जलेश्वरमा दिनभर प्रदर्शन, मोटरसाइकलमा आगजनी, शिक्षा कार्यालयमा तोडफोड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २२ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मंगलबार विभिन्न गाउँ गाउँबाट आएका आन्दोलनकारीहरुले प्रर्दशन गरेका छन् । प्रर्दशनमा नेकपा एमालेका कार्यकर्ताहरुले पनि छुट्टै प्रर्दशन गरेका थिए ।
मंगलबार दिनभरी दर्जनभन्दा बढी जुलुस तथा प्रदर्शन जलेश्वरमा भएका छन् । जलेश्वरमा पहिलोपल्ट महिलाहरुले झाडु जुलुस समेत प्रर्दशन गरेका थिए ।

महिलाहरुको झाडु जुलुस |
मधेशी महिलाहरुले खैरा चोकबाट निकालेको जुलुस नगरपरिक्रमा गर्दै दुर्गा चोकमा पुगेर कोणसभा गरेका थिए ।
मंगलबार सुगा, अनैठा, बजराहीसहितका विभिन्न ठाउँबाट युवाहरुको छुट्टाछुट्टै जुलुस निस्किएको थियो । गाउँबाट आएका युवाहरुले लाठी जुलुस प्रर्दशन गरेका थिए । प्रर्दशनकै क्रममा सुगाबाट आएका आन्दोलनकारीहरुले जिल्ला शिक्षा कार्यालयमा ढुँगामुढा गदै तोडफोड गरेका थिए ।
सुगाके युवाद्धारा निकालल गेल जुलुस |
सुगाके युवाद्धारा निकालल गेल जुलुस |
त्यही एकीकृत माओवादी र नेकपा एमाले निकटहरुले समेत स्वतन्त्र ब्यानरमार्फत मधेशको माग पूरा हुनुपर्नेभन्दै जलेश्वरमा जुलुस प्रदर्शन गरेका छन् ।
संयुक्त जुलुस |
संयुक्त जुलुस |
आमहडताल नमानेको भन्दै जलेश्वर भन्सार कार्यालय मलिवाडा नजिक एउटा मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी समेत गरेका थिए ।
आफ्नो माँगको लागि |
युवाहरुद्धारा निकालिएको लाठी जुलुस |