाचारदाता जलेश्वर, भदौ १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सुशिल कोइरालाले आव्हान गरेको वार्ता नाटक मात्रै भएको बताउनुभएको छ । वुधबार साँझ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुलाई सम्बोधन गर्नुहुदै उहाँले वार्ता मधेश आन्दोलनलाई वंग्याउने षडयन्त्र भएकोले पुर्वमा भएको सहमति कार्यान्वयन नभएसम्म वार्तामा जाने औचित्य नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलनमा भइरहेको दमन बन्द गर्नुपर्ने, विभिन्न भागमा परिचालन गरिएको सेना फिर्ता गर्नुपर्ने, पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने तथा विगतमा भएको सहमति र सम्झौतालाई सम्बोधन नगरेसम्म वार्ता गर्नुको औचित्य नै छैन् ।’ प्रधानमन्त्रीले आफुलाई फोन गरेको बताउनुहुदै अध्यक्ष ठाकुरले मधेश र मधेशी माथी सत्तापक्षले बारम्बार धोका गर्दै आएकोले यसपालिको आन्दोलन निर्णायक आन्दोलन हुने बताउनुहुदै ठगिने वार्तामा आफुहरु बस्न तयार नरहेको जानकारी समेत दिनुभयो । उहाँले अहिलेको अवस्थामा जति दमन, अत्याचार गरेपनि समग्र मधेश एक स्वायत्त प्रदेशको माँग पुरा नभएसम्म पछाडि फर्किन नसकिने अडान समेत राख्नुभयो । उहाँले सम्बोधनको क्रममा मधेशको कुनै भागलाई पहाडमा मिसायो भने आफुहरुलाई मान्य नहुने अडान समेत दोहो¥याउनुभएको थियो । सम्बोधनपश्चात रात्री विश्रामको लागि ठाकुरसहित आएका अन्य कार्यकर्ताहरु भिठा पुग्नुभएको थियो ।

महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त

महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त महोत्तरी समाचारदाता जलेश्वर, भदौ ९ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपको कारण जलेश्वरको स्थिती तनावग्रस्त बनेको छ । जलेश्वरको दुर्गाचोक, शंकर चोक लगायतका विभिन्न ठाउँमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो । झडपमा प्रहरी तर्फ केहीलाई ढुँगा लागेको छ भने प्रहरीको लाठीचार्जबाट पनि केही प्रर्दशनकारी घाइते भएको जनाइएको छ । झडपको बीचमै प्रर्दशनकारीहरुले कार्यालय परिसरमा लगाइएको नापी कार्यालयको बा१झ ७५७७ नम्बरको गाडीमा आगजनीको प्रयास गरेको छ । त्रिपालले छोपेर राखिएको गाडीमा आगो लगाएपछि त्रिपाल जलेपनि गाडी भने जल्न पाएनन् । अहिले पनि जलेश्वरमा प्रर्दशनकारीहरु छरिएर रहेका छन् । झडपको कारण सदरमुकाम जलेश्वर जोडने विभिन्न सडकखण्डमा अहिले मुढाहरु तेर्सयाएर सुरक्षाकर्मीको लागि अवरोध श्रृजना गर्ने कार्य गरिएको छ ।

सशस्त्र प्रहरीको वेशक्याम्प जाने बाटोको तिन ठाउँमा सुगा गाविसका युवाहरुले ठुलठुला मुढाहरु तेर्सयाएर बाटो अवरुद्ध गरेका छन् । त्यसैगरी जिल्लाको मटिहानी, सरपल्लो, रामगोपालपुर लगायतका ठाउँहरुमा समेत बन्द गरिएको छ । यसैबीच जिल्लाको बर्दिबासमा सदभाव ¥याली निकालिएको छ । स्थानीय वासिन्दाहरु मिलेर हिमाल पहाड तराई कोही छैनन् पराई भन्दै सदभाव ¥याली निकालेका हुन् ।